A+ A A-

एउटा अस्तित्वको खोजीमा बाँचेको ढुङ्‌गा

दिल थापा, हाल जापान 

 

म ढुङ्‌गा हुँ,

अझ भनौं पहिले पहाडको ढुङ्‌गा 

अहिले नदीको ढुङगा 

वर्षायाममा नदीमा बाढी आउदा ढुङ्‌गा संग  

म ढुङ्‌गै ठोकिएर  

चिल्लो अनि निर्वस्त्र  भएको ढुङ्‌गा ।

मलाई किन हो कुन्नी  

ढुङ्गा भएर नदीको किनारमा शताब्दी सम्म बाँच्दा पनि  

मलाई फेरि बन्न मन छ ढुङ्‌गै 

जन्मन पाए फेरि जन्मन मन छ, भएर ढुङ्गै 

तर नदीको किनारमा 

नदीको पानीसंग होइन 

अहिलेको जस्तो पनि होइन 

मलाई पहिलाकै बन्न मन छ ढुङ्‌गा 

पहाडका अघिल्ला पाइलामा 

ढुङ्‌गा संग ढुङ्‌गो जोडिएर 

अनि अलिकति माटोसंग झगडा परिरहने 

अजिवको प्रेम गरेर ।

म अहिले कति साह्रो चिल्लो 

अनि कति नरम

जता  छामे पनि  

चिल्लै चिल्लो नरमै नरम

पाउदीन म मेरो कुनै स्वरुप अनि संरचना

खाली फगत चिल्लो र नरम 

देखिदा लाग्दो हो कति रुपवान  

आखाहरुलाई 

म अस्तित्व बिना ढुङ्‌गालाई 

म त कस्तो गोलो 

भकुन्डा जस्तो 

थाहा छ मलाई म पहिलाको  

पहाडको अघिल्लातिरको ढुङ्‌गा होइन

सुर नमिलेको 

छान्दा पनि  खस्रो स्पर्श दिने

मलाई पहिलाको जस्तै हुन मन छ, 

रुखहरुको जराहरुसंग अंगालो हालेर बस्न मन छ,

तिखा - तिखा 

अनि चेप्टो चेप्टो 

शिरतिर फुकेको 

बीचतिर सुकेको 

पुच्छर तिर पनि फुकेको 

ठ्याक्कै पहिलाको जस्तै भई 

यो त ढुङ्‌गा हो भनी सम्झन मिल्ने गरी |

मलाई कुटिल राजनीतिको डोजर लगाई 

धर्मको अफिम प्रयोग गरी 

मेरो अस्तित्व ध्वस्त बनायौं 

मलाई पहाडको शिखरबाट लड़ायौं 

म गुल्टीए नदीतिर 

आफ्नो अस्तित्व मेटाउदै मेटाउदै

म नदीको बीचमा बजारिए

झ्याम्म आवाज आफैले सुनिने गरी  

तिमीले सुर नमिलेको भनी संज्ञा दिने  

मेरा संरचनाहरुलाई हात खुट्टाहरुको निशाना सम्झेको थिएं  

तर ति सब निकम्ब भइसकेका थिए 

तुरुलुक्क शीतको थोपा चुहाई

मैले सयौं शताब्दी अगाडी छोडेर आएको थिएँ ।

हो आज म निकम्ब छु, 

अस्तित्व विहीन छु,  

पहिचानविहीन छु, 

म तिम्रा लागि ढुङ्गा नै हुँ, 

तर

एउटा अस्तित्वको खोजीमा छु ।

Last Updated on Tuesday, 02 January 2018 15:40

Hits: 871

काप्रेक गाउँ म्यूजिक भिडियोमा

मनोज घर्ती मगर


गाउँ चिनारीका गीत निर्माण गर्ने क्रम बढ्दो छ । यसै क्रममा शुक्ला गण्डकी नगरपालिका वडा न. १ काप्रेक गाउँ को म्युजिक भिडियो निर्माण गरिएको छ । म्यूजिक भिडियो गरिएको गीतको शब्द रचना तथा छायांकन भेष गुरुङले गरेका छन् भने संगीत डिका गुरुङको रहेको छ ।

भिडियोमा नायिका अनुता गुरुङ, बबिना वाईबा र बिपना गुरुङको अभिनय रहेको छ । बिकाश गुरुङको निर्देशनमा बनेको गीतमा नृत्य निर्देशक लब्सन गुरुङको कोरियोग्राफी रहेको छ । भिडियो निर्माण सुजन गुरुङ र बिबेक गुरुङको संयोजकत्वमा बनेको हो ।

Last Updated on Monday, 25 December 2017 13:18

Hits: 489

सागर आलेले ल्याए पल्ला घरकी कान्छी नानी !

राज्यसत्ता , 

वर्सटायल गायक सागर आलेको स्वोरमा अत्यन्त नयाँ गीत र विडियो उनकै युतुब च्यानल मार्फत रिलिज भएको छ ।

नेपाल आईडलमा नेपाली मौलिक लोक ,वेस्तेर्न फ्लवरका रक ,पप देखी ,आधुनिक ,गजल सबै विधाका गीत गाएर श्रोता र दर्शको मन जित्न सफल सागरको उनकै गीत सुन्न आतुर दर्शक श्रोताको मन जित्ने उक्त गीतको मम्युजिक भिडियो सार्वजनिक भएको एक दिनमा नै ३ लाख बढी को व्युवोर्स र ३ हजर बढी कूम्मेन्ट्स हरुले पुस्टी गरिसकेको छ । नेपाल अाईडलका अर्का प्रतिस्पर्धी मनोज थापा मगरको शब्द र संगित रहेको उक्त गीत नेपाली लोक र रक ब्यान्ड मन्त्रको फ्युजन गरिएको छ ।

उक्त गीतमा गायक स्वोयम र मेरिना मगरको एक्टिङ रहेको छ । गायक आले अहिले देश ,बिदेशमा कन्सर्टको दौडाहमा छन ।

Last Updated on Tuesday, 28 November 2017 13:53

Hits: 770

"तिमी बिना बाच्न सग्दिन म..." गीतको म्युजिक भिडियो युटुबमा सार्वजनिक

मानमा-बहराईन ४ डिसेम्बर,

प्रदेसी भुमी मा रहेर पनि नेपाली गीत संगीतको सिर्जनामा लगनशीलताका साथ लागिरहेका गायक तथा सर्जक नीर बिरही राना मगरले छैठौं सिर्जना "तिमी बिना बाच्न सक्दिन म" लाई १ डिसेम्बर २०१७ का दिन युटुब मार्फत सावर्जनिक गरेका छन् ।

मगर संघ बहराईनको साँस्कृतिक विभागीय सचिव समेत रहेकी वैदेशिक रोजगारीका शिलशिलामा बहराईन पुगेकी लोक गायिका सरिता दर्लामी मगरले स्वरमा साथ दिएकी छन् । शब्द गायक स्वंम् नीर बिरही राना मगर र देब पाठककको छ भने लय नीरकै हो । हिमालयन हर्टको निर्देशन तथा छायांकनमा तैयार भएको उक्त गीतमा कृस रुचाल, प्रन्स नलिना, दिबस ठकुरी, देवी पुन मगर, घर्ती मगर लगायत कलाकारको अभिनय गरेका छन् । उक्त गीतको म्युजिकमा एरन्ज बिलन थापा मगरले गरेका हुन् । गायक तथा सर्जक नीरले यो भन्दा अघि फर्की आउछु, नौमती धुनैले, नाच काले नाच, आदि गीतहरुमा आफ्नो स्वर तथा प्रस्तुती दिइ सकेका छन् ।

नबोल्ने किन हो, भए प्रदेसी, जस्ता गीतहरुमा लय तथा शब्द सिर्जना रहेको गीति एल्बमलाई स्रोता माझ ल्याई सकेका अब्बल कलाकार हुन् । अब छिट्टै आफ्नो नयाँ सिर्जनालाई बजारमा ल्याउने तयारीमा रहेको सम्वादका क्रममा हामीलाई सर्जक नीरले बताए ।

सर्जक तथा गायक नीरलाई साँङ्गितिक यात्रामा निरन्तर सफलताको शिखरमा पुग्न सफल रहोस् हाम्रो शुभकामना सहित हेरौँ यो म्युजिक भिडियो

Last Updated on Tuesday, 12 December 2017 11:01

Hits: 501

नेपाली कथानक चलचित्र शिरफुलको शीर्षगीत सार्वजनिक !

 काठमाण्डौ / ११ मंसिर,

निर्माणको सम्पुर्ण काम सकेर प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र शिरफुलको शीर्षगीत शिरैमाथि शिरफुल बोलको गीत आज सार्वजनिक गरिएको छ ।

शिरफुलको यस गीतमा देवराज आले मगर र तारा श्रीस मगरको स्वर रहेको छ भने शब्द राजु थापा संगीत देवराज आलेमगर र एरेन्ज रिकेश गुरुङ ले गरेका छन् । मगर्स क्रियशन इन्भेष्टमेन्ट कम्पनी र पर्फमिङ आर्ट क्रियशनको संयुक्त प्रस्तुति रहेको शिरफुलको निर्माता आर्शिवाद पुन मगर रहेका छन् भने चलचित्रलाई निर्देशन कमल ऐक्चै मगरले गरेका छन् । चलचित्रको टेलर पनि छिट्टै नै सार्वजनिक हुने भएको छ ।

विश्वका विभिन्न देशहरुमा च्यारिटिको अन्तिम तयारीमा रहेको शिरफुलले देशैभरिका हलहरुमा प्रदर्शनको लागि मिति भने छिट्टै प्रत्रकार सम्मेलन गरि जानकारी दिने कुरा निर्माण स्रोतले जनाएको छ ।

बढ्दो आधुनिकताको प्रभावसँगै युवापुस्तामा देखिएको विविध खाले विकृतिलाई उजागर गर्दै त्यसको निराकरण पहिल्याउन सहयोग पुग्ने विषयवस्तु, विशेषगरी नयाँ पुस्तामाझ प्रेम, मौलिकता तथा कला संस्कारलाई फेसनका रुपमा लिने चलनको बढ्दो विकृतिसँगै यसबाट समाजमा देखिएको नकारात्मक प्रभावको चित्रण गरिएको चलचित्र शिरफुल नेपाली दर्शंकको लागि एक उत्कृष्ट मौलिक चलचित्र बनेकोले दर्शकहरुले मन पराउने विश्वास निर्माताले लिएका छन् ।

Last Updated on Tuesday, 28 November 2017 12:36

Hits: 565

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६