A+ A A-


By: Yogeshwar Romkhami Magar,Retd:S.S.P

No automatic alt text available.
(The author at: beautiful beach Labadi situated in Cap Haitian-Haiti)
Nepali Prime Minister  K.P. Sharma Oli's visit to China from June 19-24 carries immense importance for bilateral relations, with a slew of agreements lined up in trade, commerce and infrastructure. Various ministries are working to do the homework, mainly on energy, railway and trade.

The prime focus would be on implementing an accord with China signed by Oli during his last visit in 2016.  The Nepalese leader will meet Chinese President Xi Jinping.

According to reports, rail and road links, energy, petroleum storage facilities, transit and transportation systems would also feature on the agenda. A memorandum of understanding (MOU) on launching a joint feasibility study on Nepal-China free trade agreement and a MOU on investment and production capacity are expected to be signed. The pact on joint coordination and implementation mechanism is in its final stages. An agreement on oil storage facility is also on the cards.

The Himalayan nation, largely reliant on India for most of its needs, suffered an undeclared blockade that lasted for several months in 2015. Following the siege, Nepal sought other options to avoid such a situation in the future. Rail and road links that opened in the north will not only reduce dependence on its southern neighbor, but actually open the doors to opportunities. During the visit, MOUs on Nepal-China rail corridor, feasibility study and Keyrung-Kathmandu railway will be signed, according to reports.

Nepal established diplomatic relations with China in 1955. According to historical records, the country was the transit point for economic activity between China and India during the Licchavi dynasty's rule in Nepal. Ancestors of both countries have had the wisdom to harness mutual respect that was handed down to the present generation. This visit can be made an exemplary one by the execution of past agreements and further understanding.

A transit point will open opportunities for social and cultural exchange and will bring in lots of projects and plans in the future. Nepal as a hub can play a central role in bringing immense possibilities of development to the region.

Investment in hydro power plant, tourism, banking, medicines, herbs and agriculture-based industries are the areas that should be given priority. Nepal has one of the largest hydro power capacities in the world.

China has already expressed interest and applied for a license to the Ministry of Energy, Water Resources and Irrigation. Energy trading is another prospective area between Nepal and China. Proper harnessing of hydro power resources will boost Nepal's development. Besides, Nepal should urge both its neighbors to invest in the creation of an economic zone and market for necessities.

Evidently, discussions on the Belt and Road initiative (BRI) will be another key feature of the visit.

Infrastructure and geography have always been a challenge for Nepal. Lack of consistency in policies and dearth of political commitment are the biggest factors that hold up development processes. Long-term strategic plans need institutionalization.

Nepal-China relations should be driven by long-term strategy based on mutual understanding and cooperation. Geographical difficulties can be transformed into opportunities by cleverly dealing with the situation.

And, agreements signed during the previous visit need effective execution. Oli was applauded for his last visit to Nepal's northern neighbor. So the expectations from this visit inside Nepal are high. The people of Nepal are watching this historic opportunity with some apprehension and great expectations.

उहाँ हाल चीनको South West University  मा  Political Science and Law मा  PhD गर्दै हुनुहुन्छ ।

source:The Himalayan Voice.

Last Updated on Thursday, 21 June 2018 12:13

Hits: 397

कुनै मानिसले मर्न डराउदिन भन्छ भने कि ऊ झुठ बोल्दै छ या गोरखाली हो !(भिडियो सहित)

त्रिलोक सिंह थापा मगर
If a man says that he is not afraid of dying he is either lying or a Gurkha .
Image result for singapore police

यदि कुनै मानिस ले भन्छ ऊ मिर्तु वा मर्नु (death ) बाट डराउदिन भन्यो भने झुठ बोल्दै छ या ऊ गोरखाली हो / They are tough brave and durable /कायर भन्दा मर्नु राम्रो / वीर गोर्खाली सैनिक को motto आदर्श हो "Better to die than live a coward " अर्को कथन छ Gurkhali are

bravest of the Brave. वीरको पनि महावीर ,/जय महाकाली आयो गोर्खाली / बिश्वभरि गोर्खालीको यो छबि प्रख्यात छ ।
शत्रु वा दुश्मन गोर्खाली सैनिकको सो छबि र खुकरी देखै पछि थर्कमान हुन्छ /दुश्मन भाग भाग गर्छांन /
भारतको इतिहासमा उलेख भयै अनुसार मुगल शासक हरु ले भारत मा आक्रमण गरे र सम्पूर्ण भारतमा वर्षोसम्म राज्य गरे /तर गोर्खा साम्राज्य र राज्यतिर उनि हरु ले आँखा लगाउन सकेनन ।

ब्रिटिश शासकले भारतमा वर्षो शाशन गरे / तर गोर्खा राज्य लाइ छुन सकेन / सिन्धुली को पहाड बाट डुंगा मुढा फालेर पनि ब्रिटिस सैनिक हरुलाइ गोर्खा सैनिकले कायल गरेका थिए ।
इतिहास साक्षी छ गोर्खाली सैनिकहरुले पूर्वमा टिस्टा र स्क्किम सम्म पछिममा हिमाचाल प्रेदेशको कांगडा किल्ला तथा लखनउ गंगा नदि सम्म बिशाल गोर्खासाम्रज्य र राज्य कायम गरे का थिए /(सन् १७९०-१८०९)।
नेपाली को आफ्नो आन्तरिक कलह र ब्रिटिसको चलाखी र कुटिलताले गर्दा गोर्खा राज्य संगुरियो को हो /the Anglo Nepal peace friendship treaty सुगौलिसंधि २ दिसम्बर सन् १८१५ सम्झोता भयो ।
सो अनुसार वीर गोर्खाली सैनिक लाइ आफ्नो इछाअनुसार इस्टइन्दिया कम्पनि को ब्रिटिश फोजमा भर्ना हुने प्रवधान राखियो / सो सम्झोता मा भाडाका सिपाही शब्द कतै प्रयोग भयो देखि दैन /साथै बिदेशी विद्वान इतहासकारहरुले पनि सो सब्द प्रयोग गरे कोपाई दैन /कारण गोर्खा सैनिक बयावसयिक (professional ) सैनिककोरुपमा बिस्वभरि चर्चित् छन् ।
प्रथम र द्धितीय बिस्वयुद्धमा (१९१४-१९१८-१९३०-१९४५)गोर्खा सैनिक जर्मन इटाली र जापानको तानाशाही शासन्को विरूद्ध उभिएका थिए । सो युद्धमा बिभिन् राष्ट्रका सैनिकहरुको सभागिता थियो ।
विशेषता गोर्खाली सैनीकहरुको सहभागिता वीरता र युद्ध कुशलताले गर्दा प्रथम र दोस्रो बिस्व युद्धमा हिटलर मुस्लोनि र जापानी निरकुंश शासक र शक्ति लाइ पराजय हुनु पर्यो  । बिस्वमा शान्तिस्थापना हुन् सक्यो / त्यहि बाट गोर्खा सैनीकको global phenomena बिस्वविख्यात हुन पुगे ।
दुवै बिस्व युद्धमा अन्य राष्ट्रका सैनीकहरु भन्दा नेपालका गोर्खा सैनीकको युद्ध क्षम्ता,युद्ध कुशलता , वीरता युद्धमा आक्रमक गर्ने तरिका युद्धमा नेतृत्व गर्ने क्षमता युद्ध रणनीति (dedication devotionर sincerity)आदि चर्चित हुन पुग्यो  ।
त्यस पछि सैनिक श्रमिक अर्थात् ब्यवसयिक सैनिक (professional soldier )को रुपमा भारत ,बेलायत ,बुर्नेइ ,सिंगापूर ,ओमन र अन्य मुलुकमा सो मुलुकको प्रतिक्षा(defense service) मा गोर्खालीहरु professional सैनिक हरुको रुपमा कार्यरत छन्  ।
(अधिकांस धेरै सख्यामा मगर गुरुङ राईलिम्बु र खस छेत्रीयहरु बिदेशी सेनामा गोर्खा सैनिक श्रमिकको रुपमा भर्ना हुन्छन / तामांग शेर्पा थकाली थारु चेपांग ,भुजेल र अन्य आदिवासी जनजाती गोर्खा श्रमिक सेनामा प्राय कम संख्यामा भर्ना हुन्छन /खस क्षेत्रिय बाहेक विदेशका गोर्खा सेनामा भर्ना हुने र नहुने दुवैसमुदायका आदिवासी जनजाती वर्षो देखि एकलजातीय राज्य बाट पिडित र शोषित छन् । )
त्यस्तै लाखो नेपाली श्र्रमिक खाडी मुलुक , मालेशिया ,साउथ कोरिया भारत र अन्य मुकुकमा सो मुलुकको विकास र निर्माणमा श्र्रमिकको रुपमा कार्यरत छन् ।
के फरक छ गोर्खा सैनिक श्रमिक र नागरिक श्रमिकहरु मा ?एउटा ले सो मुलुक को रक्क्षा(defense service )को हेरचाह गर्छ रसो मा सलग्न छ अर्को ले त्यस मुलुक को अर्थिक विकास र निर्माण(nation building )मा आफ्नो कडा श्रम परिश्रम योगदान दिन्छ ।
सरसति हेर्दा गोर्खा सैनिक श्रमिक र नागरिक श्रमिक दुवैलाइ विदेशमा जिउ ज्यानको रिस्क छ । ठुलो खतरा छ /खाडी बाट प्रति दिन केहि न केहि घटना भयो को सुनिन्छा
/ किन अनुभवी डाक्टर ईन्जिनियर,टेक्निसिएन, प्रय्धापक ,कर्मचारी , मजदुर गोर्खा सैनिक श्र्रमिक र नागरिक श्र्रमिकयुवा युवतिहरु बिदेशिन खोजछन् /विदेशमा बिदेशीको सेवा गर्न तयार छन्  ।
मरूभुमिको तातो घाम ,योरोप र अलास्काकाको चिसो हिउ ,जापानमा समुन्द्र को बाढी तथा सुनामी , गढ़वाल भारतको भूखलनमा,अस्ट्रलियाको समुन्द्री तुफानमा आफ्नो जिउ ज्यानको पर्वाह नगरी त्यहाँ काम गर्न किन जान चाहेका छन् किन जान खोजछन् ? लाखो रुपयै दियेर ,तिरेर वैधानिक अवैधानिक (legal or ill-legal )ढंग बाट किन अमेरिका युरोप आदि देशमा बिदेशिन चहान्चन र जान खोजछन् ?कारण .....
आफ्नो मुलुकमा जब सम्म नोकरीको ग्यारन्टी हुदैन स्थायी आर्थिक सम्मभावना हुदैन बिस्तृत आर्थिक सामाजिक अवसर हुदैन तब सम्म कामको खोजिमा विदेशिने प्रबृति रोकिदैन/
यो हाम्रो मुलुक स्वर्ग हो अथवा heaven हो / कसको लागि भन्यो भने केवल राजनीतिक गर्ने राज्यनेता हरुका लागि मात्र हो / यो मुलुक मा सम्पूर्ण अवसर, सुविधा,opportunity छ भने केवल राजनीतिक राज्य नेता तथा बाठो र चतुर राजनीतिक कार्यकर्ताका लागिमात्र हो उंहाहरु बिदेसिनी हुन / उहा हरु त सच्चा रास्ट्रवादी हुन् ।
खाली बिदेसियाका नेपाली नागरिकले पठायोको रेमिटेन्स यो महिना किन घट्यो? के भयो भनेर ?आर्थिक विश्लेषण calculation र गहन तथा घोर चिन्ता गर्नु हुन्छ ।
अतः स्थायी सरकारले स्थायी आर्थिक विकास ,स्थायी नोकरी , स्थायी आर्थिक सामाजिक अवसरको सिर्जना गर /ब्याप्त बर्स्ताचार तल देखिमाथि सम्मको घूस खोरी corruption एंड bribery को अन्त ,गर भाई भतीजा वाद, फरियावाद , परिवार वाद एकल जातीय व्यवस्था निर्मुल गर ।
सो गरेको खण्डमा आफ्नो देशको निर्मल पानी खेत खलिहानको मग मग बासाना हिमालको चिसो हावा पहाडको रमोइल बन जन्तु चरा चुरुंगीको समधुर गीत , तराईको रंग बिरंग पर्यावरण त्यागेर छोडेर को जान्छ विदेश ? कोहि जान्छ भने अभागी हुन्छ ।
अन्तमा बिश्वका दुइ सक्तिशालि मुलुकका शक्तिशाली राजनेता ट्रंप र किमको सम्पूर्ण सुरक्षा ( security )को जिम्मा (responsibility )सिंगापुर गोर्खा पुलिस लाइ प्रदान गरिएको छ /वार्ता स्थलको हरेक कुना काप्चामा गोर्खा सैनिकको आँखा छ (with khukari and latest arms)
कसैको हिमत र साहास छैन गोर्खा सैनिकको सामना गरोस / वार्ता सफल होस् बिस्वमा स्थायी शान्ति स्थापित होस् ।
सिंगापुरको professional गोर्खा प्रहरीको performance को बिस्वका संचार मध्यममा (world media मा ) निकै चर्चा छ / एक विचार मात्र हो /जय गोर्खा जय गोर्खाली ।
(लेखक: मास्टर मित्रसेन थापा मगर प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ ।)

Last Updated on Sunday, 10 June 2018 15:12

Hits: 819

ईतिहास : लखन थापाअघि नै मगर विद्रोह ?

राजकुमार दिक्पाल

काठमाडौँ — लखन थापा मगरले ब्यवस्थित सशस्त्र विद्रोहको तयारी गरिरहेका थिए । उनले जंगबहादुर राणाको हत्या गर्ने प्रतिज्ञा गरेका थिए । तर, उनीसहित सात जना विद्रोहीलाई जंगबहादुरकै आदेशमा वि.सं. १९३३ साल फागुन २ गते गोरखा, बुङ्कोटको काउले भागारमा झुण्ड्याएर मृत्यूदण्ड दिइयो । उनी नेपालको प्रथम शहीद घोषित भइसकेका छन् ।

[क्याप्टेन लखन थापा मगरले १९३०को दशकमा जंगबहादुर राणाको अत्याचारको बिरुद्धमा बिद्रोह गरेका थिए,फलस्वरुप जंगबहादुर राणाले लखन थापा मगरलाई फांसीको सजाय दिएका थिए ।
क्याप्टेन लखन थापा मगरले जंगबहादुर राणाको बिरुद्धमा बिद्रोह गर्नु चारदशक पहिला अर्थात बि.सं १८९७ सालमा पर्बत पाखापानीका तुले रोहानी मगरले आफु राजा र श्रीमतीलाई रानी धोषीत गरि गोरखा राज्यलाई नेपाल राज्य भईसकेको र त्यस राज्यको तोप र बन्दुक काम नलाग्ने बनाईदिने धम्कि दिएबापत गोरखाली राजालाई पचेन । गोरखाली सेना र तुले रोहानी मगरको सेना बिच भयंकर यूद्ध भयो, त्यहि यूद्धमा उनको मृत्यु भएको थियो । तुले रोहानी मगरलाई नेपाल सरकारले 'राष्ट्रिय विभूति' बाट सम्मान गर्नु पर्दछ ]।  - राज्यसत्ता

राम शाह कालिन सिद्ध लखन थापालाई प्रथम लखन थापा मानिन्छ। उनी मनकामना देवीका पूजारी खलकका पुर्खा हुन्। जंगबहादुर राणाको आदेशमा मृत्यू दण्ड पाएका विद्रोही लखन थापा चाहिं दोस्रा लखन थापा हुन्।

नेपालमा विभिन्न आदिवासी जनजातिहरुले समय समयमा विद्रोहका गरेका छन्। वि.सं. १६९०–१६९३ (अनुमानित) मा गोर्खामा भएको घले विद्रोह, वि.सं.१८४८ को चैनपुरको लिम्बू विद्रोह, १८५० को नुवाकोटको लच्याङमा भएको तामाङ विद्रोह, १८६४ को माझ किरातमा भएको राईहरुको विद्रोह, १९०७ मा गोरखाको अठार सय क्षेत्रमा भएको भोटे विद्रोह, १९१४ को सुकदेव गुरुङको नेतृत्वमा गोरखामा भएको गुरुङ विद्रोह प्रशिद्ध छन्। यस्तै लखन थापाले १९३० को दशकको प्रारम्भमा गरेको विद्रोहलाई मगर विद्रोहको रुपमा लिन सकिन्छ।

तर लखन थापाको नेतृत्वमा भएको यस विद्रोहलाई पहिलो मगर विद्रोह भने मान्न सकिन्न। किनभने उनले विद्रोह सुरु गर्नुभन्दा चार दशक अघि नै हालको पर्वत जिल्लामा ठूलो मगर विद्रोह भएको थियो। पर्वत पाखापानीका तुले रोहानीको नेतृत्वमा भएको यो विद्रोह ठूलो भए पनि यसबारे चर्चा परिचर्चा कमै भएको पाइन्छ। यस्तो लाग्छ, लखन थापाको विद्रोह सम्मुख तुले रोहानीको नेतृत्वमा भएको त्यो मगर विद्रोह एक किसिमले ओझेलमा परेको छ। यस विद्रोहमा तुलेलगायत विद्रोहीको त ज्यान गयो नै, विद्रोहीहरुले पनि राज्य पक्षका सैनिकको ज्यान लिए।

वि.सं. १८९७ मा तुले रोहानीले आफूलाई राजा घोषित गरे, श्रीमतीलाई रानी। उनले धनुर्धारीहरुको सशस्त्र समूह बनाई देउराली डाँडामा गढी खडा गरी शासन चलाउन लागे। उनले तत्कालिन गोरखा राज्यलाई कतिसम्म हाँक दिए भने नेपाल राज्य भइसकेको त्यस राज्यको तोप र बन्दुकसमेत काम नलाग्ने बनाइदिने घोषणा गरे। आफू घाम उदाउने र अस्ताउने ठाउँसम्मको राजा भएको घोषणा गरे। तर चीनलाई भने एउटा राज्यको रुपमा स्वीकार गरेका छन्। चीनसँग पनि आवश्यक परे आफू लड्ने उनको घोषणा थियो।

तुलेले आफूलाई पर्वतका पुराना प्रभावशाली राजा मलय बम (मले बम) मल्लको सन्तान भएको मात्र होइन, आफू कृष्णको अवतारसमेत भएको घोषणा गरी विद्रोह सुरु गरेका थिए।

तुले राहानीको विद्रोहको रुप :

इतिहासकार ज्ञानमणि नेपालले तुले रोहानीको विद्रोहका बारेमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (हाल: नेपाल प्रज्ञा प्रतिष्ठान) ले प्रकाशित गरेको “नेपालको महाभारत” (२०५२:१५६–१५७) मा तुले रोहानीको विद्रोह खुल्ने महत्वपूर्ण ऐतिहासिक पत्र प्रकाशमा ल्याएका छन्। त्यही पत्रका आधारमा हेर्दा तुले रोहानीको नेतृत्वमा भएको विद्रोहको स्वरुप यस्तो छ :

तुले रोहानीले आफूलाई मले बम (मलय बम) मल्लको सन्तान भएको र कृष्णको अवतार भएको घोषणा गरे। उनले यस्तो घोषणा विक्रम सम्वत १८९७ आषाढ बदी ३० सोमबारको (असार १८ गते) गरेका थिए। आफूलाई सूर्य उदाउनेदेखि अस्ताउने ठाउँसम्मको राजा घोषणा गर्दै गोर्खालीको तोप र बन्दुकलाई समेत काम नलाग्ने बनाउने हाँक दिए। उनले चीनलाई मात्र एउटा राज्यको रुपमा स्वीकार गरे। आवश्यक परे चीनसँग समेत युद्ध गर्ने बताएर गाउँलेहरुलाई आफ्नो पक्षमा लागेर आफूसँग हिड्न दवाव दिए। उनका गाउँका ६ घर बाहेक सबै गाउँले उनको पछि लागे। अर्थात् विद्रोहमा सामेल भए।

उनले देउराली डाँडामा गढी तयार गरे। मौलो गाडे। झन्डा, निशान समेत फहराए। श्रीमती लाटी रोहानीलाई रानी घोषणा गरी गाउँका दुई महिला झिकाई रानीको सुसारे बनाए। अनि आफू गद्दीमा बसे।

त्यो बेला त्यहीं बाटो भएर तामाखानीबाट तामा काटी टक आउँथ्यो। उनको आदेशमा सात भारी टक कब्जा गरियो। खानी ब्यापारका ब्यापारीहरुका भरियाहरुबाट १५ भारी चामल, कोदो कब्जा गरियो। बाटो हिड्ने मानिसबाट की आफूलाई रकम दिन नभए आफूसँग हिड्न दवाव दिइयो। यसो हुँदा टक्सारका सबै कामहरु बन्द भए।

यस्तो गतिविधिबारे सरकारी सेना र पातले खेतका केही अगुवाहरु गएर तुलेलाई यस्तो गतिविधि किन गरेको भन्ने प्रश्न राखे। तुलेका बफादारहरु आक्रोशित भए। उनीहरुले सुवेदार नरसिंह मल्लका भाई पदम मल्ललाई एक कोष टाढासम्म लखेटी विषालु धनुाँड प्रहार गरी हत्या गरे। केही सिपाहीलाई घाइते तुल्याए।

तुलेका बफादारहरु थप आक्रोशित भए। उनीहरु ठाडाखानी गएर साहु महाजनका बहिपत्र (तमसुक) हरु जलाए। भाला प्रहार गरी बाख्रा मारिदिए। झिङ्को गाउँमा पुगेर पाँच गोठ लुटी ७१ बाख्रा काटी खाए। पातले खेतका रणसिंह खत्रीको गोठमा पुगी दुई गोठालालाई घाइते बनाई ५/६ वटा भैसी पनि काटेर खाइदिए।

तुलेले त्यस भेगमा सरकारी कर्मचारी भइ खटिएका विचारी टक्सारीलाई फेरि हाँक दिंदै चिट्ठी पठाएर भने, “कसको आदेशमा लडाई गर्न आइस् र फेरि किन भागिस्?”

सकेसम्म फकाई फुल्याई शान्त गराएर तुलेलाई पक्रन त्यस भेगका सरकारी मानिस र स्थानीय अगुवा फेरि सक्रिय भए। तर तुलेका बफादारहरु फकिएनन्। उल्टै आक्रोशित भए। उनीहरुले त्यो आक्रमण र प्रत्याक्रमणमा कुकुर र बाख्रालाई पनि प्रयोग गरेका थिए। महिला र बालबालिकासमेत उत्रिएका थिए। पुरुषहरु धनुकाँड लिएर उत्रिए। विद्रोही पक्षका महिलाहरु बन्चरो लिएर निस्के। कतिले खरानी उडाए।

बाख्राको प्रयोग ढालका रुपमा, कुकुरको प्रयोग आक्रामकको रुपमा र खरानीको प्रयोग विपक्षको आँखामा छारो हाल्नका लागि भएको बुझ्न सकिन्छ।
विद्रोहीको यस्तो प्रत्याक्रमणपछि राज्य पक्ष युद्धबाट पछि हट्यो र एक कोष टाढा गई ज्यान जोगायो।

त्यसै रात फेरि १३ जना विद्रोहीहरु ठाडाखानी गाउँमा पुगेर केहीलाई घाइते बनाए। लुटपिट गर्न लागे। उनीहरुले तीन जनालाई मारे। २५ जना जतिलाई घाइते बनाए। उनीहरुले कालीबक्स पल्टनका सिपाही पूर्ण सूर्यवंशी विदामा आएको बेला तरबार प्रहार गरी घाइते तुल्याए।

फेरि युद्ध मच्चियो। यो युद्धमा राज्य पक्षबाट तुले र उनका बुवालाई गढी भित्रै काटे। युद्धमा जम्मा ९ जना मारिए, २ जना पक्राउ परे। त्यो बेलाको विद्रोहको यो रुप चानचुने थिएन। तुलेको विद्रोह दवाउन राज्य पक्षले कालीबक्स पल्टनका सेना परिचालन गर्नु परेको थियो।

मारिने र मार्नेहरु:

नेपाल (२०५२:१५७–१५९) अनुसार यो विद्रोह वा लडाई एक महिनासम्म चलेको देखिन्छ। वि.सं. १८९७ श्रावण वदी ३० मंगलबार बेनी मुकामबाट बाग्लुङ अड्डाका विचारी श्रीभक्त पाठक, ठिरा लछिमन भण्डारी, टक्सारी जैनरसिं प्रधान, बहिदार प्रेमसिंह खत्री, सेनाका जमदार दलजित रुचालकासाथै कुहुं, राखु, मल्लाजा, ज्यामरुक, घटान, बेनी, कार्किकोट, भीमपोखरा, सिंघान, तिल्याड र बलेवाका गरी ७४ जना मानिसले यस घटनासम्बन्धी जानकारी तत्कालिन सरकारमा जाहेर गरिएको अर्जीमा लडाईका बेला विद्रोही पक्षका ९ जना मारिएका र सरकारी पक्षका ४ जना गरी १३ जना मारिएका देखिन्छ।

तर नेपाल (२०५२:१६१) अनुसारनै मारिनेहरुको नाम भने ७ ननाको मात्र उल्लेख छ। तीमध्ये तुलेलाई कालिवक्स पल्टनका सिपाही पुरनसिंह सूर्यवंशीले तरबारले कोखामा प्रहार गरी हत्या गरे। तुलेका बुवा बुधेलाई कालीबक्स पल्टनकै सिउराज सूर्यवंशीले धनुकाँडले हानी हत्या गरे। तुलेका दाजु कुस्म्यालाई रघुबीर रुचालले मारे। बासुदेव रोहानी अटल रुचालको प्रहारबाट मारिए। यस्तै जमदार पदम मल्ल विद्रोही पक्षको धनुकाँड प्रहारबाट मारिए।

नेपाल (२०५२:१६४) ले तुले रोहानी मगर नै भएको उल्लेख गरेबाट यो मगर विद्रोह नै थियो भन्ने स्पष्ट हुन्छ।

त्यो समय उनले आफू मलेबम अर्थात मलय बम मल्लका सन्तान र कृष्णको अवतार भएको उल्लेख गर्नुबाट उनको विद्रोहको आड राजनीतिक र धार्मिक दुवै थियो भन्न सकिन्छ।

पहिले पहिले भएका कतिपय विद्रोहको आड धार्मिक पनि हुने गरेको थियो। जस्तो कि सुकदेव गुरुङ, सुपति गुरुङहरुले आफूलाई बौद्ध बादशाह घोषणा गरी विद्रोह गरेका थिए। लखन थापाले आफूलाई सिद्ध लखन थापाको अवतार भएको र आफूलाई मनकामना देवीको आज्ञा रहेको घोषणा गरेका थिए। नुवाकोटमा भएको तामाङ विद्रोहका अगुवाहरुले पनि आफूलाई अवतारी घोषणा गरी विद्रोहका लागि आहृवान गरेका थिए।

तुले रोहानीले आफू पर्वतका राजा मले बमका सन्तानसमेत घोषणा गरेका थिए। मले बम तत्कालिन चौविसी राज्य अन्तर्गतको पर्वत राज्यका महत्वकांक्षी र सुयोग्य राजा थिए। त्यो समय चौविसी राज्यमध्ये पर्वत धनी, प्रभावशाली र शक्तिशाली राज्य थियो। इतिहासप्रधान पत्रिका “पूर्णिमा” को पूर्णांक ४९ (आश्विन २०३८:९) मा देवीप्रसाद भण्डारीले प्रस्तुत गरेको “ऐ.शि. बाबुराम आचार्यले रचना गर्नुभएको नेपालको संक्षिप्त इतिहास” अनुसार वि.सं. १७९६ तिर मलै बम मल्लले पर्वत राज्यमा शासन चलाएका थिए। उनले चौविसी राज्यका सबै राज्यको राजा हुने महत्वकांक्षा पनि पालेका थिए। उनैकी सन्तति बुद्धिमती गोरखाका राजा नरभूपाल शाहकी साहिली रानी हुन्।

आचार्यले “पूर्णिमा”को पूर्णांक ६० (माघ२०४१:१४०) मा उल्लेख गरेअनुसार १८४३ साल असोज १३ गते गोरखालीहरु अघि बढ्दै जाँदा पर्वतका अन्तिम् राजा किर्तिबम मल्ल भागे र त्यस राज्य गोर्खालीको अधिनस्थ हुन आयो।

पर्वतका प्रभावशाली राजा मलय बमको शासनको एक शताब्दिपछि तुले रोहानीले आफू उनैको सन्तान हुँ भनी विद्रोह गरेको देखिन्छ। यसबाट के बुझिन्छ भने लखन थापा मगर विद्रोहका आदि विद्रोही होइनन्। मगर विद्रोहका आदि विद्रोही त तुले रोहानी हुन्।
(जेष्ठ २०, २०७५ कानितपुर बाट साभार गरिएको )

Last Updated on Thursday, 07 June 2018 10:59

Hits: 2321

'मगर सम्राट् नागराज' (लाङ्ग राज)को काखमा जन्मेको नेपाली भाषा हो !

बि.के. राना
माथि भनिएको नागराज (लाङ्ग राज)लाई त्रिभुवन विश्वविद्यालयका भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलले 'मगर सम्राट्' मान्नु भएको छ र उनै 'मगर सम्राट्' नागराज (लाङ्ग राज)को "काखमा नेपाली भाषा जन्मेको हो " भन्नु भएको छ http://www.ekantipur.com/np/2069/1/24/full-news/347291/


अन्य विद्वानहरु, जस्तो कि प्राध्यापक सूर्य मणि अधिकारीले चाहिँ यसबारेमा नागराज (लाङ्ग राज)लाई 'मगर सम्राट्' भए नभएको केही उल्लेख गर्नु भएको छैन (हेर्नुहोस> The Khas Kingdom -1997 : 43)। प्राध्यापक बालकृष्ण पोखरेलको मान्यता के पनि छ भने यिनै 'मगर सम्राट् नागराज (लाङ्ग राज)'ले नै जुम्लामा खस राज्यको स्थापना गरेका हुन ।

The Magars: Their History, Language and Culture Liked · December 30, 2013 · Edited · 

श्री शाके १२७९ अर्थात् सन् १३५७ को दुल्लु, दैलेखको कीर्तिस्तम्भ, स्तम्भ अभिलेख अर्थात् शिलालेख (Stone Pillar) को ३३ सौं र ३४ सौं लाईन वा हरफमा "खारिप्रदेशस्थो यो जवेश्व्रतामगातेन,श्री नागराजेन सेंजापुर्यो स्थिति (:) कृता ।१२ " लेखिएको छ । पश्चिम तिब्बतको ताक्लाखार, खारिप्रदेशबाट आएर नागराज (लाङ्ग राज)ले जुम्लाको सिंजामा एउटा नगर बसाई त्यहाँका (जुमेश्व्र वा जुम्लेश्व्र) राजा भए भन्ने प्रसंगमा लेखिएको शिलालेखको कुरो हो यो ।
माथि भनिएको नागराज (लाङ्ग राज)लाई त्रिभुवन विश्वविद्यालयका विख्यात भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलले 'मगर सम्राट्' मान्नु भएको छ र उनै 'मगर सम्राट्' नागराज (लाङ्ग राज)को "काखमा नेपाली भाषा जन्मेको हो " भन्नु भएको छ http://www.ekantipur.com/np/2069/1/24/full-news/347291/ । अन्य विद्वानहरु, जस्तो कि प्राध्यापक सूर्य मणि अधिकारीले चाहिँ यसबारेमा नागराज (लाङ्ग राज)लाई 'मगर सम्राट्' भए नभएको केही उल्लेख गर्नु भएको छैन (हेर्नुहोस> The Khas Kingdom -1997 : 43)। प्राध्यापक बालकृष्ण पोखरेलको मान्यता के पनि छ भने यिनै 'मगर सम्राट् नागराज (लाङ्ग राज)'ले नै जुम्लामा खस राज्यको स्थापना गरेका हुन ।

प्राध्यापक पोखरेलले के कति प्रमाणका आधारमा यी कुराहरु भन्नु भयो, त्यो बुझिदैन । यसबारेमा थप अध्ययन अनुसन्धान हुनु आवस्यक छ । यसै भन्न सकिन्न र जसले जे जे लेखिदिए उनैका पछि पनि लाग्न सकिदैन ।

Last Updated on Thursday, 07 June 2018 11:09

Hits: 302

मगर जाति र प्राचिन इतिहासको चर्चा !

दक्षिण एसियाको इतिहासमा मगर जातिको प्रचीनताको प्रश्न !

लेखक: बि. के. राना

Image may contain: 1 person
दक्षिण एसियाको हिमाली मुलुक नेपालमा विभिन्न जातजातिका मानिसहरु बसोबास गर्दछन् | उनीहरु मद्धे मगर जाति मुलुकको एक प्रमुख जाति हो | सरकारी तथ्यांकका हिसाबले  भन्ने हो मगर जाति गौरवमय इतिहासको धनी नेपालका क्षत्री र ब्राह्मण पछि क्रमश: तेश्रो सबभन्दा ठूलो जनसंख्या भएको जाति हो | तर, सम्बन्धित विद्वान् वा समुदायका अगुवाहरुले  यो सरकारी तथ्यांकलाइ सही मानेका छैनन् | खैर, यस विषयमा कुरा गर्दै गरौला पछि कुनै अर्को लेखमा | आज एउटा छुट्टै प्रसंग, छुटै चर्चा गरौ जस्तो  लाग्यो |

आफु मगरको सन्तति भएका नाताले यो लेखकलाई पनि आफ्नो जातिको इतिहास, भाषा र संस्कृतिका बारेमा धेरथोर चासो हुनु स्वाभाविकै हो | यसरी कुरा गर्दा वा सरोकार राखिदा जातिवादी होईन्छ होईन्न त्यसबारे  यस लेखकले कुनै सरोकार राखेकै छैन किनभने आफ्नो जातिको अर्थात् अझ स्पस्ट भाषामा भन्ने हो भने आफ्नो पुर्खाको गौरवमय इतिहास, छुट्टै स्वतन्त्र भाषा र विशिष्ट संस्कृति यसै पनि सधै प्रिय र मीठो लाग्दो रहेछ | यस्तै लागेको छ मलाइ पनि | र, यस्ता कुरा उठाउनु ठीक हो होइन त्यसबारे छुट्टै वहस गर्न सकिएला |

[आज २१सौं शताव्दीसम्म आइपुग्दा पनि सम्पूर्ण मगर समाज अझै विकासशील अवस्थामा नै रहदा यस समाजका बारेमा अलिकति चिन्तन मनन गरिदो रहेछ यसै पनि | कम्तिमा पनि मलाइ त यस्तै हुने गर्दछ`| तर, प्राज्ञिक अभ्यासमा यसप्रकार खास जाति विशेषको आग्रह गरिनु वा कुरा उठाउनु आफैमा उपयुक्त-अनुपयुक्त जे भए पनि दक्षिण एशियामा मगर जातिको प्राचीनता के र कति भन्ने बारेमा सरोकार राख्दै आएका कारण पनि यसबारेमा धेरथोर लेख्ने प्रयत्न गरेको छु |]

त्यसो त मगर जातिको मानवशास्त्रीय अध्ययन-अनुसन्धान स्वयम् सम्बन्धित विद्वानहरु अर्थात् 'नेटिभ लेखक'हरुबाट हुदा सार्है राम्रो हुने हो तर त्यस्तो भै सकेको जस्तो लाग्दैन | खुद हाम्रा मगर जानिफकार वा अग्रजहरुबाट नै सूचना र तथ्य वा प्रमाण हासिल गरेर बाहिरका अरुहरुले केही अध्ययन गरिदिएकाछन वा लेखिदिएका त्यो पनि राम्रै भएको छ | अनि हामी तत्त अध्ययन-अनुसन्धान बढी रुचिका साथ पढ्ने गर्दछौ | वस्तुतः हामी त्यस प्रकारको अध्ययन-अनुसन्धानलाइ स्वीकार गर्दछौ, गर्दै  आइरहेका पनि छौ |

हिमाली क्षेत्रका सबैजसो आदिवासी जनजातिका कुरा यस्तैयस्तै छन | आफ्नो कुरा बाहिरका अरुले लेखिदिएका छन | यस्तो स्थितिमा ति बाहिरियाहरुले गरेका व्याख्यान विश्लेषणमा यताउता भएका खण्डमा अफ्ठ्यारो हुन् जानु स्वाभाविकै हो | यस्तो चाहिँ एकजना जापानी विद्वान् जिरो कवाकिताले लेखेका "पहाडका मगर जाति र उनका छिमेकीहरु  : गङ्गा नदीको समथर मैदान आसपासका पहाडी जातिहरु - १९७४ " (THE HILL MAGARS AND THEIR NEIGHBOURS: HILL PEOPLES SURROUNDING THE GANGES PLAIN - 1974 ] नामको किताबमा अलिकति नमिल्ने खालका कुराहरु पनि परेकाले त्यसबारे विरोधको स्वर सन् १९९० को दशकतिर पनि उठेको थियो |

अब यसकुरालाइ यहि छाडेर मगर जातिको प्राचीन इतिहासका कुरा गरौ | मगर जातिको प्राचीन इतिहास के कस्तो थियो त ?
महाभारत र पुराणमा मगरका कुरा ?

केही भारतीय तथा पाश्चात्य विद्वान हरुले  मगर जातिको उल्लेख महाभारतमा पनि भएको कुरा औल्याएका छन् | विश्व प्रशिद्ध  हार्वार्ड  विश्वविद्यालयका प्राध्यापक तथा  विख्यात इन्डोलजिष्ट माइकल वित्ज़लका अनुसार मगरहरु महाभारतकालमा नै चिरपरिचित थिए भन्ने लेख्नु भएको छ | किनभने महाभारत महाकाव्यको भाग ६ अध्याय १२ का ३३ र ३४ श्लोकहरुमा हालको हाम्रो मगर जातिलाइ सम्बोधन हुन सक्ने क्रमश: 'मगाश र मगा" भन्ने दुइ नाम शव्दहरु आएका छन् | जस्तै :-
३३. तत्र पुण्या जनपदाश चत्वारॊ लॊकसंमताः

मगाश च मशकाश चैव मानसा मन्दगास तथा

३४. मगा बराह्मणभूयिष्ठाः सवकर्मनिरता नृप

मशकेषु तु राजन्या धार्मिकाः सर्वकामदाः

अब यहाँ कुरा के पनि आउछ भने स्वयम महाभारतको प्राचीनता के कति हो त ? यसबारेमा भारतीय विद्वानहरुको मतानुसार महाभारतको युद्ध ३१३९ इशा पूर्व अर्थात् ५,१५१ वर्ष पहिले भएको थियो | तर यो मितिमा विवाद रहेको छ हालसम्म पनि | पाश्चात्य विद्वानहरु के अनुमान लगाउदछन् भने महाभारत महाकाव्य ९०० इशा पूर्व अर्थात् चानचुन २९०० वर्ष पहिले लेखिएको हो | ति माथि उल्लेख भएका " मगाश र मगा" ले आजका मगर जातिलाइ सम्बोधन गर्ने नगर्ने बारेमा थप विश्लेषण  हुनु बान्छनीय छ | यसबारे छुट्टै चर्चा पछि गरिने छ |

यसबाहेक 'मंगर' नाम शव्द कुर्म पुराण को ४९:३६ सौ श्लोक र विष्णु पुराणको २. ४. ६९ श्लोकमा पनि प्रयोग भएको छ | भारतीय विद्वान् राधाकृष्ण चौधरीले यी पुराणहरुमा आएका 'मंगर' शव्दले हालका मगरहरुलाई बुझाउने कुरा लेख्नु भएको छ | (वित्ज़ल  1993 :226)

तर यी माथि भनिएका महाभारत, कुर्म पुराण वा विष्णु पुराणमा वर्णित 'मगाश', 'मगा'  वा 'मंगर'ले  हालका मगर जातिलाइ नै बुझाउदछन भन्नेमा यसै हो भन्ने अवस्था छैन किनभने संस्कृत भाषाको 'मग' शव्दबाट यीमाथिका शव्दहरु व्युत्पन्न भएकाछन् वा बनेकाछन्  । र, यो  'मग'  शव्दले सूर्यको पूजारी मुख्य रुपमा ब्राह्मणहरुद्वारा  मात्र बसोबास गरिएको भनिएको शकद्वीपका  वासिन्दालाइ  बुझाउदछ । सूर्यको पूजारी हुनु र ब्राह्मणहरुको वाहुल्य भएको प्राचीन शकद्वीपमा  आजका मगरहरुका पूर्वजहरु बसोबास गर्दथे भन्न का निम्ति यो मात्र कुनै गतिलो आधार हुनसक्दैन । त्यसमा एउटा मात्र विचारणीय पक्ष के छ भने उही 'मग' शव्दबाटबन्ने अर्को शव्द  'मगस'ले  चाहिँ शकद्वीपका लडाकु  जातिलाइ पनि जनाउदछ (मोनियर 1899: 772)। मगर जाति वस्तुतः एउटा लडाकु जाति पनि हो । तर, यसकै आधारमा मात्र यो कुरोको निरुपण हुन् सक्दैन किनभने आजका मगर जातिको तीनै किसिमका भाषाहरु भोट-बर्मेली परिवारका भाषाहरु हुन् भने संस्कृत भारोपेली परिवारको भाषा हो। यहाँ भाषिक भिन्नताका कारण पनि यस कुरालाई स्वीकार गर्ने ठाउ छैन।

प्राचीन 'मगध' राज्यका बासिन्दाहरु वर्णाश्रम व्यवस्था मान्दैनथे । त्यसै हुनाले पनि त्यसले माथीको कुरालाइ स्पष्ट गर्दैन ।न त सो मगधमा पर्ने हालको 'मुङ्गेर' जिल्लाले नै  स्पष्ट गर्दछ (झा 2004: 82) । प्राचीन मगधवासीहरु गीत गाइहिड्ने 'गाईने जस्ता' थिए पनि भनिएको छ  (मोनियर 1899: 772)। त्यो पनि आजका मगरहरुको परम्परा होइन ।

तिब्बत र 'मंगोर'का कुरा

तिब्बतीहरु आफुहरुलाई 'बो' भन्दछन । यो तिब्बत भन्ने शव्द  'तिबे ' वा 'थिबे' ( Cf : नेपालका 'थेबे' थरका लिम्बुहरुसंग तुलना गर्नुहोस)बाट आएको छ । ज्यान्बेइ (Xianbei)  भाषामा तिब्बतीहरुलाई 'तिबे ' वा'थिबे' भनिन्छ । त्यो 'तिबे ' सम्भवत: तोबा ज्यान्बेइ (Tuoba Xianbei)  को  नामबाट आएको पनि हुनसक्छ ।तोबा ज्यान्बेइ (Tuoba Xianbei)  ले दक्षिण लियांगको स्थापना गरेका हुन् भन्ने विश्वास गरिन्छ । यसमा 'छागनमंगोर' अर्थात सेता मंगोल ("Chaghan Monguor"or White  Mongols ) को कुरा गर्नु पर्ने हुन्छ । यसमा 'मंगोर' भन्ने शव्द 'मुरोंग ज्यान्बेइ' (Murong Xianbei) भाषाबाट  बनेको हो भन्ने भनाइ छ । फ्लेमिश क्याथोलिकमिशनरी लुई स्क्य्रामले  सन् 1911 -1922 का बीच यो 'मंगोर'  वा 'मंगोल' भन्ने शव्दलाई अन्तर्राष्ट्रियकरण गरेका हुन् ।

जहाँ सम्म 'मंगोल' जातिको कुरा छ ; यही 'मंगोल'बाट  'मंगर वा मगर' बनेको देखिन्छ । 'मंगोर' भाषामा 'मंगोलियाली भाषा'को अन्तिम 'ल' अर्थात 'मंगोल'को 'ल'लाइ 'र' उच्चारण गरिन्छ । यसरी  मगर शव्दको व्युत्पत्ति भएकोदेखा पर्दछ सरसर्ती हेर्दा । तर लुई स्क्य्राम' भन्दा  सय वर्ष वा सो भन्दा पनि पहिले नै कर्णेल  कर्कप्याट्रिकले नेपालका 'मगर'हरुबारे उल्लेख गरिसकेका हुन् (कर्कप्याट्रिक 1811 :249)। उनले 'मुङ्गर' वा ‘मंगर’ लेखेका छन् ।

एउटा चाख लाग्दो कुरा के पनि छ भने शाह राजाहरुको कुनै पनि लालमोहरहरुमा आजका सम्पूर्ण मगर जातिको 'जात जनाउने' शव्द 'मगर' भने कहिँ कतै उल्लेख छैन । बरु, मगर जातिका बिभिन्न थरहरु जस्तै: राना , थापा ,खड्का, आले, रोका , मास्की, ग्यामी, पुलामी, भुषाल,  थापासारु, अर्घुम्ले, त्रोक्छाकी, जैसिराना, थापाझेडी , थापारखाल,  थापासिन्जाली , अस्लामी, गरन्जा, आले त्रोक्छाकी, तर्कुले राना' इत्यादी  भने बारम्बार प्रयोग गरिएको छ ।(क्रमश:)
सन्दर्भ सूचि :

क) विभिन्न लालमोहरहरु
ख) योगी, नरहरिनाथ - 2022: इतिहासप्रकाशमा सन्धिपत्र संग्रह  भाग -1
ग) रेग्मी, शारदाप्रसाद - वि. शं  2009 : गोर्खावंशावाली

a) Jha, D. N. - 2004: Early India, A Concise History . Manohar Publishers & Distributors, New Delhi.

b) Kirkpatrck , Colonel - 1811 : Account of the  Kingdom of Nepaul : London

c) Monguor : Wikipedia

d) Monier-Williams, Monier - 1899: A Sanskrit-English Dictionary – Oxford

e) Toffin, Gerrad - 1993: Nepal Past & Present - CNRS, Paris

(डिसेम्बर ३०, २०१३ साभार: हिमालयन भ्वाईस )

Last Updated on Monday, 04 June 2018 12:58

Hits: 2817

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर