A+ A A-

"दसैं बहिस्कार"को १४४ बर्ष !

______रकम चाम्लिङ _______________

दशै सबैले मनाउनै पर्ने बाध्याकारी त्यो जमानामा धनकुटाका रिदमा र रम्लिहाङ अठपहरिया राई द्वयले 'दशै आफ्नो चाड नभएको' भन्दै मान्न इन्कार गरेपछि प्रधानमन्त्री राणा जंग बहादुर समक्ष जाहेर भयो । जंग बहादुरले दुवैलाई झुण्ड्याउने आदेश दिए । नजिकैको चुलिबनमा लगेर दुवैलाई झुण्ड्याई हत्या गर्दै हुकुमको कार्यान्वयन गरियो । रिदमा र रम्लिहाङको बि.सं. 1933 को यो ऐतिहासिक सहादत (एकिन दिन र महिना अझैसम्म स्पष्ट हुन बाँकी भए पनि, संभवत भदौ वा असोजमध्ये कुनै एक महिना हुनुपर्छ) को मोटामोटी गणना गर्दा निकटतम दशैमा 144 बर्ष पुरा हुँदैछ भने 'दशैं बहिष्कार' को इतिहासमा यि द्वय सास्कृतिक सहिदहरु प्रथम अभियन्ताका रुपमा पनि दर्ज भएका छन् । यसरी, सहिद रिदमा र रम्लिहाङ अठपहरिया राईहरु हाम्रो मन मस्तिष्कमा श्रद्धाका साथ बाँचिरहने छन् सधैंभरि !


संक्षेपमा दशै बहिष्कार अभियन्ताहरु र कालखण्ड निम्नानुसार उल्लेख गर्न सकिन्छ


A. प्रथम अभियन्ता - राणाकालीन (बि. सं. 1933 देखि 2038)
________________________________________
बि. सं. 1933 मा सहादत प्राप्त गरेका दुई सहिद रिदमा र रम्लिहाङको हत्या पश्चात रुपमा गैह्रहिन्दुहरुले दशैं मानेको देखिए पनि सारमा लादिएको दशैंलाई आत्मसात गरेका थिएनन् आममान्छेहरुले । ज्यानैसम्म गुमाउनु पर्ने जोखिम मोलेर दशैको बिरुद्ध जाइलाग्नु सबैको काबुभित्र पर्ने बिषय होइन । राज्य आतंककै कारण करिब 105 बर्ष जति भित्रभित्रै दन्किरहेको ज्वाला बिस्फोट हुन पाएन भन्ने तथ्य रिदमा र रम्लिहाङको हत्याले स्वत: स्पष्ट हुन्छ ।


मानवशास्त्री प्रा. डा. डम्बर चेम्जोङ भन्नुहुन्छ 'मान्छे डरछेरुवा प्राणी हो भने डरको श्रोत ब्यक्ति र उनको मानसिकता नभै बृहतम् सास्कृतिक र सामाजिक संरचना हो ।' सबै निडर बन्न सक्दैनन् । डरले पराधिन बनाउन मदत गर्छ । तत्कालीन उत्पीडित समुदायमा आजको चेतनास्तर थिएन त्यसै पनि । राणाकाल देखिन पंचायतसम्मको यो लामो कालखण्डमा उनिहरुको मौलिक चाडपर्वहरु पराईका झैं र बलात लादिएका चाडपर्व हरुमात्र आफ्ना झैं लाग्ने बनाइए ।


B. दोश्रो अभियन्ता - पंचायतकालिन (बि.सं. 2038/39 देखि 2046 सम्म)
___________________________________________
समय जसरी परिवर्तनशिल छ, एबमरितले परिवर्तित समयसंगै सबथोक बद्लिरहन्छ नै । लामो कालखण्ड निदाएकाहरु ब्युझन थाले । बिद्वान लेखक एबम मातृभाषिक अभियन्ता टंक बहादुर राई ( Tankabahadur Rai ) को नेतृत्वमा उदयपुरको तत्कालीन गाबिस बलम्तामा झण्डै 95 प्रतिशत र छिमेकी गाबिसहरु ( अहिलेको सिङ्गो लिम्चुङ्बुङ गाउपालिका ) समेतमा दशैं बहिष्कार अभियानको धमाकेदार प्रभाव रह्यो भने अहिले पनि त्यो क्रमले निरन्तरता पाइरहेको छ । फुटकररुपमा पुर्वान्चलका अधिकांश जिल्लाहरुलाई छोएको थियो पंचायतकालिन त्यो 'दशै बहिष्कार' अभियानले ।


C. तेस्रो अभियन्ता - बहुदलीय प्रजातंत्रकालिन (बि.सं. 2046 देखि हालसम्म)
__________________________________________
चाहे त्यो रिदमा र रम्लिहाङले सहादत स्विकार गरेको राणाकालीन दशै बहिष्कार होस् वा टंक बहादुर राईको नेतृत्वमा सम्पन्न पंचायतकालिन दशै बहिष्कार अभियान । 'दशै बहिष्कार' केवल बहिष्कार मात्र नभै उत्पिडक शासक र तिनका अवयबलाई खुल्ला चुनौती पनि थियो र हो । धिपधिप् मात्र बल्दै गरेको 'जातियमुक्ति' को आम चेतनालाई स्वर्गिय नेता गोरे बहादुर खपाङ्गि ( Gore Bahadur Khapangi Magar ) ले 2046 सालमा पन्चायतको अबसानसंगै लामो कम्युनिस्ट राजनिति त्यागेर धिपिक्क बाले । 'दशैं बहिष्कार' अचुक निशाना बन्यो उत्पीडन बिरुद्ध र जातियमुक्तिको लागि जनलहर ल्याउन । दशै बहिष्कार देशब्यापी बन्यो । सोझासिधा सरल ठानिएकाहरु आफु र आफ्ना समुदायको न्यायोचित हकाधिकारको वकालत गर्न थाले । आजको दिनमा उत्पीडित समुदायको नाममा थोरबहुत जे जो प्राप्ति भएको छ- त्यसको आधारस्तम्भ त्यहि 'दशै बहिष्कार' र गोरे बहादुर खपाङ्गी थिए भन्दा अति हुँदैन भन्ने मलाई लाग्छ ।


यसरी 'दशै बहिष्कार / परित्याग' अभियान कुनै न कुनै हिसाबले 'जातियमुक्ति' संग पनि जोडिएको हुँदा यसले अझै निरन्तरता पाउने देखिन्छ भने यो अभियानले निकटम दशैसंगै 144 बर्ष पनि पुरा गर्नेछ !

 

तस्विरमा : सहिद द्वय रिदमा र रम्लिहाङ ( पोट्रेइट ) , टंक बहादुर राई र गोरे बहादुर खपाङ्गी ।

सामाजिक अभियन्ता रकम चाम्लिङको फेस्बुक वालबाट साभार । 

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६