A+ A A-

१२ सय किलोमिटरको मदन भण्डारी राजमार्गको प्रस्ताव : एक चर्चा

नन्दबहादुर घर्ती

चुरे भावर र भित्री मधेस छिचोल्दै झापाको शान्तिनगरदेखि सुरु गरेर डडेल्धुराको रुपाल जोड्ने १२ सय किलोमिटर दुरीको मदन भण्डारी राजमार्ग वनाउने भनि गएको आइतवार २०७५ साल जेठ ५ गते बसेको प्रम केपी ओली नेतृत्वको मन्त्रिपरिषदको बैठकले निर्णय ग–यो ।

madan bhandaru

राजा महेन्द्रको पालामा नेपालको पूर्वपश्चिम जोड्ने महेन्द्र राजमार्ग वन्यो । पूर्व, पश्चिम, तराई, पहाड या हिमाल जहाँसुकै बस्ने नेपालीको एकापसमा अन्तरघुलन गराउने उद्धेश्यले महेन्द्र राजमार्गको परिकल्पना गरिएको थियो जो आजपर्यन्त कारगर सिद्ध हुदैआएको छ । यो राजमार्गको विकसित रुप पूर्वपश्चिम जोड्ने रेलवेको खाँचो छ । तर उस्तै प्रकृतिको मदन भण्डारी राजमार्ग प्रस्ताव गरियो जो अनुत्पादक छ । तर सरकारको यो कदममा सत्ताधारीवर्ग चुपचाप छ । उ चुपचाप भएपछि यहाँका रैथानेहरु पनि मुकदर्शक छन । विडम्वना यहि हो । 

हालको महेन्द्र राजमार्गलाई हटाएर मदन भण्डारी राजमार्ग नाम राख्ने मनशाय नेपाल सरकारले राखेन । वरु उस्तै दुरीको समानान्तर राजमार्ग वनाई त्यसको नाम मदन भण्डारी राजमार्गको प्रस्ताव ग–यो । त्यसैगरी, सहरीकरणको विस्तारले नयाँ नयाँ चोक, वाटा घाटा, शिक्षण संस्थाहरु, कलेजहरु आदि इत्यादिहरु निर्माण हुदैगए र तिनीहरुको नाम उनैको नामवाट राख्दैगए । जस्तो वीपी राजमार्ग, वीपी मेमोरियल हस्पिटल, पुष्पलाल राजमार्ग, मनमोहन सिंह मेमोरियल हस्पिटल, प्रस्तावित मदन भण्डारी राजमार्ग, वीपी चोक, पुष्पलाल चोक आदि उदाहरणहरु देशभर छन । तर, नेपालका जनजाति त्यसमा पनि मगरजातिलाई अमुक पार्टीले ढालेको शालिकको ठाउँमा लखन थापाको शालिक राख्न उक्साइयो । यस्तो कदमले नराम्ररी दुरगामी राष्ट्रिय चोट पु–याउछ भन्ने सत्ताधारीलाई हेक्का छ । अफसोच, प्रस्ताविक मदन भण्डारी राजमार्गको ठाउँमा लखन थापा राजमार्ग प्रस्तावत गर्न मगरजातिलाई उक्साउदैन जो अति पवित्र कदम मानिन्छ । वुझ्ने गाँठी कुरा यो हो ।

राजा महेन्द्रको नामवाट महेन्द्र राजमार्ग वन्यो । राजा महेन्द्र भनेपछि उनको पछाडि राजसंस्था जोडिन्छ । राजसंस्थाको पछाडि नेपालको इतिहास जोडिन्छ र नेपालको परिकल्पना भन्ने बुझिन्छ । त्यसैगरी, मदन भण्डारीको नामवाट मदन भण्डारी राजमार्ग प्रस्ताव गरियो । मदन भण्डारी भनेपछि नेपालको कम्युनिष्ट अन्तरगतको जनताको वहुदलीय जनवाद भन्ने वुझिन्छ । कम्युनिष्टको आवरणमा ठगिखाने मदन भण्डारीको विचारधारा हो यो । किनकी कम्युनिज्म भनेपछि त्यहाँ वहुदल बाच्दैन । अर्को कुरा अधिकाँश जनसमुदाय कविलामा छन र उनीहरु पूँजिवादी युगमा आइसकेका छैनन । उनीहरु गरिव छन जो कविलाको कारण गरिव छन । कविलाको वोक्रा उप्काउनमा मदन भण्डारीको विचारधाराले कुनै भुमिका खेल्दैन वरु समाजलाई गोलचक्करमा फसाउनमा भरमग्दुर सघाउछ । संक्षेपमा भन्नुपर्दा सामाजिक रुपान्तरणमा मदन भण्डारीको विचारधाराले एउटा सिन्को पनि भाँच्न सक्तैन ।

यी उपरोक्त व्याख्याले यो पुष्टि गर्दछ कि राजा महेन्द्रको तुलनामा मदन भण्डारी चराको प्वाँख जत्तिको तौल आउदैन । तर पनि यी र यिनै वर पिपल झैं झाँगिएका छन । यस्तो किन हुन्छ भनि कारणहरु खोज्दै जाने होभने अमेरिकी समाजशास्त्री हकिन्स भन्छन, “जो सत्तामा हुन्छ ऊ वरपिपल झैं भाँगिदै जान्छ र उसका पसिना पनि अमृत तुल्य सदर हुन्छ । तर, जो सत्ता वाहिर हुन्छ त्यो विस्तारै ढालिएको रुखको पात ओइलाए झैं जनजातिमा झर्छ ।”

महेन्द्र राजमार्गको समानान्तर मदन भण्डारी राजमार्ग प्रस्ताव किन गरियो ? भनि जिज्ञासा राख्दा सरकारको जवाफ यस्तो छ– “तराईमा मधेसी र थारुहरुको आन्दोलनले दिक्क पार्ने भए र त्यसले देशको अर्थतन्त्रमा धक्का पुग्ने भयो । यसकारणले वैकल्पिक राजमार्गको प्रस्ताव गरियो ।” तराईका मधेसी र थारुहरु रुपान्तरणको खोजीमा छन र उनीको मानसपटलमा विद्रोही विचारको जन्म भयो । त्यसैगरी, पहाड या हिमालमा पनि यस्तै विचारको जन्म छ । जन्मिएको विद्रोही विचारलाई रुपान्तरण गर्ने एउटै उपाय हो राजनीतिक समाधान । तर, राजनीतिक समाधान नगर्ने वरु उनीहरुको विद्रोही विचारमाथि कुल्चिदै हिड्ने रणनीतिमा सत्ताधारी उन्मुख छ । अनुत्पादक कदम हुदाहुदै पनि विद्रोही विचारलाई दमन गर्न यसैको पूर्वाधारको रुपमा वैकल्पिक मदन भण्डारी राजमार्गको प्रस्ताव गरियो ।

२०७५ जेठ ८ गते तदनुसार २२ मे २०१८

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी