A+ A A-

राष्ट्रियता विरुद्धको पत्रकारिता र शंकास्पद राष्ट्रवाद

थानकोट बाहिर नगएका मुर्धन्य सम्पादकहरूले मधेशलाई विदेश ठानेर पक्षपाति भूमिका निवार्ह गदै आइरहेकाछन ।

काठमाडौ केन्दित् सचंञ्चार गहृहरू प्रभाव र दवावका कारण एक-दुईटा समाचारलाई बाध्यात्मक रूपमा स्थान दिए पनि वास्तविक अर्थमा मधेश विरोधी मानसिकताले ग्रस्त रहेका पाइन्छ । आफ्नो प्रकाशन÷प्रशारणमा थोरै पनि स्थान नदिने तर आफूलाई राष्ट्रिय संचार भन्दै राष्ट्रिय–अन्तर्राष्ट्रिय दातृ निकायमा पुगेर विभिन्न सहयोग र सम्मान थाप्ने यी र यस्ता संचारकर्मीहरूकै कारण नेपालमा पहाडी–मधेशी, हिन्दू–मुस्लिम,बाहुन–दलित र अन्य जातीय-क्षेत्रीय समस्याले उग्रता लिँदैछ । साम्प्रदायिक संचारले सामुदायिक राजनीति गर्न निम्तो बाँडदैछन् । काठमाडौंका अधिकाँश संचारगृह र संचारसंस्थाहरू साम्प्रदायिक छन् । आफू साम्प्रदायिक भएर समावेशी नेपालका निमित्त वकालत गर्ने संचारकर्मीहरू निर्लज्जताका साथ मधेशवादी दल र मधेशवादी संचारसंस्थालाई साम्प्रदायिक भन्दै हिड्छन् । मधेशका समाचार-लेख अन्तवार्र्ता  र मद्दाहरू पा्प्त हसदै नै जस्ता मिथ्या प्रचार गरेर खसवादी सोचका संचारकर्मीहरू आफूलाई चोख्याउने गर्छन् । तर वास्तवमा उनीहरू प्राप्त समाचार,लेख,मुद्दालाई छाप्न चाहदैनन् । मधेशसँग सम्बन्धित कार्यक्रमको निम्तो स्वीकार्य गर्न मान्दैनन् । कार्यक्रममा समाचार संकलन गर्न आउँदैनन् । संकलित वा प्राप्त समाचारलाई छाप्न मान्दैनन् । मधेशका समस्या केन्द्रित कार्यक्रम संचालन गदैन। तर लाज पचाएर आफूलाई राष्ट्रिय स्तरका ठान्छन् ।

मधेशसँग विभेद गर्न  कायत्र्र म र समाचार वहिष्कार गर्ने विचारलाई स्थान नदिने छलफल संचालन नगर्न  र सगंठन भित्र मधेसी पत्रकारलाई स्थान नदिने संस्कृतिले नेपाली संचारजगत
गाँजिएको छ । आफूहरूले पनि मधेश÷मधेशीलाई स्थान नदिने तर मधेश÷मधेशी माथि कार्य गर्नेलाई साम्प्रदायिक वा विखण्डनकारीको संज्ञा दिने नेपाली संचारमाध्यम वास्तविक अर्थमा विभेदकारी छन् । मुलुककै आधि  जनसंख्या रहेको मधेश, कृषिको केन्द्र  रहेको मधेश र राष्ट्रको सीमा सुरक्षित राखेको मधेशीको राष्ट्रियता माथि शंका गरिन्छ । सरकारी विभेद र अवसरमा भेदभाव हुदा सचांरमाध्यम मानै बस्छन  । मधेशी विचार र मधेशी नेतृत्वलाई आज पनि स्वीकार्य गर्न चाहँदैन नेपाली संचारजगत । मधेशी समस्यामा एक मिनटे को कार्यक्रम पनि सचालन नगर्ने एफ।एम। रेडियो र टेलिभिजनहरू आफूलाई राष्ट्रकै संचार भन्न लाज मान्दैनन् ।

पटक–पटक मधेशका समाचारहरूलाई स्थान नदिएको कारण आलोचित हुनुपरेको, सवारी साधनहरू जलाइएको, पत्रपत्रिकाहरूलाई कब्जा गरी जलाइएको र पत्रकारलाई मधेशबाट लखेटिएका  दर्जन  उदाहरण हदाँ हुदै पनि काठमाडौ केन्दित सचांरमाध्यमहरू सचते भएका छैनन् । यिनका विभेदकारी नीतिलाई नेपाल पत्रकार महासंघ र नेपाल सरकारले पनि पक्ष्पोषण गर्दै आइराखेका छन् । संचारमाध्यमका विभेदकारी नीतिका कारण मधेशमा सामाजिक द्वन्द्व, नेपालप्रतिको ममत्वमा कमी, राज्यमाथि अविश्वास र मधेशलाई स्वतन्त्र राष्ट बनाउन साचें लार्इ  टेपन पुगेको छ । नेपालमा हुने जातीय, क्षेत्रीय, भाषिक र सामुदायिक द्वन्द्वका प्रमुख मतियार राष्ट्र नबुझेको कथित राष्ट्रवादी पत्रकारहरू नै हुन् । सरकारी संचार माध्यमहरु साम्प्रदायिक छन् ।

मधेश नसमेट्ने संचारमाध्यमहरु सरकारबाट लाभान्वित हुन्छन् । मुद्दागत र प्रतिनिधिमूलक समावेशी नीति नेपाली संचारजगतमा छैन । एउटा पनि मधेशी पत्रकार नरहेको राष्ट्रिय दैनिक, एफएम र टेलिभिजनहरु उपत्यकामा क्रियाशील छन् । नेपाल पत्रकार महासंघ साम्प्रदायिक संचारमाध्यमहरुको पृष्ठपोषक संस्था हो । मधेशी नेतृत्वहरु आफ्नो संचारमाध्यममा  लगानी गर्देनन् ।
मधेशी नेताहरु दिउँसो पहाडी मिडियालाई गाली गर्छन् र राति फोन गरेर माफी माग्दै आफ्नो समाचार छापिदिन अनुरोध गर्छन् । कपडा, भाषा, झण्डा, खानेकुरा र बसोबासमा राष्ट्रियता खोज्नेहरूको जमातभित्र कुकुर कराते शुरू भएपछि राष्ट्रियताको पहिचान र परिभाषामा परिवर्तनका संकेतहरू देखिन थालिएको छ । मनोवृत्ति र व्यवहारमा परिवर्तन गर्न नचाहने खसवादलाई राष्ट्रवादको संज्ञा दिने, नेपालवाद भन्दा उच्च स्थानमा माओवादलाई राखेका राष्ट्रवादीहरूको क्षद्म व्यवहारले मुलुक गृहयुद्ध र चरम गरिबीतर्फ  उन्मखु हुदैछ ।

नेपालका घरेलु राजनीतिमा वर्चश्व कायम गर्न नसक्ने तर अरूमाथि दोषरोपण  गर्ने नेताहरूको छाडापनको शिकार सम्पूणै  नेपाली हुदैछन् ।  चाइनाले बनाईदिएको अन्तर्राष्ट्रिय सभागृहमा बसेर भारतले दिएको बसको विराधे गर्न  नतृत्व पंतिका साचें झन् लज्जास्पद छ । नेपालको सबै भन्दा ठूलो सहयोगी राष्ट्रलाई तथानाम गाली गलाजै गर्ने नेताहरुको व्यवहारले  ननेपालको बाल राजनीतिलाई झन् प्रष्ट पारिराखेको छ । नेपालको समस्यालाई नबुझेर राजनीति गर्न  र सत्तालार्इ  मात्र सर्वापरिमान्ने नेताहरूले मुलुकलाई झन् समस्यामा पु¥याएको छ । राष्ट्रियता नबुझ्ने राष्ट्रवादी नेता, पत्रकार र कर्मचारीहरू वास्तवमै मुलुक विरोधी र विखण्डनकारी हुन् । आधा जनसंख्या रहेको मधेशी समुदायका समस्याको समाधानमाथि निष्क्रियता देखाउने, सरकारी र निजी स्तरबाटै साम्प्रदायिक संचार नीति कायम राख्ने र कागजी समावेशीको वकालत गर्न  ननसकेका र सचांरकमीर्हरू  विखण्डनका राजनीति गर्छन्  ।

मधेशीहरूको सहनशीलता र त्यागलाई कमजोरी ठान्दै आएकाहरूले राष्ट्रवादका नाममा विखण्डनका राजनीति गदर्छै न । व्यक्तिगत ढिपीलाई राजनीति को संज्ञा दिदै राष्टका समय ववार्द गर्न  नेता र दलको विगविगि बढेको छ । संविधान निर्माणको जिम्मेवारी पाएका जन सेवकहरु आफूलाई ठेकेदार को रुपमा रुपान्तरित गदै पाएका  समय सीमालार्इ  आफू खूसि थप्दै राष्ट्रलाई राजनीतिक दूर्घटना तर्फ धकेल्न सर्व कार्य थालेका छन् ।

जनमत संग्रह नै नगरि राजसंस्था हटाऊने, प्रजातन्त्र लाई संस्थागत नै नगरि गणतन्त्रको घोषणा गर्न  र पृष्ठभूमि  परीक्षण नै नगरि नेतृत्व को जिम्मेवारी दिने जस्ता प्रमुख अराजकता नेपाली राजनीतिमा भेटिन्छ । अपराधी र अपराधका अभियोगमा मूछिएका सभासद्लाई जनताले कानून निर्माणको जिम्मेवारी दिएको छ । एउटा पार्टी विचार र मानेर चुनाव जित्ने तर आफू खुशी पार्टी फुटाउने वा पार्टी परित्याग गर्न  परम्पराल  राजनीतिक अराजकताको अर्का  स्वरुपका  व्याख्या गर्छ  । जनताबाट जितेकाहरु अन्य तरिकाले नेतृत्व पाएकाहरुका सामु टिक्न नसक्नु, जनताले हराएकालाई राष्ट्र वा सरकार सञ्चालनका जिम्मेवारी पाउनु पनि अराजकताको प्रारुप नै हो । राष्ट्रको समस्या, जनताको चाहना र विश्वको परिवेशलाई बिर्सेर पार्टी राजनीति मात्र गर्न  अधिकाँश राजनीतिक दलका नेताहरुमा राष्ट्रिय चिन्तनको अभाव पाइन्छ । मधेशवादीलाई हिमाल र पहाडको समस्याले पिरोल्दै न । ठूला दललाई मधेशीका समस्याले छुन्न ।

भौगोलिक एकीकरणमा मात्र रहेका नेपाली नेपालीबीचको दूरीलाई अवसरको रुपमा प्रयोग गर्छन्– यी नेताहरु । राष्ट्रिय चिन्तन र स्वाधीनताको कमीकै कारण मुलुक सरकारविहीन, जनता सुरक्षाविहीन र संविधानसभा राजनेता विहीन अवस्थामा रहेको छ । नेपाली राजनीतिमा राष्ट्र,राष्ट्रवाद र नेपालीको परिभाषा जाति,भेष, समुदाय र परिवारका आधारमा पृथक–पथृक छ । समान प्रवृतिका कार्य  गर्ने मधेशी र पहाडी समुदायका व्यक्तिहरू बीच गरिने सरकारी व्यवहारमा व्यापक अन्तर छ । नेपाल–भारत सीमा सुरक्षा गर्द आएका मधशेसी समदुयका  राष्टियता माथि शंका गरिन्छ । भारतका विभिन्न प्रान्तबाट नेपाल छिरेर सत्ता कब्जा गरेका नव नेपालीहरू मतवाली र मधेशी समुदायप्रति शंकास्पद राष्ट्रवादको दृष्टिकोण राख्दछन् । सञ्चारजगत पनि राष्टवदका  परिभाषालार्इ  ब्याख्या गनु साटो सरकारी विभेदलाई पृष्ठपोषण गरेर साम्प्रदायिक संयन्त्रको प्रधान घटक बन्नमा आफूलाई गौरवान्वित मान्दै आएको छ । संविधान प्रदत्त अधिकार र चलन चल्तिको कानूनी व्यवस्थाको पनि उपभोग गर्न नदिने कार्यमा यी साम्प्रदायिक सरकार र सञ्चारकर्मीहरू लागि परेका छन् ।

नागरिक हुनुको हक स्थापित गर्न पनि न्यायालय पग्नु पर्ने र न्याय प्रातिपछि नेपाली भएकोमा गौरवान्वित हुनुपर्ने मधेशीहरूको बाध्यात्मक अवस्थाको अन्त्य कहिले होला रु पन्ध्र हजार नेपालीको नरसंहार गर्ने, अपहरण, बलात्कार,लुटपाट, आतंक र कानूनी राज्यको सस्थागत उपहास गर्न  पाटीले सरकार चलाउन पाउने तर सम्भावित नरसंहारकोपर्वू  सचू ना पक्रा शित गर्न  सम्पादकलाई राष्टदाण्का  म खप्नु पर्ने   एक कराडे मधेशीलाई विदेशी भन्ने सञ्चार माध्यमहरु राष्ट्रवादी हुने तर मधेशीका न्यायोचित अधिकारका निमित्त लेख्ने पत्रकार साम्प्रदायिक हुने रु सशस्त्र समूह सञ्चालन गर्न  र सरंक्षण गर्न  सरकारी मन्त्रीहरू राष्ट्रवादी कहलिने तर ती समहू को सुनचन सम्पेष्ण गररे राज्यलाई सघाउने संचारमाध्यम विखण्डनवादी हुनेरु के नेपालमा राष्ट्रवाद एउटा वर्ग र समूहको पेवा मात्र हो रु के मधेशी हुनु अपराध हो रु साम्प्रदायिक वा विखण्डनकारी नेताले सत्ता र सरकार पाउने तर साझा नेपालका अवधारणा बोक्ने मधेशी समुदायका नेपालीलाई कारागारको वातावरण निर्माण गरिनु कदापि उचित होइन् । सूचनाको निर्वाध प्रकाशन गर्न नपाउने हो र संविधान प्रदत्त अधिकारलाई सदुपयोग गर्न नदिने हो भने नेपाललाई गणतान्त्रिक मुलुक भनेर सम्बोधन  गर्नु औचित्य छैन ।

मधेश दपर्ण फिचर सेवा

Last Updated on Friday, 21 January 2011 08:29

Hits: 1700

३ दलका शीर्ष नेताले नै रोकेकाछन् संविधान लेख्न

प्रचण्ड, झलनाथ खनाल र रामचन्द्र पौडेलबीच चाँडो संविधान नलेख्न गोप्य सहमति भएकोछ । तिनले ६ वटा प्रान्त बनाएर जातीय इस्यूलाई सामसुम पार्न यस्तो षड्यन्त्र गरिरहेकाछन् ।

अहिले सुनिदैछ दलका नेताहरु भित्रभित्र संविधानसभा लम्ब्याउन एकमत छन् अर्थात उनीहरु डिले पोलिसीमा छन् रे ।

-पृथ्बिसुब्बा गुरुड

Last Updated on Friday, 18 March 2011 04:07

Hits: 2003

आदिवासी बर्ष पुरुषको लौहमर्षक अजिंगर संस्मरण

जता जाँदा पनि तामाड. भेष-भुषामा ठाट्टिएर हिड्ने तामाङ सेलोको गीत गाउदै नाच्दै  डम्फु कहिल्यै नछाड्ने कुलमान तामाड.लाई ९ अगस्ट  २०१० का दिन आदिवासी जनजाति महासंघ हगंकगंले   'आदिवासी बर्ष पुरुष' बाट सम्मानित गर्यो । ति हट्टाकट्टा बृद्ध राज्यसत्ता डट कमका लागि हिम थापा मगर, भिम थापा मगर र हुम बहादुर थापा मगरसँग आफ्नो लाहुरे जिवनको एउटा अविस्मरणीय घट्ना सुनाउन तल्लिन हुन्छन् ।  कैलेश तामाङ र निर्माया तामाङको कान्छा सुपुत्रको रुपमा सगरमाथा अञ्चल ओखलढुङ्गा जिल्ला खिजी फलाटे भन्ने गाउमा ईसं १९३९ सालमा जन्मेका तामाङका एक दिदी र एक दाजु छन् । बाल्यकालमा उनका बाबाले घरमै मास्टर राखेर प्रारिम्भक शिक्षा दिलाएका थिए । कुलमानलाई पढाईमा भन्दा नाचगानमा बढी रुची भएकोले घरमा राखेको मास्टरको कुनै अर्थ लागेन । घोडा ब्यापारीसंग लामा बिद्या पढ्न तिब्बततिर पनि पठाएका थिए उनका बाबाले । आलु र ढेडो खाएर लामा लेख्न पढ्न त सुरु गरे तर त्यसमा पनि उनको मन लागेन । नौ महिनापछि घोडा लाई घांस काट्न पठाएको मौका छोपी भागेर साथीको घरमा पुगेकाथिए र त्यहाँबाट घर फर्किएकाथिए । उनी त्यतिबेलाको स्मरण गर्दे भन्छन् ,

"दशै पुर्णिमाको दिन थियो । गाँउमा मेला लागेकोले नाचगानको मनोरन्जन लिन मेला मा जांदा मन बहादुर सुनुवार भन्ने गल्लावाला भर्तिको लागि केटा हरु छाट्न आयो। मलाई पनि भर्ती गर्न अनुरोध गरे तर लग्न मानेनन् ।  म मेरै खर्चमा उनी हरुको पछिपछि लागेर चिसापानी हुँदै जयनगर पुगे । भर्ती गर्ने अफिसर क्याप्टेन मन बहादुर तामाङले छानेर मलाई त्यहाँबाट भैरहवा पक्लिहवा लगे । भर्ती भएर मलायाको सुङ्गाइ पटानी मा ९ महिना कठोर तालिम सकेपछी म १० गोर्खा राईफल्स को डि कम्पनिमा छनौटमा परे । खेलकुद क्षेत्रमा प्राय सबै मा राम्रो खेल्थे । दगुर्ने मा म प्राय पहिलो हुन्थे । १९५९ देखी १९६५ साल सम्म इन्डोनेशिया बिरुद्द बोर्निओ,सारावाकको युद्धमा बहादुरिका साथ लडाईं लड्यौं । धेरै दुस्मन मारियो दुर्भाग्यबस बहादुरी भने पाउन सकिन । लडाईं समाप्त भए पछि तेसै बर्ष हङ्कङ आए । china र british को सम्बन्ध चिसिएकोले गर्दा हङ्कङको Lo Wu भन्ने ठाउमा border duty जांदा भन्सारको भवनमा जाने पुल काटेर दुस्मनमाथि आक्रमण गर्न ( धन्न गोली पड्काइन ,पड्काएको भए दुई देशको भिषण लडाईं हुने थियो ) जांदा मेरै पल्टनको गोरा साहेबले मेरो सार्जेन्ट बिल्ला झारिदियो ।

कुलमान विविध रुपमा

१९६९ सालमा  अफिसर हरुले मलाई  लेफ्टिनन्ट हुने आस्वासन दिदै तालिम केन्द्र खटाएका थिए । सुङ्गै पटानी तालिम केन्द्र थाइलान्ड जाने रैल्वेको नजिकै  कुलिम बालिम भन्ने ठाउँ सिरु घारिमा ट्रेन्च(खाल्टो) खनिसके र एक हप्ता पछि मर्मतको लागि क्याप्टेन मन बहादुर तमाङ र म सहित १६ जना मानिस तेही खाल्टो मर्मत गर्न गएका थियौं । मर्मत कार्ये सकेर क्याटेन साहेब र आफु पानी खोज्न जङ्गल  तिर लाग्दा क्याप्टेन बिच बाटो बाटै आधा घन्टा मा फर्कनु है भन्दै वापस भए । म रबर को रुख र बेतको घनघोर झांडी फाड्दै अगाडी बढे । करिब एक घण्टा बितेछ । फर्केर  दाहिने तिर घुम्दा  अजिङ्गरको पुच्छरमाथि टेक्न पुगेछु  । देखिन ।गर्लप्प आवाज मात्रै सुने । म बेतको लहरामा अल्झेर भुइमा लडे भनेको त उस्ले मलाइ र रुख लाई  एक चक्कर बेरेर तानी सकेको रहेछ ।  म बाच्ने दिनले गर्दा होला रुखसँग परेर छेकिए र अजिंगरले मलाइ खान पाएन। मलाई त्यो रुखले बचायो ।  करिब १५ मिनेट जति मलाइ त्यहि रुखसँग अठ्याइ रहयो । त्यसपछि  म फुत्केर भागे र अर्को ठुलो रुखको फेदमा पुगे । फर्केर हेर्दा  म सँग बेरिएको रुखलाई फन्फनी बेर्दै गरेको देखे । मलाइ खुब रिस उठ्यो । अब यसलाई छप्काउनुपर्छ भनि  कम्मरको खुकुरी छामे खुकुरी थिएन। बेरिएको रुख को फेदमा खसेछ ।      
रिसको चुरमा फर्केर त्यहि रुखमा खुकुरी लिन गए । खुकुरी निकालेर त्यसलाई काट्न कोसिस गरे, त्यो भनेघरी घरी तन्किदो रहेछ ।  म  मार हान्ने पाराले तयार भए । कसरी मार हान्ने भनेर सोच्दै थिए, अगाडी हेरेको त उसको मुखले मलाइ हमला गर्न तयार भएको रहेछ । झाडीले छेकेको हुनाले देखेको थिइन ।  त्यस पछि दुई हातले खुकुरी माथि लगेर काक्रा चिराइ मार हाने । बाघ कराए जस्तो एकदम ठुलो आवाज ले करायो । साथै उडेर आयो । उसको सासले म भुइमा लड्न पुगे ।  उसले मेरो खुट्टा तिरबाट मलाई निल्दै लग्न थाल्यो । तन्केको  बेलामा मार हानेको हुनाले करिब ९ फिट जति चिरिएको थियो । त्यहि चिरिएको घाऊ बाट म बाहिर निस्कन सफल भए । अनी माथि डाँडा तिर भागे ।  उसलाई फर्केर हेरेको त उस्ले त्यो बेरे को रुख लाई बिस्तारै खोल्दै गयो र सर र र र... रुख हल्लाउदै ओरालो लाग्यो । म उसलाई पछ्याउदै पछि पछि गए । म उसको क्रियाकलाप हेर्न चाहन्थे । उसको अत्यधिक रगत बगेको थियो । उसलाई धेरै दुखेर होला तल उसले रुख पात ढुङ्गा मुढा टोक्दै उत्पात मच्चाउन थाल्यो ।  उसले फेरि मलाई देख्यो । मलाइ पुन हमला गर्न खोज्यो तर उसको शक्ति गैसकेकोले म तिर आउन सकेन । तेसै बेला मेरा साथि हरु मलाई खोज्न आए । साथि हरुले मलाई नदेखेर २११५४०५८ नंबरका लिम्बु साथीले रेडियो मार्फत २११४७६९४ (डेमो) नमुना  सार्जेन्ट कुल मान तामाङलाई अजिङ्गरले निल्यो भनेर रिपोर्ट दीइ सकेका रहेछन् ।
घटना को स-बिस्तार लगाएपछि आर्मीको आपतकालिन हेलिकप्टरले मलाई अस्पताल लागियो । हस्पिटलका डाक्टरहरुले एक महिना बस्नु भनेका थिए तर मेरो रिस अजिंगरसँग अझै नमरेकोले  तीन दिन मै डिस्चार्ज भएर साथि हरु सित जङ्गल गए, त्यो दुस्ट लाई मार्न । त्यहा पुग्दा त्यो मरेको थिएन । उसको शक्ति सबै खतम भईसकेको भएपनि मान्छेलाई देख्दा झम्टिन नछाड्ने । त्यसपछि बांसको लाठा उसको मुखमा घुसारे र रस्सीले बाधेर सुङ्गाइ पटानी ल्याएर  बजार घुमाए ।  आर्मी क्याम्पमा लगेर बाधेर राखेको तीन दिन पछि बल्ल मर्यो । त्यसलाई नाप्दा  ३९ फिट लामो र साँढे २ फिट मोटाइको थियो । मरेपछि छाला काढियो ।  छाला  पेनाङ बजारमा लगेर  मेसिन मा पेलेर राम्रो बनाएर साथि हरु ले लगे । मैले पनि ४ फिट जति लगेर राम्रो बेग बनाउन लगाए ।  त्यसको हड्डी दुई बक्स भएको थियो । दवाई हुन्छ भनि ल्याएको पित्त र हड्डी सबै हरायो ।  १९६९ साल मा सार्जन्ट मै १८ बर्षको पेन्सन लिएर घर लागे । हाल म हङ्कङको ज्येष्ठ नागरिकका (कोको) साथै  तामाङ घेदुङ संघ हङ्कङको  बुधौली भई सामाजिक कार्यमा ससंलग्न छु । म वान्चाइ मा बस्छु । मेरो बांकी परिवार बाल कुमारी, काठ्मांडौमा बस्छन् । "

Last Updated on Sunday, 13 February 2011 06:11

Hits: 1107

पौडेलजीले बहुमत नल्याउने भएमा अर्का उमेदवार खोजिन्छ

अहिलेको आवश्यकता शान्ति, संविधान र चालु शान्ति प्रकृयालाई निष्कर्षमा पु¥याएर संविधान निर्माण गर्नु हो ।
-रमेश लेखक  (नेता, नेपाली कांग्रेस )

Last Updated on Friday, 21 January 2011 07:35

Hits: 929

पुनहरु मगर होइनन् भन्ने सानो दिमाग भएका हरुलाई पत्र ......

यो स्वार्थि अहमबादी सरकारले त जनजातिहरुलाई उत्थान होइन बिनाश गर्न लागि परेको बेला त्यही ब्यक्तिहरुको समुहमा बिन्ति चढाउदै इतिहास मेटाउने दुस्प्रयाश गरेको देख्दा र सुन्दा म त अचम्मित परेको छु ।

--बिल पुर्जा पुन

Last Updated on Saturday, 11 February 2012 10:37

Hits: 1352

Error: No articles to display