A+ A A-

बिग्रेका नेतालाई संचारकर्मीले मात्र तह लगाउन सक्छन्

 
  पद्यरत्न तुलाधर
 
 गतिरोध हटाउन नियत सफ ा हुनुपर्छ । हाम्रा नेताहरुमा यो नै देखिएन ।  २०४६ सालको परिवर्तनपछि हामीले धॆरै कुरा सिकेका छौं । पहिला धनि र गरिव को मात्र कुरा गथ्र्याे । अहिले नेपालमा थुप्रा वर्ग छन् ति बीच अन्र्तविरोध छ भन्ने अनुभवबाट सिक्दैछौं । 

माओवादीको दश बर्षे द्धन्द्ध अवतरणपछि शान्ति आँउछ भनिएकोथियो जुन आएन । हाम्रो समाजमा भएका थुप्रा द्धन्द्धहरुका उचित सम्बोधन नहुदासम्म यो समस्या ज्यूकात्यू रहनेरहेछ भन्ने  बोध गर्देछौं ।

करिब दर्जन हुनथाल्यो चुनाव भएको देशले प्रधानमन्त्ती पाएकोछैन । तर लज्जा कसैमा देखिदैन । जनताको अपेक्षा पूरा गर्ने ध्याउन्न कसैमा छैन । सबै रमिते बनेकाछन् । हिजो बहुदल र प्रजातन्त्र भन्थ्यौ आज लरोकतन्त्र पुकार्छाै । त्यतिले पनि नपुग्दॊ रहेछ । समावेशी लोकतन्त्र भन्दैछौं । राजतन्त्रको नेतृत्वमा एकतन्त्र ब्यवस्था झेल्दै आएको हामी संघीयतामा गयौं ।  गणतन्त्र आयो । तर यसलाई कसरी ब्यवस्थापन गर्ने भन्ने चुनौतीको जिम्मेवारी  कसैले लिन चाहदैन । माओवादी युद्ध गयो तर शान्ति आएन । मधेस आन्दोलन उठ्यो । त्यसले संघीयतालाई बलियो बनायो । अहिले जनजाति आन्दोलन बलियो हुदैंछ । यसले समावेशीतालाई सबल बनाउदोछ ।
 
यी संघर्ष भैरहेकाछन् परिवर्तन पनि संगसंगै गैरहेकोछ तर मानसिकतामा अझै बदलाव  आएकोछैन । नेपालीभाषीलाई मात्र मान्यता दिएर अन्य भाषा कसरी फस्टाउछ  बरु द्धन्द्ध झन बढाउछ । पंचायतकालमा तत्कालिन राजा बिरेन्द्रले नेपाली भाषामा जनमत सग्रह गराउदा मैले टुडीखेलबाट त्यसको विरोध गर्दा कारागारमा लगेर थुनिएकोथियो । अहिलेको गणतन्त्रमा पनि त्यहि अभ्यास भैरहेकोछ । संविधानसभाले सुझाव संकलन गर्दा नेपाली भाषालाई माध्यमभाषा बनाएकोछ । मातृभााषिहरुलाई त्यसले सम्बॊधन गर्छ र ।
 
यी सबै समस्याहरुलाई सम्बोधन गरेर संविधान लेख्न पक्कै सजिलो छैन तर नलेखी  धर छैन । िहंजो जनताको बलमा त्यहाँ पुगेकाहरुको प्रमुख म्यान्डेट नै जनमत सम्बोधन गरि संविधान लेख्न हो । यहि नगर्ने हो भने नेताहरुले आफुलाई जन प्रतिनिधि भन्नकुाे अर्थ छैन । अहिले सबै काम छाडी संविधान लेखन प्रमुख कार्य हो । यो भन्दा अर्काे कुनै प्राथमिकता हुन सक्दैन ।  तर दलहरुको यसप्रतिको उपेक्षा हेर्दा नियतवश यस्तो गरेको हो कि जस्तो देखिन्छ । 
 
अरु त अरु माओवादी र मधेसवादी दलहरुमा पनि संविधान लेखनको गम्भीरता छैन । शान्तिप्रकि्रया निष्कर्षमा पुग्नुपर्ने  शोषणुमुक्त र शान्त नयु नेपाल बन्नुपर्ने तर हाम्रो यो सदिक्षा सपन ामा मात्र सिमित छ ।  शान्तिप्रकि्रया जारी छ तर संविधान कहिले बन्छ । दल कहिले मिल्छन् र शान्तिप्रकि्रया निष्कर्षमा पुग्छ  निश्चित भएकोछैन । यी अप्ठ्यारासंग लड्ने नेता र दलहरु नै देखिएनन् ।
 
जनताको यो जिम्मेव्ाारी  दल र नेताले नलिने भएपछि जनतामा  निराशा छाएकोछ । अब यो निराशालाई हटाइएन भने द्धन्द्धको सीमा र आकार बढ्ने पक्का छ । यस्तो गहन कार्य संचारकर्मी्रको काँधमा  आएकोछ । परिवर्तनपछि सबैभन्दा बढी सुनिने  पढिने र बिचार बनाउने भनेकै मिडियाबाट हो । मिडियाले चाहे जे पनि हुनसक्छ । दललाई एक ठाँउमा ल्याउन मिडियाले मात्र सक्छ । संचारकर्मीले आफ्नो शक्ति यसमा लगाउने हो भने प्राप्त उपलब्धिलाई संस्थागत गर्न सकिन्छ । 
 
हामी नागरिक समाजलाई संचारजगतले नै बाटो देखाउनुपर्छ । त्यसपछि मात्र केहि होला जस्तो छ । नत्र नेताहरुका कारण देशमा बढ्दै गैरहेको निराशाले बिस्फोटक रुप धारण गर्न्रसक्छ । यो कसैका निम्ति पनि हितकर हुनेछैन । 
 
वार्तामा आधारित 
 

Error: No articles to display