A+ A A-

आम आदमीको ‘सुनामी बिजय’

  • ७० सिटमा आप-६७, भाजपा-३, कांग्रेस आई-०

  • राज्यसत्ता ,

  • अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी(आप)ले दिल्ली विधानसभा निर्वाचनमा अप्रत्यासित जित हासिल गरेको छ ।

  ७० सिटमध्ये ६७ सिट आपले जितेको छ । आपले दुई तिहाईभन्दा बढी सिट जितेको छ । केन्द्रीय सरकारमा सत्तारुढ भारतीय जनता पार्टीले ३ सिट मात्र जितेकेा छ । यसअघि लामो समय दिल्लीमा शासन गरेको कांग्रेस आईले एक सिट पनि जित्न सकेन । निर्वाचन परिणामपछि साँझ बसेको आप विधायक दलको बैठकले केजरीवाललाई नेता चुनेको छ । उनले दिल्लीको मुख्यमन्त्री पदमा १४ फ्रेबुअरीमा रामलिला मैदानमा सपथ लिने कार्यक्रम छ ।

यस्तो छ ७० सिटको मत परिणाम

विजयी सिटः

- आम आदमी पार्टी (आप)- ६७ स्थानमा (जित)

- भारतीय जनता पार्टी (बीजेपी)- ३(जित)

- कांग्रेस आई- ०

- अन्यः ०

 

केजरीवालको पुर्नजन्म

जितको अहंकार नगरौं: केजरिवाल

नयाँ दिल्ली विधानसभामा दुई तिहाईभन्दा बढी सिटमा जित हासिल गरेपछि आपका संयोजक अरबिन्द केजरिवालले जितपछि आफूलाई डर भइरहेको बताएका छन् । उनले पूरै पार्टी पंक्तिलाई अहंकार नगर्न आग्रह गर्दै कांग्रेस र बिजेपीको हाल अहंकारकै कारण भएको जनाएका छन् । 'हामीले पाएको जिम्मेवारीले मलाई डर बढाएको छ,' उनले भनेका छन्-'हामी सबैले जनसेवा गर्नुपर्नेछ । सकेनौं भने जनताले फेरि ५ वर्षपछि देखाउने छ ।'  उनले आफ्नो समर्थक र रातदिन खटेका कार्यकर्तालाई धन्यवाद दिएका छन् ।  प्रधानमन्त्री नरेन्द्र मोदीले टोलिफोन गरेर केजरिवाललाई बधाई दिएका छन् ।

 

तस्वीरः एएपफपी

अाप अगाडि

बदरपुर, अम्बेडनगर, चाँदनीचोकसहितका केहि क्षेत्रमा आप उम्मेदवारले विजय हासिल गरेका छन् । भारतीय जनता पार्टी ५ वटा सिटमा मात्रै अगाडि छ भने कंग्रेस शून्य स्थितिमा छ । 

यसअघि २०१३ डिसेम्बर ४ मा भएको दिल्लीको विधान सभा चुनावमा एकाएक उदाएको आम आदमी पार्टी (आप)ले यहाँको ७० सिटमध्ये २८ वटामा विजय हासिल गरेको थियो भने आपभन्दा माथि भाजपा मात्रै थियो जोसँग ३२ सिटको विजय अनुपात थियो ।

८ सिटमा मात्रै विजय हासिल गरेको कांग्रेस पार्टीसँग समर्थन लिएर दिल्लीमा सरकार बनाएको आम आदमी पार्टीले आफ्नो शासनकालको ४९ दिनमा दिल्ली राज्यमा बिजुली, पानीको शुल्क घटाएर र प्रशासनिक सुशासनको पहल गरेर आम समुदायमा पारेको प्रभाव भिन्नै छ ।

मंगलबार दिउँसो चुनावी नतिजा आउन थालेलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीमा भारतीय जनता पार्टीकी मुख्यमन्त्री प्रत्याशी किरण वेदी, नागरिक आन्दोलनका अभियन्ता अन्ना हजारे, कांग्रेस अध्यक्ष, उपाध्यक्ष राहुल गान्धी, नेता अजय माखन, बिहारस्थित दलका नेताहरु नितिशकुमार र लालुप्रसाद यादव, पश्चिम बंगाल मुख्यमन्त्री ममता बेनर्जीसहितले आप अध्यक्ष अरबिन्द केजरीवाललाई बधाई शुभकामना पठाएका छन् । दिल्लीमा मुख्यमन्त्रीका रुपमा केजरीवालले आगामी शनिबार सपथ लिने भएका छन् ।

यसबीचमा दिल्ली विधानसभामा एउटै सिटमा पनि अग्रता लिन नसकिरहेको भारतीय कांग्रेसका तर्फबाट दिल्ली कांग्रेसका अध्यक्ष अरबिन्दर सिंह लभ्लीले अध्यक्ष गान्धीलाई आफ्नो राजीनामा बुझाएका छन् ।

प्रहरी प्रशासन सेवामा ३५ बर्षे अनुभव संगालेकी र सामाजिक अभियन्ताका रुपमा नाम बनाइसकेकी नवनेतृ किरण बेदीलाई भाजपाले दिल्ली मुख्यमन्त्रीका रुपमा प्रतिष्पर्धी छानेपछि स्वयं प्रधानमन्त्री मोदी, भाजपा अध्यक्ष अमित शाहसहित दुई दर्जन मन्त्रीहरु दिल्ली चुनावी अभियानमा जुटेका थिए ।

भारतीय जनता पार्टीको राष्ट्रव्यापी प्रभाव र चुनावी वर्चस्वले पनि दिल्ली मतदानको परिणाम भाजपा पक्षधर हुने भन्दै आंकलन भइरहेका बेला नसोचेको परिणाम आएको छ ।

यसअघि १५ बर्षयता दिल्ली केन्द्रमा सरकार चलाउँदै आएको कांग्रेस र मुख्यमन्त्री शीला दीक्षितलाई भर्खरै राजनीतिमा आएका आपका नेता केजरीवालले पराजीत गराएपछि आम आदमीको नाम भारतभर छाएको थियो कान्तिपुरले समचार छापेको छ ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर