A+ A A-

अमरेश सिंह प्रवृति लाई निस्तेज गर्ने कि प्रोत्साहन दिने ?

अमरदीप मोक्तान

 दोलखा,अषाढ १०-नेपाली राजनीति मा अमरेश सिंह यस्तो नाम हो जो  सर्वशक्तिमान राजनैतिज्ञ को श्रेणी पर्दछन  यदि कसैले  शेर बहादुर, केपी ओली, प्रचण्ड नेपाल का शक्तिशाली नेता हुन् भनि बुझेका छन् भने त्यो पूर्ण रुप मा गलत हो भ्रम हो ? अमरेश सिंह  नेपाल का कानुन भन्दा माथि भएका  व्यक्तित्व हुन् भन्ने कुरा समय समयमा नेपाली जनताले देखि रहेका छन् अनुभव गरि रहेका छन् तर  कसैले उनको उदण्डता मा अंकुश लगाउन सकेका छैनन् ? भारत मा खुले आम धर्मान्तरण को नाटक मन्चन गर्ने  खुले आम कानुन को धज्जी उड़ाउने तथाकथित धर्मगुरु  जाकिर नायक कानून को भय ले आज भागी हिड्नु परेको छ भने नेपाल को राजनीति मा खुले आम दुर्गन्ध फैलाउने अमरेश सिङ्ग लाइ अंकुश  को त् कुरा परै जावोस एक शब्द उच्चारण गर्न समेत डराई रहेको छ  काँग्रेस पार्टी  रु याद रहोश केपी ओली को अपमान भनेको एमाले को अपमान मात्र होइन काँग्रेस माओवादी लगाएत राष्ट्र को अपमान पनि हो भनि बुझ्नु जरुरि छ ?  राजनीति मा विरोधी भनेको प्रतिद्वन्दी हो शत्रु होइन तर नेपाल का राजनैतिज्ञ मा यस कुरा को  किञ्चित भर ज्ञान  छैन भन्ने कुरा  वर्तमान केपी ओली को सरकार विरुद्ध अविश्वाश प्रस्ताव को समर्थन मा बोल्ने क्रममा   अमरेश सिंह ले  राजनतिक विरोधी  भएता पनि राष्ट्र का सम्मनित प्रधान मन्त्रि पद मा रहेका खड्ग ओली विरुद्ध संसदीय मर्यादा को उल्लङ्घन गर्दै मानसिक अवस्था ठिक न भएको भनि दिएको  अभिव्यक्ति  घोर निन्दनीय कार्य हो  ्र प्रधानमन्त्री जुन सुकै पार्टी को किन न होस् सभासद जस्तो गरिमामय पद मा पुगेका  व्यक्ति ले प्रधानमन्त्रि को असम्मान गर्दै अशोभनीय भाषा को प्रयोग गर्नु भनेको नेपाली राजनीति मा उदण्डता तथा उच्छ्रिन्ग्ख्लता को प्रवेश हुनु हो जसले भविष्य मा संसद को गरिमा लाइ पूर्ण रुप ले ध्वस्त गर्ने छ ्र याद रहोस केपी ओली माथि शब्द वाण  प्रहार हुदा थपडी बजाउने हरु ले के बुझे हुन्छ भने यदि यस्ता छाडातन्त्र लाई अंकुश लगाइयेन भने त्यो शब्द वाण  कुनै दिन त्यहि व्यक्ति द्वारा शेर बहादुर ,प्रचण्ड माथि पनि प्रहार हुन् सक्छ  ? संसद को गरिमा माथि प्रहार  कसले गर्न सक्छ जो संसद भन्दा माथि हुन्छ जसले संसद को अनादर गर्छ  ? अमरेश सिंह को क्रियाकलाप ले यसमा  कुनै शंका नै छैन अमरेश सिंह नेपाल का सबै भन्दा हेविवेट तथा उच्च्च  कद का नेता हुन्  जसको अगाडी संसद को गरिमा को केहि  अर्थ  छैन  रु  आखिर किन र के कारण ले अमरेश सिंह  हेविवेट  नेता हुन् त्यसका लागि अमरेश सिंहको विगत  देखि वर्तमान सम्म का क्रियाकलाप  बारे जान्न जरुरि छ ?

स्मरण रहोस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क भन्दा पहिल्यै नेपाल भ्रमणमा आउने जानकारी कांग्रेस सभासद अमरेश सिंह ले प्रधानमंत्रि नरेन्द्र मोदी संग भेट पश्चात एक समाचार पत्रलाई जानकारी दिएका थिए ? कुटनैतिक मर्यादाको घोर उल्लघन   भएतापनि प्रधानमंत्रि नरेन्द्र मोदी को नेपाल भ्रमण वारे जानकारी भारत स्थित नेपाली राजदुतावास , नेपाल स्थित भारतीय राजदुतावास  तथा भारतीय विदेश मंत्रालय वाट जारी गरेको सुचनाको आधार मा नभई नेपाली कांग्रेस सभासद अमरेश सिंह  मार्फत समाचार प्राप्त भएको थियो   । 

भारतीय प्रधानमंत्री नरेन्द्र मोदीले अमरेश सिंह संग २० मिनेटको समय दिनु  सामान्य कुरा होइन त्यति मात्र कहाँ हो र मोदीले   भेट घाट को क्रममा साउन १९ गते नेपाल भ्रमणमा आउने जानकारी तथा सभासद अमरेश सिंहले भारत सरकार द्धारा भुटानलाई पाँच हजार करोड तथा अफगानिस्तानलाई तिन हजार करोढ अनुदान दिने गरेको तर नेपालको तराई क्षेत्रको विकास नभएकोले गर्दा नेपाललाई दिएको छ सय करोड अनुदान अपूग भएको हुंदा अनुदान बढाउन आग्रह गरेका थिए । नेपालको संविधान निर्माण एक वर्षको समय सिमाभित्र बन्ने सम्भावना न्यून रहेको यदि संविधान बनिहाले पनि आदिवासी तथा मधेसी समुदायले आन्दोलन गर्न सक्ने विश्लेषण मोदी लाई सुनाएको भनी एक समचार पनि सार्वजनिक भएको थियो  जो अहिले सत्य भएको छ ।

मोदी को नेपाल भ्रमणको क्रममा प्रधानमंत्रि शुशिल काईराला द्धारा उठाउनु पर्ने महत्वपूर्ण विषय सभासद अमरेश सिंह द्धारा उठाईयो आखिर किन रु कांग्रेस पार्टीले अथवा नेपाली कांग्रेस एमाले गठवन्धन सरकारले उठाउने अधिकार किन प्रदान किन गरे रुसभासद अमरेश सिंह भारतिय प्रधान मंत्रिलाई भेट्न जादा शुशील कोइराला लाई  अथवा काँग्रेस पार्टी यस वारे जानकारी किन गराएनन्  रु परराष्ट्र मंत्रालय  मा अमरेश सिंहको प्रधानमंत्रि मोदी संग हुने भेटघाटको जानकारी थियो की थिएन रु  अखिर किन र कुन आधार मा  प्रधानमंत्रि नरेन्द्र मोदीले सभासद अमरेश सिंहलाई प्राथमिकता प्रदान गरेका हुन भन्ने सन्दर्भ नेपाली जनमानसमा पनि रहस्य बनेको छ   ।

त्यस बखत भारतको  प्रधानमंत्रि नरेन्द्र मोदी द्धारा सार्क देश भ्रमण का लागी भुटान पश्चात नेपाललाई दोस्रो प्राथमिकता को देश मा चयन गर्नु  नेपाली का लागि सुखद समाचार थियो तर भ्रमण पूर्व एक सामान्य सभासदलाई नेपाल सरकार को आधिकारिक प्रतिनिधि सरह आफ्नो अति वहुमुल्य समय मध्येको वीस मिनेट खर्चिनुले ठूलो प्रश्न जन्माएको थियो  । भारतीय प्रधान मन्त्रि  श्री नरेन्द्र मोदीले अनधिकृत व्यक्ती अमरेश सिंहलाई महत्व दिनु को अर्थ के हो   रु अमरेश सिंह नेपालको दोश्रो संविधान सभाका एक सभासद मात्रै  थिए  गम्भीर प्रश्न के हो भने भारतको नवनिर्वाचित प्रधानमंत्री को ऐतिहासिक नेपाल भ्रमण अगाडी भारतीय प्रधानमंत्रि लाई भेट गरी देशको आन्तरिका समस्याको विषयमा कुरा गर्ने आधिकारिकता कसले प्रदान गरयो ?

 कांग्रेस पार्टीले अमरेश सिंहलाई नरेन्द्र मोदीको भ्रमण अगाडी कार्यक्रम तय गर्न जानकारी प्राप्त गर्न पठाएका हुन सकने सम्भावना लाइ नकार्न सकिदैन तर तत्कालिन  कांग्रेस एमाले गठवन्धन को सरकार भएको हुदा दुवै पार्टी को  सहमति मा आधिकारिकता प्रदान गरी अमरेश सिंहलाई श्री नरेन्द्र मोदी लाई भेट गर्न पठाईएको कुरा सार्वजनिक न भएता पनि काँग्रेस एमाले का प्रमुख हरु को मौनता ले अमरेश कति शक्तिशाली हुन् भन्ने पुष्टि हुन्छ ? अमरेश सिंह नेपाली राजनितिका यस्ता पात्र हुन जो हमेशा समाचारको सुर्खी मा रहेको पाईन्छ । हाल को सत्ता परिवर्तन   दिल्ली मा विद्रोही माओवादी तथा सरकारवीच भएको १२ बुंदे समझदारी देखी लिएर प्रत्येक महत्वपूर्ण निर्णय स्थलमा अमरेश सिंहको उपस्थिति देखियो ? भारत सरकारका राजनैतिज्ञ, कुटनैतिज्ञ, कुटनीतिक नियोग का उच्च पदस्थ अधिकारीको अमरेश निवासमा निर्वाध रुपमा आवत जावत रहेको समाचार सार्वजानिक भएको छ ।

अमरेश सिंह कांग्रेस बाट निर्वाचित  भएका एक सभासद मात्र हुन कांग्रेस पार्टी का कुनै  ठुला पदाधिकारी पनि हाईनन् तर भारत सरकारले अमरेश सिंहलाई यति धेरै महत्व दिनुको अर्थ रहश्यमय छ रु अमरेश सिंहका प्रार्दुभाव १२वुंदे समझदारी वाट सुरु भई महन्त ठाकुरको निजी सचिब देखि दोश्रो संविधान सभाका सभासद सम्म आई पुग्दा सम्म भारत सरकार तथा नेपाल सरकारले अति महत्व दिनु को कारण अज्ञात छ  रु अमरेश सिंह भारत सरकारका नेपाल विषय हेर्ने आधिकारिक व्यक्ती अपनी होइनन र  नेपाल सरकारको तर्फबाट भारत संग समन्वय कायम गर्ने आधिकारिक व्यक्ती पनि होइनन तर नेपाल को कुनै पनि राजनैतिक घटना क्रम मा अमरेश सिंह को उपस्थिति तथा संग्लग्नता  किन देखिन्छ ?

 यो त् एक उदाहरण मात्रै हो स्मरण रहोस  अमरेश सिंहको निवासमा भारतिय राजदूत विदाई भोज का कार्यक्रम हुनु तथा उक्त भोजमा भारतीय राजदूतको उपस्थीति हुनु, वरिष्ठ निजामतीको सरुवा बढुवा, प्रहरी सेनाको सरुवा बढुवा हुनका लागि उच्च तहका अधिकृतहरु अमरेश निवासमा चाकरी गरेको समाचार  ले के  अमरेश सिंह नेपाल सरकार वाहेक एक सामानान्तर सरकार का प्रमुख को रुपमा रहेको प्रतित हुन्छन  । केहि वर्ष अगाडी अमरेश सिंहले गरेको रात्रि भोजमा अाएका का पदाधिकारी, भारतीय राजदूतवासका कुटनैतिज्ञ श्री पियुस श्रीवास्तव, राष्ट्रिय अनुसन्धान विभागका भूतपूर्व आइ जी पि देवीराम शर्मा डि आई जी राजेन्द्र सिंह भण्डारी, ब्रीफकेस उजागर गरेका कारण छानवीनको दायरामा परेका एस एस पी रमेश खरेल लगायात उच्च प्रहरी अधिकृतहरुको उपस्थितिले सभासद अमरेश सिंहको शक्ति तथा प्रभाव कति सम्म रहेछ स्पस्ट रुपमा छर्लङग हुन्छ ।

नेपालमा राजनैतिक समस्या आईपर्दा छिमेकी को नाताले भारतीय उच्च तहका राजनैतिज्ञ जनता दल युनाइटेड का प्रभावशाली समाजवादी नेता डि पि त्रिपाठी तथा प्रभावशाली वामपन्थी नेता सिताराम येचुरीको समय समयमा नेपाल आगमन हुने गर्दछ । नेपालका ठूला पार्टीको विचारधारा समाजवादी तथा वामपन्थी भएको हुनाले यसलाई स्वभाविक प्रकृया तथा सकरात्मक रुपमा हेर्न सकिन्छ तर अमरेश सिंह नेपाली कांग्रेसका कुनै उच्च पदाधिकारी नभई एक सामन्य सभासद भएता पनि भारत तथा नेपाल सरकारले उच्च महत्व  किन दिएका होलान  यसले  पनि अमरेश सिंह शक्तिमान तथा  नेपाल का हेविवेट राजनैतिज्ञ हुन् भन्ने  प्रमाणित हुन्छ  ्र कुनै पनि अन्तर्वार्तामा उनको बारम्बार को थेको मा राजनीतिशास्त्र का विद्यार्थीभएको  अर्थात् अमरेश बाहेक नेपाल मा विद्वान राजनीति शास्त्र का विद्यार्थी कोहि छैनन् ।कि के हो  के पी ओली को राजिनामा  तथा बहिर्गमन ले  राष्ट्र मजबूत हुने हो कि अमरेश प्रवृति मजबूत हुन् त्यो चिन्ता को विषय बनेको छ  ? हेक्का रहोस यदि अब पनि अमरेश जस्ता पात्र  लाई अंकुश लगाउने प्रयाश गरिएन भने नेपाल एक दुर्बल राष्ट्र मा  परिणत हुने अवस्यम्भावी छ भनि बुझे हुन्छ ? अमरेश सिंह जस्तो प्रवृति  को उदय हुनु भनेको नेपाल एक कम्जोर निरिह राष्ट्र मा परिणत हुनु हो ?

 

Error: No articles to display