A+ A A-

पुनहरु मगर होइनन् भन्ने सानो दिमाग भएका हरुलाई पत्र ......

यो स्वार्थि अहमबादी सरकारले त जनजातिहरुलाई उत्थान होइन बिनाश गर्न लागि परेको बेला त्यही ब्यक्तिहरुको समुहमा बिन्ति चढाउदै इतिहास मेटाउने दुस्प्रयाश गरेको देख्दा र सुन्दा म त अचम्मित परेको छु ।

--बिल पुर्जा पुन

Last Updated on Saturday, 11 February 2012 10:37

Hits: 1321

बैदेशिक रोजगारीका नकारात्मक पक्ष

बिषय प्रवेश
विभिन्न साना रजौटाहरुमा विभाजित भूखण्डलाई राजा पृथ्वी नारायण शाहले एकीकरणको प्रशंसनीय अभियान थालेर नेपालभुमीलाई संसारको विशाल एवं उत्कृष्ट देश बनाउने एउटा उदाहरणीय अभियानको सुरुवात त गरे तर उनका बंसजका नालायकीपन, घमण्ड, बिलाशिता तथा दुरदर्शिताको अभावले  त्यस अभियानलाई नियोजन मात्र गरेनन् बरु समयको गतिको उल्टो दिशामा बहन थाले  । त्यसैका कारण जंग बहादुर राणाको उदय भयो र देश जहानिया राणा शासनको चंगुलमा जाक्किन पुग्यो । जंग बहादुरको पालासम्म संसारका थोरै शक्तिशाली देशमध्येमा पर्ने नेपालमा राणहरुको वर्बर शासनको कारण देशवासीहरु अंधकारमय भविष्यको कारण निस्सासिएर निरासा र कुण्ठाबीच बाच्ने आधार खोज्दै  भारतका विभिन्न स्थानहरुका अलावा भुटान, बर्मा लगायत दक्षिण एशियाको विभिन्न देशहरुमा जान अर्थात मुग्लान पस्न वाध्य भए ।
पछि राणाहरुले आफ्नो स्वार्थको निम्ति नेपाली युवाहरुलाई ब्रिटीसको ईष्ट ईण्डिया सरकारलाई र क्रमश भारत सरकारलाई त्यहाको विभिन्न सुरक्षा फौजमा भर्ना गराउने कार्य सरकारी तवरवाट भएपछि जवर्जस्ती रुपमा देशको ठुलो संख्या विदेशीने क्रम बढ्ने र यस क्रमले निरन्तरता पाउन थाल्यो । विदेशीनु नेपाली जातीको जातीय चिनारी र परम्परा हुन पुग्यो । राणा शासनको अन्त्यपछि पनि राजाहरुको दमन र नेताहरुको नालायकी साथै दुरदर्शिता अभावको कारण अझ विश्वका अनेकन देशमा जाने क्रमले निरन्तरता पाई रहयो र हाल आएर राज्यको आधा श्रोत बैदेशिक पुजी हुन पुगेकोछ । नेपाली यूवाहरुले कमाएको बैदेशिक रोजगारीको कारण भित्रिएको रेमिट्यान्सले देशको अर्थतन्त्र धान्नु परेको विडम्बनापूर्ण अवस्था आईपरेको छ । विदेशिनु नेपालीहरुको रहर होईन नियती वनिसकेको छ ।

संविधानसभा चुनावपछि शाहबंशीय राजतन्त्रको अन्त्यसंगै नेपालले आफ्नो ४ हजार वर्षको परिचय फेर्दैछ र राजा—माहाराजा वा सामन्तहरु उत्पादन गर्ने देशको पहिचान भत्काई नयां पहिचान स्थापित गर्दैछ । यस सन्दर्भमा हामीले आफ्नो विगतलाई एक पटक  पुनरावलोकन गर्नु पर्ने भएको छ । विगतमा भए—गरेका र देखिएको गल्ति कमी कमजोरीलाई सच्याएर र ईतिहासवाट पाठ सिकेर  नेपालको छुट्टै गौरवशाली भविश्य तथा मौलिक पहिचान वनाउन पट्टी सारा नेपाली लाग्नु परेको अहिलेको टड्कारो आवश्यकता हो ।  यस सन्दर्भमा सामन्तहरुको देशको पहिचानलाई बदल्ने संघारमा उभिएको हामी नेपालीले आफ्नो देश छाडि एक छाक खान र एक त्यान्द्रो लगाउनलाई विदेशीको गुलामी गर्नु पर्ने नियती र पुर्ण पहिचानलाई परिवर्तन गर्न कोसिस गर्न पट्टि लागि पर्नु त्यत्तिकै महत्वपूर्ण छ ।  
हुन त भारतीय सेनाको ६५ हजार वहालवाला र २५० हजार भुपु तथा करिव ५० लाख अन्य विभिन्न पेशा गरी बसेका नेपाली, बेलायती सेनाको करिव ३५०० वहालवाला र २० हजार भु।पु। तथा अन्य विभिन्न देशमा कार्यरत करिव २० लाख नेपाली एकसाथ नेपाल प्रबेस गर्ने र बैकल्पिक व्यवस्था गर्न नसक्ने (पूःन वाहिर नपठाउने) हो भने राष्ट्रको स्थिति सम्हाली नसक्ने हूने निश्चित छ ।
देशको उत्पादनले ६ महिना सम्म पुरा खाई बाच्न नसक्ने अवस्था पनि आउला तर त्यसो भन्दैमा बैदेशिक रोजगारीबाट हुने सकारात्मक नकारात्मक पक्षहरुलाई राम्रो संग पहिचान र विश्लेषण नगर्ने हो भने सन्तान दरसन्तान सम्म नेपालले मगन्ते पहिचान फेर्न सक्नै छैन । र, ईमान्दारीताका साथ लागि परियो भने निश्चय पनि एउटा खाका आउछ र भावि दिनमा के गर्ने भन्ने योजना वनाउन सकिन्छ  । यहां कैयन सकारात्मक पक्षहरु हुदां हुदै पनि नकारात्मक पक्षले भविश्यमा पार्न सक्ने डरलाग्दो चित्र तर्फ हामी बढी सचेत हुन आवश्यक भएको कारण यहाँ बैदेशीक रोजगारीका नकारात्मक पक्षहरुको मात्र उल्लेख गर्ने जमर्को गर्नेछु ।

बैदेशिक रोजगारीका नकारात्मक पक्षहरु:

१।    बैदेशिक रोजगारीमा जाने मुलुकहरु मध्ये अधिकांश मुलुकसंग श्रम सम्झौता नहुदा र भएको स्थानमा पनि प्रभावकारी रुपवाट लागु हुन नसक्दा भनौ कानुन तथा सरकारको कमजोर पहुंचको कारण रोगी, विरामी, अगभंग तथा मानसिक असन्तुलनका कारण वर्षेनी सयौं युवाहरु बिना क्षतिपूर्ति स्वदेश फर्किरहेका छन् । यहि क्रम निरन्तर रहने हो भने भविश्यमा नेपाल अशक्तहरुको डम्पीगं साईट हुने डर रहन्छ । त्यसवेला उनिहरुलाई रेखदेख गर्ने तथा राज्यको लागि काम गर्ने, कमाउने को हुने रु अनि त्यसवेला राष्ट्रसंग के विकल्प हुनेछ उनिहरुलाई सम्हाल्न रु समयमै सोच्न जरुरी छ ।
२।    हरेक विदेश जाने नेपालीले जीवनको महत्वपुर्ण र सारा उर्जासिल अवधि विदेशीको लागि पसिना वगाएर विताएको हुन्छ र बुढेसकालमा विना पेन्सन स्वदेश फर्कि वसोवास गर्नुपर्ने र पुनः युवा पुस्ता विदेशीरहदा देश बुढा—खाडाहरुको आश्रम स्थलमा परिणत हुनेछ, तर उनिहरुसंग जिवीकोपार्जनको निम्ती श्रम गर्ने क्षमता र श्रोत दुवै हुने छैन । जुन परिवर्तन र विकासको लागि घातक हो ।  
३।    खास उर्जासिल उमेरमा आफ्नो परिवारवाट टाढा रहेर बस्नु पर्दा उनिहरु विदेशी रहन—सहन तथा छाडा संस्कार सिकेर स्वदेशमा विकृती भित्रयाउनुको साथै एचआइभी जस्ता प्राणघातक रोगहरु देशमा भित्रिने र सारा परिवार तहसनहस हुने सम्भावना रहन्छ ।
४।    लामो समय सम्म परिवारको साथमा नबस्दा वा समय समयमा भेट हुन नसक्दा मायां—ममता र परिवारिक वातावरण नहुंदा र एक अर्कामा परिवारिक बन्धनको नियन्त्रण नहुंदा पारिवारिक असन्तुलन, मानसिक विकृती तथा समाजिक संस्कारमा ह्रास आई विकृती—विसंगति बढ्दै जान्छ ।
५।    बिदेशी छाडा तथा बिकृत संस्कृती भित्रिदै जान्छ ।
६।    समाजमा पैसावाला अथवा हुनेखाने, धनिमानी र गरिवको सोचाई तथा विभेदको विकास हुंने हुदा सामाजिक शहिष्णुता तथा सानिलता  कम हुदै जान्छ ।
७।    पराई देशको मानिससंग त्यो पनि उनिहरुको अह्नखटनमा सधै  दवाबमा  काम गर्नु पर्ने अवस्थाको कारण व्यक्तिमा राष्ट्रियताको उच्च भावमा ह्रास एकातिर बढ्दै जान्छ भने अर्को तिर नैतिक—आत्मवल गिर्दै जान्छ जुन आत्मग्लानी को सुरुवात हो ।  
८।    त्यहा भएका एकाध विकासको संसर्गको कारणले स्वदेशी समाज र आफ्नो यथास्थिति प्रति नकारात्मक सोंचको विकास हुंदै जान्छ, अझ भनौ परजिवी मानसिकताको विकास हुंदै जान्छ, जुन विकासको निम्ति ज्यादै डरलाग्दो रोग हो ।
९।    स्वदेशमा उर्जाशिल जनशक्तिको अभावको कारण स्वदेशी उत्पादनमा ह्रास आउने हुंदा निर्यात व्यापार घाटा उच्च हुन जान्छ त्यसको पुर्ति फेरिपनि युवा पलायन हुने राष्ट्रिय संकट नै हो ।
१०।    निम्न स्तरीय काममा बढी (अदक्ष कामदार) विदेश जादा अरु देशका मानिसहरुले नेपाली प्रति हेर्ने दृष्टिकोण हेपाहा—हेयात्मक तथा नकारात्मक हुदै जान्छ र राष्ट्रले अरु देशसंग मुकाविला गर्न नसक्दा परनिर्भरता र विदेशी प्रभाव बढ्दै जाने खतरा रहन्छ ।
११।    स्वदेशी श्रमले विदेशमा पुर्वाधारहरु निर्माण हुंदै जाने तर स्वदेशमा भने दैनिक जीविकोपार्जन मात्र हुंने र स्वदेशमा पुर्वाधारहरु बिकास हुन नसक्दा राष्ट्रको भावि विकास ऋणात्मक तथा बैदेशिक व्यापार घाटा तथा भविश्यको प्रतिस्पर्धा लगभग असंभव नै हुने हुदा सन्तान दर सन्तान सम्मले नै अर्काप्रति आश्रीत, परनिर्भर र गुलामी गर्नु पर्ने अवस्था आईपर्छ ।
१२।    आफ्नो भाषा संस्कृति र राष्ट्रियता बिर्सदै जाने, सामाजिक मुल्य मान्यता तथा संस्कार क्रमश लोप हुदै गएर नेपालीको पहिचान गुमाई सम्पूर्ण देश नै विकृतिको संग्रहालय हुन सक्छ ।


समाधान के हुन सक्छ

१।    सबै देश संग सम्झौता गरेर र अझ श्रम सम्झौता गरेर मात्र आफ्नो नागरिकलाई बैदेशिक रोजगारीमा पठाउने र कुटनैतिक सम्वन्ध चुस्त-प्रभावकारी वनाई राख्ने ।
२।    बैधानिक रुपमा मात्र विदेश पठाउने र विदेश गएकाहरुको दुरुस्त अभिलेख राख्ने ।
३।    बिदेश गएकाहरुको कमाईको खास प्रतिसत कट्टा गरि करको रुपमा राज्य कोषमा दाखिला गर्ने । त्यसको लागि “बैदेशिक मुद्रा संचय कोष” खडा गरि त्यसलाई बैदेशिक रोगजारको क्रममा घाईते, अंगभंग भएका, रोगी—बिरामी को उपचार तथा रेखदेखमा लगानी गर्ने । बांकी रकम नाफामुलक क्षेत्रमा आधा र आधा विकास निर्माण वा सामाजिक सेवामा लगानि गर्ने ।  
४।    बैदेशिक मुद्रा कोषमा रकम जम्मा नगर्नेलाई द्धैध नागरिकताको सहुलियत तथा अन्य सहुलियत वाट बन्चित गराई स्वदेशको सम्पत्तिबाट त्यसको भर्पाइ गर्ने  ।
५।    विदेश जादा—आउदा अनिवार्य रुपमा राष्ट्रिय (जातिय) पोशाक, राष्ट्रिय झण्डा तथा राष्ट्रगान साथ जाने—आउने गर्नुपर्ने ।
६।    विदेशमा उच्च स्तरको हैसियता वा सम्मानित काम, व्यापार, तथा व्यवसाय गर्ने तर्फ राज्यले विशेष व्यवस्था-वातावरण राज्यको तर्फंवाट निर्माण गर्ने तर्फ पहल गर्ने ।
७।    बिदेशमा आर्जन गरेको आय उत्पादनमुलक क्षेत्रमा लगाउन तर्फ राज्यको तर्फवाट प्रोत्साहन तथा वातावरण निर्माण गर्ने र दलालहरु वाट ठगी नहुने वातावरण श्रजना गरिदिने ।
८।    विेदेशी मुद्राको कारोवार तथा राज्यको तर्फवाट श्रमको निम्ति विदेश जाने श्रमिकको रकम छुट्टै तर सरकारी स्वामित्वको “बैदेशिक मुद्रा संचिति बैंक” वाट मात्र गर्ने व्यवस्था मिलाउने । जसले गर्दा राज्यमा विदेशी मूदा्र संचितीमा सकारात्मक प्रभाव तथा स्वदेशी मूद्राको अवमूल्यन कम भई राज्यको स्थिरतामा सकारात्मक प्रभाव पर्न जान्छ ।
९।    कामको सिलसिलामा विदेश गएर उतै गायव हुने वा पासपोर्ट अपचलन गर्ने र अवैध रुपमा विदेश जाने उपर कठोर कार्वाहीको व्यवस्था गर्ने । उनीहरुलाई फौजदारी अपराधमा १५ वर्ष सम्म कार्वाही चलाउन सकिने व्यवस्था मिलाउने ।  
१०।    विदेशको विभिन्न स्थानमा राष्ट्रको मुख्य निर्वाचनहरुमा मतदान गर्ने व्यवस्था मिलाई दिने ।
११।    वैदेशिक रोजगार परिवार परामर्श केन्द्र स्थापना गरि परिवारका सदस्यहरुलाई आवश्यक परामर्श तथा उचित सहयोग दिलाउने व्यवस्था गर्ने ।
१२।    नीजि संचार माध्यमहरुसंग सम्पर्क तथा समन्वय गरी नेपाली तथा अन्य सुचनाको माध्यमको पहुच सुलभ वनाई दिने ।
१३।    स्वदेशमा विभिन्न उद्योग धन्दा तथा कलकारखानाहरु स्थापना गरि स्वदेशमै श्रम तथा रोजगारिको प्रर्याप्त अवसर श्रृजना गर्ने ।
१४।    श्रम प्रति सम्मानको भाव विकास गराउने ताकी नेपालमा काम गर्न नचाहने तर विदेशमा गएर जस्तो सुकै निच काम गर्न पछि नपर्ने कु—प्रथाको अन्त्य भई स्वदेश मै साना तिना व्यवसाय गरेर वस्न सकोस र राष्ट्रको विकासमा टेवा दिन पाओस ।
१५।    सामाजिक उच निचको भावना अन्त्य गरि स्वदेशको विकासमा समर्पित रहन सवैलाई प्रोत्साहित गर्ने ।
१८।    श्रम सम्मान तथा बैदेशिक रोजगार चेतना जस्ता पाठ्यक्रम तयार गरी संसार तथा श्रम सम्बन्धि बृहत रुपमा जानकारी गराउने । जसले गर्दा विदेश जानूभन्दा पहिला संसारको वारेमा जानकारी होस र ठगीन नपरोस ।

चन्द्र थापा  मगर, संघाई चीन


Last Updated on Sunday, 16 January 2011 12:26

Hits: 1552

पहिलो नेपाली, दोश्रो अग्रेजी र तेश्रो मातृभाषा

भाषा विज्ञानमा वढी  वुझिने तथा  ब्यापक संचारको भाषालाई सरकारी भाषा वनाउनुपर्ने मान्यता छ ।

-डा. योगेन्द्र यादव

Last Updated on Thursday, 06 January 2011 16:48

Hits: 1542

क्रिसमसको जाडोमा साहित्यिक विमर्श : देश सुब्बाको साहित्यानुभूति


जाडो एक्कासी बढेको थियो क्रिसमसको बिहान अर्थात २५ डिसेम्बर शनिबार । अघिल्लो दिन नै डि.बी. पालुङ्वा, बिमल राई, प्रेम राई, उपेन्द्र कोरङी (दाजु गुरुङ्ग), विष्णुनन्द चाम्लिङ, शुशिला थुलुङलाई चुनवानको साहित्यिक छलफलको बारेमा जानकारी र निम्तो दिएको थिएँ । पत्रकार भूपेन्द्र चेमजोङ, साब्लाबुङ चौमासिक साहित्यिक पत्रिको सम्पादक राज कुमार राईलाई पनि फोन गरेको थिएँ । तर उनीहरूको फोनमा कम्प्युटर मात्र एकोहोरो बोलिरहेकोले त्यही कम्प्युटरलाई खबर छोडेँ । सम्झिन त हामीले यस भेलामा सबैलाई सम्झिने गथ्र्र्यौ, तर काम विशेषले होला ध्यान तान्न सकेका थिएनौँ । नियमित भेला हुने डि.बी., बिमल र म छँदै थियौँ । प्रेमजीको औसीपूर्णेमा मात्र उपस्थिति हुन्छ । हामीलाई सधैँ नौलो साथीहरूको उपस्थितिले उत्साह बढाउँछ, उर्जा थप्छ, क्रियाशील बनाउँछ । त्यसैले त्यो दिन पनि उत्साहित थियौँ । कवि, समालोचक, उपेन्द्र कोरेङ्गी, गीत, गजलकार विष्णुनन्द चाम्लिङ र गीतकार, कवियत्री र गायिका शुशिला थुलुङको उपस्थितिले ।

चुनवानको म्याकडोनाल्डमा जाडो छलेर मान्छेहरू क्रिसमस मनाइरहेका थिए । यो समय खुशीले हङकङ हाँसेको समय थियो । नेपालीहरूको उद्यौली पर्वले उमङ्गित पोलेको मासु (वि.वि.क्यु)को मौसम थियो । जुनबेला हामी चुनवानको जाडोमा बसिरहेका थियौँ, समुद्रकिनार, मङ्की हील र टाइमोशन पोलेको मासु (वि.वि.क्यु) ले बजार भएको थियो । पोलेको मासुको सुगन्ध डाँडापाखा घुम्दै बादलतिर उडिरहेको थियो । हामी साहित्यको सानो म्याकडोनाल्डको डबलीमा थियौँ । नयाँ साथीहरूलाई हामीले बोल्न आग्रह ग¥यौँ । विष्णुनन्दले आफ्नो  दिनेश सुब्बाले संगीत गरेको रचनाको गेडी गीत सुनाए ।

चिठी लेखे -मायालु/मनको कुरा/कोरेर ४/३, ४/३ = १४ कथन
चोखो माया /दिनेछु /हृदय नै /खोलेर ४/३, ४/३ = १४ कथन
रिवन—३ थेगो
साथै काटौँ /बाँकी जीवन ४/५ = ९ विट

माथिको सुत्र अनुसार गेडी गीतको रचना हुन्छ ।

यो नवीन आविष्कारले मेरो मनमा झ्याम्टा र च्याबु्रङ बजाइरह्यो । यो गेडी लेखाइ कतिको सफल हुन्छ, प्रयोग कसरी हुँदै जान्छ । यसको पनि समालोचना, मूल्याङ्कन हुने नै छ कुनै दिन । जेभएपनि यो नेपाली साहित्यमा नयाँ विधाको आविष्कार थियो । साब्लाबुङ् भरखरै हाम्रो हातमा आइपुगेको थियो, डि.बी.ले चर्चा चलाए । त्यसमा डी.बी.को कविता “अभिव्यक्ति एउटा कुण्ठाको” छापिएको थियो । कविता मिलाएर पत्रिकामा राखिएन भने कविताको आत्मा, शरीर र सौन्दर्य मर्छ, भनौ कविताको हत्या हुन्छ भन्ने चर्चा भयो । त्यही कवितालाई डि.बी.ले वाचन गरे । अरु पनि डि.बी.का अप्रकाशित कविता थिए । त्यसमा कोरङ्गीले सल्लाह र सुझाव दिए । केही वर्ष अघि बाजेको सम्झनामा लेखेको कविता “चौताराको बुढो बरपिपल” शुशिलाले सुनाइन् । बाजेप्रतिको असिम प्रेम थियो कवितामा । प्रश्न र अन्तरवार्ताको प्रयोगात्मक गजल पनि विष्णुनन्दले सुनाए । जाडो मौसमभित्र साहित्य खुलेको न्यांनो वातावरण थियो । केही समय अघि रेखा कविता—९ “आँधी छेक्ने गुलाब” फेसबुक र ब्लास्ट टाइम्स धरानबाट प्रकाशित भएको थियो । त्यही कवितालाई बिमलले विनिर्माण गरेका थिए । त्यसै कवितालाई उसले सुनाए । यो कविता रेखा कविताको प्रयोगमा अति नै परिष्कृत कविता थियो ।

त्यो दिन शनिबारको दिन थियो । प्रत्येक शनिबार मैले शनिबारको कोसेली भनेर फेसबुकमा रेखा कविता राख्दै आएको छु । अहिले रेखा कविता केदार सङ्केत अफगानिस्थान, टंक वनेम बेलायत, असिम मुखिया र हिमाल सुब्बा नेपाल, मनोज बोगटी कालिम्पोङ, दार्जिलिङ, बिमल राई, टंक सम्बाहाम्फे र म हङकङबाट लेख्दै आएका छौँ । रेखा कविता लेख्ने तयारमा छन् डि.बी. पालुङ्वा र देवेन्द्र खेरेस । त्यस्तै थाहा नपाएको अरु पनि होलान् । त्यसो त रेखा कविता कसरी लेख्नुपर्छ ? रेखा कविता के हो ? भनेर बु्रनाइबाट नरेस नाती, यु.केबाट मिजास तेम्बे र जगत नवोदितले सोधेका थिए । एक हप्ता अगाडि मात्र भाषाविद्, समालोचक प्रा.डा. टंक प्रसाद न्यौपानेले धरानबाट सोधिपठाएका थिए । त्यो दिन पनि कविता राख्ने दिन थियो । त्यहाँ राख्ने रेखा कविता १४ “सह—अस्तित्वको समय” मैले सुनाएँ । केही कमिकमजोरी होलान्, सच्चाउनु पर्ला र सुझाव आउँला भन्ने अभिप्रायले । तर त्यो हाम्रो भेलामा पास भयो ।

उपेन्द्र कोरङ्गीलाई नेपाली पद्य साहित्यको निकै ज्ञान रहेछ । कुराकानीको सिलसिलामा राम्रा राम्रा कविताको उदाहरण हालेर गरेको संवाद निकै प्रभावकारी थियो । छलफलमा कविता, गीत, गजल, गेडी, रुवाइ लगायत विविध विषयमा छलफल भयो । विष्णुनन्दको गेडी गीतलाई शुशिलाले लयमा गाउँदा सुनिएको स्वादले दिमागमा छाप मारेको छ ।साहित्यिक छलफलको रसले हामीलाई समाइरहेको थियो । छलफल रसिलो भइरहेपनि समय निकै बितिसकेको रहेछ । हप्तामा एकदिनको छुट्टि । यही छुट्टिलाई घरायसी काम, सामाजिक काम र साहित्यिक भेटघाटमा बिताउनु पर्ने भएकोले बस्ने मन हुँदाहुँदै पनि बाँकी अर्को भेटमा छलफल गर्ने निधो गरेर  क्रिसमसको जाडोलाई साहित्यिक कोसेलीले बिदा ग¥यौ ।

त्यो दिनको भेटघाटले हामीलाई उर्जा दियो, साहित्य प्रेम दियो र भावनाको मीठो आदानप्रदान दियो । हामी सद्भाव र सृजनाको मीठो पाहुर बोकेर छुट्टियौँ ।

हगंकगं

Last Updated on Friday, 31 December 2010 06:14

Hits: 924

जातीय मुक्ति कि घृणाको खेती !

विसं २०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्थाको अवसान गराएपछि अनेकखाले जातीय संस्था, संगठन, मोर्चा तथा राजनीतिक पार्टीका सक्रियताले जातीय आन्दोलनमा प्रशस्त बहस, छलफल तथा अन्तक्रिर्याको थालनी भयो। त्यस यताको समयमा ‘जनजाति’, ‘आदिबासी’ तथा ‘दलित’ शीर्षकमा विविध गतिविधिहरू संख्यात्मक रूपमा बढेका छन्। ‘मधेशी आन्दोलन’ को सन्दर्भ पनि यस कालखण्डमा नेपाली राजनीतिको एक सवालका रूपमा रहिरह्यो। मूलप्रवाहबाट बाहिर पर्न गएका, अवसरहरूबाट वञ्चित समुदायले राज्यका हरेक तहमा भागिदारी खोज्ने जायज मागलाई सम्बोधन गर्नैपर्छ भन्नेमा मतैक्य बढ्दो छ। यद्यपि यसै सन्दर्भमा नेपाली समाजमा कि त जातीय सवालमा पटक्कै थाहा नभएझैं चुपचाप बसिदिने, कि त्यसलाई अनावश्यक हदसम्म उराल्ने प्रवृत्तिहरू पनि नदेखिएका होइनन् ।

निर्मलमणि अधिकारी

Last Updated on Thursday, 06 January 2011 16:56

Hits: 1557

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर