A+ A A-

बेलायतमा चोरहरुको सुन चोर्ने र लुट्ने अनौठो तरिका !

बम थापा (सूर्यवंशी)

लण्डन, मान्छेलाई मोहित गरेपछि जेजे भन्छन् त्यही गर्दै जान्छन्, जब हिप्नोटिज्म छाड्छ तब मात्र थाहा हुन्छ आफू लुटिएको वास्तविकता ।


पश्चिम लण्डनको हनस्लो शहरमा एकजना नेपालीलाई हिप्नोटिज्म गरी दिनदहाडै लुट्ने काम भएको छ । ती नेपालीको दावा छ कि दुई जना एसियन मुलका युवकद्वारा उनलाई मोहित बनाएर यो घटना घटाइएको हो । दिनको दुई बजे घटेको यो घटना सिसीक्यामराको फुटेजमा रेकर्ड भएको छ भने पुलिसलाई सूचित पनि गरिएको छ ।


जानकारीका अनुसार उनी सामान खरिद गर्न लिडल दोकानमा गएका थिए । दुई जना अपरचित मानिससँग उनले हात मिलाए । हात मिलाइसकेपछि उनी अचेतजस्तो भए । तिनीहरूले जहाँ लगे त्यहीँ पुगे, जे भने त्यस्तै गरे ।

दुई अपरचित व्यक्तिको हातमा पर्नुको रहस्य अपराह्न दुई बजे, दुई अपरचित व्यक्तिले हात मिलाए । केही कुरा पनि भए तर उनी त्यहीबेला अचेत अवस्थामा पुगे । उनलाई कारको अगाडिको सिटमा बस्न भनियो । अर्को व्यक्ति पछाडिको प्यासेन्जर सिटमा बस्यो । गाडी हिँडेपछि घरको ठेकाना सोधियो । घरको ठिक अगाडि कार रोकियो र घरमा भएको सबै सुन ल्याउन अह्राइयो । उनी कारबाट ओर्लिए र हतारहतार घरभित्र पसे । उनले बैठक कोठामा टीभी हेरिरहेकी श्रीमतीसँग सुन भएको बाकसको चावी मागे । श्रीमतीले चावी दिएपछि माथिल्लो तल्लाको कोठामा श्रीमती पनि पछिपछि गइन् । श्रीमतीको बिरोध हुँदाहुँदै पनि उनी बाकसबाट सुन निकाली पोको पारेर हतारहतार लागे बाहिरतिर । घरभरि परिवारका सदस्य थिए । उनका शङ्कालु व्यवहारले सबैमा शङ्का उपशङ्का जगायो । लगभग ३० सेकेन्डमा घरमा होहल्ला सुरु भयो र सबै परिवार नै घरबाहिर गएर चारै दिशामा उनको खोजी गरे ।

बाहिर राखेको कार उनलाई राखेर दगुरिसकेको थियो । कारमा चढेपछि उनले घरबाट पोको पारेर ल्याएको १६ तोलाको हमेलको माला, तीन तोलाको अर्को माला र आफूले लगाएको एक तोलाको सुनको औँठी गरी जम्मा २० तोला सुन ती अपरचित व्यक्तिलाई दिए । लगभग घरबाट ५०० मिटर टाढा भएको दोकानमा पुगेपछि पानी लिन जानू भनी कारबाट उनलाई झारिदिए । कारबाट झर्नसाथ कार अगाडि गयो । बल्ल त्यतिबेला उनलाई लुटिएको थाहा भयो ।

हिप्नोटिज्मका बुझकार आचार्य शिवानन्द दासका (युत्यूव)  अनुसार  मानसिक समस्याको समाधानका लागि हिप्नोटिज्मको माध्यमबाट इलाज गरिन्छ । यसबाट मान्छेको उपरी मनलाई सुताएर अन्तरमनलाई जागृत गराउने काम हुन्छ । यस्तो अवस्थामा पुग्दा कुनै पनि कुराले सिधा अन्तरात्मामा प्रभाव पार्छ । अन्तरात्मामा जुन किसिमको भावना भनिएको छ उसको फलस्वरूप काम गर्न अनिवार्य हुन्छ । मानिसको मानसिक समस्याको समाधानका लागि यो प्रक्रिया गरिन्छ । भाषाको प्रोब्लम, झगडालु, शङ्कालु मान्छेलाई यसले असर पार्दैन । यो बाहिरी इच्छाको बिरुद्ध र अनुचित कामका लागि गर्ने गलत प्रयोग हो । यहाँ लुट्नका लागि हिप्नोटिज्म प्रयोग गरिएको छ ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर