A+ A A-

बहुरुपिया प्रचण्ड र काँग्रेस मावोवादी गठबन्धन

अमरदीप मोक्तान

यदि कुनै अघटन भए मात्र नत्र भने हप्ता दस दिन भित्र मावोबादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक केहि महिना का लागि नेपाल को प्रधानमन्त्री बन्ने लगभग तय छ |

प्रचण्ड निवास लाजिम्पाट को केहि दुरी मा रहेको नजिकै बालुवाटार स्थित प्रधान मन्त्रि निवास मा प्रचण्ड केहि दिन बास गर्ने छन् | केपिओलि सरकार का प्रमुख घटक मावोबादी केन्द्र ले सरकार बाट समर्थन फिर्ता लिए पश्चात वर्तमान सरकार अल्मत मा परेको छ |मावोबादी केन्द्र को समर्थन फिर्ता पत्र प्राप्ति पश्चात अल्पमत मा परेको केपी ओली ले राजिनामा न दिने घोषणा पश्चात मावोबादी केन्द्र का वर्तमान सहयोगी कांग्रेस,मधेशी मोर्चा तथा केहि साना दल ले संसद सचिवालय मा अविस्वास को प्रस्ताव दर्ता गराएका छन् |यसै बीच मावोबादी केन्द्र तथा काँग्रेस बीच पाच बुदे सहमति अनुशार काँग्रेस ले गृह मन्त्रालय समेत १४ मन्त्रालय पाउने तथा प्रधान्मन्त्री समेत ८ मन्त्रि पद मावोबादी केन्द्र ले पाउने छ |

बाकी बचेका मन्त्रालय राप्रपा,मधेशी मोर्चा तथा साना दल को निमित्त छुट्याइएको समाचार छ | लोकतन्त्र मा साकार बन्नु र भत्किनु ठुलो कुरा होइन तर राष्ट्रिय स्वाभिमान प्रति अटल तह अडिग भएर विकाश को गति मा उन्मुख सरकार गिराउन के जरुरि थियो त् ? झुठ र्फरेब का बादशाह प्रचण्ड तथा मधेशी काँग्रेस गठबन्धन अप्राकृतिक हो भनौ भने गठबन्धन बन्ने लगभग तय छ | आउने दिन हरु मा विशाल थाती को रुप मा रहेको समस्या हरु अब बन्ने मावोबादी केन्द्र तथा मधेशी मोर्चा काँग्रेस गठबन्धन को सरकार ले कसरि पुरा गर्ने छन् त्यो हेर्न बाकी छ | प्रचण्ड को इतिहाश हेर्दा भद्र सहमति पालन न गरेको भनि सरकार बाट बाहिरिएका प्रचण्ड ले मधेशी मोर्चा तथा काँग्रेस संग भएको अन्तरिक भद्र सहमति पालन गरलान भन्ने मा घोर शंका छ | आदिवाशी जनजाती मधेशी थारु लगाएत धेरै लाइ झुक्याउने प्रचण्ड प्रचण्ड ले पुनः मधेशी मोर्चा तथा काँग्रेस लाइ न झुक्याउलान भन्न सकिन्न |

नेपाली को इतिहास भुल्ने बानी भएको कारण राष्ट्र प्रमुख हुन् लागेका प्रचण्ड को विगत स्मरण गराउन अत्यन्त जरुरि छ |स्मरण होस् प्रचण्ड प्रथम पटक प्रधान मन्त्रि को सपथ लिएको दोस्रो दिन कोशी नदि ले भयङ्कर रुप धारण गर्दै धेरै ज्यान माल को नोक्सानी भएको थियो अर्थात् अशुभ भएको थियो ,भाग्यको दोधार मा उभ्भिएको नेपाल को प्रधानमन्त्री मा पुनः दोस्रो पटक प्रचण्ड हुने योग बनेको छ | जन्सिद्ध झुक्याउने आदत का कारण आज नेपालमा पैदा भएको अस्तव्यस्त स्थितिका मुख्य जिम्मेवार मध्ये प्रचण्ड पर्दछन भन्दा अन्यथा हुने छैन । अन्तरिम संविधानलाई धुजाधुजा बनाउने तथा न्यायपालिकालाई समेत इतिहासमा कलंकित बनाउने योजनाकार प्रचण्ड नै थिए |

पहाड का सोझासाझा आदिवासी जनजाती लाइ धोका दिएर मधेश बाट चुनाव लड्ने घोषणा गर्दा प्रचण्ड द्वारा पहाड मा झुक्याइयेका जनता ले पहाडको अनिष्टकारी ग्रह मधेसमा सर्ने भयो भनि खुशी प्रकट गरेका थिए । झुटको पोको, बाचाका व्यापारी, विश्वास गर्नै नहुने पात्र प्रचण्डको मधेसबाट चुनाव लड्ने उद्घोष गर्दा पहाडी जनताले त शरिरको पीलो पन्छिने भयो भनेर हर्षित भएका थिए । प्रचण्डको झुट र धोखाका कथा यति धेरै छन् कि जसको वर्णन गरिए एउटा ठूलो पुस्तकको निर्माण हुन सक्छ । कुरा फेर्न सिपालु प्रचण्ड पटक(पटक कुरा फेरेकोमा किन्चित पनि पश्चाताप बोध गर्दैनन् । भारतविरुद्ध सुरुङ्ग युद्ध गर्ने प्रचण्डको उद्घोष गर्दै भारतीय झण्डामाथि बुटले कुल्चेको पोष्टर छाप्ने माओवादी नै हुन् । १२ पटक सम्म मधेसवादी दलको बहिष्कारका कारण प्रधानमन्त्री बन्न नपाउँदा खिन्न भएर भारतलाई इंगित गर्दै विदेशी प्रभुले गर्दा पाइनँ भन्ने रुन्चे अभिव्यक्ति दिने प्रचण्ड नै हुन् ।

बाबुराम प्रधानमन्त्री हुन साथ नेपालका अन्य नेताको तुलनामा बढी भारतीयपरस्त देखिने नेता पनि प्रचण्ड नै हुन् भन्ने सर्वविदित् नै छ । स्मरण होस् नेपालको प्रधानमन्त्रीको रुपमा भारत भ्रमणको क्रममा हिन्दुवादी समर्थक भारतीय पत्रकारले प्रचण्डलाई भारतविरोधी किन भन्ने प्रश्न गर्दा प्रचण्डले सोझै नकार्दै “राम भारत अयोध्याको, सीता जनकपुर नेपालको हामी कसरी भारतको विरोधी हुन सक्छौं ?” भन्ने जवाफ दिएका थिए । नेपाल भारतको रोटी बेटीको सम्बन्ध छ भन्ने उनको बयानप्रति आश्चार्य प्रकट गर्दै प्रचण्डको बहुरुपीया चरित्र बारे हिन्दुवादी पत्रिका ओर्गनिजर मा लेख प्रकाशित भएको थियो ।

नेपाली जनता सामु अहिले पनि प्रचण्ड कारनामा झल्झली छ | प्रचण्डले कसलाई मात्र झुक्याएनन् ? सेरेमोनियल राजा बनाउछु भनि राजालाई झुक्याए, गिरिजाप्रसाद कोइराला, माधव नेपाललाई राष्ट्रपति बनाउछु भनि झुक्याए । आदिवासी, मधेसी, सुशील कोइरालालाई प्रधानमन्त्री बनाउछु भनि मुर्ख बनाए ।  बाबुराम भट्टराईको बाहिर्गमनका लागि स्वतन्त्र व्यक्तिको नाममा संविधानसभा हत्याको वातावरण निर्माण गर्ने सर्वोच्चका मुख्य न्यायधिश खिलराज रेग्मीको नाम प्रस्ताव गरि कांग्रेस, एमालेलाई समेत घुँडा टेकाउदै अन्ततः खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाएर नै छाडने पनि प्रचण्ड नै हुन् ।

प्रचण्डको कारण न्यायपालिका माथि कहिले नमेटिने कालो धव्बा लागेको छ । न्यायपालिकाको गरिमा तथा निष्ठालाई इतिहासमा कलंकित बनाउन समेत चुकेनन् प्रचण्ड । नेपालको अन्तरिम संविधान धुजा-धुजा भई रद्दि कागजमा परिणत गराउने त्यसका मुख्य अभियुक्त र कारकतत्व पनि प्रचण्ड नै हुन् । हिन्दुका आराध्यदेव पशुपतिनाथ तथा भगवान् बुद्धको जन्म स्थल लुम्बिनीमा अतिक्रमण गर्ने दुस्साहसी पात्र प्रचण्ड नै हुन् । राष्ट्रपति ले हस्त्क्षेप न गरेको भए प्रचण्ड द्वारा सेना मा राजनीतिकरण को प्रयास ले बल्ल बल्ल सेनापति पद का लागि स्थान बनाएका आदिवाशी समुदाय का छत्रमान सिङ्ग गुरुङ झन्डै सेनापति पद बाट वन्चित हुन् पुगेका थिए | पहाड का आदिवाशी जनजाती ले प्रचण्डपोषण गर्दा धेरै गुमाएका ,प्रचण्ड पोषण गर्दा पहाड का जनजाती आदिवाशी क्षेत्र मा रगत को खोलो बगेको थियो गाउ का गाउ सुनसान विरान भयो सबै भन्दा बडी त्याग बलिदान सहादत दिने आदिवाशी ले के नै प्राप्त गरे हात लग्यो शुन्य बाहेक |

आफ्नै दम्भ का कारण प्रधानमन्त्री पद गुमाएका प्रचण्ड पुनः दोस्रो पटक प्रधानमन्त्री बन्ने छन् तर राष्ट्र ले के पाउने त्यो मूल कुरा हो | यदि अति मह्त्वकान्छी प्रवृति का प्रचण्ड लाइ प्रधानमन्त्री बनाउन राष्ट्रिय स्वाभिमान प्रति अटल अडिग केपी ओली सरकार लाइ कसैको हित का लागि कसैको इशारा मा अपदस्थ गर्न लागिएको हो भने राष्ट्र को लागि दुर्भाग्यपूर्ण हुने छ | प्रधानमन्त्री जो कोहि बनुन त्यसको कुनै सरोकार छैन तर राष्ट्रिय स्वाभिमान ,राष्ट्रिय अखण्डता माथि खलल पुर्याउने कार्य नेपाली जनता लाइ असहनीय हुने छ भनि मनन गर्न जरुरि छ | प्रचण्ड ले प्रधानमन्त्री पद प्राप्ति पश्चात उनले गरेको कार्य ले मुल्यांकन हुने छ यदि प्रचण्ड ले बाचा गरे बमोजिम प्रलयकारी भुकम्प ले ध्वस्त बनेका पहाड का जनता लाइ एक मुस्ठ तिन लाख रुपैय्या दिने वचन को पालन गरे निसन्देह पहाड मा प्रचण्ड को जयजयकार हुने छ |

अखण्ड चितवन समर्थक प्रचण्ड तथा अखण्ड सुदुर पश्चिम समर्थक शेर बहादुर देउवा ले एक मधेश दुइ प्रदेश , जनसंख्या को आधार मा निर्वाचन क्षेत्र तथा बैबाहिक अंगिकृत लाइ बंसज नागरिक सरह प्रधानमन्त्री राष्ट्रपनि लगाएत उच्च पद प्राप्त हुन् सक्ने मधेशी मोर्चा को माग कसरि सम्बोधन गर्ने छन् त्यो नेपाली जनता हेर्न आतुर छन् | बहुरूप का धनि प्रचण्ड ले प्रधान मन्त्रि पद मा शोभायमान पश्चात विगत जस्तै हुने न हुने घोषणा गरेर राष्ट्र लाइ धराप मा पार्ने हुन् कि मधेसी दल तथा काँग्रेस संग गरिएको भद्र सहमति विरुद्ध कार्य गरेर अभद्रता को प्रदर्शन गर्दै नेपाल लाइ पुनः अस्थिर बनाउने हुन् कि राष्ट्रिय स्वाभिमान को रक्षा गर्दै नेपाल लाइ आर्थिक विकाश को गति मा डोर्याउदै समृद्ध नेपाल निर्माण गर्ने हुन् हेर्न बाकि छ |

डाडा खर्क,दोलखा

Error: No articles to display