A+ A A-

राणाहरुले 'लडाइँमा झोसेका' लाहुरेहरु

भोगिराज चाम्लिङ

पृथ्वीनारायण शाहको एउटा नितिउपदेश छ, जिवनको उत्तरार्धमा मुखले लेखाएको भनिएको उनको यो उपदेशलाई "दिब्योपदेश" नाम दिईएको छ । त्यसमा उनले भनेका छन :

"पाडे, बस्न्यात, पंथ भैयाद मग्र ( मगर ) ... ई मेरा नुन् गुन्का स्वझा ( सोझा ) सेवक हुन । ईनिहरुको जीव जान्या बिराम गर्‍याको भया पनि आफुले नमार्नु । बरु माराताप दियेर लडाइँमा झोसी दिनु र जीव जोगाई आयो भन्न्या बढिया भयो, मरिगयो भन्न्या आफुले मार्नु, अर्कैबाट मारी दियाको बढिया हुन्छ । तव राजाले सेवकलाई घरमा नमार्नु ।"

राणाहरुले यहि "लडाइँमा झोस्ने" नीति लिएर नेपाली युवाहरुलाई दोश्रो बिश्वयुद्धमा होमिदिएका थिए । आफुले मार्नुभन्दा युद्धमा झोसीदिएर अर्कैको हातबाट मारिदिनु उनिहरुको लागि "बढिया" थियो । राणाशासन बिरुद्ध उठ्न सक्ने ठूलो युवाशक्तिलाई दोश्रो बिश्वयुद्धमा झोसेर उनिहरुले आफू बिरुद्धको असंतुष्टीलाई ब्याबस्थापन गर्न खोजेका थिए । राणा प्रधानमन्त्री जुद्ध शम्शेरले दोश्रो बिश्वयुद्धमा 2 लाखभन्दा बढी नेपाली युवाहरु भर्तिमा पठाएका थिए । त्यसमध्ये हजारौं मारिए, बेपत्ता र घाइते भए । तर, जतिले "जीव जोगाई" आए, उनिहरुले राणा सेनाहरुलाई परास्त गर्दै राणाशासन अन्त्य गरेरै छाडे ।

राणा प्रधानमन्त्री चन्द्र शम्शेरको समयमा पहिलो बिश्वयुद्ध भएको थियो । अंग्रेजहरुलाई लडाकु सेनाहरुको आवश्यकता परेपछि उनिहरुले नेपाली युवा भर्ती गर्न औपचारिक रुपमा प्रस्ताव गरे । अंग्रेजहरुको सेवा गर्ने मौकाको रुपमा लिंदै चन्द्र शम्शेरले भर्तिको अनुमती मात्र दिएनन् नेपाली सेना नै युद्धमा खटाए । यसका लागि गाउघरबाट बढिभन्दा बढी "रंगरुट" ( भर्ती ) अनिबार्यरुपमा पठाउनु पर्ने "सनद" नै जारी गरेका थिए । चन्द्र शेरको पालामा यस्ता रंगरुट भर्तीकेन्द्र नेपालमा दश ठाउमा खुलेको थिए । यसबाहेक भर्तिका लागि प्रलोभन पनि दिइएको थियो । भर्ती गराउनका लागि "रंगरुट" जम्मा गर्नेहरुलाई पैसा र जमिन दिईन्थ्यो भने बृटिश-भारतिय सेनमा भर्ना हुनु भनेको नेपाल सरकारकै सेवा गरे सरह हुने बताइएको थियो । भर्ती गराउने अधिकरीहरुको अनुसार सन् 1914 मा प्रथम बिश्वयुद्धमा लडाउन नेपालको गाउगाउबाट भारत पठाइएको जवानहरुको संख्या 2 लाखभन्दा बढी थियो । यो संख्या 9 लाख 17 हजार 144 थियो भन्ने अनुमान पनि छ । तर, एन्थनी गाउल्डले चाहिँ युद्धमा 1 लाख गोर्खाली ( नेपाली ) हरु परिचालन गरिएको र 10 भागको 1 भाग चाहिँ युद्धमा मारिए, हराए वा घाइते भएका बताएका छन । राणाहरुले भर्तिवापत अंग्रेजहरुबाट लाखौं रकम लिएका थिए । पुरुषोत्तम शम्शेर जबराका अनुसार चन्द्र शम्शेरले अंग्रेजहरुबाट लाहुरेको नाममा आएको एकमुष्ठ 21 लाख रुपैयाँ निजि बनाएका थिए । त्यस्तै लाहुरेहरुको नाममा बेलायतले बैंक अफ लण्डनमा खाता खोलेर राखिदिएको 10 लाख डलर पाउन्डको ब्याज हरेक बर्ष पठाइन्थ्यो, त्यो पनि चन्द्र शम्शेरले निजि ढिकुटीमा जम्मा गर्थे । चन्द्र शम्शेरले बृटिश-भारतिय सेनामा भर्ती गराएर हजारौं नेपाली युवतीहरुलाई बिधवा बनाए, हजारौं घाइते अंगभंग भए । उनले अंग्रेज सरकारसँग नेपालबाट भर्ती भएकाहरुलाई सुबेदारभन्दा माथिका ओहोदा नदिन समेत अनुरोध गरेका थिए । योभन्दा अर्को कृतघ्नता अर्को के हुन सक्छ ?

दोश्रो बिश्वयुद्धमा पनि बृटिश-भारतिय सेनामा उस्तरी नै भर्तिका लागि नेपाली युवाहरुलाई पठाइयो । दोश्रो बिश्वयुद्ध हुँदा नेपालमा जुद्ध शम्शेर राणा प्रधानमन्त्री थिए । उनले आफ्नो पुर्ववर्ती श्री 3 प्रधानमन्त्री चन्द्र शम्शेरकै अनुकरण गरे । त्यसबखत पनि नेपालबाट 2 लाखभन्दा बढी युवाहरु भर्तिमा पठाइएका थिए । दोश्रो बिश्वयुद्ध शुरु भएपछि सन् 1940 सेप्टेम्बरमा पश्चिममा 6 र पुर्वमा 5 जना भर्ती अफिसरहरु नियुक्त गारिएका थिए । पश्चिम नेपालमा 6 वटा भर्ति केन्द्रहरु खोलिएको थिए- बन्दिपुर ( तनहुँ र रिसिङ घ्रीङका लागि ), पोखरा ( कास्कीका लागि ), खलंगा ( प्युठानका लागि ) र सल्यान । पुर्वमा खोलिएका 5 वटा भर्ति केन्द्रहरु थिए- रामेछाप ( पुर्व 2 नंबर जिल्लाको लागि ), ओखलढुंगा ( पुर्व 3 नम्बर जिल्लाको लागि ), भोजपुर ( पुर्व 4 नंबर जिल्लाको लागी ), धनकुटा ( पुर्व 5 नम्बर जिल्लाको लागि ) र इलाम ( इलाम जिल्लाको लागि ) ।

दोश्रो बिश्वयुद्धमा बेलायतले भर्ती गरेका नेपाली युवाहरुको संख्या:
बर्ष -        सु. पश्चिम - पश्चिम र मध्य - पुर्वान्चल - जम्मा
सन् 1940 - 1,500 - 11,000 - 2,500 -     15,000
सन् 1941
फेब्रुअरी - 20,000
सेप्टेम्बर - 2,000 - 9,000 - 2,000 - 13,000
सन् 1942-43 - - 23,000
सन् 1944-45 - - 12,000
जम्मा =------------------------------------------- 83,000

सन् 1940 को मध्यमा बृटिश-भारत सरकारले पश्चिम नेपालबाट 5,600 सय र पुर्वी नेपालबाट 14,000 गरि 7,000 नेपाली युवा भर्ती गर्नका लागि अनुमती माग्यो । राणा प्रधानमन्त्री जुद्ध शम्शेरले बृटिशहरुभन्दा अझ अघि बढेर पश्चिमबाट 14,000 र पुर्वी नेपालबाट 6,000 जवानसम्म भर्ती गर्न सकिने बताए । यसका साथै उनले बृटिश सेनामा भर्ती हुने नेपाली युवाहरुलाई समुद्रपार जानसमेत अनुमती दिए । यसअघि सम्म त्यस्तो अनुमती थिएन । तर, फर्किदा पानीपतिया* भने गर्नुपर्ने बाध्यात्मक ब्याबस्था गरे । अंग्रेजप्रतिको यो भक्तिभाव पूरा गर्न पुर्वका इलाम, भोजपुर, धनकुटा र पुर्व 4 नंबरको लागि गौंडागौंडामा साउन 1997 ( सन् 1940 ) मा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले भर्तिका लागि "रोक्का" ( आदेश ) समेत जारी गरेका थिए । ती रोक्कामा यी जिल्लामा युद्धको बखतमा भर्ती गर्न खुल्ला गरिएको बताइएको थियो ।

मे 1940 मा फ्रान्स र बेल्जियममा बेलायतले 40 हजार सेना गुमएपछि नेपाली युवाहरु भर्तिका लागि सख्त जरुरत भयो । सेप्टेम्बर 1940 मा बेलायतले अत्यन्त जरुरी भन्दै थप 10 बटालियन सेना भर्तिका लागि अनुमती दिन नेपाल सरकारलाई अनुरोध गर्यो । जुद्ध शम्शेरले खुशिसाथ अनुमती दिए । सो बर्ष बेलायतले कुनराघाटमा 11,000 जवान भर्ती गर्यो, घुम पहाडमा 25,00 र लहेरिया सहराईमा 1,500 जवान भर्ती गर्यो । फेब्रुअरी 1941 मा 20,000 जवान भर्ती गरियो । सोही बर्ष जुद्ध शम्शेरले थप 14,000 जवान भर्ती गराउने वचन दिए । सो अनुसार सेप्टेम्बरमा 13,000 जवान भर्ती गरियो, बाँकी 1,000 चाहिँ जगेडामा राखियो, आवश्यक पर्दा लिनगरी । 13,000 जवान मध्ये कुनराघाटमा पश्चिम र मध्य नेपालबाट 9,000 जवान, पुर्वि नेपालबाट घुमपहाडमा 2,000 जवान र सुदुर पश्चिमबाट लहेरिया सहेरियामा 2,000 जवान भर्ती गरिएको थियो । यसबर्ष काठमाडौबाट समेत 1,400 जवान भर्ती गरिएको थियो जसलाई रक्सौल पठाइयो । सन् 1942 मा आइपुग्दा युद्धको लागि भर्ती गरिएकोहरुको संख्या 40 बटालियन पुगेको थियो । सिङ्गापुरको युद्धमा 3 बटालियन युवाहरु मारिएका थिए, जसले गर्दा अंग्रेजलाई थप युवाहरु भर्ती गर्नुपर्ने सख्ता जरुरी परेको थियो । सन् 1942 - 43 मा बेलायतले 23,000 नेपाली युवाहरु युद्धका लागि भर्ती गर्यो । सन् 1944 - 45 मा 12,000 नेपाली युवाहरु बेलायतले युद्धका लागि भर्ती गरेको थियो तर त्यति जवान पुर्याउन धेरै मुस्किल परेको थियो ।

गोर्खा रिक्रुटको रुपमा युवाहरु संकलन गर्न सरकारले मुखिया, राई पगरी, जिम्मावाल, तालुकदार र गौरुङहरुलाई पत्र काटी खटाएको हुन्थ्यो । उनिहरुले आफ्नो जिम्मा भित्रका 16 देखि 35 बर्ष उमेरका रैती ( युवा ) हरु तिनपुस्ते लेखेर सरकारले खटाएका गल्लावाल समक्ष अभिभावकको उपस्तिथिमा माल, गौंडा र गोश्वाराको टुँडिखेलमा बुझाउनु पर्थ्यो । यसवापत उनिहरुले प्रती गोर्खा रिक्रुटको 4 पैसा पाउथे । युद्धमा जति ढल्थे, त्यतिनै नयाँ रिक्रुटहरु पठाउनु पर्थ्यो । बृटिश सरकारको तर्फबाट खटिएका भुपु गोर्खा सेनाका गल्लावालहरुले पनि गाउगाउमा पुगेर युवाहरु भगाई भगाई भर्ती गर्थे । यसवापत उनिहरुले 75 पैसा प्रतिब्यक्तीका दरले पेन्सनमा जोडेर पाउथे । त्यसतै पल्टनबाट घरबिदामा आएका गोर्खा सैनिकहरुले पनि फकाई फकाईकन युवाहरु रिक्रुटको रुपमा लिएर जान्थे । यसवापत उनिहरुले चाहिँ प्रतिब्यक्ती रु. 1.75 रुपैयाँ पाउथे । दोश्रो बिश्वयुद्धमा यति धेरै भर्ती गरिएको थियो कि गाउघरमा बृद्ध, महिला र केटाकेटी मात्र थिए ।

युवाहरुलाई कसरी जवर्जस्ती भर्ना गरिन्थ्यो भन्नेबारे तुलसी प्रसाद रेग्मीले आफ्नो बुवाबाट सुनेको कुरा मर्मस्पर्शी छ । उनी सुनाउछन "मेरो बुबाले सुनाउनु भएको एउटा हाँसउठ्दो कुरा तपाईहरु लाई सुनाउछु। त्यतिखेर हिन्दुस्तानमा अंग्रेजको सरकार थियो । उनिहरुले राईहरुलाई भर्ती गरेर लैजान्थे। भर्ना गर्नका लागि जिल्लाजिल्लामा, घरघरमा मान्छे खोज्न गल्लावालहरु आउथे । कोहि लुक्थे, कोहि भाग्थे । तर अर्का घरकाले बताइ दिएपछि जसरी पनि खोजेर ल्याउथे र भर्तिमा लैजान्थे । लुक्दा, भाग्दा पनि धर नपाएपछि डराई डराई भेला हुन्थे । अनि, के गर्दा चाहिँ भर्ती लादैन त भन्दा- लाटोलाई चाहिँ भर्ती गर्दैनथ्यो । एकजनाले चाहिँ लाटो भएको बहाना गरेछ । मान्छे चाहिँ भर्ती गर्नेखालकै गज्जप जिउडाल भएको थियो । भर्ती गर्न आउनेलाई उसको नाम थाह रहेछ । उ लुकेर त्यो केटाको पछाडी खुसुक्क भनेछ "ए किस्ने!" उ चाहिँ साथिले बोलायो भनेर "हाँ" भनेछ । त्यसपछि गल्लावालले लाटो भएको केटालाई "तेरिमा बदमास" भनेर भर्ना गरे रे ।"

भर्तिका लागि राणा प्रधानमन्त्रीहरुले बृटिस-भारत सरकारको कुन हदसम्म चाकरी गर्थे भन्ने अर्को लज्जास्पद तथ्यले बताउछ । सरकारकै तलव खुवाएर नेपाली सेनाका क्याप्टेनलाई बृटिस सेनामा स्थानिय युवाहरु भर्ती गर्ने काममा लगाइएको पाइएको छ । बि. सं. 1935 माघ 30 गते क्याप्टेन कालुसिंह स्वाँंर क्षेत्रीलाई वार्षिक 900 रुपैयाँ तलब तोकेर बैतडी-झुलाघाट गौंडाको क्याप्टेन बनाइएको थियो । उनलाई 1,000 जना युवाहरु बृटिश-भारत सेनामा भर्ती गराउन र नगराए 200 रुपैयाँ दण्ड तिराइने कडा पत्र पठाइएको थियो । नेपाली युवाहरुलाई बृटिश-भारतिय सेनामा भर्ती गर्न खटाइएका यस्ता एकजना ब्यक्ती स्वयम् राम प्रसाद राई पनि थिए । जुद्ध शम्शेरको पालामा उनि सुबेदारको रुपमा बि. सं. 1997 मा धनकुटा खटिएका थिए । ती रिक्रुटहरुलाई राम प्रसाद राईले गोरखपुरसम्म पुर्याएका थिए । सन् 1942 जनवरीमा भोजपुर टुँडिखेलमा 8 - 9 लस्कर युवाहरु गोर्खा रिक्रुटको रुपमा भर्ना गरिएको थियो । बिदा हुने छोराछोरी र बिदा गर्ने आमा-बाबुहरु सुक्सुकाउदै हात हल्लाएको दृश्य हृदयबिदारक थियो ।

एन्थनी गाउल्डका अनुसार दोश्रो बिश्वयुद्ध अन्त्ये हुँदासम्म बृटिस सेनामा गोर्खाली ( नेपाली ) युवाहरुको 45 बटालियन खडा भएको थियो, जसमा 1 लाख 12 हजार सैनिक थिए । तर, युद्धमा मारिने, हराउने, घाइते हुने सेनाहरुको शोधभर्नामा पुन: भर्ती लिईने हुनाले यो संख्या 2 लाख पुगेको अनुमान गर्न सकिन्छ । यी सेनाहरु इराक, ट्युनेसिया, इटाली, ग्रीस, बर्मा, मलाया र इन्डोनेसियाका युद्धमा भाग लिए । यसरी भर्ती गरिनेमा मुख्यतः मगर, गुरुङ, राई र लिम्बू थिए । त्यससंगै ठकुरी, क्षेत्री, दुरा, सुनुवार र रानाभाटलाई पनि भर्ना गरिएको थियो । बिश्वयुद्धमा परिचालन गरिएका मारिने, हराउने, घाइते हुने नेपाली युवाहरुको संख्या धेरै ठूलो थियो । मारिनेहरुको मात्र कुरा गरिने हो भने हरेक मृतकको नाममा एकमिनट मौनधारण गर्दा दुईहप्ता लाग्ने बताइन्छ । गोरखा वेलफेयर ट्रष्ट ( गोरखा कल्याणकारी कोष ) को वेबसाइट www.gwt.org.uk मा बडो भावुक शैलिमा लेखिएको छ- "दोश्रो बिश्वयुद्धमा मृत्यु, घाईते हुने प्रत्येक गोरखाको निम्ति ( एक मिनेट ) मौनधरण गर्ने हो भने पनि दुईहप्तासम्म मौनधारण गर्नुपर्ने हुन्छ ।"

साभार :

जननायक : राम प्रसाद राई
माझकिरातको क्रान्तिदेखी सिंहदरबार बिद्रोहसम्म
( अध्याय - 2 माझकिरात र बिद्रोह बाट )
लेखक : भोगिराज चाम्लिङ ( Bhogi Chamling )

यले डुङ / दुङ / नाम्माङ / नाम्साम / थोचे / तङ्बे ( Kirat-Era ) : 5079

रकम चाम्लिङ को फेस्बुक वाल बाट ।

Last Updated on Monday, 01 April 2019 17:02

Hits: 238

यस कारणले मनाउछन मगरले फाल्गुण १५ गते मगर दिवस !

त्रिलोक सिंह थापा मगर

Image may contain: 1 person
पृष्ठ भूमि

फाल्गुण १५ गते “मगर दिवस” लाई विश्वभरिका सम्पूर्ण मगर समुदायले अत्यन्त उत्साह, उमगं, जोश, उल्लास हर्ष र धूमधामपूर्वक आफ्नो अभिन्न चाड र पर्वको रुपमा मनाउने गर्दछन् । वि.स. २०३९ साल फाल्गुण १५ गतेमा संस्थापक अध्यक्ष हेम बहादुर पुनको अध्यक्षतामा नेपाल लाङघाली परिवार संघको प्रथम राष्ट्रिय महाधिवेशन  सम्पन्न भयो । त्यस पछि वि.सं. २०४० साल बैशाख ३१ गते नेपाल लाङघाली परिवार संघको केन्द्रिय समितिको प्रथम वैठकमा प्रत्येक वर्ष फाल्गुण १५ गते लाई “लाङघाली दिवस” को रुपमा मनाउने प्रस्ताव सर्व सम्मतिवाट पारित भयो । त्यस बेला देखि मगर समुदायले “फाल्गुण १५ गते” लाई मगर दिवसको रुपमा मनाउँदै आएको पाइन्छ ।

मगर दिवसको ऐतिहासिक महत्व

वि.सं. २०३९ फाल्गुण १५ गते “नेपाल मगर संघ” को स्थापना दिवस हो ।
क)  सो दिन नेपाल मगर संघ विधिवत स्थापना भएको हो । सोही दिनलाई विश्व भरिका मगरहरुले एकता, संगठन, भाईचारा, मेल मिलाप, एकजूट, आ–आपसमा एकबद्धता तथा  एक आवाजको  रुपमा लिने गरेका छन् ।
ख)  विश्व भरिका मगरहरु आ–आपसमा हातेमालो र एक जूट भएर मगर जनजातिको उत्थान, प्रगति र विकासका लागि एकबद्ध हुने सन्देश संचारित गर्ने दिवसको रुपमा “मगर दिवस” मनाउने गरेका छन् ।
ग)  सो दिवसलाई विश्व भरिका मगरहरुको आफ्नो मौलिक सँस्कृति, सामाजिक, धार्मिक ऐतहासिक, एंव राजनैतिक चाड तथा पर्वको रुपमा रुपान्तरित गरेको पाइन्छ ।
घ)  मगरहरुको हक, हित, अधिकार तथा उत्तरदायित्वका लागि संघर्ष गर्ने, सजग र सचेत गर्ने शक्तिशाली संगठन “नेपाल मगर संघ” को स्थापना दिनलाई मगर दिवसको रुपमा मनाउने गरिएको छ ।

नेपाल मगर संघ

“ नेपाल मगर संघ” नेपालका आदिवासी जनजातीका संघ संस्थाहरु मध्ये सबैभन्दा पुरानो तथा सबै भन्दा ठूलो सामाजिक संस्था हो भनेर भन्न सकिन्छ । यसै कारण यस संस्थाको क्रमिक विकास पनि संघर्षमय रहेको छ । वि.सं. २०१७ सालको राजनैतिक परिवर्तन पछि आएको तत्कालीन विघठित पंचायत कालमा यस संस्था माथि राज्यद्वारा ठूलो आघात प्रहार तथा थिचो मिचो भएको थियो । यस संस्थाका क्यौं कार्यकर्ताहरु माथि प्रहरी प्रशासनले समय समयमा अत्याचार गरेका थिए । तै पनि मगर समाजका कतिपय अग्रज समाजसेवीहरुले यस संस्थाको विकास विस्तारमा कठोर लगनशीलता एंव दृढ़ता देखाएका थिए । जस्को फलस्वरुप “नेपाल मगर संघ” आज संशक्त सामाजिक संस्थाको रुपमा उभिएको छ । स्वदेश एंव विदेशमा यस संस्थाको शाखा एंव भाइचारा संगठनहरुको विशाल सञ्जालको रुपमा स्थापित भएको पाइन्छ । अधिराज्यको ७५ जिल्लाहरुमा नेपाल मगर संघ जिल्ला समितिहरु तथा भाईचारा संगठनहरु सक्रिय रहेको अनुमान गरिएको छ । विदेशका २९ मुलुकहरुमा पनि मगर जाति संग सम्बन्धीत विभिन्न संघ संस्थाहरु मगर जातिको विकास तथा मगर संस्कृतिको संरक्षण सम्वर्धनमा सक्रिय रहेका छन् ।
 

नेपाल मगर संघ”को क्रमिक विकास

“नेपाल मगर संघ”को क्रमिक विकास एंव विस्तारलाई मोटामोटी रुपमा विभिन्न चरणमा विभाजित गर्न सकिन्छ । यो वर्गिकरण वैज्ञानिक नभएता पनि नेपाल मगर संघ कसरी हाल सम्म विकसित भै आएको हो सो वारे छोटकरीमा परिचय दिन सकिन्छ ।
मगरहरुको घोषित संगठन वि.सं. २०१२ साल (मगर समाज सुधार संघ काठमाण्डौं २०१२) देखि आरम्भ भएको हो । वि.सं. २०१२ साल देखि २०१७ साल सम्म अवधिलाई “नेपाल मगर संघको क्रमिक विकासलाई प्रथम चरण भनेर वर्गिकरण गर्न सकिन्छ । यस प्रथम चरणमा मगर समुदायमा सामाजिक जागरण, समाज सुधार, समाज कल्याणका कार्यक्रम माथि “नेपाल मगर संघ केन्द्रित रहेको थियो । दोश्रो चरण (२०१७–२०३७ सम्म) जागरण अभियान । तेश्रो चरण (२०३८–२०४७) संस्थात्मक विकास । चौथो चरण (२०४८–२०६३) शसक्तिकरण । पाँचौ चरण (२०६४– हाल सम्म) हक अधिकारको सघंर्ष ।

महत्वपूर्ण वर्षहरुः


वि.सं. २०१२ साल (मगर समाज सुधार संघ काठमाण्डौं २०१२) देखि मगर संघको शरुवात भए पनि वि.सं २०१४ सालमा गुल्मी भार्सेमा मगरहरुको “वृहत मगर सम्मेलन आयोजित भएको थियो । जसलाई नेपाल मगर संघको “प्रथम सम्मेलन” भनेर आधीकारिक रुपमा मानि आएको छ । वि.सं. २०२२ सालमा “लाङघाली परिवारको काठमाण्डौंमा स्थापना भयो । वि.सं. २०३८ सालमा रुपन्देहीमा “कानुङ्ग लाङघाली परिवारको आयोजनामा मगर समाजको वृहत सम्मेलन सम्पन्न भयो । यो सम्मेलन“नेपाल मगर संघ को दोश्रो राष्ट्रिय सम्मेलनको रुपमा सम्पन्न भयो । यसरी नेपाल मगर संघको वि.सं. २०१२, २०१४, २०२२, २०२८ र २०३९ साल ऐतिहासिक एंव महत्वपुर्ण वर्षको रुपमा रहिआएको छ ।

प्रथम चरण (वि.स. २०१२–२०१७ सम्म) सामाजिक जागरण समाज सुधार एंव समाज कल्याणः–
मगर समाज सुधार संघ काठमाण्डौं (वि.स.२०१२)
वि.स. २००७ सालमा प्रजातन्त्रको प्रार्दुभाव भएपछि मुलुकको अन्य आदिवासी जनजाती सरह मगर बुद्धिजिवीहरु बीच पनि जागरुकता एंव चेतनाको शुरुवात भएको पाइन्छ । त्यस वेला काठमाण्डौं उपत्यकामा बसोवास गरेका जागरुक मगर समुदाय विशेष गरि जागिरे, विद्यार्थी तथा साना तिना व्यापार गरि आय आर्जन गरि वसेका मगरहरु आपसमा (आफ्नामा भेटघाटको सिलसिलामा मगर जातिको विकाश, उत्थान र चेतना जगाउने बारेमा चिन्तन मनन गर्न थाले । यसैको फलस्वरुप मगर समाजमा शैक्षिक एंव सामाजिक सुधार बारे चेतना एंव जागरुकता जगाउन २०१२ वैशाख २६ गते “मगर समाज सुधार संघ” काठमाण्डौं स्थापना भएको थियो । (नर बहादुर थापा, नरु थापा ( किरात मगर इतिहास पाना ७८)
वास्तवमा नेपाल मगर संघको पहिलो जग नै २०१२ वैशाख २६ गते स्थापित “मगर समाज सुधार संघ काठमाण्डौंलाई लिन सकिन्छ । उक्त संस्थाको संस्थापक सदस्यहरुमा गुल्मीका स्व. भिम बहादुर बुढाथोकी उप सभापति, काठमाण्डौं निवासी ढलक प्रताप राना प्रमुख सचिव तथा सदस्यहरु पदम सिंह थापा, देवान सिंह थापा थिए । अध्यक्ष पदमा भाग्सू धर्मशाला निवासी हुनुहुन्थ्यो ।
यस स्ंस्थाको केन्द्रिय कार्यालय काठमाण्डौंको नरदेवीमा रहेको थियो र उक्त केन्द्रिय कार्यालयका प्रमुख सचिव ढलक प्रताप राना हुनुहुन्थ्यो । उहाँले २०१४ सालमा गुल्मीको भार्सेमा हुने “मगर सुधार संघ पश्चिमाञ्चल महासम्मेलन” मा शुभकामना पत्र पठाउनु भएको थियो । (मधुमालती बुढाथोकी “शोध माला”२०६७पृष्ठ ११–१२) यस बाट के कुराको जानकारी हुन्छ भने काठमाण्डौमा “मगर समाज सुधार संघ” स्थापना पछिमात्र मोफसलमा मगर समाज सुधार संघको स्थापना भएको थियो ।
त्यसपछि वि.स. १०१२ सालमा गुल्मीको भार्से मा मगरहरुलाई सामुहिक रुपमा संगठित गरि चेतना फैलाउने काममा गिरीप्रसाद बुढाथोकीको नेतृत्वमा मगर समाज सुधार संघ भार्से स्थापना भएको थियो ।२०१२ सालमा दैलेखमा पदम सिंह थापा मगर “मगर समाज सुधारको” रुपमा मगराँतमा देखा परेका थिए । (हर्ष बहादुर बुढा मगर,“किरात वंश र मगरहरु पाना ४८१)
यसै क्रममा २०१३ सालमा पूर्वाचंलमा मगरहरुमा पनि मगर एकताको अभियान संचालन हुन थाल्यो । सोही वर्ष मोहत्तरीमा मगर भेला भयो । २०१३ सालमा म्याग्दी जिल्लाको औलो गाउँमा मेजर टेक बहादुर पुन मगरकोअध्यक्षतामा मगर भेला सम्पन्न भयो । सो भेलामा घर धुरी अनुसार अर्थ संकलन गरि बाढी र आगलागि पिडितहरुलाई अन्न दिने, विद्यालय खोल्ने संचालन गर्ने कार्यक्रम आदि निर्णय गरिएको थियो । यसै क्रममा एक देवआलेले तनहुँमा र रण बहादर आलेले गोर्खामा २०१३ सालमा त्यस भेगका मगरहरुलाई संगठित गरेका थिए । वि.स. २०१४ सालमा तनहुँको फुलुङ भन्ने गाउँमा एक देव आलेको नेतृत्वमा त्यस भेगका मगरहरुको वृहत सम्मेलन भएको थियो । रण बहादुर आलेले उक्त सम्मेलनको व्यवस्थापनका लागि सक्रिय रुपमा सहयोग गरेका थिए र उक्त सम्मेलन धुमधामका साथ सम्पन्न भएको थियो ।

मगर समाज सुधार संघको विस्तार
वि.स. २०१४ सालमा फाल्गुण २७ देखि २९ गते सम्म पूर्व देखि पश्चिमका विभिन्न जिल्लाका मगर प्रतिनिधिहरुको सहभागितामा “मगर सुधार संघ पश्चिमाञ्चल महासम्मेलन” गुल्मी जिल्लाको भार्सेमा सम्पन्न भयो । सो सम्मेलनमा जम्मा ५०० जना प्रतिनिधिहरु तथा ४००० मगर जन समुहको माझमा गिरी प्रसाद बुढाथोकीलाई सर्व समितिबाट सम्मेलनको सभापतिका छनोट गरिएको थियो । सो सम्मेलनमा १८ सदस्यीय विधान मस्यौदा मण्डल गठन गरिएको थियो । (शोधमाला अङ्क १ २०६३) सो “मगर सुधार संघ पश्चिमाञ्चल महासम्मेलनमा केन्द्रिय कार्यालयका काठमाण्डौं तथा सल्यान जिल्लाका प्रतिनिधि देवान सिंह थापाले सहभागीको रुपमा सम्मेलनमा भाग लिनुभएको थियो । उक्त अवसरमा उहाँले दिनुभएको मन्तव्य यस प्रकार छ, “मगर समाज सुधार संघ वि.स. २०१२ सालमा काठमाण्डौमा स्थापित भएको हो ।... आजको निरक्षरी समाजलाई साक्षरी बनाई आजको प्रगतिशिल समाजको दाँजोमा पुरयाउन् प्रयत्न गर्नु हो ।” (शोधमाला वर्ष २ अंक १ पाना १२) गिरी प्रसाद बुढाथोकीको सक्रियतामा संचालन भएको भव्य मगर भेलाले त्यस भेगका मगरहरुमा व्यापक जनचेतनाको विकास गरेको थियो । वि.सं. २०१४ सालमा सम्पन्न भएको “मगर सुधार संघ पश्चिमाञ्चल महासम्मेलनको व्यापकता देखेर “नेपाल मगर संघले यो सम्मेलनलाई सो संघको प्रथम सम्मेलन मानी आएको छ । 

वि.स. २०१२ सालमा काठमाण्डौंमा “नेपाल मगर सुधार संघ”को स्थापनाबाट मगर संघ संस्थाहरुको संगठन शुरुवात भएको हो । अधिराज्यका विभिन्न जिल्लाहरुमा मगर समाज सुधार संघ”, “मगर समाज कल्याण समिति”, “मगर समाज सुधार समिति”, “लाङघाली परिवार” र “मगर समाज सेवा केन्द आदि नामले मगर संघ संस्थाहरु खुलेको पाइन्छ ।  मगर संघ संस्थाहरुको उद्देश्य मगर जनजातिमा जागरण चेतना उत्पन्न गर्न गराउन थियो । मगर समाजमा विद्यमान सामाजिक चलन, प्रथा, रीति थितीहरुलाई समयानुकुल परिवर्तन एव परिमार्जन गर्दै लैजानु थियो । मगर आदिवासी जनजातिको मौलिक संस्कृतिलाई संरक्षण एंव सम्बर्धन गर्न गराउनु थियो । साथै मगर समुदायमा सामाजिक सेवाका कार्यक्रमहरु कार्यान्वयन गर्नु गराउनु थियो । यो अवधि वि.सं. २०१२ देखि २०१७ साल सम्म रहेको थियो । यस अविधिमा “नेपाल मगर संघ” वाम सर्दै थियो । मगर समाजमा जागरुकता उत्पन्न गर्ने संस्थात्मक प्रयासमा मगर वुद्धिजिवीहरुको संलग्नता वढ्दै गरेको थियो । सो सक्रियता वि.सं. २०१७ सालमा रोकिन गयो ।

दोस्रो चरण (२०१७–२०३७) जागरण अभियान

“नेपाल लाङघाली परिवार” (२०२८)
वि.सं. २०१७ सालको राजनैतिक परिवर्तन पछि मुलुकको सम्पूर्ण राजनैतिक एंव सामाजिक क्रिया कलाप एंव संस्थाहरु माथि तत्कालीन सरकारले प्रतिबन्ध लगायो । फलस्वरुप सम्पूर्ण मगर संग सम्बन्धित संघ संस्थाहरु निष्कृय भए । वि.स. २०२७ साल सम्म मगर संघ संस्थाहरु निष्कृय थिए । तै पनि चेतनशील मगर वन्धुहरु गोप्य रुपमा भेटघाट गर्ने, छलफल गर्ने क्रम यथावत नै रहेको थियो । वि.सं. २०२८ सालमा पूर्व आइ.जी.पी. एंव राजदुत हर्क बहादुर थापा मगरको सर सल्लाहा तथा प्रेरणमा मगर विद्यार्थी एंव बुद्धिजिवीहरुले “नेपाल लाङघाली परिवार”को नाउले मगर संस्था काठमाण्डौंमा स्थापना भएको हो । सो संस्थाको अध्यक्षमा खिलध्वज थापा मगर वरिष्ठ पत्रकार सर्व सम्मतिबाट निर्वा्चित हुनु भयो । माया राना उपाध्यक्ष र कुल बहादुर राना महासचिव हुनुभयो । यसै संस्थाको देखासिकी मगरहरुले विभिन्न जिल्लामा र विभिन्न समयमा मगर संस्थाहरु खोल्न थाले । खिलध्वज थापाको नेतृत्वमा सो संस्थाले शैक्षिक एंव सांस्कृतिक जागरुकताका लागि सक्रिय भूमिका खेलेको थियो । साथै विभिन्न ठाउँमा मगर संस्था खोल्ने प्रोत्साहन र प्रेरणा पनि प्रदान ग¥यो ।
वि.स. २०३२ सालमा “कानुङ लाङघाली परिवार” रुपनदेहीमा “मगर समाज कल्याण समिति” म्याग्दीमा खोलियो । त्यस्तै २०३५ देखि २०३६ सालको अवधिमा वाग्लुङ्ग, बाँके, सुर्खेत र दैलेख जिल्लाहरुमा “मगर सुधार समिति”हरु खोलिए भने पाल्पामा मगर समाज सुधार समिति, कास्कीमा “लाङघाली परिवार” आदिमा मगर संस्थाहरु स्थापना हुदै गए । “कानुङ् लाङघाली परिवार” (२०३६) “मगर समाज कल्याण समिति (२०३२) मगर समाज सुधार समिति (२०३५) लाङघाली परिवार (२०३६) आदि नामबाट स्थापित भएका मगर संघ संस्थाहरुको मुख्य उद्देश्यहरु पूर्णरुपमा मगर समाजको सामाजिक, साँस्कृतिक साहित्यिक एंव भाषा आदिको संरक्षण, एंव सम्बर्धन गर्न गराउन थियो । यसै अवधिमा “लाङघाली” पत्रिकाको प्रकाशन पनि भएको थियो । डा. हर्षबहादुर बुढा मगर, एम.एस.थापा र अन्य मगर लेखकहरुबाट मगर जातिको इतिहास, सामाजिक व्यवस्था, साँस्कृतिक एंव भाषा आदि बारेमा गहकिलो प्रकाशन समेत भएको थियो ।

लाङघाली परिवार तदर्थ समिति (२०३६)

अधिराज्यका विविध जिल्लाहरुमा छरिएका मगर संगठनहरु वीच सर्पक र समन्वय स्थापित गर्दै एक सुत्रमा मगर संस्था आवद्ध गर्नु पर्ने आवश्यक देखियो । सोही उद्देश्यले डा. हर्ष बहादुर बुढामगरको अध्यक्षता र सक्रियतामा २०३६ सालमा लाङघाली परिवार तदर्थ समिति गठन गरियो । प्रचार प्रसार सचिव देवेन्द्र आले तथा सदस्यहरुमा के.वी. मगराती र बावु राना मगर थिए । सो परिवारको उपाध्यक्षमा तोप बहादुर थापा, सचिवमा सुरेश आले, कोषाध्यक्षमा केशरजंग बराल रहेका थिए । तर यस तदर्थ समितिले अधिराज्यका अन्य ठाउँमा मगर संस्थाहरुलाई एकसूत्रमा समेटन सकेको देखिएन । यो तर्दथ समिति निष्कृय नै रहयो । (नर बहादुर नरु थापा, किरात मगरइतिहास पाना ८६)

तेस्रो चरणः (वि.सं. २०३८–२०४७) संस्थात्मक विकास
वि.सं. २०३८ देखि २०४७ साल सम्मको अवधिमा “कानुङ्ग लाङघाली परिवार” को नेतृत्वमा अधिराज्य भरिका मगर संघ संस्थाहरु संस्थात्मक रुपमा संगठित एव आवद्ध भए । मगर समुदायको एकताको संस्थात्मक विकासको शुरुवात पनि यसै अवधिमा भएको हो । मगर जातिको पहिचान तथा सामाजिक एंव साँसकृतिक विकासका लागि यस अवधिमा धेरै कार्यक्रमहरु संचालन भएको थियो ।
वि.सं. २०३८ सालमा माघ २८ र २९ गते वावुरामको अध्यक्षता र जय बहादुर हितान रहनुभएको “कानुङ लाङघाली परिवार” रुपनदेही बुटवलमा गरेको सम्मेलनमा पुरानो “लाङघाली परिवार”लाई विघटन गरि नयाँ तदर्थ समिति “नेपाल लाङघाली परिवार संघ” केन्द्रिय समिति खडा गरियो । सोको अध्यक्ष पदमा हेम बहादुर पुन (पोखरा) उपाध्यक्ष रणबहादुर आले, महा सचिवमा सुरेश आले, कोषाध्यक्ष मनवीर गवुर्जा र प्रचार प्रसार सचिव जय वहादुर हितान रहनु भएको थियो । यस तदर्थ समितिमा २२ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
हेम बहादुर पुनको सक्रिय नेतत्वमा २०३९ साल फागुन १४.१५ र १६ गते दमौलीमा संघको तेश्रो राष्ट्रिय सम्मेलन र प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न गरिएको थियो । यो सम्मेलनमा अधिराज्यका हरेक क्षेत्रका मगर संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता तथा संलग्नता रहेको थियो । त्यसैले यस महाधिवेशनले राष्ट्रिय स्तरको स्थान प्राप्त गरयो र यसलाई प्रथम राष्ट्रिय महाधिवेशन मानिआएको छ।
हेम बहादुर पुनको अध्यक्षतामा मगरहरुको सर्वाङ्गण विकासका लागि स्थापित यस संस्थाले राष्ट्रिय स्वरुप धारण ग¥यो  । मेचि देखि महाकाली सम्म छरिएर रहेका विभिन्न मगर संघ संस्थाहरुलाई एकीकृत रुप दियो । यसरी यो मगरहरुको छाता संगठन निर्माण हुन गयो । तीन प्रकारका भाषा बोल्ने मगरहरु, विभिन्न धर्म मान्ने मगरहरु, विभिन्न भेष भुषा र रितिरिवाज मान्ने मगरहरुलाई यस ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनले एकताको सुत्रमा बाँधेको छ ।
हेम बहादुर पुनको योग्दानकोलागि नेपाल मगर संघ केन्द्रिय समितिले उहाँलाई २०४९÷५० सालमा हर्ष पुरस्कार सम्मान गरेको थियो । सो सम्मान पत्रमा उहाँ लाई तत्कालीन नेपाल लाङघाली परिवार संघको संस्थापक अध्यक्ष भनेर उल्लेख गरिएको छ ।

सस्थापक एंव प्रथम अध्यक्षको मुख्य योग्दान
२०४० साल वैशाख ३१ गते चिप्लेढुङ्गा पोखरामा हेम बहादुर पुनको अध्यक्षतामा बसेको नेपाल लाङघाली परिवार संघको “केन्द्रिय कार्यकारणी समितिको प्रथम बैठकमा निम्न लिखित दुईवटा महत्वपूर्ण प्रस्ताव सर्व सम्मतिबाट पारित गरियो ।
१) प्रत्येक वर्ष फागुन १५ गतेलाई “लाङघाली दिवसको रुपमा मनाउने ।
२) मगर र अमगर भन्ने स्पष्ट नहुने भएको हुदाँ आफ्नो नाम र थरको पछाडि “मगर” शब्द भन्ने थप्नु पर्ने ।
प्रथम तथा संस्थापक अध्यक्ष हेम बहादुर पुनले आफ्नो कार्यकालमा मगर समाजमा शैक्षिक, साँस्कृतिक एवं आर्थिक कार्यक्रम संचालन एंव कार्यन्वयन गरेर अविस्मरणीय योग्दान पुयाउनु भएको छ । जातीय मुक्ति आन्दोलन र तत्कालीन पंचायतको निरुकुश शासनको विरुद्ध प्रजातन्त्र प्राप्त गर्न “नेपाल लाङघाली परिवार” लाई चुनौती साथमा राष्ट्रव्यापी रुपमा संगठित गर्ने गराउनु भयो ।

हालसम्मका महाधिवेशनहरु
महाधिवेशन  मिति     नेतृत्व   सम्पन्न स्थल
प्रथम   २०३९ फालाण १५–१६  हेमबहादुर पुनमगर  दमौली -(तनहुँ) दास्रो
दोस्रो   २०४२ फालाण १६–१७ कविराज पुनमगर  हैटौडा -(मकवानपुर)
तेस्रो  २०४५ चैत्र २६–२७  ले. मानध्वज रानामगरनेपालगंज -(बाँके)
चौथो   २०४८ माघ १०–११   गोरेबहादुर खपाङ्गीमगर - काठमाण्डौं
पाँचौ   २०५१ फाल्गुण २६–२९  गोरेबहादुर खपाङ्गीमगर - घोराही (दाङ)
छैटौं   २०५४ फाल्गुण १५–१८  गोरेबहादुर खपाङ्गीमगर - नवलपरासी
सातौं   २०५७ फाल्गुण २१–२३  गोरेबहादुर खपाङ्गीमगर  -धरान(सुनसरी)
आठौं   
         २०६० फालण १४–१७ क्या,यमबहादुर बुढाथोकीमगर -टिकापुर     (कैलाली)
नवौं   २०६४ वैशाख ८–१०   झक बुहादुर थापा मगर - काठमाण्डौं
दशौं   २०६८ मंसिर २५–२८  महेन्द्र थापामगर -  तमघास
एघारौं   २०७३ बैशाख १८-२२   नवीन रोका मगर  - चितवन

चौथो चरणः .(वि.सं. २०४८–०६३)  शसक्तिकरण
वि.सं. २०४८ देखि २०६३ साल सम्मको कार्यकाललाई चौथो चरण अर्थात नेपाल मगर संघको शसक्तिकरणको चरण भनेर भन्न सकिन्छ । पूर्व अध्यक्ष गोरे बहादुर खपाङ्गीको कार्यकालमा अर्थात २०४८ सालमा नेपाल लाङघाली संघ चौथो महाधिवेशनले सो संघको नाम परिवर्तन गरि “नेपाल मगर संघ” नामकरण गरिएको थियो । उक्त महत्वपूर्ण समारोहमा लखन थापा द्वितीयलाई नेपालको सर्वप्रथम शहिद घोषित गरियोस भनी राखिएको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो । पुर्व अध्यक्ष गोरे बहादुर खपाङ्गी मगरको नेतृत्वमा अधिराज्का ६५ जिल्लाहरुलाई समेटने गरि “नेपाल मगर संघ“ एउटा शसक्त सामाजिक संस्थाको रुपमा उभिएको देखियो ।
वि.सं. २०६०–६३को अवधिमा पुर्वाध्यक्ष यम बहादर बुढाथोकीको सबल र सक्षम नेतृत्वमा नेपाल मगर संघको संस्थागत विकासमा आवश्यक पर्ने आफ्नै कार्यालय भवन निमार्ण भयो । साथै विदेशमा स्थापना भएका मगर संघ संस्थाहरसंग सुमधुर सम्बन्ध, सर्पक एंव समन्वय कायम हुन गयो । यसरी नेपाल मगर संघको संस्थात्मक विकासमा विदेशमा रहेका मगर संघ संस्थाहरु सहयोग निकै महत्वपूर्ण रहेको देखियो ।
वि.सं. २०६२÷०६३ को जनआन्दोलनमा “नेपाल मगर विद्यार्थी संघको रचनात्मक सक्रियतामा नेपाल मगर संघले सकरात्मक भूमिका खेल्यो । यसरी जन आन्दोलनमा “नेपाल मगर संघले आफ्नो छवि कायम राख्न सकेको देखिन्छ ।

पाँचौ चरणः (वि.सं. २०६४–हाल सम्म) “हकअधिकारको संघर्ष
वि.सं. २०६४ देखि आज सम्म “नेपाल मगर संघको सामाजिक, साँस्कृतिक क्रियाकलाप र यथावत छ । “नेपाल मगर संघ” मगर जातिको हक हित र अधिकारको जागरण अभियानमा सक्रिय रहेको छ । राज्य संरचनामा मगरात स्वायत प्रदेशको स्थापनाबारे वृहतरुपमा चेतना मूलत कार्यक्रम संचालन हाल सम्म गर्दै आएको छ । यसै क्रममा अधिराज्यका विभिन्न ठाँउहरुमा लोकतान्त्रिक संवाद, प्रशिक्षण कार्यक्रम, प्रकाशन एंव शान्तिपूर्व जुलुशहरु संचालन गर्दै आएको छ । राज्य माथि दवाव दिन“मगरात राज्य”को घोषणा एंव मगरात राज्यका सीमानाहरुमा होर्डिङ वोर्ड राख्ने अभियान पनि संचालन गरेको छ ।

वि.सं. २०६४ बैशाख ८ र १० गते काठमाण्डौमा सम्पन्न नवौँ अधिवेशन वाट झक बहादुर थापा मगर तथा २०६८ मंसिर २५ र २८ गते सम्पन्न महाधिवेशनवाट महेन्द्र थापा मगर नेपाल मगर संघको अध्यक्ष पदमा निर्वाचित हुनु भयो । उक्त दुवै पूर्व अध्यक्षहरुको सवल एंव सक्षम नेतृत्वमा जातीय पहिचान, स्वशासन र आत्म निर्णयको अधिकार सहितको मगरात राज्यको स्थापनाको संघर्षका लागि साहसिक निर्णयहरु भए । एकल जातीय, वर्गिय , क्षेत्रिय र एकात्मक राज्य नीति तथा व्यवस्थाको विरुद्ध मगर समाजमा सामाजिक जागरण ल्याउने प्रयासमा तीव्रता आयोको देखियो । वर्तमान अध्यक्ष नवीन रोका मगर को नेतृत्वमा नेपाल मगर संघको शैक्षिक, सास्कृतिक, आर्थिक एवं जातिय पहिचानका कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ ।
मगर दिवको उपलब्धीहरु
१)  स्वदेश एव विदेशमा छरिएर रहेका सम्पूर्ण आदिवासी मगर जनजातिलाई एकजुट, एकबद्ध तथा एउटै संस्था अर्थात “नेपाल मगर संघ”मा आवद्ध र सगंठित भए ।
२)  मगर संस्कृति, मगर भाषा, भेष भूषा, धर्म रीतिथिती र परम्परा सम्वर्धन, सरक्षण एवं विस्तार प्रभावकारी रुपमा वृद्धि भएको ।
३)  आदिवासी मगर जनजातीको पहिचान, हक हित अधिकार एवं कर्तव्य प्रति मगर समुदायमा जागरुकता एवं जनचेतना वढेको ।
४)  मगरात राज्यको प्राप्तीका लागि हुने संघर्षमा तीव्रता र प्रभावकारिता बढेको
५)  जन्म देखि मृत्यु सम्मको संस्कारमा मगर कुटुम्व कर्मकाण्ड गराउने, मगर समुदायको आधिकारिक धर्म बौद्ध धर्म र मगर भाषाको आखा लिपीको प्रयोग र अभ्यास संख्यात्मक रुपमा बढ्दै गएको ।
६)  संचार क्षेत्रमा समाचारपत्र, अनलाइन टीवी र  चलचित्र आदिमा मगर समुदायको विभिन्न विषय सामाग्रीहरुको प्रस्तुति बढेको ।
७)  आर्थिक क्षेत्रका मगर समुदायको व्यवसायिक सक्रियता वढ्न गएको । शिक्षा प्रति मगर युवा र मगर अभिवावकहरुको अभिरुचीमा वृद्धि भएको ।
८)  मगर समुदाय संग सम्बन्धीत व्यवसायिक, प्राज्ञिक, शैक्षिक, आर्थिक, सास्कृतिक, सामाजिक तथा राजनीतिक संस्थाहरुमा बृद्धि भएको ।

निष्कर्श:
तुलनात्मक रुपमा मगर र मगर समुदायको बहुमुखी प्रगति भएता पनि अझ निरन्तर संघर्ष एंव सतत प्रयास अत्यन्त आवश्यक छ । अतः  फाल्गुण १५ गते मगर समुदायको लेखा जोखा को दिन पनि हो । “नेपाल मगर संघ”को विगतका प्रगति तथा भावी रणनितीको मुल्याङकन एवं समीक्षा गर्ने दिन हो । साथै सयौ वर्ष देखि उत्पिडित मगर समाजले अव के कसरी आफ्नो समाज लाई राष्ट्रिय विकासको मूल धारामा स्थापित गर्ने । कसरी आफ्नो प्रभावकारी आधिपत्य स्थापित गर्ने ? आजको चिन्तनको दिन हो । विश्वका मगरहरु एक हुन आजको नारा हो । मगरहरुको घोषणा र गर्जन हो ।

लेखक: माष्टर मित्रसेन स्मृति प्रतिष्ठानको अध्यक्ष हुनु हुन्छ ।

आधार सामाग्री
नर बहादुर थापा नरु थापा  किरात मगर इतिहास (२०६७, भाद्र)
डा. हर्ष बहादुर बुढामगर किरात वंश र मगरहरु (२०४९, जेष्ठ)
उमेश बहादुर राना मगर मगर समाज र फागुन १५ गते, मगर दीप स्मारिका २०६३ पाना ३७
मधुमालती बुढाथोकी मगरहरुको पश्चिमाञ्चल महासम्मेलन, ऐतिहासिक दस्तावेज “शोधमाला” पाना ११ (२०६७)
मीन श्रीस मगर समज सस्थागत विकास र सामाजिक परिवर्तन शोधमाला पाना ४० (२०६४)
त्रिलोक सिंह थापा  फागुन १५ गते, “मगर आवाज”

 

Last Updated on Tuesday, 26 February 2019 06:01

Hits: 4922

दसैं झन झन विवादिद बन्दै । (फोटो फिचर सहित)

 

नेपाल अहिले धर्म निरपेक्ष मुलुक घोषणा गरिएको पनि बर्षऔ भएको छ । बिभिन्न राजनीतिक परिवर्तन भए पनि लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष राज्यमा पनि राजतन्त्रमा भन्दा बढी सामन्तबादी सँस्कारलाई बढावा दिएको आम जनताले अनुभव गरेका छन ।हिजो हिन्दू राष्ट्र हुँदा राजाले मात्र टिका लगाईदिने प्रचलन लाई माथ खुवाउदै अहिले त झन जनताका नाममा सपथ खाएका बाम सरकारको प्रधानमन्त्री ओलीले यस अघिका प्रधानमन्त्रीहरुले बिल्कुलै नगरेको टीका लगाउने प्रथा आरम्भ त गरे नै अझै टीकाको दिन बाहेक पनि टीका लगाइदिने घोषणा समेत गरे । प्रधानमन्त्री ओलीको यस कदमको नयाँ महाराजा बन्न खोजेको र आफु शक्तिशाली र अरुलाई आफ्नो अधिनस्थ देखाउन खोजेको भनेर ब्याख्या समेत भए । दशैँ पक्कै पनि शक्तिको पुजा आराधना गरिने पर्ब हो ।हिन्दू देवीदवताको पूजा आराधाना गरी हिन्दू बाहुन पन्डित बाट सन्स्क्रिती मा श्लोक भत्ताएको संसारलाई देखाए पनि दसैं हिन्दू मात्रको चाड नभै सम्पूर्ण नेपालीको चाड भनेर फलाक्न पनि छोडेका छैनन ।

 

प्रधानमन्त्रीको मात्र आलोचना भैरहँदा नेपाली सेनाको हरेक ब्यारेक तथा दलहरुमा ठुलाहरुले पदीय रुपमा आफु भन्दा सानालाई टीका लगाइदिइएका छन् । यसले शक्ति र प्रभाव प्रदर्शन गर्ने मौका त दिएकै छ ,सँगै चाकडी प्रथालाई पनि निकै मलजल गरेको छ । अन्य समुदायको पर्बका बिदा धमाधम काट्ने सरकारका प्रधानमन्त्रीले पुर्णिमाका दिन सम्म पनि टीका लगाइदिने तालिका सार्बजनिक गरेर दशैँ मात्र नेपालीको पर्ब भएको सन्देश दिन खोजेका छन् । यो उनको ब्यक्तिगत सवालका रुपमा लिन कदापि सकिँदैन । धर्मलाई अफिम भन्ने पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका देशका बहालवाला प्रधानमन्त्रीले यस्तो चरित्र देखाउनु आश्चर्यजनक छ । यसलाई आदर र आशिर्बाद सँग मात्र जोडेर हेर्नेहरु पनि नभएका होइनन तर त्यति मात्र बृझियो भने अल्पज्ञान हुन जान्छ । यसलाई शासकको शासकीय मनोबृत्तिका रुपमा पनि बुझिनु आवश्यक छ ।


प्रेमध्वज गाहा मगर

दशैँ २०७५ र यससँग देखिएका परिदृश्य । 



यो वर्षको दशैं कोजाग्रत पुर्णिमा सँगै बुधबार सकिएको छ । यसपालिको दशैँ सकिएसँगै यसले केही उल्लेखनीय र स्मरणीय घटनाहरु इतिहासको पानामा दर्ज गरेर गएको छ । यसपालिको दशैँमा पनि यस अघि जस्तै दशैँ मनाउने र बहिष्कार गर्नेहरु बीचको बिबाद कायमै रह्यो । बिशेष गरी दशैँ पर्ब हिन्दु समुदायको पर्ब भएकोले आफुहरुलाइ यो पर्ब बाध्यकारी  हुन नहुने भन्दै गैर हिन्दु समुदायले दशैँ नमनाएको देखियो ।  दशैँलाई जस्तै अन्य समुदायका पर्बलाई पनि राज्यले उत्तिकै महत्व नदिएसम्म दशैँ सबै नेपालीको सद्भावको पर्ब नहुने र हिन्दुहरुको पर्बमा मात्र सीमित हुने उनीहरुको तर्क छ । इतिहासमा आफुहरुलाई दशैँ मनाउन बाध्य पारिएको उनीहरुको आरोप अद्यापि कायम छ ।

टीका प्रकरण ।



राजाको शासनकालमा सामाजिक अभियन्ता तथा तत्कालीन राष्ट्रि जनमुक्ति पार्टीका नेता गोरे बहादुर खपाङ्गीको टीका प्रकरणले हरेक दशैँमा चर्चा पाउने गर्दथ्यो तर यसपटक भने राष्ट्रपति र प्रधानमन्त्रीको टीका प्रकरण सर्बाधिक  चर्चाको बिषय बन्यो । बिजयादशमीका दिन राष्ट्रपति बिद्यादेबी भण्डारीले टीका लगाइदिँदा पुर्बप्रधान न्यायधीष गोपाल पराजुलीले घुँडा टेकेको तस्बीर त सामाजिक सञ्जालहरुमा भाइरल नै भयो । त्यसो त  पराजुली मात्र होइन राष्ट्रपति भण्डारीले टीका लगाइदिँदा केही बहालवाला र पूर्र्विवशिष्ट पदाधिकारीले समेत  घुँडा टेकेका वा निहुरिएका छन् । पराजुली तिनै ब्यक्ति हुन जसले भण्डारीलाई दोस्रो कार्यकालका लागि राष्ट्रपतिको सपथ खुवाएका थिए । उता यसपालिदेखि प्रधानमन्त्रीले समेत मन्त्रीहरु तथा सर्बसाधारणहरुलाई टीका लगाउने प्रचलन शुरु भएको छ । जसको ब्यापक आलोचना समेत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपालिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा दशमीका दिन बाहेक अरु दिन पनि टीका लगाइदिने फर्मान समेत जारी गरेको भनेर सामाजिक सञ्जालहरुमा निकै कटाक्ष गरिएका थिए । पुर्ब राजा ज्ञानेन्द्र शाहले पनि सर्बसाधारणहरुलाई टीका लगाइ दिएर शाहकालीन  परम्परालाई निरन्तरता दिए ।

फरक फरक बुझाइ ।



राज्यका बिशिष्ट ब्यक्तिहरुले यसरी टीका लगाइदिने परम्परालाई फरक फरक कोणबाट बिश्लेषण गरिएका छन् । कतिपयले परम्पराको निरन्तरता भनेर बुझेका छन भने , कतिपयले लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष राज्यमा पनि राजतन्त्रमा जस्तै सामन्तबादी सँस्कारलाई बढावा दिएको  भनेर बुझेका छन् । जनताका नाममा सपथ खाएका बाम सरकारको प्रधानमन्त्री ओलीले यस अघिका प्रधानमन्त्रीहरुले बिल्कुलै नगरेको टीका लगाउने प्रथा आरम्भ त गरे नै  अझै टीकाको दिन बाहेक पनि टीका लगाइदिने  घोषणा समेत गरे । प्रधानमन्त्री ओलीको यस कदमको  नयाँ महाराजा बन्न खोजेको र आफु शक्तिशाली र अरुलाई आफ्नो अधिनस्थ देखाउन खोजेको भनेर ब्याख्या समेत भए । दशैँ पक्कै पनि शक्तिको पुजा आराधना गरिने पर्ब हो ।



यस अवसरमा शक्तिशालीले शक्तिको प्रभाव देखाउने गर्दछन् । भने निरिह हरुले भने चाकडी गर्ने एक सुनौलो अवसरको रुपमा प्रयोग गर्दछन् । टीका सन्दर्भमा राष्ट्रपति र प्रधानमन्त्रीको मात्र आलोचना भैरहँदा नेपाली सेनाको हरेक ब्यारेक तथा दलहरुमा ठुलाहरुले  पदीय रुपमा आफु भन्दा सानालाई टीका लगाइदिइएका छन् । यसले शक्ति र प्रभाव प्रदर्शन गर्ने मौका त दिएकै छ ,सँगै चाकडी प्रथालाई पनि निकै मलजल गरेको छ । अन्य समुदायको पर्बका बिदा धमाधम काट्ने सरकारका प्रधानमन्त्रीले पुर्णिमाका दिन सम्म पनि टीका लगाइदिने तालिका सार्बजनिक गरेर दशैँ मात्र नेपालीको पर्ब भएको सन्देश दिन खोजेका छन् । यो उनको ब्यक्तिगत सवालका रुपमा लिन कदापि सकिँदैन । धर्मलाई अफिम भन्ने पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका देशका बहालवाला प्रधानमन्त्रीले यस्तो चरित्र देखाउनु आश्चर्यजनक छ  । यसलाई आदर र आशिर्बाद सँग मात्र जोडेर हेर्नेहरु पनि नभएका होइनन तर त्यति मात्र बृझियो भने अल्पज्ञान हुन जान्छ । यसलाई शासकको शासकीय मनोबृत्तिका रुपमा पनि बुझिनु आवश्यक छ ।

दशैँ मनाउने फरक शैली ।



दशैँ सबै नेपालीहरुको चाड हो भन्दै गर्दा यसलाई मनाउने शैली, बहिष्कार गर्नेहरुको तर्क र बिरोध नै गर्नेहरुको अभिब्यक्ति हेर्दा साँच्चै दशैँ सबै नेपालीहरुको चाड बन्न नसकेको यथार्थलाई स्वीकार गर्न कर लाग्छ । दशैँ मनाउने दुइ फरक  समुदाय आर्य खस र जनजातिले दशैँ मनाउने तरिकामा सदियौँदेखि फरक छ ।  आर्य खस समुदाय रातो टीका जमरा लगाउँछन् भने जनजातिहरु रातोका सट्टामा सेतो टीका र जमरा लगाउँछन् । आर्य खसहरु नौँ दिन सम्म नवदुर्गाको पुजा आराधना गर्दछन् भने जनजातिहरु बिशेष गरी आफन्तजनसँग भेटघाट र खानपिन  गरेर मनाउने गर्दछन् । जनजातिका उल्लेखनीय सँख्याले दशैँ मनाउँदैनन् भने यसपाली दशैँको बिरोध गरेर  कालो टीका लगाएर लिइएका फोटोहरु पनि सामाजिक सञ्जालमा देखिए । यस हिसावले भन्ने हो भने नेपाली समाजमा सबैभन्दा बिरोधाभास र बिबादित चाड नै दशैँ हो । 

किन यति बिबादित हुन्छ दशैँ ?



दशैँ सर्बाधिक बिबादित पर्ब हो यसमा अव दुइमत रहेन । किन यति बिबादित हुन्छ भनेर खोज गर्नु अवको आवश्यकता हो । कतिपय आदिवासी जनजातिका अगुवाहरुका अनुसार अधिकाँश समुदायलाई यो पर्ब लादिएको थियो । यसैबाट दशैँ बिबाद शुरुवात हुन्छ । दशैँ मनाउन नचाहेकाले पुर्बमा रिदामा र रामलीहाङ दुइ जनालाई तत्कालीन शासकले मृत्युदण्ड दिइएको यथार्थले दशैँ लादिएको तर्कलाई बलियो बनाउँछ ।



अर्कोतर्फ दशैँ पर्ब मात्र यस्तो पर्ब हो जसमा पुरै राज्यशक्ति लागेको हुन्छ र करोडौँ राज्यस्रोतको पनि प्रयोग हुन्छ । कुनै पर्बले राजकीय मान्यता पाउने तर अन्य पर्बमा सार्बजनिक बिदा सम्म नहुने वा नगर्ने प्रबृत्तिले गर्दा राज्यको पहुँचमा नभएको समुदायले दशैँ आफ्नो पर्ब होइन रहेछ भन्ने पर्नु स्वभाबिक छ । देशको हरेक राजनीतिक परिबर्तनमा हरेक समुदायले त्याग गरेका छन् तर राज्यका शासकहरुका कार्यशैलीका कारण उनीहरुले अपनत्व ग्रहण गर्न सकिरहेका छन् । र दशैँ हरेक बर्ष सर्बाधिक बिबादित पर्ब बन्दै गएको छ ।

Last Updated on Friday, 26 October 2018 17:59

Hits: 447

एक एस्ता नेता जसका कारण साधारण जनता म सजिलै सिंहदरबार छिर्न पाए ।

सालोक्य

उनलाई चिनाउने ११ तथ्य – भाइरल भाषणदेखि प्रचण्डको आरोप ।

त्यतिबेला म आरआर क्याम्पसमा पत्रकारिता पढ्दै थिएँ। क्लासमा रिपोर्टिङ गर्ने असाइनमेन्ट हुन्थ्यो। एक दिन संसदको रिपोर्टिङ गर्न मन लाग्यो। प्रतिनिधि सभा त्यतिबेला सिंहदरबारमा थियो, सिंहदरबार छिर्न अहिले जस्तो गाह्रो थिएन। पत्रकारिताको विद्यार्थी हुनाले प्रेस कार्ड हुने त कुरै भएन। संसदभित्र प्रवेश गर्न कि त प्रेस कार्ड हुनुपर्‍यो। कि चाहिँ दर्शक बनेर जानुपर्‍यो। दर्शक बनेर जानका लागि आफ्नो क्षेत्रका सांसदले सिफारिश गरिदिनु पर्थ्यो।

एउटा चिटमा आफ्नो क्षेत्रका सांसदको नाम र सन्देश लेख्ने र त्यसलाई त्यहाँ कर्मचारीले सांसदलाई पुर्‍याइदिने सुविधा रहेछ। मैले पनि अरुले जस्तै आफ्नो क्षेत्रका सांसदको नाम लेखेर सन्देश लेखी पठाएँ। अरुहरुका सांसद बैठक कक्ष बाट निस्कँदै प्रवेश पासको सिफारिश दिन ल्याए। मेरा सांसद चाहिँ आउँदै आएनन्। अनि मैले फेरि आफ्नो क्षेत्रका सांसद नभए पनि पद्मरत्न तुलाधरको नाममा चिट पठाएँ।

अचम्म, आफ्नै सांसदले बेवास्ता गरे पनि तुलाधर बैठक कक्षबाट बाहिर निस्किएर कसले चिट पठाएको हो खोज्दै आए। मैले आफ्नो परिचय दिएँ र उनले गरिदिएको सिफारिश बोकेर संसदभित्र प्रवेश पाएँ। र, क्लासका लागि रिपोर्टिङ पनि भयो। उनै तुलाधरको ७७ वर्षको उमेरमा आइतबार निधन भयो। उनको अन्त्येष्टि सोमबार शोभाभगवतीमा गरिँदैछ। हाल चर्चामा नरहेकाले नयाँ पुस्ताले उनलाई खासै चिन्दैन। उनलाई चिन्न सघाउने उनको जीवनका तथ्य जुन तपाईँलाई थाहा नहुनसक्छ।

१) प्रचण्ड हुन् भन्ने आरोप

नेकपा माओवादीका नेता प्रचण्ड भूमिगत थिए। उनलाई चिन्ने कोही थिएनन्। बेलाबेलामा हल्ला चल्थ्यो फलाना प्रचण्ड हुन्। यस्तो हल्ला दरिलैसँग एकताका पद्मरत्न तुलाधरबारे पनि चल्यो। जसले हल्ला चलायो शायद् उसलाई तुलाधरको कमलो मनबारे थाहै थिएन। उनी भाषण गर्दागर्दै भावुक भएर रोइदिन्थे। जनआन्दोलनका बेला मान्छे मरेको खबर सुनेपछि रोएर छाकै छोड्थे। २०५६ सालको चुनावमा तुलाधर मालेको तारा चिह्न लिएर लडेका थिए। त्यसबेला खिचेको फोटोलाई प्रचण्ड भनेर हल्ला गरिएको थियो। हुँदाहुँदा टाइम्स अफ इन्डिया लगायतका भारतीय मिडियाले त प्रचण्ड भनेर पद्मरत्नकै फोटो समेत छापेको थियो।

२) भाइरल भाषण

पद्मरत्न तुलाधरका भाषण भाइरल हुन्थे। सामाजिक सञ्जालको के कुरा, इन्टरनेटसमेत नभएको त्यो युगमा पद्यरत्न तुलाधरका भाषण कसरी भाइरल हुन्थ्यो भन्ने तपाईँलाई लाग्ला। त्यतिबेला उनको भाषण रेकर्ड हुन्थ्यो। अनि त्यसलाई क्यासेट चक्कामा सारिन्थ्यो। एउटा क्यासेटबाट अर्को क्यासेट हुँदाहुँदा भाषणको क्यासेट चक्का गाउँगाउँसमेत पुगेका थिए। खासगरी पञ्चायत कालमा जनपक्षीय उम्मेदवारका रुपमा उनी २०४३ सालको चुनावमा उठ्दा ताका उनले गरेको भाषण भाइरल भएको थियो। त्यसमध्येको एउटा भाषणको अडियो

३) गृहमन्त्री जोगमेहर हराउने पद्मरत्न

त्यतिबेला दलहरुमाथि प्रतिबन्ध लगाइएको थियो। २०४३ सालमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा उनी प्रतिबन्धित दलहरुको समर्थनका उम्मेदवार बने। त्यतिबेला काठमाडौँमा दुई निर्वाचन क्षेत्र थिए। एउटामा उनी उम्मेदवार थिए। उनका प्रतिस्पर्धी थिए तत्कालीन गृह पञ्चायत मन्त्री जोगमेहर श्रेष्ठ। भाषणमा खप्पीस तुलाधरको चुनावी सभामा सयौँको उपस्थिति हुन्थ्यो। निर्वाचन परिणाममा पनि ८० हजारभन्दा बढी मतका साथ तुलाधरले नै बाजी मारे।

४) राष्ट्रिय पञ्चायतको बैठकमै बहुदलको माग राजाको शासनकाल।

पञ्चायती व्यवस्था। बहुदल माग्नेहरुमाथि दमन र दलहरुमाथि प्रतिबन्ध थियो। यस्तो अवस्थामा राष्ट्रिय पञ्चायतको बैठकमा रोष्ट्रममा उभिएर पद्यरत्न तुलाधरले बहुदलीय व्यवस्थाको माग गरेर सबैलाई अचम्ममा पारेका थिए। उनले भनेका थिए, ‘पञ्चायत व्यवस्था केही मुठीभर व्यक्तिको हित साँध्न प्रयोग भयो। यसको अन्त्य हुनुपर्छ र बहुदलीय व्यवस्था स्थापना हुनुपर्छ।’

५) सूर्य चिह्न लोकप्रिय बनाउने उम्मेदवार

२०४३ सालको चुनावमा उनको चुनाव चिह्न सूर्य रहेको थियो। पछि यो चुनाव चिह्न तत्कालीन नेकपा एमालेले लियो। हाल माओवादीसित एकता गरेको नेकपाको चुनाव चिह्नसमेत सूर्य नै रहेको छ। २०४८ सालको चुनाव र २०५१ सालको मध्यावधि चुनावमा उनी सूर्य चिह्न लिएरै उम्मेदवार बनेका थिए। तर उनी एमालेका सदस्यका रुपमा हैन स्वतन्त्र वामपन्थी नेताका रुपमा चुनाव लडेका थिए। एमालेले उनलाई सहयोग गरेको थियो। सूर्य चिह्नमा चुनाव लडेका कारण प्राविधिक रुपमा भने उनी एमालेकै सांसद हुन्थे।

६) गाई काण्ड

मनमोहन अधिकारी नेतृत्वको २०५१ सालको एमालेको अल्पमतको सरकारको पालामा वतर्मान प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री थिए। त्यही मन्त्रिपरिषद्‍मा उनी श्रम तथा स्वास्थ्यमन्त्री भएका थिए। सरकारी पदमा रहेको उनी त्यही एक पटक हो। त्यतिबेला उनले गाई काट्न पाउनु पर्छ भनेर भाषण गरेको भन्दै विरोध भएको थियो। वास्तवमा उनले मानवअधिकारको कुरा उठाउँदै भाषणमा राजनीतिक अधिकार प्राप्त भयो, सामाजिक, सांस्कृतिकरुपमा भने मानवअधिकार प्राप्त भइसकेको छैन। मुस्लिम समुदाय वा गाईको मासु खाने जनजाति समुदाय आएर, हामीले आ-आफ्नो क्षेत्रमा गाईको मासु खान पाउनु मानवअधिकार हो कि होइन भनेर सोध्यो भने मैले मानवअधिकारकर्मीको नाताले पाउनुपर्छ भन्छु भनेका थिए। यसैलाई उचालेर पद्मरत्न तुलाधरले गाई काटेर खान पाउनु पर्छ भन्यो भन्दै चर्को विरोध भयो।

७) शेरबहादुरले सरी पर्खेर बसेका पद्मरत्नले समवेदना चाहिँ पाए

माओवादी र सरकारबीच पहिलो वार्ता असफल भएको एक/दुई दिनपछि उनी दिल्ली जानुपर्ने थिए। विमानस्थलमा बोर्डिङ पास लिएर बसिरहेको बेला प्रहरीले लगेर हनुमान ढोका खोरमा लगेर कोचिदिए। त्यतिखेर शेरबहादुर देउवा प्रधानमन्त्री थिए। अनलाइनखबरसितको अन्तर्वार्तामा उनले भनेका थिए, ‘म मुटुको विरामी उपचारका लागि दिल्ली जान लाग्दा हनुमान ढोका खोरमा पुगेँ। त्यो खोरमा म धेरैचोटि पुगेको थिएँ । तर, त्यसपटक साँच्चै चित्त दुख्यो । पञ्चायत फेरि फर्केछ जस्तो लाग्यो । एउटा सानो झ्याल मात्रै भएको अँध्यारो कोठामा राख्दा अचम्मित भएको थिएँ । देशको शान्ति प्रक्रियामा सहभागी हुँदा म त्यसरी खोरमा जाकिएको थिएँ । धन्न छोरो साथमा भएकाले दमननाथजी र गौरी प्रधानलाई फोन गरेछ र म छुटेँ। त्यतिबेला शान्ति प्रक्रियाका लागि शेरबहादुरजीलाई मैलेजति कसले सहयोग गर्‍यो होला ? मेरो एक मात्र उद्देश्य शान्ति कायम होस् भन्ने थियो । पछि दमनजीले सोध्दा उहाँ भाग्न लाग्नुभएकोले प्रहरीले समातेको रे भनेछन् । जबकि मेरो उपचारको विषयमा शेरबहादुरजी पूरापूर जानकार हुनुहुन्थ्यो । म भाग्नुपर्ने कारणै छैन भन्ने पनि उहाँलाई थाहा थियो। यत्तिका वर्ष भयो, शेरबहादुरजीले मलाई अहिलेसम्म ‘सरी’ भन्नुभएको छैन। तर शेरबहादुरले सरी भनेनन्। बरु उनको मृत्युको खबरपछि समवेदना भने दिए ट्विटमार्फत्।

Sher Bahadur Deuba -

मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन काे खवरले दुःखी भएकाे छु । नेपालको मानवअधिकार र भाषा अान्दाेलनमा उहाँकाे याेगदान स्मरणीय रहनेछ । उहाँकाे अात्माकाे चिर शान्न्तिकाे कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

८) साम्प्रदायिक नेता Vs उत्पीडितका नायक

पद्यरत्नलाई उनको अडानका कारण साम्प्रदायिक नेताको रुपमा धेरैले आलोचना गर्छन्। तर धेरै उत्पीडितहरुले उनलाई आफ्नो आवाज बोलिदिने नायकका रुपमा प्रशंसा पनि गर्छन्। उनले सगरमाथा टेलिभिजनको अन्तर्वार्तामा सुनाएका थिए, उनी एक पटक जेलमा रहँदा आमा भेट्न आएका थिए। आमालाई नेवार बाहेक अरु भाषा आउँदैन थियो। तर प्रहरीहरुले नेपाली भाषामा बोल नभए हामी बुझ्दैनौँ, पाइँदैन भनेर भने। म मृत्युदण्ड सहन तयार छु तर मेरो आमासँग मलाई मातृभाषा बोल्न दिनुहोस्। आमाछोरा बोल्नै नपाउने गरी प्रतिबन्ध लगाइएपछि आमा रुँदै जेलबाट बाहिरिए।

९) मरिचमान सिंहसित चुनावमा पराजित

नेकपा एमाले टुक्रिएर माले बन्यो। उनी २०५६ सालको चुनावमा पहिलो पटक सूर्य चुनाव चिह्नबाट लड्न पाएनन्। काठमाडौँ क्षेत्र नम्बर ४ मा उनले मालेको तारा चुनाव चिह्नबाट चुनाव लडे। चुनाव परिणाम अचम्मको आयो। पञ्चायत कालमा २०४३ साल, बहुदल आएपछि २०४८ साल र मध्यावधि निर्वाचन २०५१ सालमा लगातार तीन पटक चुनाव जितेका उनी २०५६ को संसदीय निर्वाचनमा पराजित भए। पराजित मात्र हैन पञ्चायत कालका अन्तिम प्रधानमन्त्री मरिचमान सिंहको भन्दा कम भोट आयो उनको। त्यसपछि उनले कहिल्यै चुनाव लडेनन्।

१०) पत्रकार ‘परतु’

उनी नेपाल भाषा दैनिकका सम्पादक, राजमति साप्ताहिकका वरिष्ठ अतिथि सम्पादक, युगधारा साप्ताहिकका सम्पादक थिए। युगधारा साप्ताहिकको अन्तिम पृष्ठमा ‘परतु’को स्तम्भ छापिन्थ्यो। परतु उनकै नामको संक्षिप्त रुप थियो।

११) साहित्यकार तुलाधर

पद्मरत्न तुलाधर साहित्यकार पनि हुन्। आफ्नो मातृभाषा नेपालभाषामा उनले थुप्रै ख्यालः, चिनाखँ लेखेका छन्। उनका १६ पुस्तक प्रकाशित छन्। भाषा आन्दोलनका पनि अगुवा हुन् उनी। पछिल्लो समय पहिचानको आन्दोलनका अगुवा पनि उनलाई बनाइएको थियो। तर आन्दोलनले गति नपाएसँगै उनी पनि पछिल्लो समय निष्क्रिय थिए। उनको स्वास्थ्य पनि कमजोर हुँदै थियो।

Source:http://www.mysansar.com/2018/11/33788/

Last Updated on Wednesday, 07 November 2018 11:52

Hits: 377

केपी ओली राष्ट्रवादी नेता हुँदै होइनन ।हो रहेछ भने, मैले कान काटेर फालिदिन्छु ।

 हरी बहादुर घर्ती मगर ।

कुनै बेला केपी ओलीका नेता एवं कम्युनिष्ट पार्टीका पुराना नेता राधाकृष्ण मैनालीले भन्ने गर्थे 'केपी ओली राष्ट्रवादी नेता रहेछ भने मैले कान काटेर फालिदिन्छु'।

केपी ओली कति राष्ट्रवादी नेता हुन् वा के हुन् ? राष्ट्रवादी नेताको पगरी गुछेर जनताको विश्वास जित्दै,दोर्सो पटक राष्ट्रको कार्यकारी प्रमुखको,जिम्मेवारी समालेका प्रधानमन्त्री ओलीको करिव एक वर्ष कार्यवधी निकट रहेको छ। दिनको अनुमान बिहानीले गर्नेहुँदा, उनको यो कार्यवधी यहाँ समीक्षा गर्न जमर्को गरिएको छ, पाठकबृन्द आउनुहोस् समीक्षा गरौँ।

संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिएर प्रधानमन्त्री ओली १ हप्ता अघि स्वदेश फर्केका छन्। महासभामा भाग लिने काम समाप्त पछि, मुलुक नफर्केर प्रधानमन्त्री ओली त्यहि वाट नै कोस्टरिका तर्फ हानिएका थिए। आफ्नो २ साता लामो विदेशयात्रा समाप्ति पछि,त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा, पत्रकार हरुलाई जानाकारी दिदै उनले,अतिकम बिकशित भू-परिवेष्टित राष्ट्रका समस्या प्रति विश्वको ध्यान आकर्षित गराउदै, नेपालको समस्या र सहयोगको वारे, जोड्दार रुपमा उठाएर आएको छु, आफ्नो भ्रमण अत्यन्तै फलदायी र नेपालको हितमा रहेको समेत दावी गरिए पनि, उनको यो दावी विगतका उनका अन्य गफीकुरा जस्तै पत्याउन गाह्रो छ।

उक्त महासभा भागलिन,भारत,पाकिस्तान,श्रीलंका र बङ्गालादेश लगाएतका छिमेकी देशहरुवाट प्रधानमन्त्री नगएर बिदेशमन्त्रीहरु गएका थिए। यस्तै अरु धेरै देशका सरकार प्रमुख उक्त महा-सभामा नगएर पनि भएको थियो भने,प्रधानमन्त्री ओलीलाई जानु पर्ने नै अपरिहार्यता थिएन। करिव २२ करोड राजस्व स्वाहा पारेर,संयुक्तराष्ट्र संघमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमसङ्ग हात मिलाउन र हात मिलाउदा हाई,हेल्यो,हाउ आर यु? भन्दै फोटो खिचाउन र बाहेक केपी ओलीको कुनै उपलब्धि भएन भनेर जानाकारहरु बताउने गर्दछ्न्।

दुई देशका सरकार प्रमुख सङ्गै उभिएर खिचेको फोटोमा अमेरिका देशको झण्डा थियो भने, नेपालको झण्डा हुन पर्ने वा राखिनु पर्ने प्रधानमन्त्री ओलीलाई हेक्का समेत नै भएन।

अझ हास्यास्पद कुरा त केछभने मधेसमा ५७ जना आफनै नागरिकको रगतको आहालमा पौडिखेलेका ओली, ती सहिद हरुको रगतको मागलाई सम्बोधन नगरिकनै, संयुक्त राष्ट्रसंघमा भागलिन गएका प्रधानमन्त्री ओली सभाको काम सकिए पछि, आफ्नो देश नफर्की, तिनै रगतमा लत्पतिएका राताहात लिएर उतैवाट कोष्टारिकालाई शान्तिक्षेत्र घोषणा गर्ने प्रस्तावको पत्रमा सहि गर्न गएका थिए।

सुन्दै हासोको फोहोरा छुट्ने कुरा...! ' नेपालका कुनैपनी विभेद एवं उत्पिडनका मुद्दा शान्तिप्रकृयावाट सम्बोधन गर्नु पर्छ भनेर कहिल्यै कुनै दिन,सोचै नभएका, सवैलाई गोली र बारुदले पेलेर लान पर्छ भन्ने,सवैलाई हेयको भाषा प्रयोग गरेर बोल्ने, अति छुद्र अविवेकी र अव्यवहारिक सिद्धान्तनिष्ठ केपीले कोष्टारिकाको पिस युनिभर्सिटीमा लेक्चर गर्न गएको रे..! उनले चाहेकोभए मुलुकका बिधमान उत्पीडन र विभेदका राष्ट्रिय मुद्दा सम्बोधन भएर मुलुक एक कदम शान्ती र समृद्धि तर्फ उन्मुख भै सक्थ्यो। उनकै कारण उत्पिडन एवं विभेदका मुद्दा सम्बोधन नभएर मधेसमा मधेसी थारु र पहाडमा आदिवासी जनजाति हरुले मन कुडाएर बसेका छन्। जबर्जस्ति बन्दूकको बलमा संविधानजारी गरिएपनी राज्य उनिहरुसङ्ग तर्सित छ। बाहिर जे-जस्तो भनिएपनी भित्री बुझाई पहिचान र अधिकारको उनिहरुको आन्दोलन आक्रोश एवं आक्रमक अवस्थामा जुनसुकै समयमा बाहिर आउन सक्छ।

यसकारण केपी ओली जस्तो व्याक्ती शान्ति प्रकृयावारे युनिभर्सिटीमा लेक्चर दिन जानू भनेको केवल,शान्ती प्रकृयाको निम्ती ठट्टा भन्दा केही होइन। उनलाई पिस युनिभर्सिटीवारेमा के थाहा छ..? के शान्ती प्रकृयावारे युनिभर्सिटीमा लेक्चर दिनु, ९ कक्षा उतिर्ण गर्न नसक्नेले मानर्थ पिएचडीको उपाधी भिरे जस्तै हो..? फेरी अर्को शव्दमा भन्नुपर्दा आफ्नो देशमा कुनै कामै नभए जस्तै, जस्ले जता बोलायो उतै-उतै दौडने..? झन्डै अरु देशले बोलाएनछ्न्। नत्र प्रधानमन्त्री ओली अरु २/४ महिना उतै लेक्चर दिदै र पिएचडी उपाधी थाप्दै, बिताउने थिए। यस अर्थमा पनि,प्रधानमन्त्री ओलीको विदेश सयरको पारखी बुझी नसक्नु देखिन्छ।

विगतका सवै रेकर्ड ब्रेक गर्दै,मुलुकमा हत्या,हिंसा,बलात्कार,भ्रष्टाचार,कालोबजारीले देश र जनता उकुसमुकुस भएको अवस्थामा,६/७ जनामात्रै लिएर गए पुग्ने उक्त महासभामा श्रीमती,सालो,सालीले मात्रै नपुगेर श्रीमतिको सुसारे 'नोकर्नी' समेतको २० जनाको जम्बो टोली लिएर, विगतमा राणा र राजा महाराजाको सामन्ती संस्कारलाई बिर्साउने गरी प्रम केपी ओली अमेरिका गएर प्रतीव्यक्ति १ जना बराबर १करोड भन्दा बढी गरिव देशको राजस्व उडाएर आएका छन्।

उखान र टुक्काका टपर ट्युईया गफ लगाउदै,राजस्व नउठाएर देशको बिकास गर्न सकिन्न भनेर,जनतासङ्ग पाखुरा सुर्केर जताततै असीमित मनपरि करलगाएको सरकारको प्रमुख प्रधानमन्त्री ओली विगतमा पनि,स्वदेशमा उपचार नगराई, विदेशमा उपचार गराएर १८/१९ करोडको उपचारको नाममा ब्रमलुट गर्ने,बिगतका प्रधानमन्त्री हरुले चड्दै आएका महङ्गा बुलेट् प्रुफ गाडी हुँदाहुँदै पनि, करोडौं-करोड लगाएर थप नयाँ २ बुलेट प्रुफ गाडी खरिद गर्ने,आफ्ना नातागोता,आसेपासे, कार्यकर्तालाईहरुलाई राज्यकोषबाट करोडौं बाड्ने गरेकोले, मुलुकको ढुकुटी टाट्पल्टाउने दुईतिहाई बहुमतको केपी सरकार पहिल्यै देखिनै आलोचित थियो।

काठमाडौ सडकका खाल्डाखुल्डी, बाढि,पहिरो, नियन्त्रण,देशमा बढ्दो गरिबी सम्बन्धमा विभिन्न माध्यमवाट जनताले गुनासो गर्दा, के काठमाडौ सडकका खाल्डाखुल्डी मेरो सरकारले पारेको हो? के बाडी पैरो के म प्रधानमन्त्री भएको ६ महिनामा मात्र गएको हो..? के देश गरिव म प्रधानमन्त्री भएको गएको ६ महिनामा भएको हो..? जादुगरले जस्तै एकचोटी कहिल्यै रुमाल त कहिल्यै अण्डा देखिने गरी बिकास गर्न सकिन्छ..?भनेर अत्यन्तै लज्जास्पद,गैरजिम्मेवारी एवं अनुत्तरदायी जवाफ दिएर निरासै निरासमा जनतालाई उभ्याएका प्रधानमन्त्री केपी आफ्नो मोजमस्तीको निम्ति पछिल्लो उदारण UN सभाको बहानामा बिदेश सयरलाई लिन सकिन्छ।

कुनै वेलाका भारतीय एक नम्बरी दलाल भनेर चिनिने, प्रधानमन्त्री ओलीको प्रारम्भमा मृगौला प्रत्यारोपणको सम्पूर्ण उपचार खर्च भारतले ब्यहोर्दै आएको बतान्छ। महाकाली नदी सम्झौता गर्दा,वर्षको २० अरवभन्दा बडी नेपाललाई राजस्व उठ्ने भ्रम फिजाउने प्रधानमन्त्री केपी, पछिल्लो पटक दुई तिहाईको नाजायज फाइदा उठाएर अरुण तेर्सो समेत भारतलाई सुम्पेका छन्।

यी समिक्षावाट नेता मैनालीले भनेझै,प्रधानमन्त्री केपी ओली,कुनै राष्ट्रवादी नेता नभएर नातावादी,कृपावादी,चाकरीवादी,भ्रष्टचारी,कमिशनखोर वादी,विदेशी दलालवादी,जातिवादी, गोत्रवादी,प्रतिक्रियावादी,पश्च्यगमनवादी र सामन्तीवादी लगायतका सवै किसिमकावादी घुलित अराष्ट्रियवादी नेता हुन्।

Last Updated on Monday, 15 October 2018 16:39

Hits: 1472

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर