A+ A A-

नेपालको इतिहासका घले र वर्तमानका घले

-धन घले-अध्यक्ष , लि फङ घले अन्तराष्ट्रिय समन्वय समिती  

नेपालको इतिहासमा घले राजाको अन्त्य र शाह वंशको उदय विश्वको इतिहासलाई कोट्याएर हेर्दा इतिहास भनेको हार्ने र जित्ने दुबैको हुनुपर्छ र हुन्छ पनि तर नेपालको इतिहास भने शाहवंशीयबाट मात्र सुरु भएको देखिन्छ यसमा पनि जित्नेको मात्र छ हार्नेको छैन। यसरी घले राजाको पृथक इतिहास पुरै मेटाउनुका साथै सन्तान वंश नै बिभिन्न तत्वहरुसँग हातेमालो गरेर सिध्याउन खोजेको देखिन्छ। जसले गर्दा बाचेका घलेहरु चारै दिसामा भागेर आफ्नो सुरक्षा गर्दै ज्यान बचाएको देखिन्छ र यही कारणबाट प्राय ठाउँमा बस्नु हुने घले परिवारले आफ्नो पहिचान नै भुलेर अरुको पहिचान अंगाल्दै हिडेको पाइन्छ । यो दु:ख को कुरा हो। अब सबैले सचेत भएर आफ्नो पहिचान बचाउने काम गर्नैपर्छ होइन भने केही शताब्दीमा हाम्रो अहिलेसम्म रहेको पहिचान पनि धराप्मा पर्छ र हामी हुनु नहुनु एउटै हुनजान्छ। हाल फिजि भन्ने देशमा नेपालीको अबस्था यस्तै भइसकेको छ । आफ्नो जातीयत्व पहिचान त के नेपालीपन नै हराइसके। कारण जमनामा भारतबाट कामको सिल्सिलामा उखु खेतीको लागि पानीजाहाजमा दिनरात गरेर त्याहा पुगेका हाम्रा नेपालीहरु समयमा नेपाल फर्किन नसक्दा त्येहीको चेलीसँग बिबाहबारी हुदै गए र जन्मेको नानीहरुले त्येहीको शिक्षा तथा संस्कारमा हुर्कदै जाँदा आफ्नो जातीयत्व पहिचान त के नेपाली पहिचान नै लोप् हुदै गयो र अहिले मात्र केही बुढापाखाले केही नेपाली बोलेको पाइन्छ। यस्तै अवस्था हामी घलेहरुमा पनि बिदेशमा होइन नेपालमै शाहाकालीन कानुनले गर्दा गोरखा बाहेक अरु ठाउँका घले परिवारले सामाना गर्दै आएको सबैले थाहा नै छ तर अहिले देशको परिस्थिति लोक्तन्त्रसँगै परिवर्तन भइसकेको हुदाँ हाम्रो अधिकार तथा पहिचान बचाउने सुनौलो मौका आइसकेको छ। जसले गर्दा सबै ठाउँका घलेहरु एक ढिक्का हुनु अत्ति आवस्यक छ। हामी चार थर घले चार पुर्खाको सन्तान हो । र अहिले यी चार थर घलेमा पनि बसाइ सराइ अनुसार छुट्टा छुट्टै उपथर वा नामले बोलाइने चिनिने गरेको पाइन्छ । दायाँ दिएको चार्टबाट पनि प्रस्ट हुन्छ ।

बिश्वमा इतिहास रचेका लि ल(घले) पुर्खाको सन्तानहरु उत्गम थलो गोरखा, लम्जुङ् भयता पनि अहिले बिश्वभर छरेर बसेको पाइन्छ। जसले गर्दा घलेहरुले आफ्नो पुर्खा वंश नै भुल्दै गएको पाइन्छ। कत्तिले त घले जाती कत्ति वटा थरमा हुन्छ र नाता कुटुम्ब कुन कुन सँग पर्छ भन्ने नै थाहा छैन। तर गोरखाको उत्तरी भेक बारपाक लगायत पाँच वटा गा.बि.स. मा चाही आफ्नो पहिचान जोकाउदै आएकोछ। अब सम्पुर्ण घलेहरुले आफ्नो वंश,गोत्र तथा नाता, कुटुम्बका साथै घले जातीको थर तथा बिभिन्न ठाउँमा बोलाइने उपथरहरुको बारेमा जान्कारी लिएर भावि सन्ततीलाइ अबगत गराउदै जानु हाम्रो कर्तव्य हो। यसरी गर्दै गएन भने आउने पुस्ताले आफु घले भएर पनि अल्मल्मा बस्नु पर्ने हुन्छ। यही कारणले गर्दा अहिले हाम्रा घले परिवारहरु आफु के हो भनेर थाहा नभइ अरुकै संस्कारमा हुर्के अनुसार त्येही समाजको जाती पो होकी भनेर त्येही हिसाबबाट अरुलाई परिचय दिदै आएको हुँदा हामी आफै दोधारमा परिरहेका छौ। घले जातको गोत्र सुर्य हो, गोत्र भन्नाले साधारण अर्थमा वंशवाली भन्ने बुझिन्छ। अर्थात मानिसको गोत्र मानिस नै हो र हुनु पनि पर्दछ, किन भएन ? कुन कुलको वंश हो भन्ने कुरा आफ्नै अनुहार नै मुल कशौटी हुन्। लम्जुङको दक्षिणपुर्वी भागमा खसहरुको बसोबास थियो । बसोबास गरेको खड्का खसहरूले लम्जुङ् घले दरबार माथि आक्रमण गरेका थिए र ति खड्का खसहरुको विरोध्मा लडाई लड्न लम्जुङ्का घले राजाले कास्कीका ग्यारोङ्(गुरुङ्) नेता प्रमुख नुतचिरोङ् गुरूङलाई सहयोग मागे बापत सहयोग दिएर खड्का खस फौजीहरूलाई लम्जुङ् आक्रमणमा बिफल पारी भगाई दिए । यसरी कास्कीको नुतचिरोङ् गुरूङ्ले सहयोग गरे बापत लम्जुङ दरबारमा घले राजा खुशी भएर नुताचिरोङ् गुरूङ्लाई आफ्नै छोरी दिएर गुरूङ जातीहरूसँग लम्जुङमा बैबाहिक सम्बन्ध कायम गरे। यस पश्चात लम्जुङ दरबारमा घले र गुरूङ बीच मैत्री सम्बन्ध कायम भएर घले राजाको साथमा नजिकको गुरूङहरू "घोताने काजी (हालको प्रधानमन्त्रि ), लामिछाने(मन्त्रि) र लामालाई गुरूङको उच्च पदमा राखेर लमजुङका घले राजाले राज्काज् चलाएका थिए। त्यो भन्दा पहिला घले र गुरूङ बिचको सम्बन्ध चिसो थियो कारण गण्डकीका ग्यारोङ(गुरुङ)हरुको गाउँमा घले राजाले राज्य स्थपना गरी चलाउदै आएको केही बर्षपछि ग्यारोङहरुले शाहहरुसँग मिलेर घले राजालाइ बिस्तापित् गरेका थिए। जस्को कारण लामो समयदेखि सम्बन्ध राम्रो थिएन। भारतमा मुसलमान र हिन्दु बिच् झगडाले हिन्दुहरू बसाई सर्ने क्रममा चितौड्का सिसैदिया राजपूत (चन्द्नवंशी ) बाट लम्जुङ दरबार कुलमण्डल शाहको सातौ कान्छा पुत्र यसोब्रहम शाहले खुदी गा.वि.स. बालुवा खोलामा) आदिवासी जनजातीहरू र पण्डितहरूलाई हात लिएर घले राजाको शासन र घलेहरुलाइ अन्त्य गर्न सफल भई छाडे । यस पश्चात यसो ब्रहम शाहको जेठो छोरा नरहरि शाहले पाचो( घन पोखरा ) गाउँका निवासी श्री मनलाल गुरूङलाई सुब्बाको पद दिएर घलेहरुलाई पनि गुरूङमै गाभी आफ्नो अधिनमा राख्न खुबै सफल भएको देखिन्छ । मनलालका दुई छोरा नरजङ र दिल्लीजङ गुरूङ दुबै बिद्दान थिए । यी दुई भाई बाहुन जात भएको भए ठुलो पण्डित हुन्थे । तर बाहुन जात नभएकोले गर्दा सुब्बा पद ग्रहण गरियो । (अहिले सम्म घन पोखराको गुरूङले गुरूङको अगाडी सुब्बा लेख्ने चलन छ। र यीनीहरुकै मातहतमा कृष्ण चरित्र सम्बन्धी जन्म लिला, १२ लिला, नाग लिला, प्रेम लिला आदिका गीत बनाई लमजुङ्मा हिन्दुकरण र घले जातलाई गुरूङको भित्र पारी समाजमा निकै प्रभाब पारेको देखिन्छ । त्यतिमात्त होईन यी दुई भाई गित , नाच र मादलको ताल सबै कुरा मिलाउन सक्ने विद्दान पनि थिए ।
शाहवंशको इतिहास हेर्दा यशोब्रम्हा शाहको जेठो छोरा नरहरि शाहले श्री गणेश गरेपछि भाई द्रब्य शाह राजा हुनको लागि विभिन्न भारदारहरूसँग मिलोपत्र गरी गोरखा लिगलिगमा भएको घले राजा धनसिंह् घलेलाई वि.स. १५५९ मा विभिन्न जाल गरी आफु दकुरेर राजा भएको इतिहास रचे। बास्तब्मा पश्चिम क्षेत्रको पाल्पा र रुकुमबाट सैनिक तथा कारिन्दाको रुप्मा धेरै भर्ती गरेर ल्याएका मगरहरुको सहयोगले लिग लिग कोट कप्जा गर्न सफल भएको थियो र ती मगरहरुलाइ त्याँहाको स्थानीय बासिन्दाको बिरोध्ले गर्दा मगर जातलाई घले जात बनाएर बस्ति बसालेका थिए। त्यसबेला द्रब्य शाह लिग लिग कोटमा राजा हुदा उनको साथमा गणेश पाण्डे, नारायण अर्याल र गजानन्द भट्टराई समेत पसेका थिए । उनै गजानन्द भट्टराईका २२-२३ पुस्ताको एक सन्तान हुन् भुतपुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई। डा. बाबुरामको पुर्खाहरू तत्कालीन गोर्खाली राजपरिवारका ज्योतिषी पनि थिए।(इतिहासकार दिनेश राज पन्तको भनाई )। गोरखा राज्यका संस्थापक द्रब्य शाहको नाती, राम शाह आफ्ना दाज्यु छत्र शाहको देववसानपछि गोरखाको राजगद्दीमा बसेका हुन् । उहाँले २७ बर्ष जत्ति शासन चलाएको पाइन्छ।(राज्यकाल वि.स.१६६६-१६९३ आर्थात इ. स. १६०९-१६३६)। मगरको बाहुल्य रहेको गोर्खा तल्लोकोट मगर राज्यलाई विभिन्न जालमा पारी कब्जा गय्रो त्यसपश्चात माथिल्लोकोट ( हालको दुरसन्चार भएको ठाउँ ) घले राज्यलाई पनि क्रमश: कब्जामा लिई लिगलिगकोटमा,गोर्खा दरबार राजगद्दी सुरूवात गय्रो। राजा राम शाह शक्तिमान हुदै गएपछि शिरानचोकको घलेराजालाई पनि आफ्नो कब्जामा ल्याएर राज्य विस्तार गरेपछि राम शाहले देशकाल सुहाउदो स्थितिहरू बाँधेका कुरा इतिहास साँझी छन।
गोरखाको उत्तर भेगमा भने राजा चंग्या सुर्तान घले पछि अमर घलेले बारपाक देखि भोट्खोलासम्म आफ्नो नियन्त्रणमा राज्य चलाएका थिए । राम शाहपछि श्री ५ पृथ्वीनारायण शाहले बारपाकको अमर घले राजासँग मेलमिलाप राखे । त्यतिखेर नुन खानाको लागि भोट्खोलाबाट ल्याउनु पर्थ्यो। वि. स. २०२८ सालसम्ममा नुन भोट्खोलाबाट नै निर्यात गरिन्थ्यो। जो सबैलाई अबगत नै छ। बारपाकको घले राजाले त्यतिखेर भोट्खोलामा नुन कर लिन्थ्यो रे । यसैलाई मौका पारेर पृथ्वीनारायण शाहले तनहुँबाट घले राजालाई हात्ती ल्याउने र घले राजाले भोटबाट नुन ल्याउने शर्तमा दरौदी नदीको छेउमा पर्ने एउटा सम्म ठाउँ 'निमेल' जहाँ वालुवा नै वालुवा भएको ठाउँमा मेलमिलाप तथा मितेरी साइनु राख्न भनी बिना हात हतियार एउटा भोजको आयोजना गरिए बमोजिम दुबै पक्षबाट सहभागी भए र घले राजाको फौजलाइ सम्मान साथ चरेसको बटुकामा तीन पाने रक्सी दियो भने शाह पक्षका फौजलाइ सानो सानो प्वाल परेको टपटीमा रक्सी हालेर दिदा,टपटीको रक्सी चुहेर बालुवामा भिज्यो र केही मात्र खाकोले लागेन भने घले फौजहरु चाही हालेको सबै रक्सी खाकोले रक्सीले मात लागेको मौकामा पापी शाहहरुले अघि नै आएर बालुवा मुनि लुकाएर राखेको हात हतियार झिकी जिउदै लास बनाएको दु:ख लाग्दो इतिहास छ। राजा सहित कत्तिपय फौजहरु भाक्न थाले र वालुवा भन्ने ठाउँमा अर्को महाभारत सुरु भयो। कयौ घले राजाका फौजहरु यस दुनियाबाट सधैको लागि बिदावारी भए र घले राजा अमर घले त्याहाबाट भाक्दा भाक्दै बारपाकको मान्द्रे गाउको मुनी उकालोमा दुइटा हात ठुलो ढुंगामा पहरा राक्दा राक्दैको अबस्थामा भेटी उहाँलाइ पनि त्येही सदाका लागि बिदाइ गरी छाडे (दायाँको फोटो घले राजाको हत्केला छाप हो)। बारपाक घले राजाको अन्त्यपछि बारपाक देखि भोट्खोलासम्म शाहवंशको कब्जामा राजकाज सुरु भयो र नेपालको इतिहासमा घलेहरुको नाम हरुवामा मात्र सिमित राखियो। आज एक्काइशौ सताब्दीसम्म पनि आफ्नो घलेहरुको बलिदान र पुर्खाको रगत बगेको सम्झनामा निमेल भन्ने ठाउँमा ठाडो खोलाबाट बगेको पानी र त्येस वरपरबाट निस्केको धाराको पानी घले राजाको बार लि:ल(डाँगे घले) सन्तानका साथै अरु तीन थर घले, सम लि:ल(साम्री घले), ग्यलङ लि:ल(ग्याल्दुङ घले), रिलिङ लि:ल(रिल्दी घले) का सन्तानहरुले अहिलेसम्म त्याँहाको पानी पिउदैनन्।
गोरखा नेपालको इतिहासमा मात्र प्रसिद्द नभइ विष्वभर गोरखाको नामबाट स्वोर्णिम अक्षरमा अंकित गराउन विष्वभर सफल भएकोले गर्दा पच्चहत्तर जिल्ला मध्ये गोरखालाइ सबैभन्दा एेतिहासिक महत्वको जिल्लाको रुप्मा मानिन्छ। यतिमात्र होइन कि गोरखा न्यायका प्रतिमुर्ति राम शाह, युग पुरुष पृथ्वीनारायण शाह, शाहासका प्रतिक गोरखाली सेनाका प्रथम सेनापति शिवराम सिंह बस्न्यात्, नेपालका प्रथम प्रधानमन्त्रि भीमसेन थापा, कालु पान्डे, नेपालको प्रथम सहित लखन थापा, पृथ्वीनारायण शाहका सुभचिन्तक एवं एकीकरण अभियानका पक्षथर बिसे नगर्ची, भिसी पदक बिजयी बिष्वबिख्यात वीरहरुको पनि वीर गजे घले, थमन सिं गुरुङ, भानुभक्त गुरुङ जस्ता महान व्यक्तित्वको जन्म भुमि एवं कर्मभूमि धार्मिक आस्था केन्द्र र पवित्र तिर्थस्थल मनकामना शक्तिकी देवी, गोरखकाली, राजेन गुम्दा र सिद्दयोगी गोरखनाथको तपोभूमी तथा सधै हासीरहने अक्लो हिमशिखर मनास्लु, बौद्ध हिमाल, वीर र स्वाभिमानहरुको देशको रुपमा परिचित गराइ आफ्नै छुट्टै अस्तित्व र पहिचान कायम गर्न सफल नेपालको एक मात्र एतिहासिक जिल्ला गोरखा बिगत २५० बर्षिय शाहकालका साथै बर्तमानमा पनि घले राज्य र मगर राज्य बारे खुलस्त इतिहास नलेख्दा यहाँका स्थानीयवासीहरु गुनासो गर्दछन्। यहाँ उत्तर पुर्वी भाग सबै घले राज्य थियो भने दक्षिण पश्चिम भागमा मगर राज्य थियो। घले र मगर जातीहरू लडाई लड्न, सिकार खेल्न, पितृहरुको पुजापाठ् गर्न कुलदेवताहरुको (अकलादेवी र बगलादेवी) को पुजा गर्थे रे र गोरखाको तल्लोकोट रामशाहले कब्जा गर्दा मगरहरुको कुल देवता मान्ने कालिका देबि हो। रामशाहले आफ्नो अधिनमा ल्याएपछि कुल देवताको पुजा गर्न मगरको नै आबस्यकता परेको हुनाले मगर पुजारी नै नियुक्ति गरे। जुन प्रथा अहिलेसम्म यथाबत नै छ। घले राज्य बारपाक गाउँमा भने बाहुनहरुको बिउ नै नभएको ठाउमा कुल देवता वा देवी देवताको पुजा गर्न बाहुन खोजेर राक्ने जिम्मा घले मुखियालाइ दिइयो। यसरी कुल देवता धुमधाम मान्ने समय भने ज्योतिषी अनुसार दशैको बेलामा पारियो र हिन्दुकरण गर्न सक्षम पनि भयो।
अन्त्यमा घले राज्य र मगर राज्यलाइ सिध्याएर श्री ५ पृथ्वी नारायण शाह एउटै शक्तिसाली राज्य खडा भएपछि उनको नेतृत्वमा काठ्माण्डौ उपत्येका बिजय हासिल गर्दै राज्धानी काठ्माण्डौ बनाइ अन्य राज्य बिस्तारमा लाक्नु भयो। त्येसबेला केही मात्रमा बाचेका घलेहरुलाइ घले भनेर कतै सुनिहालेमा २० रुपैया जरिवाना वा जेलमा हाल्नुका साथै मृत्यु दण्ड दिइन्थ्यो। यसरी घले जातीको लोप् वा नास गराउन थालेपछि बाचेका कत्तिपय घलेहरु भाग्दा भाग्दै मगर बस्तितिर पुगेकालाइ आफ्नो ज्यान बचाउनको लागि मगर घले भनियो, तामाङ बस्तितिर पुगेकालाइ तामांग घले भनियो भने गुरुङहरुको बस्तिमा बस्दै गरेको घलेहरुलाइ गुरुङ घले भनियो भने त्येस्तै दलित् बस्तितिर पसेको घलेहरुलाइ दलित् घले भनियो। यसरी घलेहरुले आफ्नो ज्यानको सुरक्षा गरेका थिए जसको परिणाम गोरखा बाहेक अरु ठाउका घलेहरुमा अहलेसम्म केही भ्रम यथाबद नै छ। तर आधुनिक समय सँगै मेडियाको प्रभावले धेरै परिवर्तन ल्याएको छ।जसको कारण देश बिदेशमा बस्नुहुने सम्पुर्ण घलेहरुमा आफ्नो इतिहास र पहिचानको लागि एकताको भावना जाकेको छ।

संसार न्युज ड्ट कम बाट 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर