A+ A A-

तामाङको डम्फुसंगको सम्बन्ध र मिथक

तामाङको कार्यक्रममा देखाइने र नाचिने सेलोमा डम्फु अनिवार्य साधन नै हुने गर्छ । हरेक कार्यक्रममा यसको महत्ता कत्तिको हुन्छ भन्ने कुरा ती कार्यक्रमहरुका देखिने यसको प्रयोगले नै देखाँउछ । यो जातिले डम्फुलाई किन यो बिध्न सम्मान र उपयोगमा ल्याउने गरेकोछ ? के हो यसको ऐतिहासिकता ? तल चर्चा गरिन्छ ।

तामाङ जाती नेपालको आदिबासी जनजाती मध्येको दोश्रो ठुलो जाति हो, जस्को जनसंख्या मगर पछिको दोस्रो ठुलोमा पर्दछ । बौद्ध धर्म मान्ने तामाङ जाती  हरुको (मणिरत्न) डम्फुको बिशेष अर्थ र महत्व छ । डम्फुको उत्पत्तिको बारेमा प्रचलित किवदन्ति रोचक छ । हजारौ बर्ष अगाडीको कुरा हो घना जङगलको बस्तिमा बौद्धमार्गी तामाङ्को छोरा  छरी वयोन् दोर्जे नामक ब्यक्ति थिए । उनी अत्यन्त चन्चल स्वभावका थिए । उनी बोधिसत्व ज्ञान प्राप्त गर्न खोज्दैथिए । एक दिन उनी ज्ञान प्राप्त गर्न घना जङ्गलको बाटो हुँदै हिमाली भेगको बुट्यान तिर एक्लै बिरक्तिदै हिडिरहेको  बेला सुतिरहेको (मिर्त) मिर्ग देखे । लामो समय त्यो भेगमा पानी नपरेकोले हरियो परियो र पानी नभएर चरा चुरुगीं र मिर्ग मरेको थियो ।  दोर्जे लाई  दया जाग्यो । सिकारीले मार्ला भनेर यसलाई बचाउनु  पर्छ भनेर केही कदम छेउबाट छिउ-छिउ र ता अनी भन्दै २ हातको पञ्जा ठोकाइ आवाज निकाल्दा धुङ् को आवाज आयो । यसरी छिउ- छिउ ता धुङ् शब्द कालान्तरमा डम्फुको आवाज भएको भनी तामाङ समूदायमा मिथक छ ।

उनले बचाउन अनेकन प्रयास गर्दा पनि  मिर्ग उठेन । मिर्ग पक्कै मरिसकेको निश्चित भैसकेपछि यस्लाई तेसै छोड्न हुँदैन भनी आफु सँग भएको सानो हतियारले छाला काडेर बाँकी भाग लाई दाहसँस्कार गरी छाला लाई के९कसरी प्रयोग गर्ने भनी अन्तरात्मामा ध्यान दृष्टिले हेर्दा भगवान बुद्धसंगै बत्तिसकोटी देबीदेवता हरु देखियो । साथै एउटा गोलाकार घेरामाथि सूर्यको प्रकाश जस्तै फैलिएको पनि देखियो । उनै भगवान बुद्ध र देबी देउताको उपदेसलाई चिन्तन मनन गर्दै मिर्ग लाई दाहसँस्कार गरेपछि उनी हिंडे । केही पर जांदा भुइतिर नुगी रहेको एउटा रुखको हाँगा फेला पर्‍यो जुन रुख कोइराला (अंबुसिङ)को थियो । त्यसै हांगालाई आफ्नो २ हात वारपार बराबर काटेर नुगेको हांगाको टुप्पोले जहाँनिर छुएको थियो त्यहीनिरबाट आफ्नो पैतला राखी कदम चाल्दै आउनेक्रममा मिर्ग लाई दाहसँस्कार गर्ने ठाउँ सम्म ३२ कदम पुगेको थियो । गोलाकार बनाइ मिर्गको छाला त्यो गोलाकार माथि राखी ३२ लक्षणले युक्त भएकोर ३२ कदमलाई पनि सम्झी ३२ वोटा किलाको माध्यमद्वारा छाला अड्काइ एउटा (डम्फु) बाजाको रुपमा तयारी गरे । त्यसलाई प्रयोग गर्ने क्रममा जुनबेला छरी ब्लोन दोर्जेले सुतिरहेको भनिएको मिर्ग (घोरल) लाई जोगाउन मुख बाट निकालेको आवाज ता र ना जङगल नै थर्किने गरी प्रकृतिले दिएको आवाज धुङ् भन्ने आवाज लाई नै आत्मात गरि त्यसरी बनाइएको डम्फु बजाउने प्रकिया शुरु गरियो । यो दुइवटा आवाजको सम्रिषण मिलाई ताक धिङ धिङ  -ताक धिङ धिङ भन्ने आवाज संगै छरी ब्लोन पर्फुल्ल भई  बजाइ रह्यो । बजाईएको आवाज सगै मेघ गर्जन भई पानी पर्न थाल्यो र त्यहाँका अन्य जनावर,पशुपंछी ,चराचुरुङ्गी,किरा फट्याङ्राहरु बिउँझीन थाल्यो। छरी ब्लोन दोर्जेले डम्फु बजाइ रहदा चराचुरिगीहरु वोरिपरी आई झुम्मिरहेको र नाचिरहेको थियो भने डांफे चरा हातमा भएको डंफु माथि नाच्दै थियो ।
रुप स्गणीतिय हिसाबले लगभग चार लाइन मोटाइ,साढे तिन इन्चदेखि चार इन्चसम्मको चौडाई र चार फीट लम्बाई भएको अम्बुर सिङ (कोइरालाको काठ) बाट तयार पारि त्यसको दुइतिरको टुप्पो जोडी गोलाकार घेरा बनाइएको र वरीपरी १४ इन्च देखि १६ इन्च सम्मको तयारी घेरा माथि घोरलको छालाले मोरिएको हुन्छ , जहा ३२ वोटा बाँसको किला ठोकिएको हुन्छ र घेराको माथिल्लो भागमा चार इन्च जति फरकमा चरा पनि राखिएको हुन्छ । जुन चरा (छरी ब्लोन दोर्जे )ले भाव बिभोर भै डम्फु बजाई गीत गाउदा चरा पनि नाचेको र उक्त चराको स्वरूप नै डम्फु माथिको चरा हो भन्ने किम्बदंति प्रचलित छ ।
छरी ब्लोन ले  ध्यान दृष्टिले हेर्दा आफुले बनाएको जस्तो बाजा भित्तोमा झुंन्ड्याएर राखिएको देख्यो । केही बेर पछी आफुले बनाएको बाजा पनि त्यही भित्तोमा (ढाङ)मा झुन्डाएर राख्यो अनि आफै हेर्ने करम्मा डङ भन्ने शब्द मुख बाट प्रस्फुटन भयो । त्यही शब्द माथि 'फु' भन्ने शब्द चडाइ डङफुनाम रहन गयो । यसरी कालान्तरमा डम्फु हुन गयो ।

( कुलमान तामाङ सँगको कुराकानीको आधारमा  तयार )    


Last Updated on Wednesday, 16 February 2011 10:12

Hits: 1041

के डलरले बिग्रिएकाहुन् जातीय संस्थाहरु !

बार्षिक करिब २० करोड रुपैया लिएर जनजाति आदिवासीको मुक्तिको ठेक्कापट्टा  गर्ने आदिवासी जनजाति महासंघ र जातीय मुक्ति दिलाउन गठन भएका बिभिन्न जातीय संस्थाहरुको जनगणना सम्बन्धि चेतनामूलक कार्यक्रम टिठलाग्दो छ ।

सुनयना शाक्य

Last Updated on Saturday, 11 February 2012 10:40

Hits: 1489

यस्तो थियो मगरको स्वर्णिम इतिहास

परापूर्वकालमा मानिसका तीनवटा रङ्गका महाजाति थिए— कालो सेतो र पहेंलो । एसियाको मध्य भागमा मंगोलवंशका मानिसहरूको बसोबास थियो । मानव विकासको साथै राष्ट्र निर्माणको क्रममा चीनको उत्तरमा मंगोलिया भन्ने देश आज पनि विद्यमान छ भने २००० वर्ष अगाडिसम्म पनि विहारमा मगध भन्ने राज्य थियो । नेपालमा पनि त्यही आदिम कालको मंगोलवंशको नाम बोकेर मगर जाति बाँचिरहेका छन् । त्यसकारण मगर जाति मंगोल हुनुको साथै मगध पनि हो ।

डा. केशवमान शाक्य

Last Updated on Wednesday, 26 January 2011 02:17

Hits: 12686

आदिवासी जनजाति महासंघमा भएको तालाबन्दीको भित्री कथा

आदिवासी जनजातिको सुचिकरणकै विवाद मिलाउन नसकिरहेको आदिवासि जनजाति महासंघ भित्र अहिले अर्काे विवादले मारामार चलिरहेको छ ।  
नेपाल आदिवासी जनजाति महासंघमा जनजातिको सुचिकरण विवाद सतहमा आइरहेपनि त्यसलाई मिलाएर जनजातिको पहिचान स्थापित गर्न नसकेको अवस्थमा  अहिले जनजाति विद्यार्थी संगठनले लाखौको चन्दा मागेपछि महासंघमा मारामार शुरु हुन पुगेको हो  । आदिवासी विद्यार्थी समाजले विभिन्न सात सुत्रिय माग सहित रु १ करोड १ लाख सहयोग गर्नुपर्ने माग पत्र महासंघलाई वुझाएपछि यो विवाद उत्कर्षमा पुगेको हो ।

महासंघको कार्यालय

समाजले आदिवासी जनजाति महासंघमा रहेको स्रोत साधन र परियोजना समानुपातिक रुपमा विभाजन गर्नुपर्ने र महासंघले नेपाल सरकारको सहयोगमा सञ्चालन गरिरहेको रेड परियोजनावाट समाजलाई ५१ लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने माग  राखेको थियो । महासंघले उतm रकम उपलब्ध नगराएपछि समाजका  शतिm राईको नेतृत्वमा पुस २३ पुस  ललितपुरमा रहेको महासंघको कार्यालयमा तालावन्दी गर्ने काम गरियो भने २६पुसमा कार्यालय तोडफोड पनि गरियो । कार्यालयमा तालावन्दी अनि तोडफोड र चन्दा माग्ने कामले सुतेका  महासंघका पदाधिकारीहरुलाई तताउने काम ग¥यो । महासंघले २६ पुसमा एक प्रेस विज्ञप्ति जारी गदै चंन्दा दिन नसक्ने , कार्यालयमा तोडफोड र तालावन्दी गर्ने समूहलाई कारर्वाही गर्न माग पनि ग¥यो । तर त्यो समूह उपर कुनै कारर्वाही गर्न महासंघले सकेको छैन ।  आदिवासी जनजाति विद्यार्थीका नाममा महासघंमा चन्दा आतंकले आतकित महासंघ अहिले चन्दा र सहयोग माग गर्न आउने जुन सुकै समूहसँग पनि पन्छिने  गरेको छ ।

कुन नकली कुन सकली !

महासंघका महासचिव आङकाजी शेर्पा विद्यार्थी  समाजको नामले अहिले जनजाति प्रतिष्ठान , आदिवासी जनजाति महासंघ , आदिवासी जनजाति महिला समूह लगायत संघसस्थामा चन्दा आतंक फैलाइरहेको दावी गर्छन् । ‘चन्दाको नाममा कार्यालय नै वन्द र तोडफोड भएपछि हामीले सुरक्षा भएन भनेर प्रहरीलाई पनि जाहेर गरयौ तर कारर्वाही भएको छैन ’उनले  भने । आदिवासी जनजाति विद्यार्थी नै भएकाले एकपटक छुट दिने विचार पनि आयो । अराजकता अवका दिनमा पनि भए हामी कानुनी वाटो अपनाउछौ , उनले भने ।  यता विद्यार्थी समाजको नाममा चन्दा माग गरिरहेको शक्ति राई , शतिm वान्तवाको समूह  आधिकारिक ब्यतिm नभएको  र समाजसँग कुनै संलग्नता नरहेको आदिवासि जनजाति विद्यार्थी समाजका अध्यक्ष पासाङ शेर्पा वताउँछन् । त्यो समूह  राजनीतिक उद्देश्यले  स्थापना  नभएको र गुण्डागर्दी गर्न र ब्यतिmगत फाइदाका लागि आर्थिक लाभ लिन चन्दा उठाउन सकृय रहेको वुझाइ  छ । समाजले गत जेठ १२ मा काठमाडौमा अधिवेशन गरेपछि अधिवेशनले नै आफूलाई निर्वाचित गरेको पाशाङको भनाइ छ । शक्ति राई अध्यक्ष रहेको बिद्यार्थी संस्थाका हर्ताकर्ता शक्ति वान्तवाले महासंघमा परियोजना माग र डिल गर्न आएकाथिए । यो समूह ल क्याम्पसमा पढ्ने यूवाहरुको झुण्ड बताइन्छ, जसले आफुले भनेको कुरा महासंघले नमान्दिएपछि गुण्डागर्दीमै उत्रिएका हुन् । राज्यसत्ता डट कमले चन्दा माग गर्ने समाजका अध्यक्ष र त्यसका अन्य पदाधिकारीहरुसंग सम्पर्क गर्दा उनीहरु यस बिषयमा बोल्न चाहेनन् । स्रोतको भनाईमा महासंघमा आउने करौडौ बिदेशी रकममा जनजातिहरुले नै आँखा लगाउन थालेको पछिल्लो दृष्टान्ट यो प्रकरण भएपनि परियोजनालाई लिएर यस अघि पनि थुप्रा विवाद भएकाछन् ।


अन्तर्वाता

१ करोड १ लाख चन्दा मागे
(आङकाजी शेर्पा ः नेपाल आधिवासी  जनजाति महासंघका महासचिव )

आदिवासी जनजाति महासंघ र विद्यार्थी समाजवीच के कुरामा विवाद भएको हो ?
विवाद कायम  नै छ । विद्यार्थी समाजले पेश गरेको सवै माग मध्ये दुईवटा मागमा मात्र हामी असहमत भएका हौ । महासंघले  १  करोड १ लाख रुपैयाँ चन्दा दिनुपर्ने र आदिवासी जनजाति महासंघका पदाधिकारीहरु दलसँग वा राजनीतिक संलग्नता नभएका मात्र आउनु पर्ने भन्ने कुरा हामीलाई स्वीकार भएन ।

आदिवासी विद्यार्थी समाज कस्तो संगठन हो यस्तो मोटो चन्दा मागिरहेको छ  ?

शतिm वान्तवा अध्यक्ष रहेको आदिवासी विद्यार्थी समाज ले हामीसँग १ करोड १ लाख रुपैयाँ माग गरेको छ । त्यो संगठनको हाम्रो महासंघसँग कुनै संलग्नता छैन । नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ र नेपाली आदिवासी जनजाति युवा महासंघ दुई वटा आधिकारिक संस्था हुन ।  पासाङ शेर्पा अध्यक्ष रहेको आदिवासी विद्यार्थी समाजलाई  हामीले आधिकारिक स्वीकार गरेका छौ । वान्तवा अध्यक्ष रहेको संगठन संघसस्था ऐन अनुसार खोलिएकै होइन ।

अध्यक्ष शक्ति वान्तवा कि शक्ति राई ?

 

बिद्यार्थी समाजबाट माग गरिएको रकम

आधिकारिक संगठन होइन भने तपाईहरु उनीहरुको माग प्रति किन चासो लिनु प¥यो त ?

जनजाति युवा जमात र जनजातिका सवालका मुद्धा प्रति हामी जहिले पनि सकारात्मक छौ । उनीहरुले उठाएका जनजातिका मुद्धा पनि सकारात्मक र न्यायोजित छन् । लोकतान्त्रिक मुलुकमा आफ्ना माग र इच्छा ब्यतm गर्न पनि त सवैलाई छुट छ नि त ।

उनीहरुले त महासघंले रेड परियोजना सञ्चालन गदै आएको छ भनेका छन् त ?
महासंघले आइएलओ र अरु आइनजिओसँगको साझेदारीमा परियोजना सञ्चालन गदै आएको छ । ३ वर्षको लागि ११ करोड रुपैयाँको शशतिmकरण परियोजना संञ्चालन गरेको छ । रेड परियोजना जलवायु परियोजना हो  साढे एक वर्षका लागि सञ्चालन भएको हो । आदिवासी जनजाति आर्थिक सामाजिक परियोजना पनि महासंघकै साझेदारीमा युरोपियन युनियन  र केयर नेपालको सहयोगमा धनुषाको धानुक र दोलखाको सुरेल  र धामी जातिको सशतिmकरण का लागि सञ्चालन गरिएको छ । सन् २००७ देखि सुरु भएको यो परियोजना सन् २०११ को अन्त्य सम्म चल्छ ।

महासंघमा आर्थिक पारदर्शिता प्रति प्रश्न उठाइएको छ नि ?
विधानमा उल्लेख भए अनुसार हामीले काम गरेकै छौ । महासंघको संघिय परिषद्  छ त्यसको ६ । ६ महिनामा वैठक वस्छ । वैठकमा आर्थिक प्रतिवेदन पेश गर्नु पर्ने हुन्छ । जातिय संगठन र मन्त्रालयहरुलाई पनि अडिट रिपोट वार्षिक रुपमा वुझाउदै आएका छौ । आर्थिक पारदर्शिता भएन भनेर सडकमा भाषण दिदै हिडनेहरुलाई हामी विधान अनुसार नै निवेदन दिएर आर्थिक हिसाव किताव मागे हामी वुझाउन तयार छौ । विद्यार्थी समाजले आर्थिक पारदर्शिता भएन भनेर भन्नु ठीक होइन ।  उनीहरुको खल्तीमा रकम वुझाए पारदर्शिता हुने नत्र नहुने  त्यो कुरा ठीक होइन ।

आदिवासि जनजातिहरुको सूचिकरण विवाद कहाँ पुग्यो महासंघले त्यो सुल्झाउन के गरिरहेको छ ?

सरकारले गठन गरेको आदिवासी जनजाति सुचिकरण कार्यदल गठन गरेर सूचिकरण गरिरहेकोमा हामी सहमत छैनौ । पहिले ५६ वटा आदिवासी जनजातिहरु थिए । त्यसमा छुटेका मोटामोटी २८ जति होला भन्ने हाम्रो अनुमान छ । सरकारको कार्यदलले सूचिकृत गरेको सूची हामीले मान्दैनौ । महासंघले सूचिकृत गरेको सुचि नै सरकारले स्वीकार गर्नु पर्दछ भन्ने  हाम्रो मान्यता हो । सूचिकरण विवाद सरकारले तत्काल सुझाउनु पर्दछ ।

गोविन्द लुइँटेल

Last Updated on Wednesday, 02 February 2011 04:51

Hits: 1516

कर्णाली ब्लुज उपन्यासमा जातिय अहँको गन्ध : पुस्तक समिक्षा

यो बर्ष नेपाली मिडीयाहरुमा  बुद्धिसागरको उपन्यास “कर्णाली ब्लुज” समबन्धमा बरिष्ठ लेखकहरुद्धारा राम्रा राम्रा समालोचनाहरु लेखिएकाछन् ।  यस हिसाबले यस बर्षको राम्रो कृतिमा पर्छ यो उपन्यास । 
- विष्णु कुमार सिङ्जाली

Last Updated on Wednesday, 19 January 2011 13:12

Hits: 2455

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर