A+ A A-

राष्ट्र मक्काउने धमिराको यस्तो रँजाई कहिलेसम्म ?

 जीवन मंगोल,

सन् १९५९ मा गोरखाका सोझा दयालु स्वभावका धनी घले राजालाई चतुर सड्यन्त्रकारी द्रव्य शाहले ठुन्काउदै गोरखा कव्जा गरे सँगै लम्जुङ हुँदै पृथ्वी नारायण शाहका बाबु नरभुपाल शाहले नुवाकोट आक्रमण शुरु गरे सफल भएनन् । पछि त्यो अधुरो बाबुको सपना पुरा गर्न दोस्रो पटक पृथ्वी नारायण शाहले आक्रमण गरे हातमा लाग्यो शुन्य भएपछि तेस्रो पटक मात्र नुवाकोट जीते । त्यहाँबाट मंगोल मास्ने अभियान चलाएका पृथ्वी नारायण शाहकाका पछि १२ जना गद्धिमा बसेर मंगोलहरुलाई लुटे, कुटे र जंगली बनाइ दिएको इतिहास साँची छ ।


सन् १८०६ देखि १८४६ सम्म धेरै जसो क्षेत्रीहरु प्रधानमन्त्री बने । किनकी राजाको आज्ञा पालन गर्ने क्षेत्री भएकाले पनि बढि क्षेत्रीहरु त्यस समय प्रधान्मन्त्री बनेको देखिन्छ । एवं् प्रकारले १८४६ देखि १९५१ सम्म श्री ३ राणाहरुले चलाए । जंगवहादुर राणाले नेपाली शाहहरुले मतुवाली बनाएर, विभिन्न उपनाम दिएर खण्डीकरण गरिरहँदा त्यसलाई नयाँ ढाँचामा रुपान्तरण गरि मंगोललाई फुटालियो । हिन्दूवाद नयाँ मनुस्मृतिको रचना गरेर नेपालका भूमिपुत्र मंगोलहरुको संस्कृति, धर्म, भाषा लोप गराउने, जातिव्यवस्था छुतअछुतको व्यापक विजारोपन भयो । शिक्षावाट वञ्चित गराइए । १९१० मा मुलुकी ऐन वनाई पानी चल्ने र नचल्ने मासिन्या र नमासिन्या भन्ने जस्ता नीतिहरु निर्माण गरिदिए । जुन समाजमा अहिले पनि लागू भएको छ । वल्ल राणाहरुको विरुद्ध श्रीपति गुरुङले त्यस्तो निरंकुश शासनको विरोध गरे श्रीपति जंगेको हातबाट टुडिखेलमा तिन ठुन्का हुनु प¥यो । तर त्यो अभियान रोकीएन । लखन थापा मगर जस्ता वीर शहिदको उदय भएता पनि राणाले के टिक्न दिन्थ्यो । राणा फ्याक्न गंगालाल, धर्मभक्त र शुक्रराज शास्त्री नेवार मंगोलहरुले शाहस गरे जंगे शासकले मारिदिए । रामप्रसाद राईले विद्रोह गर्न खोज्दा उनलाई पनि मारि दिए विचरा मंगोल बनाइदिए ।


सन् १९५१ देखि १९६० सम्ममा बाहुनक्षेत्रीले पालै पालो मोज गरे । ९ वर्षको अवधिमा ८ जना प्रधानमन्त्री बने । सबै कोइराला बाहुनको रँजाइ चल्यो । नेपाली कंग्रेस जो सामन्ती बाहुनहरुको पार्टी बन्न पुगेको छ यस समय ।१९४६ तिर कंग्रेसको स्थापना भारतमा भएको हो र विपी पनि भारतमा नै जम्मिएका हुन । सन् १९६० मा पञ्चायत लागू भयो र १९९० सम्म ३० वर्ष राज गरे श्री ५, श्री ३ र श्री ६ बाहुन क्षेत्रीहरुले । त्यो अवधिलाई जहाँनिया राणा शासन पछिको सबै भन्दा अध्यारो मानिन्छ । जतिवेला नेपालमा मंगोलहरु माथिको ज्यादति चरम उत्कर्षमा पु¥याइयो । एक धर्म, एक भाषा र एक भेषको नीति लागु गरे । मानव अधिकारको हनन् मात्र भएन मानव अधिकारको वर्खिलापमा बाहुनक्षेत्री श्री ५ राजाले गर्न नहुने सबै खाले काम ग¥यो । नेपाललाई हिन्दु राष्ट्र घोषणा गरे । यो ज्यादती धेरै लामो समय टिक्न सकेन । १९९० मा बहुदल फर्कियो । पञ्चायतकालमा पनि बाहुन क्षेत्रीहरु नै माथिल्लो ओहोदा रहे ।


३० वर्षे अवधिमा १५ जना प्रधानमन्त्री बने त्यहि हुलमा एकजना मरिचमान सिंह श्रेष्ठ वाहेक सबै बाहुन क्षेत्री नै थिए । त्यतिवेला राजालाई विस्णुको अवतार भन्दै जनतालाई पुज्न लगाइयो । तर विष्णु अवतारको अवतारको परिवारमा कहिल्यै नसोचिएको घट्ना घट्न पुग्यो । राजा भएपछि क्षेत्रीहरु बढि विश्वास पात्र हुने हँदा सूर्यवहादुर थापाले ३ पटक, तुल्सी गिरीले ३, कृति निधि विष्टले ३, लोकेन्द्रवहादुर चन्दले २ पटक नगेन्द्र रिजाल २, गेहेन्द्र राज भण्डारी र मरिचमान एक–एक पटक प्रधानमन्त्री पड्काए । सन् १९९० पछिको नेपाली राजनीति कम रमाइलो छैन । माओवादीको उदय, दरवार हत्या काण्ड, ज्ञानेन्द्रको ‘कु’, राजतन्त्रको अन्त्य र लोकतन्त्रको स्थापना ।


सत्तामा चाहि जसो गर्दा पनि बाहुन क्षेत्रीनै थिए । १९ वर्ष अर्थात २००८ सम्मको अवधिमा १४ जना बाहुन क्षेत्रीले पालै पालो सत्ता चलाए । २००८ देखि हाल सम्मको अवस्थालाई नियाल्दा सत्ता बाहुनको एक्लौटी भयो । ८ वर्षमा ९ जना प्रधानमन्त्री जनताले देख्ने अहोभाग्य मिल्यो । तर दिगो शान्ति, विकास र संमृद्धि अनि जनताको भाग्य रेखा कोरियन । १९९० देखि अहिलेसम्मको संसदीय अभ्यासलाई गहिरो अध्ययन गरेर ल्याउँदा बाहुनहरुको मोज गर्ने व्यवस्था बनेको छ । २६ वर्षको अवधिमा २४ पटक नेतृत्व परिवर्तन हुनु अत्यन्तै अस्वाभाविक हो । यसले के स्पष्ट छ भने देशलाई बाहुन क्षेत्रीले जतिञ्जेल चलाए पनि विकासको गफ दिए तापनि बन्न सक्दैन । आज पनि गिरिजाको ठाउँमा प्रचण्ड आउँदैछन् । नयाँ नेतृत्व प्रदान गर्न जसले यसअघि ९ महिना सरकार चलाएका थिए ।


नयाँ सरकारको पनि ९ महिना नटिक्ने निश्चित छ । किन कि सत्ता गठबन्धन कांग्रेसका शेरबहादुर देउवा आफ्ना पालो कुरिरहेका छन् । सन् १५५९ देखि २०१६ सम्मको अवधिमा बाहुन क्षेत्री र तिनीहरुको मेरुदण्ड राजतन्त्र अनि मोजतन्त्र बनाएको लोकतन्त्रमा गरेर करिब ४१४ वर्ष सत्तामा रहेका छन् भने ४ वर्ष मात्र मरिचमानसिंह श्रेष्ठले प्रधानमन्त्री चलाएको इतिहास साक्षी छ । लोकतन्त्र स्थापना भएपछिको समावेशी नारा दिने बाहुन क्षेत्रीको असली व्यवहारलाई संसारले हेरि नै रहेको छ र नेपालका जनताले पनि देखेका छन् । के यो मुलुक बाहुन क्षेत्री र राजाहरुको मात्रै पेवा हो ? यहाँ प्रश्न तेर्सिएको छ । एउटा थपना जस्तो पदमा अल्झ्याएर देशको तालाचावी चाहिँ बाहुन क्षेत्रीको खल्तीमा राख्ने अधिकार मंगोलहरुले दिनु हुन्न भन्ने चेतनाको ढकन खोल्नु जरुरी छ ।

मंगोलभिजनबाट 

Last Updated on Tuesday, 13 September 2016 15:26

Hits: 631

सम्झनामा : गोरे बहादुर खपाङ्गी

–सुरेन्द्र थापामगर 

होची मिङ्गको जस्तो झुस्स दाह्री, अग्लो कद, पावरवाला चस्मा, विरोधीलाई शब्दवाणले झापड हान्ने खुबी स्वर्गीय गोरेबहादुर खपाङ्गीको बाहिरी परिचय हुन् । २००३ साल साउन २५ गते उदयपुर जिल्लाको दमैडाँडाको जल्केनीमा जन्मेका स्व. खपाङ्गी मगर यतिखेर हामी माझ हुनु हुन्न । खपाङ्गीसँग मेरो भेट म कास्की जिल्ला मगर संघको सचिव हुँदा भएको थियो । पछि म नेपाल मगर संघको महासचिव भएपछि उहाँसँगको मेरो निकटता प्रगाढ बन्दै गयो । खपाङ्गीको भाषण सुन्ने भनेपछि आममगरहरु हुरुक्क हुन्थे । आमनागरिकले बुझ्ने गरी गाउँले झर्रा भाषामा धारा प्रवाह भाषण गर्ने कला स्व. खपाङ्गीको थियो ।

बाल्यकाल र शिक्षा :

खपाङ्गीको बाल्यकाल औसत मानिसको जसरी बित्ने गर्दछ त्यसरी नै बितेको थियो । २ वर्षको हुँदै उनको परिवार उदयपुरबाट महोत्तरीबाट बसाइँ सरेका थिए । बाबा अमृतबहादुर खपाङ्गी र आमा पदममाया खपाङ्गीको दोस्रो सन्तानको रुपमा उनको जन्म भएको थियो । उनको बाल्यकाल महोत्तरीको रामनगरमै बित्यो । महोत्तरीको त्रिभुवन माध्यमिक विद्यालयबाट २०२० सालमा उनले म्याट्रिक पास गरेका थिए । यसैगरी जनकपुरको रामसागर बहुमुखी क्याम्पसबाट उहाँले आइ.ए.पास गर्नुभएको थियो । पछि त्रिभुवन विश्वविद्यालयबाट स्व. खपाङ्गीले अंग्रेजी साहित्यमा एम.ए. गर्नुभएको थियो । अंग्रेजी साहित्यकै देनअनुसार उहाँ अंग्रेजीमा पनि धारा प्रवाह भाषण गर्नु हुन्थ्यो ।

सुरुको राजनीतिक आस्था :

कलेज जीवनमा उहाँ बामपन्थी विचारधाराबाट प्रभावित हुनुहुन्थ्यो । उहाँ तत्कालीन नेकपा माले विद्यार्थी संगठन अखिल अनेरास्ववियुमा आबद्ध हुनुहुन्थ्यो । २०३६ सालको विद्यार्थी आन्दोलनताका वहाँ रामेछाप जिल्लाको गौरीशंकर माध्यमिक विद्यालयमा प्रध्यानाध्यापक हुनुहुन्थ्यो । शिक्षक संगठनमा सक्रिय खपाङ्गी २०३६ साल मंसिर २६, २७ र २८ गते हेटौडाको भुटनदेवी माध्यमिक विद्यालयमा सम्पन्न नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम भेलाबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । पछि २०४३ सालमा नेकपा मालेले पंचायतको भण्डाफोर गर्न जनपक्षीय उम्मेदवार बनाएर उहाँलाई महोत्तरीबाट लडाएको थियो । समयक्रममा उहाँको बामपन्थी राजनीतिसँग मोहभङ्ग भयो । त्यसपछि वहाँ र एमएस थापामगर मिलेर २०४८ साल माघ ६ गतेको दिन राष्ट्रिय जनमुक्ति पार्टी स्थापना गर्नुभयो ।

राजनीति र मगर संघ :

स्व. खपाङ्गी २०३९ साल फागुन १५ र १६ गते तनहुँको दमौलीमा सम्पन्न तत्कालीन लाङ्घाली परिवारको संस्थापक सदस्य हुनुहुन्थ्यो । त्यसपछि २०४८ सालदेखि २०६० सालसम्म वहाँ नेपाल मगर संघको अध्यक्ष रहेर सिंगो मगरको नेतृत्व गर्नुभयो । राष्ट्रिय जनमुक्ति पार्टीको वरिष्ठ नेता र मगर संघको अध्यक्ष रहँदा वहाँले कामको तालमेल मजैले मिलाउनुहुन्थ्यो । दिउँसो मगर संघको काम राति पार्टीको काममा ध्यान दिनुहुन्थ्यो । कतिपय बेलामा मगर संघलाई जनमुक्तिकरण गरियो भनेर उहाँको आलोचना पनि नभएको होइन । तथापि वहाँको व्यक्तित्वले यी आरोपलाई ओझेलमा पारेको थियो । वहाँले जातीय उत्पीडनको बारेमा देशभित्र र देशबाहिर व्यापक सचेतना ल्याउनुभएको थियो ।  

२०५८ सालतिरको कुरा हो । राष्ट्रिय जनमुक्ति पार्टीमा अध्यक्ष एमएस थापामगर र स्व. खपाङ्गीबीच फाटो सुसप्तरुपमा देखापर्न थाल्यो । विकासको लागि संघीयता चाहने स्व.खपांगीको अगाडि अध्यक्ष थापाले जातीय संघीयता ल्याइदिएपछि यी दुई नेतावीच वैचारिक मतभेदको विजारोपण प्रारम्भ भयो । मतभेद घनिभूत हुदैगएपछि २०६० सालमा स्व.खपांगीले आफनै अध्यक्षतामा प्रजातान्त्रिक जनमुक्ति पार्टी नयाँ पार्टी दर्ता गर्नुभयो । दुवैतर्फका पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरुको दवावको कारण पार्टी अलग भएको ५ वर्षपछि २०६५ सालमा पुनः पार्टी एकीकरण भयो । एकीकृत पार्टीमा नेता खपांगी वरिष्ठ नेताको जिम्मेवारी सम्हाल्नुभयो ।

पार्टी एकीकरण भएको २ वर्षपछि २०६७ सालमा राजमुपाको चौथो महाधिवेशनमा उहाँ पार्टी अध्यक्षको उम्मेदवार वन्नुभयो । अध्यक्ष एमएस थापामगरसँग झिनो मतले वहाँ पराजित हुनुभयो । अध्यक्षमा निर्वाचित एमएस थापामगरले नवचिर्वाचित पदाधिकारीहरुको घोषणासभाको भाषणमा भने, ‘खपाङ्गी हिजो पनि हाम्रो पार्टीको नेता आज पनि नेता भोलि पनि नेता हो ।’ तर, केन्द्रीय समितिको पहिलो वैठकले महाधिवेशनमा पराजितहरुलाई मनोनयन नगर्ने निर्णय गरिछाड्यो । यो निर्णयको अन्तरवस्तु स्व. खपाङ्गीलाई पार्टीवाट निकाला नै हो भन्ने वहाँका निकट व्यक्तिहरु बताउँछन् । राजमुपाले यस्तो निर्णय गरेको २ वर्षपछि २०६९ सालमा उहाँकै नेतृत्वमा लिवरल डेमोक्रेटिक पार्टी गठन गर्न बाध्य हुनुभयो । २०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा यो पार्टीले पनि भाग लियो । यद्यपि नेता खपांगी हस्पिटलमा मृत्युसँग लडिरहनु भएको थियो ।

मन्त्री पद र टीका प्रकरण :

राजा ज्ञानेन्द्रले २०५९ सालमा प्रजातान्त्रिक शासन व्यवस्था हातमा लिएपछि नयाँ सरकार गठन गर्न स्वच्छ छवी भएका १/१ जना सिफारिस गरी पठाउन भनि क्रियाशील सवै राजनीतिक दलहरुलाई परिपत्र गरे । त्यो परिपत्र राजमुपाको मुख्यालयमा पनि आयो । पार्टीले एकजना सर्वसम्मत पठाउन नसकेपछि १२ जना नेताहरु सिफारिस गरि पठायो । उक्त १२ जनाभित्र अध्यक्ष थापा र नेता खपांगी हुनुहन्थ्यो । अन्ततः नेता खपांगी महिला तथा बालबालिका मन्त्रीमा नियुक्त हुनुभयो ।

टीका प्रकरण यति उछालियो कि स्व. खपाङ्गीले यसबारे स्पष्टिकरण दिने मौका नै पाउनुभएन । वहाँले टीका लगाउनु भनेको मन्त्री पदको गरिमा बचाउनु थियो भन्नेहरु पनि छन् । अर्कोतर्फ एउटा मुस्लिम मन्त्रीले टीका लगाउँदा टिप्पणी हुँदैन तर खपाङ्गीले टीका लगाउँदा टिप्पणी हुन्छ किन ? भनेर उल्टो प्रश्न सोध्नेहरु पनि थिए । दशै टीका प्रकरणमा उनले एउटा प्रसंगमा भनेका थिए वास्तवमा मैले टीका लगाएकै हो । राजा खुसी हुन्छन् कि भन्ने चाहनाले टोपी माथि सारेर निधार थापेकै हुँ । मेरो भित्री चाहना राजालाई खुसी बनाएर पाठ्यक्रमबाट संस्कृत शिक्षा हटाउनु थियो । उनको यो तर्कलाई मगर समुदायले गम्भीर रुपमा लिन मानेन । हिन्दू धर्म संस्कृतिबाट आदिवासी जनजातिमाथि दमन र उत्पीडन थोपरिएको छ भनेर गाउँ गाउँमा भाषण गर्ने खपाङ्गीलाई राजाको अगाडि शिर निहुर्याएर निधार थापेको वास्तवमा मगर समुदायले नरुचाएकै हो ।

जनजाति आवाजका अगुवा :

पहिले जनजातिका बारेमा चेतना छर्ने गोपाल गुरुङको नाम सुस्त सुस्त सुनिन्थ्यो । तर जातीय मुद्दालाई सतहमा ल्याउने हिम्मत कसैको थिएन । नेपालको विद्यमान जातीय विभेदलाई सामाजिक मुद्दाको रुपमा बहसमा ल्याउने हिम्मत सर्वप्रथम स्व. गोरेबहादुर खपांगीले गरे । खपांगीलाई सुरु सुरुमा साम्प्रदायिकताको आरोप लगाइयो । तर उनले उठाएको मुद्दा समावेशीकरण समानुपातिक र धर्मनिरपेक्षता आज राजनीतिको अभिन्न अंग बनेको छ । नेपालको राजनीतिक द्धन्द्धको मुल अन्तरबस्तु यसैमा अडेको छ । अहिले आदिवासी जनजाति, मधेसीहरुले उठाएका संवाहक पनि खपांगीले दर्ज गरेका मुद्दाहरु नै हुन् । कम्युनिष्ट दर्शनले मात्र नेपालको सामाजिक जातीय अन्तरबिरोध हल गर्न सक्दैन भन्ने उनको विचार थियो । खपाङ्गीले एकपटक नेपाल आदिबासी जनजाति महासंघको भेला आयोजक बनेर पनि महासंघलाई समेत नेतृत्व गरेका थिए । उनी मगरका मात्र नेता होइनन्, आम उत्पीडित समुदायका अगुवा सर्वमान्य नेता थिए । जातीय विभेदको मुद्दालाई जसरी उनले उठाए त्यसलाई राजनीतिक दलमार्फत स्थापित गर्न उनी विभिन्न कारणवश अस्थिर रहे । सुरुका दिनमा जुन उत्साह र उमंगका साथ राष्ट्रिय जनमुक्ति पार्टी गठन भएको थियो । आफैले स्थापना गरेको पार्टीमा अटाउन नसकेपछि प्रजातान्त्रिक जनमुक्ति पार्टी गठन गर्नुपर्ने बाध्यतासम्म पुग्यो । जीवनको अन्तिम घडीमा वहाँ लिवरल डेमोक्रेटिक पार्टीको झण्डामुनि बस्नुप–यो ।

दुर्घटना र मृत्यु :

गत २०७० साल बैशाख १२ गते काठमाडौको राष्ट्रिय सभागृहमा नेपाल अन्तराष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सव हुँदै थियो । खपाङ्गी आफ्नो डेरा ललितपुरबाट बस चढी झरेर सभागृहतिर दिनको करिब ११ बजे भृकुटी मण्डपबाट जाँदै गर्दा वा. ५१ प ७३७३ नं. को मोटरसाइकलले वहाँलाई ठक्कर दियो । वहाँको टाउको सडकमा बजारियो । मोटरसाइकल चालक थिए, भक्तपुर बस्ने मोहम्मद नसिम शेख । वहाँलाई सुरुमा वीर हस्पिटल लगियो त्यसछि अन्नपूर्ण अस्पताल पु¥याइयो । पछि काठमाडौैको नर्भिक अस्पतालमा वहाँको त्यही उपचार गर्दा पनि स्वास्थ्यमा कुनै सुधार नभएपछि थप उपचारको लागि सिंगापुरको माउन्ट एलिजावेथ नोभेना अस्पतालमा लगिएको थियो । उपचारमा संलग्न व्यक्तिहरुका अनुसार अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराउँदा वहाँलाई लापरबाही भएको भनी बताइन्छ । वहाँको घाँटीमा उपचारको क्रममा प्वाल पारिएको थियो । उक्त प्वाल कुन प्रयोजनको लागि पारिएको भन्ने बारेमा काठमाडौंस्थित न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन प्रा.डा.उपेन्द्र देवकोटा र सिंगापुरका डा.आइभनले समेत सोधेको कुरा बाहिर आएको अवस्था छ । वहाँ दुर्घटनापछिको केही समयपछि ३ वर्ष ३ महिना २९ दिन अर्थात् २०७० बैशाख १२ देखि २०७३ भदौ ११ गतेसम्म बेहोस अवस्थामै हुनुहुन्थ्यो ।

खपाङ्गीको दुर्घटनापछि हुमबहादुर थापामगरको अध्यक्षतामा गोरेबहादुर खपाङ्गी फाउण्डेसन २०७२ गठन गरिएको छ । फाउण्डेसनका अध्यक्ष थापामगरका अनुसार ललितपुरस्थित कार्यविनायक नगरपालिका वडा नं. १८ डुकुछापमा रहेको पबिता सुस्लिङ मगरको नामको ३ आना जग्गामा स्व.खपाङ्गीको पार्थिव शरीर गाडेर सुरक्षित राख्ने र चैत्य निर्माण गरी श्रद्धालु तथा भक्तजनहरुको एक तीर्थस्थलको रुपमा विकास गर्ने योजना थियो । सम्पूर्ण पहल गर्दा पनि उक्त जग्गा वरिपरिका छिमेकीहरुले सहमति नदिएपछि नेपाल सरकारको सशस्त्र प्रहरी वलको एक टुकुडीको सलामीसहित वौद्ध परम्परा अनुसार काठमाडौंको स्वयम्भूमा दाहसंस्कार भयो । वहाँको अष्टधातु दाह्री, कपाल, नङ, खप्पड, खरानी समेत हाल अन्वेषणको लागि जीवी फाउण्डेशन र एलडीपीको मातहतमा सुरक्षित राखिएको छ ।

यतिबेला आफ्नो लामो दाह्री मुसार्दै जातीय उत्पीडनको बारेमा आक्रामक भाषण गर्ने गोरेबहादुर खपाङ्गी हाम्रो माझ छैनन् । उनले मगर संघ र सिंगो उत्पीडित समुदायप्रति गरेको योगदानको आगामी दिनमा अवश्य मूल्यांकन हुनेनै छ । खपाङ्गीले उत्पीडित आदिवासी जनजातिको कुरा उठाउँदा जहिले पनि शान्तिपूर्ण तवरले उठाए, कहिल्यै पनि हिंसात्मक आन्दोलनको पक्षमा उनी रहेनन् । यो नै उनको सकारात्मक पाटो हो । जिउँदोमा गाली, मरेपछि ताली लगाउने हाम्रो परम्परा छ । खपाङ्गीको निधनपपछि पनि यो प्रवृत्तिले निरन्तरता पाएको छ । वास्तविकता नेपालको विविधतालाई आत्मसाथ गरेर राज्यका हरेक निकायमा सबै जातजातिहरुलाई समानुपातिक समावेशी सिद्धान्तमा समाहित गरियो भने स्व. खपाङ्गीको सपना पूरा हुनेछ । खपाङ्गीप्रति श्रद्धासुमन ।

लेखकः नेपाल मगर संघ केन्द्रीय समितिका पूर्वमहाचिव हुन ।

Last Updated on Monday, 05 September 2016 16:59

Hits: 2106

खपाङ्गीको मृत्यूको कारण दुर्घटना कि षड्यन्त्र ?

बिजय हितान    

गोरेबहादुर खपाङगी नेपाली राजनीतिमा एक आकर्शक ब्यक्तित्व भएका नेता हुन । सेता दाह्रीजुंगाका मालिक, प्रस्ट र निडर बक्ता, दर्सन र दुरदर्सीपूर्ण भाषण, पृथक अनी नौलो राजनैतिक सिद्दान्तको बिजारोपण गर्नु यसका प्रमुख कारण हुन । मगरका छोरा भएर वंसजले नदिए पनि दाह्री जुंगा पालेर हिँडदा लेनिन हुन खोजेका हुन या कसैलाई चुनौती दिएका हुन त्यो त खपाङ्गिनै जानुन ।

यस्ता शिखर पुरुष मोटरसाइकल दुर्घटनामा परेपछी एकाएक नेपाली राजनैतीक छितिजबाट अस्ताउँदा मानिसमा प्रश्नका भेलहरु उर्लेका थिए । स्पष्टबादि नेतालाई मोटारसाइकलले ठक्कर दिनु दुर्घटना थियो या षड्यन्त्र ? दसैं बहिस्कार आन्दोलनका नायक तर मन्त्री भएपछी आँफैले राजा ज्ञानेन्द्रको हातबाट टिका किन लगाए ? पहिचान र समाबेसिको मुद्दालाई नेपालमा प्रथमपल्ट राजनैतिक बहसमा ल्याउने राष्ट्रिय जनमुक्ती पार्टिका संस्थापक महासचिव तर मोटरसाइकल दुर्घटनामा पर्नु अगाडिका दिनहरुमा किन निस्कृय देखिन्थे ? साम्प्रदायिकताको आलोचना खेप्दै गर्दा पनि किन र कसकालागी समाबेसिय र समानुपातिक राजनैतिक सिद्दान्तको वकालत गर्दै हिँडे ?

अली अस्ती सम्म उनी कठामान्डु, नक्खु को एक किराय घरमा अर्धचेत अवस्थामा लम्पसार थिए । धर्मपत्नी र छोरा छोरीहरुको स्याहार सुसारमा । राज्यमा भने भरखरै संघिय, समानुपातिक, गणतन्त्रात्मक संबिधान ब्याबस्था लागु भएको छ । धन्दै एक दसक लामो राजनैतिक खिचातानी पछी । जसका सुत्राधार उनै बिस्तरामा लडिरहेका खपाङी थिए जो अहिले हाम्रो माझ छैनन ।

माथिका प्रश्नहरु अन्य नेपाली नागरिकलाई जस्तै मेरो मानस पटलमा पनि झुन्डिरहेको बखतमा  'नेपाली राजनीति र समाजमा खपाङ्गिको देन' पुस्तक गत बर्ष मेरो हात परेको थियो । सन २०१२ मा खपाङ्गी  बेलायत भ्रमणमा रहँदा उँहासँग एउटा अन्तरकृया आयोजना गरेका थियौं । उँहा समक्ष केही प्रश्नहरु राखेको थिएँ- 'इतिहाँस लोप हुनुका एउटा प्रमुख कारण लिखित दस्ताबेज नरहेर हो । तपाईं एक सिर्श नेतामात्रै नभै एक दार्शनिक पनि हुनुहुन्छ भन्ने कुरा तपाईंका गहकिला र दुरद्रशीपूर्ण भासणमा सुन्न पाईन्छन । अब ति कुरा कैले किताबमा पनि पढन पाइएला ? हाम्रा सन्तानले खपाङ्गीका दर्शन र सिद्दान्त के कस्ता थे कसरी सम्झलान ? कतै किताब प्रकाशन गर्ने सोंच त छैन ?'

खपाङ्गी जी ले सेतो दाह्रीलाई मसार्दै जवाफ दिनु भाथ्यो- 'नढाँटी भन्नु पर्दा, हितान बाबु, सोंच बनाएको त छैन । त्यसकोलागि समय निकालौंला ।'   

रङभेद र एकाधिकार बिरुद्दको लडाईं लडेका नेल्शन मन्डेलालाई नेपालका प्राय सबै राजनैतिक दलका नेताले खुबै गुणगान गाउँछन । तर त्यस्तै अभियान बोकेर हिंडेका खपाङ्गीको कटु आलोचना गरिन्छ । उत्पिडनमा पारिएका आदिवासी जनजाती समुदायको मुक्ती र बिभेदलाई अन्त्य गर्न अहोरात्र खटिएका, समाबेसी र समानुपातिक सिद्दान्तमा आधारित ब्याबस्थाको माग गर्ने महान समाजवादी शिखर पुरुष थिए खपाङ्गी । यस्तो अतुलनिय देनले गर्दा खपाङ्गीलाई नेपाली जनताले मन्डेलाको स्तरमा उभ्याउँदै सम्मान ब्यक्त गर्दछन ।

ऊच्च शिक्षा हाँसिल पस्चात शिक्षण पेसामै छँदा नेकपा (माले) का सकृय सदस्य बनेका रहेछन खपाङ्गी । सामाबेसिको आधारमा अन्य जातीका नेतालाई पनि पोलिटब्युरो र केन्द्रिय समितिमा राखिनु पर्छ भन्ने माग गर्दा कुरा नमिलेर पार्टी पारीत्याग गरेछन । त्यसै पार्टीका एक नेताले- 'धरान, पोखरा, बुटवल जस्ता शहरमा बनेका मगुरालीका भवनहरु हामीले मागेका छौं र तिमीले पोलिटब्युरो र केन्द्रिय सदस्य माग्ने ?' भनी खपाङ्गीलाई लाप्पा खुवाएछन ।

खपाङ्गी बिक्रम सम्बत २०५६ को प्रतिनिधि सभाको चुनावमा पाल्पाबाट उठ्नु भयो  । बिक्रम सम्बत २०४७ सालको संबिधान नै उत्पीडित समाजको पक्षमा नरहेको ठहर गर्दै त्यही उत्पीडित समाजको वोकालत गर्ने रास्ट्रीय जनमुक्ती पार्टिले खपाङ्गीलाई चुनावमा नउठाएको भए हुन्थ्यो । बरु लगातार शान्तिपूर्ण बिरोध, जनचेतना, पार्टी संगठन र बिस्तारमा लाग्दै अरु केही बर्ष सरकारमा जाने लालच नदेखाएको भए हुन्थ्यो । झन्डै ७० प्रतिसत मगर समुदाय रहेको निर्वाचन छेत्रबाट उठदापनी खपाङ्गिले हार ब्योहर्नुका कारणहरु राजनैतिक चेतनाको कमजोरिले हुनसक्छ ।

खपाङ्गी दसैं-टिका प्रकरण एकपल्ट नेपालामा तहल्का मच्चाएको बिषय हो । जसलेगर्दा खपाङ्गीको प्रसिद्दिको चुचुरो रातारात गर्लम्म ढलेको थियो । तर खपाङ्गी जस्तो दँसै प्रथाको बिरोधि नेताले किन राजाको हातबाट टिका लगाए त ? सबैको चासोको बिषय थियो । राजनीतिमा सौदा गर्दा केही गुम्छ केही लाभ हुन्छ । लाभ प्राप्त गर्न राजालाई रिझाउनै पर्ने अवस्था श्रीजना भएछ त्यतिबेला । पाठशालाका पाठयक्रमबाट संस्कृत बिषयलाई हटाउन आफुले गरेको प्रस्ताव स्विकार हुन्छ की भनेर खपाङ्गी राजाको हातको टिका थाप्न पुगेको वाँहाले बताउनुहुन्थ्यो । पछी सांसदबाट त्यो प्रस्ताव पारीत भयो । त्यतिले आफ्नो अस्तित्व गिरेपनी देसको ढुकुटिबाट बर्सेनी साँढे चार अरब रुपैँया जोगाउन सफल भएको कुरा पछी वाँहाले गर्नुहुन्थ्यो । यसरी देसको ढुकुटि बचाउन आफुले जोखिम मोलेका खपाङ्गी, दुर्घटनामा परेपछी सरकारले उपचारार्थ पाँच लाख रुपैँया मात्रै दिएछ । जबकी सरकारमा डाडुपन्यु सम्हाल्ने नेताहरुले करोडौं रुपैँया उपचार खर्च पाउँछन ।

दँसै-टिका प्रकरणपछी सुस्ताएका खपाङ्गीलाई सगरमाथा टेलिभिजनको अन्तरवार्तामा आदिवासी जनजातिको आन्दोलन तुहिएको प्रसँग  कोट्याइन्छ । तुहिएको भए असोक राइ, चैतन्य सुब्बा जस्ता नेता कसरी जन्मन्थे भनी उत्तर दिएर आफ्नो बिगतको नेतृत्वले धेरै सबल नेताहरु जन्माइसकेको गर्व गर्दछन । त्यसै अन्तर्वातामा ब्रामणबादको बिरोधमा आफु किन उत्रिएको भनेर खपाङ्गी खरो तरिकाले प्रस्तुत भएका छन ।

आफुलाई 'घोक्र्याएर ल्याइएको' भन्ने उनको भनाइले उनी खुशीले होइन कसैको करकापले उक्त अन्तरवार्तामा गएका थिए भन्ने बुजिन्छ । यदी कसैले उनको मोटारसाइकल ठक्कर दुर्घट्ना होइन षड्यन्त्र हो भन्छ भने उक्त अन्तर्वाता प्रमुख कारण हुनसक्ने प्रसस्तै सम्भावना छ । मन्चको भाषणभन्दा टेलिभिजनको अन्तर्वाता प्रभावकारी हुन्छ । त्यस्तो खालको अन्तर्वाता शायद खपाङ्गिको पहिलो हुनसक्छ । मन्चमा सयौं दर्सक हुन्छन भने एक राष्ट्रिय स्तरको टेलिभिजनको लाखौं हुन्छन । मन्च अगाडिका प्रायजसो सबै आफ्ना समर्थक हुन्छन भने घर-घर बसेर टेलिभिजन हेर्नेहरु बिपक्षका पनि हुन्छन । त्यसैलाई यु-ट्युबमा हालिदिएपछी लाखौं दर्सकले हेरे। यसरी उक्त अन्तर्वाता खपाङ्गिलाई मनपर्नेले पनि हेरे मन नपर्नेले पनि । यस अघी खपाङ्गिका बिचार कोठाभित्र, समर्थकले भरिएका मन्च अगाडि र केही स्थानिय तथा जातिय पत्रपत्रीकाका पानामा सिमित थिए । यसरी मास मिडियामार्फत पहिला कहिल्लै प्रसारण गरिएको थिएन। फल्सरुप खपाङी बिचार बिरोधिहरुले काठमान्डुको कुनै उपल्लो तलामा खपाङ्गिलाई सदाको लागि पन्छाउने ग्रान्ड षड्यन्त्रको योजना बुनिएको हुनसक्छ ।

मोटरसाइकलले हानेपछी ढिलो गरी वीर हस्पिटल पुर्‍याइनु, मोटारसाइकलवाला पहाडे मुलको बाहुन-छेत्री वा आदिवासी जनजाती नभएर मधेसी मुलको मुसलबान हुनु, मोटारसाइकलवाला पनि घाइते भएको र उपचारको क्रममा अचानक अस्पातलबाट त्यसै साँझ पुलिसले गायब बनाइदिएको, अस्पातलमा एक डक्टरले टाउकोमा र अर्को डक्टरले पेटमा असर परेको भन्दै उपचारको जिम्मेवारि लिन नमानेको र ढिला गरेको, त्यसदिन घरमा आफु कतै नजाने जानकारी श्रीमतीलाई बिहान दिएको तर पछी अचानक कसैले फोन गरेपछी घरबाट निस्केको इत्यादी परिस्थितीलाई अनुसन्धान गर्दा उक्त दुर्घटना नभएर एक षड्यन्त्र हुनसक्ने थुप्रै सम्भावना छ ।            

राजनैतिक र सामाजिक कृयाकलापमा सर्बस्व सुम्पेका खपाङ्गी काठमाण्डौमा किरायमा बस्थे । उनी दुर्घटनामा परेपछी परिवारले खर्च ब्यहोर्न सक्ने स्थिती थिएन । तर वास्तवमै उनिलाई यती तिरस्कार गरिएको रहेछ कि नत उनको पार्टिले, न मगर समाजले, न आदिवासी जनजाति महासंघले नै उनको उपचारको नेतृत्व लिने तत्परता देखाएछन । त्यसैले त सङकर लिम्बुको सम्योजकत्वमा 'खपाङ्गी उपचार सहयोग समिती' गठन गरिएको थियो । यसरी धन्दै धन्दै बिर्सिसकिएका खपाङ्गी बिचरालाई कसले उनको दुर्घटनाको छानबिन अगाडि बढावोस ।

इन्भेस्टिगेसनलाई अगाडि बढाइएको भए केही प्रश्नको उत्तर खोज्न सकिन्थ्यो । जस्तो- फोन ट्र्याक गरेर कसले कँहाबाट फोन गरेको थियो र फोनमा के वार्तालाप भएको थियो ? मोटारसाइकल सवार मुसलमान नेपाली नागरिकको भक्तपुरको बसाइ हो कि होइन ? चुरेटाको ब्यवसाय बास्तविक थियो कि थिएन ? उनको नेपाली नागरिकता कँहा र कहिले दर्ता भएको थियो ? मोटारसाइकल कँहा, कहिले र कसको नाममा रजिस्टर्ड भएको थियो ?   

 

   

Last Updated on Thursday, 01 September 2016 04:03

Hits: 1172

गोरेबहादुरले देखाएको जातिय मुक्तिको बाटो

_बलदीप प्रभाश्वर चामलिङ

घाँटीमा अडि्कएको माछाको हड्डीझै राज्यलाई बिझाइरहने एउटा राजनैतिक दलको नाम हो- राष्ट्रिय जनमुक्ति पार्टी । यो पार्टी भौतिक रूपमा शक्तिशाली हुन नसके पनि विचार र मुद्दाका आधारमा सबैको अभिभावक बन्न पुगेको छ । र, यसैको प्रमाण हो- समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता, संघीयता र आरक्षणको मुद्दालाई सबैभन्दा पहिले राजनैतिक घोषणपत्रमा लिखत गर्ने यही जनमुक्ति पार्टी नै थियो ।
गोरबहादुर खपाङी महासचिव रहेको जनमुक्ति पार्टीले ०४८ सालको आमनिर्वाचनमा कल्याणकारी राज्यको अवधारणा अन्तरगत बेरोजगारलाई भत्ता दिनुपर्छ भन्ने घोषणापत्र तयार गर्दा सबैले उडाएका थिए । पछि एमालेले यही अवधारणा पछ्याएर वृद्धभत्ता प्रदान गरेको हो ।


तत्कालीन मनमोहन अधिकारीको नेतृत्वका नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीको पोलिटब्युरो सदस्य भएर काम गरेका मालवर सिंह थापा (एम एस थापा) ले ४६ सालको जनआन्दोलन पश्चात नेपालमा वर्गीयमात्र होइन, जातीय समस्या पनि छ भनेर आफ्नै नेतृत्वमा जनमुक्ति पार्टी स्थापना गरे । यो अभियानमा नेकपा मालेमा आवद्ध गोरेबहादुर खपाङ्गीले नवगठिन जनमुक्ति पार्टीको महासचिव भएर थापालाई सघाए ।
खपाङ्गी र थापा यिनै दुई पात्रको जोडबलमा पार्टीलाई जबरजस्त अगाडि ठेल्ने काम भयो । झण्डै दुई दशकपछि अहिले नेतृत्व दोस्रो पुस्तामा आएको छ । अहिले यसको नेतृत्व खड्गप्रसाद (केपी) पालुङ्वाले गरेका छन् ।
पार्टीको मूल सिद्धान्त
जनता भनेको जातिहरूको समष्टि हो भने जाति भनेको जनताको एकाइ हो । लोकतन्त्र भनेको जनता (जातिहरू) को शासन भएको हुँदा सबै जातिहरूको शासनसत्तामा राजनैतिक प्रतिनिधित्व हुनुपर्छ भन्ने पार्टीको सो पार्टीको निष्कर्ष हो । तसर्थ पहिले जातीय मुक्तिको समस्या हल भएपछि मात्र वर्गीय मुक्ति हुन्छ भन्ने जनमुक्ति पार्टीको ठहर हो ।
जातीय मुक्तिपछि सबै समुदायले आफ्नो अधिकारको महसुस गर्छन् । जनताले आफ्नो राजनीतिक भूमिको महसुस गर्नु भनेको जनताको अन्तस्करण प्रशन्न हुनु हो ।
जनताको अन्तस्करण प्रशन्न हुनु भनेको मुलुकमा स्थायीशान्ति कायम हुनु हो । स्थायीशान्ति कायम हुनु भनेको पुँजी र प्रविधिको परिचालित हुने वातावरण बन्नु हो । पुँजी र प्रविधिको परिचालन हुनु भनेको अर्थिक विकास हुनु हो र त्यही आर्थिक विकास नै वर्गीय मुक्ति हो ।
लिम्बुवानमा बेलाबेला उत्पात मच्चाइदिने धमास पिट्दै हिँड्ने कुमार लिङ्देन, सञ्जुहाङ पालुङवा र कमल छाराहाङ पनि हिजोका जनमुक्ति पार्टीकै हुन्
यसरी वर्गीय मुक्तिसम्म पुग्ने प्रस्थानविन्दु जातीयमुक्ति भएको हुँदा पहिले जनताको राजनीतिक मुद्दा हल हुनुपर्छ भन्ने पार्टीको सैद्धान्तिक व्याख्या हो । सबै वर्ग तथा समुदायका जनताहरूलाई राज्यको नीतिनिर्माणको तहमा पुर्‍याउनु नै जातीय मुक्ति हो ।
विकास निर्माणको प्रकृयामा क्षेत्रीय तथा स्थानीय तहका जानताको सहभागिताको अग्रसरतालाई प्रोत्साहन दिन संघीयताको कुरा यो पार्टीले उठाएको हो ।
प्रान्तहरूको नामकरणचाहिँ ऐतिहासिक समुदायहरूको पहिचानको आधारमा हुनुपर्ने भन्ने हो । तर, त्यो प्रान्तमा लोकतान्त्रिक अभ्यासबाट जुनसुकै जाति पनि प्रान्तको सरकार प्रमुख बन्न सक्दछन् र कुनै पनि एक जातिको मात्र अग्राधिकार हुनुहुन्न भन्ने नीति पार्टीको हो । समग्रमा जनताको लोकतान्त्रिक अधिकार र आर्थिक समृद्धिको खाका कोर्ने निर्देशक सिद्धान्त ‘बहुजातीय लोकतान्त्रिक समाजवाद’ हो, यो पार्टीको ।
जनमुक्ति पार्टीको विकासमा अवरोधका कारण
गोरेबहादुर लगायतले जग बसाएको जनमुक्ति पार्टी अघि बढ्न नसक्नुका केही कारणहरु छन्, जसलाई यसरी व्याख्या गर्न सकिन्छः
सुरुमा जनमुक्ति पार्टीमा लाग्ने अधिकांश अगुवाहरू अन्धजातिवादीको रूपमा प्रस्तुत भए । उनीहरूमा सही राजनीतिक स्कुलिङ थिएन । सबै भावनात्मक हिसावमा पार्टीमा आएका थिए ।
खहरेझैं बढ्ने र सुक्ने अवस्थामा जनसमर्थन भइरह्यो । वास्तवमा जातीय समस्या के हो र यसको समाधान कसरी हुनसक्छ भन्ने कुरालाई सिलसिलेवार सैद्धान्तिक व्याख्याको अभाव भयो ।
जातीय मुक्तिको नाममा बढी बाहुनविरोधी वचनहरू वाहिर आएको आभाष भो । हुन त जातीय मुक्तिको कुरा गर्दा बाहुन, जनजाति, दलित र मधेसीको प्रसङ्ग स्वभाविक रूपमा आउने नै भयो जसरी वर्गीयमुक्तिको कुरा गर्दा धनी र गरिबको सन्दर्भ आउँछ । तर राजनीतिक तहमा यसलाई सैद्धान्तिक व्याख्या गरिएन ।
जनमुक्ति पार्टीको स्थापनाकालतिर खगेन्द्रजंग गुरूङ, गोपाल गुरूङ, काजीमान कन्दङ्वाहरू आफ्नै पाराले जातीय डम्फू बजाइरहेका थिए । उनीहरू एमएस थापाको नेतृत्वको जनमुक्तिमा आउन सकेनन् । किनकि उनीहरूको बुझाइ अलि खरो थियो ।
यता थापा र खपाङ्गीहरू विश्व राजनीतिक परिवेशबाट दीक्षित भएको हुँदा एकले अर्कोलाई निषेध गरेर होइन, प्रजातान्त्रिक अभ्यासबाटै जनताको मन जितेर अगाडि बढनुपर्छ भन्ने स्कुलिङका थिए ।
यसो भएका हुँदा भावनात्मक रूपले नै खरा र अक्कडा पात्रहरूलाई थापा र खपाङ्गीले पार्टीमा भित्र्याउन चाहेनन् । पार्टीमा भएका त्यस्ताहरूलाई पनि वास्ता गरिदिएनन् । संस्थापन पक्षको यस्तो व्यवहारदेखि रूष्ट भएर गोपाल किराँतीले जनमुक्ति छाडेर क्षेत्रीय जातीय पार्टी खोलेर बसे ।
किराँती उबेला नै यस्तो उग्र थिए कि घन र झम्पल बोकेर धरानको भानुचोकमा रहेको भानुभक्तको मूर्ति फोड्ने प्रयास गरेका थिए । किराँती युवाहरूलाई बटुलेर बन्दुक बोक्न हिँडेका उनी अहिले प्रचण्ड माओवादीमा छन् । बेलाबेला माओवादीमा जातीय नेताको आरोप खपेर बसेका छन्, माओवादीमा ।
यसैगरी लिम्बुवानमा बेलाबेला उत्पात मच्चाइदिने धमास पिट्दै हिँड्ने कुमार लिङ्देन, सञ्जुहाङ पालुङवा र कमल छाराहाङ पनि हिजोका जनमुक्ति पार्टीकै हुन् । पार्टीले सशस्त्र लाइन नलिएको र लिम्बुहरूको जातीय राज्यको सुनिश्चितताका लागि पार्टीले कुनै नीति नलिएको भनेर उनीहरुले जनमुक्ति छाडेका थिए । उनीहरू अहिले पुरै जातीयक्षेत्रीय पार्टीमा आवद्ध छन् ।
कथित वाहुन विरोधी आरोप
मार्क्स र मार्क्सवाद फरक कुरा हो । मार्क्स व्यक्ति हो भने मार्क्सवाद विचार-प्रवृत्ति हो ।
कम्युनिष्टहरू पुँजीवादको विरोध गर्छन् तर पुँजीपतिसँग मित्रवत सम्बन्ध राख्छन् । पुँजीवादको विरोध गरेता पनि उनीहरू पुँजीपतिसंग संगै बसेर खान्छन् । किनभने पुँजीवादी मान्छे हुन् तर पुँजीवाद एक प्रवृत्ति हो ।
यसैगरी बाहुन र बाहुनवाद पनि फरक-फरक हुन् । बाहुन मान्छे हो भने बाहुनवाद एक प्रवृत्ति हो । विरोध प्रवृत्तिको हुन्छ किनकि यही प्रवृत्तिले मानिसको आचरण र व्यवहारलाई निर्देशित गर्दछ ।
यदि कसैले बाहुनको विरोध गर्छ भने त्यो मानवीयताको आधारमा नभएर राजनीतिक आधार हो । विरोध प्रवृतिको हो, मान्छेको होइन । बाहुनको विरोध राजनीतिक हो, मानवीय होइन भन्ने खपाङ्गीहरूको नीति थियो । जनजातिले बाहुनको विरोध गर्दा र बाहुनले जनजातिको विरोध गर्दा राजनीतिक कारणले हुनुपर्दछ भन्ने खपाङ्गीहरूको मान्यता थियो ।
देश सबैको भएपछि त्यो देशलाई नियमन गर्ने राज्यसत्ता पनि सबैको हुनुपर्छ र त्यहाँ बाहुनको मात्र एकाधिकार हुनुहुन्न भन्दा बाहुनविरोधी आभाष आए त्यो मानवीयताको आधारमा बाहुनको विरोध नभएर राजनीतिक आधारमा भएको ठान्नुपर्ने थापा-खपाङ्गीहरूको मत थियो । हुन पनि मेलापात, भोजभतेर, मलामीजन्ती, युद्ध इत्यादि जाँदा जनजातिलाई अगाडि लगाइन्छ तर सिंहदरवार र बालुवाटार जाँदा उनीहरूलाई पछि लगाइन्छ । सकभर उनीहरूको लागि ती ठाउँहरूमा ताल्चा लगाइन्छ । चुरी कुरा यहिँ छ ।
बुझ्नुपर्ने मान्छेले नबुझिदिँदा र बुझेकाले बठ्याँइ गरिदिँदा जनमुक्ति पाटीलाई जातीय पार्टीको आरोप लाग्यो ।
खपाङ्गीको टीका प्रकरणको अपव्याख्या
जनमुक्ति पार्टीले पिछडा र उत्पीडित समाजलाई लक्षित गरेर सुरुमा गतिविधिमा लागे । हुन पनि यो समाजलाई नै राजनीतिक रूपले माथि नउठाइ मुलुक निर्माणले पूर्णता पाउँदैन ।
यद्यपि खपाङ्गी मन्त्री भएपछि उनले गरेको एउटा राम्रो काम प्रचारमा आएन । त्यो भनेको अनिवार्य संस्कृतलाई ऐच्छिक बनाउने
तर लामो समय राज्यले विभेदमा पारेको समाज स्वभावैले चेतनाशून्य हुन्छ । यो त्यस्तो समाज हो जहाँ कसैलाई “तिमी ‘सिंगापुर’ जाने कि ‘सिंहदरवार’ जाने ?” भनेर सोध्यो भने उस्ले सिंगापुर जाने उत्कट चाहना देखाउँछ । उसलाई सिंहदरवारको अर्थ थाहा छैन र सिंहदरवारको लोकेसन पनि थाहा हुँदैन । यस्तो मनोविज्ञान भएको समाजमा गोरेबहादुर खपाङ्गीले दशैंमा टीका लगायो भन्ने कुरालाई मजाले भजाँइयो ।
वास्तवमा त्यो बेला सार्वजनिक परम्परागत समारोहमा खपाङ्गीले टीका लगाउनु भनेको हिन्दुधर्मको अवलम्वन नभएर हिन्दुधर्मको कदर थियो ।
हो, जनजातिले दशैंमा टीका लगाउनु उसको परम्परागत संस्कार होइन । तर, कुनै जनजाति मन्त्री हुन्छ भने उ जनजातिको मात्र मन्त्री होइन, उ त बाहुनको पनि मन्त्री हो । मन्त्री भनेको सार्वजनिक पद हो ।
जनमुक्ति पार्टी कुनै धर्म र जाति विरोधी नभएको हुँदा त्यही पार्टीको नेता मन्त्री भइसकेपछि जुनसुकै धर्म र संस्कारको सम्मान र कदर गर्नुपर्ने नै हुन्छ । दशैंमा टीका लगाउने प्रचलन जनजातिको होइन भनेर खपाङ्गीले भन्नु सही हो । तर हिन्दुहरूको चाड दशैंको निषेध हुनुपर्छ त भनिएको थिएन ।
उता बाबुराम मनकामना दर्शनमा गए । प्रचण्डले भैंसी पूजा गरे । जबकि कम्युनिष्टले धर्मलाई अफिम ठान्छन् । यसलाई जनताले स्वभाविक लिए । तर खपाङ्गीको टीका प्रकरणलाई लिएर जनसमर्थन भड्काउने काम भयो ।
यद्यपि खपाङ्गी मन्त्री भएपछि उनले गरेको एउटा राम्रो काम प्रचारमा आएन । त्यो भनेको अनिवार्य संस्कृतलाई ऐच्छिक बनाउने । उनी मन्त्री भएपछि संस्कृत भाषाको अनिवार्य पाठ्यक्रमलाई ऐच्छिक बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पारित गराएका थिए ।
अन्तमा,
जातीय अन्धउग्रतालाई यस पार्टीले रोकेर राख्ने भूमिका चाहिँ जनमुक्ति पार्टीको सही बाटो हो । जातीयमुक्ति भनेको एक जातिले अर्को जातिको निषेध गर्न होइन, राजनैतिक सहकारिता नै जातीयमुक्तिको सार हो ।
जातीयमुक्ति भनेको लोकतन्त्रको आधार हो भने लोकतन्त्र भनेको जातीय मुक्तिको अधिरचना (infrastructure ) हो । सबै समुदाय र वर्गको राजनैतिक समानुपातिक सहभागिताको आधारजगमा मात्रै लोकतन्त्र दरिलो हुन्छ ।
हो, यिनै मान्यतालाई मन्दविषको रूपमा पाश्र्वप्रभाव दिने भूमिकामा चाहिँ जनमुक्ति पार्टी सफल भएको छ । यो पार्टी दौडन सकेको छैन, हिँडिमात्र रहेको छ किनकि दौडेरमात्र होइन, हिँडेर पनि लक्ष्यमा पुग्न सकिन्छ ।source:onlinekhabar.com

Last Updated on Thursday, 01 September 2016 16:49

Hits: 782

आदिवाशी लाइ मुर्ख बनाउन उपेन्द्र पहाड उक्लिदै !

अमर दिप मुक्तान


दोलखा, भदौं ११ - उपेन्द्र यादव को मधेशी जनाधिकार फोरम तथा अशोक राई को संघिय समाजवादी एकीकरण पश्चात  निर्माण भएको संघिय समाजवादी फोरम  आज भोलि बाक्लो रुप मा पहाड उक्लिदै छ | कुनै पनि पार्टी हिमाल पहाड उक्लिनु र तराई समथर मा पार्टी को गतिबिधि बढाउनु अति राम्रो कुरा हो तर प्रश्न छ विगत मा काँग्रेस एमाले माओवादी ले आदिवाशी लाइ मुर्ख बनाए जस्तै संघिय समाजवादी फोरम को आवरण मा उपेन्द्र यादव पहाड उक्लिनु  सन्देहास्पद छ |


आखिर किन उपेन्द्र ले आदिवाशी हितचिन्तक पार्टी संग एकीकरण गर्न रुचाए काही आदिवाशी लाई मुर्ख सम्झेर त् होइन ? संघिय समाजवादी पार्टी को एकीकरण न हुदा सम्म आदिवाशी समुदय मा एक प्रकारको गर्व बोध थियो कि आदिवाशी हितचिन्तक पार्टी  त् छ भनेर तर एकिरकरण पश्चात  उपेद्र यादव तथा मधेशी कद मा बद्दोत्तरी अशोक राई को नाम तथा आदिवाशी हरु लगभग कद विहिन नै भए |

संघिय समाजवादी को अध्यक्ष मा उपेन्द्र यादव भए पश्चात संघिय समाजवादी फोरम मधेशी पार्टी को रुप मा बडी चिनिन थालिएको छ ,आदिवाशी का मुद्दा सानो भएको छ मधेशी मुद्दा तथा मधेशी नेताको कद बढेको स्पस्ट रुपमा देखिन्छ | अद्भुत तथा आश्चर्य  कुरा के छ भने  नेपाल मा विधमान तीन जातीय समुह आदिवाशी ,खस आर्य ,तथा मधेशी मध्ये आदिवाशी जनसंख्या मा बाहुल्य छन् तर हिजो सम्म काँग्रेस ,एमाले, माओवादी ,बाहुन हालीमुहाली भएको पार्टी को पुच्छर समातेर आदिवाशी ले बैतरणी पार गर्न खोजे तर अन्त मा हात लग्यो सुन्य ,अब आएर मधेशी नेता को पुच्छर समातेर बैतरणी पार गर्न खोज्दैछन तर ठोकुवा का साथ भन्न सकिन्छ आदिवाशी को हात मा सुन्य नै पर्ने छ |

आदिवाशी नेपालको सर्व शक्तिमान समुदाय भएर पनि आफ्नो विशाल शक्ति लाइ चिन्न सकेनन, आदिवाशी समुदाय ले आफ्नो शक्ति लाइ संगठित गरे मात्र पुग्छ आदिवाशी को काया पलट त् हुने नै छ साथै नेपाल को पनि काया पलट हुने छ | नेपाल को दुर्दशा,भ्रस्टाचार, अराजकता,कानूनी राज्य को उपहाश लाइ रोक्न सक्ने राष्ट्रभक्त आदिवाशी कम्जोर शक्तिहीन भएकै कारणराष्ट्द्रोही  भ्रस्टचारी हरु ले ले मनोमानी गर्दै राष्ट्र को दोहन गरेका हुन् |आदिवाशी दिन हिन होइनन  आदिवाशी नेपाल को राष्ट्रभक्त सच्चा नागरिक हो भनि गर्व गर्न सकिन्छ | राष्ट्र को महत्वपूर्ण समुदाय नै कम्जोर शक्तिहीन भएमा राष्ट्र कसरि बलशाली हुन् सक्छ |

प्रत्येक आदिवाशी लाइ भान छ आक्रोश छ  कि कांग्रेस एमाले, माओवादी ले उनीहरु लाइ प्रयोग तथा आदिवाशी भूगोल लाइ प्रयोग शाला बनाईयो भनि तर दुखद कुरा के छ भने पाँच वर्ष पश्चात प्राप्त हुने वरदान रुपी अमुल्य वोट आदिवाशी लाइ शक्तिशाली बनाउन सहयोग पुग्ने पार्टी भन्दा पनि आदिवाशी लाइ दास तेस्रो दर्जा का नागरिक बनाउन खोज्ने पार्टी काँग्रेस एमाले माओवादी लाई मजबूत बनाउन होडबाजी गरेको देखिन्छ | प्रसंग उपेन्द्र यादव को पहाड उक्लिदै आदिवाशी क्षेत्र मा जनाधार बिस्तार गर्ने योजना स्वागतयोग्य भएता पनि आदिवाशी जनता ले मधेश आन्दोलन को चरम उत्कर्ष मा पुगेको बेला को उपेन्द्र यादव लाइ स्मरण गर्न जरुरि छ |

पंक्तिकार लाइ रामरी स्मरण छ सदन मा उपेन्द्र यादव को हिन्दि भाषा मा दहाड़े को दृश्य | मधेशी जन अधिकार फोरम का कार्यकर्ता तथा भारतीय हरु द्वारा अन्जाम दियिएको गौर को नृसंश हत्याकाण्ड | मधेशी जनाधिकार फोरम ले गरेको  आह्वान मा तराइ बाट पहाडिया खेदाओ अभियान का दौरान पहाडे समुदाय लाइ छानी छानी हत्या गरियो, लुटियो, नेपाल को भूभाग तराई मधेश मा सैकड़ो वर्ष देखि बसोबास गरिरहेका पहाडे समुदाय ले चाहदा न चाहदै आँखा भरि आँशुका साथ आफु जन्मेको हुर्केको स्थान कौडीको भाव मा बेच्न बाध्य भए | आज पनि मधेश छाडेर बिभिन्न स्थान  मा बसोबास गरि रहेका पहाडे  समुदाय त्यो बेलाको भयंकर दृश्य सम्झेर झसंग तथा भयभित हुने गर्दछन |

आज पहाडे तथा मधेशी बीच मा दुरी तथा मतभिन्नता बढाउने कार्य गर्ने  योजनाकार मध्ये अग्रपंक्ति मा उपेन्द्र यादव नै  हुनु पर्छ | जनयुद्धकाल मा भारत  पटना जाने क्रम मा भारतीय प्रहरी द्वारा समातिएका माओवादी नेता  सुरेश आलेमगर, मात्रिका, बैध ,उपेन्द्र यादव मध्ये उपेन्द्र लाइ नै किन मुक्त गरे रहश्यमय छ | याद रहोस मधेश मा पहाडिया खेदाओ अभियान का दौरान  सम्पूर्ण पहाडिया एकै डालोमा राखेर खेदिएको थियो तसर्थ उपेन्द्र आदिवाशी हितचिन्तक हो भनि कसैले बुझेका छन् भने त्यो पूर्ण रुप मा गलत एवं बुद्धि  भ्रमित हुनु हो |

उपेन्द्रको पहाड उक्लिने तथा विशेष गरि आदिवाशी समुदायमा जनाधार विस्तार गर्ने योजना लाई सामान्य  ठान्नु हुदैन प्रमाणिक  न भएता पनि निश्चित रुपमा उपेन्द्र यादवको आदिवाशी प्रति को परिवर्तित रुप सन्देहास्पद छ | संघिय समाजवादी फोरम ले पहाड मा त् पार्टी विस्तार गर्ने योजना जारी राखेको छ तर बारा ,पर्सा ,रौतहट, सर्लाही, सिरहा महोत्तरी मा बसोबास गरि रहेका तामांग लगाएत का जनजाती समुदाय मा संगठन विस्तार गर्न गारो छ किन भने उल्लेखित क्षेत्र मा तामांग लगाएत आदिवाशी हरु ले मधेश आन्दोलन को क्रममा उपेन्द्र यादव नेतृत्वको  मधेशी जनाधिकार फोरम द्वारा गरिएको कहिले न बिर्सने ज्यादती भोगेका छन्  बिर्सेका छैनन्  |

जे जस्तो भएता पनि खस बाहुन ले आदिवाशी लाई मधेशी लाई, दलित लाई प्रयोग गरेर भए पनि अथवा साम दाम  दण्ड  भेद प्रयोग गरेर पनि आखिर आफ्नो  समुदाय को भाग्य निर्माण गर्न बुद्धि त् लगाएकै हुन्, त्यस्तै मधेशी भाग्य निर्माण हेतु  मधेशी  स्वयम् को पहल मा गरिएको आन्दोलन तथा सामर्थ्य को बलबुता मा मधेशी नेपाल को दोस्रो दर्जा मा  स्थपित भएको तथा प्रथम हुने प्रयाश मा जोर लगाएको  देखिन्छ भने  आदिवाशी को भाग्य  निर्माण गर्ने जिम्मा चाही कांग्रेस एमाले माओवादी संघिय समाजवादी  राप्रपा इत्यादी पार्टी ले लिएको भनि ढुक्कका साथ बसेको हुनाले अदिवाशिले बारम्बार धोका खाई रहेका छन्  तेस्रो दर्जा मा झर्दा समेत  पनि चेत खुलेको  देखिदैन |

आदिवाशी भाग्यको निर्माण आदिवाशी स्वयम् को बल बुता मा एकताबद्ध भए मात्र स्थापित हुन् सक्छ छ भनि मनन गर्न जरुरि छ यदि आदिवाशी  समुदाय ले अब पनि कुरा बुझेनन् अथवा बुझ्ने प्रयाश गरेनन भने स्व. बि पी कोइराला द्वारा गरिए प्रयोग को निरन्तरता दिदै प्रचण्ड, उपेन्द्र यादव जस्ता  नेता हरु आदिवाशी समुदाय तथा क्षेत्र लाई  उर्वरा भुमि को रुप मा प्रयोग तथा प्रयोगशाला बनाएर स्थापित हुने परम्परा जारी रहने छ |

Last Updated on Saturday, 27 August 2016 18:31

Hits: 395

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी