A+ A A-

नेपालीको प्राण हो खसभाषा !

भाषा राज्यको सबैभन्दा ठूलो प्राण मानिन्छ । सम्पूर्ण जनताको मनोभावना अभिव्यक्त गर्ने माध्यम भाषा नै हो । यो संसारमा भाषा नहुँदो हो त हाम्रो अवस्था कस्तो हुँदो हो, कल्पना गरौं त । भाषाविना राज्य चल्न सक्दैन । मौलिक भाषाले नै राज्यको संरक्षण गरेको हुन्छ । भाषाद्वारा नै राज्यको कला, संस्कृति र सभ्यताको जगेर्नाभएको हुन्छ ।

बटुराम भण्डारी

विश्वका विभिन्न राज्यहरूले आ-आफ्नो भाषा र संस्कृतिको रक्षा गर्नका लागि विभिन्न कार्यनीति अपनाएको हुन्छन् । बेलायत सरकारले विश्वभरि अंग्रेजी भाषा प्रशिक्षणका लागि आफ्ना कर्मचारी खटाएर व्यवस्था मिलाएको देखिन्छ । ती कर्मचारीलाई सम्पर्ूण सुविधा दिएर पठाउँछ र तिनका परिवारको लालनपालनको जिम्मासमेत सरकारले लिएको हुन्छ । फ्रान्स सरकारले फ्रेन्च भाषाको प्रचार-प्रसारका लागि फ्रेन्च कल्चर सेन्टर चलाएको छ । जर्मन सरकारले गोथे इन्स्िटच्युट सञ्चालन गरेको छ । त्यसै गरी अमेरिकी सरकारका तर्फाट पनि विभिन्न निकायमार्फ यस्ता भाषा प्रशिक्षण एवं प्रचार-प्रसार केन्द्रहरू सञ्चालन भइरहेका छन् । भाषाका लागि ती देशका सरकारहरू पनि दत्तचित्त भएर लागेका छन् । अन्यथा यति ठूलो धनराशि कसरी खर्च गर्दथे र  कोरियन भाषा सिक्न नेपालीहरूको ठूलो समूह ज्यान फालेर हामफालेको धेरै भएको छैन ।

पाकिस्तान सरकारले उर्दू भाषा प्रशिक्षणका लागि सहयोग गरिरहेको छ भने कोरियन तथा चिनियाँ भाषालगायत विश्वका विभिन्न भाषाहरूको पढाइ सञ्चालन गर्न विश्वभाषा क्याम्पस नै स्थापना भएको छ । हिन्दी भाषाभाषीको त नेपालमा ठूलै समूह छ । भारतीय हिन्दी चलचित्रमार्फ प्रशस्त हिन्दी भाषाको प्रचार-प्रसार भइरहेको छ । विश्वका विभिन्न देशका राजनीतिज्ञहरूको अन्य देशहरूमा भ्रमण भइरहेको हुन्छ । यसरी भ्रमणका क्रममा उनीहरूले आफ्ना भनाइहरू विश्वसामु वा वार्ताका क्रममा विभिन्न स्थानमा राख्नुपर्ने हुन्छ । कतिपय विश्वविख्यात नेताहरूले आफ्ना भनाइहरू आफ्नै भाषामा राखेको र दोभाषेमार्फ त्यस कुरालाईउल्था गरी प्रेससमक्ष ल्याउने गरेको देखिन्छ । यस कार्यका लागि चिनियाँ नेताहरू सबैभन्दा अगाडि छन् ।

उनीहरू विश्वका जुनसुकै ठाउँमा गए पनि आफ्ना भनाइहरू चिनियाँ भाषामा नै राख्दछन् । जुनसुकै स्तरको भ्रमण भए पनि उनीहरू आफ्नो भाषा बोल्न संकोच मान्दैनन् । जापानमा तल्लो तहदेखि
माथिल्लो तहसम्म जापानी भाषामा नै अध्ययन(अध्यापन हुनर्ेगर्छ । उनीहरू पनि आफूलाई आवश्यकता पर्दा दोभाषेलाई साथमा लिएर हिँड्छन् । नेपालबाट प्रशस्त विद्यार्थीहरू विदेशमा अध्ययनका लागि गएका छन्, उनीहरूले प्रथम ६ महिना त्यहाँको भाषा नै सिक्नर्ुपर्दछ  । स्कटल्यान्डमा त्यस्तै छ, चीन, जापान र कोरियामा त त्यहीँको भाषामा पढ्नुपर्ने बाध्यताले गर्दा पढ्न
जानेभन्दा त्यहा एकोहोरो कामका लागि जाने नेपालीको संख्या बढी छ । जर्मनीमा त्यहीको जर्मन भाषामा नै पढाइ हुन्छ । फ्रान्समा यदि कसैले 'डू यू नो इंग्लिस' भनेर सोध्यो भने उनीहरूले जवाफ दिन्छन रे 'डू यू नो फ्रेन्च' इटलीको आफ्नै इटालियन भाषा छ । ती देशहरूमा कहिल्यै आफ्ना बहुसंख्यक जनताले बोल्ने भाषाको विषयमा विवाद भएको सुनिएको छैन । तिनीहरूले आफ्नै भाषाबाट प्रशस्त प्रगति गरेका छन्, उनीहरूलाई अरुको भाषाको कुनै लोभ र मोह छैन ।

हाम्रो देश एक बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय विविधतायुक्त देश हो । यहाँ वास्तवमा भन्ने हो भने कुनै पनि जातिको कुनै ठाउँमा बाहुल्यता छैन । सबै जातजातिको सबै ठाउँमा बसोबास भएको छ । नेपालमा भएका सबै नेपालीलाई एकसूत्रमा बाँध्ने माध्यम भनेको नेपाली भाषा नै हो । पूर्वका र्राई लिम्बू, पश्चिमका गुरुङ, हिमालका भोटे, शेर्पा, तामाङ, मगर, तराईका थारू, मधेसी, आदिवासी, पहाडमा बाहुन क्षेत्री, दमाई, कामी, सार्की, सबै जातजाति र भाषाभाषीलाई एक ठाउँमा राखेर कुनैनयाँ खबर सम्प्रेषण गर्ने हो भने सबैले बुभmने गरी कुन भाषामा बोल्नु पर्दा सजिलो होला र सबैले बुझ्लान ? किनभने नेपाल सबैको हो र राज्यको चलनचल्तीको भाषा सबै नेपालीले बुझ्न जरुरी हुन्छ । आफ्नो समुदायभित्र वा परिवारभित्र जनावरको पनि आफ्नै भाषा हुन्छ र उसले त्यही भाषाका माध्यमबाट व्यवहार गरेको हुन्छ ।

हरेक जीवजन्तुले प्रयोग गरेको भाषा मानिसले बुभmदैन । तर, केही सांकेतिक अर्थ मात्र लगाउन सक्छन् । कुकुर रोएको आवाज यस्तो हुन्छ भनेर सबै मानिसले जान्न सक्छन् तर त्यसभित्रको संवेदना मानिसलाई थाहा हुँदैन, कारण बुभmन कठिन हुन्छ । विश्वमानचित्रमा विश्वमा राज गर्ने सबै मुलुकलाई हेरौं, उनीहरूले कुन भाषा प्रयोग गरिरहेका छन् ? हरेक अमेरिकन जो नेपालमा बस्दछन्, धेरैले राम्रोसँग नेपाली बोल्छन् । चीनमा सबै विषय चिनियाँ भाषामा नै पढाइ हुन्छ । तर, उनीहरूले विश्व व्यापारमा आफ्नो प्रभुत्व जमाउन मात्र अंग्रेजी भाषाका केही शब्दहरू सिकेका हुन्छन् ।

विश्व व्यापारमा चीन सबैभन्दाअगाडि छ । उनीहरूलाई भाषाले कुनै अप्ठयारो पारेको जस्तो देखिँदैन । चिनियाँहरूले अहिले व्यापारको राज गरिरहेका छन् । जर्मनीले एकताका विश्वलाई हल्लाएको थियो ।सम्पूर्ण विश्व एकातिर लाग्दा पनि जर्मनीलाई परास्त गर्न कठिन भएको थियो । युरोपिय मुलुकले टुक्रा-टुक्रा पारेका बेला विशाल चीनलाई जापान जस्तो सानो मुलुकले हराउन सफल भएको थियो । फ्रान्सले विश्वमा क्रान्तिको बिगुल फुक्यो । समाजवादको सिर्जना गर्‍यो । उनीहरूलाई भाषाले कुनै असर पारेन । कोरिया शक्तिसम्पन्न राष्ट्र बन्दै छ तर के त्यसका लागि के अंग्रेजी भाषाले सहयोग गरेको हो - जर्मनीहरूलाई विदेशी भाषाले के सहयोग गरेको छ ? चीनलाई के छ, जापानलाई के छ, कोरियालाई के छ,इटली, फ्रान्स, स्कटल्यान्ड, स्विडेन, फिनल्यान्ड, डेनमार्क, पोल्यान्ड,र्टर्की, पोर्चुगालआदि देशलाई अंग्रेजी भाषाले के-कति सहयोग दिएको छ - भन्ने कुरा खोजीको विषय हुनसक्छ ।

भाषाले सांस्कृतिक पक्षलाई बाँधेको हुन्छ । प्रत्येक समुदायको दार्शनिक पक्षको खुलासा त्यही भाषाद्वारा मात्र व्यक्त गर्न सकिन्छ, त्यसलाई अन्य भाषामा व्यक्त गर्न प्रयत्न गरियो भने त्यसको  अन्तरवस्तु वा दार्शनिकपक्ष हराएर गइसकेको हुन्छ । नेपालीमा एउटा उखान छ 'खाइ न पाइ छालाको टोपी लाई ।' यस भनाइलाई अंग्रेजीमा वा अन्य भाषामा जस्ताको तस्तै उल्था गर्न प्रयत्न भयो भने यस भनाइको चुरो विदेशी भाषामा बुझन सकिँदैन वा त्यसको सही अनुभव नै हुन सक्दैन । त्यसैले भाषा राज्यको प्राण हो र यसको हामी सबैले जगेर्ना गर्नुपर्छ । विश्वका महान् शक्तिसम्पन्न देशहरूका नेताहरूले संसारको जुनसुकै कुनामा गए पनि आफ्नै भाषामा कुरा गर्न सक्छन्, जहाँ गए पनि त्यही भाषाले आफ्नो काम सम्पन्न गर्न सक्छन्, आफ्नै भाषामा शिक्षा-दिक्षाको काम भइरहेको छ ।

तर, हामीलाई किन विदेशी भाषाको लोभ बढेको हो भन्न सकिँदैन । हामी नेपालीले हाम्रो अस्तित्व जोगाउने हो भने नेपाली भाषालाई गर्वसाथ माथि उकास्न सक्नुपर्छ । हाम्रो भाषाको विकासका लागि ठूलै धनराशि खर्चन पनि पछि पर्नु हुँदैन । हाम्रो भाषालाई विश्वका सबै देशमा पढाइ हुने भाषाका रूपमा विकसित गर्नुपर्दछ । अनि त्यही भाषाका माध्यमबाट नेपाली संस्कृतिको विश्वव्यापी प्रचार-प्रसार गर्नु पर्छ, जसले हामी नेपालीको छातीलाई उच्चा राख्न मद्दत गर्छ । अन्यथा हाम्रो भाषा, संस्कृति र राष्ट्रिय अस्तित्व नै विलय भएर नजाला भन्न सकिँदैन ।

(लेखक गोकर्ण मावि काठमाडौंका प्रधानाध्यापक हुन् ।)


 १६ कार्तिकमा उच्चस्तरिय राजनीतिक कार्यदलले देवनागिरी लिपिको नेपाली भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोछ । त्यसैले राजधानी दैनिकमा छापिएको  यो लेखलाई बहसका निम्ति यहाँ दिइएकोछ । यहाँहरुसंग  पनि भाषाभाषी सम्बन्धि बिचारोत्तेजक बिचार छ भने This email address is being protected from spambots. You need JavaScript enabled to view it. या This email address is being protected from spambots. You need JavaScript enabled to view it. मा लेखेर पठाउनसक्नुहुनेछ । राम्रो लेखलाई उचित पारिश्रमिक दिइनेछ ।

Error: No articles to display