A+ A A-

मगर भाँड्ने असफल षड्यन्त्रको इतिबृत्ति र पुन समाज नेपालमा गएको भूईचालो ( राज्यसत्ताको समाचार प्रभाव )

२३ जुन
राज्यसत्ता डटकमले पुन समाज नेपालले पुन मगर हैनन्् भन्ने आन्दोलनको भित्री कुरा र त्यसमा कसले के बदमासी गरिरहेकोछ भन्ने कुरा ८ महिना अगाडि नै उठाउदै आएकोछ । त्यसबारे गोप्य यथार्थहरु बाहिर ल्याइरहेकोछ । राज्यसत्ता डटकममा त्यो पढ्न सक्नुहुनेछ, विस्तृत रुपमा ।  प्रकाशित ति समाचार बारेमा फेसबुकमा बनाइएको विश्वभरका पुनहरुको चौतारी पुन चौतारीमा बहस हुदैं आइरहेकोछ । अहिले पुन समाज नेपालले हामीले मगर बाट छुट्टै गराउन खोज्या हैन भन्दै स्पष्टिकरण दिएकोछ , विज्ञप्ति मार्फत । तर पहिला उसले यसका निम्ति आन्दोलन नै गरेकोथियो र सरकारसंग पुनलाई छुट्टै जातिमा सूचिकृत गराउन माग गरेकोथियो । जसको राज्यसत्ताले गलत भन्दै आएकोथियो ।
जसलाई सबै मगर पाठकले जायज ठान्नुभएकोथियो ।

राज्यसत्ता डटकमको ताजा समाचार यहाँ छ.....

त्यसमाथि आएका केहि छानिएका प्रतिक्रियाहरु जस्ताको तस्तै राखिदिएकाछौं : विस्तृत पुन चौतारी फेसवुकमा हेर्न सक्नहुनेछ --

Pun Om: पुन संगीथ ज्युलाइ सानो अनुरोध गर्न चाहान्छु......To be honest मैले कुरा गर्नु पर्दा यो राज्यसत्ता भन्ने शब्द चांहि पहिलो चोटि सुन्दै छु सायद यसमा मेरो अनभिज्ञता झल्कनु स्वाभाविक हो त्यसको लागि म अ।फै उपेक्षित नरहि बस्न सक्दिन। त्यसकारण जिज्ञ ासा स्वरूप मैले बुझ्न खोजेको कुरा यो राज्यसत्ताको शाब्दिक अर्थ के हो ? र यसको परिभाषा बुझाइदिनुस अनि यसको भुमिका के रहन्छ बताइदिनुस। मेरो काल्पनिक सोचाइ चांहि यो कतै पत्रकारिता (journalism) संग सम्बन्घित हो कि वा कस्तो किसिमको खोजखबर हो ?यसको अफिस कंहा छ र कुन संस्थासंग अ।वद्द रहिअ।एको छ? यसको अ।धारभुत योजना के के हुन र भावी योजना के के छन ? कस्ट गर्दिनु भएमा धन्य हुने थिए।

Pun Sangith www.rajyasatta.com hernus teha sampurna news haru chha tapai sabai kura thaha paunu hune chha.

 

पुन समाझ नेपालले गरेको गतिविधिहरुको बारेमा राम्रो जानकारी दिनु भएकोमा संगीथ जी लाई धेरै धन्यबाद छ / खास कुरा भन्नु पर्दा अध्य्क्ष जस्तो पद सम्हालेर अरुलाई दोष दिएर आफु निर्दोष ठहरिनु मिल्दैन/ समाझ्को तरफ बाट कुनै पनि कुराहरु प्रकाशित गर्न...ु अघि छलफल त अवस्य हुन्छ / त्यसैले यी सम्पूर्ण घटनाहरुको जिम्मेवार त अध्य्क्षले पनि बहन गर्नु पर्छ नत्र अध्य्क्ष पद नै लिनु भएन / अन्तमा पुन समाझ नेपालका पदाधिकारीहरुले बहुसंख्यक पुनहरुको चाहनालाई मध्य नजर राख्दै सोहि मुताबिक पाइलाहरु चाल्न अनुरोध छ /
दर्नीय पुन मगर दाजु भाई तथा दिदी बहिनीहरू पुन समाज नेपालले मगर शब्दलाई २०६८ को जनगन्नामा राख्ने बिशेष पहल गर्दैन भने नेपाल पुन समाजको भितिरी रहस्य पर्दाफास हुनेछ {पुन समाज नेपालले पुनहरूलाई मगरबाट अल्ग गर्ने नितिको }यस अवस्थामा हामी पुनहरू मगर नै हुन र मगर शब्द हाम्रो पहिचानको को लागि राख्नु पर्छ भन्ने बिचरा भयको पुन मगर हरूले पुन मगर समाज नेपाल को स्थापना गर्ने पहल गर्नु पर्छ जस्तो लाग्छ। यस्को लागि अर्जुन दाजुले बिशेष भूमिका खेली दिनु हुन आनुरोध गर्छु ।

Kheem Pun एक जीले भनेझै पुन समाजको सम्पुर्ण पदाधिकारीहरु जिम्मेवार हुनुपर्दछ । तपाईले र राज्यसत्ताले जसरी खिमन र तिलक दाजुकोे बारेमा भनाई राख्नुभएको छ त्यो तपाईहरुको आफ्नो व्याक्तिगत कुरा होला तर दोष दुईजनालाई मात्र थुपार्नु मिल्दैन...............


पुन मगर बाट अलक भयर पुन जात बनाउने जुन चेष्टा पुन समाजका केही व्यक्तिले गरेको निर्णय म लगायत प्रबाशी मगर संघलाई मान्य छैना, जातीको नाममा राजनीति गर्न खोज्ने पुन मगर लाई सिमान्त कृत जाती र वर्गमा घचेटन दुष्साहस गर्ने व्यक्ति वा समूह आम मगर र म जस्ता हजारौ पुन मगर युवाहरुको निम्ति घातक हुनेछ, जसले पुन मगर लाई अलक बनायर आफु माथि पुग्ने ...कु चेष्टा गर्छ भने आज देखि छोडे हुन्छ नत्र भने त्यसको बिरुद्दमा डोजर् लगाउन म सदा तयार छु, चेतना भया, मेरो नसा नसामा मगरको रगत बगेको छ, मेरो प्रत्येक पल मगर संस्कार र संस्कृति झुकेको छ, मेरो दिमाकमा मगर जातीको प्रगति र हितको लागि प्रयोग हुने छ , बिखन्डन बादी संक्रिन सोचाई राख्ने पुन जाती मगर होइन भन्ने जुन व्यक्ति र समूह छ त्यो पुन नै होइन त्यो मगर मगर जातीलाई भाड्नको निम्ति पुन लेखायाको हुनु पर्छ नत्र भने हाम्रो पुर्खाहरुले पनि मगर नै भनेका छन् हामी मगर होइन भने प्रमाण देखाउनुस?? आपनो जातीको भाषा संस्कृति रिति रिवाज संरक्षण गर्ने भन्ने हाम्रै पुर्खाले गर्दै र भन्दै आयको कुरालाई अर्कै तरीकाले तोड मोड गर्न पैदैना.
पुन हरुको चौतारीको
सम्पूर्ण मित्र हरुमा
नमस्कार

निकै धेरै प्रतिक्रिया हरु पढ्नु पाउदै छौ । तर अझै पनि कुरा बुझाउनु सारो पर्ला जस्तो छ, कसैले पनि, कुनै पनि बेलामा हामी पुन हरु मगर् होइनौ भनेको छदै छैन् । समाज खोल्नु र दर्ता परिक्रिया गर्नु अनी आफ्नो समाजको विकाश गराउनु चहानु, हरेक समाजसेवी विचार धारा भएको व्यक्ती हरुले मात्र गर्छन् । अनी... त्यसलाई कसरी कार्यवयन गर्नु पर्छ भनेर केही गर्नु पर्छ । तर समाज भित्रकै कतिपय व्यक्ती हरु भनौ, यो कुरा हरु न बुझेर वा बुझेर अरु संस्था को ईशारामा कठपुतली सरह नाच्दै, पुन समाजको अग्रगामी पथ हरुमा, बाधा भएर नानाथरी कुरा हरुको प्रचार-बाजी गर्नु अहिलेको मुख्य विषयनै भएको छ । मित्र हरुले राज्यसत्ता वेबसाईट निकै नै हेर्नु, पढ्नु हुन्छ होला ? तर हजुर हरुले एउटा कुरा विचार गर्नु भएको छौ की, त्यो राज्यसत्ता वेबसाईट ले पुन हरुको विकाश हेर्नु चाहन्न किन भने त्यस वेबसाईटको कार्यकर्ता हरु प्राय जसो थापा, राना, आले मगर् हरु छन् । हामीले कुनै कुरा हरु, जुन पुन समाजको लागी उपयोगी हुन्छन् त्यो लेख हरु लाई, उहाँ हरु लाई पठाउदा खेरी, प्रकाशीत गर्दैन । तर जुन कुराले पुन समाज लाई क्षती पुराउछ, त्यस्तो लेख हरु लाई, बडो घुमाई-फिराई गरेर उहाँ हरुले प्रकाशित गर्नु हुन्छ । अनी कतिपय लेख हरु पठाउने चाँही, यसै पुन हरुको चौतारीको हामी मध्यको केही साथी हरु पनि छन्, जस्ले अहिले पनि निकैनै टिका-टिप्पनी गर्दै छन् ।


अहिले पुन समाज नेपाल को विज्ञप्पती पनि पढ्नु भयो होला । त्यस्मा स्पष्ठरूप मा नै पुन मगर् लेख्ने भनेर व्याख्या गरिएको छ । र अर्को कुरा जुन महासचिव खिमन र तिलक पुर्जा ज्युले समाचार पत्र हरुमा पुन लेख्नु पर्छ भन्ने आहावान गर्नु भएको चाँही, मेरो विचार मा, हामी पुन हरुको प्रगती हेर्नु न चाहने तत्व हरुको झुठो प्रचार-बाजी हो, उहाँ हरुले त्यसो गर्नु भएको होईन । यदि त्यसो गर्नु पर्ने आवश्यक्तानै थियो भने, अहिले को विज्ञप्पती जस्तै गरेर, पुन समाजको अफिसियल लेटरपेड मा लेखेर, हस्ताक्षर सहित उहाँ हरुले आहावान गर्नु हुन्थियो । उहाँ हरुलाई कुनै-कसैको षड्यन्त्र को जालोमा राखेर र समाज देखि अलग्गाउने विधी मात्रै हो । किन भने उहाँ हरु समाज को लागी, मरिमेटने-जागरुक-जोशीलो अनी कार्यदिशा लाई सही बाटो तिर डोराउने क्षमता भएको व्यक्ती हरु हुन । यदि उनी हरुलाई पुन समाज बाट, हटायो भने पुन समाज आफै सिद्धिन्छ भन्ने हरुको चाल-बाजी हरु हो । किन भने अहिले सम्म पुन समाजको विवाद यत्रो महिना दिन भई सक्दा खेरी पनि, मगर् हरुको टाउके भनौ, नेपाल मगर् संघको तर्फ बाट केही कुरा हरु न उठाउनु अनी कुनै चासो पनि न दिनु । होईन र ? शायद यो चौतारी को साथी हरु लाई राम्रो सित, यो जानकारी छैन् होला की, किन नेपाल मगर् संघ ले टुलु टुलु रमिता हेरेर बसेको छ भनेर । नेपाल मगर् संघ को अद्ध्यक्ष श्री झक बहादुर थापा ज्यु नै हुन, हामी हरु को बीचमा ठूलो विवाद ल्याउने, पहिला तिर को कुरा हरु छोडौ होला, गएको को हफ्ता मा मात्रै, नेपालको बुटवल मा गएर, उहाँ झक बहादुर थापा ज्युले निकै नै मिठो मिठो पाराले हामी एकजुट भएको पुन हरु माझमा गएर, अतिनै विखालु तर न देखिने स्वाद ले टोकेर, बुटवल को पुन हरुलाई घाईते बनाएर जानु भएको छन् । उहाँ को चर्तिकला हरुलाई, के राज्यसत्ता वेबसाईटले प्रकाशीत गर्ने हिम्मत गर्द छ ? प्रकाशित पनि गरोस कसरी, उहाँको छत्र-छाया मा हुर्किएर यत्रो नाउ कमाउने भई सके को छ, होईन र ?

कसै कसैले पुन समाजको अभिभाराको लागी कुनै कुनै को नाउ हरु पनि लेखनु भएको थियो । तर उहाँ हरुलाई यो कुरा को जानकारी छैन् की, समाज लाई अघी बडाउनु को लागी कस्तो क्षम्ता अनी गुण हरु चाहिन्छ भनेर । संसारमा वा छर-छिमेक मा राम्रो काम गर्‍यो भन्दैमा उहाँ हरुले नेपाल भरिको पुन हरुलाई एक जुट गराउनु कसो गर्नु पर्छ भनेर के थाहा ? तपाई हामी हरु यो ईमेल - फेसबूक मा छल-फल गरेर निकैनै जान्ने छौ जस्तै गरेर कुरा हरु लेख्छौ, लेखदै छौ, होइन र ? तर देशको सम्पूर्ण पुन हरुलाई विकाश को बाटो देखाउनु सक्छु भनेर आट गर्नु सक्नु हुन्छ ? हुदैन । किन भने हरेक व्यक्तीको आ-आफ्नो गुण हुन्छ । कसैकोमा राम्रो क्षमता हुन्छ । कसैमा अर्को क्षेत्र मा मात्र दखल हुन्छ । शायद तपाई - हामीमा ईन्टरनेट मा बहस मात्रै गर्ने दखल छ होला होईन र ? बाकी पछि -----


Chuk Prasad Pun Magar Roibeen ji ko ta kunai profile dekhana sakiyani kinaho? hope to see more details of Robeen Pun ji ko............................?

गल्ति गरे पछी माफ पनि माग्न सक्नु पर्छ र समाझ्को निर्णयले गरेको ...गल्तीलाई एकजनाको टाउकोमा मात्र थोपर्नु उपयुक्त देखिंदैन / पुनलाई आदिवासी जनजातीमा सुचिकृत गर्नुको लागि पोखरा र काठमानडुमा लाखौं रुपिंया खर्च गरेर र्याली गर्नुको अर्थ गाउँ घरका सोझा साझा पुनहरुलाई थाहा नभए पनि बुद्धिजीवी, सचेत र सजग पुनहरुलाई त अवस्य थाहा थियो र यो निर्णय त्यो एकजना तिलकले अवस्य पनि गरेको थियन / त्यस्कारण यस्तो खाले बिज्ञप्ति जारी गरेर आफ्नो गल्ति टारीने चेस्टा नगर्नु नै बेस हुनेछ /
पुन समाझ नेपालले पुनलाई जात बनाउनको लागि के, के गरेका थिए भनेर सबैलाई थाहा भैसक्दा पनि आफ्नो गल्तिहरुको महसुस् नगरी अहिले आएर हामीले त्यसो गरको होइनौं भन्नु लज्जा जनक कुराहो
यि नेता गिरिहरुलाई टाउको मा तुतुल्का उठने गरी चिर्‍रा दाउरा बर्षाउनु पर्छ है साथी हो!

सही कुरा गर्नु भयो अर्जुन जि हामी पुन हरु दुर्दर्शी भएर सोच्नु पर्ने समय आएको छ| कतिपय मित्र हरुले यस्तो अदुरदर्शी कृयाकलाप गरेर समाजलाई रनभुल्लको स्थितीमा डोरयाउदै छन र जुन कुरा भबिश्यमा सच्याउनै नसकिने गरेर रणभुमिको खाडल खन्दैछन र भबिश्यका हाम्रा सन्तति हरुको नजरमा भयंकर ठुलो खलनायक बन्ने बाटो तिर अग्रशर छन, नायक बन्ने आशामा|अब हामी सबै नै मगर हो|अब ति झकबहादुर जस्ताहरुले होइन भन्दै मा,हामी के भईराखेका होलान छक्क पर्नु छ,हामीले बरु हामी pure(शुद्ध) हो बरु तिमी कुन्नी? भन्न सक्नु पर्छ,तर सकरात्मक बनेर ति परिस्थितीको समय न आवोस|हामी चेतनाको गहिराइमा पुगेर निर्णय अनी यात्राको थालनी गर्ने कोशीश गर्नु पर्छ र हामी कहाँ हनुमानहरुको कमी छैन ती हनुमान मित्रहरुलाई राम बन्न सल्लाह दिन्छु मतलब आफ्नो बिवेकमा चल्न अनुरोध गर्दछु|समय अनुसार छेपारोले रङ फेरे जस्तो गरी धारणा परिवर्तन गरे पछि त आफ्नो कम्जोरिलाई अझै लुकाएर अरुलाई उल्लु बनाउन खोजे को देख्दा हाँस उठेर आउछ|

बिल पुर्जा yo kukur haru aaphno bhag ra kurchi lagi ladai garera hamro jatai phalna chahanchhan ,, khabardar garnu parne bela aayeko chha aba janta baat

Pun Om ल फेरि यंहानेर एउटा कुरा गर्न मनलाग्यो....हेर्नुहोस साथीभाइहरू मैले हरेक पटक भनिरहेको छु देश र समाजको लागि चिन्तनमनन गर्नु स्वभावैले विकाशका गोरेटोहरूमा अं।लङकित वा समर्पित हुन खोज्नु उसको स्वाभिमान प्रस्ट झल्कन्छ। कुनैपनि बिषय वा तर्कवितर्कहरूलाइ हामीले सुक्ष्म द्र्ष्टिकोणले हेर्न पनि जान्न सक्नुपर्दछ भन्नाले कुनैपनि बिन्दुलाइ सबैले एउटै कोणबाट हेरिनु पर्दछ भन्ने बाध्यता अ।धुनिक मान्यतामा मान्य होला जस्तो मलाइ लाग्दैन। मतलब के हो भने कुनैपनि केन्द्रविन्दुलाइ वैज्ञानिक तरिकाले हेर्ने विभिन्नकोणहरूको उपयोगमा ल्याउन सकियो भने बिशेष निचोड अझ रसमय हुन्थयो कि भन्ने हो।यस अर्थमा अहिले अ।एर मलाइ सिङगो राष्ट्रको राजनैतिक संरचनामा नै शंका र चिन्ताको दाहेरामा उभिरहनु परेको अवस्थामा झनै अ।फनै (समाज) सामाजिक उताडचडाबको यो परिस्थिती श्रिजित हुनुमा अर्को नकरात्मक पक्ष अंगाल्नु पर्ने बाध्यता हामी सोझो पुनहरूको लागि सराप सरहझैं हुने छ।त्यसैले हाम्रो यस्तो सम्पदा सम्पन्न राष्ट्र किन अविकसित राष्ट्रमा जानु वा असक्षम राष्ट्रमा अभिमुख हुनु यि सबै तपाइहामीलाइ प्रत्यक्ष थाहा छ जुन यंहाका नेताहरूको असक्षम,अज्ञानता र स्वार्थमुखी ।त्यस्तै समाज उत्थान,विकासमुखी यंव एक जुटतामा ल्याउछु भन्नु सहारनीय छ, म खिमन अनि अर्जुनसंग धेरै नजिकबाट खेलेको छु(पुनक्लब पोखरा)।जंहासम्म समाज हांक्ने क्षमताको कुरा रबीन जीले गर्नु भाको छ सायदै एकलै दुक्लैले गरेर गर्न सकिने चिज होइन यसमा सबल पक्ष भनेको बैाद्दिक सरकलका ब्यक्तिहरू हुन अति भन्दा अति अ।वश्यक हुन्छ जस्तो मलाइ लाग्दछ यसमा कुनै ब्यक्ति बहुअ।यामिक पनि हुनसक्छ भन्नेमा कुनै द्दिविधा नरहला।ल
अनि अर्को कुरा रबीन जी.......के यो राज्यसत्ता भन्ने वेबसाइट पक्कै अरू नेपाली पत्रिकाहरूझै अ।अ।फनो संस्थामा पल्लिन हुने खोजखबर त होइन..किनभने यो वेबसाइटले पुनहरूको लेख संरचनाहरूलाइ दखल गर्दैन भन्ने अ।शय बुझे त्यसो हो भने त यसलाइ पनि केहि गर्नु पर्ने भयो नि।खिमन भाइको हङकङको अन्तरवार्ता हेरेको छु।जसमा भनाइ थियो.....अन्तर अ।त्मा देखि हामी मगर हैा.....हक र अधिकारको लागि पुनसमाज खोलेको हो।यहि कुरालाइ हामीले गहन गरेको हुनाले फरक नपर्ने कुरामा विस्वस्त छै। । तर एउटा कुरा चांहि समाज सुसंगठित बनाउने हो भने बैाद्दिक वर्गलाइ पनि समेट्नु अति जरूरी छ।
Mp Ido समाज खोल्नुको मुलभूत उद्देस्य के हो भन्ने बुझेर समाज खोलेको हो भने त्यहाँ सहि र सत्य विचार धाराहरु सबैको अट्न सक्नु पर्छ अनि मात्र समाजको मूल्य र मान्यता हुनेछ समाज खोलेर त्यहाँ कसैले पार्टी गत स्वार्थ लादन खोज्नु कसैले व्यक्तिगत स्वार्थ हाबी गर्न खोज्नु भनेको नै समाजको नाम मा बिकृति पैदा गर्नु वा विभाजनको परस्थिति सृजना गर्नु हो हाम्रो पुन समाज भनेको गत केहि बर्ष देखि यता त्यस्तै भएको छ कि भन्ने लागेको छ एकथरी भन्छन पुन मात्र होउ मगर होइन अर्को थरि भन्छन हामी पुन पनि हौ मगर पनि हौ फेरी एकथरी छन् मगर होइन भनेको छैनौ हामीले त पुन बाहेक अरुहरुले मगर होइन भनेको हुनाले छुट्टै समाज दर्ता गरेर देखाई दिउ न त भन्न खोजेको मात्र हो भन्ने आखिर यहाँ नेर यो लाटो पुन हरुलाई कसले कता बंग्याई रहेको छ आखिर के स्वार्थ को निम्ति एक -आपसमा जुझाई रहेको छ के कुनै भलादमी पुन हरुले कहिलेइ सोच्नु भएको छ ?? हामी ले आफ्नो बहुमुल्य घरमा आफैले आगो सल्काई रहेका छौ हामी हरु यसरी जुझ्न देखेर ति षड्यन्त्र कारी हरु छाती पिटी-पिटी २८ र ३२ दाँत देखाएर हाँसी रहेको छ होला के हामी यसरि नै एकले अर्कोलाई आरोप -पर्त्यारोप लगाई गालि गलौजमा समय खेर फाल्ने कि सहि र तत्थ्य कुरा के हो सबै संगै बसेर निचोडमा गएर फैसला गर्ने ??? हामी पुन हरु एक हौ कसरि हुन्छ कुन उपायले हुन्छ अरुलाई दोष दिन भन्दा पहिला हामी आफै बलियो बनौ बलियो अधार हरु बनाउ तब मात्र समस्याको हल हुन्छ होइन भने यहाँ हामी कहिलेइ एकता हुन सक्तैनौ हामी एकता को शुत्रमा बाँधिन नसके पछी भबिस्यमा हामी धेरै टुक्रामा विभाजित भएर पुन सब्द को अन्त्य हुने स्वत; निश्चित छ !!!!!!!!!

Arjun Pun

मुलभुत कुरा हामी पुन मगरहरुको दिर्घकालीन हित र विकाश कसरी हुन्छ भन्ने हो जसले अन्तत्व गत्व समग्र मगर जातीको हितमा समेत टेवा पुरयाओस । अब यसमा फलाना पत्रिका वा व्यक्तिले के भन्यो भन्ने कुरा गौण हुन सक्छ । व्यक्तिगत भन्दा आधिकारिक धारणा महत्व...पुर्ण हुन्छ । हामीले बहस गर्दा किन व्यक्तिगत तहमा जाने ? हामीले त तिनले प्रतिनिधित्व गरेका संस्थाको कृयाकलापको चर्चा र बहस गर्ने हो । त्यसको लागी उपलब्ध भएका उपयुक्त मञ्चहरु प्रयोग गर्ने हो । र त्यो मञ्च यहि पुन चौतारी पनि हो ।
हामी सबैको चाहना पुन समाजले सबै पुन मगरहरुको हितमा काम गरोस र यसले बहुसंख्यक पुन मगरहरुको भावना बोलोस र निर्णय गर्दा त्यसको दुरगामी प्रभावलाइ पनि ख्याल गरोस भन्ने हो । पुन समाजले पुन थरलाई जाती बनाउने चेष्टा गरेको तपाइ हाम्रै अगाडी छर्लगं छ अनि हालै उसले जातीमा पुन लेखाउने निर्णय पोखराका चलेका स्थानिय पत्रिकाहरुमा आएको हामीले पढेकै हो जसलाई हालै प्रेसित विज्ञप्तिले पनि पुष्टी गर्दछ ।
मगर संघको कुनै व्यक्ति विशेष संग रिस उठयो भन्दैमा मगर जातै फेर्न खोज्नु त केटाकेटीपन भयो नि । हामीलाइ मगर संघ संग चित्त नबुझे आफनो कुराहरु संबन्धित ठाउमा राख्नु परयो, संघर्ष गर्नु परयो । त्यो संस्थालाइ आफनै संस्था भनेर आत्मसात गर्न सक्नु परयो । अहिलेको अवस्था भनेको पुन समाजले आधिकारिक रुपमा मगर संघलाई नस्विकारेको अवस्था हो । व्यवहारले यस्तै देखाउछ । हामीलाइ झक बहादुर व्यक्ति महत्वपुर्ण होइन । उसको ठाउमा भोली अर्कै आउछ ।
त्यस्तै हामीले आफु मात्र बुझने अरुले केहि नबुझने नठानौ । विचारमा विविधताको सम्मान गरौ । बहश गरौ । स्वस्थ तथा सहभागितामुलक बहशलाई प्रोत्साहन गरौ । अनि मात्र ठोस निष्कर्षमा पुगौ । समाजका पदाधिकारीले जे निर्णय गर्छ त्यसलाइ आखा चिम्लेर शिरोधार्य नगरौ । पुन समाजमा यसैको खाचो छ ।
Ragprasad Purja पुनहरु ११०% मगर हुन जुन पुनहरुले हामी मगर हैनउ भन्छन तिनिहरु गु पुन अनी कु-जात हुन।
 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर