A+ A A-

प्रचण्ड बाहुनले चालेको “A” एक्का हुन बाबुराम बाहुन ।

एरिका चाम्लिङ राइ 

——–

डा.बाबुराम भट्टराई स्यंमले संघर्ष गर्दै जन्माएर हुर्काएको माओवादी पार्टी २०७२ असोज ९ गते पार्टी परित्याग गर्ने कुरो चानचुने थिएन । जसले मिडिया र आम नागरिकमा समेत निकै ठूलो भ्रमको कम्पन पैदा गर्यो । बाबुराम र प्रचण्डको झण्डै ३० बर्ष लामो आत्मिय सम्बन्ध यसरी टुङिनु आँफैमा निक्कै बिशाल तरङग पैदा गर्ने खालको थियो आम जनता माझ । बाबुरामले किन यसो गर्यो भन्ने आलोचना र कौतुहलताले अनेक राजनीति विश्लेषकहरुले अनेकौ ह्य्पोथेतिकल गन्ठन गर्ने मौका समेत पाए ।

यद्द्पी बाबुरामले माओवादि छोड्नु पर्ने कुनै वास्तविक कारण भने थिएन तर भन्नलाइ “संबिधान जनहितकारी नभएको ” भनेर मिडियाबाट जनताको आँखामा धुलो छर्ने काम भयो । उनी पार्टीवाट बाहिरिएता पनि त्यसमा कुनै बैज्ञानिकता थिएन – जुन संविधान भट्टराई आफैले पनि हात्ती छाप हस्ताक्षर गरि पारित गरिएको संबिधान थियो । उक्त संविधानको बिरोध गर्दै असोज १२ गते बिरगंज पुगेका भट्टराईले मधेसीहरु सँग संविधान च्यात्न नसकेको कारण कार्यक्रम स्थलबाट लजास्पद रुपले खेदिनु परेको थियो । त्यहाबाट असफल बनेपछि बाबुरामको डिजाइन अनेकौ योजना मध्य पहिचान र अधिकारका निम्ती संघर्षरत पार्टीहरुलाई तितर वितर पारीदिने जस्मध्य पहिलो निशानामा करिब २६ बर्ष देखी अनवरत रुपमा शान्तीपूर्ण ढंगले पहिचान ,संघियता ,धर्मनिर्पेक्ष जस्ता अनेकौ मुद्दाहरुमा केन्द्रित रहेर अगाडि बढी रहेको पार्टी हुन गयो आफ्नो सेलेब्रिती छबिको राम्रो प्रयोग गरी केही कुर्ची र सत्ताको लोभि अधिकार भन्दा सत्ता,पैसाको मोह भएका हरु बाबुरामको पासोमा पर्न सफल भए र मिडियामा जनमुक्ती पार्टी बाबुराम सँग विलिन भएको भ्रम फैलाए पनि जनमुक्ती पार्टीलाई भने भत्काउन सकेनन त्यस्पचात अर्को दाउ संघीय समाजवादी फोरम थियो । भट्टराईले धेरै पटक संघीय समाजवादी फोरम सङ्ग मिलेर जाउ भन्ने प्रस्ताव समेत राख्दै आएका थिए तर संघीय संरचनाको खाका नमिलेको कारण मिल्न सकेनन् तर भट्टराईको प्रयास भने निरन्तर जारी थियो ।

त्यसो त उनले पहिलो संविधान सभामा प्रधानमन्त्री हुंदा पहिचान सहितको संघीयताको पक्षमा बहुमत हुँदा  सभामुख शुभास चन्द्र नेम्बाङ संसदमा नगएर शिँदरबारमा लुकेर बसे पनि उपसभामुख संसदमा हुंदाहुंदै बाबुरामले संबिधान जारी गर्न उनको नश्लिय मोहको कारण तमाम उत्पीडित जनतालाई धोका दिए ।

बाबुरामले नयाँ शक्ति पार्टीको स्थापना भएको घोषणा गर्दा शहरका मिडिया हरुमा निक्कै चर्चा पायो जसले काठमाडौ पुरै हल्यायो तर त्यो बेला सम्म गाउँ बजार हल्लिएको थिएन । राजनीति तहल्का र हल्ला मच्याएर भए पनि गर्नु पर्दो रहेछ भन्ने नयाँ शक्तिबाट बुझ्न सकिन्थ्यो । भट्टराईले नंया शक्तिमा माओवादि पार्टीबाट को को ल्याए सो औंला भाचेर गन्न सकिन्छ तर ससफो र रा.ज.पा र अन्य पहिचानवादी दलहरुबाट पुरै नया शक्ति भरिभराउ भएको थियो । यसमा बाबुराम र प्रचण्डको पलान केही नै सफल भएका थिए ।

कुटनैतिक अभ्यास

२०७२-जेठ २५ गतेको १६ बुदे सहमतिमा प्रचण्डले हस्ताक्षर गरेपछि आदिवासी, मधेस, दलित लगायत सम्पुर्ण पहिचानवादी दलहरुले कुठाराघात भएको महसुस गरे । अब प्रचण्डलाई बिश्वास गर्न एकै इन्च पनि आधार नदेखिए पछि सबैमा अवगत भयो कि आफ्नो मुद्दा आफै उठाउनु पर्दछ । त्यसपश्चात जेठ ३२ गते ३ पहिचानवादी दलहरु बिच एकता भइ “संघीय समाजवादि फोरम” पार्टी नामकरण भयो र पाँचौ स्थानमा राष्ट्रिय पार्टीमा समेल भयो र क्रमशः अरु पार्टीहरु बीच पनि एकाअर्कामा एकता गर्दै गयो र गरिरहेका छन । यति बेला स.स.फो सांगठनिक रुपमा निकै अगाडि र मजबुत हुँदै गएको देखिन्छ । ससफोको गतिको तिब्रता यो हदसम्म देखिनु भबिस्यमा माओवादीको लागि सबै भन्दा घातक ठहरिने छ । यसैकारण सहजै अनुमान लाउन सकिन्छ कि प्रचण्डले चालेको बाबुराम एक्का हो र प्रचण्ड बादसाह – बाबुराम भन्दा ठूलो पत्ता प्रचण्ड सङ्ग छैन ।

तसर्थ थ्रेसहोल्डमा ३% मत र अनिवार्य प्रत्यक्षमा १ सिट ल्याउनु पर्ने प्राबधान सृजना गरि ससफोलाई बाबुरामसङ्ग मिल्नुको बाध्यात्मक विकल्प देखाइ रहेका छन् ।सके सम्म जनतामा प्रचन्ड र बाबुराम को गेम पलान फेल नखाओस भनी अहिले बाबुरामलाई चुनाव चिन्ह नदीइ सडकमा उतारेर अनौठो नाटक मन्चन गरेको देखिन्छ । यो संबेदनसिल परिस्थितिमा डा. बाबुराम भट्टराई ससफोको लागि मात्रै नभएर सम्पुर्ण पहिचानवादी दलहरुको लागि बिषाक्दी साबित हुनेछ ।काङ्ग्रेस र एमाले भन्दा पृथक ढंगको रणनीती अपनाइ बाध्यता पारी विकल्पमा तुर्लुङ्ग झुन्डाइ गर्ने राजनीति दौड-तरिका निकै कायदाको अभ्यास माओवादिमा देखियो ।

तर अहिले अधिकान्स आदिवासी जनजाती ,मधेसी ,दलित ,महिला ,राज्य द्वारा पछाडि पारीएका वर्ग समुदाय आ-आफ्नो अधिकारको लागि आँफै नलडी हुँदैन कसैले पनि आफ्नो भाग्य कोरिदिदैन भन्ने भित्री ज्ञान पलाएको देखिन्छ , यदी प्रचन्ड बाबुराम के. पि ओली ,गिरिजा शेर बहादुरहरुले जनताको अधिकार दिने भए सधैं सत्तामा भएर पनि किन सिन्को भाच्दैन? आफ्नै एकल नश्ल भएकाहरुको भाषा, धर्म ,सन्स्क्रिती अधिकारलाई मज्बुत बनाउदै लागेका छन ।करिब ३०० बर्ष देखिको नश्लिय एकाधिकार सजिलै छोड्न छैनन भन्ने हेक्का तमाम उत्पीडित समुदायले बुझी सके यसको अन्त्य गर्न स्वच्छ ,इमान्दार जुझारु नेताको प्रतिक्षामा छन जनता ।

Source:-ABCKHABAR.COM

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी