A+ A A-

बाहुनको मन्त्रमोहमा लठ्ठ पाल्पाका मगर जाति



मगरहरुको पुर्ख्यौली थांतथलो पाल्पा हो, जहाँ ६५ प्रतिशत भन्दा बढी मगरहरु मात्रै बसोबास गर्छन् यो जिल्लामा । नेपालमा बहुदलिय व्यवस्थाको अभ्यास ०४६ देखि सुरु भए यता अथवा ५ पटक सम्म भएको प्रतिनिधि सभा र संबिधान सभाको चुनावको नतिजा हेर्ने हो भने ६५ प्रतिशत मगरहरुलाई सालाखाला ९ देखि १० प्रतिशत बाहुनहरुले पूर्ण रुपमा काबुमा राखेको देखिन्छ  । ०४८ को संसदीय चुनावमा पाल्पाको क्षेत्र नम्बर १ मा जहाँ ८० प्रतिशत मगरहरु मात्रै रहेकोमा प्रमुख ठुला दलहरु काँग्रेस र एमालेबाट उम्मेदवारहरु मगर समुदायबाट उठाइएको कारणले त्यहाँ एक जना मगरले नै जित्ने त्यो स्वाभाविकै भयो । उति बेला कांग्रेसका कालुराम रानाले चुनाव जिते । क्षेत्र नम्बर २ मा प्रमुख दलहरु कांग्रेस र एमालेले मगरलाई निम्छरो देखेर मगरलाई उम्मेदवार बन्नबाट बंचित बनाइयो । कांग्रेसले गम्भीरजंग कार्की र एमालेले दयाराज बस्याललाई उम्मेदवार बनाउदा त्यति बेला गम्भीर जंग कार्कीले बाजी मारे । क्षेत्र नम्बर ३ मा दुवै दलले क्रमशस् हरि नेपाल र बिष्णु पौडेललाई उम्मेदवार बनाउदा हरि नेपालले जितेका थिए ।

०४९ सालको जिल्ला विकास समितिको चुनाव हुँदा ९ प्रतिशतले ६५ प्रतिशतलाई गजबले पाखा लगाए । बाहुनहरुले खेलेको त्यो गजबको खेल र तिनीहरुले दिएको त्यो चक्मा मगर नेताहरुले बुझे कि बुझेनन् कुन्नि १ केहि मगर अथवा जनजाति नेताहरुले नेतृत्व गरेको राष्ट्रिय दलहरुलाई जातिय राजनीति गरेको भनि आरोप आइरहेको बेलामा असली जातिय राजनीति त ०४८ देखि नै कांग्रेस र एमालेले गरेका छन् भन्ने पाल्पाको जिल्ला विकास समितिको चुनावमा प्रष्टै देख्न सकिन्छ । ०४९ को उक्त जिबिसको चुनावमा कांग्रेसले बाहुनबाट प्रेमनाथ बस्याललाई जिल्ला सभापतिको लागि उम्मेदवार बनाए भने उपसभापति पदको लागि दुर्गा बहादुर रानालाई बनाए । एमालेले सभापति पदको लागि दल बहादुर रानालाई र उपसभापतिमा यादव बहादुर रायमाझीलाई उठाए । बाहुनहरुले यस्तो सदयन्त्र रचे, मगरहरुले त्यसलाई नथाहा पाए जस्तो गरि त्यो सदयन्त्रको बिरुद्धमा खानेखुशी गर्ने शाहस सम्म पनि गरेनन्  । उक्त चुनावमा कांग्रेसबाट बाहुन उम्मेदवार प्रेमनाथ बस्याललाई बिजय गराइयो भने उपसभापतिमा विपक्ष दल एमालेबाट बाहुनरक्षेत्री नै यादव बहादुर रायमाझीलाई जिताइयो । कांग्रेसबाट बाहुनले जित्दा सोहि दलबाट दुर्गा बहादुर रानाले नजित्नुमा बाहुनहरुले जातिय राजनीति गरेको ठहरिदैन रु अथवा, उपसभापति पदमा बाहुनरक्षेत्रीले एमालेबाट जित्दा सोहि दलकै मगर उम्मेदवार दल बहादुर रानाले हार्नु त्यो बाहुनले जातिय राजनीति गरेको ठहरिदैन रु यसको अर्थ प्रष्टै छ । बाहुनहरुले दलको सिद्धान्त र नीतिलाई भन्दा बाहुन जातिलाई बढी महत्व दिंदा रहेछन् । त्यसरी, नै मगरहरुले अझै सम्म बुझ्न सकेका छैनन् ।

०५१ देखि ०६४ सम्मको चुनावी इतिहास हेर्दा क्षेत्र नम्बर १ मा बाहेक अन्य क्षेत्रमा कांग्रेस र एमालेले मगरहरुलाई उम्मेदवार बनाउनबाट बंचित बनाइयो । क्षेत्र नम्बर १ मा एक इमान्दार, प्रभावशाली र दक्ष नेता दल बहादुर रानाको प्रभावले पनि अझै सम्म उक्त क्षेत्रका मगरहरु एमाले मै अडिग रहिरहेका रहेछन् भन्ने ०७० को चुनावले पनि प्रष्टै देखाएको छ । सोहि क्षेत्रमा पहिलो पटक एमालेले बाहुन उम्मेदवार राधाकृष्ण कंडेललाई उम्मेदवार बनाउदा पनि सबै एमाले समर्थक इमान्दार मगरहरुले इमान्दारिताका साथ एमालेलाई नै मतदान गरेर कंडेललाई नै   जिताए । १ नम्बर क्षेत्रका मगरहरुले जातिय राजनीति गरेनन् भन्ने पछिल्लो चुनावी परिणामबाट प्रष्टै देखिन्छ । क्षेत्र नम्बर १ का मगरहरुले जातिय राजनीतिलाई वडावा दिएकै थियो भने एमाओवादीका मगर उम्मेदवार तेजेन्द्र सिंजाली मगरलाई जिताई दिन्थे होला । तर, क्षेत्र नम्बर २ मा कांग्रेसका बाहुन नेता तथा कार्यकर्ताहरुले आफ्नै दलका मगर उम्मेदवारलाई मतदान नगरिकन विपक्ष दलका बाहुन उम्मेदवार सोम प्रसाद पाण्डेलाई मतदान गरि जिताइएको छ । यसबाट प्रष्टै हुन्छ जातिय राजनीति कसले गरिरहेका छन् त भन्ने सवाल ।

पाल्पा, क्षेत्र नम्बर ३ को राजनीतिक इतिहास त एक जाति बाहुनवाद भन्दा माथि उठ्नै सकेको छैन । ०४८ देखि ०७० सम्मको चुनावी गतिविधि हेर्दा कांग्रेस, एमाले र माओवादीले सम्म पनि बाहुन बाहेक अरु जातिलाई उम्मेदवार बनाउन चाहदै चाहेनन् । तर, पनि त्यो क्षेत्रका मगरहरु इमान्दार देखिए । होइन भने, ०४८ देखि नै जनमुक्ती पार्टीको एकलौटी उम्मेदवार बन्दै आएका केहर सिंह मगरले लगातार चुनाव जित्दै आउनु पर्ने थियो । तर, बहुसंख्यक मगरहरुलाई त्यसो गर्न कि त बुद्धि फिरेनन्  कि त राजनीतिक बिचारमा अडिग रहे । बाहुनहरुले जस्तो आफ्नै जाति रोज्ने काम मगरहरुले गर्दै नगरेको प्रमाण यहाँ प्रष्टै देखिन्छ ।

यति भैसक्दा सम्म पनि पाल्पाका ६५ प्रतिशत मगरहरु अब त सचेत हुनु पर्ने हो । मगरहरु यसरी नै हरेक क्षेत्रबाट उत्पीडनमा परिरहेको यथार्तलाई अब बिस्तारै बुझ्नु पर्ने हो । कहिले सम्म यी मगरहरु बाहुनहरुको झोले बनि रहने रु मगरहरुको खोसिएको अधिकार पुनस् प्राप्तिको लागि बाहुनहरुको अर्दली बनेर कहिल्यै पनि सम्भव हुँदैन । उत्पीडनबाट मुक्त हुनको लागि बाहुनसँग हारगुहार गरेर माग्ने होइन । सबै मगरहरु, चाहे जुन सुकै राजनीतिक विचार बोकेका किन नहोस्, सबैले आफ्नो मगर जातिलाई नै चुनावमा जिताएर नेपालको राज्यसत्तामा पुर्याउन सक्नु पर्ने छ । त्यस पछि मात्रै खोसिएको अधिकार पुनस् प्राप्त गर्न सम्भव हुने थियो ।  

हुम सुनारी मगर
फोक्सिंकोट-१, पाल्पा
अध्यक्ष आदिवासी जनजाति महासंघ, साउदी

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर