A+ A A-

"पहिचान र अधिकार सहितको संघीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संसोधनको लागि हाम्रो साझा अभियान"

बिजय हितान, बेलायत

आइ. एल. वो१६९

 नेपालका आजले गर्दै आएका आन्दोलन आइ. एल. वो.  १६९ मा आधारित छन । यसलाई सन १९८९ मा संयुक्त राष्ट्रसंघले मान्यता दिंदै अन्तररास्ट्रिय कानुनको रुपमा घोषणा गरिएको थियो । जसअन्तरगत संसारका देसहरुमा रहेका आजका मौलिक हक र अधिकारलाई राज्यले सुनिस्चित गरिदिनुपर्ने हुन्छ । ति हक र अधिकार भित्र मुख्य:त सरकारी अङहरुमा समाबेसिको आधारमा आजको सहभागिता, आर्थिक र सैक्षिक बिकास, प्राकृतिक स्रोत र साधनमा बिशेष पहुँच, उनिहरुको पहिचानकोलागी भाषा तथा सँस्क्रितीको सम्बर्धन र सम्रक्षण इत्यादि पर्दछन  । अनी राज्यले आवश्यक निती नियम बनाइ कार्यनयन गरिनु पर्ने निर्दिशन पनि दिइएको छ ।

यसै सिलसिलामा नेपाल सरकारले सन २००७ मा यस महासन्धि उपर हस्ताक्षर गर्दै कानुनी मान्यता दियो । यहाँसम्म आइपुग्न आजका अग्रज र मानवअधिकारबादी नेताहरुले निक्कै संघर्श गर्नुपरेको थियो । नेपाल एसियामा फिजी पछीको दोस्रो राष्ट्र हो आइ. एल. वो. १६९ लाई मान्यता प्रदान गर्ने । विश्वका २४ राष्ट्रमा यसलाई मान्यता दिएर लागु गरिएको छ । सबैभन्दा बढी दक्षिण अमेरिकि राष्ट्रहरु हुन र त्याहाँ यसलाई प्रबलताकासाथ कार्यनयन गरिएको देखिन्छ । एसियामा दुई राष्ट्रलेमात्रै  यसलाई मान्यता दिनु भनेको अन्य राष्ट्रमा आज नै छैनन भन्न खोजिएको अवस्य होइन । भारत, चाइना, पाकिस्तान, मलेसिया, फिलिपिन्स गरी थुप्रै राष्ट्रहरुमा आजको बाक्लो बसाइँ छ । तर ति राष्ट्रहरुमा आजको हक र अधिकार आइ. एल. वो. १६९ आउनु पूर्वनै त्याहाँको सरकारले सुनिस्चित गरेसकेको देखिन्छ । प्रचलित कानुन नै आज मैत्री छन भने आइ. एल. वो. १६९ लागु गर्नुपर्ने आवश्यकता भएन । नेपालको सन्दर्भमा राणा देखी पञ्चायत कालसम्मै आज त के सम्पूर्ण नेपाली जनतालाई नै दबाएर राखीएको थियो । मौलिक हक र अधिकारबाट सबैभन्दा बढी बन्चित आज परेका थिए ।

आदिबासी दिवस
अब प्रश्न उठन सक्छ आजको (आदिवासी जनजाती) हक र अधिकार दिलाईइनु पर्छ भन्ने मुभमेन्टलाई किन दिवसकै रुपमा मनाइनु परेको भनेर । आइ. एल. वो. १६९ ले ब्याबस्था गरेका कानुन तथा नितिलाई प्रचार प्रसार गरिनुपर्ने दिवसको मुख्य उद्देस्य हुनआउँछ । जसले गर्दा यसलाई सहजै ढंगले कार्यनयन गर्न सकियोस । अर्को कारण यसको कार्यनयनलाई समिक्षा गरेर आवश्यक नविकरण गर्दै अगाडि बढनलाई दिवस मनाउन आवश्यक हुन्छ । सन १९९४ देखी संयुक्त राष्ट्र संघको निर्देशनमा अन्तररास्ट्रिय स्तरमै दिवसको रुपमा मनाउँदै आएको अैले २१ पुगेर २२ बर्षमा लागेको छ ।

आदिबासीका हक अधिकार कार्यनयनमा अड्चन

सुरुका बर्षमा नेपालमा एक सामाजिक आन्दोलनको रुपमा अघी बढे पनि माओबादिले यसलाई अङ्गालेपछी यसले राजनैतिक रुप लिएको देखिन्छ । आजको हक र अधिकारलाई सुनिस्शित गर्न तत्कालिन सरकारले केही आशालाग्दा नितीहरु तर्जुमा गरेको थियो । तर यसको कार्यनयन र  पालना आसा गरिए जस्तो भएन । यसका प्रमुख दुई कारण हुनसक्छन । कार्यनयन गराउने सरकारी निकायले न त कुनै तत्परता देखाए न त तिनलाई यससम्बन्धी सचेत गराउने कुनै कार्यक्रम ल्याइयो । न नै यस कानुनबाट लाभ पाउने सर्बसाधारण सचेत भएको पाईन्छ । यस्ता पुर्बाधारहरु लागुगर्ने योजना कागजमा भएपनी संबिधान निर्माणगर्ने निउमा राजनैतिक हुरिले बढारेर कता पुरायो कता ? उदाहरणको लागि नेपालका आजलाई समाबेशिय आधारमा प्रशासनका अङगहरुमा स्थान दिइनु पर्थ्यो । तर लामो अवधिको बावजुद पनि यिनिहरुको उपस्थिती चामलमा बियाँ जस्तै रह्यो । त्यसरिनै तिनका पहिचानलाई बचाइ राख्न मात्रु भाषा पढाईने र सँस्कार सँस्कृतिलाई सम्रक्षण गर्न राज्य पक्षबाट सोंचेजस्तो पहल गरिएन । किनकी कार्यनयन गराउने निकायमा समर्थन भन्दा बिरोध जनाउनेहरुको आधिपत्य रह्यो । यसैको आक्रोस हो आजले  अङ्गालेको राजनैतिक आन्दोलन ।

कानुन बनेर पनि प्रभावकारीढङ्गले लागु हुन नसकेका थुप्रै उदाहरण छन नेपालमा । छुवाछुत प्रथालाई गैरकानुन मानिएको उहिल्लै हो तर समाजबाट निमठ्यान्न हुनभने कहिल्लै सकेन । कसैले गाई काटेर खाए या मरेको गाइलाई खाए भने तिनलाई कारबाही भईहाल्छ । तर छुवाछुतलाई बढावा दिनेहरुलाई कारबाही गरेको बिरलै सुनिन्छ । यस्तै आज सम्बन्धी ल्याइएको कानुन पनि कानमा तेल हालेर बसेका ब्यक्तिहरुमा परेको छ । फल्सरुप कछुवाको चालमा यो अघी बढेको पाईन्छ । त्यसर्थ सम्बन्धित पक्षलाई दवाव दिन यसले राजनैतिक आन्दोलनको रुप लिन पुगेको हो । ऐलेको संबिधानमा पहिचान सितको सँघियताको माग यसैको उपज हो । आजले अफ्ठ्यारो महसुस गरेको बिषय के हो भने त्यो कानुन लागु गर्ने निकायमा आफ्नो मान्छेको पहुँच नहुनु हो । त्यसकारण राजनैतिक दवाब सिर्जना गरेर आजका मान्छे त्याँहा पुग्नसके बल्ल आफ्नो हक र अधिकार सुरक्षित हुने देख्दछन ।

सत्ताधारी आजको मुभमेन्टलाई कसरी हेर्दछन् ?

  तर अैलेको सत्ता पक्ष यसलाई ठुलो चुनौतीको रुपमा लिएको छ । राज्य सन्चालनमा आफ्नो एकाधिकार फुस्काउन सक्ने एक सत्रुको रुपमा हेरेको पाईन्छ । अैलेको स्थितीसम्म आइपुग्न सत्तापक्षले युग युगान्तरदेखी कडा परिश्रम गरेको र यसलाई बचाइ राख्न आफु जे पनि गर्न तयार रहेको सोँच बनाएको भान हुन्छ । शाहबंसले दुई सताब्दी, त्यसैबिचमा राणाले एक सताब्दी र पन्चायति ब्यबस्थाले अधासताब्दी भन्दा बढी नेपालमा एकात्मक राज्य गरे । अैले राज्यको हरेक सम्यन्त्रमा एकलजातिको मात्रै पक्कड देखिंदा केही दसकसम्म आफ्नो आधिपत्य कायमगर्ने द्रिढ सङ्कल्प लिएको देखिन्छन । त्यसैले आजका हक अधिकार तत्कालै दिलाउन अैलेको राज्य तत्पर देखिदैन । यद्धपि देशमा एकता कायम भएको उनिहरु देख्न चाहन्छन । एकता कायम रहे बिदेशी हस्तछेप नहुने र त्यसो रहे उनिहरुको सत्तामा पक्कड लामोसमयसम्म रहनसक्ने ठान्दछन् ।

आजलाई  संघियता र पहिचान मार्फत हक अधिकार प्रदान गरे त्यसलाई आँफै कार्यनयन गर्ने सामर्थ्य छैन भनी सत्ता पक्ष सङ्का गरेको पनि देखिन्छ । अर्थात आजमा ब्याबस्थापना, प्रसासकिय अनुभव, र ज्ञानको कमी छ भन्न खोजिएको हो । यसो हुँदा देस अझै टुक्रिन सक्ने र बिकास को क्रम रोकिन सक्ने उनिहरु देख्दछन । फेरी राज्य सन्चालनमा आजलाई कांधमा कांध मिलाएर अगाडि बढन पनि उनिहरु लोभ गर्दछन ।

आज आन्दोलनको भावी रणनिती कस्तो हुन आवश्यक 

 यस गम्भिर बिषयलाई आजले बुझेर अब अर्को रणनिती तयार बनाएर अगाडि बढनसके मात्रै नेपालको राष्ट्रिय अस्तित्व रहिरहने छ । नेपाल बिकासको गतिमा क्रमश लम्कला । देशमा सामाजिक सदभावना कायमै रहला । यो रणनिती भनेको राजनैतिक मुद्दाको साथै आजको सामाजिक, सैक्षिक, आर्थिक, साँस्कृतिक बिषयहरुलाई पनि समानान्तर रुपमा बिकास, सम्रछण र सम्बर्धनतर्फ प्राथमिकता दिनु हो । अैलेको माहोलमा राजनैतिक इस्सुले अन्य चार इस्सुलाई ओझेलमा पारेको देखिन्छ ।

यि अन्य चार बिषयको लागि भनेर आदिवासी उत्थान राष्ट्रिय प्रतिस्ठान गठन गरिएको छ । तर त्यसको जिम्मेवारपूर्ण कृयाकलाप अैलेको राजनैतिक मुद्दाले पिछाडी पारेको छ । नेपाल आदिवासी जनजाती महासंघमा ५९ जातिय संगठन, जिल्ला साखाहरु, भात्रु संगठनहरु, र विश्वभर छरिएर रहेका साखा संगठन आबद्द छन । सबैभन्दा पहिला यि सबै जातले आ-आफ्नो सामर्थ बिकासमा लागे राजनैतिक आन्दोलन मार्फत प्राप्त हक र अधिकार दिगो रहन सक्छ भन्ने बिचार बौद्दिक छेत्रबाट सुन्न पाईन्छ । अन्यथा आजका समर्थक र बिरोधी पक्ष दुबैले गैरजिम्मेवारीपूर्ण अभिब्यक्ती दिने, लचकता र संयम नदेखाउने हो भने जातिय द्वन्द र धार्मिक युद्द भएर नेपाल भन्ने देश नै नरहला भन्न सकिन्न ।

"पहिचान र अधिकार सहितको संघीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संसोधनको लागि हाम्रो साझा अभियान" भन्ने नाराको साथमा नेपालमा २२ औं विश्व आदिवासी दिवसको सन्दर्भमा  काठमाडौमा NEFINले आयोजित गरेको विविध समानान्तर अन्तरक्रियाहरु, शुभकामना आदानप्रदान कार्यक्रम भर्इरहेको छ ।

आज आन्दोलनले अपेक्ष्या गरिएजती जनसाधारणको सहयोग नपाउनको कारण यसको प्रचार प्रसारमा कमी हो । साथै यसको बिपक्षमा बुझेर वा नबुजेर लाग्नेहरुलाई बुझाउने प्रयास पनि नगरिएर हो । आइ. एल. ओ. १६९ लाई ब्यापकता दिने नाममा जैले पनि कोठे भासण र सडक आन्दोलनमा मात्रैमा समय खर्चिय । जनतामाझ आजको मुद्दा के हो ? यसको समाधान कसरी हुनसक्छ ? भन्ने बिषयमा प्रभावकारी ढङ्गले परामर्श तथा छलफल गरिएन । न नै ति बनाइएका निती कार्यनन्यन गरिदिने निकायका ब्याक्तिहरुलाई नै बुझाउने प्रयास गरियो ।

बेलायतको सन्धर्भमा पनि यस्तै यस्तै कृयाकलाप भएको जनसाधारणले महसुस गरेका छन । भलै याँहाको आज संगठनको इतिहास त्यती लामो छैन तर आसा गरिएको जती प्रगती गर्न नसकेको धेरैको गुनासो छ । १३ आबद्द जातिय संगठनको सहभागिता बर्षेनी हुने आदिबासि दिवस जस्ता कार्यक्रममा सधैं फितलो रहन्छ । यि जातिय संगठनका नेत्रुत्वमा रहेका पदाधिकारीहरुले आजको मुद्दालाई त्यती वास्ता गरेको जस्तो लाग्दैन । किनकी ति जातिय संस्था सामाजिक संस्था हुन तर महासङको कृयाकलाप पूर्ण रुपमा जैलेपनी राजनैतिक हुन्छ । राजनीति गर्ने होइन भरु आफ्नो जातको भाषा सँस्क्रिती जोगाउने र एकता कायम राख्ने उद्देस्यतिर आफ्नो संस्था लागेको देख्न चाहन्छन ति जातिय संस्थाका प्रायजसो सदस्यहरु । जातिय संस्थाले होइन की संघिय समाजबादी, राष्ट्रिय जनमुक्ती जस्ता राजनैतिक पार्टिको माध्यमबाट राजनीति गरिनु पर्छ भन्ने धेरैको धारणा छ । त्यसैले आजको (आदिवासी जनजाती) आन्दोलनलाई सफल पार्ने हो भने राजनैतिक मात्रै होइन सबै पक्षलाई साथ लगाएर अगाडि बढनुपर्ने आवश्यकता देखिन्छ ।

(लेखक: ने .. . . बेलायत का पूर्व सचिव हुन )

Error: No articles to display