A+ A A-

के प्रकृतिपुजक र बुद्धपुजक बेग्लाबेग्लै धर्म हुन ???

टि बि पुन ,
कतिपय बुद्ध र धर्मलाई नबुझ्ने आत्मसात गर्न नसक्ने मानिसहरू प्रकृतिपुजक बुद्ध भन्दा छुट्टै धर्म हो भन्ने, लेख्ने र बिचार प्रबाह गर्ने गरेको पाइन्छ । तर बुद्ध धर्म भनेकै प्रकृपुजक ,प्रकृतिवादमा आधारित धर्म हो भन्ने हेक्का रहेको पाईदैन । धर्म हुनका लागि लिखित र ब्यबस्थित वहुकल्याणकारी दर्शन बिश्वब्यापी दृस्ठिकोण राखेको हुनु आबस्यक हुन्छ ।

यस्ता कार्यको कतै कुनै लिखित ब्यबस्थित दर्शन नभएकोले यो धर्म होइन (हाल आएर केही यथाइस्थिबादी उपबुज्रुक बिद्द्वान हरुले पूजा पाठ गर्दा कती माना रक्सी कती ध्वोजा कती खेर कुन प्राणिको ज्यान हर्ने आदिको लिखित राख्न सुरु गरेको पाईन्छ )। यो परिवर्तित चालचलन संस्कार हो । धर्म परिवर्तन हुदैन तर संस्कार समय सापेक्ष परिस्थिति अनुरुप कुनै पनि बेला परिवर्तन हुनसक्द्छप्रकृतिपुजक वा प्रकृतिलाई मान्नु, सम्झनु वा बिबिध कार्य गरी जस्तै खसी ,बोका ,भेडा, राङा, भाले जस्ता निर्दोस प्राणीको बर्बरता पूर्ण तरिकाले प्राण हरण गरी जाड रक्सी , भोज भतेर गरी उन्मादमा बेहोसिनुलाई नै प्रक्रिती पूजक धर्म भनेको पाईन्छ प्रक्रिती पूजक धर्म भन्नेहरुको नजरमा ।

बुद्धले आज भन्दा २६ सय बर्ष अघि घनघोर जङ्गल, खोलाखोल्सा, तालतलैया प्रकृतिमा रहेर ६ बर्षसम्म गर्नु भएको दुस्कर तपस्या उहाँको बुद्ध धर्म दर्शन र बुद्धले ४५ बर्षसम्म प्रकृतिमा बिचरण गर्दै पैदल हिड्दै गरेका धर्म प्रचार सबै प्रकृतिवादमा आधारित छ्न । प्रकृति बिरोधी र यस सङ्ग असम्बन्धित कुराहरु बौद्ध धर्ममा कहि कतै उल्लेख छैनन् । त्यस्कारण प्रकृतिपुजक भन्नू नै बुद्ध धर्म हो । देबि देवताको नाममा काटमार बलि हिंसा सस्कारलाई धर्म मान्ने केही अज्ञानि अबुझ्हरुको तर्कलाई म धर्म मान्दिन ।

कसैले पशुपन्छिको काट्मार गर्ने बलि दिने चलन प्रकृतिपुजक धर्म हो भन्ने आफ्नो मनगढ्न्ते तर्क राख्ने गरेको पाइन्छ । हाम्रा पुर्खाले यहि गर्दै आएकाले हाम्रो धर्म यहीँ हो । हामीले यो बाउबाजेदेखी चलेको चलन छोडनु हुदैन । हाम्रो धर्म बुद्ध होइन । किनभने बुद्ध धर्ममा काट्मार र वलिप्रथालाइ निषेधित गरिएको छ । बुद्ध भन्दा पहिले हाम्रा पुर्खाले यहि धर्म मान्दथे भन्ने आफ्नो निजि ब्यक्तिगत लहडी भनाईहरु राख्ने पिछडिएको जनजातिय सोचका मानिसहरू पनि हाम्रो समाजमा बाक्लै छ्न । उनिहरु यो चलन संस्कार हो । धर्म होइन भन्ने कुरा न स्वयम् आफुले बुझ्दछ्न । न ज्ञानलाई आत्मसात गर्दछ्न । बरु कुनै धर्म दर्शनबिहिन तर्क गरेर हाम्रो अशिक्षित जनजातिय समाजलाइ भाडिरहेका हुन्छन् । आफू र आफ्नो स्थानीय जनजातिय समुदायलाई यसरी नै यथास्थितिमा बाधेर राखिरहेका हुन्छन् ।

कुनै अलौकिक अन्धबिश्वासी सोच शक्तिमा बिश्वास भरोसा गर्ने र काट्मार बलिप्रथामा अभ्यस्थ हाम्रो समाजको अबिकसित र पिछडिएको मानसिकता हिसात्मक सोच भएकाहरुमा यो पुरानो चलनका पक्षपातिहरु समाजमा प्रशस्तै छ्न । तर समाजमा ब्याप्त रहेको बलि हिंसा धर्म नभएर यो काट्मारको संस्कार हो । कसैको अकल्याण र हानिनोक्सानी गर्ने धर्म हुदैन त्यो कुनै स्थानीय संस्कार भने हुन सक्द्छ । गलत सस्कार कुनै पनिबेला छोड्न त्याग्न वा परिवर्तन गर्न सकिने भएकोले प्रकृतिपुजक संकार हो धर्म चाहिँ होइन भनेको हु ।यस्तो किसिमको काट्मारको हिंसात्मक चलनलाइ मादक पदार्थ सेबनको नसामा लागेझै एकोहोरिएर हाम्रो धर्म नै यहि हो भन्दै बरु हिंसाको पक्षमा उभिएर बुद्ध धर्मको बिरोध र आलोचना गर्ने जमातहरु पनि हाम्रै समाजमा प्रकटिएका छ्न ।

प्रकृति पुजक भनेको पृथ्वीमा र प्रकृतिमा रहेका सम्पुर्ण चराचर जगत प्राणीहरु प्रती माया प्रेम गर्नु र तिनको सुरक्षा संरक्षण हिफाजत गर्नु प्रकृतिपुजकको मुल मर्म र मान्यता हो । त्यस्तो धर्म दर्शन र शिक्षा बोकेको बुद्ध धर्म हो । बुद्ध धर्मले प्रकृतिलाइ जीवन सापेक्ष रूपमा हेर्दछ । बुद्ध धर्म प्रकृतिपुजक प्रकृतिवादमा आधारित छ । बुद्ध धर्म प्रकृतिपुजक धर्म होइन भन्ने सैधान्तिक र दार्शनिक आधार प्रष्ट पार्न नसक्ने अनि काटमार बलि प्रथालाई प्रकृतिपुजक धर्मको रूपमा अप र स्वब्याख्या गरेर बुद्ध धर्मको आलोचना गर्ने समाजमा गलत भ्रम छर्ने । अर्कोतिर प्रकृति बिरोधि बिनासक हिंसात्मक संस्कार कार्य गर्ने अनि प्रकृतिपुजक धर्म भन्नू यसको सिद्धान्त र मर्म बिपरित भयो ।अब प्रक्रिती पूजक धर्म भन्दै प्राणी हिन्सा गर्ने जो प्रक्रितीको सबै प्राणी जगतले बाँच्न पाउनु पर्ने अधिकार हनन गर्दछन त्यो कसरी प्रक्रिती पूजक भयो त्यो त प्रक्रिती को सिदान्त बिपरित ध्वोन्स उत्पत मच्चाउने प्रकृतिको विनास्कारी पो भयो ? 


यस्तो किसिमका संस्कारको पक्षमा बिचार मान्यता राख्नेहरु दुई किसिमका मानिसहरू पाइन्छन । पहिलो सामाजिक परिवर्तन नबुझेका पुरानै सोच भएका यथास्थितिवादिहरु जो अशिक्षा र अज्ञानतामा रुमलिरहेका छ्न । दोस्रो बुद्ध ज्ञान नभएका अन्य धर्ममा आस्था भएका लागेका नेपाली बुद्ध धर्मको समाजमा उन्नति बिकास प्रगति नहोस् भन्ने चाहना राख्नेहरु देखिन्छन् । पहिलोले यो हिंसावादि परम्परा चलनलाइ मान्दै आइरहेको छ तथापि बुद्ध धर्मलाई पनि त्यतिकै मानसम्मान माया र श्रध्दा गर्दछ । उ बुद्ध धर्म र ज्ञान लिन आर्जन गर्न चाहान्छ । अभ्यास गर्न पनि चाहान्छ । अर्को यस्तो बुद्ध बिरोधी जमात छ । जो बुद्ध धर्म दशर्नको अध्ययन अभ्यास पनि गर्दैन । उसङ्ग धर्म दर्शनको गहिरो ज्ञान पनि छैन । उ कित नास्तिक हो कित गैर बुद्धिस्ट हो । काटमार बलिपुजालाइ आदिवासी जनजातिका प्रकृति पुजक धर्म बनाएर आज बुद्ध धर्मको खुलेआम बिरोध गरिरहेको देखिन्छ । 

भर्खर भर्खर मौलिक बुद्ध धर्मले नेपाली समाजमा बिकासको गति लिइरहेको सकारात्मक परिस्थितिमा बुद्ध धर्म अनुदार र बिरोधि तत्वहरु कसैको लहड लागेर वा कुनै न कुनै शब्दजाल बिछ्याएर वा स्थानीय पिछडिएको गलत सामाजिक पहिचानलाई जातीय मौलिकता र पहिचानको धर्मको नारा दिएर समाजमा बुद्ध विरुद्ध भ्रमको खेती गरिरहेका पनि छ्न । नेपाली बौद्ध समाज भर्खरै बिकासतर्फ सचेत भएर बौद्ध धर्मको ब्यबहारिक अभ्यास प्रयोग प्रचारप्रसारमा लागिरहेको बेला यस्ता बुद्ध बिरोधि तत्वहरु सल्बलाउनु बुद्ध धर्मको बिकासलाई फेरिपनी पछाडी धकेल्नु हो ।

जब देखी बुद्ध धर्मको ज्ञान प्राप्त गरी बैज्ञानीक शिक्षा बुद्धधर्ममा रहेको थाहा पाए संसारले त्यसरी नै नेपाली हरुले अहिले यस् प्रती व्यापक आकर्शण बढी रहेको बेला हिजो सम्म प्रक्रिती पूजक धर्म कतै उल्लेख थिएन तर आजभोली बुद्ध धर्मको बिरोध गर्दै प्रक्रिती पूजक धर्म भनी हल्ला फिजाउन सुरु गरिएको छ।जो हिजो सम्म आफुलाई अरुले आएर तिमी हिन्दू हौ वा क्र्सितियन बन भन्दा आँखा चिम्लेर सही ठोक्थे तर जब नेपालको पहिचान बुद्ध धर्मले सबैको मन जित्न थाल्यो प्रक्रिती पूजक धर्म भन्ने अनौठो धर्म निकालेर कुर्लदैछन । 

कसैले बचकना तर्क गर्छन् बुद्ध धर्म पहिलो कि मगर ?यस्ताहरुले के बुझ्नु जरुरी छ भने मानिसको यस् प्रिथिविमा अस्तित्वमा देखिएको जम्मा १ लाख बर्ष जती भएको छ यस् बिच मानिस हरुको आजको अवस्था सम्म आउँदा अन्धविश्वासी युग देखी आजको बैज्ञानीक धरताल माथि उभिएको छ । बैज्ञानीक तर्क अनुसन्धान विनाको कार्य आजको युगमा काम लाग्दैइन । अब कुनै बच्चा जन्मिदैमा म मगर, म फलानो ,म बुद्धिस्ट ,म किरात म नेपाली म अमेरिकअन भन्दैन त्यो त परिवार ,समाजले निर्धारणा गरिदिने हो परिचय ,जब ति बच्चा हुर्किदै जान्छ के ठीक के बेठीक अध्ययन चिन्तनले सिकाउदै जान्छ र असल मार्ग जाने वा यथास्थिती कुलत सन्स्कार मानेरै बस्ने उसको निर्णय गर्ने क्षमता ,उसको समाज ,बातावरण मा भर पर्दछ । मगरहरुले वा अन्यले पनि समयको बेग सँगै शिक्षा ,चिन्तन्ले गर्दा असल के हो खराव के हो भनी खुट्ताई बुद्ध शिक्षा ग्रहन गरेको पाईन्छ ।

हिन्दू धर्म सन्स्कार के ब्राह्मानले जन्मिदै लिएर आएको थियो ?हिन्दू सन्स्कार ब्रह्मानको अस्तित्व अगाडि थियो त ? आज आधिकान्स पश्चिमी मुलुले अपनाएको जेसुस क्राइस्ट बुद्ध भन्दा ५०० बर्ष कक थिए के उनिहरु त्यस अगाडि थिएनन ?की सबै जेसुस क्राइस्ट्ले जन्माएको क्रिस्टियन जती ?इस्लाम धर्म जन्मनु भन्दा अगाडि के करोडौ मुस्लिम हरु थिएनन त के ति पनि सबै मुस्लिम अल्लाहले जन्माएका हुँन ?
यस्ता केटौले तर्क गर्ने हरुले बुद्ध धर्म वा अन्यको घनिभुत अध्ययन गर्नु पर्दछ अनी मात्र तार्किक बहसमा उत्रिन सकिन्छ होइन भने हो हल्ला बाहेक केही निस्क्र्श निस्कदैन ।


धर्म के हो ? संस्कार र संस्कृती के हो ? यस्को फरकपन छुट्टाउनु नसकी गलत संस्कारलाइ पनि धर्म भनिदिने र मनपरी लेखिदिने दिग्भ्रमित रोगिहरुबाट हामी बौद्धहरु सचेत हुन जरुरी छ । सबैको कल्याण हित गर्ने सबै बर्ग समुदायलाई संगठित गर्ने लिखित र ब्यबस्थित दर्शन धर्म हो । अर्को शब्दमा बहुजन हिताय बहुजन सुखाय लोककल्याणकारी धर्म नै बुद्ध धर्म हो । बुद्ध भन्नू नै ज्ञानको असल मार्ग हो ।

 पुन ,बुद्ध धर्म दर्शन बारे पी एच डि गर्दै हुनु हुन्छ । 

Last Updated on Saturday, 17 September 2016 16:04

Hits: 1096

जीवन र जोयाका बारेमा केही कुरा

(नेपाल सकारले मुलुकको संविधान - २०७३ को धारा ११ उपधारा ६ को बर्खिलाफमा काम गर्यो )

जिवन र जोयाको हालसालै फीलिपीन्समा पुनरमिलन

१) नेपालको संविधान २०७३ को धारा ११ को उपधारा ६ अनुसार - 

"नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ ।"  - भन्ने स्पष्ट व्यवस्था हुदाहुदै कुनै एउटा गैर-सरकारी संस्थाको हावादारी कामकुरोको आधारमा जोया र उनका दुई नाबालक छोराहरुलाई त्यसरी झ्यालीपिट्दै  फिलिपिन्स खेदेर  पठाईएपछि विकशित भएको घटनाले अन्तर्राष्ट्रिय स्तरसमेतमा अथवा कम्तिमा पनि नेपाल र फिलिपिन्स विचको द्विपक्षीय सम्बन्धमा तिक्तता थप्न सक्छ भन्ने नेपाल सरकारका हाकिमहरुले अलिकति पनि हेक्का राख्न सकेको देखिएन । अनलाईन अखबारमा आएको खबर अनुसार त्यसको प्रत्यक्ष प्रभाव हाल खाडी मुलुकमा रहे भएका नेपाली र फिलिपिनो समुदायमा परेको देखिन्छ ।

२) पहिचान र अधिकारका कुरा गरेर नथाक्ने  र फेसबुकको भित्ताभरि रंगीचंगी पोष्ट गर्ने सम्बन्धित जातीय संघसंस्थाका हाकिम वा नेताहरुले जीवन र जोयामाथि नेपाल सरकारले घोर अन्याय गरेको कुरा बुलंदीका साथ उठाउन नसकेको कुरामा दुईमत हुन सक्दैन । त्यसमाथि पनि छाता संगठन भन्ने अहम् पालेर बस्ने 'नेपाल जनजाति महासंघ' अहिले के हेरेर बसिरहेको छ वा अझ भनौ  त्यो महासंघ कहाँ लम्पसार परिरहेको छ ?  उसले यसबारे केही भन्नु, बोल्नु पर्छ कि पर्दैन ? त्यो पनि एउटा विडम्बनाको विषय  भएको छ ।

३) यो जीवन र जोयाको कुरो चितवनको घटना हो । नेपाल मगर संघ,  केन्द्रीय समितिले केही महीना पहिले मात्र चितवन जिल्लाको भरतपुरमा राष्ट्रिय महाधिवेशन गरेको थियो । तर, एउटा कुरा के स्पष्ट हुन  आयो  भने त्यो गैर-सरकारी संस्था र जीवन-जोया दुवै पक्षलाई 'नेपाल मगर संघ, केन्द्रीय समिति वा नेपाल जनजाति महासंघ' भन्ने संस्थाहरु पनि छन् र तिनले सो गैर-सरकारी संस्थालाई परेको खण्डमा प्रश्न गर्न सक्छन र  पिडीत पक्ष - जीवन र जोयालाई परेको अन्यायमा बोलिदिन्छन भन्ने विश्वाश दिलाउन सकेको देखिनमा आएन  ।

४) नेपाल मगर संघ, केन्द्रीय समितिले यसबारेमा पहल गरेको त देखिन्छ तर त्यो त्यत्ति प्रभावकारी हुनसकिरहेको देखिदैन । परिणामत: जीवन आफ्नो मामासंग फिलिपिन्स पुगेको कुरो पनि आएको छ । त्यसमा जीवनलाई नेपाल मगर संघ, केन्द्रीय समितिले के ,कस्तो, कति सहयोग  वा संयोजन गर्यो भन्ने कुरा खुल्दैन ।  

५) ती दुई नाबलाकहरुको बाल अधिकार हनन् भएको बारेमा नेपालका स्वनामधन्य बालअधिकारकर्मी वा  बालअधिकारवाला संघसंस्थाहरुले केही बोल्नु पर्थ्यो कि पर्दैनथ्यो वा पर्छ कि पर्दैन ?

६) नेपाली नागरिक जीवन थापा मगरसंग विवाह-बन्धनमा बधिएकी फिलिपिना जोयाको अधिकारबारे नेपाल सरकार अर्थात् महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय स्वयमले  यसबारेमा चासो राख्नु पर्नेमा उल्टो  जोयालाई देश निकाला गर्ने काम हुन गयो । नेपालका स्वनामधन्य  महिला अधिकारकर्मीहरुले सरकारले संविधानको बर्खिलाफ हुनेगरी काम गरेकोमा कुनै आवाज नउठाउनु  माने,  चुप लागेर बस्न कसरी  मिल्छ ?

७) नेपाल मगर संघ, केन्द्रीय समिति वा नेपाल जनजाति महासंघले यसबारेमा काठमाडौँमा अर्थात् आ-आफ्नो अड्डामा टि. भी. वा ठूलाठूला छापाका पत्रकारहरुलाई बोलाएर सरकारले नेपालको संविधान २०७३ को धारा ११ उपधारा ६ को बर्खिलाफमा काम गरेकोमा त्यसको विरुद्ध आवाज उठाउनु पर्ने होईन र ?

Source:बोस्टन  मगर  समाज

Last Updated on Saturday, 17 September 2016 06:12

Hits: 2329

सम्झनामा : गोरे बहादुर खपाङ्गी

–सुरेन्द्र थापामगर 

होची मिङ्गको जस्तो झुस्स दाह्री, अग्लो कद, पावरवाला चस्मा, विरोधीलाई शब्दवाणले झापड हान्ने खुबी स्वर्गीय गोरेबहादुर खपाङ्गीको बाहिरी परिचय हुन् । २००३ साल साउन २५ गते उदयपुर जिल्लाको दमैडाँडाको जल्केनीमा जन्मेका स्व. खपाङ्गी मगर यतिखेर हामी माझ हुनु हुन्न । खपाङ्गीसँग मेरो भेट म कास्की जिल्ला मगर संघको सचिव हुँदा भएको थियो । पछि म नेपाल मगर संघको महासचिव भएपछि उहाँसँगको मेरो निकटता प्रगाढ बन्दै गयो । खपाङ्गीको भाषण सुन्ने भनेपछि आममगरहरु हुरुक्क हुन्थे । आमनागरिकले बुझ्ने गरी गाउँले झर्रा भाषामा धारा प्रवाह भाषण गर्ने कला स्व. खपाङ्गीको थियो ।

बाल्यकाल र शिक्षा :

खपाङ्गीको बाल्यकाल औसत मानिसको जसरी बित्ने गर्दछ त्यसरी नै बितेको थियो । २ वर्षको हुँदै उनको परिवार उदयपुरबाट महोत्तरीबाट बसाइँ सरेका थिए । बाबा अमृतबहादुर खपाङ्गी र आमा पदममाया खपाङ्गीको दोस्रो सन्तानको रुपमा उनको जन्म भएको थियो । उनको बाल्यकाल महोत्तरीको रामनगरमै बित्यो । महोत्तरीको त्रिभुवन माध्यमिक विद्यालयबाट २०२० सालमा उनले म्याट्रिक पास गरेका थिए । यसैगरी जनकपुरको रामसागर बहुमुखी क्याम्पसबाट उहाँले आइ.ए.पास गर्नुभएको थियो । पछि त्रिभुवन विश्वविद्यालयबाट स्व. खपाङ्गीले अंग्रेजी साहित्यमा एम.ए. गर्नुभएको थियो । अंग्रेजी साहित्यकै देनअनुसार उहाँ अंग्रेजीमा पनि धारा प्रवाह भाषण गर्नु हुन्थ्यो ।

सुरुको राजनीतिक आस्था :

कलेज जीवनमा उहाँ बामपन्थी विचारधाराबाट प्रभावित हुनुहुन्थ्यो । उहाँ तत्कालीन नेकपा माले विद्यार्थी संगठन अखिल अनेरास्ववियुमा आबद्ध हुनुहुन्थ्यो । २०३६ सालको विद्यार्थी आन्दोलनताका वहाँ रामेछाप जिल्लाको गौरीशंकर माध्यमिक विद्यालयमा प्रध्यानाध्यापक हुनुहुन्थ्यो । शिक्षक संगठनमा सक्रिय खपाङ्गी २०३६ साल मंसिर २६, २७ र २८ गते हेटौडाको भुटनदेवी माध्यमिक विद्यालयमा सम्पन्न नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम भेलाबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । पछि २०४३ सालमा नेकपा मालेले पंचायतको भण्डाफोर गर्न जनपक्षीय उम्मेदवार बनाएर उहाँलाई महोत्तरीबाट लडाएको थियो । समयक्रममा उहाँको बामपन्थी राजनीतिसँग मोहभङ्ग भयो । त्यसपछि वहाँ र एमएस थापामगर मिलेर २०४८ साल माघ ६ गतेको दिन राष्ट्रिय जनमुक्ति पार्टी स्थापना गर्नुभयो ।

राजनीति र मगर संघ :

स्व. खपाङ्गी २०३९ साल फागुन १५ र १६ गते तनहुँको दमौलीमा सम्पन्न तत्कालीन लाङ्घाली परिवारको संस्थापक सदस्य हुनुहुन्थ्यो । त्यसपछि २०४८ सालदेखि २०६० सालसम्म वहाँ नेपाल मगर संघको अध्यक्ष रहेर सिंगो मगरको नेतृत्व गर्नुभयो । राष्ट्रिय जनमुक्ति पार्टीको वरिष्ठ नेता र मगर संघको अध्यक्ष रहँदा वहाँले कामको तालमेल मजैले मिलाउनुहुन्थ्यो । दिउँसो मगर संघको काम राति पार्टीको काममा ध्यान दिनुहुन्थ्यो । कतिपय बेलामा मगर संघलाई जनमुक्तिकरण गरियो भनेर उहाँको आलोचना पनि नभएको होइन । तथापि वहाँको व्यक्तित्वले यी आरोपलाई ओझेलमा पारेको थियो । वहाँले जातीय उत्पीडनको बारेमा देशभित्र र देशबाहिर व्यापक सचेतना ल्याउनुभएको थियो ।  

२०५८ सालतिरको कुरा हो । राष्ट्रिय जनमुक्ति पार्टीमा अध्यक्ष एमएस थापामगर र स्व. खपाङ्गीबीच फाटो सुसप्तरुपमा देखापर्न थाल्यो । विकासको लागि संघीयता चाहने स्व.खपांगीको अगाडि अध्यक्ष थापाले जातीय संघीयता ल्याइदिएपछि यी दुई नेतावीच वैचारिक मतभेदको विजारोपण प्रारम्भ भयो । मतभेद घनिभूत हुदैगएपछि २०६० सालमा स्व.खपांगीले आफनै अध्यक्षतामा प्रजातान्त्रिक जनमुक्ति पार्टी नयाँ पार्टी दर्ता गर्नुभयो । दुवैतर्फका पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरुको दवावको कारण पार्टी अलग भएको ५ वर्षपछि २०६५ सालमा पुनः पार्टी एकीकरण भयो । एकीकृत पार्टीमा नेता खपांगी वरिष्ठ नेताको जिम्मेवारी सम्हाल्नुभयो ।

पार्टी एकीकरण भएको २ वर्षपछि २०६७ सालमा राजमुपाको चौथो महाधिवेशनमा उहाँ पार्टी अध्यक्षको उम्मेदवार वन्नुभयो । अध्यक्ष एमएस थापामगरसँग झिनो मतले वहाँ पराजित हुनुभयो । अध्यक्षमा निर्वाचित एमएस थापामगरले नवचिर्वाचित पदाधिकारीहरुको घोषणासभाको भाषणमा भने, ‘खपाङ्गी हिजो पनि हाम्रो पार्टीको नेता आज पनि नेता भोलि पनि नेता हो ।’ तर, केन्द्रीय समितिको पहिलो वैठकले महाधिवेशनमा पराजितहरुलाई मनोनयन नगर्ने निर्णय गरिछाड्यो । यो निर्णयको अन्तरवस्तु स्व. खपाङ्गीलाई पार्टीवाट निकाला नै हो भन्ने वहाँका निकट व्यक्तिहरु बताउँछन् । राजमुपाले यस्तो निर्णय गरेको २ वर्षपछि २०६९ सालमा उहाँकै नेतृत्वमा लिवरल डेमोक्रेटिक पार्टी गठन गर्न बाध्य हुनुभयो । २०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा यो पार्टीले पनि भाग लियो । यद्यपि नेता खपांगी हस्पिटलमा मृत्युसँग लडिरहनु भएको थियो ।

मन्त्री पद र टीका प्रकरण :

राजा ज्ञानेन्द्रले २०५९ सालमा प्रजातान्त्रिक शासन व्यवस्था हातमा लिएपछि नयाँ सरकार गठन गर्न स्वच्छ छवी भएका १/१ जना सिफारिस गरी पठाउन भनि क्रियाशील सवै राजनीतिक दलहरुलाई परिपत्र गरे । त्यो परिपत्र राजमुपाको मुख्यालयमा पनि आयो । पार्टीले एकजना सर्वसम्मत पठाउन नसकेपछि १२ जना नेताहरु सिफारिस गरि पठायो । उक्त १२ जनाभित्र अध्यक्ष थापा र नेता खपांगी हुनुहन्थ्यो । अन्ततः नेता खपांगी महिला तथा बालबालिका मन्त्रीमा नियुक्त हुनुभयो ।

टीका प्रकरण यति उछालियो कि स्व. खपाङ्गीले यसबारे स्पष्टिकरण दिने मौका नै पाउनुभएन । वहाँले टीका लगाउनु भनेको मन्त्री पदको गरिमा बचाउनु थियो भन्नेहरु पनि छन् । अर्कोतर्फ एउटा मुस्लिम मन्त्रीले टीका लगाउँदा टिप्पणी हुँदैन तर खपाङ्गीले टीका लगाउँदा टिप्पणी हुन्छ किन ? भनेर उल्टो प्रश्न सोध्नेहरु पनि थिए । दशै टीका प्रकरणमा उनले एउटा प्रसंगमा भनेका थिए वास्तवमा मैले टीका लगाएकै हो । राजा खुसी हुन्छन् कि भन्ने चाहनाले टोपी माथि सारेर निधार थापेकै हुँ । मेरो भित्री चाहना राजालाई खुसी बनाएर पाठ्यक्रमबाट संस्कृत शिक्षा हटाउनु थियो । उनको यो तर्कलाई मगर समुदायले गम्भीर रुपमा लिन मानेन । हिन्दू धर्म संस्कृतिबाट आदिवासी जनजातिमाथि दमन र उत्पीडन थोपरिएको छ भनेर गाउँ गाउँमा भाषण गर्ने खपाङ्गीलाई राजाको अगाडि शिर निहुर्याएर निधार थापेको वास्तवमा मगर समुदायले नरुचाएकै हो ।

जनजाति आवाजका अगुवा :

पहिले जनजातिका बारेमा चेतना छर्ने गोपाल गुरुङको नाम सुस्त सुस्त सुनिन्थ्यो । तर जातीय मुद्दालाई सतहमा ल्याउने हिम्मत कसैको थिएन । नेपालको विद्यमान जातीय विभेदलाई सामाजिक मुद्दाको रुपमा बहसमा ल्याउने हिम्मत सर्वप्रथम स्व. गोरेबहादुर खपांगीले गरे । खपांगीलाई सुरु सुरुमा साम्प्रदायिकताको आरोप लगाइयो । तर उनले उठाएको मुद्दा समावेशीकरण समानुपातिक र धर्मनिरपेक्षता आज राजनीतिको अभिन्न अंग बनेको छ । नेपालको राजनीतिक द्धन्द्धको मुल अन्तरबस्तु यसैमा अडेको छ । अहिले आदिवासी जनजाति, मधेसीहरुले उठाएका संवाहक पनि खपांगीले दर्ज गरेका मुद्दाहरु नै हुन् । कम्युनिष्ट दर्शनले मात्र नेपालको सामाजिक जातीय अन्तरबिरोध हल गर्न सक्दैन भन्ने उनको विचार थियो । खपाङ्गीले एकपटक नेपाल आदिबासी जनजाति महासंघको भेला आयोजक बनेर पनि महासंघलाई समेत नेतृत्व गरेका थिए । उनी मगरका मात्र नेता होइनन्, आम उत्पीडित समुदायका अगुवा सर्वमान्य नेता थिए । जातीय विभेदको मुद्दालाई जसरी उनले उठाए त्यसलाई राजनीतिक दलमार्फत स्थापित गर्न उनी विभिन्न कारणवश अस्थिर रहे । सुरुका दिनमा जुन उत्साह र उमंगका साथ राष्ट्रिय जनमुक्ति पार्टी गठन भएको थियो । आफैले स्थापना गरेको पार्टीमा अटाउन नसकेपछि प्रजातान्त्रिक जनमुक्ति पार्टी गठन गर्नुपर्ने बाध्यतासम्म पुग्यो । जीवनको अन्तिम घडीमा वहाँ लिवरल डेमोक्रेटिक पार्टीको झण्डामुनि बस्नुप–यो ।

दुर्घटना र मृत्यु :

गत २०७० साल बैशाख १२ गते काठमाडौको राष्ट्रिय सभागृहमा नेपाल अन्तराष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सव हुँदै थियो । खपाङ्गी आफ्नो डेरा ललितपुरबाट बस चढी झरेर सभागृहतिर दिनको करिब ११ बजे भृकुटी मण्डपबाट जाँदै गर्दा वा. ५१ प ७३७३ नं. को मोटरसाइकलले वहाँलाई ठक्कर दियो । वहाँको टाउको सडकमा बजारियो । मोटरसाइकल चालक थिए, भक्तपुर बस्ने मोहम्मद नसिम शेख । वहाँलाई सुरुमा वीर हस्पिटल लगियो त्यसछि अन्नपूर्ण अस्पताल पु¥याइयो । पछि काठमाडौैको नर्भिक अस्पतालमा वहाँको त्यही उपचार गर्दा पनि स्वास्थ्यमा कुनै सुधार नभएपछि थप उपचारको लागि सिंगापुरको माउन्ट एलिजावेथ नोभेना अस्पतालमा लगिएको थियो । उपचारमा संलग्न व्यक्तिहरुका अनुसार अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराउँदा वहाँलाई लापरबाही भएको भनी बताइन्छ । वहाँको घाँटीमा उपचारको क्रममा प्वाल पारिएको थियो । उक्त प्वाल कुन प्रयोजनको लागि पारिएको भन्ने बारेमा काठमाडौंस्थित न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन प्रा.डा.उपेन्द्र देवकोटा र सिंगापुरका डा.आइभनले समेत सोधेको कुरा बाहिर आएको अवस्था छ । वहाँ दुर्घटनापछिको केही समयपछि ३ वर्ष ३ महिना २९ दिन अर्थात् २०७० बैशाख १२ देखि २०७३ भदौ ११ गतेसम्म बेहोस अवस्थामै हुनुहुन्थ्यो ।

खपाङ्गीको दुर्घटनापछि हुमबहादुर थापामगरको अध्यक्षतामा गोरेबहादुर खपाङ्गी फाउण्डेसन २०७२ गठन गरिएको छ । फाउण्डेसनका अध्यक्ष थापामगरका अनुसार ललितपुरस्थित कार्यविनायक नगरपालिका वडा नं. १८ डुकुछापमा रहेको पबिता सुस्लिङ मगरको नामको ३ आना जग्गामा स्व.खपाङ्गीको पार्थिव शरीर गाडेर सुरक्षित राख्ने र चैत्य निर्माण गरी श्रद्धालु तथा भक्तजनहरुको एक तीर्थस्थलको रुपमा विकास गर्ने योजना थियो । सम्पूर्ण पहल गर्दा पनि उक्त जग्गा वरिपरिका छिमेकीहरुले सहमति नदिएपछि नेपाल सरकारको सशस्त्र प्रहरी वलको एक टुकुडीको सलामीसहित वौद्ध परम्परा अनुसार काठमाडौंको स्वयम्भूमा दाहसंस्कार भयो । वहाँको अष्टधातु दाह्री, कपाल, नङ, खप्पड, खरानी समेत हाल अन्वेषणको लागि जीवी फाउण्डेशन र एलडीपीको मातहतमा सुरक्षित राखिएको छ ।

यतिबेला आफ्नो लामो दाह्री मुसार्दै जातीय उत्पीडनको बारेमा आक्रामक भाषण गर्ने गोरेबहादुर खपाङ्गी हाम्रो माझ छैनन् । उनले मगर संघ र सिंगो उत्पीडित समुदायप्रति गरेको योगदानको आगामी दिनमा अवश्य मूल्यांकन हुनेनै छ । खपाङ्गीले उत्पीडित आदिवासी जनजातिको कुरा उठाउँदा जहिले पनि शान्तिपूर्ण तवरले उठाए, कहिल्यै पनि हिंसात्मक आन्दोलनको पक्षमा उनी रहेनन् । यो नै उनको सकारात्मक पाटो हो । जिउँदोमा गाली, मरेपछि ताली लगाउने हाम्रो परम्परा छ । खपाङ्गीको निधनपपछि पनि यो प्रवृत्तिले निरन्तरता पाएको छ । वास्तविकता नेपालको विविधतालाई आत्मसाथ गरेर राज्यका हरेक निकायमा सबै जातजातिहरुलाई समानुपातिक समावेशी सिद्धान्तमा समाहित गरियो भने स्व. खपाङ्गीको सपना पूरा हुनेछ । खपाङ्गीप्रति श्रद्धासुमन ।

लेखकः नेपाल मगर संघ केन्द्रीय समितिका पूर्वमहाचिव हुन ।

Last Updated on Monday, 05 September 2016 16:59

Hits: 1988

राष्ट्र मक्काउने धमिराको यस्तो रँजाई कहिलेसम्म ?

 जीवन मंगोल,

सन् १९५९ मा गोरखाका सोझा दयालु स्वभावका धनी घले राजालाई चतुर सड्यन्त्रकारी द्रव्य शाहले ठुन्काउदै गोरखा कव्जा गरे सँगै लम्जुङ हुँदै पृथ्वी नारायण शाहका बाबु नरभुपाल शाहले नुवाकोट आक्रमण शुरु गरे सफल भएनन् । पछि त्यो अधुरो बाबुको सपना पुरा गर्न दोस्रो पटक पृथ्वी नारायण शाहले आक्रमण गरे हातमा लाग्यो शुन्य भएपछि तेस्रो पटक मात्र नुवाकोट जीते । त्यहाँबाट मंगोल मास्ने अभियान चलाएका पृथ्वी नारायण शाहकाका पछि १२ जना गद्धिमा बसेर मंगोलहरुलाई लुटे, कुटे र जंगली बनाइ दिएको इतिहास साँची छ ।


सन् १८०६ देखि १८४६ सम्म धेरै जसो क्षेत्रीहरु प्रधानमन्त्री बने । किनकी राजाको आज्ञा पालन गर्ने क्षेत्री भएकाले पनि बढि क्षेत्रीहरु त्यस समय प्रधान्मन्त्री बनेको देखिन्छ । एवं् प्रकारले १८४६ देखि १९५१ सम्म श्री ३ राणाहरुले चलाए । जंगवहादुर राणाले नेपाली शाहहरुले मतुवाली बनाएर, विभिन्न उपनाम दिएर खण्डीकरण गरिरहँदा त्यसलाई नयाँ ढाँचामा रुपान्तरण गरि मंगोललाई फुटालियो । हिन्दूवाद नयाँ मनुस्मृतिको रचना गरेर नेपालका भूमिपुत्र मंगोलहरुको संस्कृति, धर्म, भाषा लोप गराउने, जातिव्यवस्था छुतअछुतको व्यापक विजारोपन भयो । शिक्षावाट वञ्चित गराइए । १९१० मा मुलुकी ऐन वनाई पानी चल्ने र नचल्ने मासिन्या र नमासिन्या भन्ने जस्ता नीतिहरु निर्माण गरिदिए । जुन समाजमा अहिले पनि लागू भएको छ । वल्ल राणाहरुको विरुद्ध श्रीपति गुरुङले त्यस्तो निरंकुश शासनको विरोध गरे श्रीपति जंगेको हातबाट टुडिखेलमा तिन ठुन्का हुनु प¥यो । तर त्यो अभियान रोकीएन । लखन थापा मगर जस्ता वीर शहिदको उदय भएता पनि राणाले के टिक्न दिन्थ्यो । राणा फ्याक्न गंगालाल, धर्मभक्त र शुक्रराज शास्त्री नेवार मंगोलहरुले शाहस गरे जंगे शासकले मारिदिए । रामप्रसाद राईले विद्रोह गर्न खोज्दा उनलाई पनि मारि दिए विचरा मंगोल बनाइदिए ।


सन् १९५१ देखि १९६० सम्ममा बाहुनक्षेत्रीले पालै पालो मोज गरे । ९ वर्षको अवधिमा ८ जना प्रधानमन्त्री बने । सबै कोइराला बाहुनको रँजाइ चल्यो । नेपाली कंग्रेस जो सामन्ती बाहुनहरुको पार्टी बन्न पुगेको छ यस समय ।१९४६ तिर कंग्रेसको स्थापना भारतमा भएको हो र विपी पनि भारतमा नै जम्मिएका हुन । सन् १९६० मा पञ्चायत लागू भयो र १९९० सम्म ३० वर्ष राज गरे श्री ५, श्री ३ र श्री ६ बाहुन क्षेत्रीहरुले । त्यो अवधिलाई जहाँनिया राणा शासन पछिको सबै भन्दा अध्यारो मानिन्छ । जतिवेला नेपालमा मंगोलहरु माथिको ज्यादति चरम उत्कर्षमा पु¥याइयो । एक धर्म, एक भाषा र एक भेषको नीति लागु गरे । मानव अधिकारको हनन् मात्र भएन मानव अधिकारको वर्खिलापमा बाहुनक्षेत्री श्री ५ राजाले गर्न नहुने सबै खाले काम ग¥यो । नेपाललाई हिन्दु राष्ट्र घोषणा गरे । यो ज्यादती धेरै लामो समय टिक्न सकेन । १९९० मा बहुदल फर्कियो । पञ्चायतकालमा पनि बाहुन क्षेत्रीहरु नै माथिल्लो ओहोदा रहे ।


३० वर्षे अवधिमा १५ जना प्रधानमन्त्री बने त्यहि हुलमा एकजना मरिचमान सिंह श्रेष्ठ वाहेक सबै बाहुन क्षेत्री नै थिए । त्यतिवेला राजालाई विस्णुको अवतार भन्दै जनतालाई पुज्न लगाइयो । तर विष्णु अवतारको अवतारको परिवारमा कहिल्यै नसोचिएको घट्ना घट्न पुग्यो । राजा भएपछि क्षेत्रीहरु बढि विश्वास पात्र हुने हँदा सूर्यवहादुर थापाले ३ पटक, तुल्सी गिरीले ३, कृति निधि विष्टले ३, लोकेन्द्रवहादुर चन्दले २ पटक नगेन्द्र रिजाल २, गेहेन्द्र राज भण्डारी र मरिचमान एक–एक पटक प्रधानमन्त्री पड्काए । सन् १९९० पछिको नेपाली राजनीति कम रमाइलो छैन । माओवादीको उदय, दरवार हत्या काण्ड, ज्ञानेन्द्रको ‘कु’, राजतन्त्रको अन्त्य र लोकतन्त्रको स्थापना ।


सत्तामा चाहि जसो गर्दा पनि बाहुन क्षेत्रीनै थिए । १९ वर्ष अर्थात २००८ सम्मको अवधिमा १४ जना बाहुन क्षेत्रीले पालै पालो सत्ता चलाए । २००८ देखि हाल सम्मको अवस्थालाई नियाल्दा सत्ता बाहुनको एक्लौटी भयो । ८ वर्षमा ९ जना प्रधानमन्त्री जनताले देख्ने अहोभाग्य मिल्यो । तर दिगो शान्ति, विकास र संमृद्धि अनि जनताको भाग्य रेखा कोरियन । १९९० देखि अहिलेसम्मको संसदीय अभ्यासलाई गहिरो अध्ययन गरेर ल्याउँदा बाहुनहरुको मोज गर्ने व्यवस्था बनेको छ । २६ वर्षको अवधिमा २४ पटक नेतृत्व परिवर्तन हुनु अत्यन्तै अस्वाभाविक हो । यसले के स्पष्ट छ भने देशलाई बाहुन क्षेत्रीले जतिञ्जेल चलाए पनि विकासको गफ दिए तापनि बन्न सक्दैन । आज पनि गिरिजाको ठाउँमा प्रचण्ड आउँदैछन् । नयाँ नेतृत्व प्रदान गर्न जसले यसअघि ९ महिना सरकार चलाएका थिए ।


नयाँ सरकारको पनि ९ महिना नटिक्ने निश्चित छ । किन कि सत्ता गठबन्धन कांग्रेसका शेरबहादुर देउवा आफ्ना पालो कुरिरहेका छन् । सन् १५५९ देखि २०१६ सम्मको अवधिमा बाहुन क्षेत्री र तिनीहरुको मेरुदण्ड राजतन्त्र अनि मोजतन्त्र बनाएको लोकतन्त्रमा गरेर करिब ४१४ वर्ष सत्तामा रहेका छन् भने ४ वर्ष मात्र मरिचमानसिंह श्रेष्ठले प्रधानमन्त्री चलाएको इतिहास साक्षी छ । लोकतन्त्र स्थापना भएपछिको समावेशी नारा दिने बाहुन क्षेत्रीको असली व्यवहारलाई संसारले हेरि नै रहेको छ र नेपालका जनताले पनि देखेका छन् । के यो मुलुक बाहुन क्षेत्री र राजाहरुको मात्रै पेवा हो ? यहाँ प्रश्न तेर्सिएको छ । एउटा थपना जस्तो पदमा अल्झ्याएर देशको तालाचावी चाहिँ बाहुन क्षेत्रीको खल्तीमा राख्ने अधिकार मंगोलहरुले दिनु हुन्न भन्ने चेतनाको ढकन खोल्नु जरुरी छ ।

मंगोलभिजनबाट 

Last Updated on Tuesday, 13 September 2016 15:26

Hits: 572

गोरेबहादुरले देखाएको जातिय मुक्तिको बाटो

_बलदीप प्रभाश्वर चामलिङ

घाँटीमा अडि्कएको माछाको हड्डीझै राज्यलाई बिझाइरहने एउटा राजनैतिक दलको नाम हो- राष्ट्रिय जनमुक्ति पार्टी । यो पार्टी भौतिक रूपमा शक्तिशाली हुन नसके पनि विचार र मुद्दाका आधारमा सबैको अभिभावक बन्न पुगेको छ । र, यसैको प्रमाण हो- समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता, संघीयता र आरक्षणको मुद्दालाई सबैभन्दा पहिले राजनैतिक घोषणपत्रमा लिखत गर्ने यही जनमुक्ति पार्टी नै थियो ।
गोरबहादुर खपाङी महासचिव रहेको जनमुक्ति पार्टीले ०४८ सालको आमनिर्वाचनमा कल्याणकारी राज्यको अवधारणा अन्तरगत बेरोजगारलाई भत्ता दिनुपर्छ भन्ने घोषणापत्र तयार गर्दा सबैले उडाएका थिए । पछि एमालेले यही अवधारणा पछ्याएर वृद्धभत्ता प्रदान गरेको हो ।


तत्कालीन मनमोहन अधिकारीको नेतृत्वका नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीको पोलिटब्युरो सदस्य भएर काम गरेका मालवर सिंह थापा (एम एस थापा) ले ४६ सालको जनआन्दोलन पश्चात नेपालमा वर्गीयमात्र होइन, जातीय समस्या पनि छ भनेर आफ्नै नेतृत्वमा जनमुक्ति पार्टी स्थापना गरे । यो अभियानमा नेकपा मालेमा आवद्ध गोरेबहादुर खपाङ्गीले नवगठिन जनमुक्ति पार्टीको महासचिव भएर थापालाई सघाए ।
खपाङ्गी र थापा यिनै दुई पात्रको जोडबलमा पार्टीलाई जबरजस्त अगाडि ठेल्ने काम भयो । झण्डै दुई दशकपछि अहिले नेतृत्व दोस्रो पुस्तामा आएको छ । अहिले यसको नेतृत्व खड्गप्रसाद (केपी) पालुङ्वाले गरेका छन् ।
पार्टीको मूल सिद्धान्त
जनता भनेको जातिहरूको समष्टि हो भने जाति भनेको जनताको एकाइ हो । लोकतन्त्र भनेको जनता (जातिहरू) को शासन भएको हुँदा सबै जातिहरूको शासनसत्तामा राजनैतिक प्रतिनिधित्व हुनुपर्छ भन्ने पार्टीको सो पार्टीको निष्कर्ष हो । तसर्थ पहिले जातीय मुक्तिको समस्या हल भएपछि मात्र वर्गीय मुक्ति हुन्छ भन्ने जनमुक्ति पार्टीको ठहर हो ।
जातीय मुक्तिपछि सबै समुदायले आफ्नो अधिकारको महसुस गर्छन् । जनताले आफ्नो राजनीतिक भूमिको महसुस गर्नु भनेको जनताको अन्तस्करण प्रशन्न हुनु हो ।
जनताको अन्तस्करण प्रशन्न हुनु भनेको मुलुकमा स्थायीशान्ति कायम हुनु हो । स्थायीशान्ति कायम हुनु भनेको पुँजी र प्रविधिको परिचालित हुने वातावरण बन्नु हो । पुँजी र प्रविधिको परिचालन हुनु भनेको अर्थिक विकास हुनु हो र त्यही आर्थिक विकास नै वर्गीय मुक्ति हो ।
लिम्बुवानमा बेलाबेला उत्पात मच्चाइदिने धमास पिट्दै हिँड्ने कुमार लिङ्देन, सञ्जुहाङ पालुङवा र कमल छाराहाङ पनि हिजोका जनमुक्ति पार्टीकै हुन्
यसरी वर्गीय मुक्तिसम्म पुग्ने प्रस्थानविन्दु जातीयमुक्ति भएको हुँदा पहिले जनताको राजनीतिक मुद्दा हल हुनुपर्छ भन्ने पार्टीको सैद्धान्तिक व्याख्या हो । सबै वर्ग तथा समुदायका जनताहरूलाई राज्यको नीतिनिर्माणको तहमा पुर्‍याउनु नै जातीय मुक्ति हो ।
विकास निर्माणको प्रकृयामा क्षेत्रीय तथा स्थानीय तहका जानताको सहभागिताको अग्रसरतालाई प्रोत्साहन दिन संघीयताको कुरा यो पार्टीले उठाएको हो ।
प्रान्तहरूको नामकरणचाहिँ ऐतिहासिक समुदायहरूको पहिचानको आधारमा हुनुपर्ने भन्ने हो । तर, त्यो प्रान्तमा लोकतान्त्रिक अभ्यासबाट जुनसुकै जाति पनि प्रान्तको सरकार प्रमुख बन्न सक्दछन् र कुनै पनि एक जातिको मात्र अग्राधिकार हुनुहुन्न भन्ने नीति पार्टीको हो । समग्रमा जनताको लोकतान्त्रिक अधिकार र आर्थिक समृद्धिको खाका कोर्ने निर्देशक सिद्धान्त ‘बहुजातीय लोकतान्त्रिक समाजवाद’ हो, यो पार्टीको ।
जनमुक्ति पार्टीको विकासमा अवरोधका कारण
गोरेबहादुर लगायतले जग बसाएको जनमुक्ति पार्टी अघि बढ्न नसक्नुका केही कारणहरु छन्, जसलाई यसरी व्याख्या गर्न सकिन्छः
सुरुमा जनमुक्ति पार्टीमा लाग्ने अधिकांश अगुवाहरू अन्धजातिवादीको रूपमा प्रस्तुत भए । उनीहरूमा सही राजनीतिक स्कुलिङ थिएन । सबै भावनात्मक हिसावमा पार्टीमा आएका थिए ।
खहरेझैं बढ्ने र सुक्ने अवस्थामा जनसमर्थन भइरह्यो । वास्तवमा जातीय समस्या के हो र यसको समाधान कसरी हुनसक्छ भन्ने कुरालाई सिलसिलेवार सैद्धान्तिक व्याख्याको अभाव भयो ।
जातीय मुक्तिको नाममा बढी बाहुनविरोधी वचनहरू वाहिर आएको आभाष भो । हुन त जातीय मुक्तिको कुरा गर्दा बाहुन, जनजाति, दलित र मधेसीको प्रसङ्ग स्वभाविक रूपमा आउने नै भयो जसरी वर्गीयमुक्तिको कुरा गर्दा धनी र गरिबको सन्दर्भ आउँछ । तर राजनीतिक तहमा यसलाई सैद्धान्तिक व्याख्या गरिएन ।
जनमुक्ति पार्टीको स्थापनाकालतिर खगेन्द्रजंग गुरूङ, गोपाल गुरूङ, काजीमान कन्दङ्वाहरू आफ्नै पाराले जातीय डम्फू बजाइरहेका थिए । उनीहरू एमएस थापाको नेतृत्वको जनमुक्तिमा आउन सकेनन् । किनकि उनीहरूको बुझाइ अलि खरो थियो ।
यता थापा र खपाङ्गीहरू विश्व राजनीतिक परिवेशबाट दीक्षित भएको हुँदा एकले अर्कोलाई निषेध गरेर होइन, प्रजातान्त्रिक अभ्यासबाटै जनताको मन जितेर अगाडि बढनुपर्छ भन्ने स्कुलिङका थिए ।
यसो भएका हुँदा भावनात्मक रूपले नै खरा र अक्कडा पात्रहरूलाई थापा र खपाङ्गीले पार्टीमा भित्र्याउन चाहेनन् । पार्टीमा भएका त्यस्ताहरूलाई पनि वास्ता गरिदिएनन् । संस्थापन पक्षको यस्तो व्यवहारदेखि रूष्ट भएर गोपाल किराँतीले जनमुक्ति छाडेर क्षेत्रीय जातीय पार्टी खोलेर बसे ।
किराँती उबेला नै यस्तो उग्र थिए कि घन र झम्पल बोकेर धरानको भानुचोकमा रहेको भानुभक्तको मूर्ति फोड्ने प्रयास गरेका थिए । किराँती युवाहरूलाई बटुलेर बन्दुक बोक्न हिँडेका उनी अहिले प्रचण्ड माओवादीमा छन् । बेलाबेला माओवादीमा जातीय नेताको आरोप खपेर बसेका छन्, माओवादीमा ।
यसैगरी लिम्बुवानमा बेलाबेला उत्पात मच्चाइदिने धमास पिट्दै हिँड्ने कुमार लिङ्देन, सञ्जुहाङ पालुङवा र कमल छाराहाङ पनि हिजोका जनमुक्ति पार्टीकै हुन् । पार्टीले सशस्त्र लाइन नलिएको र लिम्बुहरूको जातीय राज्यको सुनिश्चितताका लागि पार्टीले कुनै नीति नलिएको भनेर उनीहरुले जनमुक्ति छाडेका थिए । उनीहरू अहिले पुरै जातीयक्षेत्रीय पार्टीमा आवद्ध छन् ।
कथित वाहुन विरोधी आरोप
मार्क्स र मार्क्सवाद फरक कुरा हो । मार्क्स व्यक्ति हो भने मार्क्सवाद विचार-प्रवृत्ति हो ।
कम्युनिष्टहरू पुँजीवादको विरोध गर्छन् तर पुँजीपतिसँग मित्रवत सम्बन्ध राख्छन् । पुँजीवादको विरोध गरेता पनि उनीहरू पुँजीपतिसंग संगै बसेर खान्छन् । किनभने पुँजीवादी मान्छे हुन् तर पुँजीवाद एक प्रवृत्ति हो ।
यसैगरी बाहुन र बाहुनवाद पनि फरक-फरक हुन् । बाहुन मान्छे हो भने बाहुनवाद एक प्रवृत्ति हो । विरोध प्रवृत्तिको हुन्छ किनकि यही प्रवृत्तिले मानिसको आचरण र व्यवहारलाई निर्देशित गर्दछ ।
यदि कसैले बाहुनको विरोध गर्छ भने त्यो मानवीयताको आधारमा नभएर राजनीतिक आधार हो । विरोध प्रवृतिको हो, मान्छेको होइन । बाहुनको विरोध राजनीतिक हो, मानवीय होइन भन्ने खपाङ्गीहरूको नीति थियो । जनजातिले बाहुनको विरोध गर्दा र बाहुनले जनजातिको विरोध गर्दा राजनीतिक कारणले हुनुपर्दछ भन्ने खपाङ्गीहरूको मान्यता थियो ।
देश सबैको भएपछि त्यो देशलाई नियमन गर्ने राज्यसत्ता पनि सबैको हुनुपर्छ र त्यहाँ बाहुनको मात्र एकाधिकार हुनुहुन्न भन्दा बाहुनविरोधी आभाष आए त्यो मानवीयताको आधारमा बाहुनको विरोध नभएर राजनीतिक आधारमा भएको ठान्नुपर्ने थापा-खपाङ्गीहरूको मत थियो । हुन पनि मेलापात, भोजभतेर, मलामीजन्ती, युद्ध इत्यादि जाँदा जनजातिलाई अगाडि लगाइन्छ तर सिंहदरवार र बालुवाटार जाँदा उनीहरूलाई पछि लगाइन्छ । सकभर उनीहरूको लागि ती ठाउँहरूमा ताल्चा लगाइन्छ । चुरी कुरा यहिँ छ ।
बुझ्नुपर्ने मान्छेले नबुझिदिँदा र बुझेकाले बठ्याँइ गरिदिँदा जनमुक्ति पाटीलाई जातीय पार्टीको आरोप लाग्यो ।
खपाङ्गीको टीका प्रकरणको अपव्याख्या
जनमुक्ति पार्टीले पिछडा र उत्पीडित समाजलाई लक्षित गरेर सुरुमा गतिविधिमा लागे । हुन पनि यो समाजलाई नै राजनीतिक रूपले माथि नउठाइ मुलुक निर्माणले पूर्णता पाउँदैन ।
यद्यपि खपाङ्गी मन्त्री भएपछि उनले गरेको एउटा राम्रो काम प्रचारमा आएन । त्यो भनेको अनिवार्य संस्कृतलाई ऐच्छिक बनाउने
तर लामो समय राज्यले विभेदमा पारेको समाज स्वभावैले चेतनाशून्य हुन्छ । यो त्यस्तो समाज हो जहाँ कसैलाई “तिमी ‘सिंगापुर’ जाने कि ‘सिंहदरवार’ जाने ?” भनेर सोध्यो भने उस्ले सिंगापुर जाने उत्कट चाहना देखाउँछ । उसलाई सिंहदरवारको अर्थ थाहा छैन र सिंहदरवारको लोकेसन पनि थाहा हुँदैन । यस्तो मनोविज्ञान भएको समाजमा गोरेबहादुर खपाङ्गीले दशैंमा टीका लगायो भन्ने कुरालाई मजाले भजाँइयो ।
वास्तवमा त्यो बेला सार्वजनिक परम्परागत समारोहमा खपाङ्गीले टीका लगाउनु भनेको हिन्दुधर्मको अवलम्वन नभएर हिन्दुधर्मको कदर थियो ।
हो, जनजातिले दशैंमा टीका लगाउनु उसको परम्परागत संस्कार होइन । तर, कुनै जनजाति मन्त्री हुन्छ भने उ जनजातिको मात्र मन्त्री होइन, उ त बाहुनको पनि मन्त्री हो । मन्त्री भनेको सार्वजनिक पद हो ।
जनमुक्ति पार्टी कुनै धर्म र जाति विरोधी नभएको हुँदा त्यही पार्टीको नेता मन्त्री भइसकेपछि जुनसुकै धर्म र संस्कारको सम्मान र कदर गर्नुपर्ने नै हुन्छ । दशैंमा टीका लगाउने प्रचलन जनजातिको होइन भनेर खपाङ्गीले भन्नु सही हो । तर हिन्दुहरूको चाड दशैंको निषेध हुनुपर्छ त भनिएको थिएन ।
उता बाबुराम मनकामना दर्शनमा गए । प्रचण्डले भैंसी पूजा गरे । जबकि कम्युनिष्टले धर्मलाई अफिम ठान्छन् । यसलाई जनताले स्वभाविक लिए । तर खपाङ्गीको टीका प्रकरणलाई लिएर जनसमर्थन भड्काउने काम भयो ।
यद्यपि खपाङ्गी मन्त्री भएपछि उनले गरेको एउटा राम्रो काम प्रचारमा आएन । त्यो भनेको अनिवार्य संस्कृतलाई ऐच्छिक बनाउने । उनी मन्त्री भएपछि संस्कृत भाषाको अनिवार्य पाठ्यक्रमलाई ऐच्छिक बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पारित गराएका थिए ।
अन्तमा,
जातीय अन्धउग्रतालाई यस पार्टीले रोकेर राख्ने भूमिका चाहिँ जनमुक्ति पार्टीको सही बाटो हो । जातीयमुक्ति भनेको एक जातिले अर्को जातिको निषेध गर्न होइन, राजनैतिक सहकारिता नै जातीयमुक्तिको सार हो ।
जातीयमुक्ति भनेको लोकतन्त्रको आधार हो भने लोकतन्त्र भनेको जातीय मुक्तिको अधिरचना (infrastructure ) हो । सबै समुदाय र वर्गको राजनैतिक समानुपातिक सहभागिताको आधारजगमा मात्रै लोकतन्त्र दरिलो हुन्छ ।
हो, यिनै मान्यतालाई मन्दविषको रूपमा पाश्र्वप्रभाव दिने भूमिकामा चाहिँ जनमुक्ति पार्टी सफल भएको छ । यो पार्टी दौडन सकेको छैन, हिँडिमात्र रहेको छ किनकि दौडेरमात्र होइन, हिँडेर पनि लक्ष्यमा पुग्न सकिन्छ ।source:onlinekhabar.com

Last Updated on Thursday, 01 September 2016 16:49

Hits: 670

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी