A+ A A-

युवा संघ नेपालका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या प्रति भ्रत्सना ! (प्रेस विज्ञप्ती)

गोविन्द घर्ती



No automatic alt text available.
देवदह, पुस ४ - संयुक्त संघर्ष समिति क्षेत्र नं १, रुपन्देहीले एक विज्ञप्ती प्रकाशित गरी युवा संघ नेपालका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या प्रति भ्रत्सना गरेको छ ।

संयुक्त संघर्ष समितिले आव्हान गरेको ३ दिने अम हड्तालमा सक्रिय भूमिका निर्वाह गर्नु भएको तिवारीलाई सरकार समर्पित अपराधीहरुले हत्या गरेको भन्दै विज्ञप्तीमा खेक प्रकट गरिएको छ ।

संयुक्त संघर्ष समितिका संयोजक निलकण्ठ पौडेल, सदस्य रामप्रसाद भट्टराई, माधव रिमाल, ऋषिराम लामिछाने, हरि केसीद्धारा हस्ताक्षरित संयुक्त विज्ञप्तीमा हत्यामा संलग्न अपराधीलाई अविलम्व पक्राउ गर्न माग गरिएको छ । अपराधी पक्राउ नपर्दा सम्म संघर्षका कार्यक्रम अगाडि बढाउने विज्ञप्तीमा उल्लेख गरिएको छ । तिवारीको हत्याको विरद्धमा तत्काल रुपन्देही जिल्लाको विभिन्न स्थानहरुमा जक्का जाम गरी प्रदर्शन गरिएको छ ।

 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी