A+ A A-

प्रथम शहीद लखन थापा मगरको संक्षिप्त जीवनी

उमेश बहादुर राना मगर 

लखन थापा मगरको पुख्र्यौलीगोरखाको दक्षिणपूर्वीक्षेत्र बुंकोटको काहुलेभंगारभए पनि सुगौली सन्धि पश्चात उनकापुर्खाहरूपहिले झैं इष्ट इण्डियाकम्पनीको फौजमा जागिर खाने र आफ्ना सन्तानलाई उतै पढाउने चलन बसेकोले लखन पनि भारतको अल्मोडापुगेका थिएर उनले त्यहींप्रारम्भिक शिक्षापाए। तत्कालीन समयमा भारत अंग्रेजको उपनिवेशमा रहेकोले भारतीय जनताहरू ‘स्वतन्त्र भारत’ को नाममा आफ्नो स्वाभिमान बचाउन लागिपर्दै थिए । योकुरा तीक्ष्ण बुद्धिका लखनले गहिराईबाटै बुझेका थिए। त्यसैले गोरखा राइफल्समा भर्ती हुने परम्पराछाडी उनी आफ्नै मातृभूमिको सेवा गर्ने दृढ संकल्पका साथ स्वदेश फर्किएर‘पुरानो गोरखगण’ मा भर्ति भएर १६ वर्षसम्म निष्ठापूर्वकसेवागरे । उनी कुशलर साहसी सैनिकहुनुका साथसाथै अत्यन्त दूरदर्शीपनि थिए ।

सन्१८५७मा भारतीय सैनिकले अंग्रेज हुकुमतविरूद्ध गरेको विद्रोहलाईदबाउन नेपालको तर्फबाट स्वयं जङ्गबहादुर २५ पल्टनका साथलखनऊ पुगेका थिए ।पल्टनमा लखन थापालगायतथुप्रै देशभक्त सैनिकहरू पनि खटिएका थिए ।अंग्रेजलाई रिझाएर आफ्नो सत्तालाई सुरक्षितबनाउने दाउबोकेका जङ्गबहादुरले भारतीय विद्रोहीहरू दवाउने क्रममा नेपाली सेनाको गौरवपूर्ण सैन्यशक्तिलाई दुरूपयोग गरे,जसलाई “लखनऊलुट” को संज्ञा दिइएकोछ, जो इतिहासमै बदनाम छ । अंगे्रजको दासताबाट मुक्तहुन भारतीयहरूलेगरेको निश्वार्थ वलिदानलखनहरूले आफ्नै आँखाले देखेका थिए,यसले गोर्खालीहरूको अंग्रेज विरोधी पुरानो मनोविज्ञानलाई जगाई दियो । जङ्गबहादुरले वि.सं.१९१० मा मुलुकी ऐन ल्याई नेपाली समाजलाईतागाधारी, मतवालीवर्गमा विभाजित गरीउचनिच, छुवाछूत जस्ता अमानवीय थितिहरू बसाले । जातजातिअनुसारअपनाइएको न्याय प्रणालीले समाजमा अराजकता बढ्यो ।आमजनताहरू अन्याय, अत्याचार सहन विवश थिए । मुलुकको राजनैतिक, सामाजिक, धार्मिक अवस्था दयनीय बन्दै गयो । यस्ता ज्यादतीहरूले विक्षिप्त नेपाली समाजले निकास खोजिरहेकोसमयमा देशभक्त लखन थापाले विद्रोह गर्ने अठोट गरे । उनले सेनाको जागिर माया मारेर जङ्गबहादुरको अन्त्य गरी अधिनायकवादी, सर्वसत्तावादी शासनसमाप्त पार्नेसंगठित योजना बनाए । वि.सं. १९२७ तिर गोरखाको बुंकोटमा चलाइएको यो अभियानमा उनका सहकर्मी, पूर्व सैनिक र स्थानीय जनताहरूले सक्रियतापूर्वकभाग लिए ।

जातीय भेदभाव, छुवाछूत, मूर्तिपूजामा विश्वास नगर्ने र राजाप्रजालाई समान दृष्टिले हेर्ने नेपालकै पुरानो सन्तपरम्परा मानिने जोसमनी मतमा लखन थापाले प्रथमतःसिद्धि प्राप्त गरे ।जोसमनी धर्मको प्रचार–प्रसार गर्नेक्रममाउनले जङ्गबहादुरको कुकृत्यहरूको भण्डाफोर गर्दै समाजमा जनचेतना फैलाउन आरम्भ गरे । अर्कातिर, करिब २००० व्यक्तिहरूलाईसंगठित गरीउनले विद्रोही फौज खडा गरे र घरेलु हातहतियारहरूभेला गरेर सैन्य तालिम दिए । स्थानीयहरूकोसहयोगमा बुंकोटमा किल्लाको निर्माणगरियोर विद्रोहीहरूलाईआवश्यक रसदपानीस्थानीय गाउँघरहरूबाट संकलन गरिन्थ्यो । जङ्गबहादुरको सत्तालाई ठाडो चुनौती दिंदै उनले सवैजातजातिको प्रतिनिधित्व गराई विद्रोही सरकार बनाए रत्यसको मुख्तियारी स्वयं लखन थापालेनै सम्हाले ।

विद्रोहको तयारीबारे जङ्गबहादुरलेसुईंको पाइहाले र लगत्तै काठमाडौंबाट देवीदत्त पल्टनलाईखटाए । बुंकोटमादुवै सेनाबीच भिडन्त भयो । अन्त्यमा१२ जना विद्रोहीहरूपक्राउ परे, उनीहरूलाई काठमाडौं ल्याएर कठोर यातना दिइयो ।ती मध्ये लखन थापासमेत ७ जनालाई राजद्रोही ठहर्याइयो। उनीहरू न देशद्रोही थिए न राजा विरोधी ।विद्रोहीकिल्ला परिसरमा उनीहरूलाई क्रुरतापूर्वकरूखमा झुन्ड््याएरमृत्युदण्ड दिइयो। जहानीयाँ शासनविरूद्ध लखन थापाको सुनौलो युग ल्याउने परिकल्पना थियो भनेर स्वयं पद्यजङ्ग राणाले समेत उल्लेख गरेका छन् । सुनौलो युगलाईउदार र भेदभावरहित शासनव्यवस्थाको रूपमाबुझ्नु पर्छ, प्रजातन्त्र वा लोकतन्त्र त्यसैको विकसित रूप हो, जसकोप्राप्तीको लागि संघर्षगर्दावि.सं. १९३३ फागुन २ गते लखन थापालेसहादत प्राप्त गरे ।

लखन थापाले जङ्गबहादुरको जल्दोबल्दो समयमा उनकै शासनसत्ताविरूद्ध सर्वप्रथम संगठितरूपले सशस्त्र विद्रोह गर्ने आँट गरे, यही घटनाबाट प्रभावित भएर पछि थुप्रै सपुतहरूले आफ्नो प्राणउत्सर्ग गरे ।यही त्याग र वलिदानबाट नै राणाहरूकोएकतन्त्रीय शासन सदाको लागि ढल्न पुग्यो । त्यसैले वि.सं.१९३३ को विद्रोह नेपाली प्रजातान्त्रिक आन्दोलनको मुहान हो, जनआन्दोलनको प्रारम्भविन्दू हो । यो घटना उत्कृष्ट र प्रेरणादायी पनि छ । विद्रोहमा स्पष्ट राजनीतिक दृष्टिकोण, सशस्त्र तयारी, भारी जनसमर्थन, स्थानीय सहभागिता जस्ता सवल पक्षहरूविद्यमान छन् भनेवि.सं. १९०३, १९०६, १९०७, १९१४ का विद्रोहहरू देश र जनताकोपक्षमा वा जनअधिकारको बहाली तर्फ लक्षितछैनन् । कतिपय त पद, प्रतिष्ठा वा प्रतिशोधले प्रेरित राजनीतिक षड्यन्त्र मात्र रहेको देखिन्छ । त्यसैले नेपाली प्रजातान्त्रिक आन्दोलनको इतिहासमा लखन थापाले पु¥याएको योगदान अतुलनीय छ, सर्वश्रेष्ठ र गौरवशाली पनि । यसैको कदर स्वरूप वि.सं. २०५६ मा सरकारले लखन थापालाई शहीदको कोटीमा समावेश गर्यो रसंघीय लोकतान्त्रिकसंविधान घोषणा गरिएकै दिन २०७२ असोज ३ गते सरकारले प्रथम शहीदको घोषणागरेरलखन थापालाईअपूर्व सम्मान दिएको छ । उनको चित्रांकित रू.१०।– को हुलाक टिकट समेत हालै प्रचलनमा ल्याइएको छ । उनको योगदान र वलिदानको उचित कदर गर्ने हो भने उनी राष्ट्रिय विभूतिका वास्तविक हकदार हुन् – यो लखन प्रतिष्ठानको जोडदार माग पनि हो ।   व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश र समाजको लागि प्राण उत्सर्ग गर्नेहरू कमै हुन्छन् । त्यस्ता महान व्यक्तिहरू मध्येका एक हुन् – लखन थापा मगर ! वि.सं.१९९७ सालका अमर शहीदहरू शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ चन्द पनि सोही कोटीमा पर्दछन् । उहाँहरूको योगदानलाई हामीले कहिल्यै भुल्नु हुँदैन । किनकि जहाँ शहीदको सम्मान हुँदैन, त्यहाँ कसैको पनि सम्मान हुँदैन ।


(लेखक: प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानका उपाध्यक्ष हुनुहुन्छ )।

Error: No articles to display