A+ A A-

पर्शुराम तामाङ नेता(अध्यक्ष)हुन छोडेर किन गए बाबुराम बाहुनको भरिया(पिपा)हुन ?

बलदीप प्रभाश्वर चामलिङ
 -------नयाँशक्तिमा प्रवेश हुने केही निर्दाेष साथीहरू हामीसंग रिसाउनु र अन्यथा साेच्नु उचित नहाेला । तपाई र मेराे व्यथा एउटै हाे ।
लेनदेनमा जस्ले बढी गुमाउछ, उसैले बढी गुणासाे र कचकच गरिरहन्छ । याे मानविय स्वभाव र मनाेविज्ञान हाे । याे "थ्याेरी" नयाँशक्तमा विचार नै नगरी हामफाल्ने मित्रहरूमा लागु भएकाे छ ।
यस्ताे आक्राेश र राेदनले वहाँहरूकाे नयाँशक्तिमा गतिलाे हैसियत रहेन छ र वहाँहरू फसिएकाे भन्ने संकेत हाे । नयाँशक्तिमा वहाँहरूले साेचेजस्ताे हैसियत प्राप्त भएकाे हुन्थ्याे भने वहाँहरू खुसीले भावविभाेर हुनुहुन्थ्याे । यस्ताे खुसीले पुल्कित भएकाे अवस्थामा अरूलाई निन्दा र गाली गरिरहने समय नै हुन्न ।भनिन्छ, खाली दिमाग भनेकाे सैतान रहने ठाउँ हाे । वहाँहरूले नयाँशक्तिमा कुनै जिम्मेवारी र दायित्व नपाएकाे हुनाले याे फूर्सदकाे समयमा आफ्नै भैयादहरूलाई धारेहात र गाली गरेर बेकारमा समयकाे बर्वादी गरिरहनु भएकाे छ ।

वास्तविकता त यस्ताे रहेछ :
नयाँ शक्ति नेपालका डिजाईनरहरूमध्य एक नेतासंग मेराे राजनीतिक भेट भर्खरै भएकाे थियाे । वहाँले यसरी मलाई पाेल खाेलिदिनु भाे :
"राई जी, हामी जनमुक्ति पार्टीसंग एकीकरण गर्न भनेर धाेविघाट पुगेका थियाै । तर हामी त्यहाँ पुग्दा स्तब्ध भयाै किनकि हामीले साेचेजस्ताे अवस्था त्यहाँ थिएन । हामीले एम एस थापा सहित सिंगाे संगठन नै आउने भनेर विश्वस्त थियाै । तर त्यहाँ परशुराम जीकाे मानिस बाहेक जनमुक्तिका भेटरन नेताहरू देखेनाै । याे भए पछि हामीले रणनीति बद्ल्याै । परशुरामजीले प्रस्ताव गरेकाे मानिस काे कहाँ रहने र राख्ने भन्ने कुरालाई वास्तै नगरी नयाँ शक्तिमा प्रवेश गरायाै । पदाधिकारी र नेता भन्ने कुरा त भाेलीकाे काम र जनतासंगकाे हेलमेलले बनाउने हाे । परशुराम जीले आफ्नाे ६२ वटा जिल्ला संगठन छ भन्नुभाथ्याे तर हामीले कही भेट्टाएनाै । यसले गर्दा परशुराम जी पनि याे नया पार्टीमा कार्यकर्ता सरह खटेर डटेर माथि आउनुपर्नेहुन्छ ।"नयाँ शक्ति नेपालकाे उक्त नेताकाे कुरा सुनेर म पनि झल्यास्स भए ।


नयाँ शक्तिकाे पछि दाैडिदा आफूहरू फसेकाे कुरा अहिले साथीहरूले पाेल खाेल्दैछन् । बाबुराम जीसंग समझदारी गरेअनुसारकाे पद नपाए पछि वहाँहरूबीचमा खैलाबैला भाे । छुट्टै मिटिङ बस्याे, केही व्यक्ति छलेर । अन्ततः केही साथीहरू फर्किने क्रममा छन् ।हाे, वाल्मीकी पहिले डाकु थिए । विगतमा भएकाे गल्ती कुरालाई सुधारेर मानिसले देवत्व प्राप्त गर्छ भन्ने कुराकाे उदाहरण हाे, वाल्मीकि । हामीले पनि विगत भुलेर आदरणीय परशुराम तामाङ ज्यूलाई जनमुक्तिकाे नेतृत्व सुम्पन मानसिक रूपमा नै तयार थियाै । जुनसुकै परिस्थितिमा ऐतिहासिक पार्टीकाे ऐतिहासिक अध्यक्ष बनाएरै छाड्थ्याै । अन्तिम अवस्थासम्म पनि म परशुराम तामाङकाे वकालत गरेर हिड्ने मान्छे म पनि थिएँ । पहिले महाधिवेशन गरेर जनमुक्तिकाे अध्यक्ष परशुराम तामाङलाई बनाएर नयाँ शक्तिसंग सिंगाे पार्टी एकीकरण गर्दा त्यसमा जनमुक्ति पक्षकाे पल्ला भारी हुन्छ भन्ने पक्षकाे व्यक्ति थिए । तर तामाङ जी जसरी पनि बाबुराम कहाँ गएरै छाड्ने मानसिकतामा थिएछ । भाेलीकाे बन्दसत्रमा नबसी छुट्टै भेला गर्ने षडयन्त्रमा लाग्नुभएकाे रहेछ । सकभर जनमुक्तिकाे अधिवेशन नै स्थगित गर्ने छद्म प्रस्ताव नै ल्याउनु भएकाे रहेछ ।


हाे, परशुराम तामाङ नयाँशक्तिमा नेताकाे हैसियतमा नगएर जनजातिकाे हैसियतमा गएकाे पाइयाे । नेताकाे हैसियतमा गएकाे भए पार्टी एकीकरण हुन्थ्याे । पार्टीकाे एकीकृत नाम नयाँ शक्ति नेपाल हुन्थेन । झण्डा उसैकाे हुन्थेन । परशुराम तामाङ बाबुराम पछिकाे सह-संयाेजक हुन्थ्याे । एकीकरणकाे झल्काे र गन्ध आउथ्याे । तर पुरै विलय भएर भूमिका विहिन नै भैदिनु भाे । बाबुुराम भट्टराईले परशुरामलाई नेताकाे रूपमा नभएर एउटा तामाङकाे रूपमा भित्र्याएका हुन् ।


दिग्गज दाजु परशुराम तामाङकाे आग्रहमा पार्टीको नाम संघीय जनमुक्ती पार्टी राखिएकाे थियाे । महाधिवेशन पछि याे नामकाे पार्टी निर्वाचन आयाेगमा नयाँ कार्यसमितिसहित दर्ता हुनेवाला थियाे । तर जस्काे आग्रहमा संघीय जनमुक्ति पार्टी बनाइएकाे थियाे वहाँ नै पलायन भए पछि हामीले राष्ट्रिय जनमुक्ति पार्टी कै नाममा अधिवेशन सम्पन्न गर्याै । परशुराम तामाङ अध्यक्ष भएकाे संघीय गणतान्त्रिक समाजवादी पार्टी अझै निर्वाचन आयागमा जीवित नै छ ।


अझै केही भएकाे छैन । हामीमा रिसराग केही छैन । गल्ती गर्नु मानवीय स्वभाव हाे । एक अर्कावीचमा तिक्तता ओकल्नु शाेभनीय हाेइन। हामी सबैकाे पीडा व्यथा एउटै हाे । राजनीतिमा उतारचढाव हुन्छ । तर नेतृत्वले हात उठाइहाल्नु हुन्न ।हाम्राे गल्तीमा भावी पुस्ताले धिक्कार्ने छन् ।हिड्ने हाेे, पछ्याउने हाेइन ।

Last Updated on Saturday, 18 June 2016 11:40

Hits: 1664

गलत राज्य व्यवस्थाको विरुद्ध मगर संघको आन्दोलनः नवीन रोकामगर

नबिन लोचन मगर

रोल्पा । नेपाल मगर संघको आन्दोलन कुनै जाति विशेष वा समुदाय विशेषको नभएर गलत राज्य व्यवस्थाका विरुद्धमा भएको नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरले बताएका छन् । रोल्पा, रुकुमलाई विशेषाधिकार सहित सबै हिसावले सम्बोधन हुनुपर्ने भन्दै रोका मगरले सशस्त्र द्वन्दमा रोल्पाका मगर समुदायको ठूलो बलिदान भएकोले पनि राज्यले विशेष अधिकार सहित सम्मान गर्नुपर्ने बताए ।

नेपाल मगर पत्रकार संघ रोल्पाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नवीन रोका मगरले राजनीतिक दलहरुले आदिवासी जनजाती, मगर, उत्पीडित, उपेक्षित वर्गलाई सत्तामा पुग्ने भ¥याङ मात्र बनाएको आरोप लगाए । भूमि, धर्म, संस्कार संस्कृतिको संरक्षण गर्नु हरेक नागरिकको कर्तव्य भएकोले कुनै जाति विशेष भन्दा पनि सबै समुदायको सकारात्मक सहकार्य हुनुपर्ने बताए । ‘संस्कार, संस्कृति जोगाए समाज जोगिन्छ, समाज जोगाए मुलुक जोगिन्छ’-उनले भने । ‘मुलुक जोगिनु भनेको व्यक्तिको मौलिकता जोगिनु हो’ । आफूहरुले जातिय राज्य नभएर सबै जातिको समानता चाहेको उनले स्पष्ट पारे ।

नेपाल मगर पत्रकार संघ रोल्पाका अध्यक्ष नवीन लोचन मगरको अध्यक्षता तथा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमवी आस्था मगर, मगरात अभियन्ता राम जर्घा मगर, थरुहट स्वायत्त राज्य परिषदका केन्द्रीय संयोजक श्रवण थारु, एबीसी टेलिभिजनका पोखरा रिपोर्टर गीता राना मगर, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव इश्वरी घर्ती मगर, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष काशीराम डाँगी, पूर्व अध्यक्ष एवम आदिवासी पत्रकार महासंघ फोनिजका मध्यपश्चिम संयोजक खेम बुढा मगर लगायतको आतिथ्यता रहेको थियो ।

पत्रकार सम्मेलनमा अतिथिहरुलाई अध्यक्ष नवीन लोचन मगरले दोसल्ला ओढाएर सम्मान गरेका थिए । नेपाल मगर पत्रकार संघ रोल्पाका सचिव कमान पुन मगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष पहलमान घर्ती मगरले स्वागत गरेका थिए । मगरहरुको ठूलो पर्व भूम्याको अवसरमा रोल्पा आएका मगर संघका केन्द्रीय अध्यक्ष लगायतको टोली शुक्रबार नै थबाङ प्रस्थान गरेका थिए ।

Last Updated on Saturday, 18 June 2016 01:28

Hits: 307

गफाडिको गफले कान पकाएर बस्ने होइन बरु जिब्रो थुतेर फालिदिनु पर्छ

-हरी बहादुर घर्ती मगर

सागर शान्त संग बगेको हुन्छ, तर खहरेखोला निकै गड्याङ गुडुङ गर्छ, भुक्ने कुकुरले टोक्दैन, टोक्ने कुकुर भुक्दैन । यी प्रचलित नेपाली उखान-टुक्काको उपहार ! उखान-टुक्काको भरमा प्रधानमन्त्री भै, देश डुबाउन थालेको केपी अोलीलाई .....!
कहिले घरघरमा पाइपवाट ग्यास, प्रसान्त महासागरमा नेपाली ध्वजाबाहक पानी जहाज, काठमाडौंमा मेट्रो रेल, लुन्बीनीमा एकैपटक पाँच हजार मान्छे अट्ने अत्याधुनिक सुविधा सम्पन्न भवन, दुई वर्षमा नेपालले आफै पेट्रोलिम पदार्थ उत्पादन गरेर साउदीलाई वेच्ने, विजुली निकालेर चाइनालाई बेच्ने ...। यस्तै-यस्तै केपी गफाडीका गफ सुन्दा-सुन्दा नेपाली जनताका कान पाख्न थालेका छन् ।
जब यी विषयमा केपी अोलीले, निकै मच्ची-मच्ची भाषण गर्छन्, तब परर...परर...ताली बच्छ, लाग्छ, पैसा छोपेर नै तालिलाउन कै निम्ति त्यहाँ पुगेकोछ, एउटा लाछी समूह ...।
केपी अोली र त्यसका पछाडी पछाडी ताली लगाउन हिड्ने लाछी हरुलाई थाहा हुन पर्ने हो । हजार माइलको यात्रा एक पाइलावाट शुरु हुन्छ । केपी अोलीको सरकारको पहिलो पाइला भनेको नै आम जनताको जनजिविका संग प्रतक्ष सरोकार राख्ने दाल, चामल, नुन, तेल, ग्यास लगायतको सहज आपूर्ति हो । काकाकूलको शहर बन्न थालेको काठमाडौंमा वर्षौ देखिको मेलेम्चिको पानीको आशा देखाइएको छ । राजधानीवासी जनतालाई यथासक्य उक्त पानी खुवाएर वचाउने, यातायातमा भै रहेको ट्राफिक जामको उचित ब्यवस्थापन गर्ने । वर्षा सुरुहुन थाल्यो भुकम्प पिडितहरु आत्तियरै मर्न थालेको अवस्था छ, उनिहरुको तुरुन्तै गाँस बासको उचित ब्यबस्था गर्ने, लगभग एक वर्ष देखी आन्दोलनरत मधेसी, आदिवासी जनजाती, सिल्पी, मुस्लिम अल्पसंख्यकलाई वार्ताको वातावरण तैयारी गरेर वर्तामा ल्याई सवैको अपनोत्व हुने सम्विधान पूनर्लेखन वा संसोधनगरी सम्विधानजारी गर्ने कामगरी केपी अोलीको सरकारले सयौं माइलको यात्राको पहिलो पाइला सुरु गरोस् । हैन भने यात्राको निम्ति एकपाइला चाल्न नस्क्ने केपी अोलीले हजार माइलको यात्राको गफ हाक्दा ...!
अब कान पकाएर बस्ने होइन, उसको जिब्रो थुतेर फ्याक्नु पर्ने आवस्यकता देखिन्छ ।

Last Updated on Friday, 17 June 2016 16:02

Hits: 2457

को हुन बाहदुरसिँह बराल मगर - एक परिचर्चा

राज्यसत्ता,

बाहदुरसिँह बरालको परिचय

बहादुरसिँह बरालको जन्म १९४७ साल बैशाख १५ गते तदनुसार सन् १८९० अप्रिल २७ मा तत्कालीन ब्रिटिस इन्डियन गोर्खा पल्टनको छाउनी पश्चिम काँगडा भाक्सु धर्मशाला (वर्तमान भारतको हिमाञ्चल प्रदेश काँगडा जिल्ला) मा भएको हो ।

बराल दम्पतीका तीन छोरा र दुई छोरीमध्य यिनी जेठा सन्तान हुन् ।यिनका दिलविक्रमसिंह र लालसिह नामक भाइ तथा प्रेमकला र गोदावरी नामक बहिनी थिए । यिनको पैतृका थलोचाहि“ पश्चिम नेपालको पाल्पा देउचुली हो । यिनका बाजे श्रीधर बराल गाउँका मुखिया भएकाले सम्पन्ननै थिए । सन् १८८१ म पहिलो ब्रिटिस गोर्खा पल्टनमा भर्ती भएर सुबेदार मेजर भएका र मानार्थ कप्तान पद प्राप्त गरी सन् १९१३ मा सेवानिवृत्त भएका यिनका बाबु सर्वजीत (मेम्बर अफ भिक्टोरियन अर्डर) पाउने पहिलो नेपाली हुन् ।

बाबु पल्टनमा जागीरे भएका बेला भारतमै जन्मिएका र उतै बसोबास गरेका बहादुरसिंह बरालको बाल्यकालीन पालनपोषण र शिक्षादिक्षा त्यही सम्पन्न भएको हो । पल्टने बाबु कहिलेकाहीँको बिदामा घर आउँदा यिनी आफ्नो पैतृक थलो पाल्पा देउचुली आए पनि यिनको अधिकांश बाल्यकाल बाबुको जागिर सरुवासँगै भारतको विभिन्न ठाउँमा बितेको देखिन्छ । पल्टने बाबु विभिन्न ठाउँमा सरुवा भैरहने हुँदा यिनको शिक्षादिक्षा पनि एकै ठाउँमा नभई विभिन्न ठाउँबाट भएको बुझिन्छ । काँगडा ,अमृतसर आदि विभिन्न ठाउँमा अध्यान गरी काँगडा जिल्लाको सरकारी हाइ स्कुलबाट आठ कक्षा उत्तीर्ण गरेपछि बहादुरसिंह बराल सन् १९१३ जुन १६ मा पहिलो गोर्खा राइफल्सको दोस्रो पल्टन ( बटालियन) मा सोझै कमिसन पाउने गरी जमदार पदमा भर्ती भए । यसरी भर्ती हुने यिनी पहिलो नेपाली थिए । 

सेनामा भर्ती भएपछि यिनको औपचरीका शिक्षा पनि समाप्त भयो । यसरी पुस्तौनी पेसा सैनिक भएका र सैन्य परिवेशमै जन्मी हुर्किएका बहादुरसिंह बराल पनि सैन्य पेसा नै अबलम्बन गर्न पुग्छन् । सुबेदार मेजरसम्म भई सन् १९३५ मा सेवानिवृत्त भए । सेवा निवृत्त भएपछि यिनी खुला रुपले सामाजीक कार्यमा क्रियाशिल भई सन् १९३५ देखि १९३९ सम्म अल इन्डिया गोर्खा एसोसिएसनको  अध्यक्ष साथै गोर्खा ढोगभेट/सत्संग प्रचारिणी सभाको अध्यक्ष भएर सामाजीक सुधारको कार्य गरे । तत्कालीन प्रवासी नेपाली समाजमा व्याप्त दुर्गुण,विकिृती,विसङ्गती आदिलाई साहित्य,गीत ,सङ्गीत ,नाटक आदिका माध्यबाट हटाउने कार्यमा सक्रिय रहे । दोस्रो विश्वयुद्धको प्रारम्भ सँगै सरकारी आहवानअनुसार यिनी पुनः सैनिक सेवामै प्रवेश गरे र सन् १९५२ सम्म काम गरे ।यस अवधिमा उनलाई कप्तानको दज्यार्नी प्रदान गरिएको थियो । यसरी हेर्दा बहादुरसिंह बरालले भारतीय भूमिमा जन्मिएर अधिकांश समय उतै व्यतीत गरेका र भारतीय सेनामा कप्तानसम्म भए पनि उनको सामाजीक क्षेत्रमा पनि महत्वपूर्ण भूमिका रहेको देखिन्छ ।

बहादुरसिंह बरालको विवाह ल्यान्ड्सडाउन तेस्रो गोर्खा राइफल्सका कप्तान भोपालसिंह थापाकी जेठी छोरी सरस्वतीसँग भएको हो । यी बराल दम्पतीबाट पृतमसिंह , जोबनसिंह , बबरसिंह र खड्गजीत नामक चार छोरा तथा पुष्पावती र सत्यावती नामक दुई छोरीको जन्म भएको देखिन्छ । यिनका कान्छा छोरा खड्गजीत बराल नेपालको प्रहरी सेवामा प्रवेश गरी नेपाल प्रहरीको सर्वोच पद प्रहरी महानिरीक्षक ( २०२९ देखि २०३५ ) बाट सेवा निवृत भएपछि यिनी बर्माको शाही नेपाली राजदूत ( २०३५ देखि २०४० ), राष्द्रिय पञ्चायतका मनोनीत सदस्य (२०४१ देखि २०४६ ) तथा संयूत्त राष्द्र सङ्घको पिस मिसनजस्ता महत्वपूर्ण पदमा आसनी भई हाल सेवा निवृत जीवन बिताइरहेको छन् ।

बहादुरसिंह बराल भारतमा हुँदा बाल्यकालदेखि गीत गाउन सिपालु भएकाले यिनलाई पल्टनमा ( शङ्खस्वर ) भन्ने गरेको जानकारी पाईन्छ । सानैदेखि गीत ,सङ्गीत र साहित्यप्रति विशेष अभिरुचि राख्ने बराल नेपाली जाति र संस्कृतिप्रति अतिशय श्रद्धा प्रकट गर्ने व्यत्तिका रुपमा देखापर्छन् । जातिय र सांस्कृतिक जागरणका पक्ष्ँपाती बराल धार्मीक प्रवृतिका पनि भएकाले धर्मका माध्यबाट जीवनलाई सन्मार्गमा प्रवृत्त गराउन सकिन्छ भन्ने यिनको दृटिकोण रहेको छ । सेवा निवृत हुनुपूर्वा प्रकाशित यिनको प्रसिद्ध कृति बरालको आ“सुको पहिलो भाग र त्यसपछि क्रमशः छापिएको अन्य भागमा समेत सङ्कलित अनेक रचनमा पाईने धार्मिक पनि यही कुराको पुष्टि गर्छ ।

बहादुरसिंह बराल भारतमा हुँदा त्यहाँ अङ्ग्रेज उपनिवेश कायम थियो भने नेपालमा राणा शासनको दबदबा थियो । गरिबीकार कारण काम र मामको खोजीमा नेपालीहरु भारतका विभिन्न भागमा गएर पिरोलिएको देख्दा बराल निके चिन्तित भएको देखिन्छ । यिनले त्यसर दुःख पाएर गएका नेपालीहरुका साथै राणा शासनको विरुद्धमा क्रियाशील अनेक व्यत्तिहरुलाइृ समेत विभिन्न ढङ्गबाट सहयोग गरेको जानकारी पाइन्छ । सैन्य जागीरबाट निकालिएका मित्रसेनलाई बरालले भरणपोषण गरी नेपाली गीत सङ्गीतको विकासमा क्रियाशील गराएको देखिन्छ । मित्रसेनलाई क्रियाशील बरालको योगदान नेपाली समाजमा महत्वपूर्ण रहेको छ । 

सैनिक पेसा अँगाली भारतीय भूमिमा लामो समय बिताएका भए पनि बहादुरसिंह बरालमा मातृभूमि नेपाल,हिमाल र नदीनालाहरुप्रति अटुट भत्तिभाव रहेको देखिन्छ । नेपाल राष्द्र, नेपाली जाति र नेपाली लोकसंस्कृति भनेपछि हुरुक्कै हुने बरालले आफ्नो जाति , भाषा , भेष ,चालचलन, रीतिथितिप्रति अतिशय श्रद्धाभाव व्यत्त गरेको पाइन्छ । – गोरव रख्खा ) बाट गोर्खा भएको ठान्ने र आफूलाई वीर गोर्खालीको रुपमा चिनाउन रुचि राख्ने बराल ढोगभेटका क्रममा अभिवादनसूचक (जय गोरख ) को प्रचलन चलाउने पहिलो व्यत्तिका रुपमा समेत परिचित छन् । यिनले भारतका दार्जिलिङ ,असम, देहरादुन,सिलोङ,कलकत्ता आदिका साथै नेपालको पाल्पा,गुल्मी,स्याङ्जा,बाग्लुङ,काठमाण्डौँ आदि विभिन्न व्यत्तिहरुलाई साथमा लिई गायन वादन र नर्तनका माध्यमबाट नेपाली स.स्कृतिको प्रचारप्रसार गरेको जानकारी पाइन्छ ।

यस समूहलाई ( बराल मण्डली ) भन्न सकिन्छ । यी विभिनन व्यत्तिहरुलाइृ आफ्नो घरमा बोलाएर खानेपानको समेत बन्दोबस्त गरिदिई साहित्य सिर्जनातर्फ अग्रसर हुन उत्प्रेरीत गर्ने कार्यमा बहादुरसिंह बरालको विशिष्ट योगदान बुझिन्छ । सैनिक केन्द्रमा प्रवेश निषेध भएका बेला पनि बरालले हरतरहबाट मित्रसेनलाई संरक्षण प्रदान गरी गायनतर्फ अग्रसर तुल्याएको देखिन्छ । सैनिक केन्द्रमा बसेकी विधवा गङ्गावतीलाई त्यहा“बाट हटाउने निर्णय गरिएकोमा यिनकै प्रयासबाट तिनलाई त्यही बस्न निरन्तरता दिएको समेत जानकारी पाइन्छ । यी सबै सन्दर्भबाट हेर्दा बहादुरसिंह बराल आफ्नो जातिप्रति विशेष लगवा भएका र असहायहरुलाई हरतरहले सहयोग गर्ने व्यत्तिका रुपमा देखिन्छन् । 

यस सन्दर्भमा बहादुरसिंह बरालबारे कालीभक्त पन्तद्धारा लेखिएको – कप. श्री बहादुरसिंह बराल – एक परिचय ) शीर्षक लेख उल्लेखनीय रहेकाले यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

क्प. श्री कहादुरसिंह बराल – परिचय   हम्रो देशका विभिन्न जील्लामा रहेर प्रकाशमा नआएका कतै दार्शनिक विद्धान् छन् , कतै सच्चरित्र महात्म छन् । पीनै मध्येका एक ( बहादुरसिंह बराल पनि हुन् ,जसको घर हो पाल्पा जिल्लामा पर्ने चुलिवोझा नामक एक गाउ“मा । तर युवावस्था पार गरेर किशोरावस्था तक पनि यिनले आफ्नो घर देखेका थिएनन् कारण यिनका पिता बृटिश इण्डियन आर्मीमा अफसर भएपछि छ“दा उतै जन्मे बढे पढे र उतैका सेनामा भर्ती भे आफु पनि अफसर भएपछि मात्र घर देख्न आएका हुन् भन्ने सुनिन्छ । 

अाफ्ना योग्यता र इमान्दारीले गर्दा सुबेदार मेजरबाट कप. तक पहिला गोर्खा सेकेण्ड बटालिनमा दीर्घकाल तक सेवा गरेर मात्र पेन्शान ली रिटायर भएका हुन् । यधपि भारतको हावापानी र वातावरणमा जन्मी हुर्की बढेर पनि उनैको अन्नजलमा पदोन्ति पाएका मानिस हुन्, तथापि उस बेला प्रसिद्ध देशको नाउँ ( गोर्खा ) ने प्रायः हुनाको गर्व राख्दथे र आफ्ना मातृदेशको साह्रै माया गदृथे । 

संयोगवश उनी सुबेदार मेजर पदमा रहेकै बेलामा यूरोपमा सन् १९१४ मा विश्वयुद्ध शुरु भउकोले बहादुसिंह बराल पनि आफ्नो पल्टन लिएर युद्ध गर्न फ्रान्सका रणभूमिमा पुगे । शत्रुको बेग जारी थियो,त्यो रोक्न आर्मी हेड क्वाटरबाट ( हरेक पल्टनले आ–आफ्नो देशका राष्द्रिय गीतका नारा गाएर बढनु) आज्ञा थियो । त्यहाँ बृटिश पक्षीय विभिन्न मित्र देशका सैन्य थिए,ती सबैले आफ्ना देशका राष्द्रिय नाराका गीत गाएर बढे । तर गोर्खाली सैनिक भने –नजानेर) अकबक्क परे, यधपि बराल आदि अफसरहरुले टामल टुमल पारी जे जे मुखमा आयो, गाउ“दे बढ्न लगाए,तथापि यस अज्ञानको आ“त पाएका अर देशका साथी अफसरले –तिम्रा देशमा राष्द्रिय सांस्कृतिक ध्वनि ज्ञान बारेका पुस्तक छैन ? भन्दै गरेका ठट्टालाई अपमान संझेर देशाभिमानी बहादुरसिंह बराल रणभूमिमै रोए ।     

महायद्ध सकिए पछि भारतमा आउना साथ गोर्खा भाषामा गीत बनाउने आट“ त गरे तर आफ्ना देशमा कस्ता छन्दा (साहित्यका गीत छन्,त्यो मर्मचाहि“ भारतमै हुर्केबढेका बराललाई थाहा थिउन ,तापनि आफ्ले जानेसम्मका छन्नदा राष्द्रियता सा“स्कृतिक मर्म घुसारेर तुरुन्तै गीत बनाउन थालिहाले,जो धेरे पछि सन् १९३२,३३,३५,३६ र ३८ मा – बरालको आँशु( नामले पुस्तक छापियो । ती पुस्तकमा प्राय : पहिलो स्तुति गीत चाहि“ देवताको नलेखेर (मातृभूमि ) लेखि देश प्रेमको परिचय दिएका छन् ।

गीत विश्वोच्च शिखर हिमालयलाई राष्द्रिय भूभागमा र गण्डकी कोशी कर्णालीलाई राष्द्रिय महानदीमा गणना गर्ने व्यक्ति यिनै बराल हुन् । यिनले –  जातिको चिन्हो दुई चिजले गाउनु र लाउनु देख्छ र सुन्छ भनी गोर्खालीहरु वीरता र इमान्दरी यति दुई कुराले विश्वविख्यात भएकाले आफ्ना सांस्कृतिक चिन्हका पहिरन र गीत हुनै पर्छ भन्थे । हाम्रा पुर्खाले अघि संघीभूत पार्जे रणयात्राका बेलाको राष्द्रिय नाराको ढोगभेट के थियो ? भन्ने खोजी गर्दा (जय गोरख ) थियो भन्ने पत्ता लगाए र सन् १९३२ देखि प्रवासी गोर्खालीमा बरालले परस्पर यै –जय गोरख ) एसोसिएसनले र ३७ मा अरुले खोलेका आल इण्डिया गोर्खा लीगले –जय गोरखा) लाई ने वैधानिक रुप दिए ।

गीतहरु मित्रसेन समेतका गलाबाट पनि सुन्ने मौका मिल्यो ।त्यसपछि राष्द्रिय संस्कृतिलाई हुर्काउन मित्रसेनलाई अघि सारी दिलिप सिंह ,पवित्रादेवी,दुर्गा मल्ल,नैनावीर,गंगावती,पृथ्वीध्वज,ह. मनवीर,श.शेर सिंह र मैतराम समेतलाई राष्द्रिय गीत बनाउने गाउने प्रचार गनेृ काममा स.लग्न गराएकोले दिलिप सिंहले देहरादूनका डागरा बजारमा समेत धेरे दिन तक गोर्खाली सांस्कृतिक कार्यक्रम देखाएका हुन् । भारतमा रहे बसेका बरालजीले यतिकैले चित्त नबुझि,आफ्नै देश भित्रका नाचगान आदि संस्कृतिको आन्तरिक मर्म बुझन चाहि“ पाल्पा ,बाग्लुङ, गुल्मी र राजधानी आदी निकै ठाउँ घुमेर फर्के ।

केहि पछि ( पण्डित जगन्नाथ चाहिं झ्याउरे गीतमै पुराणको अर्थ लगाउने सक्ने गीत मर्मज्ञ छन् भन्ने सुनेर गै भेटी दुई दिन तक वार्ता हुँदा झ्याउरो छन्दकै हुन् ....यिनै झ्याउरे खालको  लोकगीतबाट नै आधुनिक गीत बन्नुपर्छ भन्ने निष्कर्षमा दुवै पुगी ( रीलिमै , नौतले बाउन्ने ढोका  र अब त जाउँ कान्छी घर ) आदि गीत रेकार्ड निदो गरेर बराल बिदा भउ । यस भेटबाट प्रवास हुर्केका बरालजीलाई राष्द्रिय संस्कृति भित्र पर्ने लय छन्द साहित्यका गीत यिनै हुन् भन्ने ज्ञान भयो ।

यो मर्म पाएपछि खेल्न हुने खालका (द्रोपदी चीरहरण र ध्रुव चरित्र ) नाटक लेखी तत्कालिन सरकारबाट अनुमती लिएरमात्र ग्रामोफोनमा  रेकार्ड गराउने सुरले मित्रसेन पठाई अनुमती लिइयो र पाल्पाका भूपेन्द्र विक्रम,युद्ध विक्रम र त्रिरत्न बज्राचार्यबाट तालीम गराइ मित्रसेनका नेतृत्वमा पात्र डंडमा लगी दुवै नाटक रेकार्ड गराए । अनि अर्को खेप ( स्वस्थानी र सुदामा चरित्र ) नाटक पनि रेकर्ड भए । बरालजीको यस आदशृ कामले गर्दा तत्कालीन दरबार खेलिने हिन्दी उर्दू नाटकको स्थान राष्द्रभाषाले लिदै आयो । ( नाटक खेल्न लायक हास्य विनोद व्ंयग्यका शब्द वाक्य चाहिं राष्द्रभाषामा छैनन् भनी निराशिएका लेखक कलाकारलाई बरालका यी ४ नाटकले ठूलो पथ प्रदर्शन भयो ।                           

अघि कथा पुरा गर्दा र धर्म मन्दिरमा जय शब्द गर्दा बोलिए भगवान शंकर की जय भोर हिन्दुस्थानी ढंगले जय शब्द गरिन्थे बरालजीले भन भगवान शंकरको जय भन्ने आफ्ने पनाले गर्ने चलन चलाए । यो प्रमाण यनले ग्रामोफोनमा रेकार्ड गराएका द्रौपदी चार हरण , सुदामा चरित्र र स्वस्थानी नाटक छन् । उपरोक्त यस्तो अमर इतिहास छाडेर देशभक्त बहादुर सिंह बरालजीको विक्रम सम्वत २०१९ सालमा स्वर्गरोहण भयो ।

बहादुर सिंह बराल एक सैनिक थिए तर उनको हृदयमा आफ्नो देश,देशको बन्धुबान्धव र त्यस देशमा रहेका खोला नाला सबैमा गहीरा प्रेम थिए । यसै प्रेमले गर्दा आफ्नो देशको राष्द्रिया धून गाउन नपाएकोमा उनको हृदयमा प्रेमको ज्वाला निस्क्यो र उनी यतातिर लागे । आखिर गरे के हुन्दैन ? उनी एक सैनिक भएर पनि नेपाली राष्द्रियतालाई उचाल्न आफूले सक्दो योगदान दिई अमर भए ।परेको बेला देशको इज्जत राख्दै आएका हाम्रा भूतपूर्व सैनिकहरुले यो कूरा बुझिदिनु परेको छ ।

बहादुरसिंह बरालले गोरखालीहरुका बीचमा ढोगभोट को कार्यक्रम पनि सञ्चालन गरेको र त्यसका लागी एउटा छुटै पुस्तिका समेत प्रकाशित गरेको देखिन्छ । तत्कालनि भारतमा सामाजिक एकता कायम गर्ने उद्देशयले आर्य समाजीहरु मन्दिर,इसाईहरु चर्चमा तथा शिखहरु गुरुद्धारामा जम्मा हुने प्रचलन रहेको र गोर्खालीहरुमा भने त्यस्ता अवस्था नरहेकाले तिनीहरु भारतका अन्य धर्ममा लागी नेपाली संस्कृतिबाट टाढिन थालेको अवस्था तिनमा नेपालीपन र राष्द्रयप्रेमको भावना जगाउने उद्देश्यबाट बाहदुरसिंह बरालले विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई जम्मा गरी साप्ताहीक रुपमा ढोगभेट कार्यक्रम सञ्चालन गर्ने गरेको जानकारी पाइन्छ । यसरी हेर्दा यिनी सामाजिक सुधार र जातीय जागरणसम्बन्धी दूरदर्शी दृष्टिकोण भएका राष्टवादी व्यक्तिका रुपमा देखापर्छन् । ढोगभेट वा सत्संगका लागि यिनले गणेश ,भगवती,शिव,गोरखनाथका साथै सबै देवीदेवताहरुको स्तुति गान गर्ने श्लोकहरु रचना गरेको देखिन्छ । यी सबैको स्तुतिगान गरिसकेपछि अन्त्यमा गरिने आरती पनि यिनले लेखेका छन् । यिनको गोरखाली ढोगभेट को चांजो नामक पुस्तिका हाल अनुपलब्ध रहेकाले पाठकीय जानकारीका लागि यसै पुस्तकको परिशिष्ट १ मा राखिएको छ ।

द्रोपद चीरहरण, ध्रुवचरित्रजस्ता नाटक लेखि तिनलाई ग्रामोफोनका माध्यमबाट रेकर्ड गराएर विभिन्न ठाउँमा प्रचार गराउने बरालको आस“ुजस्तो प्रसिद्ध कृतिका स्रष्टा बहादुरसिंह बराल नेपाली कविताको माध्यमिक कालीन कवि शम्भुप्रसाद ढुङ्गेल ,लेखनाथ पौडेल आदिका समकालीन विशिष्ट साहित्यकार भएर पनि नेपाली साहित्यको इतिहासमा कम चर्चाका कारण ओझेलमा परेका गीत/गजलकार हुन् । त्यस अवधिमा नेपाली भूमिबाट थुप्रै गीत/गजलहरुको रचना गरेको पाइए पनि विदेशी भूमिमा बसेर नेपालीमा गीत / गजलको रचना गर्ने केही साहित्यकारहरुका पङ्क्तिमा बराल कम चर्चित, तर विशेष उल्लेखनीय व्यक्तित्व हुन् ।यिनी साहित्यकारका अतिरिक्त समाजसेवी एवं समाजसुधारक जागरणमुखी व्यक्तित्वका रुपमा समेत परिचित छन्। साहित्यतर्फ थोरै मात्र अभिरुचि भएकालाई पनि त्यसतर्फ लाग्न उत्पेरित गर्नु, आफ्ना कृतिमा अरुका पनि रचना समावेश गर्न दिनु, बराल मण्डली बनाएर सामयिक रुपमा जातीय–सांस्कृतिक उत्थानमा क्रियाशील हुन् बरालका विशिष्ट र अनुकरणीय गुण हुन् । यिनको मृत्यु २०१९ साल कात्तिक २ गते तदनुसार सन् १९६२ अक्टोबर १८ मा भएको हो ।

३. बरालको आँसुको परिचय

बरालको आँसु एकपटक मात्र छापिएको एउटै कृति नभएर विभिन्न रुपमा अनेकपटक छापिएको कृतिहरु सहज रुपमा उपलब्ध हुने स्थिती नरहेकाले पाठकीय हितलाई ध्यानमा राखेर उपलब्ध भएजति कृतिहरुको परिचय आवश्यक भएकाले थप जानकारी दिइन्छ । बहादुरसिंह बरालद्धारा रचित गीत ,गजल ,भजन सङ्ग्रह बरालको आ“सुको पहिलो भाग यिनी सेवा निवृत्त हुनुपूर्व नै सन् १९३४ मा पुस्तकाकार रुपमा प्रकाशित भएको र यो कृति सन् १९३८ सम्ममा विभिन्न पटक गरी पा“च भागमा छापिएको देखिन्छ । यसको पहिलो,दोस्रो र तेस्रो भाग छुटै छापिएको भेटिएको तर चौथो भाग पनि छुटै छापिएको हुनसक्ने देखिन्छ । यसका प्रकाशित सबैजसो भागमा प्रकाशन मिति भने उल्लेख गरिएको छैन । यसको पाँचै भाग छापिएपछि यो कृति निकै लामो समयसम्म अनुपलब्ध रहेकाले २०५० सालमा उनकै सुपुत्र खड्गजीत बरालको प्रकाशकत्वमा नवीन संस्करण भनी पुनः प्रकाशीत भएको छ । शोधखोजका क्रममा फेला परेका बरालको आँसुका सबै संस्करणबारे क्रमशः परिचयात्मक टिप्पणी प्रस्तुत गरिन्छ ।    

उपलब्ध कृतिहरुमध्ये बरालको आँसु ( प्रथम भाग ) मा प्रकाशन बर्ष उल्लेख नभए पनि त्यस पुस्तकमा मास्टर मित्रसेनका नामबाट लेखिएको भूमिकामा ११.१०.१९३४ उल्लेख गरिएको हुँदा यसको प्रकाशन मिति पनि मोटामोटी यही हाराहारी हुनसक्ने देखिन्छ ।

बरालको आँसु ( प्रथम भाग ) को अवरण पृष्ठ यस्तो छ ।

साभार: बरालको आँसु बाट

टाइपिस्ट सहयोगी:सन्जय सिँजाली मगर

Last Updated on Thursday, 16 June 2016 02:11

Hits: 4856

संघीय जनमुक्ति पार्टीको आसन्न पाचौं महाधिवेशन : छोटो विवेचना

– नन्दवहादुर घर्तीमगर

१) प्रारम्भमा यो पार्टीको नाम राष्ट्रिय जनमुक्ति पार्टी । परशुराम तामाङसँगको एकीकरणपछि गणतान्त्रिक संघीय जनमुक्ति पार्टी र पछिल्लो संशोधित नाम संघीय जनमुक्ति पार्टी । “यो गर्दा हुन्छ कि अथवा ऊ गर्दा हुन्छ” पार्टी नेतृत्व अन्यौलले भरिभराउ ।  

२) यो पार्टीले जातीयमुक्तिको लाइन उहिल्यै छोडिसक्यो र हाल संघवादी दिशातिर वरालिईरहेको यो पार्टीको नामले पनि काफी पुष्टि गर्दछ ।

३) प्रारम्भमा जातीयमुक्तिकामी राजमुपामा गोलवन्द हुदैथिए । राजमुपाको माध्यमवाट सिंहदरवार जाने वाटो तय भइसकेको थियो । यो कुरा सत्ताधारीलाई थाहा भएपछि यसलाई विथोल्न एमएस थापालाई सत्ताधारीले अघि सा–यो ।  

४) कार्यकर्तालाई संघवादी (जातीय संघीयता) वाटोमा हिड्न लगाउनु, सिमाङकनमा वराल्नु, पार्टीलाई अर्को कुनै पार्टीमा गाभ्ने मिसन पूरा नभएपछि जेठ २१ र २२ गतेको केन्द्रिय समितिको निर्णयले त्यसको ६ दिनपछि उहि महिना जेठको २८–३० गते महाधिवेशन वोलाउनु पार्टीको मेडिकल डेथ (मृत्यु) नै हो ।

५) पार्टी आफनै खुट्टाले हिड्न उसलाई वैचारिक खुराक अपरिहार्य हुन्छ । वैचारिक खुराकको अभावमा त्यो पार्टी स्वाभाविक रुपमा अपाङ्गता हुन्छ । हालको संघीय जनमुक्ति पार्टीले जहिले पनि गठवन्धन, मोर्चावन्दी, एकीकरण र विलयको वैशाकी खोजिरहनुले स्पष्ट प्रमाणित हुन्छ कि यो पार्टी वैचारिक खुराकको अभावमा अपाङग छ । अपाङगताको धर्म हो वैशाकी रोज्ने ।

६) पार्टीको निर्णयको ६ दिन लगत्तै हुने आसन्न पाँचौं महाधिवेशनको पार्टी यो धर्तीमा जीवित होला कि नहोला ? सामान्य मान्छेले भन्नसक्छ कि त्यो पार्टीको मृत्यु भइसकेको छ । किनकि सानो एनजिओ वा क्लवले पनि ६ दिनको अवधिमा साधारणसभा वोलाउन उसको विधानले साथ दिदैन र व्यवहारिक हिसावले पनि त्यो काम गर्न असमर्थ हुन्छ ।

७) पार्टी कार्यकर्ताले सोचेजस्तो यो पार्टीको नेतृत्व कदापी होइन, संक्रमित नेतृत्व हो । कतै आफुजस्तै सोंच राखेको छभने त्यो दृष्टिभ्रम हो, सच्चाउनुपर्छ ।

८) यो पार्टीलाई दिशाविहिन वनाउने सत्ताधारीको मिसन पूरा भएपछि यसको नेतृत्वलाई कुकुरले हड्डी छोडे झैं छोडिसकेको छ । अहिले नेतृत्वलाई निल्नु न ओकल्नु भएको छ । अव यो पार्टीको दुइटा विकल्प छन् ती हुन् 

(क) महाधिवेशनले विघटनको घोषणा गर्ने,

(ख) कुनै पार्टीमा विलय गराउने । पार्टी विलय गराउने नेतृत्वको वुदा नं. (ख) को उद्धेश्यमा इमान्दार कार्यकर्ताले विथोलेको हुनुपर्छ त्यो उद्धेश्य पूरा नभएपछि ६ दिनमा महाधिवेशन वोलाई नेतृत्वले काम टारेको हो ।  

९) महाधिवेशनपछि पार्टी हिड्नसक्ने कुनै वैचारिक र सांगठनिक आधार छैन । यो त इमान्दार कार्यकर्ता थल्याउने, थकित पार्ने, हायलकायल पार्ने र पार्टी विलयमा सहज स्थिति सिर्जना गर्ने काममा मात्र नेतृत्वले आफनो वाँकि काम खर्च गर्नेछ । कुनैवेला क्यान्टोनमेन्टमा रहेका माओवादी लडाकुहरु र कार्यकर्ता पंक्तिलाई नेतृत्वले थकित पारेपछि मात्र समायोजनको नाममा लडाकु संगठन विघटन हुनपुगेको हो । यहि वाटोमा संघीय जनमुक्ति पार्टीको नेतृत्व छ । यो सयमा सय प्रतिशत सत्य कुरा हो ।

२६ जेठ २०७३

 

 

Last Updated on Wednesday, 08 June 2016 15:32

Hits: 1099

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी