A+ A A-

पोखरामा हुने चलचित्र, गीतसंगीत र साहित्य संगममा के के हुदैंछ



युवराज मास्की राना मगर-
आदिवासी जनजातिहरू मध्ये जनसंख्याको हिसाबले पहिलो र नेपालको जातिहरूमा तेस्रो स्थान ओगटेका मगर जातिको तीन वटा भाषा रहेका छन् । ती  बाह्र मगरात मगर भाषा, अथार मगरात मगर भाषा र काईके मगर भाषा हुन् । कुनै पनि जातिको पहिचान गराउने पहिलो माध्यम नै भाषा हो । जब भाषा लोप हुन्छ तब संस्कृति र जाति पनि लोप हुँदै जान्छ । भाषालाई समृद्ध र सरल बनाउन साहित्यको भूमिका महत्वपूर्ण हुन्छ । सन् २००१ को तथ्याङ्ग अनुसार मगर जातिको जनसंख्या १६,२२,४२१ मध्ये ७।१४ प्रतिशतले मात्र मगर भाषा बोल्ने गरेको पाईन्छ । मातृभाषामा कलम चलाउने मगर साहित्यकार र चलचित्रकर्मीहरूको संख्या नगन्य मात्रामा छन् । त्यसमा पनि ब्यवहारिक ज्ञान लिई चलचित्र निर्माण गर्ने र साहित्य रचना गर्नेहरूको संख्या नगन्य मात्रमा छ । यसले गर्दा गुणात्मक गीत÷संगीत, मगर चलचित्र र साहित्य ९पुस्तक० बन्न निकै धौ धौ परिरहेको छ ।
मगर जाति सम्बन्धी निर्माण गरिएका चलचित्र होस् वा गीत, संगीत तथा लेखनको इतिहास त्यति लामो छैन । मगर समाजमा २०५२ सालमा लङ्घन निर्माण गरि मगर चलचित्रको ईतिहास शुरू भएको छ भने लेखन तर्फ १९९६ सालमा अयोध्या प्रसाद प्रधानले मगर कुरा शिक्षा र मगर व्याकरण तयार गरेका थिए । त्यसपछि २००६-०७ सालमा आदिकवि जीतबहादुर सिंजाली मगर र रेखबहादुर थापा मगरको आगमनले मगर भाषा लेखनमा नयाँ आयाम थप्ने काम भयो । जति पनि चलचित्र, साहित्य र गीतहरू निर्माण भइरहेका छन्, तिनीहरू रहर र भावनामा डुबेर निर्माण भईरहेको छ । त्यसकारण मगर चलचित्र, साहित्य र गीत÷संगीतहरूको बजार पनि सिमित रहेको छ । जसको स्तर पनि त्यति सन्तोषजनक रहेको पाईदैन । त्यसैले गर्दा, मगर जातिको भाषा, धर्म, संस्कृति, परम्परा तथा भेष–भूषालाई सही मानेमा बचाई राख्ने कार्य मगर चलचित्र, गीत÷संगीत र साहित्यले गर्ने भएकोले यी क्षेत्रमा स्तरीयताको आवश्यकता पर्दछ ।

कार्यक्रमको उद्देश्य
मगर चलचित्रकर्मीहरूले विभिन्न क्षेत्र (स्थानीय र केन्द्र) स्तरमा आफ्नो चलचित्रहरू निर्माण गर्दै आई रहेका छन् । यसरी मगर भावना बोकेर मगर चलचित्र, गीत-संगीत तथा साहित्य लेखनमा लागेका मगरहरू बीच चिनजान गराउनुको साथै अझ उत्कृष्ट मगर चलचित्र, गीत-संगीत तथा साहित्य निर्माण गर्न यी व्यक्तिहरूलाई अझ उत्प्रेरित गराउने अभिप्रायले यो कार्यक्रम अपरिहार्य आयोजना गर्नु पर्ने भएको हो । यस कार्यक्रमको आयोजनाले गर्दा भविष्यमा मगर चलचित्र, गीत÷संगीत तथा साहित्य लेखनमा गुणस्तरीय उत्पादन हुने छ । अन्य उद्देश्यहरू ः    
विभिन्न स्थानीय स्तरमा रहेका मगर चलचित्रकर्मी, संगीतकर्मी र मगर साहित्यकारहरू बीचमा भातृत्वको भावना जगाई आपसी समन्वयकारी सञ्जाल निर्माण गराउने ।
गुणस्तरीय मगर चलचित्र, गीत÷संगीत र साहित्य पुस्तकहरू निर्माण तथा प्रकाशन गराउन प्रेरित गराउनुको साथै पहिचान दिलाउने छ ।
निर्माण भएका मगर चलचित्र, गीत-संगीत र साहित्यको बजार बिस्तार गर्न मद्दत गर्ने छ ।
मगर चलचित्र, गीत-संगीत र साहित्यहरू उत्कृष्ट बन्न सहयोग मिल्ने छ ।
यस क्षेत्रमा लागेका व्यक्तिहरूलाई गरिएको सम्मानले नयाँ पुस्तालाई पनि यस क्षेत्रमा लाग्न हौसला मिल्ने छ ।

कार्यक्रमको महत्व
मगर चलचित्रहरू १६ बर्षको अन्तरालमा लगभग २५-२६ वटा निर्माण भईसकेको छ । चलचित्र सम्बन्धी एकेडेमिक ज्ञान नलिई स्व–अध्ययनद्वारा स्वत स्फूर्त रूपमा मगर चलचित्र निर्माण गर्ने मगर चलचित्रकर्मीहरूको संख्या दिनानुदिन तिब्र गतिमा बढ्ने क्रम जारी छ । तर मगर चलचित्रको स्तर माथि उठ्न सकिरहेको छैन । धेरै जसो मगर चलचित्रहरू सिमित बजारमुखी भएर निर्माण भएका छन् । त्यसले गर्दा पनि चलचित्रको स्तर माथि उठ्न सकेको छैन । यो दोष चलचित्र सम्बन्धी ब्यवहारिक ज्ञान कै कमीले गर्दा हो । यसर्थ यस कार्यक्रमले उत्कृष्ट मगर चलचित्र निर्माण गर्नको लागि समेत प्रेरित गर्ने छ । साथै गीत-संगीत क्षेत्रमा लागेका मगरहरूले समेत समाजमा पहिचान बनाउन सकेको अवस्था छैन् ।
साहित्य लेखनमा लागेका व्यक्तिहरू केवल पहिचानको लागि कृतिहरू प्रकाशन गर्ने गरेको पाइन्छ । अर्थात वहाँहरू नितान्त व्यक्तिगत रूपमा लागेर चलचित्र कर्म, साहित्य कर्म र संगीत कर्ममा लागिरहेको अवस्था छ । यसर्थ वहाँहरूलाई हौसला उजागर गर्दै अझ उत्प्रेरित गर्नकै लागि यो कार्यक्रमको आवश्यकता महसुस गरि आयोजना गर्ने पहल गरिएको हो ।

कार्यक्रमको उपलब्धी
विभिन्न जिल्लाहरूबाट सहभागी भएका सबै सहभागीहरूले कम्तीमा मगर चलचित्र, गीत÷संगीत र मगर साहित्यकर्मी सम्बन्धी जानकारी प्राप्त गर्नेछन् ।
सहभागीहरूले मगर भावना र नीतिमा बनेको चलचित्र, गीत÷संगीत तथा साहित्यबारे थाहा पाउने छन् । यसले चलचित्रकर्मी, साहित्यकर्मी तथा संगीतकर्मीको पनि क्षमता अभिबृद्धि हुनेछ । जसले यस विद्यामा स्तरीयता कायम गर्ने प्रयत्न गर्ने छ ।
विभिन्न जिल्लाका चलचित्रकर्मी, साहित्यकर्मी एवम् संगीतकर्मी एउटै साझा स्थानमा सहभागी हुँदा एक अर्कासँग चिरपरिचित हुने मौका मिल्ने छ । जसले गर्दा आपसी समन्वय गरी मगर सञ्जाल फैलाउनमा मद्दत मिल्ने छ ।
सहभागीहरू बीच एक आपसमा भेटघाट भई परिचित हुने मौका मिल्नेछ । जसले बजार बिस्तार गर्नमा पनि सहयोग पु¥याउने छ ।
सहभागीहरूले मगर चलचित्र, साहित्य र संगीतकर्मीसँग परिचित हुने अवसर प्राप्त गर्ने छन् ।कार्यक्रममा एकल तथा सामुहिक नृत्य, गीत तथा संगीत प्रस्तुत हुने हुँदा आफु भित्र रहेको क्षमता उजागर गर्ने अवसर हुने छ ।

कार्यक्रमको लक्षित समुह
 मगरहरूको जनघनत्व भएको जिल्लाहरू (कास्की, स्याङ्जा, पर्वत, पाल्पा, बाग्लुङ, म्याग्दी, चितवन, गोरखा र तनहँु) का मगर महानुभावहरूलाई सहभागी गराईने छ ।
गीत÷संगीत, साहित्य र चलचित्र ज्ञानको भण्डार भएको हुँदा मगर समाजसँग सम्बन्धीत रहेर अध्ययन गर्न चाहने अन्य जात÷जाति पनि यस कार्यक्रममा सहभागी रहने छन् ।
 मगरहरू देश भित्र मात्र होइन विदेशमा समेत बसोबास गरिरहेको हुँदा यसको प्रभाव नेपालमा मात्र होइन, विदेशमा रहेका मगरहरूमा समेत पर्ने छ ।

कार्यक्रममा सम्मानित हुनेहरू
मगर चलचित्रकर्मी, संगीतकर्मी र मगर साहित्यकारहरूलाई पुरस्कृत तथा उहाँहरूको योगदान अनुसार यस कार्यक्रममा सम्मान गरिने छ ।

मुलधारको चलचित्रमा लागेका व्यक्तिहरुलाई सम्मान
मगर चलचित्रकर्मी संघमा दर्ता भएको मगर चलचित्रलाई ताम्रपत्र
मगर चलचित्र तर्फको बिशेष सम्मान        १ जना
पुरूष वा महिलाबाट


संगीत तर्फ सम्मान

संगीत तर्फको बिशेष सम्मान            १ जना
पुरूष वा महिला

साहित्य तर्फ सम्मान                ३ वटा
नवप्रतिभा पुरस्कार    ः बाह्र मगरात, अठार मगरात र काइके मगर भाषामा

साहित्य तर्फ बिशेष साहित्य सम्मान        ३ वटा
दिर्घजीवि साहित्य सम्मान    ः बाह्र मगरात, अठार मगरात र काइके मगर भाषामा

सहयोगी संस्थाहरू

नेपाल मगर संघ
नेपाल मगर महिला संघ
नेपाल मगर सांस्कृतिक संघ
पुन समाज, नेपाल
चलचित्र विकास बोर्ड
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय समिति, कास्की
अनिज, कास्की

मिडिया पार्टनर

गण्डकी टिभी
गण्डकी रेडियो
लाङ्घाली मासिक
विभिन्न स्थानका एफएमहरू (काठमाडौं, पोखरा, तनहुं, नवलपरासी, रुपन्देही)
अनलाइन पत्रिकाहरू

    
    
(लेखक मगर चलचित्रकर्मी संघका अध्यक्ष हुन् । )






 

Last Updated on Friday, 10 December 2010 08:56

Hits: 1233

नेपाली भाषा यसर्थ सर्वश्रेष्ठ छ (नयाँ अनुसन्धनात्मक लेख सहित) - डा. माधवप्रसाद पोखरेल

 

१- नेपाली भाषाका फरक –फरक भूमिका छन् । नेपाली भाषा थुप्रै नेपालीको मातृभाषा हो । जन्मेपछि वोल्ने भाषा हो , वच्चाले  आमावाट यही भाषा सिक्छ र पहिलो भाषाको रुपमा यही भाषा नै  सिक्छ । त्यसैले पनि यो पहिलो दर्जाको भाषा हो ।

Last Updated on Saturday, 11 February 2012 10:42

Hits: 1405

बाघ बचाउन मासिक ३ पाउण्ड तिर्ने कि ?

हामी नेपालीले बेलायतमै सुनेका छौं,   कहिले लेबर, कन्जरभेटिवको सम्मेलन त कहिले एनआरएनको सम्मेलन । त्यसैगरी नेपालमा पनि कहिले काङ्रेस, एमाले, माओवादीको  सम्मेलन, कहीले जनजातिको  सम्मेलन, कहीले हिन्दु त कहिले बुद्दिस्टको  सम्मेलन । तर अहिले हामीले बाघ सम्मेलनबारे सुनिरहेकाछौं ! यो सम्मेलन न राजनैतिक, न जातिय, नत धार्मिक सम्मेलन नै हो । यो हो, बाघहरु पाइने संसारका १३ रास्ट्रहरुको सम्मेलन जो विश्वमै पहिलोपल्ट यही २०१०को नोभेम्बर २० देखी २३ तारिख सम्म रुसको सेन्ट पिटर्सबर सहरमा हुन गइरहेको छ ।
बाघ भन्ने बित्तिकै मलाइ डायमन्ड शमशेरको उपन्यास 'सेतो बाघ' को याद आउँछ । किन उपन्यासको शिर्सक 'सेतो बाघ' राख्नु परेको रु सायद उतिबेला तराइको भुभागमा बाघहरु अहीलेको गुजेश्वरी र पशुपतीको बाँदर जस्तै छ्यास्छ्यास्ती पाइने  भएर हो कि  'सेतो' रङको बाघले जंगबहादुरलाई टोकेर मारेर !  उक्त उपन्यासमा जङबहादुरको मृत्यु बाघको सिकार गर्दा बाघले टोकेर भएको संकेत दिएका छन्, उनले । त्यसो त जङबहादुरको मृत्यु नेपाली इतिहासमा रहस्यमय छ । यौटा अती प्रचलित भनाइ अनुसार उनको मृत्यु नेपालका पहिलो सहिद लखन थपा मगर, जो सिद्द थिए, को सरापले भएको बिस्वास गरिन्छ । लखन थापा मगरलाइ जङबहादुरको  जहानिया शासनको बिरुद्दमा आवाज उठाए बापत सैनिकद्वारा झुन्डयाएर मारिएको थियो। सेतो रङ मसान तथा भुतको प्रतिक मानिने हुनाले जङबहादुरलाइ 'सेतो बाघ'ले मारेको संकेत दिइएको  हुनसक्छ। यस प्रसङले नेपालमा बाघको महत्व धर्मग्रन्थ देखी आधुनिक साहित्यसम्म  छ भन्ने देखाउँछ ।
कुनैबेला एसिया भरिनै गर्जन सुन्न पाइने बाघ आज आएर  जम्मा १३ रास्ट्रमा मात्रै सिमित छ । सौभाग्य भन्नु पर्छ, यस्तो लुप्त हुन गैरहेको अतिनै आकर्षक जनावर नेपालका आरक्षहरुमा देख्न पाइन्छ । हाम्रो देसमा तेल र सुन न पाइएतापनि बाघ जस्तो अति दुर्लभ जन्तु पाइने हुँदा अत्यन्त गर्व लाग्छ । त्यसकारण नेपाल लगायत एसियाका १३ राष्ट्रहरुस् भुटान, बङ्गलादेस, भारत, बर्मा, थाइलैन्ड, कम्बोडिया, भियतनाम, मलेसिया, इन्डोनेसिया, चाइना, कोरिया र रुस यस बाघ सम्मेलनमा भाग लिन गैरहेछन । विश्व बन्यजन्तु संरक्षण कोष  जस्ता ३० वटा संगठनहरुले यस सम्मेलनको आयोजना गरेका हुन्।
बाघ जस्तो हिंशक जनावरको सम्मेलनको महत्व के होला भनी कौतुहलता छाउन सक्छ । मानविय क्रियाकलापले गर्दा जैविक विविधतामा हजार गुणाले ह्रास आइरहेको बैज्ञानिकहरु बताउँछन । जैविक बिबिधतालाई कायमै राख्न बाघको अस्तित्वले ठुलो भूमिका खेल्दछ ।  बाघ संसारदेखी लोपोन्मुख बिरालोको एउटा जाती हो। बैज्ञानिकहरु बाघलाई जैविक चक्रमा सबभन्दा उपल्लो श्रेणी मा राख्छन् । बाघको बिनासले जैविक चक्रमा असन्तुलन आइ यसको नकारात्मक प्रभाव अन्त्यमा मानव जातिमै पर्न जान्छ । तर बिडम्बना, बिगत १०० बर्समा ९५ प्रतिसतले ह्रास भएर आज बाघको सङ्ख्या जङलमा लगभग  ३२०० मात्रै रहेको छ । नेपालको सुक्ला फाँट आरक्षमा बेंगाल प्रजातीको बाघको सँख्या १२० रहेको हालसालैको गणनाले देखाएको छ।
बाघ लुप्त हुनुको मुख्य कारणहरुमा यसको अबैध सिकार तथा बासस्थानको बिनास हो । बाघको छाला र हड्डीको लागि यसलाई सिकार गर्ने गरिन्छ । एउटा छालाको मुल्य २५ हजार डलर र एउटा कुनै अँगको मुल्य १० हजार डलर सम्म कालो बजारमा पर्दछ । यसको हड्डी चाइनिज दबाइमा मिसाएर बेचिन्छ । मासु र उनको लागि भेंडा पाले जस्तै चाइनामा दबाइको लागि बाघ पालिन्छ । खेतीको लागि र सडक तथा रेलमार्ग निर्माणको लागि जथाभावी जङ्गल फडानीले यसको बासस्थान साँघुरीरहेको छ । बाघको अङहरुको माग बजारमा अत्यधिक भएकोले बाघलाई मारेर यसको अँगहरु तस्कर गर्ने गिरोह नेपाल लगायत अरु राष्ट्रहरुमा सक्रिय छन । तर बाघ जस्ता अन्य दुर्लभ जनावरहरुको ब्यापारलाइ अन्तररास्ट्रिय कानुनमा  गैर-कानुनी मानिन्छ । यसको ब्यापारीहरु पक्राउ परे मोटो जरिवाना र लामो जेल सजाए पाउन सक्छन ।
 गौतम बुद्ध र सगरमाथा जस्तै बाघ पनी नेपाललाई संसारमा चिनाउने हाम्रो सम्पत्ति हो । यसको अस्तित्वलाई जोगाइराखेर हाम्रा भावी सन्ततीलाई हस्तान्तरण गर्नु तपाइ हाम्रो दायित्व हो।  यस्तो अमुल्य सम्पतिलाइ बचाइ राख्न के गरिदै छ र के गर्नु पर्छ रु  विश्व बन्यजन्तु सरक्षण कोषले बाघको बचावटको लागी केही योजनाहरु तर्जुमा गरेको छ । तदनुसार यसको उद्देस्य सन २०२२ सम्ममा आजको बाघको संख्यालाई बढाएर दोब्बर अर्थात ६४०० बनाउने रहेको छ । सन २०१० चाइनिज पात्रो अनुसार बाघ बर्ष हो र यस्तो बर्ष फेरि १२ बर्ष पछि सन २०२२ मा दोहरिन्छ । तपाइ हामी पनि WWF को वेभ साइटमा गएर बाघ सम्मेलनको लागि पेटिसनमा साइन र नेपालमा भएको बाघलाई एडप्ट गरेर यसको सरंक्षणमा सहयोग पुराउन सकिन्छ । मैले पनि गत सालदेखी सुक्ला फाँटको एउटा बाघलाइ महिनाको ३ पाउन्ड तिरेर एडप्ट गरेको छु ।   


बिजय हितान मगर, बेलायत
   

Last Updated on Friday, 19 November 2010 15:13

Hits: 1267

मगरसंघको विवादले रत्यौलीको रुप किन लियो

 

राजनीतिका कारण दुईटा मगरसंघ खोलिएको रुपन्दहेीमा ज्यान लिने दिने धम्की समेत शुरु हुन थालेकोछ । तर केन्द्रिय समिति मौनब्रत बसेर रमिता हेरिरहेकोछ ।  

- गोविन्द घर्ति

Last Updated on Monday, 13 December 2010 09:22

Hits: 5722

गोर्खा र तिनका सन्ततिलाई बिदेशी बनाउने षड्यन्त्र

हालै नेपाली मीडियामा प्रकाशित प्रसारित  'नेपाल सरकारले गैर आवासीय नेपालीहरुलाई राजनैतिक र मताधिकार बिनाको  सिटिजनशसप दिने' भन्ने समाचार प्रति सम्बंधित पक्षको  ध्यान आकर्षित हुन अत्यन्तै जरुरी देखिन्छ ।  यो समाचारले बेलायतमा नेपाली बाजार  जसरी तातेको छ , उसरि नै सीधा- साधा गोर्खाली गैरआवासिय नेपालीहरुको कन्सिरी तातेको छ । यदि यो समाचार साँचो हो र गोरखाली र  तिनका सन्ततिलाई  यो नियम लागु गराउने दुस्प्रयास   गरिएको हो भने यस कार्यले निश्चित रूपमै लाखौंको संख्यामा बिदेशमा रहेका  सोझा, सिधा-सादा ,  इमानदार  तथा  देशभक्त  गोर्खा नेपालीको मर्ममा आघात  पुर्याउने छ ।

थर्क राना मगर

Last Updated on Thursday, 06 January 2011 17:04

Hits: 1484

Error: No articles to display