A+ A A-

दसैं झन झन विवादिद बन्दै । (फोटो फिचर सहित)

 

नेपाल अहिले धर्म निरपेक्ष मुलुक घोषणा गरिएको पनि बर्षऔ भएको छ । बिभिन्न राजनीतिक परिवर्तन भए पनि लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष राज्यमा पनि राजतन्त्रमा भन्दा बढी सामन्तबादी सँस्कारलाई बढावा दिएको आम जनताले अनुभव गरेका छन ।हिजो हिन्दू राष्ट्र हुँदा राजाले मात्र टिका लगाईदिने प्रचलन लाई माथ खुवाउदै अहिले त झन जनताका नाममा सपथ खाएका बाम सरकारको प्रधानमन्त्री ओलीले यस अघिका प्रधानमन्त्रीहरुले बिल्कुलै नगरेको टीका लगाउने प्रथा आरम्भ त गरे नै अझै टीकाको दिन बाहेक पनि टीका लगाइदिने घोषणा समेत गरे । प्रधानमन्त्री ओलीको यस कदमको नयाँ महाराजा बन्न खोजेको र आफु शक्तिशाली र अरुलाई आफ्नो अधिनस्थ देखाउन खोजेको भनेर ब्याख्या समेत भए । दशैँ पक्कै पनि शक्तिको पुजा आराधना गरिने पर्ब हो ।हिन्दू देवीदवताको पूजा आराधाना गरी हिन्दू बाहुन पन्डित बाट सन्स्क्रिती मा श्लोक भत्ताएको संसारलाई देखाए पनि दसैं हिन्दू मात्रको चाड नभै सम्पूर्ण नेपालीको चाड भनेर फलाक्न पनि छोडेका छैनन ।

 

प्रधानमन्त्रीको मात्र आलोचना भैरहँदा नेपाली सेनाको हरेक ब्यारेक तथा दलहरुमा ठुलाहरुले पदीय रुपमा आफु भन्दा सानालाई टीका लगाइदिइएका छन् । यसले शक्ति र प्रभाव प्रदर्शन गर्ने मौका त दिएकै छ ,सँगै चाकडी प्रथालाई पनि निकै मलजल गरेको छ । अन्य समुदायको पर्बका बिदा धमाधम काट्ने सरकारका प्रधानमन्त्रीले पुर्णिमाका दिन सम्म पनि टीका लगाइदिने तालिका सार्बजनिक गरेर दशैँ मात्र नेपालीको पर्ब भएको सन्देश दिन खोजेका छन् । यो उनको ब्यक्तिगत सवालका रुपमा लिन कदापि सकिँदैन । धर्मलाई अफिम भन्ने पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका देशका बहालवाला प्रधानमन्त्रीले यस्तो चरित्र देखाउनु आश्चर्यजनक छ । यसलाई आदर र आशिर्बाद सँग मात्र जोडेर हेर्नेहरु पनि नभएका होइनन तर त्यति मात्र बृझियो भने अल्पज्ञान हुन जान्छ । यसलाई शासकको शासकीय मनोबृत्तिका रुपमा पनि बुझिनु आवश्यक छ ।


प्रेमध्वज गाहा मगर

दशैँ २०७५ र यससँग देखिएका परिदृश्य । 



यो वर्षको दशैं कोजाग्रत पुर्णिमा सँगै बुधबार सकिएको छ । यसपालिको दशैँ सकिएसँगै यसले केही उल्लेखनीय र स्मरणीय घटनाहरु इतिहासको पानामा दर्ज गरेर गएको छ । यसपालिको दशैँमा पनि यस अघि जस्तै दशैँ मनाउने र बहिष्कार गर्नेहरु बीचको बिबाद कायमै रह्यो । बिशेष गरी दशैँ पर्ब हिन्दु समुदायको पर्ब भएकोले आफुहरुलाइ यो पर्ब बाध्यकारी  हुन नहुने भन्दै गैर हिन्दु समुदायले दशैँ नमनाएको देखियो ।  दशैँलाई जस्तै अन्य समुदायका पर्बलाई पनि राज्यले उत्तिकै महत्व नदिएसम्म दशैँ सबै नेपालीको सद्भावको पर्ब नहुने र हिन्दुहरुको पर्बमा मात्र सीमित हुने उनीहरुको तर्क छ । इतिहासमा आफुहरुलाई दशैँ मनाउन बाध्य पारिएको उनीहरुको आरोप अद्यापि कायम छ ।

टीका प्रकरण ।



राजाको शासनकालमा सामाजिक अभियन्ता तथा तत्कालीन राष्ट्रि जनमुक्ति पार्टीका नेता गोरे बहादुर खपाङ्गीको टीका प्रकरणले हरेक दशैँमा चर्चा पाउने गर्दथ्यो तर यसपटक भने राष्ट्रपति र प्रधानमन्त्रीको टीका प्रकरण सर्बाधिक  चर्चाको बिषय बन्यो । बिजयादशमीका दिन राष्ट्रपति बिद्यादेबी भण्डारीले टीका लगाइदिँदा पुर्बप्रधान न्यायधीष गोपाल पराजुलीले घुँडा टेकेको तस्बीर त सामाजिक सञ्जालहरुमा भाइरल नै भयो । त्यसो त  पराजुली मात्र होइन राष्ट्रपति भण्डारीले टीका लगाइदिँदा केही बहालवाला र पूर्र्विवशिष्ट पदाधिकारीले समेत  घुँडा टेकेका वा निहुरिएका छन् । पराजुली तिनै ब्यक्ति हुन जसले भण्डारीलाई दोस्रो कार्यकालका लागि राष्ट्रपतिको सपथ खुवाएका थिए । उता यसपालिदेखि प्रधानमन्त्रीले समेत मन्त्रीहरु तथा सर्बसाधारणहरुलाई टीका लगाउने प्रचलन शुरु भएको छ । जसको ब्यापक आलोचना समेत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपालिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा दशमीका दिन बाहेक अरु दिन पनि टीका लगाइदिने फर्मान समेत जारी गरेको भनेर सामाजिक सञ्जालहरुमा निकै कटाक्ष गरिएका थिए । पुर्ब राजा ज्ञानेन्द्र शाहले पनि सर्बसाधारणहरुलाई टीका लगाइ दिएर शाहकालीन  परम्परालाई निरन्तरता दिए ।

फरक फरक बुझाइ ।



राज्यका बिशिष्ट ब्यक्तिहरुले यसरी टीका लगाइदिने परम्परालाई फरक फरक कोणबाट बिश्लेषण गरिएका छन् । कतिपयले परम्पराको निरन्तरता भनेर बुझेका छन भने , कतिपयले लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष राज्यमा पनि राजतन्त्रमा जस्तै सामन्तबादी सँस्कारलाई बढावा दिएको  भनेर बुझेका छन् । जनताका नाममा सपथ खाएका बाम सरकारको प्रधानमन्त्री ओलीले यस अघिका प्रधानमन्त्रीहरुले बिल्कुलै नगरेको टीका लगाउने प्रथा आरम्भ त गरे नै  अझै टीकाको दिन बाहेक पनि टीका लगाइदिने  घोषणा समेत गरे । प्रधानमन्त्री ओलीको यस कदमको  नयाँ महाराजा बन्न खोजेको र आफु शक्तिशाली र अरुलाई आफ्नो अधिनस्थ देखाउन खोजेको भनेर ब्याख्या समेत भए । दशैँ पक्कै पनि शक्तिको पुजा आराधना गरिने पर्ब हो ।



यस अवसरमा शक्तिशालीले शक्तिको प्रभाव देखाउने गर्दछन् । भने निरिह हरुले भने चाकडी गर्ने एक सुनौलो अवसरको रुपमा प्रयोग गर्दछन् । टीका सन्दर्भमा राष्ट्रपति र प्रधानमन्त्रीको मात्र आलोचना भैरहँदा नेपाली सेनाको हरेक ब्यारेक तथा दलहरुमा ठुलाहरुले  पदीय रुपमा आफु भन्दा सानालाई टीका लगाइदिइएका छन् । यसले शक्ति र प्रभाव प्रदर्शन गर्ने मौका त दिएकै छ ,सँगै चाकडी प्रथालाई पनि निकै मलजल गरेको छ । अन्य समुदायको पर्बका बिदा धमाधम काट्ने सरकारका प्रधानमन्त्रीले पुर्णिमाका दिन सम्म पनि टीका लगाइदिने तालिका सार्बजनिक गरेर दशैँ मात्र नेपालीको पर्ब भएको सन्देश दिन खोजेका छन् । यो उनको ब्यक्तिगत सवालका रुपमा लिन कदापि सकिँदैन । धर्मलाई अफिम भन्ने पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका देशका बहालवाला प्रधानमन्त्रीले यस्तो चरित्र देखाउनु आश्चर्यजनक छ  । यसलाई आदर र आशिर्बाद सँग मात्र जोडेर हेर्नेहरु पनि नभएका होइनन तर त्यति मात्र बृझियो भने अल्पज्ञान हुन जान्छ । यसलाई शासकको शासकीय मनोबृत्तिका रुपमा पनि बुझिनु आवश्यक छ ।

दशैँ मनाउने फरक शैली ।



दशैँ सबै नेपालीहरुको चाड हो भन्दै गर्दा यसलाई मनाउने शैली, बहिष्कार गर्नेहरुको तर्क र बिरोध नै गर्नेहरुको अभिब्यक्ति हेर्दा साँच्चै दशैँ सबै नेपालीहरुको चाड बन्न नसकेको यथार्थलाई स्वीकार गर्न कर लाग्छ । दशैँ मनाउने दुइ फरक  समुदाय आर्य खस र जनजातिले दशैँ मनाउने तरिकामा सदियौँदेखि फरक छ ।  आर्य खस समुदाय रातो टीका जमरा लगाउँछन् भने जनजातिहरु रातोका सट्टामा सेतो टीका र जमरा लगाउँछन् । आर्य खसहरु नौँ दिन सम्म नवदुर्गाको पुजा आराधना गर्दछन् भने जनजातिहरु बिशेष गरी आफन्तजनसँग भेटघाट र खानपिन  गरेर मनाउने गर्दछन् । जनजातिका उल्लेखनीय सँख्याले दशैँ मनाउँदैनन् भने यसपाली दशैँको बिरोध गरेर  कालो टीका लगाएर लिइएका फोटोहरु पनि सामाजिक सञ्जालमा देखिए । यस हिसावले भन्ने हो भने नेपाली समाजमा सबैभन्दा बिरोधाभास र बिबादित चाड नै दशैँ हो । 

किन यति बिबादित हुन्छ दशैँ ?



दशैँ सर्बाधिक बिबादित पर्ब हो यसमा अव दुइमत रहेन । किन यति बिबादित हुन्छ भनेर खोज गर्नु अवको आवश्यकता हो । कतिपय आदिवासी जनजातिका अगुवाहरुका अनुसार अधिकाँश समुदायलाई यो पर्ब लादिएको थियो । यसैबाट दशैँ बिबाद शुरुवात हुन्छ । दशैँ मनाउन नचाहेकाले पुर्बमा रिदामा र रामलीहाङ दुइ जनालाई तत्कालीन शासकले मृत्युदण्ड दिइएको यथार्थले दशैँ लादिएको तर्कलाई बलियो बनाउँछ ।



अर्कोतर्फ दशैँ पर्ब मात्र यस्तो पर्ब हो जसमा पुरै राज्यशक्ति लागेको हुन्छ र करोडौँ राज्यस्रोतको पनि प्रयोग हुन्छ । कुनै पर्बले राजकीय मान्यता पाउने तर अन्य पर्बमा सार्बजनिक बिदा सम्म नहुने वा नगर्ने प्रबृत्तिले गर्दा राज्यको पहुँचमा नभएको समुदायले दशैँ आफ्नो पर्ब होइन रहेछ भन्ने पर्नु स्वभाबिक छ । देशको हरेक राजनीतिक परिबर्तनमा हरेक समुदायले त्याग गरेका छन् तर राज्यका शासकहरुका कार्यशैलीका कारण उनीहरुले अपनत्व ग्रहण गर्न सकिरहेका छन् । र दशैँ हरेक बर्ष सर्बाधिक बिबादित पर्ब बन्दै गएको छ ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर