A+ A A-

नेपाल मगर संघको नवनिर्वाचित कार्यसमितिको भूमिका

डोलु आले मगर

 जेठ,१-नेपाल मगर संघ केन्द्रीय कार्यसमितिको बैशाख १८ देखि २२ गते  चितवनमा भएको ११औ राष्ट्रिय महाधिवेशनले युवा तथा जुझारु नेता नविन रोका मगरलाई अध्यक्ष पदमा अत्यधिक बहुमतले चयन गर्दै सम्पन्न भएको छ।

वि.स.२०७२ असोज ३ गते जारि संविधानमा पहिचान सहितको संघियतालाइ तिलान्जली दिंदै जारि उक्त संविधानमा मगरात भूमिलाई  ३ प्रदेशमा विभाजन गरेर मगरात भूमिलाई छिन्न भिन्न पारिएको  छ। अर्थात मगरहरुको सघन वस्तीलाई नियतवस फरक फरक प्रदेशमा राखिएको छ। मगरहरु तथा मगरात प्रति समर्थन राख्ने गैर मगरहरुले त्यसको  विरोध कुनै न कुनै हिसाबले गर्दै आएको  छ। त्यसको नेतृत्व गर्दै आउने एक जुझारु  युवा नेता थिए नविन रोका मगर उनि नेपाल मगर संघको महासचीव थिए।

पहिचान सहितको संघियता विरोधी गठबन्धनलाई धुलो चटाउदै पहिचान सहितको संघीय गठबन्धनको नेतृत्व नविन रोका मगरको जितले ढिलै भए पनि मगरात प्रप्ति मगरहरु  सचेत  बन्दै गएको संदेश दिएको छ। मगरात जातीय  राज्य होइन। यो कुनै जातीय विद्धेष फैल्याउने माग र राज्य विखण्डन गर्ने एजेन्डा होइन र यो  हुनु पनि  हुँदैन। अरु जात(जातिविनाको मगरात राज्यको परिकल्पना हुनै सक्दैन। संविधानले मगरात भूमिलाई ३ तिर विभाजित  गरेको छ । नामाकरण  जे गरे पनि उक्त भूमिलाई एकीकृत गर्नको  लागि सशक्त आवाज  बुलन्द पार्नु र त्यसको नेत्रृत्व  सहि तरिकाले  प्रदान गर्नु आजको आवश्यकता हो। र यो गर्न उनि सक्षम छन् र आफ्नो काँधमा आइपरेको  जिम्मेवारी पुरा गर्नेछन्  भन्ने  विस्वासको साथ अत्यधिक बहुमत प्राप्त  गरेका छन्। मगरहरु ढुट, खाम ९पागं०  र काइके गरि ३ भाषा  बोल्नेहरु छन्। डोल्पा तिर बोल्ने  काइके भाषी मगरहरु निकै कम छन्। करिब करिब यो भाषा  अति लोपुन्मुख अवस्थामा छ। वि।स। २०६८ सालको जनगणना अनुसार जम्मा ५० जनाले मात्र यो भाषा बोल्ने गर्छन्। त्यस्तै खाम भाषा बोल्नेहरुको तथ्यांक अनुसार करिब सत्ताइस हजार रहेको छ।

रोल्पा, रुकुम, दाङ  बाग्लुङ,म्याग्दी तिर बोलिने यी भाषा पनि लोपुन्मुख नै छ।  यी दुवै अठार मगराँत क्षेत्रका भाषीहरु हुन्।  करिब १९ लाख  मगरहरुको जनसंख्या नेपालमा रहेको तथ्यांक  छ। करिब ९ लाख मगरहरुले मगर भाषा बोल्ने  गरेका छन्। काइके र खाम मगर  भाषीको संख्या घटाएर बाँकि रहेका अरु ढुट भाषी हुन्। जुन १२ मगराँत क्षेत्रमा बोलिने गर्दछ। बाह्र मगरात भन्नाले विशेष  गरेर पाल्पा,तनहुँ,स्यांग्जा र नवलपरासी पर्दछ। मगरहरुको जनसंख्याको  अनुपातमा यो भाषा बोलिने  संख्या सन्तोषजनक हुँदै होइन।

जारि संविधानमा नेपालमा बोलिने सबै मातृ भाषाहरुलाई राष्ट्र भाषाको रुपमा मान्यता  दिएता पनि मात्री भाषामा शिक्षा दिने  राज्यको दायित्व छैन। मातृ भाषिक समुदायले आफ्नो भाषा विकास तथा संरक्षण  गर्नको निम्ति विधालय तथा शैक्षिक संस्था खोल्ने र संचालन गर्ने गराउने  हक हुनेछ भनिएको छ। यसको भावार्थस् राज्यले  उक्त भाषा संरक्षण तथा विकास  गर्न लगानी  गर्न पनि सक्छ नगर्न पनि  सक्छ राज्य संविधानत बाध्यकारी हुने छैन। कुनै पनि समुदायको भाषा संरक्षण तथा विकास गर्नको निम्ति उक्त  समुदाय नै बढी  सचेत र जागरुक  हुनु जरुरि छ।  तसर्थ विगत  लामो इतिहास बोकेको नेपाल मगर संघको नेतृत्वले अब भाषा संरक्षण तथा विकासको निम्ति आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।

मागरहरु फुटाउ र  राज गर भन्ने सिद्धान्तले  नेपाल एकिकरणको  नायक पृथिवी नारायण  शाह देखिनै  प्रताडित बन्दै आएको छ। त्यसैको निरन्तरताको एक रुप अहिले एक समुह पुनहरू मगर होइन भन्दै छुट्टै जाति सूचीकरणको निम्ति पहल गर्दै आएको खबर सुन्नमा पाइन्छ। नेपाल भित्र  जातीय विविधता भए जस्तै मगर समुदाय भित्र पनि धेरै विविधता छन्।

भाषिक,भेष,रितिरिवाज, चालचलन, परम्परा ,लवाईखुवाई   अठार मगरात र बाह्र  मगरात विच  केहि समानता र केहि भिन्नता रहेको छ। गण्डक क्षेत्र र पूर्वी भेग तिर बोलिने  ढुट भाषामा केहि फरक भेटिन्छ। तर यसैलाई आधार  बनाएर देशको तेस्रो ठुलो जनसंख्या र  आदिवासी  जनजातिहरु मध्ये पहिलो ठुलो जनसंख्या भएको  समुदाय मगरहरुलाई विभिन्न तत्वहरुले फुटाउने खेलहरु अझै गर्दै आएका छन्। सिधा अर्थमा भन्नु पर्दा अहिले पुन  मगर जाति होइनौ भन्ने एक समुह, पुन  मगर हौँ भन्ने  अर्को समुह र गैर पुन मगर  समुहहरुको विच देखिएको असमझदारीहरु जुन छ त्यसलाई पनि सदाको निम्ति  हटाउने , मेटाउने छ र फेरी पनि मगर समुदायलाई फुटाउन र फुट्नबाट जोगाउन नेपाल मगर संघको नेतृत्वले पहल जरुर गर्नुपर्ने छ।  नेपाल मगर संघले पुरा गर्नुपर्ने कार्यभार र भूमिका धेरै होला। विशेष गरि अहिलेको प्रमुख भूमिका भनेको  ३ तिर विभाजित मगरात भूमिलाई एकीकृत गर्नु हो।

३ मगर  भाषिक समुदायहरुलाई आफ्नो भाषा प्रति सचेत गराउंदै भाषा संरक्षण तथा विकास गर्नु हो। त्यसको लागि नेपाल मगर संघले विधालय तथा शैक्षिक संस्था संचालनको निम्ति भात्रृ संगठनहरु संग,  मातृभाषा संरक्षणको निम्ति  लागिपरेका अरु संघ(सङ्गठन तथा  व्यक्तिहरु संग  समन्वय गर्दै  अगाडी बढ्न सकिन्छ। र अर्को प्रमुख र सल्टाउनै पर्ने  विषय भनेको पुनहरु पनि मगर नै हुन्, छुट्टै जाति होइन अर्थात् पुनहरु मगर होइन भन्ने समुह  ,नेत्रित्व संग छलफल गरेर असमझदारी हटाउनु  हो। विस्वाश छ नेपाल मगर संघको  ११औं  महाधिवेशन बाट नवनिर्वाचित कार्यसमितिको पदाधिकारीहरु यी तिन प्रमुख मुद्धाहरु सल्टाउन लागि पर्नेछन र  सम्पूर्ण मगर तथा गैर  मगरहरुको साथ र  सहयोगले  सफल हुनेछन्।

 (मगर स्याङ्जा  निवासी हुन, उनी हाल दक्षिण कोरियामा कार्यरत छन्)

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर