A+ A A-

मगर राज्य घोषणा भो । बरिष्ठ नेता खपागींले भने भद्र बहिस्कार गरे

तानसेन २५ मंसीर
पाल्पाको सदरमुकाम तानसेनवाट आज मगँरात स्वायत्त प्रदेश घोषणा गरिएको छ ।  संघले प्रस्तावित गरेको मगरात स्वायत्त प्रदेशको उत्तरमा चीन र दक्षिणमा भारत सम्म सिमाना फैलिएको सघंका केन्द्रिय अध्यक्ष झक बहादुर थापाले बताए । संघले प्रस्तावित गरेको मगरात स्वायत्त प्रदेशभित्र पाल्पा, गुल्मी, अर्घाखाची, बाग्लुङ्ग, म्याग्दी, प्युठान, रोल्पाको पुरै भुभाग, सहित रुकुमको ३२ गाविस, सल्यानको ४८ , नवलपरासीको ३७ , तनहुको १९ , स्या«्जनाको ४५ , पर्वतको ३१ , दाङको ५ , कास्कीको १ , रोल्पाको ७ , गोरखाको १२ , र मुस्ताङ्गको ३ गाविस सहित

 हालको १८ जिल्ला समेटिएको छ ।

 



सभा अगाडि  विभिन्न मगर सस्कृंती झल्कने झाँकी सहितको र्रयालीले  तानसेन बजारको परिक्रमा गरेको थियो । र्यालीपछि आयोजित  सभालाई एकिकृत नेकपा माओवादीका महासचिब राम बहादुर थापा बादल, नेपाली काग्रेसका भिम कुमारी  बुढा, एमालेका थम माया थापा  लगायतका बक्ताहरुले सम्बोधन गरेका छन् ।

यसअघि गएको पुषमा एमाओवादीले ९ जिल्लाको स्वायत्त गणराज्य घोषणा गरेको थियो । त्यो घोषणा पनि राम बहादुर थापाले नै गरेका थिए । अब नेका,  एमाले, नेकपा एककिृत जस्ता दलहरुको आ आफ्ना प्रस्ताव अनुसारको मगरात घोषण्ण गर्न बाँकी छ ।



किन आएनन् खपागीं ?

सभालाई सम्बोधनका लागि नेपाल मगरसंघका पूर्व अध्यक्ष तथा राष्टिय जनमुक्ति पार्टीका सहअध्यक्ष गोरे बहादुर खपागींको नाम पनि ब्यापक प्रचारप्रसार गरिएकोथियो तर उनी कार्यक्रममा आएनन् । उनका एक निकस्टको भनाईमा उनलाई अन्तिम समयमा मात्र कार्यक्रमबारे जानकारी दिइएको थियो । आउने जाने बस्ने र कार्यक्रमको बिस्तृत जानकारी उनलाई दिइएको थिएन । मगरात घोषणा बारे उनीसंग कुनै छलफल पनि गरिएको थिएन ।

आयोजकहरुले मान्छे जम्मा गर्न उनको नाम प्रचारप्रसार गरेपनि उनलाई कार्यक्रमबारे त्यसका अध्यक्ष थापाले गम्भीरतापूर्वक कुनै छलफल नै नगरेको खपागीं निकट ति ब्यक्ति बताउछन् ।
 नेपाल मगररसंघले यो कार्यक्रम गर्न एनजिओ आइएनजिओसंग लाखौं रुपैया लिएपनि खपागीं जस्ता बरिष्ठ ब्यक्तित्वलाई कुनै ब्यवस्था गरेकाथिएनन्  । ति भन्छन्, 'त्यसैले खपागींज्यूले आफुलाई कार्यक्रममा बोलाएर मानमर्दन गर्न चाहेको गलत नियत प्रस्ट देखिएकोले वहाँ जानु भएन ।'

देब पचभैया 

Error: No articles to display