A+ A A-

ओलम्पिको स्वर्ण पदक पाउने पहिलो नेपाली तेजबहादुर बुरा मगर

राज्यसत्ता

श्रावणा,२७-ओलम्पिकमा सहभागिता मात्र जनाइरहेको नेपालका लागि इंग्ल्यान्डको विनचेस्टरस्थित गोर्खा संग्रहालयमा एउटा सुखद आकर्षण छ– तेजवीर बुराको ओलम्पिक पदक ।  सन् १९२२ मा सगरमाथा आरोहण प्रयासका लागि तेजवीर सहितको टोलीलाई उक्त ओलम्पिक पदक दिइएको थियो ।   ९२ वर्षअघि उक्त पदक प्रदान गर्ने क्रममा ओलम्पिकका जन्मदाता जाँ पियेर कुबरतिनले प्रश्न गरेका थिए– ‘के यसलाई पनि सगरमाथामा पुर्यादउन सकिन्छ ?

इंग्ल्यान्डको विनचेस्टरस्थित गोर्खा संग्रहालय धेरै नेपालीका लागि आकर्षणको केन्द्रविन्दु छ । लन्डन सहरबाट झन्डै डेढ घण्टा बाहिर रहेको यस संग्रहालयमा २ सय वर्ष पुरानो गोर्खा सैनिकको इतिहास छ । संग्रहालयको अर्को आकर्षण छ– तेजवीर बुराको ओलम्पिक पदक ।

नेपाली खेलाडीले ओलम्पिकमा स्वर्ण पदक पाएको चार वर्ष अघिमात्र पत्ता लागेको थियो । लन्डन ओलम्पिकको आधिकारिक वेबसाइटमा नेपाली खेलाडीले ८८ वर्षअघि स्वर्ण जितेको खुलाइएको थियो । स्वर्ण पदक पाउने तिनै तेजवीर बुरा थिए । उनले पाएको पदक गोर्खा संग्रहालयमा छ ।

ओलम्पिकमा सधैं सहभागिता मात्र जनाइरहेको नेपालका लागि यो पत्याउनै नसकिने समाचार थियो । सन् १९२२ मा विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रयास गरेको ब्रिटिस टोलीमा तेजवीर पनि थिए । त्यही प्रयासका लागि तेजवीरसहितको टोलीले १९२४ बाट सुरु भएको हिउँदे ओलम्पिकमा स्वर्ण पदक पाएका थिए ।

सन् १९२१ मा सगरमाथा चढ्ने रुट पत्ता लागेको थियो । त्यसको अर्को वर्ष १९२२ मा तेजवीरसँगै सर चाल्र्स जोफ्री ब्रुस र जर्ज इङले फिन्चको टोलीले सगरमाथा चढ्ने पहिलो प्रयास गरेको थियो । त्यो टोली त्यसबेला ८ हजार २ सय ३० मिटर ९२७ हजार फिट० सम्म पुगेको थियो ।

ब्रुस टोलीको यही पर्वतारोहण अभियानले सबैभन्दा बढी उचाइमा पाइला राखेको भनेर १९२४ को हिउँदे ओलम्पिकमा पर्वतारोहण ९अल्पानिजम० स्वर्ण पदक पाएको थियो । यो अभियानका तेजवीरसहित २० जनालाई स्वर्ण दिइएको थियो । सगरमाथाको रुट पत्ता लागेको ३२ वर्षपछि तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सन् १९५३ मा पहिलो पटक सगरमाथा शिखरमा पाइला राखेका थिए ।

‘तेजवीर बुरालाई दिइएको पदक सन् १९२२ मा सगरमाथा आरोहणको प्रयासका लागि थियो । सगरमाथामा पुग्ने त्यो प्रयास दुस्खद हिसाबमा असफल भएको थियो । तर कठिन मेहनत र व्यावसायिकताका कारण १९२४ को हिउँदे ओलम्पिकमा पर्वतारोहणका लागि सगरमाथा आरोहणको प्रयास गर्ने टिमलाई ओलम्पिक पदक दिइने निर्णय भएको थियो,’ गोर्खा संग्रहालयका निर्देशक गेभिन इडगर्ली ह्यारिसले भने ।

नेपालले १९६४ मा टोकियोदेखि ग्रीष्मकालीन ओलम्पिक र २००२ मा साल्क लेक सिटीबाट हिउँदे ओलम्पिक खेल्न सुरु गरेको हो । दुवैमा नेपालले अहिलेसम्म कुनै पदक जित्न सकेको छैन । सन् १९८८ को सोल ओलम्पिकमा विधान लामाले तेक्वान्दोमा कांस्य पदक जितेका थिए । तर तेक्वान्दो त्यतिखेर प्रदर्शनी खेलमा मात्र थियो ।

‘त्यतिखेर तेजवीर छैटौं गोर्खा राइफलमा थिए । जहाँसम्म मलाई थाहा छ उनी ओलम्पिक पदक पाउने एक्लो गोर्खा राइफल हुन्,’ गोर्खा संग्रहालयमा यस संवाददाता पुग्दा ह्यारिसले भने, ‘मान्छेहरू यहाँ उनले जितेको स्वर्णपदक भनेर हेर्न आउँछन् । प्रायगरी त्यो पदक यहाँ प्रदर्शनीमा राखिन्थ्यो, हालका लागि भने छैन । अब फेरि त्यो पदक हामी प्रदर्शनीमा राख्दैछौं । ओलम्पिक पदकले यस म्युजियममा आउनेहरूको आकर्षण बढाएको छ ।’

संग्रहालयको छैटौं गोर्खा राइफलको बुकलेटमा ६४४९ लान्स नायक तेजबहादुर बुराले ओलम्पिकमा स्वर्ण पदक पाएको उल्लेख छ । तर निर्देशक ह्यारिस तेजवीरको व्यक्तिगत जीवनबारे केही थाहा नभएको बताउँछन् ।   उनले भने, ‘दुस्खद रूपमा भन्नु पर्दा मलाई उनको परिवारको बारेमा केही थाहा छैन । तेजवीर जस्ता प्रसिद्ध आरोहीको पहिचान खुल्ने फोटो पनि संग्रहालयमा छैन । उनीबारे सबैलाई थाहा भइसकेको छ र धेरैमा उनको आरोहणका बारेमा समाचारहरू आइसकेको छ । तर अरू त्यस्तो केही छैन । नेपालमा उनको जीवन र परिवारको बारेमा थाहा हुन सक्छ ।’

काठमाडौंमा रहेका उनका आफन्त रवि बुढाथोकीले तेजवीरको घर पूर्वी नेपालमा रहेको बताए । उनले आफू दार्जिलिङ जाँदा त्यहाँको एक संग्रहालयमा टीबी बुरा भनेर उनले प्रयोग गरेका सामानहरू राखिएको भेटेको बताए । तेजवीर कस्तो स्वभावका थिए होलान् भन्ने जिज्ञासामा हयारिसले अनुमान गरे, ‘म के कल्पना गर्न सक्छु भने उनी अन्य गोर्खा सैनिकहरू जस्तै उत्कृष्ट थिए । मेहनती, बलिया, आँटिलो भएकाले उनले हिमालहरू आरोहण गर्न साहस जुटाएका थिए । सगरमाथा आरोहणका क्रममा १९२२ मा प्रयोग गरिएको समानहरू अहिलेको जस्तो आधुनिक थिएन ।’

१९२४ को ५ फ्रेबुअरीका दिन सन् १९२२ को सगरमाथा अभियानका उपनेता लेफटनेन्ट कर्नेल स्ट्रटलाई टोलीका प्रत्येक सदस्यले पाउने गरी १३ स्वर्ण पदक प्रदान गरिएको थियो । त्यो टिमको टोली नेता ९ब्रुस० ब्रिटिस भएकाले पदक बेलायतको खातामा लेखिएको थियो । तेजवीर समूहका सदस्य मात्र भएकाले पदक नेपालको नाममा छैन । तर नेपाली खेलाडीले स्वर्ण जितेको भनेर लन्डन ओलम्पिकको वेबसाइटमा जनाइएको थियो । ओलम्पिकका जन्मदाता जाँ पियेर कुबरतिन आफैंले त्यो पदक प्रदान गरेको कुबरतिनको डायरीमा उल्लेख छ । युरोपको सबैभन्दा अग्लो चुचुरो माउन्ट ब्ल्याङको फेदमा त्यो पदक बाँडिएको थियो ।

पहिलो पटक उक्त पदक पाउनेमा १२ बेलायती र अस्ट्रेलियाली फिन्च थिए । उक्त समयमा ब्रुस पर्वतारोहणका सिलसिलामा रहेकाले पदक समारोहमा उपस्थित थिएनन् । उनी फर्किएपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग समन्वय गरी तेजवीर र अन्य ७ शेर्पा भरिया ९सम्भवतस् भारतीय अथवा तिब्बती० लाई स्वर्ण पदक दिन माग गरेका थिए । उनैको अनुरोधमा तेजवीरसहित अन्य ७ ले स्वर्ण पाएका थिए ।ओलम्पिकका जन्मदाता कुबरतिनले स्ट्रटलाई पदक दिँदा यसलाई सगरमाथामा पुर्याथउन सकिन्छ कि सकिँदैन भनेर सोधेका थिए । जवाफमा स्ट्रटले मौका पाए पुर्योउने वाचा गरेका थिए । त्यो वाचाको ८८ वर्षपछि ब्रुसको नेतृत्वको टोलीले पाएको त्यो पदक सगरमाथामा पुर्यानइएको थियो । ब्रुस, फिन्च र तेजवीर सगरमाथातर्फ अघि बढेको ९० वर्ष पुगेपछि सन् २०१२ को मे २६ मा पदक सगरमाथा पुर्याीइएको थियो । यो समय लन्डन ओलम्पिक सुरु हुनु दुई महिनाअघि थियो । केन्टन कुल नामका व्यक्ति त्यो पदक लिएर सगरमाथा पुगेका थिए । विश्वको सर्वोच्च शिखरमा उनले १० औं पटक पाइला राखेका थिए ।

बेलायतका ब्रुस टोली नेता थिए भने फिन्चलाई अहिलेसम्मकै उत्कृष्ट पर्वतारोहीमध्ये एक मानिन्छ । उनीहरूको टोली त्यसबेला ८ हजार २ सय ३० मिटर ९२७ हजार फिट० सम्म पुगेको थियो । मे २५ मा तेजवीरसहितको टोली २६ हजार फिटमाथि चढेको थियो । तेजवीर केही सय फिट माथि पुगेपछि घोप्टो परेर ढलेको फिन्चको डायरीमा उल्लेख छ । फिन्चको किताबमा उल्लेख भएअनुसार तेजवीरले ५० पाउन्ड तथा ब्रुस र फिन्चले ४०–४० पाउन्डको भार बोकेका थिए । आरोहणका क्रममा भारतीय सदस्यहरूको मृत्यु भएको पाइए पनि अन्य विवरण खुलेको छैन । ‘मलाई उनको आरोहणकै क्रममा मृत्यु भएजस्तो लाग्दैन । तेजवीरको मृत्यु बुढेसकाल लागेपछि भएको हुनुपर्छ,’ हयारिसले भने ।

साभार: कान्तिपुर बाट

 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी