A+ A A-

के मातृभाषा भाषाबैज्ञानिकहरुको प्रयोगशाला मात्र हो ? :विष्णुकुमार सिङ्जाली (बहसमा टिप्पणी)

सांस्कृतीक, भाषिक, धार्मीक तथा जातिय हिसाबले बिविधता युक्त देश हो नेपाल । विभिन्न जात जाति, संस्कार संस्कृती, भाषा भाषीहरुको साझा पूmलबारी हो । यहाँ एक सय एक जाति छन् भने साठी भन्दा बढी भाषाहरु प्रचलित छन् । खस नेपाली बाहेक अरु भाषाको विकास राम्रो छैन । नेपालको करीब ३७.७ प्रतिशत भन्दा बढी जनसँख्या ओगटेका आदिवासी जनजातिका मातृभाषाहरु मध्ये केहीको बल्ल लेख्य रुपमा आउन थालेका छन्, केहीको मौखिक रुपमा मात्रै जीउँदो छ ।

विगतमा राज्यले लिएको विभेदकारी नीति तथा एक भाषा, एक जाति, एक धर्मको नीतिको शिकार भएका मातृभाषाहरु २०४६ को परिवर्तनपछि जुर्मुराउन थालेका हुन् । तर भाषा बैज्ञानिक लगायत सम्बन्धित विद्धानहरुले आदिबासीका मातृभाषालाई मन्द विष खुवाएका छन्, जो आदिबासी जनजातिका डाक्टरहरुले पत्ता लगाउन सकेका छैनन्, उपचारको त कुरै भएन । यस्तै उदाहरणको सानो रुप मात्रै मैले यहाँ उल्लेख गर्न चाहेको हो ।
कुनै पनि भाषा लेख्य रुपमा प्रस्तुत गर्न लिपी र मानकको आवश्यकता पर्दछ । नेपालमा पनि धेरै जातिहरुले आफ्नो मातृभाषाको मानक निर्धारण गर्न, बर्ण वा ध्वनी पहिचान गर्न भाषा बैज्ञानिकहरुलाई गुहार्ने गरेको पाईन्छ । त्रि.बि.बि.का विद्वानहरुको यसमा ठूलो भूमीका रहेको पाईन्छ । तर भाषा बैज्ञानिहरुले दिने प्रेस्कृप्सन चाहिँ एक आपसमा बाझ्ने गरेको छ । अधिकाँस मातृभाषाहरु देवानगरी लिपीमा लेख्ने प्रचलन बढेको छ । यस्तो हुनुमा राज्यले खस नेपाली बाहेक अरु भाषामा लगानी नबढाउनु, ति भाषाहरुमा प्रचलित लिपीको प्रचार प्रसार कम हुनु आदि कारणहरु छन् । भाषा विज्ञहरुले पनि यहि कुरालाई मध्यनजर राखेर सिफारिश दिने गरिएको पाईन्छ । तर यस्तो कार्यमा केही बुझ्न नसकिने र बिभिन्न मातृभाषीहरु बीच बाझिने पे्रस्कृप्सन आएको पाईन्छ । यसमा शंका मान्नु पर्दछ । कतै भाषाबिज्ञहरुले नै मातृभाषीहरुलाई पोटासीयम साईनाईड त दिइरहेका छैनन् ?, अनि बैज्ञानिकले दियो भन्दैमा हामी अज्ञानताले त्यो पोटासियम साईनाईड खान तम्सिरहेका त छैनौं ? मातृभाषीहरुले ख्याल गर्नुपर्ने बेला आएको छ ।

एक जना भाषा बैज्ञानिक प्रा.डा. माधव पोखरेलले दिएको अब्यवहारीक मानक अक्षरलाई नै हेरौं । कुनै पनि अक्षर मुनी थोप्लो ( .) राख्ने संकेतले मगर र राजवंसी मातृभाषामा माहाप्राण जनाउने, त्यही चिन्हले बाहिङ राई भाषामा गोलीत ईकार, मेबाहाङ (राई) भाषामा अगोलीत उकार र हेल्मो भाषामा लामो विसर्ग जनाउने कुरा भन्नुभएको छ । यो चिन्ह अन्तराष्ट्रिय मापदण्ड सँग मेल खाँदैन, यो चिन्हको प्रयोग सर्वसाधरणले बुझ्न सक्दैनन् । वहाँले यस्तो अबैज्ञानिक सुझाव दिएर तत् समूदायका भाषालाई के गराउन खोज्नुभएको हो ? हो,  ध्वनी पहिचानमा उहाँको विद्धतालाई हामीले सम्मान गर्नै पर्दछ तर उहाँको यस्तो विरोधाभाष र मातृभाषालाई असहयोग गर्न सुझावले  हामीलाई दुखी तुल्याएको छ ।  गएको असोज महिनामा एक कार्यक्रममा मगर ढूटमा एक नयाँ ध्वनी पनि छ, त्यसलाई थप्नुपर्दछ भन्ने पनि भन्नुभएको थियो । यसले के जनाउँछ भने बैज्ञानिकहरु सबै मातृभाषीहरुलाई गीन्नी पीग बनाउन चाहन्छन् । सामाधान होईन, अभ्यास मात्र गर्न चाहन्छन् । मातृभाषा सधैं प्रयोगशालाको गीन्नी पीग होईन । यसतर्पm सबैको सचेतता बढ्न जरुरी छ ।


हामीले नेपाल सरकारलाई सबै मातृभाषीलाई नबाझिने गरी मानक अक्षर÷संकेत बनाईदिन, राज्यले यसमा लगानी गर्न दबाबमूलक कार्यक्रम गर्नुपर्दछ । यसका लागि भाषीक र जातिय संघ संगठन, आदिवासी जनजातिहरुले सरकारलाई घच्घच्याउनु पर्दछ । नेपाल प्रज्ञा प्रतिष्ठानलाई जिम्मेवार बनाउनु पर्दछ । यसले आदिवासी जनजातिका मातृभाषा जोगाउन र प्रबद्धन गर्न ठोस कदम चाल्नुपर्दछ, जसरी खस नेपाली भाषालाई काखी च्याँपेको छ ।


अर्कोतर्पm नेपालका विश्वविद्यालयहरुमा आफन्तबाद, चाकरी प्रथा, राजनैतिक झोले वा टिके प्रथा, जातिय वा खानदानी कृपाले विद्धान बन्न पाएका विद्धानहरुलाई अन्तरराष्ट्रिय मान्यता विपरीत लेख्न सिकाएर आदिवासी जनजाति तथा मातृभाषाहरुलाई भाँड्ने कार्यमा सरिक हुन दिनु हुँदैन । त्यस्ता विद्धानहरुले आदिवासी जनजातिहरुलाई टुक्राउने तथा मन्द बिष दिने गरेका छन् । आदिबासी जनजातिका विद्धानहरु प्नि ‘हो मा हो’ मिलाउँदै छन् , अन्धाधुन्द कतै पद वा पैसा भेटिन्छ कि भनेर । यसले गर्दा पनि हामी सबै आदिवासी जनजाति मातृभाषा लाईमाया गर्नेहरुले फेरी एक पटक गहिरिएर सोच्ने बेला आएको छ । अहिले राम्रो सँग सोच्न सकेनौं, सबैले बुझ्न  सक्ने गरी मातृभाषा  लेख्न सकेनौं वा पाठकलाई बुझाउन सकेनौं भने अवस्य  पनि अधिकांस आदिवासी जनजातिका मातृभाषाले पोटासीयम साईनाईड खाएर छिट्टै मृत्युको मुखमा पुग्नेछन् । ईतिहासका पानामा मात्र अँकित हुने छन् ।

आदिवासीका मातृभाषाहरु पनि नेपाली फुलबारीका फुलहरु नै हुन् । यसलाई पनि फुल्न दिनुपर्दछ । भाषा संस्कृती देशका गहनाहरु हुन् । मातृभाषा पनि एक संस्कृती हो, संस्कृती राष्ट्रको सम्पत्ति हो । यसलाई जोगाउन सबै आदिवासी÷जनजातिहरु तथा राज्यको कर्तब्य हो । कसैले कसैलाई पङ्गु बनायो भन्दैमा पङ्गु बन्नु पनि मुर्खता हो । त्यसैले आदिवासीका मातृभाषा लेखनमा पनि भाषाविज्ञहरुले दिएका राम्रा कुराहरुलाई ग्रहण गर्नु र अब्यावहारीक कुराहरुलाई हटाएर ब्यावहारीक बनाउन सकेमा मातृभाषाहरुको लेखन र बोलाई दिगो रहन सक्दछ ।

लेखक मगर लेखक संघका उपाध्यक्ष हुन्

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर