A+ A A-

सामाजिक परिवर्तनका परिर्बतक गोरे बहादुर खपाङ्गी नै हुन ।

त्रिलोक सिंह थापा मगर

सास्कृतिक एंव भाषिक विभेद:

राजा पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तार बाट भौगोलिक एकिकरण गरेर नेपाल राज्यको निर्माण गरेका हुन ।

Image may contain: Chet Bahadur Ale, text

नेपाल एकिकरणको अभियानमा स्थानीय मगर, गुरुङ्ग, आदिवासी जनजातिका सक्रिय सहभागिता तथा योगदान रहेको ऐतिहासिक तथ्य हो । एकीकरण प्रकृया समाप्त भए पछि आदिवासी जनजातिको प्रतिनिधित्व राज्यमा उच्च ओहदामा देखिएन । परम्परागत रुपमा रहेको राज्यको भेदभावको नीति एंव सोचको चित्रण विद्वान र बुद्धिजीवी राममणि आ.दि.ले “भलो कुरो को नमूना” पुस्तकमा (२०१० साल पाना १२८) यसरी व्यक्त गरेका थिए ।

  “अयोग्य मतुवाली र पांखडी नीच निर्दयी ।
  पस्यो भने मण्डलामा राज्य उठठा गराउँछ ।
  
  वाहुन क्षत्रीयै बाट मन्त्रिमण्डमा जोरन् ।

  यस्तै मन्त्री लिई रक्षा गरनु राज्यको संधै ।"

Image may contain: 9 people, including Thapa Hum, Chet Bahadur Ale and Anita Rana Magar, people sitting

 त्यस्तै आदिवासी जनजातीका मातृ भाषा लाई राज्यले सकेसम्म दवाउँदै आएको थियो । वुद्धिजिवी विद्वान कृष्ण चन्द्र अर्याल तथा वैद्यनाथ जोशीले आदिवासी जनजातीको मातृ भाषा प्रति यस्तो विचार व्यक्त गरेका थिए । “ जहाँ सम्म एक मात्र “गोर्खा भाषा” ले अरु सबै जंगली भाषालाई अर्धचन्द्र (गलहत्ती) लगाउन्न, त्यहाँ सम्म “गोर्खा भाषा” को उन्नति हुन्छ भन्नु र मुख्य भाषा कहिन योग्यछ भन्न केवल मनकोलड्डु मात्र हो” । (गोर्खा भाषा गोर्खा  एजेन्शी बैशाख १९७४) प्रजातन्त्र स्थापना भए पछि पनि सन् १९५६ सालमा राष्ट्रिय योजना आयोगले विद्यालयमा अध्ययन अध्यापनको भाषा “नेपाली भाषा हुनु पर्दछ” भनेर नीति निर्धारण गरेको थियो । यसै क्रममा विद्वान प्रोफेसर भाषा विद डा. बल्लभ मणि दाहाल भन्दछन् । “कुनै जातिको अस्तित्व र उस्को पहिचान खतम पार्नु छ भने त्यो जातिको भाषा र लिपीको नाश गर्नु पर्छ भन्ने सिद्धान्त यो देशको शासक हरुले लिएका छन्” । (छहरा साप्तााहिक २०४८ पौष २२ गते) यसरी विगतमा उक्त विशिष्ट जातीको धर्म, भाषा, संस्कृति वेशभूषा तथा परम्परामा विभिन्न आदिवासी जनजातिको समूहलाई विलीन गर्दै राष्ट्रिय एकता कायम गर्ने प्रयास राज्य वाट गरिएको थियो । राज्य व्यवस्थाले एउटा संस्कृति, एउटा धर्म, एउटा भाषा तथा एउटा पहिरन लाई मान्यता दिदै आएको थियो ।

जनजातिमा सामाजिक परिवर्तन:
 Image may contain: one or more people, people sitting and indoor
(स्व. खपांगीको प्रथम बार्षीकिमा लेखक प्रज्ञा भवनमा)
सन् १८५४ सालमा जंग बहादुर राणाले लागू गरेको मुलकी ऐनले नेपाली समाज लाई विभिन्न सामाजिक समूहमा अवैज्ञानिक ढंगले विभाजित गरिदिएको थियो । उक्त सामाजिक विभाजनवाट आदिवासी जनजाति समुदाय राज्यबाट असंतुष्ट थिए । साथै धार्मिक, सामाजिक, भाषिक सास्कृतिक एव आर्थिक दमनले गर्दा आदिवासी जनजातिमा विभिन्न समूहले विभिन्न स्थानमा विभिन्न सयममा सन् १८७० साल देखि राज्यका विरुद्ध विद्रोह तथा विरोध गर्न थालेका थिए । (उदाहरणका लागि लखन थापा मगर, सुपति गुरुङ्ग, तामाङ्ग, किपट, नेपाल भाषा आदि विरोध र विद्रोहहरु) राजा महेन्द्रले पंचायत कालमा मुलुकी ऐनमा केही सकारात्मक संशोधन गरेर जनजाति प्रति उदारता देखाएका थिए । तैपनि नेपालमा आदिवासी जनजातिमा विभेद र दमनको समस्या यथावत स्थिती नै विद्यमान रहेको पाइयो ।

फलस्वरुप गोरे बहादुर खपाङ्गीले एकातिर आदिवासी जनजातिमा  जागरणको अभियान संचालन गरे । अर्को तिर परम्परा देखि आदिवासी जनजाति माथि भै राखेको दमन तथा विभेदको विरुद्ध शान्तिपूर्ण अन्दोलन लाई निरन्तरता दिन थाले । विभिन्न निकाय र संघ संस्थाहरुले पनि राज्य माथि दवाव दिन थाले । परिमाण स्वरुप २०७२ नेपालको संविधानको धारा २ ले “बहुजातीय, बहुधार्मिक, बहु भाषिक र वहुसांस्कृतिक राज्यको रुपमा नेपाल अधिराज्यलाई स्वीकार गरेको देखियो । तत्पश्चात क्रमशः राज्य र सो अन्र्तगतका सरकारी निकायरुले आदिवासी जनजातीका संस्कृति, भाषा, धर्म परम्परा आदिमा संरक्षण एवं सम्वर्धनका लागि पहल गरेको देखिन्छ । यस प्रकारको सामाजिक परिवर्तनका लागि गोरे बहादुर खपाङ्गी लाई श्रेय दिन सकिन्छ ।

मुक्तिको आन्दोलन:

Image may contain: 26 people, including Eman Rana, Dhan Kumari Rana, Shilajeet Khapangi Magar, Shiva Rana, Thapa Hari, Chet Bahadur Ale, Rudra Siddhant Gurmachhan, Deo Rana, Gayatri Rana Magar and नेपाल मगर संघ बहराईन, people smiling, people sitting and indoor

वि.स. २०६८ सालको जनगणनानुसार २ करोड ६५ लाख जनसंख्या मध्ये ३५ प्रतिशत भन्दा वढी जनसंख्या आदिवासी जनजातिको छ । सो जनसंख्याको तुलनामा मुलुकको कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, शैक्षिक प्राज्ञिक, जङ्गी अड्डा, निजामति तथा राजनैतिक दलको उच्च तह तथा नेतृत्वमा आदिवासी जनजातिको प्रतिनिधित्व न्यायपूर्ण हुन सकेको छैन । राष्ट्रको सम्पूर्ण श्रोत, साधन, उत्पादन तथा सम्पूर्ण उत्पादको फल माथि खस आर्य एकल जातिको एकाधिकार एवं वर्चस्व स्थापित छ । एकल जातिको उक्त एकाधिकार तथा वर्चस्वलाई जडै देखि उखेल्न गोरे बहादुर खपाङ्गी अनवरत रुपमा मुलुकको कुना काप्चामा डुली राख्नु हुन्थ्यो । उनको भ्रमणका उदेश्य यस प्रकारको थियो ।

क) आदिवासी जनजातिमा जागरण एवं जागरुकता उत्पन्न गर्नु गराउनु ।
ख) वर्षै देखि राज्यले गर्दै आएको विभेद तथा दमनको विरुद्ध आदिवासी जनजाति लाई सजग, सचेत गराउँदै संगठित गर्नु गराउनु ।
ग) आफ्नो मौलिक हक र अधिकारलाई उपयोग गर्न तथा प्राप्त गर्न शान्ती पूर्ण एंव प्रजातान्त्रिक ढगबाट संघर्ष एवं आन्दोलन गर्न सक्रिय गर्नु गराउनु ।

 

भ्रमणमा अत्यन्त ओजपूर्ण तर्कसम्भत आकर्षक शैलीमा आफ्नो धारणा तथा बिचार जन समक्ष राख्नु हुन्थ्यो । आदिवासी जनजाति तथा गैर जनजातिहरु ठाँउ ठाँउमा ठूलो संख्यामा विशाल समूहमा उन्को धारणा, बिचार तथा धारावाहिक तर्कपूर्ण भाषण सुन्न र बुझ्न भेला हुने गरेका थिए । घण्टौ घण्टा सम्म उहाँको ओजस्वीपूर्ण भाषण एवं प्रवचन सुन्न जनता जम्मा हुने गरेका थिए ।
खपाङ्गीले आफ्नो भाषणमा प्रायः भन्नु हुन्थ्यो :

क)  “यदि मैले कम्यूनिष्ट पार्टी न छोडेको भए अहिले सम्म म पनि रोल्सराय र मर्सरीज कारमा चढेर हिड्न सक्थ्ये होला । व्यक्तिगत रुपमा मेरो खुवी पनि थियो । तर मैले आफ्नो भन्दा समुदाय र देशका लागि लड्ने प्ररण र चेतना प्राप्त गरेकोले यस्तो गर्ने हुन्थेन र मैले गरीन ।
ख)  समय समयमा भन्नु हुथ्यो “म जनजाति यूबाहरुलाई सिंह दरवार छिर्ने सपना देखाउँछु तर जनजातिका युवाहरु अमेरिका जाने सपना हेर्दछन्” । कसरी मुक्ति हुन्छ ? र प्रश्न गर्नु हुन्थ्यो ।
ग)  उहाँ प्रायः  भन्नु हुन्थ्यो “भूमिपुत्र आदिवासीले सीमित भूमिको कुरा गर्ने होइन । सम्पूर्ण राष्ट्रको मालिक हुने सोच्नु पर्छ ।
घ)  उहाँ प्रायः यो कुरा उठाउनु हुन्थ्यो “ जुन राजनितिक दलमा आदिवासी जनजातिको नेतृत्व वा प्रभाव छैन सो दलवाट आदिवासी जनजाति लाई मुक्तिको बाटो देखाउन मिल्दैन । अतः सो दलमा नेतृत्व लिनु वा त्याग्नु नै एउटा उपाय हो । ”
ङ)  जन संख्याको आधारमा आदिवासी जनजाति नेपालको सब भन्दा ठूलो शक्तिशाली समुदाय हो । कुल जनसंख्यामा ३५ देखि ४० प्रतिशत सम्म आदिवासी जनजातिहरु छन् । त्यसैले उहाँ प्राय भन्नु हुन्थ्यो  आदिवासी जनजातिका सम्पूर्ण राजनीतिक दलहरुको एउटा “साझा मंच” बनाएर चुनावी प्रतिस्पर्धामा ओर्लिनु पर्ने हो ।
च) गोरे बहादुर खपाङ्गीले समय समयमा उठाएका सामाजिक, सास्कृतिक, धार्मिक, भाषिक, राजनैतिक पहिचानका मुद्दा तथा सम्पूर्ण सरकारी एवं राजनैतिक दलको संयन्त्रमा समावेशी हुने व्यवस्थापनको मुद्दा, खस आर्य एकल जातिको राष्ट्रको स्रोतसाधन, उत्पादन, तथा उत्पादनको फल प्राप्तिमा विद्यमान एकाधिकार र बर्चस्वलाई चुनौति दिएको मुद्दा राष्ट्रिय स्तरमा स्वीकार गरिएको छ । तैपनि सरकारी एवं गैर सरकारी निकायहरुबाट उक्त मुद्धाहरु को समाधान का लागि प्रभावकारी तथा द्दढतापूर्वक पहल भएको छैन ।
छ) सके सम्म सो मुद्धाहरुलाई व्यँगाउने र आदिवासी जनजातिको जनमानसमा भ्रम फैलाउने प्रयास भै राखेको छ । सदियौ देखि चलि आएको राज्यको विभेद पूर्ण नीति र दमनको प्रक्रियामा परिवर्तन, संशोधन , तथा निर्मूल पार्न आदिवासी जनजातिका युवा पुस्तालाई सतत प्रयासको खाँचो छ । खपाङ्गीले संधै युवा पुस्तालाई विभेदको विरुद्ध संघर्ष गर्न गराउन प्रेरित एंव प्रोत्साहित गर्नु हुन्थ्यो ।

तेश्रो राजनीतिक शक्ती: 
 
Image may contain: 7 people, including Gau Bahadur Ale, Chet Bahadur Ale, Deo Rana and Thapa Hum, people sitting and indoor

मुलुकको कुल जन संख्या मध्ये आदिवासी जनजातिको जनसंख्या ३५ देखि ४० प्रतिशत अडकल गरिएको छ । आदिबासी जनजाती जनसंख्याको दृष्टिकोणले नेपालको सब भन्दा ठूलो र विशाल जनशक्ती हो । राजनैतिक हिसाबले पनि ठूलो संख्यामा मतदाताहरुको शक्ती हो । यस शक्तीलाई कुनै पनि राजनीतिक पार्टी, सरकारी वा गैर सरकारी निकायले चुनौती एंव अवमूल्यन गर्न सक्तैन । कसैले पनि यो शक्ती लाई अब हेप्न सक्तैन ।

 सन् २००६ सालको राजनैतिक परिवर्तन पछि मात्र आदिवासी जनजाति पार्टीहरुले निर्वाचन आयोगमा दर्ता हुन पाए । आदिवासी जनजाति पार्टीहरु लाई ठूलो पार्टीको तुलनामा निर्वाचन तथा चुनावको प्रतिस्पर्धाको अनुभव कम थियो । अन्य कतिपय आन्तिरिक कमजोडीहरु पनि थिए । तै पनि सन् २००८ सालको संविधान सभाको निर्वाचनमा भाग लिएर कुल प्राप्त मत संख्याको दुई प्रतिशत मत प्राप्त गरेका थिए । सन् २०१३ साल को संविधान सभाको निर्वाचनमा झण्डै ४ प्रतिशत मत प्राप्त गररेका अनुमान गरिएको छ । गैर जनजाति पार्टीहरुले राष्ट्र र राष्ट्रियतामा समावेशीको नारा लगाए पनि जनजातिका आन्दोलनको सार लाई समाहित एंव सुचीकृत गर्न सकेको छैन । हाल सम्म आदिवासी जनजातिको १४ वटा पार्टीहरु निर्वाचन आयोगनमा दर्ता भएका छन् । मेची देखि महाकाली सम्मका सम्पूर्ण साना ठूला आदिवासी जनजाति पार्टीहरु आ–आपसमा एकताबद्ध, एकीकृत, एकीकरण र विलिनिकरण भएर संगठित रुपमा अघिबढ्ने हो भने राष्ट्रिय मुक्त्तीको आन्दोलन लाई सफल पार्न सकिन्छ ।
 आदिवासी जनजातिहरुमा पावर शेयरिङ्गले मात्र राष्ट्रिय (जातिय) मुक्ती आन्दोलनलाई प्रभावकारी र सफल पार्न सकिन्छ । यस आन्दोलनलाई प्रभावकारी एंव सफल बनाउन खपाङ्गीले आदिवासी जनजातिको “साझा मंच” को अवधारणा प्रस्तुत गर्नु भएको थियो । साथै भन्नु हुन्थ्यो “आदिवासी जनजाति महासघंले नेतृत्व होइन जाजाति पार्टीहरुको बीच एउटा समन्वयकारी” भूमिका खेल्नु पर्दछ ।

दक्षिण अफ्रीकामा तत्कालीन राष्ट्रपति नेन्सन मण्डेलाले रङ्गभेद जातीय विमेदको विरुद्ध आन्दोलन गर्दा नेपाली संचार र नेताहरुले मानववादी नेता भनेर उन्को प्रशंसा गरे । डा. दिल्लीरमण रेग्मी फाउण्डेशनले शान्ति पुरस्कार समेत मडेलालाई प्रदान गरे । खपाङ्गीले नेपालमा एकल जातीयको एकाधिकार विरुद्ध आवाज उठाउँदा उनको विरुद्ध पार्टीका नेताहरु तथा संचार माध्यमहरु सबै मिलेर एकतावद्ध एकजुट भएर उनिलाई साम्प्रादायिक, तथा जातीय झगडा फैलाउने व्यक्ति भनेर आलोचना तथा बहिष्कार समेत गरे । यसैकोलागि उहाँले समय समयमा “ देखाउने र चपाउने दाँत ” को संज्ञा दिदै कुरा पनि गर्नु हुन्थ्यो ।

 अतः सदियौँ देखि आदिवासी जनजाति माथि उत्पिडन, दमन, तथा शोषण गर्दै आएको विरुद्ध एक जुट हुन तथा नेपालको राजनीतिमा पहिचान वादीहरुको तेश्रो धार स्थापित गर्नु आजको मुख्य मुद्धा र आवश्यकता हो । सम्भवतः खपाङ्गीको चिन्तनको मुल धार पनि यही थियो  । नेपालको राजनीतिमा वैकल्पिक शक्ति पहिचानवादी हरुको दल अर्थात तेश्रो राजनैतिक शक्तिको रुपमा उदय गर्नु गराउनु उहाँको सपना थियो । एक दिन आदिवासी जनजातिलाई आफ्नो भूमिको होइन राष्ट्रको मालिक बनाउने उहाँको तीव्र चाहना थियो । वास्तवमा त्यो दिन टाढा छैन तर सबै आदिवासी जनजातिहरु एक जूट भएर एकातावद्ध भएर कठोर र कठिन प्रयास गर्नु पर्ने हुन्छ । सगंठित तथा मिलेर प्रयास गरे भने आदिवासी जनजाति यस धरती र आकाशको मालिक एक दिन हुने निश्चित छ ।
(८२ बर्षे लेखक मास्टर मित्रसेन थापा मगर प्रतिष्ठानका अध्यक्ष तथा राजनीतिक बिश्लेशक हुनुहुन्छ)।
यि लेखकका  :
http://www.rajyasatta.com/analysis/12866-2018-07-07-06-07-19,
http://www.rajyasatta.com/analysis/12870-2018-07-11-08-23-52,
http://www.rajyasatta.com/analysis/12872-2018-07-20-15-24-27 लेखहरु हुन ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर