A+ A A-

म्यानम्यार(बर्मा)का गुरुङ,मगरबाट नेपालका मगर, गुरुङ्ले केही सिक्ने कि ?

विशेष गरि बर्मा देशमा रहेका गुरुङ, मगर समुदाय अहिले एकजुट हुन थालेका छन् । उनीहरु आफुलाइ एउटै नश्ल नालका सन्तान एउटै बुद्ध धर्मका सन्तति हौं भन्ने गर्दछ्न । उनिहरु एकआपसमा मागि बिबाह गर्दछन । मर्दापर्दा एकअर्कालाई आपसी सहयोग गर्दछन । एउटै बुद्ध संस्कार गर्दछन । गुरुङ मगर भन्ने जातीय भेदभावलाई हटाएर एउटै बुद्ध धर्म जातिको रूपमा समाजलाई एकीकृत गर्दै छ्न । यो हामी नेपालमा बसोबास गर्ने गुरुङ, मगरहरु वा अन्यका लागि पनि उदाहरणिय मननयोग्य विषय रहेको छ । कमसेकम एउटै धर्ममा आबद्ध हुने हामी नेपालका गुरुङ मगर वा अन्य जातिले पनि संकुचित आफ्नै जातीय घेराभन्दा माथि उठेर भगवान बुद्धको मुल शिक्षालाई सिरोधार्य गर्न सके संकुचित जातिवादबाट हामी मुक्त हुने थियौं कि !

टि बि पुन ,

थेरवाद बुद्ध धर्म मान्ने प्रमुख ५ वटा देशहरु रहेका छ्न । थाइल्यान्ड, बर्मा, लाओस, श्रीलंका, कम्बोडिया र म्यान्मार ( बर्मा) हुन । थेरवाद बौद्ध भनेको शाक्यमुनि सिध्दार्थ गौतम बुध्दको मुल बाटो शिक्षालाई यथार्थ रूपमा अबलम्बन गरेर हिड्ने । बुद्ध बिहारमा धर्म अभ्यास गर्ने भिक्षु /गुरुमा र उपासक/ उपासिकाहरुको संघ (समूह) हो । पाली त्रिपिटक बुद्धको मुल शिक्षा धर्मलाई जस्ताको तस्तै बिना कर्मकाण्डि भएर त्यसको अनुसरण गरेर हिडने बौद्ध अनुयायीहरु हुन । यिनिहरुको मुल लक्ष्य भगवान बुद्धले झैँ सान्सारिक दु:ख चक्रको अन्त गरि निर्वाण लाभ गर्नु हो ।

बर्मा देशमा ९० प्रतिशत भन्दा बढी जनताले बुद्ध धर्म मान्दछन । प्रथम र दोस्रो विश्व युद्ध पछि ठुलो संख्यामा नेपालीहरु बर्मामा बसोबास गर्दै आइरहेका छ्न । अहिले बर्मामा नेपाली मुलका मानिसहरुमा पनि बुद्ध धर्मको नवजागरण आइरहेको छ । बर्मा बौद्ध देश भएपनि नेपालीहरुले भने हिन्दु धर्म नै मान्दथे । त्याहा हिन्दु ब्राह्मण धर्मको प्रभाव नेपाली समुदायमा अत्यधिक थियो । अहिले समय परिस्थिति बदलिएको छ । धर्म जागरणको नवयुग सुरु भएको छ ।

२०४७ सालपछि नेपालमा बुद्ध धर्मको जागरण ल्याउने कार्यमा बर्मिज भिक्षु जटिलको ठुलो भुमिका रहेको छ । उहाँले ३ दशक पहिले देखि नेपालको तराई पहाड लेकबेसी पुर्व पश्चिम् गाउँहरुमा पैदल हिडेर, डुलेर धर्म देशना भिक्षाटन गर्दै खासगरी गुरुङ, मगर र थारु समुदायका मानिसहरुमा बौद्ध धर्मको ज्यादै ठुलो जागरण ल्याउनु भएको थियो । अहिले उहाँ शारीरिक अस्वस्थताका कारण बर्मामा रहेर आफ्नो स्वास्थ्य लाभ उपचार गरिरहनु भएको छ । त्यस्तै हाल नेपालमा गुरुङ, मगर समुदायमा बौद्ध धर्मको प्रचारमा बर्मिज युवा भिक्षु प्रज्ञाश्रीको पनि अहिले ठुलो भुमिका रहेको छ । ब्राह्मण समुदायबाट आएको भिक्षु र धर्म देशनाको ओजस्वी वाककला भएकोले पनि उहाँको देसनाको प्रभाबले विशेष गरि बर्मिज छेत्री, ब्राह्मण समुदायमा अहिले बुद्ध धर्मको आकर्षण बढेको छ । उनीहरुको बिपस्याना ध्यान प्रती क्रमिक आकर्षण बढेको छ । भिक्षु हुने र बिहार जानेहरूको संख्या बढ्न थालेको छ ।

विशेष गरि बर्मा देशमा रहेका गुरुङ, मगर समुदाय अहिले एकजुट हुन थालेका छन् । उनीहरु आफुलाइ एउटै नश्ल नालका सन्तान एउटै बुद्ध धर्मका सन्तति हौं भन्ने गर्दछ्न । उनिहरु एकआपसमा मागि बिबाह गर्दछन । मर्दापर्दा एकअर्कालाई आपसी सहयोग गर्दछन । एउटै बुद्ध संस्कार गर्दछन । गुरुङ मगर भन्ने जातीय भेदभावलाई हटाएर एउटै बुद्ध धर्म जातिको रूपमा समाजलाई एकीकृत गर्दै छ्न । यो हामी नेपालमा बसोबास गर्ने गुरुङ, मगरहरु वा अन्यका लागि पनि उदाहरणिय मननयोग्य विषय रहेको छ । कमसेकम एउटै धर्ममा आबद्ध हुने हामी नेपालका गुरुङ मगर वा अन्य जातिले पनि संकुचित आफ्नै जातीय घेराभन्दा माथि उठेर भगवान बुद्धको मुल शिक्षालाई सिरोधार्य गर्न सके संकुचित जातिवादबाट हामी मुक्त हुने थियौं कि !

अहिले नेपालमा वा बिदेशमा पनि गुरुङ मगर जाति थरको नाममा दर्जनौं जातिय संघ संस्थाहरु रहेका छन् । उनीहरु आआफ्नो जातिय समाजमा मात्रै पौडिरहेका, खेलिरहेका छ्न । आआफ्नो जात थरभन्दा बाहिर जान सकेका छैनन् । गुरुङ भित्र चार र सोह्र जातको संस्कार र संकुचित जातिय चिन्तन अझै मेटिएको छैन । मगरका पनि त्यत्तिकै संघ संस्थाहरु खुलेका छन । मगरमा बाह्र र अठार मगर अनि भासा भेगिय सोच चिन्तन अझै छ । मगर संघ, पुन मगर समाज अनि पुन समाज बेग्लाबेग्लै समाज संगठित रहेकाका छन । उनीहरुको सामान्ति कार्य शैली र सोच बिचार मतभिन्नताहरु आआफ्नै रहेका छ्न । केही ठुलाठालु र टाउके सामान्ती र ब्राह्मणवादी सोच शैलिका कारण समाज जातिय संकुचित घेराभित्र बाधिएको छ । आफ्नै जातिय समाज भित्र मात्र चलखेल उठबस गर्ने अरु जातिसङ्ग अलगै पृथक रहेर आफ्नो जातिको मात्रै पहिचानको खायस गर्ने संकुचित जातिवादी ठुलो रोग छ । अहिले तमु-मगरात राज्यको कुरा गर्दा अन्य जातिले खिस्सी टिउरि गर्ने गरेको देखिन्छ । मगर, गुरुङ समुदाय आफैमा सामाजिक धार्मिक रूपमा एकता छैन । एक छैनन् भने कसरी उनीहरुको नाममा एकल वा सामुहिक राज्य र नामाकरण संभावना हुन्छ ।राजनीतिक रूपमा भन्दा पनि अहिले तमुवान मगरातमा बसोबास गर्ने गुरुङ, मगरहरुमा सामाजिक धार्मिक रूपमा हार्दिक एकता बन्धुत्वको खाचो देखिन्छ । त्यो आपसी सामाजिक एकताको पुल के हुन सक्दछ ? यस बारेमा समुदायको मानिस कसैले सोचेर जिम्मेवारी लिएको देखिदैन ।

बर्मा देशमा बसोबास गर्ने हाम्रा गुरुङ, मगर मित्र बन्धुहरूले धार्मिक तथा जातीय एकताको लागि बर्मामा खेलेको भुमिका अत्यन्तै सराहनीय छ । मोगुक, टाउजी, लासो, मेम्यु र मचिना स्टेटबाट सामुदायिक बैठक समपन्न गर्दै आगामी मे महिनाको २६, २७ र २८ गते Pyion oo lin Nagar बर्मामा हुने मगर गुरुङ सम्मेलनको सफलताको अग्रिम शुभकामना दिन चाहान्छु । यसले नेपालमा बसोबास गर्ने समुदायलाई पनि प्रेरणा र हौसला दिनेछ । यस कार्यक्रमका अभियन्ता विशेष गरि मलाई सूचना प्रवाह गर्ने बर्माका दाजु गनेस मगर, भाइ बेरेन मगर साथै थाइल्यान्ड निवासी मित्र जेबि राना मगर ज्युलाइ हार्दिक धन्यवाद दिन चाहान्छु । बर्मामा बुद्ध धर्मको स्तिथिका बारेमा फोनबाट प्रत्यक्ष जानकारी दिनु हुने भिक्षु महास्थविर बिध्यानन्द भन्तेज्यु , महास्थविर भिक्षु जटिल भन्तेज्युलाइ वन्दना गर्न चाहान्छु ।

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी