A+ A A-

संस्कृति संरक्षण गर्न कौरा सम्मलेन हुदै

प्रताप रानामगर, तनहुँ

मगर समुदायको संस्कृति संरक्षण गर्नका लागि तनहुँको दमौलीमा प्रथम राष्ट्रिय मौलिक कौरा सम्मेलन हुने भएको छ । पछिल्लो समयमा कौरा नृत्यमा विकृति आएको भन्र्दै संरक्षण गर्नका लागि राष्ट्रिय मौलिक कौरा सम्मेलन गर्न लागिएको हो । राष्ट्रिय मौलिक कौरा संरक्षण तदर्थ समितिको आयोजनामा यही जेठ १५ र १६ गते दमौलीमा राष्ट्रिय मौलिक कौरा सम्मेलन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन ।
कौरा सम्मेलनमा तनहुँ, स्याङजा, पाल्पा, कास्की, नवलपरासी सहित ७ जिल्लाबाट कौरा टिमको सहभागिता हुने राष्ट्रिय मौलिक कौरा संरक्षण तदर्थ समितिका संयोजक हर्क आलेले जानकारी दिएका छन । कौरा सम्मेलनमा ६ महिला, पुरूष ८ जना, टोली प्रमुख १ जना सहित मगर मौलिक भेषभूषा, गरगहना, खैजेडी, मुजुरा, झर्रा, झ्यालीको साथमा सहभागि हुनुपर्ने आयोजकले जनाएको छ । मौलिक कौरा सम्मेलनमा प्रथम हुनेलाई २५ हजार, द्धितियलाई २० हजार, तृतियलाई १५ हजार र सान्त्वनालाई ५ हजार प्रदान गरिने छ ।

के हो कौरा नृत्य ?

रोदी घरमा केटाहरुले खैजेडी बजाएर गीत गाउने र केटीहरु समुहमा नाँच्ने नृत्यलाई कौरा नृत्य भनिन्छ ।

उत्पति कहाँ कहिले भएको हो ?

डा.बराल (२०५०ः११५) पाल्पा, जित बहादुर पुलामी देउराली ४ नवलपरासी, खेमान सिं पुलामी मगर नवलपरासी, लिला बहादुर गाहामगर नरम गाविस नवलपरासी, आदिले आज भन्दा ७६ बर्ष अगाडि देखि नवलपरासी, पाल्पा, गोरखा, मनकामनामा समेत नृत्य प्रचलन भएता पनि मुख्य उत्पत्ति थलो तनहुँ जिल्लाको ऋषिङ्ग, क्षेत्र नै हो भन्ने स्वीकार गरेको पाइन्छ । साँस्कृतिक अगुवा चिरन्जीवी आले काहुँशिवपुर १ का अनुसार ऋषिङ्ग क्षेत्रमा वि.स १९८० तिर नै कौरा नृत्य उत्पत्ति भइसकेको थियो । त्यसैले कौरा नृत्य वि.स १९८० आसपास तनहुँ जिल्लाको दक्षिण ऋषिङ्ग क्षेत्रमा मगर समुदायमा भएको अनुमान गर्न सकिन्छ ।

नामांकरण कसरी भएको हो ?

डा.बराल (२०५०ः११५) अनुसार अविवाहित युवतीलाई मगर भाषामा कडावा भनिने र कडावाबाट कौरा नामाकरण भएको, नवलपरासी क्षेत्रतिर कालीपुर तनहुँमा पानी भर्न कुरुवा बस्दा गाउने गरेकाले कुरुवाबाट कौरा भएको वा कानराहाबाट कौरा भएको व्यक्त गरिए पनि कौंरा प्रचलन अधिकांश क्षेत्रमा कडावा शब्द प्रचलनमा भएको नदेखिएको, कौरा गीत, नृत्य पधेंराबाट, नभई रोदीघरबाट नै भएको यथार्थ समेतले तथा रोदी घरमा प्रवेश गर्दा र गीत सुरु गर्दा पनि "कानराहा” शब्द प्रयोग हुने भएकाले कानराहा बाट नै कौरा नामाकरण भएको मान्न सकिन्छ । मगर भाषामा कानराहा भनेको हामी आयौ हुन्छ । कानराहा भान्जीको भन्दै तन्नेरीहरु रोदी घरमा प्रवेश गर्ने र गीत सुरु गर्दा पनि भान्जीको झेर्मोन ले माले ? नाकुं माया कानखटा ले । भनेर गीत गाउने मगर भाषामा गाउने चलन छ ।

भेषभुषा

सुरुमा तरुनीहरु नितान्त मौलिक मगर भेषभूषामा पनेलको चोलो, घरबुना गुनियो, घरबुना पछ्यौरी, पटुका, घलेक लाउथे पछि रातो मखमली, चोली, गुनियो, पहेंलो वा निलो पटुकी, घलेक, पछ्यौरी, ठिमुरा माला, सिरफुल, सिरबन्दी, ढुग्री, जन्तर, कण्ठ, रैँया, ठोका बाला, चुरी, फुली, बुँलाखी, मडवारी र खुट्टामा झर्रा लगाउने गर्दछ । तन्नेरीहरु सुरुमा घरबुना भोटो, घरबुना कछाड, पटुकी निलो, स्टकोट, घरबुना कै टोपी, टोपीमा काँक्राको बियाँको रंगीन झुम्के फुल लाउँथे । पछि घरबुनाको ठाउँमा सेतो कमिज भएको छ । तन्नेरीहरु हातमा चाँदीका बाला र कानमा सुनका वीरबुली लाउने गर्दथे ।

कहाँ कहाँ प्रचलनमा छन ?

यो नृत्य खास गरेर तनहुँ ऋषिङ्गबाट उत्पत्ति हुर्दै पश्चिम नवलपरासी, पाल्पा र पूर्वमा गोरखा सम्म बिशेष प्रचलनमा रहेको भए पनि आज देशैभरी मात्र नभई विदेशमा हङहङ, युके, युएसए लगायत विभिन्न मुलुकमा प्रचलनमा भइरहेको अवस्था छ ।

कुन ऋतुमा नृत्य गरिन्छ ?

फागु पूर्णिमाबाट सुरु भएर श्रावण सक्रान्ति सम्म भन्ने एउटा मन्यता छ । चैते दशैं देखि असार पूर्णिमा सम्म भन्ने अर्को मन्यता छ । यसरी नै चैते पूर्णिमा देखि असार पूर्णिमा सम्म भन्ने पनि मन्यता रहेको छ ।

खास बिशेषता के हो ?

यो नृत्य सबैभन्दा बढी उदार, फराकिलो र लोकतान्त्रिक छ भन्न सकिन्छ । किनभने यसमा जोसुकै संख्यामा जुन कुनाबाट पनि सहभागि हुन सकिन्छ ।

सामाजिक महोत्व के हो ?

सबै विविधतालाई एउटै एकताको मालामा गाँस्न शान्ति, सद्भाव कायम राख्न ठूलो भुमिका खेल्ने साँस्कृतिक सूत्रको रुपमा रहेको छ कौरा ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर