A+ A A-

१४१ औं प्रथम सहिद लखन थापा स्मृति दिवसमा मगरजाति

नन्दबहादुर घर्ती

२०७४ फागुन २ गते ,

१४१ औं लखन थापा स्मृति दिवस । देशको तात्कालिक निरङ्कुशताविरुद्ध जीवन आहुति दिएको दिन ।

लखन थापाको वलिदानीवारे राज्य वर्षौंवर्ष वेखवर रहिरह्यो । यद्यपि जनमानसमा भने लखन थापा प्रथम सहिदको छाप थियो । नेपाल मगर सँघले लखन थापावारे उत्खनन ग–यो । प्रथम सहिद घोषणाको लागि दशकौंदेखि राज्यलाई दवाव दिइरह्यो । लामो दवावपछि २०५६ सालमा सहिद र करिव १६ वर्षपछि वि.सं.२०७२ मा प्रथम सहिद राज्यले घोषणा ग–यो ।

सहअस्तित्वको सिद्धान्तमा आधारित लखन थापालाई प्रथम सहिद घोषणा गर्न सवैको साझा प्रयत्नको प्रतिफल थियो । सवैको प्रयासस्वरुप यो सम्भव भएको हो । मगरजातिको सर्वाङ्गीण विकास गर्ने पवित्र उद्धेश्यले नेपाल मगर सँघको जन्म भएको हो । सर्वाङ्गीण विकासभित्र मगरजातिभित्रको कुरीतिविरुद्ध लड्नु पनि एक हो । मगरजातिलाई सामाजिक रुपले सशक्त र समृद्धिको दिशा निर्देश गर्न नेपाल मगर सँघ मगरजातिको साझा संगठन थियो । यसले सिंगो मगरजातिलाई जनजातिवाट राष्ट्रियतातर्फ घचेट्न बल पु–याउने सक्षम संगठन मानिन्थ्यो ।


आजभोलिको कुरा हो । नेपाल मगर सँघ र मगरात एउटा सिक्काको दुइटा पाटा भन्ठान्छन, यस्तो वुझाई गराइयो । प्रारम्भमा नेपाल मगर सँघसँग मगरातको कुनै सम्वन्ध थिएन । मगरातको लागि नेपाल मगर सँघको जन्म भएको पनि होइन । मगरातले मगरजातिलाई सशक्त वनाउनमा कुनै भूमिका खेल्ने विषय पनि होइन । तर, मगर सँघको पुच्छरमा मगरात झुण्ड्याउन लगाइयो । कुनै अमुक राजनीतिक दलले कुनै अमुक व्यक्तित्वको शालिक ध्वंस गरेको र त्यो खाली ठाउँमा कसैको इशारामा प्रथम सहिद लखन थापाको शालिक राख्नू लगाइनुले विषयलाई थप गाम्भिर्यता वनाइदिएको छ । यो पनि एक जटिल समस्या थोपर्ने काम भयो । मगर सँघको पुच्छरमा मगरात चिप्काउने र अमुक व्यक्तित्वको भड्काइएको शालिकमा प्रथम सहिद लखन थापाको शालिक राख्न उत्प्रेरित गराउने शक्ति एउटै हो । यस्तो योजना वनाउनेमा मगर सँघको आफनै वुद्धि विवेकले होइन । यो वाह्यशक्तिको योजना हो । त्यो शक्ति र योजना सामान्य परिस्थितिवाट आएको पनि होइन । सिंगो मगरजातिलाई भरसक जनजातिवाट पछाडि घिचोटेर कविलामा झार्ने र त्यसो हुन नसकेमा जनजातिमै राखिरहने योजनासँग सम्वन्धित छ ।


संसारका कैयन जातिहरु कविला अवस्थामा झरेका दृष्टान्तहरु काफी छन । अमेरिकी आदिवासीहरु जसलाई नेटिभ अमेरिकन भनिन्छ, उनीहरु कविलामा झरेको छन । उनीहरु ह्वाइहाउसवारे वेखवर छन । त्यसैगरी अष्ट्रेलियाका आदिवासीहरु जसलाई अवोरिजिन भनिन्छ, तिनीहरु पनि कविलामा झरेका छन । उनीहरु पनि नेटिभ अमेरिकन झैं त्यहाँको संसद र सरकारवारे वेखवर छन ।


नेपालका मगरजातिको विरासतको हिसावले सवैभन्दा धनी छ, यद्यपि यो जनजातिमा छ । जनजातिलाई आफनै विरासतवारे वेखवर नै हुन्छ । यो सार्वभौम छ । जनजातिमा राखिरहने वाह्यशक्तिको जञ्जिरमा नफसौं । मनन गरौं ।

१ फागुन २०७४    

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर