A+ A A-

मेरो सम्झनामा भी. सी. तुलबहादुर पुन

वीरहरुको पनि वीर महावीर ...
आयो वीर गोर्खाली ...

यसरी खुकुरी समातेर वैरीहरुलाई छप्काएका नेपालका भी.सी.हरु मध्ये भी.सी. तुलबहादुर पुनको बैशाख ७ गते राती ११ बजे आफ्नै जन्मथलो बेगखोला गाविस ९, तिब्ल्याङमा निधन भएछ । संसारलाई नेपाल चिनाउने व्यक्तिको निधन हुँदा न नेपाल सरकारको आधिकारिक श्रद्धान्जलि आयो ।

न पत्रपत्रिकाले त्यति महत्व साथ निधन भएको समाचार र श्रद्धाञ्जली छापे  । दुःख त लाग्छ तर देश यस्तै छ । मन भुलाउनु पर्छ । मेरो स्मृतिमा वहाँ सँगको भेट अहिले ताजा भएरआएको छ ।  त्यहि स्मरणरुपी गन्थन यहाँ प्रस्तुत गर्न चाहन्छु ।

मेजन पुन मगर, पोखराबाट

Last Updated on Wednesday, 27 April 2011 17:28

Hits: 2485

ठूला जाति बन्न जात फेर्दा कुसुन्डा नै मासिइन थाले

दिलबिक्रम आङ्देम्बे
कुसुन्डा नेपालको लोपोन्मुख तथा अतिसिमान्तकृत जातिहरू हुन् । उनिहरू पश्चिम नेपालको दाङ्, सुर्खेत, तनहु गोर्खा रूपन्देही, आदि जिल्लामा बस्दछन् । अन्य आदिवासी जनजातिहरू झ्mैँ कुसुन्डाहरूको आफ्नै मौलिक भाषा, भेष-भुषा, रहन÷सहन तथा धर्म संस्कृति छ । बेलायती नागरिक हड्सनले प्राकृतिक अवस्थामा बस्ने नेपालका घुमन्ते जाति भनेर कुसुन्डालाई चिनाउने काम गरेकाथिए । तर आजभोली यी जातिहरू लोपोन्मुख अवस्थामा छन् । उनिहरूको अस्तीत्व सङ्कटमा पर्न थालेको देखिन्छ । यस्को मुख्य कारक तत्व कुसुन्डा समुदाय भित्र चलेको थर परिवर्तन प्रकृयाको लहर हो ।
आजभोली अधिकांस कुसुन्डाहरूले थर फेरेका छन् । उनिहरू नामको पछाडी कुसुन्डा लेख्नुको साटो शाहि, सेन, ठकुरी, सिहँ आदि लेख्ने गर्दछन । बाकीँ रहेकाहरूले पनि मगर, कुमाल, गुरुङ आदि थर ले चिनिन थालेको देखिन्छ । देवखुरी (दाङ) का धन बहादुर कुसुन्डा र गोबिन्द बहादुर कुसुन्डा सिहँ थर का भएका छन. । हात्तीटोल (दाङ) का धनी देबि कुसुन्डा ठकुरी (क्षेत्री) बनेका छन् । घोराही–५(दाङ) का प्रेम बहादुर कुसुन्डा र केशब कुसुन्डा शाही बनेका छन् । हिंजो ठूलो जातको रुपमा परिचय बनाउन यसरी थर परिवर्तन गरेपनि हिंजोआज पहिचानको राजनीति बढेपछि भने उनीहरु पछुताउन थालेकाछन् । थर फेरेपछि अहिले पछुताउनु परेको  प्रेम बहादुर शाही बताउँछन् । उनका बाबु÷बाजेहरु कुसुन्डा थर नै लेख्ने गर्दथे  । त्यसैगरी रोल्पाका चन्द्र बहादुर कुसुन्डाले आफ्नो थर चन्द लेखेको पाइन्छ । कोचिबाङ गाविस वाड न. २ (दाङ) का दुई घर कुसुन्डाहरूले आफ्नो थर राजा मात्र लेख्ने गरेको पाइयो । सोहि जिल्ला स्थित हलुवार र खाद्रे गाविसका दुई घर कुसुन्डाहरू सेन र हाप्पुर गाविसका एक घर शाही भएका छन् । बालकोट र राजपुर गाविस (अर्घाखाँची) का तीन घर कुसुन्डा परिवारले पनि आफ्नो थर परिवर्तन गराएका छन् । त्यसैगरी नै तेरकिलो गाविस (गोर्खा) का ६ घर कुसुन्डाहरूले आफ्नो थर सेन बनाएका छन् ।  यसरी आजभोली प्रबल मात्रामा कुसुन्डा समुदाय भित्र थर फेर्ने लहर बढेको देखिन्छ । उनिहरू कुसुन्डा भएर चिनिन त्यति चाहदैनन् । त्यसकारण राज्यले दिएको कतिपय सुविधाहरूबाट बञ्चित रहेको पनि धन बहादुर कुसुन्डाले बताए ।
कुसुन्डा जातिको अस्तीत्व सङ्कटमा पर्नुको अर्काे कारक तत्व उनिहरूमा चलेको अन्तरजातिय बिवाह प्रकृया पनि हो । आजभोली  आफ्नै जातिसगँ बैबाहिक सम्बन्ध गाँसेका कुसुन्डाहरु प्राय थोरै मात्र भेटिन्छन् ।  धन बहादुर कुसुन्डाका भनाई अनुसार हाल सम्पर्कमा आएका अधिकाँस कुसुन्डाहरूको आमाहरू प्राय मगर, गुरुङ, क्षेत्री लगायत अन्य जातिहरू नै रहेका छन् ।  केशव कुसुन्डा (शाही) का दुई बहिनी दुवै जना खत्री (क्षेत्री) र घिमिरे (बाहुन) ले बिहे गरेका छन् । उनका स्वयम् आमा पनि गुरुङसेनी थिइन् । हातीटोल दाङ्का धनी देबि कुसुन्डा (ठकुरी) का स्वयम आमा खड्का (क्षेत्री) थिइन् । उनका दुई दिदी दुवै जना मगरले बिबाह गरेका छन् । प्रेम बहादुर कुसुन्डा (शाही) का श्रीमति मगर हुन भने उनका पाँच बहिनी, पाँचै जनाले अन्तरजात सँग बिबाह गरेका छन् । त्यसैगरी धन बहादुर कुसुन्डाले पनि आफ्नो श्रीमति क्षेत्रीनी थरका भएको बताए । हाल सम्म कुसुन्डा भाषा÷संस्कृतिको ज्ञान भएको एक मात्र ब्यातिm मैया देबि कुसुन्डाको पनि बिबाह मगर सँग भएको थियो । तर पछि कुसुन्डा जाति उत्थानकै लागि उनी श्रीमान सँग छुट्टै बस्न थालेका कुरा बताइन् ।
यसरी कतिपय कुसुन्डाहरू रोजगारको लागि अन्यत्र गई उतै गायब हुने भएकोले पनि पुरै थर पविर्तन गर्ने र बिबाह पनि अन्य जातिसँग मात्र गर्ने भएकाले उनिहरूको मौलिक पहिचानहरू लोप हुदै गएको देखिन्छ ।  आफ्नो भाषा बोल्ने कुसुन्डाहरू आजभोली भेटिदैनन् ।  बि.स २०५८ को तथ्याङ्कले देखाएको ८७ जना कुसुन्डा भाषा बोल्न सक्ने कुरा पनि मिथ्याङ्क मात्र भएको छ । उनिहरू मध्ये कतिपयलाई आफ्नो थर कुसुन्डा भन्ने सम्म पनि थाहा छैन ।  हाल सम्म चार जना  कुसुन्डाले मात्र आफ्नै थरी (कुसुन्डा) बाट नागरिता निकालेको र बाकिँ सबैले नागरिता अन्य थरीबाट नै बनाएका छन त्यसकारण बिस्तारै कुसुन्डा जातिहरू सङ्कटमा पर्न थालेको देखिन्छ ।

(आङ्देम्बेले कुसुण्डा जातिका बारेमा अनुसन्धान गरेको आधारमा तयार पारेको  लेख)




Last Updated on Tuesday, 19 April 2011 08:27

Hits: 992

किन भागे प्रचण्ड 'संयोजक' पद छाडेर

एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १४ जेठ २०६८ मा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्न चाँहदैनन् भन्ने प्रमाणित भएको छ । नयाँ संविधानमा राख्ने विवादित विषय मिलाउन बनेको उपसमितिमा बस्न अस्विकार गरेर दाहालले आफ्नो असली अनुहार देखाएका छन् ।

सन्त गाहा मगर

Last Updated on Tuesday, 05 April 2011 14:23

Hits: 914

शहादत प्राप्त गर्ने वीर गुर्खाहरुले जोड्दैछन् सम्पूर्ण नेपालीलाई

आफ्नो बुवा  सिपाही मन लाल राना मगर (२११३८६०४) ६ जी.आर. को   स्तम्भमा श्रदाजञ्लि स्वरुप फुलका गुच्छा चढाउन आउनु भएका मगर महिला संघ हंगकंगका अध्यक्ष श्रीमति रूपा राना मगर र संघकै बर्तमान कोषाध्यक्ष तथा वहाँको श्रीमान एम बहादुर राना मगर र सिग्नलमेन ज्वाई रुक बहादुर पुन (२११५१४६६) लाइ क्याप्टेन जंग बहादुर राना मगरले श्रदासुमन अर्पण गर्दा वहाँहरुको मुहारलाई गम्भीर आवरणले ढाकेकोथियो । यो अवसर थियो हगंकगंमा मनाइएको पुर्खा दिवसको दिन , जसलाई यहाँ बस्ने गुर्खालीहरुले पवित्र चाडका रुपमा मान्यता दिन थालेकाछन् ।

Last Updated on Saturday, 16 April 2011 01:42

Hits: 1108

एउटा वर्गकै वर्चश्व बचाइराख्ने नेपालको राजनीतिक संस्कार

युद्धबाट शान्तितर्फको नेपालको सङ्क्रमण बडो गन्जागोले देखिन्छ । धेरै टिप्पणीकारहरूले अराजकता आउन सक्छ भनेर चेतावनी दिएका छन्, उता संस्थापनालाई चाहिँ सामाजिक संरचना भताभुङ्ग होला र राष्ट्र टुक्रिएला भन्ने डर छ। तर यस्तो डर भ्रमपूर्ण छ। नेपाल त्यत्ति खराब अवस्थामा पुगेको छैन। नेपालको सङ्क्रमण काल भद्रगोल र अन्योलपूर्ण अवश्य छ, अराजकतापूर्ण भने छैन। बाहिरियाहरूलाई यो अवस्था  रहस्यपूर्ण र वाक्कलाग्दो लागे पनि नेपालको राजनीतिक परिवर्तनले सुर बिराएको छैन। नेपालको राजनीतिक प्रक्रियामा दबाब खप्न सक्ने क्षमता अन्तरनिहित छ जसले आमूल रूपान्तरणलाई थेग्न सक्छ।

Last Updated on Saturday, 04 February 2012 14:24

Hits: 1432

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर