A+ A A-

यस्तो थियो मगरको स्वर्णिम इतिहास

परापूर्वकालमा मानिसका तीनवटा रङ्गका महाजाति थिए— कालो सेतो र पहेंलो । एसियाको मध्य भागमा मंगोलवंशका मानिसहरूको बसोबास थियो । मानव विकासको साथै राष्ट्र निर्माणको क्रममा चीनको उत्तरमा मंगोलिया भन्ने देश आज पनि विद्यमान छ भने २००० वर्ष अगाडिसम्म पनि विहारमा मगध भन्ने राज्य थियो । नेपालमा पनि त्यही आदिम कालको मंगोलवंशको नाम बोकेर मगर जाति बाँचिरहेका छन् । त्यसकारण मगर जाति मंगोल हुनुको साथै मगध पनि हो ।

डा. केशवमान शाक्य

बुद्धले बोल्ने भाषालाई पाली वा मागधी पनि भनिन्छ । अशोक स्तम्भमा लेखिएको भाषा मागधी वा पाली हो र यो ब्राम्ही लिपिमा लेखिएको छ । एम।एस। थापा मगरले “मगर भाषा र अक्खा लिपि’ पुस्तकमा लुम्बिनीको अशोक स्तम्भमा कुँदिएको भाषा र लिपि नै मगर जातिको पुरानो मौलिक भाषा र लिपि हो भनेका छन् । यो हिसाबले मगर जाति र मगध राज्यको सम्बन्ध देखिन्छ ।
पश्चिम तिब्बतलाई मांगरिस पनि भनिन्छ । यसको अर्थ त्यहाँ मगर जातिको बसोबास थियो । मंगोल ९हाल चीन० को ऐतिहासिक जन्तु ड्रागन गंगा मैदानका नदीहरूमा पाइने गोहीहरू हुन् जसलाई मगरमच्छ भनिन्छ । यो भनेको मंगोल–माछा भनेको हो । यसरी मंगोलियादेखि मगधसम्म फैलिएको भूभाग नै प्राचिन मगरात हो । तर मगर जाति र मगरात भन्नाले हाल नेपालको सबैभन्दा ठूलो जनजाति र पूर्वमा त्रिशुली र पश्चिममा कर्णाली नदी बीचको मध्यपहाडि भूभाग भन्ने बुझिन्छ । ईशा ११ शताब्दीतिर खस साम्राज्यको ऐतिहासिक अभिलेखमा ‘मंग्वर विषय’ भनिएको छ । पछि खस साम्राज्य विस्तार हुँदै जाँदा खस र मगरहरू छ्यासमिस भए । बुढाथोकी (बुढा), रोक्का, थापा, राना आदि थरहरू खस र मगर दुवै जातिमा पाइन्छन् । हड्सनको भनाई अनुसार जो मगरहरू खस साम्राज्यको अधिनमा परे तिनीहरू खस भए ।  जो मगरहरू मगरातमा परे तिनीहरू मगर भए । पछि बाइसे चौबिसे राज्यमा बिखण्डित खस राज्यहरू देखा परे पछि छ्यासमिस हुँदै गए । पृथ्वीनारायण शाहले ‘म मगरातको राजा हुँ’ भनेर गर्व गरेको हिसाबले मगरातको अस्तित्व सिद्ध हुन्छ । पृथ्वीनारायण शाहका पुर्खा द्रव्य शाहले लिगलिगकोटमा मगर राजालाई झुकाएर राज्य हात पारेको कुरा त हामीले सुनैकै छौं ।
हाल मगरहरू नेपालको ७५ जिल्लामै बसोबास गरेको भेटिए तापनि पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको मध्य पहाड र तराईमा घना उपस्थिति देखिन्छ । पाल्पा ९१,३६,०००००, नवलपरासी ९९६,८८१०, तनहुँ ९८४,३३२०, बाग्लुङ ९७४,५५००, रोल्पा ९९१,९३६०, स्याङ्जा 
९६७,२४५०, प्यूठान ९६५,१२३०, गुल्मी ९५९,१२३०, दाङ ९५५,७११०, सुर्खेत ९५५,६६८०, म्याग्दी 
९४७,८२००, रुकुम ९४३,६२१०, अर्घाखाँची ९३४,०७८०, गोरखा ९३२,६७८० आदि जिल्लाहरूमा मगरको संख्या बढी छ ।
मगरहरूलाई नागवंशी पनि भन्ने गरेको पाइन्छ । मगध नागहरूले नै बनाएको प्राचीन बस्ती हो । मगध देशको पुरानो नाउँ किंकत थियो । किंकत क्षेत्रभित्र गया पनि पर्दथ्यो । किंकत देशमा अनार्यहरु बसोबास थियो । यस क्षेत्रलाई आर्यहरूले पापभूमि भन्दथे र त्यहाँ एक समयमा शिशुनाग परिवारको काकवर्णले शासन गर्दथ्यो । ती नागजातिलाई मगः पनि भनिन्थ्यो । यो जातिको नाउँबाट मंगोल–मंग्वर–मगर–मगध भएको हो । मगधमा महाभारत कालमा जरासन्ध भन्ने प्रतापी राजा थियो । जो कौरवको पक्षमा थियो । जसलाई कृष्णले झेल गरेर भीमसेनबाट मारिएको थियो । जरासन्ध पछि उसैका छोरा सहदेव र अन्य सातपुस्ता सम्मले शासन सम्हाले । जरासन्धले शासन गर्दा ताका पनि राजगिरमा नागको ठूलो मन्दिर थियो । राजकीय पूजा हुन्थ्यो । जरासन्धको बाबु वृहदरथ र बाजे बासु थियो । रामायणले बासुले नै मगध ९गिरिब्रज० मा आफ्नो राजधानी स्थापना गरेको भन्दछ । यो वृहदरथको वंश छ शताब्दी ईशापूर्वतिर समाप्त भयो र शिशुनाग वंशका विम्बिसार वृद्धको जीवनकालमा भारतको सबैभन्दा शक्तिशाली राजतन्त्रको रूपमा पुनः उदय भयो । पछि आर्यहरूको प्रभाव बढे पनि मगध ९मगर० हरूलाई ब्रात्य क्षेत्री भनिएको छ । विम्बिसारका छोरा अजात शत्रु र नाति उदायीले कोसल, कासी, वैशाली आदि राज्यहरू भित्रै मगध राज्यलाई विशाल बनाएको थियो ।
लुम्बिनीमा भगवान बुद्ध जन्मदा नन्द र उपनन्द नाउँ गरेका त्यही गाउँका दुई जना नागले शीतल र न्यानो पानीले नुहाइदिएको पोखरी आज पनि विद्यमान छ । सम्राट अशोकले नवलपरासीको रामग्राममा बुद्धको अस्थीधातु भएको स्तुप फोड्न खोज्दा त्यहाँ नागहरूले फोड्न नदिई संरक्षण गरेको कुरा पनि ग्रन्थमा लेखिएको छ । लुम्बिनी र रामग्रामका बासिन्दा नागहरू नै मगरहरू हुन् ।
अचेल पनि नवलपरासी, रूपन्देही, पाल्पा, स्याङ्जा, तनहुँ, गुल्मी, प्यूठान, अर्घाखाँची, दाङ, रोल्पा, रुकुम, डोल्पासम्म मगरहरूको घना बसोबास छ । पश्चिम तिब्बतलाई पनि मांगरिस भनिनु र ब्रम्हौं शताब्दीमा खारिप्रदेशका शासक नागराज जोवेश्वरे जुम्लासिंजामा आफ्नो राजधानी सारेर कर्णाली प्रस्रवन क्षेत्रमा खस साम्राज्य स्थापना गर्नुले मगर जातिको पश्चिम नेपालमा रहेको गौरव र प्रतिष्ठा उजागर गर्दछ ।
नागराज जावेश्वरका सन्तानहरूले डुल्लुमा किर्तिस्तम्भ राख्ने पृथ्वी मल्ल सम्मको ३०० वर्षको खस साम्राज्यमा बुद्ध धर्मले राजकीय धर्मको स्थान पाउनुको साथै बुद्ध धर्मले विकास गरेको कुरा शिलालेख तथा अन्य अभिलेखहरूले प्रष्टयाएको छ । खस साम्राज्यकालमा खस र मगरहरू छ्यासमिस भएका थिए । खस साम्राज्यको आधिपत्यमा आउनु अघि कर्णालीदेखि त्रिशुलीसम्मको मध्यपहाडि भूभाग मगरात थियो । विसं। १०५५ मा लेखिएको अस्टसाहस्रिका प्रज्ञापारमिता बौद्ध ग्रन्थ गुल्मीका सुवर्णकार राना मगरले लेखेका थिए । विसं ११२६ तिर लमजुङका गंगा रानाले सो ग्रन्थ सारेका थिए । ती ग्रन्थहरूमा तिनीहरूलाई ‘राणक’ लेखिएको छ । राणक शब्दको अर्थ सामन्त राजा हो । वि।सं। ११५७ को एक अभिलेखमा ‘मंग्वर विषय’ भनेर उल्लेख गरेको हिसाबले पनि खस साम्राज्यभन्दा अगाडि मगरात राज्य थियो भन्ने प्रमाणित गर्दछ । काश्मिरका इतिहासकार कल्हणले लेखेको राजतरंगिनीमा सन् ७८२ मा काश्मिरका राजा जयापीडले नेपालमा हमला गर्न आउँदा मगरातका राजा अरमुडीले पराजित गरेको कुरा लेखेको छ । राजतरंगिनीमा अरमुडिको किल्ला कालीगण्डकी किनारमा ९पाल्पा–गुल्मी० रहेको उल्लेख गरेको छ ।

मगरहरू बौद्ध हुन्
डोल्पाको सहरतारमा निर्मित भव्य तारा गुम्बा मगरहरूको हो । मगर लामाले पूजाआजा गर्दछन् । महायान लामा मान्ने मगरहरू डोल्पा, रुकुम, रोल्पाका बुढा मगरहरू हुन् । पाल्पाको बज्रभैरव सेन मगरहरूले स्थापना गरेका हुन् । त्यसतै गोरखाको गोरखनाथको गुफामा लिच्छविकालिन शिलालेखमा बज्रभैरव भन्ने शब्द फेला परेको छ । मनकामना पनि बौद्ध तान्त्रिक देवी भएको कुरा स्वयम्भूको बाह्रवर्षे सम्यकमा मनकामना पनि उपस्थित हुनुले स्पष्ट पार्दछ । पृथ्वीनारायण शाहको पालामा समेत झ्वाबहालका ज्ञानकर बाडा (गुभाजु) ले गोरखाको बज्रभैरव र मनकाममा तान्त्रिक पूजा गर्ने स्पष्ट छ । बाराही पनि बज्रयानी तान्त्रिक देवी हुन् । मनकामना, भैरवथान, बाराही सबै देवस्थलहरूमा मगर पूजारी छन् । मगरहरू हिन्दू भएको भए र ती तान्त्रिक देवीदेवताहरू हिन्दू भएको भए मगर पूजारी हुने थिएन । कतिपय ठाउँमा मगर पूजारीलाई हटाएर बाहुन पूजारी राखेर हिन्दूकरण गरिएका उदाहरण पनि प्रशस्त छ । पाल्पाको बज्रभैरव सेन राजाहरूले नेपालमा हमला गर्न आउँदा लगेको बुङ्गुम लोकेश्वर (रातो मच्छेन्द्रनाथ) को सेवक ह्याग्रिव भैरव हो । ती सेन राजाहरू पनि बौद्ध अनुयायी भएकोले नोपलबाट लगेर बज्रभैरव पाल्पामा स्थापना गरेका थिए । खलंगा जुम्लाको चन्दननाथ र भैरवनाथ मच्छेन्द्रनाथ र ह्याग्रिव भैरव हो जो बौद्ध महायानी बज्रयानी देवता हुन् । यो मगर राजाले स्थापना गरेको हुनसक्छ ।
सिद्धार्थ जन्मदाँ चीसो र तातो पानी नुहाउने नागहरू, बुद्धको परिनिर्वाण पछि बुद्ध हाम्रो नातेदार हो भनेर अस्थिधातु ल्याएर रामग्राम (नवलपरासी) मा स्तुप बनाउने र सुरक्षा गर्ने नागहरू सबै बौद्ध मगरहरू हुन् । बुद्धकालिन कोलियहरू नै नवलपरासी, रूपन्देही, पाल्पातिरका मगरहरू हुनसक्छ । खारी प्रदेशमा नागराज जावेश्वर राजा भएर पनि खस साम्राज्य स्थापना गर्ने चलन मल्लहरू खसमा मिसिन गएका बौद्ध मगरहरू हुन् ।

आजका बौद्ध मगरहरू
विसं २०५८ को सरकारी तथ्याङ्क अनुसार मगर जातिको जनसंख्या १६,२२,४२१ छ । यो संख्या नेपालको कुल जनसंख्याको ७.१४ प्रतिशत हो । यो जनसंख्याको झण्डै २५ प्रतिशतले आपूmलाई बौद्ध घोषणागरे । विसं २०४८ मा बौद्ध मगरको जनसंख्याले २ प्रतिशत नाघेको थिएन । दश वर्षभित्र ४ लाख मगरहरूले आपूmलाई हिन्दूबाट निस्केर बुद्ध धर्म मान्ने बताए । विसं २०६८ को जनगणनामा बौद्ध लेखाउने मगरहरूको संख्या अझै बढ्नेछ । मगरहरूले यसरी एकाएक आपूmलाई बौद्ध भन्नु र यसो भन्नेको संख्या बढ्दै जानुको पृष्ठभूमि र कारण के हो यो गम्भीर अध्ययनको विषय हो ।२०४६ को जनआन्दोलन ताका नेपाल मगर संघले मगरहरूको धर्म बौद्ध हुनुपर्छ भन्ने अवधारणा बनायो । एम एस थापा मगर, गोरेबहादुर खपाङ्गी, सुरेश आले मगरहरू काठमाडौंको युवा बौद्ध समूहको सम्पर्कमा आएपछि मगरहरूलाई नयाँ ढङ्गले बुद्ध र्धको जानकारी दिने पहल शुरु भयो । पचास सय हुँदै हजारौं मगरहरूमा बौद्ध जागरण शिविरहरू सञ्चालन भए । नेपाल मगर संघको एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा मगरहरू बौद्ध हुन् भन्ने बारेमा वृहद छलफल भयो र यस कार्यलाई निरन्तरता दिन र मगरहरूमा बौद्ध कर्मकाण्ड पुनस्र्थापित गर्न नेपाल मगर बौद्ध सेवा समाज स्थापना भयो । क्याप्टेन देउबहादुर रानाको अध्यक्षतामा यस समाजले अहिले जिल्ला जिल्लामा मगर संस्कार चलाउने वापा (मगर बौद्ध पुरोहित) को तालिम सञ्चालन गरिरहेकोछ । अचेल धेरै मगरहरूले बाहुन पुरोहितको ठाउँमा वापाबाट जन्मदेखि मरणसम्म संस्कार कर्म चलाएका छन । मगरहरूले आ–आफ्नो जिल्लामा बुद्ध मन्दिर र बौद्ध विहारहरू निर्माण गरेका छन् । हाल नवलपरासी जिल्लाभित्र २२ वटाभन्दा बढी विहार र बुद्ध मन्दिरहरू मगर समुदायबाट निर्माण भइसकेका छन् । यस्तै विहारहरू बर्दिया, बाँके, दाङ, रूपन्देही, पाल्पा, स्याङ्जा, तनहुँ, बाग्लुङ, म्याग्दी, गोरखा, सुर्खेत, दैलेखतिर निर्माणाधिन छन् ।

हामी सबै एउटै
नेपालका मगर, थारु र नेवारहरू बुद्धका नातेदार बौद्ध हुन् । शाहकालमा राणाहरूको शोषण र दमनमा परेर उनीहरूलाई हिन्दूकरण गरिएकोथियो । तर ९० प्रतिशत नेवारहरू आजसम्म पनि बौद्ध मान्छन् भने २०४६ को जनआन्दोलन पछि थारु र मगरले पनि आपूलाई बुद्धका नातेदार भएको र पहिले बौद्ध रहेको कुरा खोतलेर ल्याएका छन् । थारु र मगरहरूमा बौद्ध हुने अभियान नै चलेको छ । आपूm बौद्ध भएको स्वाीकार्ने अन्य जनजातिमा तामाङ, गुरुङ, शेर्पा प्रमुख छन् भने हालसालै खसहरूले पनि आपूmलाई बाहुनको उपजाति नभएर छुट्टै आदिवासी जनजाति भएको र खस साम्राज्य कालका आपूmहरू बौद्ध अनुयायी भएको कुरा अगाडि ल्याएका छन् । नेपाल अब धर्मनिरपेक्ष राष्ट्र भइसक्यो । राज्यले हिन्दू धर्म लाद्न पाउँदैन । धर्म निरपेक्ष भनेको सबैले आ–आफ्नो धर्म मान्न पाउने स्वतन्त्र अधिकार हो । इतिहास केलाउँदा र नेपाली जनसंख्याको धर्म संस्कृति अध्ययन गर्दा बौद्धहरूको संख्या बहुमतमा पुग्न सक्दछ ।

( जातीय आन्दोलनका बौद्धिक र पछिल्लो समय राजनैतिक व्यक्तित्व पनि  बनाएका लेखक  राष्ट्रिय जनगणना सचेतना अभियान – २०६८ का प्रस्तोता पनि हुन् ।)

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर