A+ A A-

हामी नेपालका मूलबासी

जीवन मंगोल

मूलबासी र आदिबासी जनजाति को हुन् ? मूलबासी र आदिबासी शब्द पर्यायवाची हुन् या फरक अर्थ र असर बुझाउने शब्द हो ? यो शब्द अहिले बहसको बिषय बनेको छ । आदिबासी र जनजाति कुन मानेमा स्थापित भयो र कसरी गरियो ? मुलबासी र आदिवासी कसरी पर्यायवाची होइन भन्ने मुख्यतः जान्न जरुरी छ ।

आदीवासी, जनजाति बिकासः

इन्डिजेनियसलाई नेपालको फिरङ्गी समाजशास्त्री, बनारसी बिद्वान र दरबारीया मण्डलेहरुले सन् १९९० को दशकदेखि आदिबासी भन्ने र भनाउने दुष्ट कामको थालनी गरेका हुन् । एमालेको चौंथो राष्ट्रिय महाधिबेशन बिराटनगरबाट मनमोहन अधिकारीले ब्यापक रुपमा प्रचार गर्ने कामको थालनी गरेका थिए । सन् १९९० भन्दा पहिले मतवाली भन्न गर्ब गर्नेहरुको सेन्टीमेन्ट खिच्न यो शब्द निकै सजिलो भयो । १७७० मा रण बहादुर शाहाले न्वारान गरिदिएको मतवाली शव्दको वास्तविक अर्थ नबुझेकाले आफूलाई मतवाली भन्नमा गर्ब गर्थे ।
अहिले मतवाली भन्दा घृणा लाग्न थाल्यो किनकी वास्तविक अर्थ मतवाली भनेको मातेको मान्छेलाई भनिन्छ । राजा महेन्द्रको पालामा दिलमान सिंह थापा मगरलाई भारतको साधारण जम्दार पदवाट नेपालमा जर्नेल पदको लोभ देखाई शुद्रको पद ग्रहण गर्न लगाएका थिए । राज्याभिषेकमा यो पद ग्रहण गर्नेले २५ तोला फलाम र २५ रुपैया पाउने गर्थ्यो । बिरेन्द्रको पालामा दिलमान सिंह थापा मगर र शुरेश आले मगरले गोरखपुरको हिन्दू सम्मेलनबाट जनजातिको बिकास गरेर जनजाति बनाउने र भनाउन थालेको डा. गोपाल गुरुङले प्रकाश पार्नु भएको छ । बीरेन्द्रले ‘दाम’ प्रयोग गरी मुख्य गरेर यि दुई ब्यक्तिलाई अगाडि बढाएर हिन्दु समाजको शुद्र अर्थात जनजाति बन्न, बनाउन र भनाउन प्रयोग गरेका थिए ।

वास्तबिक अर्थः

वास्तवमा मूलबासी, आदिबासी र जनजाति यी पर्यायबाची शब्द होइन, फरक अर्थ र असर दिने शब्द हुन् । मूलबासी र आदिबासी पर्यायवाची हुन, भनेर जनमानसमा एकखालको भ्रम सृजना गरिएको छ । यस्तो तथ्यहीन, अबैज्ञानिक, मनगढन्ते कुराले गर्दा हामी मूलबासी या आदिबासी भन्ने मानसिक भ्रम परेको हुनसक्छ । बिश्व मान्यतानुसार Origin, Native, Aboriginal, Indigenous जसरी सम्बोधन गरे पनि शाब्दिक अर्थ एउटै लाग्छ । यति सरल र बृहत शब्दको अर्थलाई गलत ढङगबाट अर्थ्याउनु बिद्वताको द्योतक हो ।
आदिबासी र जनजातिलाई एउटै ठाउमा राखेर बिश्लेषण गर्ने गरिएको छ । जुन गलत ढङगबाट बिश्लेषण गर्न खोजिएको छ, यसकारण गलत मान्न सकिन्छ, जस्तोः ‘आदिबासी भन्ने बितिकै कुनै आदिम समयमा कतैबाट बसाई सर्दै आएको अर्थात: Migrated peoples भनेर अर्थ लाग्छ ।’ कुनै समय बाहिरबाट आएको (Outsider) लाई आदिबासी भनिन्छ । जनजाति भनेको खेताला गर्ने कमारोलाई भनिन्छ । यो शब्द हिन्दीबाटै आयतित हो, यसलाई फिरन्ते, फिरङ्गी पनि Nomad/Gypsy भनिन्छ । मूलबासी मंगोलहरुमा जात जाति हुदैन जातिय ब्यवस्था हिन्दूबादको मेरुडण्ड हो किनकी जातपात भन्ने बितिकै वर्णाश्रम ब्यवस्था भित्र पर्दछ । जातिपाति बर्णाश्रमी व्यबश्थाले जन्माएमको दीर्घ रोग हो भन्ने तथ्यलाई विद्वानहरुले पनि स्विकार गरेका छन् ।
जनजातिलाई Oxford Advanced learner Dictionary मा यसरी परिभाषित गरेको छ: Any of the four man division of Hindu society, originally those made according to functions in Hindu society. i- The caste system & ii- Hi caste Brahman & Kshatriya. तर बिडम्बना यहा आफुलाई जनजाति भन्न गर्ब गरेका छन् । आदिबासी र जनजाति प¥याय हो भन्नु अर्को कालिदास प्रबृति हो । ‘जनजातिय अवस्था भनेको प्रत्येक मानब समूदायमा आउने तर यथावत नरहने अवस्था हो ।’ भनेर मूलबासीहरुको दिमाग भुट्ने काम भइरहेको छ ।
नेपाली बृहद शब्द कोशमा जनजातिको अर्थ जंगली, खनिखाने खोस्रीखाने, जनपढ लगाइएको छ । यसको मतलब घुमाउरो पाराले आफूलाई मूलवासी घोषित गर्ने अनि यहाँको मूलवासी भुमिपुत्रहरुलाई देशै नहुने घुमन्ते फिरन्ते बनाउने षड्यन्त्र हो । हामी जंगली, खनीखाने खोस्रीखाने, जनपढ अर्थात घुमन्ते होइनौं हामी यो देशको मूलवासी हौं ।

मूलबासी आदिबासी होइन र आदिबासी मूलबासी होइन, यदि कसैले हो भन्छ भने त्यो उसको ब्यक्तिगत कुरा मान्न सकिन्छ, अन्यथा हामीले बिश्व मान्यतामा जादा इन्डिजेनियस भन्ने बित्तिकै Those who were originally in this country from the genesis भनेर बुझ्नु आवश्यक मात्र नभई यसको बृहद अर्थलाई जान्न जरुरी छ । सयुक्त राष्ट्रसंघको मान्यता अनुसार –इन्डिजेनियस भनेको त्यहाँको मूलबासीहरु हुन जो बाहिरबाट त्यहाँ पुगेका शासकहरु पुग्न अघि देखिकै त्यस भुमिमा भएकोलाई भनिन्छ ।
मूलबासी अबधारणाबारे युएनओ को सि.एफ.एच.आर ले मूलबासी समुदायलाई यसरी परिभाषा गरेको छ – (Indigenous or aboriginal peoples are so called because they were living on their lands before settlers came from elsewhere, they are the descendants according to one definition of those who inhabited a country or a geographic region at the time when peoples of different cultures or bearing dominate through conquest, occupation settlement or other means.-Fact sheet-9.1) बिश्व भरी फैलिएका करोडौं मूलबासी समुदायको अस्तित्व र पहिचानको सन्दर्भमा यसै पुस्तिकाले यसरी स्पष्ट पारेको छ– यसै माथिको परिभाषामा उल्लेखित Indigenous शब्दलाई Oxford Advanced learner Dictionary मा यसरी परिभाषित गरेको छ – Native belonging to a particular place rather than coming to it from somewhere. उदाहरणको लागि कंगारु अस्ट्रेलियाको इन्डिजेनियस जनावर हो । (Kangaroo is indigenous to Australia.) यसको तात्पर्य मूलबासी भनेको त्यहि भूमिमा उत्पति भएको कतैबाटै आएको होइन भन्ने हो ।
मूलबासीहरुको पहिचान तथा परिभाषाको अतिरिक्त संयुक्त राष्ट्रसंघ र अन्तराष्ट्रिय श्रमसंगठनले अध्ययन, अनुसन्धान गर्दै तिनको अवस्थालाई नियाल्दा जातिय बिभेद, लिंगिय बिभेद र एकले अर्कालाई थिचो मिचो, अन्याय र अत्याचार गरेको निष्कर्ष निकाल्दै मानब अधिकार तथा अन्तराष्ट्रिय संगठनहरुले चासोको बिषय ठहर गर्दै ठोस कदम समेत चालिसकेको अवस्था हो ।
नेपालका बाहुन, क्षेत्री शाषकहरुले चुसेर फालेको हड्डी टिप्न झम्टिने जमातहरु मालिक रिझाएर मोटाउने काम गरिरहेका छन् । नेपालमा आफूहरुलाई कथित जनजाती नेता भनेर अदृश्य रुपमा बसेर तिनीहरुलाई संचालन गर्ने जमातहरुले १९९३ जुन १४–२५, मा संयुक्त राष्ट्रसंघको आयोजनामा अस्ट्रियाको भियनामा भएको अधिवेशनमा मानव अधिकार माथिको प्रतिवेदन पत्रमा Country Paper on Gypsies Peoples of Nepal. नेपालका जनजाती फिरंङ्गीहरु माथि लेखिएको मुलुकी पत्र नलेखेर Country Paper on Indigenous Peoples of Nepal. नेपालका मूलबासीहरु माथिको मुलुकी पत्र भनेर किन बुझाए ? यसरी बिद्वानहरुद्वारा यी माथिको अन्तराष्ट्रिय तथ्यलाई सधैं लोप्पा ख्वाउने जुन खालको धुर्त्याइ काम गरिरहेका छन । यसले ठूलो खाडल तयार पारिरहेको छ । अन्तत यहि खाडलमा जाकिनु पर्दाको पिडा तब बोद्य हुने छ ।

मंगोल र मूलवासीहरुः

मंगोलोइड भनेको दक्षिण एसियामा उत्पति भएको बंशजलाई भनिन्छ । आधार शब्द ‘मंगोल’ र ‘अइड’ प्रत्येय लागेपछि यसको अर्थ उस्तै–उस्तै भन्ने लाग्छ अर्थात सेमसेम देखिने एसियन भनिन्छ । मंगोलहरुको उत्पत्ति शिवलिंग पर्बतमाला बर्तमान बर्तमान भारत, नेपाल र चीनमा पर्दछ भनेर बैज्ञानिक पुष्टी भइसकेको छ । नेपालमा जम्मा दूई बर्णका मंगोल र आर्यन अर्थात ककसियन रहेका छन । नेपालका भुमिहार, राजपुत र लगालि–कायस्तथ (कुमाई, बाहुन क्षेत्री) आदि बाहेक सबै नेपालका मंगोल मूलवासी हुन् । भाषा पनि दुइवटा टिवेटो बर्मिज र इन्डो आर्यन मात्र रहेको छ । नेपालका मूलवासीले प्रयोग गर्ने भाषा भनेको टिबेटो बर्मिज हो भने बाहुन क्षेत्रीहरुले प्रयोग गर्ने खस भाषा युरोपेलीको भाषा अन्तर्गतको शाखा भारोपेली (भारतमा भारोपेली भनिन्छ) को उपशाखा खस भाषा हो । नेपालको कुल जनसंख्याको ८० प्रतिशत जनसंख्या मंगोल मूलबासीहरुको भएको डा. गोपाल गुरुङको दावीलाई डा. सुजन हङगेनले समेत पुष्टि गरेका छन् ।

नेपालका मूलबासी मंगोलहरुलाई अल्पसंख्यामा बनाउन शाषकहरुले भाई–भाइलाई फुटाएर गुट उपगुट बनाईदिएको छ । एकजुट हुन दिएको छैन । बाल चन्द्र शर्माका अनुसार हिमाली भेगमा शेर्पा, तामाङ पहाडि भेगमा हायु, किरात, मगर, गुरुङ, सुनुवार, र नेवार तराई भेगमा दनवार, धिमाल, गनगाई, मेचे, धिवर, थारुहरु सबै मूलवासी हुन् भनेका छन् त्यहा आदीवासी भनिएको छैन । त्यस बाहेक तराई बसोबास गर्ने मूलबासीहरुलाई मधेशी भनेर भन्ने गरिएको छ ।
मधेशीहरु सबै मूलबासी हुन । मूलवासी भनेको भगौडा, घुमन्तु नभई आफ्नो उत्पत्ति, माटो र सस्कृतिमा रमाउनेलाई भनिन्छ । आर्यहरु बर्तमान रुसको बोल्गा नदी पारी ककसियस भन्ने ठाउबाट रुस, इरान र अफ्गानिस्तान हँुदै भारत बर्ष प्रबेश गर्दा सिन्धुघाटीमा आर्य र अनार्य बिच भएको संघर्षमा आर्यहरु आफूलाई देवता र त्यहाँका मूलवासीहरुलाई असुर अनार्य भनिएको हो । बोल्गा नदी एसिया युरोपको मध्य भागमा पर्छ । त्यसैले भारतिय भाषामा त्यहाँबाट आउने मानिसलाई मधेसिया भनियो ।
आर्यहरु कालान्तरमा तिनै मूलवासीहरुको आक्रमणबाट पिडित भएकाले शरणार्थीको रुपमा नेपाल आएपछि आर्यन बाहुनहरुलाई मधेसिया भनेर संबोधन गरे । प. जवाहरलाल नेहरु, राहुल साङ्कृत्यान (केदारनाथ पाण्डे), चन्देश्वर मौर्यका अनुसार त्यसपछि ‘आर्यहरु आफूलाई विदेशीको छाप लाग्छ भन्ने डरले तत्कालिन दक्षिणी भागमा बस्ने मानिसहरुलाई मधेशी नामाकरण गरे । तिनैलाई मधेशी भनि हेला गर्न थालियो वास्तवमा आर्य ब्रह्माण र क्षेत्रीहरु नै वास्तविक मधेसी हुन् ।’ तराईमा बनाईएका दलित र पहाडमा बनाइएका दलित सबै मुलबासी हुन्, मंगोल बंशज हुन् ।
मूलवासी मंगोलहरु नेपालमै उत्पत्ति भएका हुन भन्ने तथ्य बुढानिलकण्ठको धोबिखोला, ताप्लेजुङ्को हाङ्देवामा पाइएको पुर्खाले चलाएको हतियार ३५ देखि ४० हजार बर्ष पुरानो भएको त्यस्तै टाडी, बर्दियामा ०३४ सालमा पाइएको दुङ्गे युगका हतियार दुईलाख बर्ष पुरानो भएको रसियन पुरातत्व विद सेतेन्को यकोब्लेभले बताएका थिए । दक्षिण एसिया पाईएको अहिलेसम्मकै पुरानो रामापिथेकस नेपालको पाल्पाको त्रिवेणीमा फेलापरेको थियो । अमेरिकी पुरातत्वबिद जेम्स मुन्थेले यो १ करोड १० लाख बर्ष पुरानो भएको बताएका थिए । जबकी शिवलिक पर्बतमालाको उत्पति १ करोड ३५ लाख बर्ष भएको बैज्ञानिक निष्कर्ष छ ।
यसर्थ मंगोलहरुको उत्पति नेपालमै भएको भन्न सकिन्छ । यो जिवाश्महरु इथोपियामा पाइएको जस्तै हो । यसकारण नेपालका मंगोलहरुलाई मुलवासी हुन भन्ने तथ्य पुष्टि हुन्छ । अहिले दलितहरुलाई बाहुन क्षेत्री दाजुभाईहरुले हाम्रो बंशज दावी गरिरहेको देख्दा कता–कता हाँसो लाग्छ यो मनमा । दलित बनाईएका कामी, दमाई, सार्की, च्यामे पोडे, मेतार सबै मंगोल बंशज हुन् । शाषकहरु आफूलाई बहुसंख्यक देखाउन दलितहरु पनि सबै हाम्रै बंशज हुन भनिरहेका छन् । दलित छुत–अछुत जन्मिदै हुँदैन यो त पृथ्वी नारायण शाहाले आफ्नो स्वार्थका लागि बनाएको हो, दलित बनाइएकाहरु सबै मूलबासी हुन् ।

अन्त्यमा,

बिभिन्न खोज, अनुसन्धान, पुरातत्व अध्ययन , मानवशाश्त्री र समाजशाश्त्रीहरुको निष्कर्ष अनुरुप नेपालका मंगोलहरु मूलवासी हुन् । यहाँ नेपालका मूलवासीहरुलाई आदीवासी अनि शरणार्थीहरु मूलवासी बन्ने नीति निर्माण गरेर दरवार समर्थित हनुमान मंगोलहरु र दरवारीया शाषकहरुले मूलवासी मंगोलहरुको अस्तित्व माथि ठूलो खेलबाड गरेका छन् । यसको परिणाम स्वरुप कांग्रेसको चुनावी घोषणा पत्रमा बाहुन क्षेत्री पनि मूलवासी हुन भनेर लेखेको छ भने बाहुन क्षेत्री समुदायहरुले आफूलाई मुलवासी दावी गर्नु तर वास्तबिक मूलबासीहरुले आफूलाई जनजाति आदीवासी दावी गर्नु कति हाँस्यस्पद छ ।
नया संबिधानमा झन् आर्यलाई संबैधानिक मान्यता दिनुको साथै स्पष्टीकारण समेत दिनुले गम्भीर प्रतिक्रान्ति निम्तिएको छ । त्यसको परिणाम कस्तो हुन्छ । समय छँदै बुझ्न जरुरी छ । अन्तराष्ट्रिय मापदण्ड समेत मिच्दै मूलवासीलाई आदीवासी जनजाति बनाउने कुचेष्टा नगर्नु नै बुद्धिमानी ठहर्ने छ । मूलवासीहरुलाई कहिले मतवाली भनेर मानसिक रुपमै जड्हा बनाईदिने त कहिले देशै नहुने आदीवासी जनजाति बनाउने बाहुन क्षेत्रीहरुको दुष्टकारी षड्यन्त्रबाट सावधानी हुनुपर्छ । एउटा भनाई छ ‘आफ्नो संस्कृति, इतिहास र उत्पतिको जानकारी नहुने व्यक्ति, जरा बिनाको रुख जस्तै हो ।’ यस्तै हामी जरा बिनाको रुख जस्तै भएर ढल्ने बेला भएको छ । यसर्थ हामीले आफ्नो अस्तित्व र इतिहासलाई खोज्नु जरुरी छ

Last Updated on Friday, 03 June 2016 13:16

Hits: 321

मगरसंघ काठमान्डूको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

चन्द्र बहादुर श्रीस

नेपालको संबिधान २०७२ मा मगर लगायात आदिबासी जनजातिहरुको अधिकारको अवस्थाको बारेमा राजधानी काठमान्डूमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ जिल्ला समिति काठमान्डूको आयोजनामा सम्पन्न उक्त कार्यक्रम संघका अध्यक्ष डब बहादुर गर्बुजा पुन मगरको अध्यक्षता तथा नेपाल मगर संघ केन्द्रीय समितिका उपाध्यक्ष गङ्गा खासु मगरको प्रमुख आतिथ्यमा भएको थियो । प्रमुख अतिथि खासु मगरले बर्तमान संबिधानमा नेपाल मगर संघको पोजिसन प्रश्तुत गर्दै तीन चिरा पारिएको मगरात भूमिलाई अधिकार सम्पन्न र एकीकृत मगरात स्थापना नहुन्जेल संघर्ष गरिरहने बताएकी थिइन ।
नेपाल मगर संघ तथा नेपाल आदिबासी जनजाति महासंघका संस्थापक महासचिव सुरेश आले मगरले सम्पूर्ण मगरहरुको मुटु मगरातलाई तिन टुक्रा पारिएकोले यो संबिधान स्वीकार गर्न नसकिने बताएका थिए ।
नेकपा एमाले सम्बद्ध नेपाल लोकतान्त्रिक मगर संघका केन्द्रीय अध्यक्ष भोज बिक्रम बुढा मगरले बर्तमान संबिधानमा हामी मगरहरुले खोजे जस्तो सबै कुरा नभए पनि केहि पनि नभएको भने होइन भनेका थिए । बुढा मगरले वर्तमान संबिधानले सुनिश्चित गरेको संघियता, गणतन्त्र, समावेसीता जस्ता प्रावधानहरुलाई टेकेर अरु अधिकार प्राप्तिको लागि अगाडी बढ्नु पर्ने बताए ।
नेकपा माओबादी केन्द्र सम्बद्ध मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सचिव माधव दर्लामी मगरले बर्तमान संबिधानले मगरहरुको पहिचान स्थापित गर्न र मगरात प्रदेश स्थापना गर्न नसकेको बताए । यसको लागि अब आफ्नो पार्टीले आन्दोलनको नेतृत्व गर्ने पनि बताए ।
सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष मण्डलका सदस्य तथा अठार मगरात भाषा प्रतिष्ठानका अध्यक्ष बम कुमारी बुढा मगरले धाइरो बनेको तरुल उखेल्न नसकिए जस्तै बर्तमान संविधानले बाहुनबाद तथा मगरहरुको सिमन्तिकरण र बन्चितीकरण उखेल्न नसकेको बताइन । नेपाल मगर संघका पुर्ब केन्द्रीय अध्यक्ष क्या याम बहादुर बुढाथोकी मगरले मगरहरुको अधिकार प्राप्तिको लागि आन्दोलनलाई एकीकृत बनाउनु पर्नेमा जोड दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा अधिवक्ता चेत बहादुर आले मगरले नेपालको संबिधान २०७२ मा मगर लगायात आदिबासी जनजातिहरुको अधिकारको अवस्था शिर्षकमा र अधिवक्ता सरीता थापा मगरले नेपालको संबिधान २०७२ मा मगर महिलाहरुको अधिकारको अवस्था शिर्षकमा कार्यपत्र प्रश्तुत गरेका थिए ।
प्राध्यापक, नेपाल सरकारका प्रशासक एवं काठमान्डूमा उपलब्ध सयौं मगर विद्वान तथा अगुवाहरुको उपस्थितिमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा मगर अध्यन केन्द्रका उपाध्यक्ष गुप्त बहादुर रानामगर, नेपाल मगर कर्मचारी संघका अध्यक्ष तिल बहादुर थापा मगर, लखन स्मृति प्रतिष्ठानका उपाध्यक्ष उमेश राना मगर, प्रदिप थापा मगर, गणेश पुन मगर लगायत सहभागीहरुले पनि आ-आफ्नो धारणा राखेका थिए ।
सभापतिको आसनबाट संघका अध्यक्ष डब बहादुर गर्बुजा पुन मगरले बर्तमान संबिधानमा नेपाल मगर संघ तथा विभिन्न राजनीतिक पार्टीहरुको पोजिसन र कानुनका अध्यता अधिवक्ताहरूबाट बर्तमान संबिधानमा मगरहरुको अधिकारको स्थिति सबै मगरहरु बीच प्रश्तुत गर्नको लागि यस कार्यक्रमको आयोजना गरिएको बताए । उक्त अन्तरक्रिया कार्यक्रमको संयोजन र संचालन चन्द्र बहादुर श्रीस मगरले गरेका थिए ।

Last Updated on Monday, 30 May 2016 07:48

Hits: 351

संस्कृति संरक्षण गर्न कौरा सम्मलेन हुदै

प्रताप रानामगर, तनहुँ

मगर समुदायको संस्कृति संरक्षण गर्नका लागि तनहुँको दमौलीमा प्रथम राष्ट्रिय मौलिक कौरा सम्मेलन हुने भएको छ । पछिल्लो समयमा कौरा नृत्यमा विकृति आएको भन्र्दै संरक्षण गर्नका लागि राष्ट्रिय मौलिक कौरा सम्मेलन गर्न लागिएको हो । राष्ट्रिय मौलिक कौरा संरक्षण तदर्थ समितिको आयोजनामा यही जेठ १५ र १६ गते दमौलीमा राष्ट्रिय मौलिक कौरा सम्मेलन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन ।
कौरा सम्मेलनमा तनहुँ, स्याङजा, पाल्पा, कास्की, नवलपरासी सहित ७ जिल्लाबाट कौरा टिमको सहभागिता हुने राष्ट्रिय मौलिक कौरा संरक्षण तदर्थ समितिका संयोजक हर्क आलेले जानकारी दिएका छन । कौरा सम्मेलनमा ६ महिला, पुरूष ८ जना, टोली प्रमुख १ जना सहित मगर मौलिक भेषभूषा, गरगहना, खैजेडी, मुजुरा, झर्रा, झ्यालीको साथमा सहभागि हुनुपर्ने आयोजकले जनाएको छ । मौलिक कौरा सम्मेलनमा प्रथम हुनेलाई २५ हजार, द्धितियलाई २० हजार, तृतियलाई १५ हजार र सान्त्वनालाई ५ हजार प्रदान गरिने छ ।

के हो कौरा नृत्य ?

रोदी घरमा केटाहरुले खैजेडी बजाएर गीत गाउने र केटीहरु समुहमा नाँच्ने नृत्यलाई कौरा नृत्य भनिन्छ ।

उत्पति कहाँ कहिले भएको हो ?

डा.बराल (२०५०ः११५) पाल्पा, जित बहादुर पुलामी देउराली ४ नवलपरासी, खेमान सिं पुलामी मगर नवलपरासी, लिला बहादुर गाहामगर नरम गाविस नवलपरासी, आदिले आज भन्दा ७६ बर्ष अगाडि देखि नवलपरासी, पाल्पा, गोरखा, मनकामनामा समेत नृत्य प्रचलन भएता पनि मुख्य उत्पत्ति थलो तनहुँ जिल्लाको ऋषिङ्ग, क्षेत्र नै हो भन्ने स्वीकार गरेको पाइन्छ । साँस्कृतिक अगुवा चिरन्जीवी आले काहुँशिवपुर १ का अनुसार ऋषिङ्ग क्षेत्रमा वि.स १९८० तिर नै कौरा नृत्य उत्पत्ति भइसकेको थियो । त्यसैले कौरा नृत्य वि.स १९८० आसपास तनहुँ जिल्लाको दक्षिण ऋषिङ्ग क्षेत्रमा मगर समुदायमा भएको अनुमान गर्न सकिन्छ ।

नामांकरण कसरी भएको हो ?

डा.बराल (२०५०ः११५) अनुसार अविवाहित युवतीलाई मगर भाषामा कडावा भनिने र कडावाबाट कौरा नामाकरण भएको, नवलपरासी क्षेत्रतिर कालीपुर तनहुँमा पानी भर्न कुरुवा बस्दा गाउने गरेकाले कुरुवाबाट कौरा भएको वा कानराहाबाट कौरा भएको व्यक्त गरिए पनि कौंरा प्रचलन अधिकांश क्षेत्रमा कडावा शब्द प्रचलनमा भएको नदेखिएको, कौरा गीत, नृत्य पधेंराबाट, नभई रोदीघरबाट नै भएको यथार्थ समेतले तथा रोदी घरमा प्रवेश गर्दा र गीत सुरु गर्दा पनि "कानराहा” शब्द प्रयोग हुने भएकाले कानराहा बाट नै कौरा नामाकरण भएको मान्न सकिन्छ । मगर भाषामा कानराहा भनेको हामी आयौ हुन्छ । कानराहा भान्जीको भन्दै तन्नेरीहरु रोदी घरमा प्रवेश गर्ने र गीत सुरु गर्दा पनि भान्जीको झेर्मोन ले माले ? नाकुं माया कानखटा ले । भनेर गीत गाउने मगर भाषामा गाउने चलन छ ।

भेषभुषा

सुरुमा तरुनीहरु नितान्त मौलिक मगर भेषभूषामा पनेलको चोलो, घरबुना गुनियो, घरबुना पछ्यौरी, पटुका, घलेक लाउथे पछि रातो मखमली, चोली, गुनियो, पहेंलो वा निलो पटुकी, घलेक, पछ्यौरी, ठिमुरा माला, सिरफुल, सिरबन्दी, ढुग्री, जन्तर, कण्ठ, रैँया, ठोका बाला, चुरी, फुली, बुँलाखी, मडवारी र खुट्टामा झर्रा लगाउने गर्दछ । तन्नेरीहरु सुरुमा घरबुना भोटो, घरबुना कछाड, पटुकी निलो, स्टकोट, घरबुना कै टोपी, टोपीमा काँक्राको बियाँको रंगीन झुम्के फुल लाउँथे । पछि घरबुनाको ठाउँमा सेतो कमिज भएको छ । तन्नेरीहरु हातमा चाँदीका बाला र कानमा सुनका वीरबुली लाउने गर्दथे ।

कहाँ कहाँ प्रचलनमा छन ?

यो नृत्य खास गरेर तनहुँ ऋषिङ्गबाट उत्पत्ति हुर्दै पश्चिम नवलपरासी, पाल्पा र पूर्वमा गोरखा सम्म बिशेष प्रचलनमा रहेको भए पनि आज देशैभरी मात्र नभई विदेशमा हङहङ, युके, युएसए लगायत विभिन्न मुलुकमा प्रचलनमा भइरहेको अवस्था छ ।

कुन ऋतुमा नृत्य गरिन्छ ?

फागु पूर्णिमाबाट सुरु भएर श्रावण सक्रान्ति सम्म भन्ने एउटा मन्यता छ । चैते दशैं देखि असार पूर्णिमा सम्म भन्ने अर्को मन्यता छ । यसरी नै चैते पूर्णिमा देखि असार पूर्णिमा सम्म भन्ने पनि मन्यता रहेको छ ।

खास बिशेषता के हो ?

यो नृत्य सबैभन्दा बढी उदार, फराकिलो र लोकतान्त्रिक छ भन्न सकिन्छ । किनभने यसमा जोसुकै संख्यामा जुन कुनाबाट पनि सहभागि हुन सकिन्छ ।

सामाजिक महोत्व के हो ?

सबै विविधतालाई एउटै एकताको मालामा गाँस्न शान्ति, सद्भाव कायम राख्न ठूलो भुमिका खेल्ने साँस्कृतिक सूत्रको रुपमा रहेको छ कौरा ।

Last Updated on Thursday, 12 May 2016 10:44

Hits: 3285

नेपाल मगर संघको नवनिर्वाचित कार्यसमितिको भूमिका

डोलु आले मगर

 जेठ,१-नेपाल मगर संघ केन्द्रीय कार्यसमितिको बैशाख १८ देखि २२ गते  चितवनमा भएको ११औ राष्ट्रिय महाधिवेशनले युवा तथा जुझारु नेता नविन रोका मगरलाई अध्यक्ष पदमा अत्यधिक बहुमतले चयन गर्दै सम्पन्न भएको छ।

वि.स.२०७२ असोज ३ गते जारि संविधानमा पहिचान सहितको संघियतालाइ तिलान्जली दिंदै जारि उक्त संविधानमा मगरात भूमिलाई  ३ प्रदेशमा विभाजन गरेर मगरात भूमिलाई छिन्न भिन्न पारिएको  छ। अर्थात मगरहरुको सघन वस्तीलाई नियतवस फरक फरक प्रदेशमा राखिएको छ। मगरहरु तथा मगरात प्रति समर्थन राख्ने गैर मगरहरुले त्यसको  विरोध कुनै न कुनै हिसाबले गर्दै आएको  छ। त्यसको नेतृत्व गर्दै आउने एक जुझारु  युवा नेता थिए नविन रोका मगर उनि नेपाल मगर संघको महासचीव थिए।

पहिचान सहितको संघियता विरोधी गठबन्धनलाई धुलो चटाउदै पहिचान सहितको संघीय गठबन्धनको नेतृत्व नविन रोका मगरको जितले ढिलै भए पनि मगरात प्रप्ति मगरहरु  सचेत  बन्दै गएको संदेश दिएको छ। मगरात जातीय  राज्य होइन। यो कुनै जातीय विद्धेष फैल्याउने माग र राज्य विखण्डन गर्ने एजेन्डा होइन र यो  हुनु पनि  हुँदैन। अरु जात(जातिविनाको मगरात राज्यको परिकल्पना हुनै सक्दैन। संविधानले मगरात भूमिलाई ३ तिर विभाजित  गरेको छ । नामाकरण  जे गरे पनि उक्त भूमिलाई एकीकृत गर्नको  लागि सशक्त आवाज  बुलन्द पार्नु र त्यसको नेत्रृत्व  सहि तरिकाले  प्रदान गर्नु आजको आवश्यकता हो। र यो गर्न उनि सक्षम छन् र आफ्नो काँधमा आइपरेको  जिम्मेवारी पुरा गर्नेछन्  भन्ने  विस्वासको साथ अत्यधिक बहुमत प्राप्त  गरेका छन्। मगरहरु ढुट, खाम ९पागं०  र काइके गरि ३ भाषा  बोल्नेहरु छन्। डोल्पा तिर बोल्ने  काइके भाषी मगरहरु निकै कम छन्। करिब करिब यो भाषा  अति लोपुन्मुख अवस्थामा छ। वि।स। २०६८ सालको जनगणना अनुसार जम्मा ५० जनाले मात्र यो भाषा बोल्ने गर्छन्। त्यस्तै खाम भाषा बोल्नेहरुको तथ्यांक अनुसार करिब सत्ताइस हजार रहेको छ।

रोल्पा, रुकुम, दाङ  बाग्लुङ,म्याग्दी तिर बोलिने यी भाषा पनि लोपुन्मुख नै छ।  यी दुवै अठार मगराँत क्षेत्रका भाषीहरु हुन्।  करिब १९ लाख  मगरहरुको जनसंख्या नेपालमा रहेको तथ्यांक  छ। करिब ९ लाख मगरहरुले मगर भाषा बोल्ने  गरेका छन्। काइके र खाम मगर  भाषीको संख्या घटाएर बाँकि रहेका अरु ढुट भाषी हुन्। जुन १२ मगराँत क्षेत्रमा बोलिने गर्दछ। बाह्र मगरात भन्नाले विशेष  गरेर पाल्पा,तनहुँ,स्यांग्जा र नवलपरासी पर्दछ। मगरहरुको जनसंख्याको  अनुपातमा यो भाषा बोलिने  संख्या सन्तोषजनक हुँदै होइन।

जारि संविधानमा नेपालमा बोलिने सबै मातृ भाषाहरुलाई राष्ट्र भाषाको रुपमा मान्यता  दिएता पनि मात्री भाषामा शिक्षा दिने  राज्यको दायित्व छैन। मातृ भाषिक समुदायले आफ्नो भाषा विकास तथा संरक्षण  गर्नको निम्ति विधालय तथा शैक्षिक संस्था खोल्ने र संचालन गर्ने गराउने  हक हुनेछ भनिएको छ। यसको भावार्थस् राज्यले  उक्त भाषा संरक्षण तथा विकास  गर्न लगानी  गर्न पनि सक्छ नगर्न पनि  सक्छ राज्य संविधानत बाध्यकारी हुने छैन। कुनै पनि समुदायको भाषा संरक्षण तथा विकास गर्नको निम्ति उक्त  समुदाय नै बढी  सचेत र जागरुक  हुनु जरुरि छ।  तसर्थ विगत  लामो इतिहास बोकेको नेपाल मगर संघको नेतृत्वले अब भाषा संरक्षण तथा विकासको निम्ति आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।

मागरहरु फुटाउ र  राज गर भन्ने सिद्धान्तले  नेपाल एकिकरणको  नायक पृथिवी नारायण  शाह देखिनै  प्रताडित बन्दै आएको छ। त्यसैको निरन्तरताको एक रुप अहिले एक समुह पुनहरू मगर होइन भन्दै छुट्टै जाति सूचीकरणको निम्ति पहल गर्दै आएको खबर सुन्नमा पाइन्छ। नेपाल भित्र  जातीय विविधता भए जस्तै मगर समुदाय भित्र पनि धेरै विविधता छन्।

भाषिक,भेष,रितिरिवाज, चालचलन, परम्परा ,लवाईखुवाई   अठार मगरात र बाह्र  मगरात विच  केहि समानता र केहि भिन्नता रहेको छ। गण्डक क्षेत्र र पूर्वी भेग तिर बोलिने  ढुट भाषामा केहि फरक भेटिन्छ। तर यसैलाई आधार  बनाएर देशको तेस्रो ठुलो जनसंख्या र  आदिवासी  जनजातिहरु मध्ये पहिलो ठुलो जनसंख्या भएको  समुदाय मगरहरुलाई विभिन्न तत्वहरुले फुटाउने खेलहरु अझै गर्दै आएका छन्। सिधा अर्थमा भन्नु पर्दा अहिले पुन  मगर जाति होइनौ भन्ने एक समुह, पुन  मगर हौँ भन्ने  अर्को समुह र गैर पुन मगर  समुहहरुको विच देखिएको असमझदारीहरु जुन छ त्यसलाई पनि सदाको निम्ति  हटाउने , मेटाउने छ र फेरी पनि मगर समुदायलाई फुटाउन र फुट्नबाट जोगाउन नेपाल मगर संघको नेतृत्वले पहल जरुर गर्नुपर्ने छ।  नेपाल मगर संघले पुरा गर्नुपर्ने कार्यभार र भूमिका धेरै होला। विशेष गरि अहिलेको प्रमुख भूमिका भनेको  ३ तिर विभाजित मगरात भूमिलाई एकीकृत गर्नु हो।

३ मगर  भाषिक समुदायहरुलाई आफ्नो भाषा प्रति सचेत गराउंदै भाषा संरक्षण तथा विकास गर्नु हो। त्यसको लागि नेपाल मगर संघले विधालय तथा शैक्षिक संस्था संचालनको निम्ति भात्रृ संगठनहरु संग,  मातृभाषा संरक्षणको निम्ति  लागिपरेका अरु संघ(सङ्गठन तथा  व्यक्तिहरु संग  समन्वय गर्दै  अगाडी बढ्न सकिन्छ। र अर्को प्रमुख र सल्टाउनै पर्ने  विषय भनेको पुनहरु पनि मगर नै हुन्, छुट्टै जाति होइन अर्थात् पुनहरु मगर होइन भन्ने समुह  ,नेत्रित्व संग छलफल गरेर असमझदारी हटाउनु  हो। विस्वाश छ नेपाल मगर संघको  ११औं  महाधिवेशन बाट नवनिर्वाचित कार्यसमितिको पदाधिकारीहरु यी तिन प्रमुख मुद्धाहरु सल्टाउन लागि पर्नेछन र  सम्पूर्ण मगर तथा गैर  मगरहरुको साथ र  सहयोगले  सफल हुनेछन्।

 (मगर स्याङ्जा  निवासी हुन, उनी हाल दक्षिण कोरियामा कार्यरत छन्)

Last Updated on Saturday, 14 May 2016 06:53

Hits: 1421

सहमतिका आधारमा नेतृत्व चयन गर !

देब पचभैया मगर

 नेपाल मगर संघको ११ औ महाधिबेशन यही बैशाख १८ देखि २२ गते सम्म चितवनमा हुदैछ । ६६ जिल्ला, ६ भातृसस्था र १२ बिदेश स्थित प्रवास शाखा बाट सहभागी हुने यो महाधिबेशन आम मगरहरुको चाड पनि हो । चार बर्षको बिचमा मगरसंघले गरेका कामकारबाहीका बारेमा समिक्षा गर्ने र आगामी रणनिति तय गर्दै नया नेतृत्व चयन गर्ने समय पनि हो यो । सबै मगरहरुको साझा सामाजिक संस्था भएकाले पनि मगर संघ स्वदेशमा मात्रै होईन बिदेशमा समेत शसतm सस्थाको रुपमा परिचित पनि छ ।

संसार भरका मगर अटाउने सस्थालाई फुटाउन अहिले देशी बिदेशी शतिmहरु सक्रिय बन्दै गएका छन् । जाति,धर्म , क्षेत्र वा कुनै पनि बाहानामा मगरलाई फुटाउने उनीहरुको प्रपन्च छ । त्यसैले त आज सिङ्गो मगरात भूमीलाई तीन टुक्रा पारिदिएका छन् । मगरलाई अल्पमतमा पार्ने र कुनै पनि सवालमा टाउको उठाउन नदिने उनीहरुको भित्रि योजना हो ।

मगरकै बलिदानी पछि प्राप्त संबिधान मगर बिरोधी बनेको छ । अन्तरिम संबिधानमा उल्लेखगरिएका अधिकार समेत फालिएको छ ।

जातिय जनसंख्याको आधारमा समानुपातिक समाबेशीको कुरा सत्ताधारीहरुले हावामा उडाई  दिएका छन् । पहिचानको मुद्धालाई माटोमै मिलाईदिएका छन् ।

यस्तो बेला नेता भनाउदा मगर अगुवाहरु जुटेर अघि बढ्ने कि फुटेर पछि पर्ने ?

त्यसैले पनि आज एउटा मगरले जितेर अर्को मगर हार्ने अवस्था हुनुहुदैन । हामीले देख्यौ, संबिधानले अधिकार खोस्दा एका तिर मगर आन्दोलनमा होमिएका छन् अर्को तिर संबिधान निर्माणको खुशियालीमा बिजय उत्सबको कार्यक्रममा पार्टी झण्डा समाउने पनि मगर नै छन् ।  ६५ प्रतिशत मगर रहेको मगरातको राजधानी पाल्पामा मगर नेतालाई हराई बिजय उत्सवमा पार्टी झण्डा समाएर नारा लाउने र उफ्रिने पनि मगर नै थिए ।

कस्तो बिडम्बना ! आज भनिदैछ, संबिधान कहिल्यै पुर्ण हुदैन, र यो कुनै धर्मग्रन्थ जस्तो फेरबदल गर्न नसकिने पनि होईन । हो त्यही कुरा आज मगरले उठाएका छन् र भनेका छन् संबिधानमा लेखिनुपर्ने अपुरा कुराहरु किन मगरको मात्रै बाकी राखेको ?

किन आदीबासी जनजाति , महिला , दलित र पछाडी पारिएको समुदायको आवाजलाई समेट्न नसकेको ?

कुरा छर्लङ्ग छ, बहुमतलाई फुटाएर अल्पमतले राज गर्ने देश हो यो। अनि चोत दिनेलाई  भोट दिने पनि हामी, उनैलाई रिजाएर ब्यगत स्वार्थलोलुपतामा फसेका हाम्रै मान्छेले बिगारेको मुलुक पनि हो यो ।

हिजोको प्रश्न आज पनि ताजै बनेर आईरहन्छ, कि अधिकार प्राप्तीको आन्दोलनमा मगरात बन्द गर्दा बन्द बिरोधीबाट आज मगरले पिटाई खानु परेको छ । मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहा लगाएतका सदस्यले तानसेनमा पिटाईखादा किन अन्य जिल्ला र क्षेत्रका मगरलाई टाउको दुख्दैन । मगरसंघले किन छानबिन गर्देन ?

एउटा जिल्ला बन्द हुदा अर्को जिल्ला बन्द हुदैन किन ? पार्टीको आदेश मान्ने अनि बन्द नगर्ने र पहिचान बिरोधी संग काध जोडेर हिड्ने मगर नेतालाई किन कारबाही गर्न सक्दैन मगर संघ ?

बन्दको बेला सुनियो, बन्द नभएका जिल्लामा मगर संघको नेतृत्व पहिचान बिरोधी पार्टीका  छन् रे ? यस्तो पनि हुन्छ ? पार्टीले कारबाही गर्छ भन्दै आन्दोलनमा अनुहार नदेखाउन मिल्छ ? एउटा मगरलाई मगरात चाहिदा अर्को मगरलाई मगरात नचाहिने ?

मगर राज्य होईन, मगरात राज्यको माग गरेको हो भन्न किन नसक्ने ? मगराँतको अर्थ मगर जाति नभएर मगर जातिको थात–थलो र ऐतिहासिकता हो भन्ने कुरा किन मगर नेताले नै नबुझेको ? मगराँत भुमिमा पूर्खाहरुको रगत पोखिएको, हाड घोटीएको बिगत किन संझिन नसकेको ? त्यसकारण यि र यस्ता बिषयमा स्वम् मगरनै पहिले प्रस्त हुनुपर्छ । किनकी मगर संघ कब्जा गरेर फेलियर बनाउने दाउमा छन् राजनितिक पार्टीहरु ।

मगरले बुझ्नु पर्छ आदिबासी जनजाति महासंघका बर्तमान अध्यक्ष र महासचिबलाई माननिय बनाएर कसरी आन्दोलनलाई तुहाउन सफल भए दलहरु ?

लोकतान्त्रिक भनिएको नेपाली काग्रेसको भर्खरैको महाधिबेशनलाई हेरौ ! त्यत्रा नेताले जित्दा किन केन्द्रिय सदस्यपनि पाएनन् मगरले ?

अनि यो पनि बुझ्नुपर्छ आन्दोलनलाई निश्कर्षमा पुर्याउन वा संगठनलाई निरन्तर अगाडि बढाउन पैसा चाहिन्छ ।

फेरी आन्दोलनको भाउ गाउ भन्दा शहरमा बढी छ । गाउ बाट शहर सम्म आउन कार्यकर्ताको गाडी भाडा तिर्ने पैसा जिल्ला संग छैन, आन्दोलन कारीलाई चिया नास्ता त के पानी सम्म खुवाउने रकम छैन कसरी हुन्छ आन्दोलन ? त्यसकारण मगर संघलाई बलियो बनाउन सवल आर्थिक उपार्जनका बारेमा पनि सोच्नुपर्ने बेला आएको छ ।

किनकी गाउ बलियो बने जिल्ला बन्छ, जिल्ला बलियो भए केन्द्र दरिलो बन्छ । त्यसको लागी सबै मगर एक ठाउमा उभिनु बाहेक अर्को बिकल्प छैन । त्यसकारण पार्टीको आर्शिवाद लिएर मगर संघ हडप्न खोज्ने भन्दा आम मगरका भावना, चाहाना र आवश्यकतालाई बुझेर अगाडि बढ्न सक्ने,  हाम्रो भन्दा राम्रो मगर नेता छान्ने अभिभारा आम महाधिबेशन प्रतिनिधिको काधमा छ ।

(बिगत १५ बर्ष देखि पत्रकारीतामा सक्रिय लेखक, आदिबासी जनजाति पत्रकार महासंघका पश्चिमाञ्चल प्रमुख एबं मगर पत्रकार संघका महासचिब हुन् । )

Last Updated on Thursday, 28 April 2016 14:11

Hits: 330

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी