A+ A A-

गोर्खा र तिनका सन्ततिलाई बिदेशी बनाउने षड्यन्त्र

हालै नेपाली मीडियामा प्रकाशित प्रसारित  'नेपाल सरकारले गैर आवासीय नेपालीहरुलाई राजनैतिक र मताधिकार बिनाको  सिटिजनशसप दिने' भन्ने समाचार प्रति सम्बंधित पक्षको  ध्यान आकर्षित हुन अत्यन्तै जरुरी देखिन्छ ।  यो समाचारले बेलायतमा नेपाली बाजार  जसरी तातेको छ , उसरि नै सीधा- साधा गोर्खाली गैरआवासिय नेपालीहरुको कन्सिरी तातेको छ । यदि यो समाचार साँचो हो र गोरखाली र  तिनका सन्ततिलाई  यो नियम लागु गराउने दुस्प्रयास   गरिएको हो भने यस कार्यले निश्चित रूपमै लाखौंको संख्यामा बिदेशमा रहेका  सोझा, सिधा-सादा ,  इमानदार  तथा  देशभक्त  गोर्खा नेपालीको मर्ममा आघात  पुर्याउने छ ।

थर्क राना मगर

Last Updated on Thursday, 06 January 2011 17:04

Hits: 1405

के मातृभाषा भाषाबैज्ञानिकहरुको प्रयोगशाला मात्र हो ? :विष्णुकुमार सिङ्जाली (बहसमा टिप्पणी)

सांस्कृतीक, भाषिक, धार्मीक तथा जातिय हिसाबले बिविधता युक्त देश हो नेपाल । विभिन्न जात जाति, संस्कार संस्कृती, भाषा भाषीहरुको साझा पूmलबारी हो । यहाँ एक सय एक जाति छन् भने साठी भन्दा बढी भाषाहरु प्रचलित छन् । खस नेपाली बाहेक अरु भाषाको विकास राम्रो छैन । नेपालको करीब ३७.७ प्रतिशत भन्दा बढी जनसँख्या ओगटेका आदिवासी जनजातिका मातृभाषाहरु मध्ये केहीको बल्ल लेख्य रुपमा आउन थालेका छन्, केहीको मौखिक रुपमा मात्रै जीउँदो छ ।

विगतमा राज्यले लिएको विभेदकारी नीति तथा एक भाषा, एक जाति, एक धर्मको नीतिको शिकार भएका मातृभाषाहरु २०४६ को परिवर्तनपछि जुर्मुराउन थालेका हुन् । तर भाषा बैज्ञानिक लगायत सम्बन्धित विद्धानहरुले आदिबासीका मातृभाषालाई मन्द विष खुवाएका छन्, जो आदिबासी जनजातिका डाक्टरहरुले पत्ता लगाउन सकेका छैनन्, उपचारको त कुरै भएन । यस्तै उदाहरणको सानो रुप मात्रै मैले यहाँ उल्लेख गर्न चाहेको हो ।
कुनै पनि भाषा लेख्य रुपमा प्रस्तुत गर्न लिपी र मानकको आवश्यकता पर्दछ । नेपालमा पनि धेरै जातिहरुले आफ्नो मातृभाषाको मानक निर्धारण गर्न, बर्ण वा ध्वनी पहिचान गर्न भाषा बैज्ञानिकहरुलाई गुहार्ने गरेको पाईन्छ । त्रि.बि.बि.का विद्वानहरुको यसमा ठूलो भूमीका रहेको पाईन्छ । तर भाषा बैज्ञानिहरुले दिने प्रेस्कृप्सन चाहिँ एक आपसमा बाझ्ने गरेको छ । अधिकाँस मातृभाषाहरु देवानगरी लिपीमा लेख्ने प्रचलन बढेको छ । यस्तो हुनुमा राज्यले खस नेपाली बाहेक अरु भाषामा लगानी नबढाउनु, ति भाषाहरुमा प्रचलित लिपीको प्रचार प्रसार कम हुनु आदि कारणहरु छन् । भाषा विज्ञहरुले पनि यहि कुरालाई मध्यनजर राखेर सिफारिश दिने गरिएको पाईन्छ । तर यस्तो कार्यमा केही बुझ्न नसकिने र बिभिन्न मातृभाषीहरु बीच बाझिने पे्रस्कृप्सन आएको पाईन्छ । यसमा शंका मान्नु पर्दछ । कतै भाषाबिज्ञहरुले नै मातृभाषीहरुलाई पोटासीयम साईनाईड त दिइरहेका छैनन् ?, अनि बैज्ञानिकले दियो भन्दैमा हामी अज्ञानताले त्यो पोटासियम साईनाईड खान तम्सिरहेका त छैनौं ? मातृभाषीहरुले ख्याल गर्नुपर्ने बेला आएको छ ।

एक जना भाषा बैज्ञानिक प्रा.डा. माधव पोखरेलले दिएको अब्यवहारीक मानक अक्षरलाई नै हेरौं । कुनै पनि अक्षर मुनी थोप्लो ( .) राख्ने संकेतले मगर र राजवंसी मातृभाषामा माहाप्राण जनाउने, त्यही चिन्हले बाहिङ राई भाषामा गोलीत ईकार, मेबाहाङ (राई) भाषामा अगोलीत उकार र हेल्मो भाषामा लामो विसर्ग जनाउने कुरा भन्नुभएको छ । यो चिन्ह अन्तराष्ट्रिय मापदण्ड सँग मेल खाँदैन, यो चिन्हको प्रयोग सर्वसाधरणले बुझ्न सक्दैनन् । वहाँले यस्तो अबैज्ञानिक सुझाव दिएर तत् समूदायका भाषालाई के गराउन खोज्नुभएको हो ? हो,  ध्वनी पहिचानमा उहाँको विद्धतालाई हामीले सम्मान गर्नै पर्दछ तर उहाँको यस्तो विरोधाभाष र मातृभाषालाई असहयोग गर्न सुझावले  हामीलाई दुखी तुल्याएको छ ।  गएको असोज महिनामा एक कार्यक्रममा मगर ढूटमा एक नयाँ ध्वनी पनि छ, त्यसलाई थप्नुपर्दछ भन्ने पनि भन्नुभएको थियो । यसले के जनाउँछ भने बैज्ञानिकहरु सबै मातृभाषीहरुलाई गीन्नी पीग बनाउन चाहन्छन् । सामाधान होईन, अभ्यास मात्र गर्न चाहन्छन् । मातृभाषा सधैं प्रयोगशालाको गीन्नी पीग होईन । यसतर्पm सबैको सचेतता बढ्न जरुरी छ ।


हामीले नेपाल सरकारलाई सबै मातृभाषीलाई नबाझिने गरी मानक अक्षर÷संकेत बनाईदिन, राज्यले यसमा लगानी गर्न दबाबमूलक कार्यक्रम गर्नुपर्दछ । यसका लागि भाषीक र जातिय संघ संगठन, आदिवासी जनजातिहरुले सरकारलाई घच्घच्याउनु पर्दछ । नेपाल प्रज्ञा प्रतिष्ठानलाई जिम्मेवार बनाउनु पर्दछ । यसले आदिवासी जनजातिका मातृभाषा जोगाउन र प्रबद्धन गर्न ठोस कदम चाल्नुपर्दछ, जसरी खस नेपाली भाषालाई काखी च्याँपेको छ ।


अर्कोतर्पm नेपालका विश्वविद्यालयहरुमा आफन्तबाद, चाकरी प्रथा, राजनैतिक झोले वा टिके प्रथा, जातिय वा खानदानी कृपाले विद्धान बन्न पाएका विद्धानहरुलाई अन्तरराष्ट्रिय मान्यता विपरीत लेख्न सिकाएर आदिवासी जनजाति तथा मातृभाषाहरुलाई भाँड्ने कार्यमा सरिक हुन दिनु हुँदैन । त्यस्ता विद्धानहरुले आदिवासी जनजातिहरुलाई टुक्राउने तथा मन्द बिष दिने गरेका छन् । आदिबासी जनजातिका विद्धानहरु प्नि ‘हो मा हो’ मिलाउँदै छन् , अन्धाधुन्द कतै पद वा पैसा भेटिन्छ कि भनेर । यसले गर्दा पनि हामी सबै आदिवासी जनजाति मातृभाषा लाईमाया गर्नेहरुले फेरी एक पटक गहिरिएर सोच्ने बेला आएको छ । अहिले राम्रो सँग सोच्न सकेनौं, सबैले बुझ्न  सक्ने गरी मातृभाषा  लेख्न सकेनौं वा पाठकलाई बुझाउन सकेनौं भने अवस्य  पनि अधिकांस आदिवासी जनजातिका मातृभाषाले पोटासीयम साईनाईड खाएर छिट्टै मृत्युको मुखमा पुग्नेछन् । ईतिहासका पानामा मात्र अँकित हुने छन् ।

आदिवासीका मातृभाषाहरु पनि नेपाली फुलबारीका फुलहरु नै हुन् । यसलाई पनि फुल्न दिनुपर्दछ । भाषा संस्कृती देशका गहनाहरु हुन् । मातृभाषा पनि एक संस्कृती हो, संस्कृती राष्ट्रको सम्पत्ति हो । यसलाई जोगाउन सबै आदिवासी÷जनजातिहरु तथा राज्यको कर्तब्य हो । कसैले कसैलाई पङ्गु बनायो भन्दैमा पङ्गु बन्नु पनि मुर्खता हो । त्यसैले आदिवासीका मातृभाषा लेखनमा पनि भाषाविज्ञहरुले दिएका राम्रा कुराहरुलाई ग्रहण गर्नु र अब्यावहारीक कुराहरुलाई हटाएर ब्यावहारीक बनाउन सकेमा मातृभाषाहरुको लेखन र बोलाई दिगो रहन सक्दछ ।

लेखक मगर लेखक संघका उपाध्यक्ष हुन्

Last Updated on Friday, 19 November 2010 14:17

Hits: 1244

कांग्रेसलाई माओवादी नेतृत्व स्वीकार छ

कांग्रेस उमेदवारी फिर्ता गर्ने चाहना हो । शान्ति प्रक्रियामा गरिएका  सम्झौताको पालना , प्याकेजमा सहमति

 

 

Last Updated on Wednesday, 17 November 2010 04:31

Hits: 1357

नेपालीको प्राण हो खसभाषा !

भाषा राज्यको सबैभन्दा ठूलो प्राण मानिन्छ । सम्पूर्ण जनताको मनोभावना अभिव्यक्त गर्ने माध्यम भाषा नै हो । यो संसारमा भाषा नहुँदो हो त हाम्रो अवस्था कस्तो हुँदो हो, कल्पना गरौं त । भाषाविना राज्य चल्न सक्दैन । मौलिक भाषाले नै राज्यको संरक्षण गरेको हुन्छ । भाषाद्वारा नै राज्यको कला, संस्कृति र सभ्यताको जगेर्नाभएको हुन्छ ।

बटुराम भण्डारी

Last Updated on Tuesday, 16 November 2010 04:46

Hits: 970

फाइलोलाई चतुर पण्डाहरुले कसरी बनाए तिहार


हामी त्यसै आएको होइन
बलिराजा बलिहाङको हुकूमैले गर्दा…।
फाईलो भईलो-भैलो

सन्जोग लाफा


बलिहाङ राजाप्रतिको सम्मानमा तिहारको धौसी भैलो खेल्दा सोरठी नाच्दा गाउने चलन यद्यापि रहेको छ । इशाको चौधौं शताब्दीतिर वर्तमान पाल्पा जिल्ला बल्देङगढी गाविस क्षेत्रमा बलिहाङ राना मगरले स-साना मगर राज्यहरुलाई एकिकरण गरी शक्तिशाली राज्यको स्थापना गराएका थिए । सुवेदी २०६३ ८-९ उनको राज्यको सिमाना मगरातदेखि भारतको गोरखपुरसम्म फैलिएको थियो । मगरातमा मगर अरमुडी राजा पछिका अर्को शक्तिशाली न्यायप्रेमी र लोकपि्रय राजाका रुपमा बलिराजाले शासन गरेका थिए । <br>
पश्चिमााचल मगराँत क्षेत्रमा प्रचलित तिहार पर्वको मिथकमा सँस्कृतिविद इतिहासकारहरुले  लेखेका छन्ः- बलिहाङ राना मगर बलिराजा न्यायप्रेमी धर्मात्मा भविष्यवेत्ता राजा थिए । रैतिलाई यतिसम्म खुशी पारेका थिए कि उनको मृत्युको कूरा सम्म सुन्न समेत सक्दैनथे । एकदिन बलिराजालाई मृत्यूको दिव्य ज्ञान भएपछि जनताहरुलाई बोलाएर भनेछन् ः- जसरी हामीहरु एकापसमा मिलेर बसेका छौं त्यसरी नै मिलेर बस्नु अब मेरो मृत्यु कार्तिक महिना औंशीको रातमा हुँदैछ । सारा जनताहरु शोकमग्न भएर रुँदै कराउँदै कस्तो विपत आइलाग्यो भन्दै राजालाई बिन्ति गरेछन्  तपाईलाई बचाउन के उपाय गर्न सकिन्छ  राजाले पुनः भनेछन्ः मलाई लिन काल आउँदा सबैको घरमा उज्यालो राखेर उनलाई अनुरोध गरी फकाउन सक्यौ भने म बाँच्न सक्छु । त्यसप   छि यमराजले पठाएको काल राजालाई लिन आउने दिन सबैले घर-घरमा दियो बत्ति बालेर खान पिउन छाडेर जागा बसेर फाइलो-फाइलो भट्ट्याउँदै प्रार्थना गर्न थाले । 
निर्धारित समयमा काल आएर राजालाई लैजान खोज्दा राजाप्रति रैतिहरुको प्रगाढ सम्मान देखेपछि   कालको पनि मन फिरेछ र राजालाई प्राणदान दिएर आफ्नो बाटो लागेछन् । रैतिहरुले कालदेखि बचाउँदा भावविह्ल भई बलिराजाले तीन दिनसम्म खुशियाली मनाउन आदेश दिएकोले त्यसदिन घरघरमा सबैले झिलिमिली बत्ती बालेर मिठो मसिनो खाएर चेलीबेटीको हातबाट टिका लाएर मासु सेल रोटी जाँड रक्सी पिएर मनाइएको किवदन्ती छ ।

  त्यस दिनपछि मगर दिदी बहिनीहरुले दाजुभाइलाई टिका लाइदिएर दिर्घायुको कामना  गनर्ज थालेकाहुन् । यसलर्इा प्रगाढ सम्बन्धको प्रतिक मबननब सन्किछ । मगर भाषामा फाइलोको अर्थ हामीले बचायौं भन्ने हुन्छ । बलिराजाको दिर्घायूको कामना गर्दै द्यौसी खेल्ने र सोरठी नाँचमा उनको आख्यान जोडेर नाच्न गाउन थालेको तिहार पर्वमा आजभोलि फाइलो भन्न छोडेर भैलो त्यसमाथि राम थपेर भैलीराम भन्ने गरिएको छ । केहि पणडहरुले रामको मिथक जोडेर तिहार पर्वलर्इा हिन्दुकरण गनर्जे गरेकाछन् । बिशुद्ध मगर इतिहाससंग जोडिएको पर्वलइा ्र धेरैपछि हिन्दुधर्मका  चत।ुर पण्डितहरुलॆ काग  कुकुर  गोरु  गाई तिहारे थपेर तिहारलाई यमपाचक नामाकरण गरिरहेकोछ । मगर राजाले स्थापना गरेको मगरको मौलिक पर्व तिहार हिन्दुहरुको मिथकसँग जोडेर यमपाचक पर्व भनेर राज्य र साचार माध्यमले  समेत एउटा आदिवासी पर्वलर्इा आफ्नो पन्जामा पभर्न भ्रम सिर्जना गरिरहेको छ ।

 

सन्दर्भ सामग्री
एमएस थापा मगर - प्राचिन मगर र अक्खा लिपी
केशरजङ्ग बराल मगर- पाल्पा स्याङ्जा र तनहुँका सँस्कृतिहरु
मीन श्रीस मगर- पश्चिमााचल विकास क्षेत्रमा मगर समुदायमा प्रचलित लोनकृत्यहरुको वर्तमान अवस्था र चुनौतिहरु
राजाराम सुवेदी- मगर जातिको नालिवेली शोधमाला
नरबहादुर नरु थापा- किरात मगर इतिहास
इमानिसं चेम्जोङ- किराँत इतिहास

 

Last Updated on Friday, 03 February 2012 16:35

Hits: 1266

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर