A+ A A-

मगर साहित्यमा मगर पन गोष्ठी सम्पन्न !

राज्यसत्ता,

काठमाडौं , सावन १९ - मगर साहित्यमा मगर पन चेतना अभिवृद्धि कार्यक्रमको उदघाटन मन्तव्यमा माननीय मन्त्री श्री थममाया थापा मगरले मगर भाषा साहित्यको विकास हुन सकेमा मगर भाषाको समृद्धी हुने कुरामा जोड दिनु भयो ।Image may contain: 6 people, including Sanjog Laaphaa Magar, Tham Maya Thapa, Dal Bahadur Vircatta Magar and Deo Rana, people sitting

नेपाल मगर संघ भाषिक उपाध्यक्ष दलबहादुर विरकट्टा मगरको अध्यक्षतामा सम्पन्न अमृत योञ्जन–तामाङले प्रस्तुत गरेको ‘नेपालमा भाषिक मानवअधिकारको स्थिती’ कार्यपत्रमा लोकबहादुर थापा मगरले टिप्पणी र सञ्जोग लाफा मगरद्धारा प्रस्तुत ‘मगर साहित्यको इतिहास’ कार्यपत्रमा विष्णु सिंजाली मगरले टिप्पणी गरेका थिए ।

मगर साहित्य कृति १७३ वटा प्रकाशन र नेपालमा एकल भाषाको शक्तिले मातृभाषा दिनप्रतिदिन सङ्कटवस्थामा पुगेको निचोड थियो । जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानद्धारा आयोजित कार्यक्रम समाज कल्याण परिषदको आर्थिक अनुदानमा भएको थियो ।

कार्यक्रम तमु बौद्ध समाज आनम नगरको सभाहलमा सम्पन्न भएको थियो ।

 

Last Updated on Sunday, 05 August 2018 11:02

Hits: 658

युकेमा भुमरीको सफल सिर्जना साँझ सम्पन्न !

मञ्जु मौसमी



लन्डन, जुलाई २७ तारिख, शुक्रबार साँझ राप्ती समाज, युकेद्वारा आयोजित लोकप्रिय कवि तथा गीतकार भावेश भुमरीका सिर्जनाहरूको एकल सिर्जनाअन्तर्गत ‘भावेश भुमरी सिर्जना साँझ, युके’ ऐतिहासिक रूपले सफल भएको छ ।

भावेश नेपालबाट विभिन्न कार्यक्रमहरूको निम्तोमा युके आएका हुन् । भुमरीको युके बसाईंका क्रममा धेरै कार्यक्रम सकिँदै अनि थपिँदै पनि छन् । भुमरीलाई भ्याइनभ्याई भएको छ विभिन्न संस्थाका वार्षिक कार्यक्रमदेखि साहित्यका विभिन्न कार्यक्रम र एकल कार्यक्रमसम्म । विशेषतः भुमरीको जन्मभूमि राप्तीको प्यूठान भएकाले राप्ती समाज युकेले भुमरीलाई एकल सिर्जनामार्फत कार्यक्रममा उतारेको हो ।



एउटा कवि तथा गीतकार युकेमा आएर यसरी व्यस्त भएको यो नै पहिलो हो भन्दा कुनै अत्युक्ति हुँदैन । यसको कारण भुमरीको गीतिलेखन र एलबम प्रकाशनको उचाई नै हो । युकेमा भुमरीका गीतसङ्गीतका हज्जारौँ शुभचिन्तक छन् । युकेमा नेपालबाट आउने कुनै चर्चित कलाकारभन्दा कम उचाई छैन भुमरीको । यही कारण पनि भुमरी हर दिन व्यस्त बनेका छन् । मान्छे राख्न जान्ने इमान्दार, सरल र सिर्जनशील स्वभावका कारण पनि भुमरीलाई धेरैले मन पराएका हुन् । युकेका भुमरीलाई आफ्नै दाजुभाइ मानेका दिदीबहिनीको संख्या नै सयौँको छ भने उनका साथीभाइ त कति कति । यही कारण भुमरीले एकल सिर्जनाका माध्यमबाट फोक्सटोनको लेमन लिफको कार्यक्रममा ऐतिहासिक सफलता हासिल गरेका हुन् ।



राप्ती समाजको कार्यक्रमलाई विशेष रूपले फोक्सटोन नेपाली समाज र मगर संघ केन्ट शाखाले सहयोग गरेर भावेशलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । कार्यक्रकमको संयोजक हरि बुढामगरले भावेशको परिचय दिँदै राप्ती समाज युकेले त्यति सफल स्रष्टाको एकल कार्यक्रम गर्न पाउँदा आाफूलाई धेरै खुसी लागेको कुरा व्यक्त गरे । भावेशका सिर्जनालाई आफूले धेरै मन पराएको कुरा राख्दै बुढामगरले असल स्रष्टाका सिर्जनालाई माया गरेमा मात्र सिर्जनाले निरन्तरता पाउने कुरा पनि बताए ।



कार्यक्रममा आफ्ना भनाइ राख्दै भुमरीले राष्ट्रिय भावका गीतहरू वाचन गरेर उपस्थित दर्शकहरूको मन जिते । त्यसपछि गायक गणेश पुनले भावेश भुमरीद्वारा रचित ‘माटोभरी जीवन भुल्छ’ र ‘धनका लागि परदेसिएँ’ दुई गीत गाएर दर्शकहरूलाई मन्त्रमुग्ध पारे । अर्को चरणमा भुमरीले जीवनवादी, विकृतिविसङ्गति, परदेश, संयोगान्त, वियोगान्त, निराशा, प्रयोग र प्यूठानका विषय बोकेका गीतहरू वाचन गरे । त्यसपछि गणेश पुनले भावेश भुमरीद्वारा रचित ‘मैले आफूलाई हराए’ र ‘मेरो छेउमा दिलको फूल कसले खसायो’ दुई गीत गाएर दर्शकहरूलाई निक्कै तताए । गीतमा दर्शकहरू ताली बजाएर निक्कै झुमे ।



दिनभरिको जागिर अनि टाढाको यात्रा र गाडी जामका कारण अलि ढिलो सुरु भएको कार्यक्रम रातको दश बजेपछिसम्म लम्बेको थियो तर पनि सबैले रमाइलो मानिरहेका थिए । लन्डन, केन्टवरी, मेडस्टोन र आसफोर्ड आदि टाढाका ठाउँहरूबाट आएका भावेशका प्रशंसकहरूले राती एघाह्र बजेसम्म कार्यक्रमस्थल छाडेका थिएनन् ।



भावेशले गीतकविता लेख्ने र प्राय आफ्ना सिर्जनामै रमाउने सामान्य व्यक्तिलाई युकेजस्तो देशमा बोलाएर न्यानो मञ्च र स्थान दिएको कुरा कहिल्यै भुल्न नसक्ने कुरा राखे । ‘भावेश इन द युके’ नामक ग्रुप फेसबुकका सदस्यहरूलाई धन्यवाद दिँदै एउटा लेखकलाई यतिका माया गरेकामा आभार पनि प्रकट गरे । त्यतिबेलै प्रसङ्ग बदल्दै भुमरीले उपस्थित दर्शकहरूलाई आफ्नो गीतको म्युजिक भिडियो देखाएर थप मनोरञ्जन दिने काम गरे ।

भुमरीले पर्दापछाडि रहेको आफूलाई स्रोता, दर्शक र प्रशंसकहरूले नै अगाडि ल्याएर सेलिब्रेटीसम्म बनाउने काम गरेकामा खुसी लागेको कुरा राखे । यस्तो काम आफूबाटै भएको भन्दै यसले भोलिका दिनमा एउटा ठूलै वहसको विषय बनाउने बाटो खोलेको कुरा पनि व्यक्त गरे । भुमरीले प्रस्तोताहरू मात्र मञ्चका भागेदार हुन् भन्ने मान्यतालाई तोड्दै वास्तविकताको खोजीमा अरू आयामहरू थपिने छन् र क्रमशः सबैको अधिकार स्थापित हुने छ भन्ने कुरा पनि राखे । राप्ती समाज युकेको ‘भावेश भुमरी सिर्जना साँझ’ले यस्तो कार्य सुरु मात्र गरेको छैन, भोलिका दिनमा कहीँ कतै हराइरहेका स्रष्ठाहरूलाई खोज्नका लागि एउटा उदाहरण बनाइदिएको छ भन्दै भुमरीले पाइलट सन्तोष रानाको विमान दुर्घटनाको प्रसङ्ग निकाले र उनैलाई लेखेको गीत बजाई दर्शकहरूलाई भावुक मात्र बनाएनन्, रुवाए पनि ।

कार्यक्रमको टिप्पणी गर्दै कवि विजय हितानले आफूलाई जानकारी भएसम्म युकेमा गीतकारको एकल सिर्जना साँझको कार्यक्रम भएको यो नै पहिलो हो भन्ने कुरा राखे । गीतकार भावेशको धेरै चर्चापरिचर्चा गरिनु, भावेशले आफ्ना कुराहरू राख्नु, रचनाहरू वाचन गर्नु, गीतकारकै गीतहरू गाइनु, म्युजिक भिडियो प्रदर्शन गरिनु अनि अडियो गीत सुनिनुजस्ता आयामले गीतकार भावेशको दायरालाई निक्कै फराकिलो बनाएको कुरा व्यक्त गरे । हितानले कुनै एउटा ठूलो कलाकारको कार्यक्रमभन्दा कैयौँ पक्षबाट माथिल्लो तहको भएको कुरा राख्दै यो कार्यक्रम भावेशको जीवनकै एउटा अविष्मरणीय कार्यक्रम भएको कुरा ठोकुवा गरे ।

कार्यक्रमका प्रमुख अतिथि फोक्टोन नेपाली समाज युकेका अध्यक्ष चन्द्रबहादुर गुरुङले भुमरीको कार्यक्रमबाट आफूले नयाँ कुरा सिकेको र भावेशजस्ता स्रष्टाको युके आगमनले बेल्पालीहरूलाई धेरै फाइदा पुगेको कुरा व्यक्त गरे । कार्यक्रमका सभापति, राप्ती समाज युकेका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार टीका ठकुरीले आफूले भावेशलाई धेरै ढिलो चिने पनि आउँदा दिनमा भावेशसँग धेरै नजिक भएर भावेशका सिर्जनालाई माया गर्ने कुरा व्यक्त गरे । ठकुरीले राप्तीले भावेशजस्ता राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रसम्म ख्यातिप्राप्त कवि तथा गीतकार जन्माएकामा गर्व लागेको कुरा राख्दै भुमरीलाई कार्यक्रमको प्रमाणपत्र हस्तान्तरण गरे ।

कार्यक्रममा मगर संघ युकेका उपाध्यक्षद्वय बम थापा सूर्यवंशीमगर र सीता पुन, महासचिव लालु पुन, गीतकार सङ्गीता वायुङ राई, गायक तथा सङ्गीतकार गङ्गा थापा, कलाकार प्रकाश रानालगायतका धेरै व्यक्तिहरूको उपस्थिति थियो भने कार्यक्रमको सञ्चालन कवि करिष्मा घमले गरेकी थिइन् । 

Last Updated on Wednesday, 01 August 2018 15:03

Hits: 618

“शेर” पनि स्याल जस्ताे रूने !हैट

छि !छि! छि!शेरबहादुर

 (१) तिमी कानुन मन्त्री हुदा गरिब आदिवासीलाई गाई गाेरूकाे मासु खाएकाे अभियाेगमा १२ बर्ष जेल सजाय हुदा नरूने तिमी बहादुर शेर ...

जाबाे मन्त्री पद खाेसिन्दा रूने ..
छि छि छि .........

(२) सेनापति राजेन्द्र क्षेत्रीले सैनिक मन्च टुडिखेलमा तामाड०काे लाेसार मनाउन नदिएर तिनकुने धुलामे चउरमा मनाउन बाध्य पार्द एक थाेपा आँसु नचुहाउने एमालेकाे शेर..
जाबाे मन्त्री पदबाट राजीनाम दिदा रूने...
छि छि छि .........

(३) लाेसार, साकेल, उधाैली उभाैली, छठ, माघे सकरातीमा सरकारले दिदै आएकाे विदा कटाैती गरेर हिन्दु दशै र तिहारकाे लागि मात्रा विदा दिदा नरूने हिन्दुवादी शेर.....
मन्त्रीकाे कुर्सी खाेसिन्दा धुरू धुरू रूने
छि छि छि ........

(४) आदिवासीका मातृभाषालाई सरकारी कार्यालयमा प्रयाेग गर्न नपाउने गाेर्खा भाषालाई मात्रा प्रयाेग गर्नु पर्ने कानुन बनाउदा नरूने शेरे ....
मन्त्रीकाे कुर्सीबाट खस्ने वितिकै रूने
छि छि छि....

(५) तामाड०हरूका ऐतिहासिक थातथलाेकाे पहिचान तामसालिड० मेटाएर प्रदेश नं ३ भनेर नामड०कण गर्दा पिटिकै नरूने पहिचान विराेधी शेर ...
मन्त्रीपद खाेसिन्दा रूने ......
छि छि छि.......

सायद .......
(१) आदिवासीलाई १२ बर्षकाे जेल सजाय हुदा तिम्राे आँखामा आँशु रसाएकाे भए...
आज कराेडाै आदिवासीहरूकाे आँशुले सडक समुन्द्र हुन थियाे हाेला ....

(२) टुडिखेलमा लाेसार मनाउन प्रतिबन्ध लगाउदा मन्त्री परिषद बैठकमा तिमीले आवज उठाएकाे भए ...
आज तिमीलाई मन्त्रीबाट बर्खास्त गरेकाे विराेधमा लाखाै आदिवासीले सिंहदरबार थर्कने गरेर नश्लावादी प्रधानमन्त्री मुर्दावाद भनेर नारा लगाउथे हाेला !

(३) आदिवासीकाे चाडपर्वकाे विदा कटाैती गर्दा संसदमा बाेलेकाे भए ...
तिमीलाई अन्ययपूर्ण तरिकाेले मन्त्रीबाट हटाएकाे विराेधमा कराेडाै आदिवासीले नशलावादी प्रधानमन्त्रीकाे कानकाे जाली फुटने गरि चिच्याउथे हाेला...

(४) आदिवासीकाे मातृभाषालाई सरकारी कामकाजकाे भाषा बनाउन सहयाेग गरेकाे भए तिमीलाई मन्त्रीबाट हटाएकाे विरूद्ध सबै आदिवासीले मातृभाषामा ज्ञापनपत्र सिंहदरबारमा बुझाउथे हाेला ..

(५) तामसालिड० प्रदेशकाे पहिचान मेटाएर प्रदेश नं ३ राख्दा संसदबाट राजीनाम दिएकाे भए....
आज तिमीलाई मन्त्री पदबाट जबरजस्ती हटाएकाे विराेधमा तामसालिड० अनिश्चितकालिन बन्द हुन्थे हाेला

जातीकाे मुद्धा पार्टीमा उठाउन नसक्दा
तिमी घरकाे न घाटकाे भयाै...

अब बांकी दिन
पार्टी भन्दा माथी उठेर जातीका लागि लडनु पर्छ है !
शेरबहादुर आले !

-आङ्काजी शेर्पा

Last Updated on Wednesday, 25 July 2018 15:40

Hits: 561

प्रसिद्ध गितकार शिवशंकर थापामगर छिन्नलता गीतपुरस्कारद्धारा विषेश सम्मानित !

हुबिमगर र खड्क सारुमगर
काठमाण्डौ, सावन १२ - शिबशंकर थापा मगर २०७४ सालको छिन्नलता गीतपुरस्कारद्धारा विषेश सम्मानित हुनु भएकोछ ।
Image may contain: 2 people, people standing

थापा मगर गीत रचना विधामा बिशेष सम्मान हुनु भएको हो । बिशेष सम्मानतर्फ थापा मगर र गायन विधामा शान्ति ठटाल सम्मानित हुनु भएको हो । उहांहरु दुबैजनाले जनही ५० हजार रुपैया र सम्मानपत्र प्रमुख अथिति प्रधानमन्त्री खड्क प्रशाद ओलीले प्रदान गर्नु भएको थियो । 

छिन्नलता गुठी पुरस्कार बाट पुरस्कृत हुने अन्य कलाकारहरुमा गीतरचना विधामा ज्ञानेन्द्र गदाल,संगीत विधातर्फ बशन्त क्षेत्री, गायन विधातर्फ संगीता राना मगर प्रधानले जनही ५० हजार रुपैया र सम्मानपत्र प्राप्त गर्नु भयो । नव प्रतिभा विधातर्फ मेलिना चाम्लिंग राई र राजन सिबाकोटीले संयूत्तरुपमा ३५ हजार रुपैया र सम्मानपत्र प्राप्त गर्नु भएको थियो ।
प्रा.डा. बाशुदेब त्रिपाठीको अध्यक्षतामा कार्यक्रमका प्रमुख अथिति प्रधानमन्त्री खड्क प्रशाद ओली हुनुहुन्थ्यो । अन्य अथितिहरुमा छिन्नलता गुठीका सदस्य मनानीय सांसद कमल ओली ,राष्ट्रियसभा , बिशीष्ठ संगीतकार शम्भुजित बास्कोटा,संगीत नाट्य प्रतिष्ठानका सदस्य सचिब गणेश रसिक , छिन्नलता गुठीका सचिब प्रा.डा ठाकुरप्रशाद पराजुली, ज्योती राज्य लक्षिमी लगाएतका बिशिष्ठ पाहुनाहरुको मञ्चमा मञ्चाशिन थियो । कार्यक्रमको सहजिकरण नरेश भट्राईले गर्नु भएको थियो ।
Image may contain: 2 people, people smiling, people on stage and outdoor

प्रतिभाशाली श्वरकी धनी गायिका मेलिना राई र अर्का प्रतिभशाली गायक राजनराज सिवाकोटीले कुटुमा कुटु सुपारी दाना बोलको गीत गाउनु भएको थियो भने संगीता राना मगर प्रधान, बरिष्ठ गायक आनन्द कार्की ,हास्यकलाकार जितु नेपालले कार्यक्रममा भरमुर मनेरञ्न दिनु भएको थियो ।

गीता त्रिपाठीबाट सम्मानीत सबै कलाकारहरुको संक्षिप्त परचिय पस्किनु भएको थियो । छिन्नतला संगित बाट सम्मानित हुनेहरुको संक्षिप्त परचय यसप्रकारकोछ ।
प्रसिद्ध गीतकार शिव शंकर थापा मगरलाई विषेश पुरस्कार :
Image may contain: 2 people, people smiling, suit

धनकुटामा जन्मनु भएका वरिष्ठ गीतकार शिव शंकर थापा मगर नेपाली आधुनिक गीतका अत्यन्त सफल गीतकार हुनुहुन्छ । माता महालक्ष्मी र पिता सिद्धिभक्त थापा मगरको सुपुत्र शिव शंकर थापा २०२० सालदेखि नेपाली कविता र गीत रचनामा निरन्तर लागि उच्च लोकप्रियता प्राप्त गर्ने गीतकारको रुपमा सम्मानित हुनुहुन्छ । उहाँको चर्तित गीतहरुः झरीको आँसुलाई, विधुवालाई सिन्दुरको रहर, तिमी आकासको जुन,  भयो भन्थिन उनि , सपनालाई आदि रहेका छन् । गायक दिपश्रेष्ठ ज्यूले उहाँको थुप्रै गीतहरु गाउनु भएको छ । यसै क्रियासिल जिवन बिताउँदै आउनु भएका  संगितकार थापा मगर विभिन्न संघ संस्थामा अध्यक्ष पदमा रही कला साहित्य उत्थानमा योगदान दिदै आउनु भएको छ ।
हाल पूर्वाञ्चल कलाकार समाजका अध्यक्ष रहनु भएका थापा भन्थिन उनि मेरी शिर्षकमा दुई कृतिहरु एउटा संस्मरण एउटा गीत संग्रह प्रकाशित गर्ने तर्खरमा हुनुहुन्छ । उहाँले नेपाली गीत संगितमा पु¥याउनु भएको योगदानको उच्च मुल्यांकन गरि उहाँलाई छिन्नलता सम्मान २०७४प्रदान गरिएको छ । यस सम्मान कार्यक्रममा यहाँको गरिमामय उपस्थितप्रति हार्दिक आभर व्यक्त गर्दै यहाँको सिर्जना यात्राको उत्तोत्तर सम उन्नति र सुदिरपदका लागि हार्दिक सुभकामना व्यक्त गर्दछौं ।

संगित विशेषज्ञ शान्ति ठटाललाई विषेश पुरस्कार :
Image may contain: 3 people

जो अघि राष्ट्रिय गान बज्दै गर्दा पनि मैले उहाँलाई धेरैबेर हेरेको थिएँ । संगितकार संगित विशेषज्ञ अमर गुरुङ्ग दाजुसँग सहकार्य गरेर यो नेपाली संगितको इतिहासलाई सर्वोच्च बनाउन अवरात्र खटिरहनु भएकी उहाँ जस्तो व्यक्तित्वलाई आज हाम्रो मञ्चमा हामीले पाएका छौ । उहाँको परिचय संक्षिप्तमा गराउन गईरहेको छु । नेपाली गीत संगितको समउन्नतिमा सदैव सर्मपित व्यक्तित्व संगित विशेषज्ञ शान्ति ठटालको विषयमा प्रसिद्धि गीतकार नगेन्द्र थापाले भन्नु भएको छ उहाँ नेपाली गीत संगितको ज्ञाता कम्पोजर त हुदै हो उहाँ नेपाली संगितका बहादुरयोद्धा हुनुहुन्छ ।
वास्तवमा शान्ति ठटाल समयबाट हेर्दा उहाँको विषयमा गीतकार थापाले राख्नु भएको धारणा अत्यन्त सारपूर्ण लाग्छ किन कि लगभग पचास वर्षको संगित यात्रामा संगितका योद्धा र सारथी दुवै व्यक्तित्व बनाउनु भएका ठटालको समपर्ण र त्यागको अभिव्यञ्जना नै उहाँको सफलर निरन्तरको योगदानमा प्रतिविम्वित भएको छ । कलाले सदैब त्याग माग्छ त्यस्तो त्याग केवल असाधरण प्रतिभाबाट मात्र सम्भव हुन्छ । नेपाली संगितको इतिहासमा संगितकार शान्ति ठटाल त्यसैले नै एक दुर्लभ र असाधारण योद्धा हुनु भएको हो । इतिहासलाई सँगै लिएर हिडिरहनु भएका गीतकार नगेन्द्र थापाको यो मुल्यांकनले नेपाली संगितका अध्यता र श्रोताको जिम्मेवारीलाई अझै घच्घचाएको छ । विवेकसिल न्यायिक पुष्टि भएका अल्पबासी भएका थापाले थोरैमाधेरै विशेष कुराकोसंकेत गर्नु भएको जस्तो लाग्छ ।
अर्का प्रसिद्ध कवि तथा गीतकार डा राजेन्द्र भण्डारीले भन्नु भएको छ शान्ति ठटाल नेपाली संगीत जगतकी कन्चनजंगा हुन उनैका आर्शिवाद स्वरुप अथया भनौं उनैबाट उदघोष धेरै नदीनाला छन् संगित क्षेत्रमा निष्ठभाषी अनुसाशित स्वच्छ सुद्ध नेपाली अंग्रेजी भाषी ज्ञान भएकी सबैकी दिदी स्नेहकी प्रतिमुर्ति एउटा विशाल संगितकार साथै उच्चमनसा शालिन व्यक्तित्व पनि हुन उनलाई देख्दा स्वत श्रद्धाले सिर झुक्छ यो डा. राजेन्द्र भण्डारीको भनाई हो । घाम जस्तो नाम नाम जस्तो स्वभाव सबैको हुँदैन तर कवि गीतकार भण्डारीको विशष्ट समालोचिकिय अभिव्यक्तिमा नेपाली संगितमा  जिउँदो जाग्दो परम्परालाई कन्चनजंगा भएर नेतृत्व दिई रहनु भएकी वरिष्ठ संगितकार शान्ति ठटाल यस्तो ओजसी व्यक्तित्व निर्माण गर्न चाहिने सम्पन्न भएको खास कुरा अभिव्यची छ । अहिले गायिका रुपमा स्थापित भएर उहाँ संगितको महासागारमा बस्नु भएको हो पौडिएर पार गर्नु होइन त्यसैमा डुबेर मोतिका दाना बनाउन उद्दत उहाँ सारा जीवन संगितको प्रवाहमा बगीरहनु भयो । कहिले काली गण्डकी भएर गीतरुपी सालिकराम कुत्दै त कहिले कोशी भएर संगितका भंगालाहरु जोड्दै उहाँले  संगितको सुन्दर युगलाई सम्मालेर राखिदिनु भएको छ ।
शान्ति ठटाल सोह्र वर्षको उमेरमा दार्जिलिङ्गको कला मन्दिरमा आवद्ध हुनु भएका बेला त्यही संस्थाका मानवघोसद्धारा उहाँ कलकताको रविन्द्र भारती विश्वविद्यालयमा उच्च शिक्षाको लागि प्रवेश गर्नु भएको थियो । यसपछि उहाँको गायिका परिचय स्थापित भईसकेपछि उहाँ संगिततिर उदाउनु भएको हो । संगितकार शान्ति ठटालले नेपाली गीत संगितमा नयाँ पुरानो दुवै पुस्ताका कलाकारसँग सहकार्य गर्नु भएको छ । उहाँले इश्वर बल्वभ बैरागी काहिला मनबहादुर मुखिया इन्द्र थपलिया अमर गुरुङ्ग सुशिल ठटाल नरदेव नुम्बा दलसिंङ्ग अकेला बलि सुब्बा देवदत्त ठटाल जस्ता कवि गीतकारका गीतहरुमा धुन भर्नु भएको छ । कन्चनजंगा झै स्वच्छ र पे्ररक व्यक्तित्व संगित सारथी शान्ति ठटालको अच्युत योगदानको लागि यो विशेष सम्मान छिन्नलता २०७४ द्धारा यो पुरस्कार प्रदान गरिएको छ । यस सुअवसरमा उहाँको यो गरिमामय उपस्थितको लागि हार्दिक आभर प्रकट गर्दै उत्तोत्तर प्रगतिको कामना र दिर्घतम सक्रिय संगित यात्राको असिम सुभकामना व्यक्त गर्दछौं ।

गीतकार ज्ञानेन्द गधालः
Image may contain: 2 people, people smiling, people sitting and text

गीतकार ज्ञानेन्द गधाल विगतवर्षदेखि अमेरीकामा बसोबास गर्दै आईरहनु भएकोछ त्यहाँको व्यस्तताको दैनिकीबिच पनि नेपाली भाषा साहित्य र संस्कृतिका प्रसार र विकासमा योगदान दिन विभिन्न गतिविधिमा संलग्न रहँदै आउनु भएको छ । निरन्तर लागिरहनु भएको छ । यसको निम्ति दुई दशकदेखि ड्यासपोराका लेखकको रुपमा नेपाली भाषामा साहित्य सिर्जना गर्दै स्रष्टाहरुसँग प्रत्यक्ष सम्पर्कमा रही सहकार्य गरि रहनु भएको उहाँ विभिन्न क्षेत्रिय राष्ट्रिय अन्तर्राष्ट्रिय डेढ दर्जन भन्दा बढि संघ संस्थामा आवद्ध हुनुहुन्छ । विद्धानकारुपमा विशेष परिचय बनाउनु भएका गधालका झरीपछिको आकास, सम्झनाका छालहरु, नेपाली आधुनिक गीतको संकलन, नेपाली आधुनिकी गीतहरुको स्वर, एल्वमहरु लगायत थुप्रै रचनाहरु प्रकासित छन् । र उहाँले यो कामको लागि विभिन्न संघ संस्थाहरुबाट पुरस्कार प्राप्त गरि आउनु भएको छ । गीतकार ज्ञानेन्द्र गधालका सरल सुन्दर भावको संगितमय गीतहरुको प्रभावकारीताको उच्चमुल्यांकन गरी छिन्नलता गीत पुरस्कार गुठीले २०७४ सालको छिन्नलता गीत पुरस्कारद्धारा उहाँलाई सम्मान गरिएको छ । यस गरिमामय पुरस्कारको गुठीको तर्फबाट आयोजित आजको यस विशेष  समारोहमा यहाँको गीत कार्यता निरन्तरता उत्तरोत्तर प्रगतिको कामना गर्दछ । छिन्नलता २०७४ द्धारा सम्मानित हुन भएकोमा यहाँलाई हार्दिक बधाइ दिन चहान्छौ ।

संगिततफ वसन्त क्षेत्रीः
Image may contain: 2 people, people smiling

छिन्नलता गीत पुरस्कार संगिततर्फ प्राप्त गर्नु हुने सर्जक हुनुहुन्छ वसन्त क्षेत्री उहाँको परिचय प्रस्तुत गर्दै छु २५ जनवरी १९५० मा दार्जिलिङ्गमा जन्मनु भएको वन्सत क्षेत्री सानैदेखि संगितमा अभिरुची राख्नु हुन्थ्यो आफुलाई गीत संगितसिर्जना र फरक धारको जागिरे जीवनमा एकसाथ हिडाएर अघि बढाई रहनु भएका उहाँका गीत तर्फको योगदानले प्रसिद्ध पाएका छन् । संगितकारको रुपमा क्षेत्री रेडियो नेपालको रेकर्डिङ्ग क्षेत्र लगायत विभिन्न संस्थाहरुबाट उहाँ प्रस्तुत गीतहरुको निकै लोकप्रिय रहदै आएको छ । उहाँका विभिन्न लोकप्रिय गीतहरु मध्ये रात गहिरिदै जान्छ , शहर भित्र केको हल्ला , जिन्दगीका मायाहरु , सरम लागे मेरो तिमीलाई,  लाए माया तोडिन्छ आदि थुप्रै गीतहरु उहाँको संगितमा सुसचित छ । र विभिन्न विशिष्ट स्रष्टा र गायकहरुले गाउँदै आएको छ । संगितकार क्षेत्रीले दार्जिलिङ्गबाट बनेको चलिचित्रहरु तुवालो,  रहस्य भाग्यको लगायतका चलिचित्रका निम्ति संगित भर्नु भएको छ भने उहाँको किताब सुर्यदय फिलिन्स धर्कन थुप्रै गीति एल्वमहरु क्यासेटहरु प्रकासित छन् । संगितकार क्षेत्रीलाई उहाँको निरन्तरताको कदर स्वरुप विभिन्न संघ संस्थाले सम्मानित पुरस्कृत गरेको छ भने यसरी नै उहाँको यो गुणात्मकको उच्च मुल्यांकन गर्दै संगित तर्फको छिन्नलता गीत पुरस्कार २०७४ द्धारा उहाँलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । यस गरिमामय पुरस्कार तथा सम्मानद्धारा विभुषित हुनु भएको सुअवसरमा प्रसिद्ध संगितकार क्षेत्रीलाई हार्दिक बधाई तथा उत्तोत्तर प्रगतिको सुभकामना गर्दछौ ।


गायिका संगीता राना मगर प्रधान :

Image may contain: 3 people, people smiling, people standing

छिन्नलता गीत पुरस्कार गायन नेपाली आधुनिक गीतलाई शास्त्रीय शैलीमा गाएर अत्यन्त गरिमामय बनाउने प्रसिद्ध गायिका संगीता राना मगर प्रधान नेपाली गीत संगितको गौरवमय परम्पराका एक विशिष्ट प्रतिभा हुनुहुन्छ । संगितका साथै सुर बग्ने रभावको मौलिकतालाई जीवन्त बनाउने उहाँको गायन नेपाली श्रोतको निम्ति इश्वरीय प्रदान मानिन्छ शास्त्रीय संगित साधनाबाट प्रारांगत भएर नेपाली लोकलयन्यायिक सक्षम उहाँको गीतहरु नेपाली गीतकार मानवहस्तीहरुलाई नेपाली शास्त्रीय आधनिक लोकलाई भोजन गायन गरि विभिन्न भेगमा निकै विशिष्ट रहेको छ । उहाँका विभिन्न एलवमहरु र अरु फुटकर रचनाहरु र विभिन्न एल्वमहरुमा प्रस्तुत भएका छन् । गायिका संगिता राना मगर प्रधानले गीत गायन संगित सिर्जना र अध्यापन र कुसल प्रशिक्षणबाट नेपाली गीत संगित क्षेमा प्रशस्तै योगदान पु¥याउँदै आउनु भएको छ । उहाँको निरन्तरताको साधना र योगदानको कदर गरि उहाँलाई विभिन्न किसिमको सम्मान र पुरस्कारहरु प्राप्त भएका छन् । उहाँले नेपाल गीत संगितमा पु¥याउनु भएको महत्वपूर्ण योगदानको उच्च मुल्यांकन गर्दै छिन्नलता गीत पुरस्कार गुठीले पनि गायन तर्फको छिन्नलता गीत पुरस्कार  २०७४ बाट उहाँलाई सम्मान प्रदान गरिएको छ । यस गरिमामय पुरस्कार तथा सम्मानद्धारा विभुषित हुनु भएको सुअवसरमा प्रसिद्ध गायिका संगीता राना मगर प्रधान ज्यूलाई हार्दिक बधाई तथा उत्तोतर प्रगतिको कामनाका साथ मंगलमय सुभकामना व्यक्त गर्दछौं ।

याद रहोस संगीता राना मगर प्रधान बरिष्ठ चलचित्र निर्देशक किशोर राना मगर ज्युको धर्मपत्नी हुनुहुन्छ । किशोर राना मगरको दुबै मृगौला फेल भएकोले ६ महिना देखि ललितपुरको पुलचोक स्थित निदान हस्पिटलमा उपचारको क्रममा आफ्नै भाई रन्जित राना मगरले आफ्नो एक मृगौला दिएर स्वास्थ्यलाभ लिई रहनु भएकोछ । राज्यसत्ता परिवार उहांको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौ ।
प्रतिभा पुरस्कार तर्फ गायक/गायिका मेलिना राई राजनराज सिवाकोटीः
Image may contain: 5 people, people smiling, people standing

छिन्नलता प्रतिभा पुरस्कार तर्फ राजनराज सिवाकोटी वि.सं. २०३२ भदौ २२ गतेका दिन पिता बलराम प्रसाद सिवाकोटी तथा माता सिता सिवाकोटीको सन्तानको रुपमा जन्मनु भएका राजनराज सिवाकोटीले नेपाल कमर्श क्याम्पसबाट एम ए तहको उर्तिण गर्नु भएको छ । जन्मजात रुपमा गायन प्रतिभा पाउनु भएको सिवाकेटीको अभ्यासले कमर्स विषयको अध्यापनलाइृ पूर्णता दिएर पनि स्व आर्जित ज्ञानको रुपमा लोक गित गायनको वृहत परिवेशमा आफुलाई सामहित गर्नु भएको छ । गायन सिवाकोटीका थुप्रै एल्वमहरु प्रकासित छन् उहाँ गीतकारको रुपमा पनि परिचित हुनुहुन्छ । उहाँले गीत रचना तथा संगित गरेका चर्तित संकलनको एल्वमको रुपमा म माया गर्छु अलिकता पिडा हुदा नि वार्ता गराई दियौ प्रिय तिम्रो सिउँदोमा मान्छे रहेछ खली तिम्रै हातको प्रकाश आदि थुप्रै रहेका छन् गायक सिवाकोटीको लोकप्रिय गायनका कारण उहाँलाई विभिन्न पुरस्कार तथा सम्मानहरु र विदेश भ्रमणको निमन्त्रणा बारबार आईरहेका छन् र उहाँले थुप्रै मञ्चीय प्रदर्शनहरु पनि गरिसन्नु भएको छ । प्रतिभाशाली गायक सिवाकोटीको यो योगदानलाई अर्का प्रतिभाशाली गायिका मेलिना राईसँग सहगायन गरिएको कुटुमाकुटु सुपारी दाना बोलको गीत निकै लोकप्रिय भएको छ । उहाँलाई यही गीतको लागि छिन्नलता प्रतिभा पुरस्कार २०७४ प्रदान गरिएको छ । यस गरिमामय पुरस्कार प्राप्त गर्नु भएको यस सुअवसरमा यहाँलाई धेरै धेरै बधाई तथा उत्तोत्तर प्रगति र उन्नतिको मंगलमय सुभकामना व्यक्त गर्दछौ ।

गायिका मेलिना राई :
Image may contain: 3 people, people smiling, suit

नेपाली गीत संगितलाई पछिल्लो समयमा प्रतिनिधित्व गर्ने थोरै प्रतिभासाली गायकहरुमा मेलिना राईको नाम अग्रपंक्तिमा आउँछ । मेलिना राई तीस भन्दा बढि चलिचित्रमा गीत गायनको लागि आफ्नो स्वर दिई सक्नु भएको छ । उहाँका अत्यन्त चर्चित गीतहरु तिमीले बाटो फेर्यो अरे , कम्मर माथि पटुकी पिरतीको डोरी सिरैमा सिलबन्दी  आदि विशेष प्रसिद्धिमा आएका छन् । उहाँको परिचय मुलत  चलचित्रमा पार्सल गायिकाको रुपमा रहेका छन् भने उहाँले विभिन्न शैली गीतहरुलाई सफलतापूर्वक गाउनु भएको छ । प्रतिभाशाली श्वरकी धनी गायिका मेलिना राईले अर्का प्रतिभशाली गायक राजनराज सिवाकोटीसँग गाउनु भएको कुटुमा कुटु सुपारी दाना बोलको गीतको लोकप्रियताको आधारमा उहाँलाई छिन्नलता पुरस्कार २०७४ बाट सम्मान गरिएको छ । यस गरिमामय पुरस्कार प्राप्त गर्नु भएको यस सुअवसरमा यहाँलाई धेरै धेरै बधाई तथा उत्तोत्तर उन्नतिको मंगलमय सुभकामना दिन चहान्छौ । धन्यवाद

Last Updated on Sunday, 29 July 2018 03:04

Hits: 1256

गोज्याङ्ग्रा नबनौं आदिबासी - कबिता संग्रह -

लाल कुमारी पुन (खण्डलुक)मगर
 



ए! लाटा गोज्याङ्ग्रा

ए तिमी धर्तिपुत्र
तर
अरुको फुर्काईमा फुर्किने
मुल कबिता यहिंको भुमिपुत्र,
राष्ट्रका मुलवासि समुदायहरु हो,
तिम्रा हाम्रा गुदिमा गिदि कहिल्यै भरिएन,
खै तिम्रा विवेक
खै तिम्रा चेतना
खै तिम्रा बहादुरी?
मँगोलभुमि यो हामी उब्जिएको माटोमा
आज हामी नै शरणार्थी जस्तो
तिमी बसेको घर
मैले/हामीले कजिएको जमिन,
तिम्रा हाम्रा हुन अझै सकेन,
ठुलाठुला स्वरमा करायौं
पहिचानवादि भन्यौं,
राष्ट्रको पहिलो ईमान्दार शाषक पनि भन्यौं
प्रथम सहिद लखन थापा मगरकै
बारेमा सडकसडक कागज र आफुभित्र खुवै कुर्लियौं,
एकल जात एकल भाषा एकल धर्म
र सँस्कृति मात्रै लादेर
आदिबासीलाई गुम्राहामा पारे भनेर
पनि चिच्यायौं
तर जसको विरोध गर्यौं
उसैकै खुट्टा ढोग्यौं,
हैन भन्ने हैन भन्नुस?जातिय र वर्गिय उत्पिडन अन्त्यका लागि
विभेदजन्य एकलकाँटे
राज्यको विरोधमा
नारा जुलुस गर्दै
धरपकट गर्ने पिचासहरुबाट
हाम्रा टाउका फुटायौं
हामी मध्ये थुप्रै घाईते भयौं,
कसैले जीवन आहुति पनि दिए
सायद सबै भन्दा धेरै रगत पसिना
र प्राण त्याग गर्ने
यहिका आदिबासी हुन्,
जो धेरै सँघर्ष गर्छन फल कम पाउँछन् शून्य बराबर,

खै,
हाम्रा खोसिएका लुटिएका
ती तमाम ऐंतिहासिक अस्तित्व
आजसम्म प्राप्त भएनन,
तै पनि चित्त बुझायौं
पतन नै भएर,
हेर्नुस ,बुझ्नुस,सुन्नुस
देख्नुस,
अनि देखाउनुस,हेराउनुस,बुझाउनुस
अनि सुनाउनुस,साथै बताउनुस
हामी हाम्रै भुमिमा बसेर
जातको रुपमा जन्मेर जात हुन सकेनौ,,
जो जनजातिमै सिमित रह्यौं
वास्तवमा अर्थ अन्य पनि यसका
तर जनजातिको अर्थ यो पनि हो कि!
जो अमजसम्म मान्छे हुन नसकेको
जुन अर्थ बुझ्नै सकेनौं
उनिहरु जात र मान्छे भईसक्दा समेत,
हामी यो युगसम्म मानव हुन सकेनौर??
बरु बिरोधाभाषामा विभेदकारी
यो राज्यले सदियौंदेखि
पेल्दै बनाएको
आदिबासी जनजाति कोटा आरक्षण
आदिमा सिमित भईनुपर्ने/हुनुपर्ने
त्यो अबत खोसिदैछ फेरि
अरुकै पोल्टामा पुगिँदैछ,
अरु सर्वोच्च तहमा रहेर शक्तिशाली भईसक्दा समेत
हामी जनजाति जो बनाईयो
अझै पशुवत उपनामले जीउनुपर्ने,
यो कस्तो विडम्बना!
अझै सुतेकै छ आदिबासी मुलवासि तिमी लम्पसार परेर,
उफ!
आज तिम्रो देश पराईको हातमा
पराईकै रिमोटबाट उसकै ईसारामा चलिरहेको छ,
आज तिम्रो हाम्रो जमिन
जँगल ,जल ढुङ्गा माटो,खनिज,
छहरा,छाङ्गा,पहरा
अनेकौ
श्रोत साधानहरु अर्कैको
नियन्त्रणमा परिचालित छ
अझै तपाँई हामीमा
सद्बुद्धि आएन,
बरु मलाई /हामीलाई
सबैले मानेका छन्,
म/हामी सबैको प्रिय मान्छे,
म जातमा पिडित छैन पनि भन्छौं
तर उँधै देख्छन् आदिबासीलाई,
म/हामी वर्ग र वर्णमा पनि
पिडित छैन भन्छौं,
भन्नेहरुले जे जे भने
तर  आंखा खोल्नुस
दृश्य अर्कै
चित्र विचित्रको छ,
बाहिर निको
घाउ भित्रै छ,
अलिकति भनौं
लाङघालीहरुलाई
भन्नेहरु यसरी पनि भन्छन्,
म त पढेलेखेको मान्छे,चेतनशिल मान्छे,
म सत्ता र सरकारमा न्यून भए पनि उच्चस्तरीय पदमा दर्ज भएको मान्छे
स्थापित मान्छे पनि भन्छौं
सबैका लागि चर्चित र
सर्वपक्षीय मान्छे पनि भन्छौं
अनि म/हामी कसैलाई
विरोध गर्दैनौ मौन रहन्छौं
वैचारिक बहस गर्छौ पनि भन्छौं,
त्यसैले विरोध विखण्डनको कुरा
म /हामी गर्दैनौ पनि भन्छौं
हामी जे भन्छौ त्यो  आत्मादेखि भन्छौं,तर अरुले भित्र
बर्वाद बनाएर बाहिर गुलियो पोतेर
भित्र बीस मिसाएको थाहा पाउँदैनौ
र मिठास मानेर खान्छौं बीस,
अनि लठ्ठ ढल्छौं
त्यहि मौकामा कोटि कोष माईल पार गरिसक्छन् अरुले।
अझै मलाई /हामीलाई
सत्ताधारी बाट पुर्ण सहयोग छ भन्छौं
मलाई सबैले पुरस्कृत गर्छन्
पनि भन्छन्,
त्यसैले मैले हामीले
जातिको कुरा गर्नु हुँदैन
म जातले पछि परेको छैन,
म शिक्षित छु यसकारण म जातको कुरा गर्दिन पनि भन्छौं,
हे हजुर जातमा पछि नपरेको
अर्थ लाउनेहरुले खोल्नुस चेतनाका ढोकाहरु,

बस म भन्छु हामी भन्छौं
तिमी/हामी आफुमा पिडित भएको
तिमी हामी  आफुलाई हेपिएको चेपिएको र लुटिएको महसुस सम्म पनि गर्दैनौ भने त
त्यो तिम्रा लागि मात्रै ठिक छ,
तिमी सत्ता,शक्ति र राज्य सँचालकको अगाडि डरले
थुरथुर कापेर
भुमिपुरत्रको पक्षमा सिधा बहस गर्न
सक्दैनौ भने
यहाँका मुल आदिबासीको महान शत्रु
तिमी नै हुनेछौ,,
बहस र तार्किक क्षमता प्रदर्शन अब
विपरीतहरुसँग गर्ने हो,
न कि तस्विर मात्रै झुल्काएर
कोठ छलफले मात्रै ठुला भईंदैन,
आज तिम्रा जमिन अर्कैले लुटिरहेको छ,
तिमी अक्कनबक्क भएर बसेका छौ
हे,,,आदिबासी मुलवासि भुमिपुत्रहरु हो
तिम्रा/हाम्रा हालत के भएको छ,
तिमी हामी आदिबासी मुलवासि भुमिपुत्र जनजाति  मात्रै भनेर बसिरहनेकी,
नारा एजेण्डा मात्रै घन्काईरहनेकी
तिम्रा हाम्रा पुर्खाले बगाएको
रगत पसिना र आशुको
मूल्य प्राप्तिका लागि
यो विभेदकारी विखण्डनकारी
एकात्मक चरित्रले
हामीलाई दास बनाउने
बाघे चरित्र प्रदर्शन गरि
हाम्रो माटोमा हामीलाई नै
उल्टो हलि गोठाला
बधुँवा पाखे झुरे झाम्रे
बनाउने मतवालीको उपनाम दिने
ती हिँस्रक व्यवहारले दमन शोषण गरि
अधिराज्य चलाउने
ढोंगी नरपिचासहरुसँग
 आऔ मैदानमा
जसको बर्चस्व ढाल्नुछ
चाहें लडाईको प्रकृति
जुन रुप र रँगको होस
म/हामी यहिंको आदिबासी म/हामी यहिंको मुलवासी
म/हामी यहिको जनजाति
म/हामी यहिको भुमिपुत्र,
तर हेरौं
प्रकृतिपुजक हामी जसको थाकथलो यहिं हो
जो विश्वब्रमाण्डले प्रमाणित गरिसकेको छ,
अनि,
प्रशासन अरुकै हातमा
भन्दा जवाफ हुन्छ,
क्षमता छैन रे भुमिपुत्रहरुको
क्षमता नभए आज विरोधीहरु बस्न जीवन धान्ने प्रशासन चलाउन सक्ने
यो भुमि कसले जोगाएर राख्योत?
आज तिमीहरुले प्रशासन चलाउन पमएका छौं हालिमुहाली
गर्न
सकारात्मक नकारात्मक दुवै तर्फबाठ अवसर धुत्न पाएका छौफ
अझै प्रशासनमा सर्जिवनि लिन जानू पर्नेरे
 आदिबासी जनजातिको प्रमाणिकरण गर्न तोक लाउनु पर्ने
कस्तो अचम्म!!
तोक त उनिहरुलाई लाउनु पर्ने
जो भगौडाको रुपमा छिरेर
शासकको रुपमा गजधम्म परेर नेतृत्व गरिरहेछ
त्यो पनि नदेखेर हामी आदिबासी लाङ्घालीहरु
ऐना मात्रै हेरिरहेका छौं
सुस्तसुस्त।

यो कहाँसम्मको अपाच्य नीति हो

जो शरण माग्न आए
आखिर को थिए भन्ने प्रमाण त
उनिहरुले गरिनुपर्ने
हामीलाई किन?
हामीलाई हिजो दास बनाएर
जवर्जस्ति मालिक बन्नेहरु,खवरदार !!
अब तिम्रा बर्चस्व धेरै टिक्नेवाला छैन
समय फेरिएको छ,
चेतनाले घेरिएको छ
तिम्रा कर्तुतका विरुद्ध
तिम्रा षड्यन्त्रका विरुद्ध,
तिमीले खोसिलिएको
ताला चावि
अब हाम्रा हातमा नआएसम्म
आन्दोलनको ज्वाराभाटा दन्किरहनेछ,
तिमी त्यतिबेला रोईकराई गर्नेछौं
जसले मुला आदिबासीलाई सदियौंदेखि लतारेर खाएर
पछारेर खाए
बनावटि समाजसेवाको नाट समेत गरेर खाए,
खुव चिच्याउनेछौ तिमी
अत्तालिएर त्यसबेला
तिम्रो पापको बदलामा जल्नेछौ दनदिनि
आगोमा हाम फाल्नेछौ आफै
खाल्डोमा डुब्नेछौ अनि
देखिनेछ
तिम्रा हैकवाद र पापको
फलिफाप!!
बाहिर हात मिलाउँछौ तिमी
सम्मान गरेझै गरि आदिबासीलाई
खव जिम्मेवार बोध गराए जस्तो
अब नाच्दैन तिम्रा विषादि ढ्याङ्ग्रोमा
सचेत भईसक्छौ हामी मुल आदिबासी जनजाति,
फेर्नुस यी शब्दहरु पञ्चेजाल बुन्नेहरुको शब्दभण्डारबाट
पाठ्यक्रमबाट !!

गैंडाकोट नगरपालिका , नवलपुर

Last Updated on Tuesday, 26 June 2018 14:45

Hits: 1330

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६