A+ A A-

जनजाति चलचित्र महोत्सवमा मगर चलचित्र रैंयाँ

मेजन पुन मगर
काठमाण्डौ , असार ११ - दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सव यही असार १५, १६ र १७ गते भृकुटी मण्डप काठमाडौंमा आयोजना हुँदैछ ।
Image may contain: 1 person, smiling, text

महोत्सवमा जातीय चलचित्रकर्मी संघ, संस्थाबाट छनोट भई प्रदर्शन हुने चलचित्रलाई प्रोत्साहन स्वरुप प्रति चलचित्र ५ हजार नगद प्रदान गरिने छ भने दर्शकबाट छनोट भएको चलचित्रलाई पब्लिक च्वाईस अवार्ड स्वरुप २५ हजार नगद र टफी दिइने छ ।

Image may contain: 3 people, text

महोत्सवमा मगर भाषाको चलचित्र रैंयाँ, मैरिमो (गुरुंग), पा (गुरुंग), लदी पुजा (माझी), टिन्छेन फमा (शेर्पा), दुलारी (राजबंशी), ढ्वाङकुम (राई), गो सु नङा (सुनुवार), टुटल जिन्गी (थारु), पा (गुरुङ) र मन्दरा (थारु) चलचित्र देखाइँदैछ ।

Image may contain: 3 people

१) तापलय् (नेवाः) –निर्देशक बालमुकुन्द प्रजापति

२) तमसुक (मगर) –निर्देशक हिमाल पुन

३) कमल पोखरी (नेवाः) –निर्देशक संजोग लाफा मगर

४) मायासे लासी–३ (तामाङ) –निर्देशक डि.बी. मोक्तान

५) रैयाँ (मगर) –निर्देशक मेजन पुन मगर

६) मन्दरा (थारु) –निर्देशन मदन चौधरी

७) पा (गुरुङ) –निर्देशन जितमान गुरुङ

८) टुटल जिन्गी (थारु) –निर्देशक कृष्ण चौधरी

९) गो सु नङा (सुनुवार) –निर्देशक शिव मुखिया सुनुवार

१०) ढ्वाङकुम (राई) –निर्देशक सन्तकुमार राई

११) दुलारी (राजवंशी) –निर्देशक बिनोद पुडासैनी

१२) टिन्छेन फमा (शेर्पा) –निर्देशक आङ ङिमा शेर्पा

१३) लदी पुजा (माझी) –निर्देशक बिन्दु माझी र
१४) मैरिमो (गुरुङ) –निर्देशक भोजबहादुर गुरुङ रहनु भएको छ ।

Last Updated on Monday, 25 June 2018 07:45

Hits: 562

प्रगती पुन मगर डान्स आइडलको टप नाइनमा !

विनोद रखाली मगर

जेष्ठ २९, तनहुँ-एपि वान टेलिभिजनले सन्चालन गरेको वुगी उगी डान्स रियालीटी शोमा छनोट भई हजारौं प्रतिस्पर्धी लाई पछि पार्दै तनहुँकी चेली प्रगती पुन मगरले टप नाइनमा आफुलाई सुरक्षित गरेकी छिन् ।



तनहुँको शुक्लागण्डकी २ कोत्रे नर्सरीकी २१ बर्षिया प्रगति सानै देखि विभिन्न नृत्य प्रतियोगिताहरुमा सहभागी भै विभिन्न राष्टिय तथा जिल्ला स्तरका उपाधिहरु उचालिसकेकी छिन् । अन्य सहभागीले भन्दा फरक प्रस्तुतीका साथ दर्शक तथा निर्णायकको मन जितेकी प्रगतीले यस अघि विभिन्न अफिसियल म्युजिक भिडियो तथा कभर गीतहरुमा समेत सहभागी भै पुरस्कारहरु हात पारेकी प्रगति पुनलाई वुगी उगी डान्स रियालीटी शोमा टप नाइन देखी अन्य चरणहरुमा उनको प्रस्तुती देख्न अव भोट गर्नुपर्ने हुन्छ ।

 
नृत्यमै नशा जमेकी प्रगतिलाई अन्य चरणहरुमा प्रवेश गर्न ३५२२५ नम्वरमा ०४ लेखी म्यासेज गरी साथ दिनुहुन सबै शुभेच्छुकहरु सामु आह्रवान गरेकी छिन् । यता नेपाल बाहिर रहनुहुने शुभेच्छुकहरुले एपि वान टेलिभिजनकको एप डाउनलोड गरी भोटिङ् दिन सकिनेछ । भोट्ङ् िलाइन आउदो बिहिबार साँझ ८ ः ३० वजे देखि शुक्रबार मध्यान १२ सम्म गर्न सकिने एपि वान टेलिभिजनले जनाएको छ । अवका चरणमा ५० प्रतिशत निर्णायकको र ५० प्रतिशत भोटको आधारमा छनोट प्रक्रिया अघि वढ्ने भएकाले सवैलाई आफ्नो भोट गरिदिन प्रगतिले आग्रह गरेकी छिन् ।

हरेक विहिबार साझँ ८ वजे र शुक्रबार साँझ ८ वजे प्रशारण हुने उक्त डान्स  रियालिटी शोको विजेताले नगद रु. २० लाख र एक कार प्राप्त गर्नेछन् ।

 

Last Updated on Wednesday, 13 June 2018 15:48

Hits: 630

तेस्रो बातावरण साहित्य गोष्टि लन्डनमा हुने

 बिजय हितान
Image may contain: text

आइतवार    ३ जुन २०१८ कादिन तेस्रोबातावरण साहित्यगोष्टी लन्डनमा हुनेभएकोछ । विश्व बातावरणदिवसलाई पारेरआयोजना गर्नलागिएको उक्त साहित्यगोष्टिका प्रमुकअतिथी बेलायतकालागि नेपालीराजदुत तथा बरिष्टसाहित्यकार दुर्गाबहादुर सुबेदीरहनुहुनेछ ।

त्यसैदिन इकोकबिताहरुको सँगालो स्वछन्द सुसेलिहरु पनि बिमोचन गरिने सम्योजक बिजय हितानले बताउनुभयो । उक्त सङ्रहभित्र बेलायतर नेपालमारहेका १०४ कबिहरुको पर्याबरणीय कबिताहरुरहेकाछन । गतदुईबर्ष लन्डनमा आयोजनागरिएका बातावरणगोष्टिमा बाचितकबिताहरु साथै२०१७ मा नेपालमा आयोजित अर्थआवरबातावरण कबिता प्रतियोगितामा सहभागि कबिताहरु समाबेशगरेर यो पुस्तक प्रकाशनगरिएकोछ ।

यसकार्यक्रमलाई बिगतमाझै बेलायतमा स्थापित बाह्र नेपाली साहित्यसङ्गठनहरुको सहयोगरहने सम्योजक बिजय हितानले बताउनुभयो । साहित्यमार्फत बिग्रंदोबातावरणलाइ जोगाउन जनचेतनादिनु यसकार्यक्रमको प्रमुखउद्देस्यहो । प्रतेकबर्ष बातावरणदिवसको एउटा नाराहुन्छ । यसबर्षकोनारा  सड्दैन सड्नेप्लास्टिक प्रदुसणसँग अब हामी लड्नेु भनी विश्वबातावरणदिवस आयोजक राष्ट्रभारतले घोषणागरेकोछ । यसबर्षको साहित्यगोष्टिमा भागलिन आउने स्रष्ठाहरुलाई सकेसम्म यसैनारामा आधारित आ-आफ्नो श्रृजना लिएर आइदिनहुन आयोजक हार्दिक आव्हान गर्दछ।

Last Updated on Monday, 07 May 2018 10:41

Hits: 655

गीतकार भावेश भुमरी युकेका कार्यक्रमहरूमा व्यस्त

मन्जु मौसमी
लण्डन,जुन ५ - यही जुन ३ का दिन लण्डनको चाल्टनस्थित एक सभाहलमा नेपालका अति लोकप्रिय गीतकार भावेश भुमरीको विशेष आतिथ्यमा बृहत् वातावरण साहित्य गोष्ठी भव्य रुपले सम्पन्न भयो ।



नेपालको मध्य पश्चिम प्यूठानमा जन्मेर अध्ययनका क्रममा काठमाडौँ पसेका भुमरीले विगत लामो समयदेखि नेपाली साहित्यको विभिन्न विधामा कलम चलाउँदै आएका छन् । विशेषत गीत र कविता विधामा कलम चलाउँदै आएका भुमरी नेपालमा मात्र होइन नेपाली बसोसास गर्ने संसारभरि आफ्ना प्रभावशाली गीतहरूका माध्यमबाट आफ्नो छवि राम्रोसँग स्थापित गरेका छन् । यसो त यिनी काठमाडौँमा बसेर गीतसङ्गीतमा लगानी गर्दै गीतिएल्मब र गीतसङ्ग्रह प्रकाशन गर्ने समकालीन पुस्ताका अब्बलमात्र नभएर पहिलो गीतकार नै हुन् । यिनले जति लगानी गरेर कसैले पनि सङ्ख्यात्मक र गुणात्मक कृतिहरू प्रकाशन गरेका छैनन् ।



यिनको यही लोकप्रियताका कारण यिनी संसारभरिका नेपाली गीतसङ्गीतका स्रोता र दर्शकसामु राम्रोसँग जमेर स्थापित हुन सफल भएका हुन् । यिनी आफैँमा गीत विधामै थेसिस गरेर स्तातकोत्तरको योग्यता पूरा गर्ने गीतकार पनि हुन् । यिनको लोकप्रियता युकेमा पनि अत्यन्त धेरै छ । यही कारण युकेमा आयोजना हुने विभिन्न साहित्यिक, सांस्कृतिक र अन्य कार्यक्रमका लागि मे ३१ मा लन्डन निम्त्याइएका भुमरीलाई अहिले भ्याइनभ्याई भएको छ । साढे दुई महिनाको समय लिएर आएका भुमरीको एक दिनको समय पनि खालि देखिँदैन । विशेषत आफ्ना प्रशंसक र कार्यक्रमहरूको निम्तोमा व्यस्त भुमरीले मे ३ मा युकेमा रहेका विभिन्न १४ वटा साहित्यिक संघसंस्थाहरूद्वारा संयुक्तरूपमा आयोजित 'तेस्रो बृहत् वातावरण साहित्य गोष्ठी'लाई विशेष अतिथि भई दिनभरि समय दिए । आफूलाई युके ल्याउन निम्तोपत्र पठाएर सहयोग गरेको यस कार्यक्रमका आयोजकलाई धन्यवाद दिँदै भुमरीले नेपालका कला, साहित्यलगायतका विभिन्न विषयमा स्पष्ट विचार राखे । लन्डनबाट देश सम्झँदै भुमरीले नेपालको प्राकृतिक सुन्दरताको बखान गरे र त्यही सुन्दरतालाई बचाउन अनि भोलिका पुस्तालाई हस्तान्तरण गर्न वातावरणसम्बन्धी कार्यक्रमहरू नेपालका विभिन्न शहर र दुर्गम गाउँमा पनि हुनुपर्नेमा जोड दिए । उनले वातावरणको महत्वमाथि प्रकाश पार्दै बेलायतजस्तो देशमा वातावरणसम्बन्धी यतिका कार्यक्रम र काम भइरहेका छन् भने हामी सबै मिलेर नेपालमा अरु बढी काम गर्नुपर्छ भन्ने कुरामा जोड दिए । आफू नेपालमा पुस्ताकालय अभियानका सचिव भएकाले वातावरणसम्बन्धी विभिन्न पुस्तकहरू दुर्गम गाउँगाउँका विद्यालयसम्म लैजान र त्यसम्बन्धी काम गर्न पनि इच्छुक भएको कुरा व्यक्त गरे । आफूलाई आफ्नै जन्मथलोको सुन्दरताले साहित्यमा लाग्न प्रेरित गरेको सन्दर्भ कोट्याँदै यस्तो थलोलाई विदेशमा बसोबास गर्दै आएका प्रत्येक नेपालीले हर काममा साथ र सहयोग गर्नुपर्ने कुरामा जोड दिए ।



नेपालको विशेषत काठमाडौँको विग्रँदो वातावरणका बारेमा मार्मिक कविता वाचन गरेर उपस्थित साहित्यकार र साहित्यप्रेमीहरूको मनग्य मन जित्न सफल भुमरी मे २ का दिन मगर संघ युकेको बैठकमा आमन्त्रित थिए र आफ्नो मगर जाति अनि सिङ्गो नेपाल जातिका साहित्य, कला, संस्कृति एवम् चेतना विकासमा प्रभावकारी काम कसरी गर्ने भन्ने विषयमा पनि आफ्ना महत्वपूर्ण धारणा राखेका थिए ।



युकेका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदीले भावेश भुमरीलाई खादा ओढाएर स्वागत र सम्मान गरेपछि यी दुवैले बृहत् वातावरण साहित्य गोष्ठीका सभापति गमलाको लाँलीगुराँस फूलमा सिंचन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । गोष्ठीको पहिलो चरणमा अघिल्ला वर्षहरूमा वाचित तथा पुरस्कृत वातावरणसम्बन्धी १०४ वटा वातावरणीय कविताहरू सङ्गृहित ‘स्वच्छन्द सुसेलीहरू' कृतिको विमोचन अतिथिद्वय सुवेदी र भुमरीले गरेका थिए । कृतिका बारेमा विनोद अधिकारी र विश्वासदीप तिगेलाले समीक्षा गरेका थिए । कार्यक्रममा ३८ जना कविहरूले वातावरणसम्बन्धी कविताहरु वाचन गरे भने वाचित कविताहरूबाट कवि लाहाङ चेम्जोङ उत्कृष्ट कविको रूपमा घोषित भए । दुर्गाप्रसाद पोख्रेल, जानुका राई, भूपेन्द्र घिमिरे, राजेन्द्र खस, दलबहादुर बुढाथोकी, सन्तोष कार्की, सन्जिता देउजा, होम सुनुवार, गोमा राना, गोपाल शाही, विश्वकाजी राई, मोहन आचार्य जलद, डम्बरसिंह प्रयास, दुत पुन ‘चिम्खोले काइँला’, सुरेशजङ शाह, निर्मला न्यौपाने, प्रतिमा केसी, विनोद अधिकारी, विश्वासदीप तिगेला, नानु राना, जानु काङ्वाङ, लालसुन्दर राई, भोजराज बराल, घनबहादुर थापामगर, कृष्ण बजगाईं, वाशु शर्मा, मन्जु भण्डारी, सुमलकुमार गुरुङ, सारादेवी गुरुङ, देवी आले, लाहाङ चेम्जोङ, सेमन्त राई, कोमल श्रेष्ठ मल्ल, तारा भट्टराई, गोकुल भण्डारी, मोती भण्डारी, रेशम अर्याललगायतले आफ्ना सिर्जना वाचन गरेका थिए ।



वातावरण साहित्यका अभियन्ता वातावरणविद् तथा साहित्यकार विजय हितानको मुख्य सक्रियतामा विगत दुई वर्षमाजस्तै यस वर्ष पनि कविता गोष्ठी अयोजना गरिएको हो । हितानकै अगुवाइमा सन् २००९ देखि युकेमा निरन्तररूपले वातावरणसम्बन्धी कार्यक्रमहरु हुँदै आएका छन् । युकेका सम्पूर्ण साहित्यिक संस्थाहरुलाई समेटेर बृहत रूपले सन् २०१६ देखि यो कार्यक्रमलाई निरन्तरता दिइएको हो । हितान विश्व नेपाली साहित्य महासङ्घ साउथ युके शाखाका पूर्व अध्यक्ष हुन् भने हाल संरक्षक छन् ।

Last Updated on Tuesday, 05 June 2018 15:31

Hits: 755

‘हाम्रो बाजुङ गाउँ’ वृत्तचित्र तथा म्यूजिक भिडियो लोकार्पित


वृत्तचित्रले गाउँ पर्यटन प्रवर्धनमा टेवा पु¥याउँछ-सांसद विष्ट

रूद्र श्रीसमगर

पोखरा, १८ वैशाख

पर्वतको मोदी गाउँपालिका वडा नं. ५, बाजुङको वृत्तचित्र एवं म्यूजिक भिडियो मंगलबार लोकार्पण गरिएको छ । मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्मित पहिलो वृत्तचित्र ‘बाजुङ भौगोलिक तथा सांस्कृतिक वृत्तचित्र’को प्रमुख अतिथि मिलन ट्रष्ट नेपाल–२०७४ की संरक्षक एवं समाजसेवी सावित्री कुमारी गुरुङ र प्रदेश नं. ४ का सांसद इन्द्र धारा विष्टले लोकार्पण गरेको हो ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद विष्टले वृत्तचित्रले गाउँ पर्यटनको प्रवर्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए । ‘स्थानीय संस्कृति र भौगोलिक अवस्थितिका बारेमा वृत्तचित्रले राम्ररी बोलेको छ’, सांसद विष्टले भने, ‘गाउँ पर्यटनको प्रवर्धनमा र प्रचार प्रसारका लागि वृत्तचित्र र म्यूजिक भिडियोले ठूलो योगदान पुग्छ ।’

जिल्ला खेलकुद विकास समिति, कास्कीका अध्यक्ष एवं नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम बहादुर गुरुङले गाउँको प्रचार प्रसार गर्न यस्ता वृत्तचित्र र म्यूजिक भिडियो महत्वपूर्ण साबित हुने बताए । हिमालय आँखा अस्पताल, पोखराका डा. हरिविक्रम अधिकारीले वृत्तचित्र र म्यूजिक भिडियो बाजुङ गाउँको एउटा ऐतिहासिक दस्तावेज भएको भन्दै नयाँ पुस्ताले स्थानीय संस्कृतिबारे सिक्ने गतिलो माध्यम बनेको उल्लेख गरे ।

कार्यक्रममा वृत्तचित्रका निर्देशक कृष्ण कुमार गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं. ४ का इञ्चार्ज हुम बहादुर गुरुङ, बाजुङ–फाल्गु तमु समाज, पोखराका अध्यक्ष हेम बहादुर गुरुङ, बाजुङ भौगोलिक तथा सांस्कृतिक वृत्तचित्र निर्माण समितिका अध्यक्ष कृष्ण कला केसी लगायतले बोलेका थिए । सो अवसरमा वृत्तचित्रका निर्माता, निर्देशक, मोडलहरू तथा विभिन्न सहयोगीहरूलाई सम्मान गरिएको थियो । म्यूजिक भिडियोमा मोडल मुस्कान गुरुङ, एनी थापामगर र रोश्नी मल्लले अभिनय गरेका छन् ।

कार्यक्रमको समापन गर्दै मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का अध्यक्ष एवं वृत्तचित्रका परिकल्पनाकार तथा कार्यकारी निर्माता दुर्गा बहादुर गुरुङ ‘मिलन’ले आफू परदेशी भूमिमा भएपनि आफू जन्मेको ठाउँका लागि केही गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको बताए । सबैको सहयोगले वृत्तचित्र निर्माण गर्न सफल भएको भन्दै अध्यक्ष गुरुङले आफू निस्वार्थ भावले सामाजिक कार्यमा निरन्तर खटिएको र आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का प्रचार प्रसार संयोजक रूद्र बहादुर श्रीसले सञ्चालन गरेको कार्यक्रममा बाजुङ–पोखरा सम्पर्क समितिका कोषाध्यक्ष क्या. रामकाजी गुरुङले स्वागत मन्तव्य दिएका थिए । वृत्तचित्र तथा म्यूजिक भिडियोको निर्देशन एवं शब्द रचना र संगीत कृष्ण कुमार गुरुङले गरेको हो । त्यस्तै, छायाड्ढन पुष्कर थापामगर, सन्तोष सारूमगर, फोटोग्राफी भूपाल कुमार गुरुङ, निर्माण नियन्त्रक मिनु गुरुङ, सम्पादन-कलरिष्ट सर्वज्ञमान शाक्य, एरेञ्जर तेजेन्द्र गुरुङ, ड्रोन क्यामरामा विकास ताम्राकार र व्यवस्थापनमा गौरी गुरुङ रहेका छन । म्यूजिक भिडियोको गीत भने गायिका दुर्गा परियारले गाएका छन ।

 

Last Updated on Tuesday, 01 May 2018 13:52

Hits: 417

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६