A+ A A-

कसरी टुङ्गियो नेपाल – अङ्ग्रेज युद्ध ?

डा. प्रेमसिंह बस्न्यात

Image result for prem singh basnyat 
नेपाल–अङ्ग्रेज युद्ध नेपालीका लागि ठूलो पीडा बनेको छ । युद्ध अङ्ग्रेज प्रशासित व्यापारिक संस्था इस्ट इण्डिया कम्पनीस“ग लडियो, भारतस“ग होइन । तसर्थ भारतलाई यस युद्धबारे खासै ज्ञान छैन भने भारतले चासो पनि राख्दैन । नेपालको पीडा भारतलाई थाहा छैन । अङ्ग्रेज र नेपालको युद्ध भयो, नेपालले झण्डै आधा भू–भाग गुमायो, फाइदा भारतलाई भयो । हाम्रो इतिहासले हामीलाई वीर भने पनि, अङ्ग्रेजलाई घुँडा टेकाउने, राष्ट्रियता जोगाउने आदि जेजे भने पनि यो युद्धमा नेपालीको नराम्रो हार भएकै हो । हाल रहेको मेची महाकालीबीचको नेपाल रहनुमा पनि, अङ्ग्रेजले पूरै नेपाल लिन नचाहेर नै हो । अङ्ग्रेजले नेपाललाई साम्राज्यमा गाभ्नुभन्दा पखेँटा काटेको चराजस्तै बनाउन चाहन्थ्यो । तत्कालीन युद्ध मनोविज्ञानलाई केलाउने हो भने सुगौली सन्धि हुनु १५ दिनभित्रै अङ्ग्रेज राजधानी काठमाडौँलाई दख्खल दिन सामर्थ हुन सक्ने देखिन्छ । जे भयो राम्रै भयो । सुगौली सन्धिले हालको नेपाल बचायो ।

उक्त युद्ध नेपालीले हार्नुमा मुख्य कारणमा नेपाल दरबारमा निर्णायक शक्ति राजा नाबालक भएको र त्यसपछिको शक्ति भनेको भाइ–भारदार थिए । मुख्यरूपले बस्न्यात, पा“डे र थापा खलकबीचको गुट, मारकाट, षड्यन्त्रले गर्दा राजनीतिक स्थिति भयावह थियो । नव उदियमान शक्ति भीमसेन थापाको बोलवाला सुरु भयो, राजा रणबहादुर शाहको हत्यापछि । पुराना भारदारप्रति उनको सम्मान रहेन । राज्य सञ्चालनको विषयमा मतमतान्तर धेरै हुन्थ्यो । सोही क्रममा अङ्ग्रेजस“ग युद्ध गर्ने र नगर्ने पक्षमा विवाद भयो । विशेष गरी आर्थिक कारणले हात हतियारको दर्बलताले गर्दा पुराना भारदार युद्ध नगर्ने पक्षमा थिए तर भीमसेन थापा र उनको परिवार भने युद्ध गरी अङ्ग्र्रेजलाई तह लगाउने पक्षमा रहे । अन्ततः युद्ध गर्ने नै निधो भयो । यसरी राष्ट्रियताको युद्धमा युद्ध गर्ने र नगर्ने पक्षमा भाइ भारदार बाँडिनु र युद्ध भूमिमा जानुपर्दा कार्यगत एकता नहुनु ठूलो कमजोरी थियो भने नेपालको तत्कालीन आर्थिक अवस्था कमजोर थियो, युद्ध लड्नको लागि ।


संसारमा सबैैभन्दा महंँगो पाटो भनेको युद्ध सञ्चालन गर्नु हो । नेपालले नेपाल–चीन–तिब्बत युद्धमा ठूलो क्षति र खर्च व्यहोर्नु परेको थियो । अङ्ग्रेजस“ग युद्ध गर्नु अगाडि उक्त युद्धमा जति धनजनको क्षति नेपालमा कहिल्यै भएन । तिब्बतस“गको व्यापारले नेपालको आर्थिक पक्ष धेरै बलियो थियो । युद्धपछि सबैै समाप्त भयो । अर्कोतर्फ नेपाल एकीकरणको सिलसिलामा सन् १८०९ सम्म नेपाल का“गडामा युद्ध लडिरहेको थियो । जसका लागि नेपालको ठूलो धन राशि खर्च भइरहेको थियो । युद्धको लागि पैसा नै बलवान हुन्छ तर नेपालमा तत्काल आर्थिक अवस्था एकदम कमजोर थियो । युद्ध सामग्रीको कमी हुनु अर्को पक्ष थियो । अङ्ग्रेजको हात हतियार आधुनिक थिए । यता नेपाली पक्षको भने भरुवा बन्दुक, नेपालमा बनेका साना तोप, खुकुरी, घुंयत्रो, धनु, ढाल, तरबारजस्ता परम्परागत हतियार थिए । लड्ने फौजको जोसअनुसार हात हतियार भएको भए त्यस युद्धमा नेपालीको जित सम्भव थियो । 
लडाइँ गर्न ‘लजेष्टिक’ बन्दोबस्त नहुनु अर्को कमजोरी थियो । महाकालीदेखि गढवालसम्मको युद्धमा त्यहाँ लड्ने कमाण्डरले स्थानीय जनताबाट कर असुल गरेर र घरलौरी लड्ने सिपाही झिकाएर युद्ध सञ्चालन गरेका थिए । काठमाडौँंबाट गढवाल क्षेत्र झण्डै ५०० कोस टाढा भएर पनि राम्रो बन्दोबस्त हुन सकेको थिएन । अर्को शब्दमा भन्नु पर्दा यो क्षेत्रमा लड्ने सैनिक कमाण्डर बहादुर शाह पक्षका र भीमसेन थापाका विरोधीको रूपमा लिइन्थ्यो ।

चौतारीया बम शाह र बडाकाजी अमरसिंह थापास“ग भीमसेन थापाको राम्रो सम्बन्ध थिएन । बम शाह र अमरसिंह थापा आ–आफ्नै खु्ट्टामा उभिएर युद्धको खर्च र बन्दोबस्त जुटाउंदै थिए तर बुटवल पूर्व मोरङसम्मको युद्धमा भने भीमसेन थापाका भाइ र भतिजाले युद्ध सञ्चालन गर्दै थिए । यस क्षेत्रमा नेपाल सरकारको प्रत्यक्ष र सक्दो आर्थिक र बन्दोबस्त रहेको थियो । जसरी यस क्षेत्रमा राज्यले सहयोग प्रदान ग¥यो, त्यसरी नै पहिलो चरणको युद्धमा अङ्ग्रेजले सानो तिनो युद्धमा नै हा¥यो र बुटवलदेखि मोरङसम्म नेपालले सफलता पायो तर महाकाली पश्चिमको युद्धमा भने पहिलो चरणमै अङ्ग्रेजको जित भयो । फलस्वरूप कुमाउ“ र गढवाल क्षेत्र पूरै खाली गरी नेपाली फौज फक्र्यो र अङ्ग्रेजको राज भयो । पछि कुमाउ“ गढवालका अङ्ग्रेज फौज मकवानपुर, हरिहरपुरगढीको युद्धमा लड्न आए र नेपालीलाई हराइ सुगौली सन्धि गर्न बाध्य बनाए । नेपाल सरकारले महाकाली पश्चिमको युद्धमा पनि राम्रा बन्दोबस्त दिएको भए अङ्ग्रेजस“ग युद्ध जित्ने बलियो सम्भावना थियो ।


सबैभन्दा कमजोर पक्ष भनेको राष्ट्रियताको भावना नभएको सैन्य शक्तिले गर्दा पनि नेपालीलाई युद्धमा बेफाइदा पुरायो । विशेष गरी महाकाली पश्चिमको नेपाली फौजमा करिब १० प्रतिशत खाँटी नेपाली र ९० प्रतिशत स्थानीय कुमाउ“ली र गढवाली फौज थिए । जसलाई नेपाली हौं भन्ने भावना थिएन भने उनीहरू नेपाली भाषा पनि जान्दैनथे । आर्थिक कर अति नै तिर्नुपर्ने र जबरजस्ती सेनामा भर्ना हुनुपर्दा कुमाउ“ली र गढवालीलाई नेपालप्रति वैरभाव फैलिएको थियो । त्यसमा पनि अङ्ग्रेजको नेपालीविरुद्धको प्रोपोगाण्डाले गर्दा उनीहरू नेपाल विरोधीजस्तै भइसकेका थिए । युद्धको क्रममा हजारौँ कुमाउ“ली र गढवाली नेपाली सेना भागेर गई अङ्ग्रेजको फौजमा भर्ना भए भने तिनीहरू नै पछि नेपाली विरुद्ध लड्न आए । जसबाट नेपाली फौजलाई ठूलो घाटा पर्यो ।


अर्को विचरणीय पक्ष दज्र्यानी सन्तुलन नमिलाई सैनिक नेतृत्व बाँडफाँड गर्नुलाई पनि कमजोरी नै मान्नु पर्छ । किनभने बुटवलदेखि मोरङसम्मको युद्धमा कर्नेल र जर्नेलले नेतृत्व गरेका थिए भने महाकाली पश्चिम काजी र चौतारीयाले । जनरल भीमसेन थापाका पिता, भाइ र भतिजले मात्र जर्नेल–कर्नेल पाएका थिए । एउटै सेनामा जर्नेल ग्रुप र काजी ग्रुप बनाइ युद्ध सञ्चालन गर्नुको सट्टा भीमसेन थापाले आफ्ना भाइ भतिजलाई पनि महाकाली पश्चिमको नेतृत्व दिएको भए ठाडै मनमुटाव हुने थिएन । 
त्यसैगरी यातायात तथा सञ्चार मार्ग अव्यावहारिक र टाढा भएर पनि लडाइँले नेपालीलाई साथ दिएन । काठमाडौँंदेखि गढवाल पुग्ने बाटा घाटा राम्रा थिएनन् भने करिब पाँच सय कोसको दुरीमा थियो ।

काठमाडौँंबाट पठाइएका खबर, चिठ्ठी पुग्न महिनौंँ लाग्थ्यो । सबैै चीज मान्छेले बोकेर पु¥याउनु पथ्र्यो । बीचबीचमा अङ्ग्रेजले छापा मारी नेपालीको अति महìवपूर्ण र गोप्य खबर खोसेर लैजान्थे । उता अङ्ग्रेजको भने रेल, गाडी, हात्ती, घोडा, खच्चड र भरियाको प्रयोग गर्दथे । रेडियो सेटबाट सञ्चारको मिलाप गर्दथे । नेपालीको त्यो सुविधा थिएन । अङ्ग्रेजको प्रोपोगाण्डा र घुस खुवाउने रणनीतिबाट नेपालीलाई धेरै बेफाइदा पुगेको थियो । विशेष गरेर अङ्ग्रेजले कुमाउ“ गढवाल इलाकामा नेपालीलाई अत्याचारी र व्यभिचारीको रूपमा चित्रण गरी नेपालीको अत्याचारबाट मुक्त गराउनका लागि अङ्ग्रेज त्यस इलाकामा आएको भनी प्रचार गरियो । उता नेपालीलाई सहयोग गर्ने स्थानीय राजा, रजौटा, व्यापारी, सैनिक कमाण्डरलाई विभिन्न प्रलोभन र घुसमा पारी उनीहरूको नेपाल सरकारप्रतिको आस्था र सहयोगलाई कटौती गरी अङ्ग्रेजको पक्षमा पारे ।

फलस्वरूप नेपाली सेनालाई रासन पानी जुटाउन, लडाकु भर्ती गर्न र खबर सङ्कलन गर्न धेरै कठिनाई प¥यो । त्यसैगरी बम शाह र अमरसिंह थापाको नैतिकतालाई किन्न अङ्ग्रेजले विभिन्न प्रलोभन दिन थाले । अमरसिंहले त्यसलाई लात मारे भने बम शाह त्यसमा फसेर उनले कुमाउ“ अङ्ग्रेजलाई छाडी डोटी फर्के । युद्धभूमिमै अङ्ग्रेजले नेपालीलाई घुस दिन थालेको थियो । हजाराँै गढवाली र कुमाउ“ली सैन्य सोही कारणले भागेर अङ्ग्रेज फौजमा भर्ना हुन पुगे र नेपाली फौजको विरुद्धमा लड्न आए । नेपाली सेनामा सैनिक विद्रोहसमेत भयो, त्यही कारणले ।

अर्कोतर्फ हेर्ने हो भने मेजर जनरल अक्टर लोनीले नेतृत्व गरेको दोस्रो चरणको युद्धमा हरिहरपुरगढी र मकवानपुरगढीतर्फ बढ्दा गैह्रसैनिक नेपाली हुलाकी मुखिया, तह बिल्दार, जमिनदार र महिलालाई ठूलो रकम घुस दिएर नेपालीकै सहयोगले चोरी बाटोबाट अप्रत्यासित रूपले नेपालीको ‘डिफेन्स’ इलाकामा आइपुगी अङ्ग्रेजले हमला गरेका थिए ।


युद्धको समयमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध युद्धका लागि अनुकूल थिएन । आक्रमक युद्धमा भन्दा प्रतिरक्षात्मक युद्धमा बाह्य सहयोग अभैmँ चाहिन्छ । नेपालको युद्ध रणनीति प्रतिरक्षात्मक थियो । युद्ध लड्ने निर्णय गर्नु पहिला छिमेकी मुलुकस“ग सैन्य सहयोगको लागि विभिन्न देश तथा रजौटालाई पत्राचार गरिएको थियो तर कसैले पनि जवाफ दिएनन् । भीमसेन थापाको पहल, जोस र अठोट प्रशंसनीय भएर पनि उनी युद्धमा एक्ला भए । नेपाललाई सहयोग नदिनुमा तिब्बतले नेपाललाई ठूलो दुष्मनको रूपले लिने, चीनस“ग पनि भरखरै युद्ध भएकोले नकारात्मकरूपले हेर्ने र नेपाल एकीकरणको सिलसिलामा जमिनी सीमा निर्धारण हुन नसकी बङ्गालको नवाव, अवधको नवाव तथा पञ्जावको राजा रणजितसिंहले पनि नेपाललाई अतिक्रमणकारीको रूपले हेर्दथे । त्यस स्थितिमा छिमेकी राज्य नेपालको भलो चाहनेवाला कोही थिएनन् भने पनि हुन्छ ।

अर्को कुरा अङ्ग्रेजले विभिन्न दिशाबाट आक्रमण गर्नु नेपालका लागि दुर्भाग्य बन्यो । पश्चिम गढवालदेखि पूर्वमा टिस्टा नदीसम्मको करिव ६०० कोसको दुरीमा अङ्ग्रेजले विभिन्न स्थानबाट हमला ग¥यो । जसको प्रतिकार र मातृभूमिको प्रतिरक्षाको लागि नेपालीले आफ्नो फौज र युद्ध सामग्रीलाई छरेर राख्नु प¥यो । परिणाम, हाम्रो प्रतिरक्षात्मक स्थान कमजोर भए ।

 
लडाइँको असर सबैभन्दा ठूलो कुरो पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्म भएको बृहत नेपालको करिव आधा भू–भाग युद्धको कारणले छाड्नु प¥यो । राजा द्रव्य शाह, राजा राम शाह, राजा नरभुपाल शाह, राजा पृथ्वीनारायण शाह, रानी राजेन्द्रलक्ष्मी, राजकुमार बहादुर शाहसमेतको नेतृत्व र प्रेरणाबाट एकीकृत विशाल नेपाल तासको घरजस्तै भत्कियो । अनि नेपाल–चीन–तिब्बत युद्धमा नेपालले चीनलाई ठूलो मालिकको रूपमा मानेर युद्ध अन्त गरेको थियो । त्यस युद्धपछिका औपचारिक कागजपत्रमा समेत चीनको बादशाहले नेपालका राजालाई “मेरा नुनको सोझो गर्ने तिमी” जस्ता अपमानजनक शब्द राखी लेखापढी गरेको पाइन्छ । अब अङ्ग्रेजस“गको युद्धपछि अङ्ग्रेजको झन्डै झन्डै दासत्व नै स्वीकार गर्नु प¥यो । जुन विरासत वि.सं.२००७ सम्म रहेको थियो ।

नेपाल अङ्ग्रेज युद्ध अगाडिसम्म नेपालको सीमाना हाल मेची नदी नजिक रहेको बङ्गालको खाडीसम्म जोडिएर सामुुद्रिक मार्ग पाएको थियो तर युद्धपछि नेपालको सीमाना मेची नदी भएकोले सो सुविधाबाट बन्चित भई नेपाल भूपरिवेष्ठित बन्न पुग्यो । जन धनको क्षति हुनु युद्धको विशेषता नै हो । यस युद्धमा नेपालले भक्ति थापा, हस्तिदल शाहलगायतका हजाराँैं वीर तथा वीरङ्गना गुमायो । नालापानी, जैथक र मलाउँको किल्लाबाट सयौं नेपाली वीरङ्गना नारीसमेत लडेका थिए ।

 
सुगौलीको सन्धिपछि, जो युद्धबाट असन्तुष्ट थिए, थुप्रै नेपाली सेनाबाट अवकास लिई विदेशिएका थिए । नालापानी युद्धका नायक बलभद्र कुंँवरले त्यसको नेतृत्व गरी करिब दुई कम्पनी फौज पञ्जाबको राजा रणजित सिंहकोमा नोकरी गर्न पुगे । उता बडाकाजी अमरसिंह थापा सैनिक नोकरीबाट संन्यास लिई केही समयका लागि सिन्धुपाल्चोक जिल्लाको भोताङ भन्ने ठाउंँमा बस्न पुगे । पछि गोसाइकुण्ड गई ध्यान गर्दा गर्दै उनको त्यहीँं मृत्यु भएको थियो । अर्थोपार्जनका लागि भनेर जसरी परिभाषित गरिए पनि नेपालीले ब्रिटिस–इन्डियन आर्मीमा भर्ना हुने प्रचलन सुरु भयो । जुन राष्ट्रिय सम्मानका लागि राम्रो होइन । पहिलो र दोस्रो विश्वयुद्धमा त राणाले खोजी खोजी नेपाली युवालाई ब्रिटिस सेनामा भर्ती हुन पठाए । यो प्रथा युद्धमा हारपछि नेपालीलाई जबरजस्ती थोपरिएको थियो । हालसम्म पनि नेपाली त्यस प्रथाको विरासतबाट ब्रिटिस गोर्खा र भारतीय गोर्खाको नामबाट भारतीय र बेलायती सेनामा काम गर्दै आएका छन् ।

 
ब्रिटिसले कुमाउ“ र सिक्किम लिएकोले उनीहरूले सिधैँ तिब्बतस“ग व्यापार गर्न थाले । जसबाट नेपाललाई आर्थिक घाटा हुन गयो । सुगौली सन्धिपछि नेपाल कुनै पनि सैनिक कारबाहीमा संलग्न भएन, एक किसिमको फुर्सदी समय भयो । राजा नाबालक, रानीको हातमा शासन र भारदारको शक्ति हत्याउने महìवकांक्षाले नेपाल विभिन्न खलकको राजनीतिक गुट र उपगुटमा विभाजित भयो । रित्ता भाँडा बढी बज्छन् भनेझैंँ काम नपाएका भारदारको राजनीतिक खिचातानीले नेपालको राजनीति साह्रै प्रदुषित भयो । जसको कारणले पछि गएर प्रधानमन्त्रीहरूको हत्या, कोतपर्व, भण्डारखाल पर्वजस्ता घटना भए र नेपालमा राणा शासनको स्थापना भयो । 
त्यसैगरी युद्धको विजयपश्चात् बेलायतको नेपालमा औपचारिकरूपले ‘ब्रिटिस रेजिडेन्सी’ खुल्यो, उसका लागि यो राजनीतिक सफलता थियो । जसको अस्तित्व पछिसम्म पनि रहिरह्यो र हाल बेलायती राजदूतावासको रूपमा उपस्थित छ । ब्रिटिस रेजिडेन्सी, लैनचउर, काठमाडौँमार्फत वैध र अवैध तरिकाले सङ्कलित नेपालका हजारौँं अमूल्य पुराना कागजपत्र, दस्तावेज, सरसामान बेलायत पु¥याइए, नेपालका लागि त्यो ठूलो घाटा थियो । जसको कारणले नेपालको इतिहास अपाङ्ग नै भएको छ । साथै नेपालको राजनीतिमा युद्धपछि अङ्ग्रेजबाट धेरै हस्तक्षेप सुरु भयो । राजा रानी, पा“डे र थापा गुटबीच भा“ड–भैलो मच्चाउन विभिन्न दाउपेच पनि भयो । अन्ततः नेपालमा कोत पर्व पछिको १०४ वर्र्षसम्म हरेक कुराको लागि बेलायत नेपालको अन्तर्राष्ट्रिय अभिभावक बन्यो ।

 
लडाइँमा जित र हार अवश्य हुन्छ । यसमा नेपाली सेनाले आफ्नो रगत र प्राण अर्पेर लडेको थियो । यो युद्धको बहादुरीता संसारभरि प्रसिद्ध छ । त्यसैगरी कमाण्डर इन चिफ भीमसेन थापाले पनि आफ्नो देशको माटो बचाउनका लागि नै युद्धमा जाने निर्णय गरेका थिए । युद्ध हारियो र उनले अपजस मात्र पाए ।

गोरखापत्र बाट साभार गरीएको ।

Error: No articles to display