A+ A A-

मच्छरले १९ जनाको ज्यान लिइसक्यो तर सब मस्त छन् !

चितवनमा एक हजार ७ सय ७६ जनामा परीक्षण गरिएकोमा ३ सय ५२ जनामा डेंगु भेटिएको छ ।


 गत साउनको  आन्तिम सातादेखि फैलिएको डेंगु ज्वरोले महामारीको रुप लिइसक्दा पनि नियन्त्रणमा  आउन सकेको छैन । एडीस एजप टाइ (Aedes Aegypti ) नामक पोथी लामखुट्टेले टोकेपछि सर्ने यो ज्वरोवाट यस वर्ष मात्र १९ जनाको मृत्यु भैसकेको छ ।  गत साउनवाट अहिलेसम्म ज्वरोले चितवनमा दुई र वुटवलमा एक गरी तीन जनाको ज्यान लिइसकेको छ  ।  वुटवल र चितवन शहरलाई प्रकोपग्रस्त क्षेत्रको रुपमा सरकारले घोषित गरी कार्यक्रम संचालन गरेपनि नवलपरासी , पर्सा , वारा , कैलाली लगायतका  तराईका २४ जिल्लामा डेंगुको उच्च जोखिम रहेको चिकिल्सकहरु वताउँछन् । चितवन जिल्लालाई डेंगुको प्रकोपले गाँजेको छ । चितवनमा दैनिक ३० जनाको दरले उपचारका लागि विरामी आउने गरेका छन् ।  चितवनमा एक हजार ७ सय ७६ जनामा परीक्षण गरिएकोमा ३ सय ५२ जनामा डेंगु भेटिएको छ ।

डेंगुको प्रकोप वढदै गएपछि तराई लगायतका जिल्लाको जनजिवन प्रभावित वनेको छ । चितवनमा विद्यार्थी र शिक्षकमा डेंगु भेटिएपछि विद्यालय समेत वन्द गरिएको छ ।  स्कुलका विद्यार्थी र शिक्षकमा डेङ्गुको सङ्क्रमण देखिएपछि चितवनको नारायणगढमा रहेको सिद्धार्थ इङ्गलिस बोर्डिङ स्कुल अनिश्चितकालीन बन्द भएको छ । चितवनमा डेङ्गुको सङ्क्रमण भएको झण्डै तीन महिनापछि यहाँ स्कुल बन्द भएको यो पहिलो हो ।  विद्यालयका पाँच विद्यार्थी र एक शिक्षकमा डेङ्गुको सङ्क्रमण भएपनि अभिभावकको दबाबमा स्कुल बन्द गरिएको जानकारी विद्यालयका प्रधानाध्यापक अजिव पौडेलले दिए । उनका अनुसार शिक्षकको चितवन मेडिकल कलेजको सघन उपचार कक्षमा र अन्य विद्यार्थीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 
गत साउन अन्तिम सातादेखि अहिलेसम्म गरिएको परीक्षणमा ४३ जनामा लेप्टो स्पाइरोसीस र २४ जनामा एएचवान एनवान भाइरसको सङ्क्रमण भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए ।  झण्डै ३० प्रतिशत डेङ्गु नियन्त्रणमा आएको दाबी गरिए पनि सङ्क्रमण भने रोकिएको छैन । 

के हो डेंगु

सन् १९६० मा थाइलैन्ड  र मेक्सिकोमा देखा परेको यो ज्वरो नेपालमा सन् २००६ मा चितवन मै पहिलो पटक देखा  परेको हो । शहरी क्षेत्रमा डेंगु फैलाउने  लामखुट्टे वढी मात्रामा  पाइने  गर्दछ ।   वर्षाको पानी  जम्ने टीनका डव्वा, रंगका खाली डव्वा , गाडी मर्मत केन्द्र,  गमला , पानी टंयाकी, मोटरसाइकल ग्यारेज आदिमा यस प्रकारको लामखुट्टेले फुल पार्ने  गर्दछ । यो प्रजातिको लामखुट्टेले दिउँसोमा मात्र टोक्छ । सुरुमा ५ –७ दिनसम्म उच्च ज्वरो आउने , टाउको दुख्ने , आँखाको गेडा तथा आँखाको भाग दुख्ने  र रातो हुने , ढाड र जोर्नी र मांसपेसीहरु दुख्ने  र शरीरमा   विविरा आउछ  । डेंगु ज्वरो भाइस (विषाणु) का कारण हुने  भएकोले यसको खास उपचार नरहेको चिकित्सकहरु वताउँछन् ।

     डेगु रोगी


‘ज्वरो घटाउने सिटामल खानु र सिकिस्त विरामीलाई सलाइन पानी दिनु वाहेक खास उपचार पद्धतिको  विकास अहिलेसम्म भएको  छैन ’  इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देसक डा.जि.डि. ठाकुरले भने ।  उनका अनुसार उपचार दक्ष चिकिल्सकवाट मात्र संम्भव रहेकोले देशका मुख्य सरकारी अस्पतालमा डेंगुको परीक्षण र उपचार गरिन्छ । डेंगुका शिकिस्त विरामी मध्ये विश्वमा २ प्रतिसत विरामीको  मृत्यु हुने , ९० प्रतिशत विरामी एक हप्तामै निको हुने र शिकिस्त विरामी मध्य दस प्रतिसत सिटामल खाएरै निको हुने डा ठाकुर वताउँछन् ।
नेपाल वाहेक दक्षिण एसियामा भारत र वंगलादेसमा पनि यसको उच्च प्रकोप रहेको छ ।  ज्वरो सार्ने लामखुट्टे नियन्त्रण नै रोग निदान भएकोले हामीे लामखुट्टेकै नियन्त्रणमा केन्द्रित वनेका छौ डा. ठाकुरले  वताए ।  डेंगु प्रभावित जिल्ला तराईका जिल्ला सहित वुटवल र चितवनमा लामखुट्टे नियन्त्रण सगै डेंगुवाट वच्न सचेतना अभियान सरकारी स्तरवाटै थालिएको छ । लामखुट्टे  र लामखुट्टेको फुल पार्ने क्षेत्र दुवैलाई नष्ट पानुपर्ने हुदा समुदाय र विशेषज्ञ सहितको टोलीलले प्रकोपग्रस्त क्षेत्रमा काम गरिरहेको उनले जानकारी दिए ।  लामखुट्टे  नियन्त्रण नगर्दासम्म डेंगु नियन्त्रणमा आउन नसक्ने उनको भनाइ छ । 
घर वरपर पानी जम्न र लामखुट्टे वस्न नदिने , दिउँसोमा पूरा वाहुला भएको लुगा लगाउने  , सुत्दा झुल प्रयोग गर्ने लामखुट्टे  भगाउने  मलम लगाउने आदि सावधानी अपनाए यो ज्वरोवाट वच्न सकिने चिकिल्सकहरुको सल्लाह छ । मौसम परिर्वतन , जिवन शैली परिर्वतन  र वढ्दो सहरीकरण , वसाइसराइ जस्ता कारण नै यो  रोगको  कारक रहेको चिकिल्सकहरु वताउँछन् । 
सन् २००६ मा नौ वटा जिल्लामा महामारी कै रुपमा देखिएको डेंगुवाट अहिले नेपालमा १० हजार व्यतिm विरामी फेला परेको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । विश्व स्वास्थ्थ संगठनको आँकडा अनुसार  विश्वभर बर्र्पेनि  ५ करोड व्यक्ति यस ज्वरोवाट  संक्रमित हुन्छन् । २ अर्व ५० करोड व्यतिm यस ज्वरोको जोखिममा छन् ।

तर सरकारको वजेट नै छैन

तराई लगायतका जिल्लामा विगत चार महिना देखि फैलिएको डेंगु नियन्त्रणमा प्रभावकारी नहुनुको मुख्य कारण वजेटको अभाव रहेकोछ । राजनीतिक गतिरोधका कारण सरकारले नयाँ वजेट ल्याउन अलमल गरि रहेको अवस्थामा पेस्की वजेटमा महामारी नियन्त्रणका लागि छुट्याइएको ५० लाख रुपैयाँ  हैजा , मलेरिया  र डेंगु निन्त्रणका लागि खर्च भैसकेको र रकम अभावले ठोेस कार्यक्रम संचालन गर्न समस्या परेको स्वास्थ्थ मन्त्रालयका अधिकारीले वताए । ‘अरु शिर्षकमा रकम झिक्न सकिने अवस्था छैन । काम गर्न निकै समस्या परेको छ ’ उनले भने । 

 

अन्तर्वाता 

 'हामी बदलियौं मच्छर पनि आए'



इपिडेमियोलोजी तथा रोग नियन्त्रण महासाखाका निर्देशक ः डा जि.डि.ठाकुर

ज्वरो कसरी सर्दछ ?
एडीस एजपटाइ जातिको पोथी लामखुट्टेको टोकाइले यो ज्वरो सार्दछ । यो लामखुट्टे  सफा र अस्थिर पानीमा वस्दछ  । यसले दिउँसोमा मात्र टोक्छ ।  एक सय मिटर वरपर घुम्छ । पानी भएका ठाउँ , गाडी  मर्मत केन्द्रहरु, गमला टयाङकी आदि सफा र लामखुट्टे वस्न र फुल पार्न दिन हुन्न । 

डेंगुको अवस्था कस्तो छ नेपालमा ?
पचास वर्ष पहिले यो ज्वरो मेक्सिको र थाइलेण्डमा देखा परेको थियो । नेपालमा सन् २००६ मा प्रवेश गरेको हो । अहिले पाँच वर्ष यताकै उच्च जोखिममा छ ।

यसको उपचार के छ ?

यो भाइरल ज्वरो हो , खास उपचार पद्धतिको विकास अहिलेसम्म भएको छैन तर सिकिस्त विरामीलाई सिटामल र सलाइन पानी दिने गरिन्छ ।

नियन्त्रण कसरी भैरहेको  छ ?
प्रकोप ग्रस्त तराइका जिल्लाहरुमा जनचेतना जगाउने र लामखुट्टे नियन्त्रणको अभियान थालिएको छ । विशेषज्ञ सहितको टोली खटाइकएोछ ।  लाखखुट्टे नियन्त्रण गरेर मात्र हुन्न फुल पनि नियन्त्रण गर्नुपर्ने हुन्छ । समुदाय नलागेसम्म केही हुन्न ।

नेपालमा यसले महामारीको रुप लिनुमा के कारण छ ?
जिवन शैली परिर्वन , मौसम परिर्वतन , र शहरीकरणकै कारण हो । नेपाल वाहेक भारत वङगलादेसमा पनि यसको प्रकोप वढी छ । मानिस रोजगारीको सिलसिलामा विभिन्न देसमा जाने आउने गर्दछन् । यसरी पनि नेपाल जोखिममा परेको हो   । 

गोविन्द लुइँटेल                            


 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर