A+ A A-

मेरो काठमान्डु अवतरण र प्रदुशित बातावरण

बिजय हितान
जब म काठमान्डु हावाइजहाजबाट अवतरण हुन्छु संबिधान राम्रो बनेन भनेर चिन्ता लाग्दैन । नेताले केही गरेनन भनेर पनि चिन्ता लाग्दैन । मलाई जग्गा र सुनको भाउ, र बैंकमा राखेको पैसाको ब्याजदर घटेछ भनेर चिन्ता लाग्दैन । परिवारका सदस्यहरुको डिमान्ड अनुसारको कोशेली ल्याउन सकिन कि भनेर पनि चिन्ता लाग्दैन ।
Image may contain: 16 people, including Bryan Hitan, people smiling, people standing and suitयि सबैको बारेमा चिन्ता गर्ने त तपाईंहरु जस्ता धेरै हुनुहुन्छ। सबैले गर्ने चिन्ताका बिषयहरुमा म किन चिन्तित भईराख्न पर्‍यो र ! त्यसैले म धेरै कमैले चिन्ता गर्ने बिषयमा चिन्तित छु ।

जैले पनि काठमान्डु अवतरण हुन्छु एउटै कुराले चिन्तित बन्छु । काठमान्डुको प्रदुषित बातावरणले । गत ६ नोभेम्बर २०१८ तारिखमा काठमान्डौ बिमानस्थल ओर्लें । सौचालय प्रयोग गर्न पर्ने भयो । नाक छोप्दै भित्र पसें । मैले गरेको सबै दिसा पिसाब आखिरमा बाग्मतीमा त बगेर जाने हो भनेर दुख्ख लाग्यो । हात धुन धारा खोलें । पहेंलोपहेंलो रङगको पानी आयो । मेलम्ची आउँदैछ भनेर चित्त बुझाएँ ।

ट्याक्सि चढेर घरतिर लागें बाटोमा उडदै गरेको धुलो र धुवाँ पन्छाउँदै । बागम्तीको पुल काट्दा नदिले बगाएर ल्याएको ढल र त्याँहाबाट उत्सर्जित गन्धले ह्वास्सै नाकलाई हान्यो । अगी सौचालय पसेको याद आयो । सडकपेटी छेउँ भएर बग्ने ढल र थुपारिएका फोहोर मैलातिर अनायासै आँखा तेर्सिय । केही अधबैँसे केटाहरु नाङगै हातले प्लस्टिक, कार्डबोर्ड, र सिसालाई छुट्ट्याउँदै मिनी ट्रकमा लोड गर्दैथिए । कवाडिमा लगेर बेच्न हो कि ल्यान्डफिल साइटमा फाल्न हो । उनिहरु प्लास्टिक, मेटल बेच्ने खाते केटाहरु थिए कि नगरपालिकाका फोहर ब्याबस्थापनका कर्मचारी थिए, छुट्ट्यान सकिन । त्यो द्रिश्यले पनि मन दुखित तुल्ल्यायो ।

पछी सुनेँ, उपत्यकाको एक मात्रै फोहोर बिसर्जन स्थल ओखरपौवा ल्यान्डफिल साइटबाट बग्ने लिचेटले जलासय, जलचर र गाउँलेलाई पारेको असर। त्याहाँबाट उत्सर्जित मिथेन ग्यासले वोरिपरिको वायुमन्डलमा झनै कस्तो नकारात्मक प्रभाव पारेको होला भनेर अड्कल काटें । भुइँतिर लत्रिरहेका बिजुली र टेलिफोनका तार, थोत्रा होर्डिङबोर्ड, उद्रिसकेका भित्तेलेखन र पर्चाहरुजस्ता द्रिस्य प्रदुशणहरुप्रती मेरा आँखा फेरी परे । कानै खाने गरी चिच्याउने गाडीका हर्न; रातमा निस्कने गल्लिका कुकुरका निरन्तर हाउँहाउँ;  विवाह, नेताका भाषण, र पूजा जस्ता कार्यक्रमबाट निस्कने माइकका ध्वानी प्रदुशणप्रती पनि मेरा कान ठडिए ।


म काठमाडौं ओर्लेको एक दिन हुन पाएको हुँदैन मेरा शरीरका सबै ज्ञानिन्द्रियहरु सिथिल हुन्छन । अनी त म अती चिन्तित बन्छु यस्ता वातावरणिय प्रदुशणलाई कसरी रोकथाम गर्न सकिन्छ होला भनेर ।      

Image may contain: 3 people, including Bryan Hitan, people smiling, people standing and text
अघिल्ला नेपाल भ्रमणहरुमा निस्कंदा पनि यस्तै अनुभवले चिन्तित तुल्याउँथ्यो । यस पटक पनि खुबै चिन्तित भएँ । तर अैले आएर मेरा चिन्ता अली पर सरेकाछन । कारण मेरा चिन्तालाई अली बिसेक गराइदिनसक्ने मान्छेहरुलाई भेटेर आएको छु । यति भएपछी अब काठमान्डु अनी समग्र नेपालको बातावरण सम्रक्षण, प्रबर्धन, र सुधारमा केही टेवा पुर्याछउन सक्छु भन्ने लागेको छ । बेलायतको एन्भायरोमेन्ट एजेन्सिमा बसेर कमाएको सिप र अनुभवलाई आफ्नो राष्ट्रको सेवामा अर्पिन सक्छु भन्ने ठानेर फर्केको छु । बेलायतको बातावरण ब्याबस्थापनको मोडललाई सर्लक्कै नेपालमा लगेर लागु गराउन सकिन्छ कि र यस कार्यमा सबैको साथ पाईन्छ कि भन्ने आत्मबिश्वास जगाएर म मेरो छुट्टी सिध्याएर कर्मभुमी  फर्केको छु ।

Image may contain: 4 people, including Bryan Hitan, people standing and suit
यसै सिलसिलामा गत अक्टोबर महिनामा बन तथा बातावरण मन्त्री शक्ती बस्नेत ज्युसँग नेपाली राजदुतावास लन्डनमा  भेटवार्ता भयो । आउनुस नेपाल र भेट गरौं भनेर आस्वासन दिनुभयो । काठमान्डु ओर्लेको केही दिनपछी पर्याबरण रेडियोमा अन्तरवार्ता मिलाइदिनु भयो साहित्यकार मित्र बम बानियाले । रेडियोमा भेटभयो कार्यक्रम संचालक नवराज संजाल र डाइरेक्टर ड. अस्तमान महर्जनसँग । एक घण्टा बातावरणकै बिषयमा केन्द्रित रहेर मेरो अन्तरवार्ता भयो ।

पछी बातावरण कानुनबिद तथा बातावरण सम्रक्षणका अभियान्ता अधिवक्ता पदमबहादुर श्रेस्टसँग भेटहुने सौभाग्य मिल्यो । नेपालमा बातावरण कानुन नै छैन होला भनेको त एक सय चार कानुनहरु रहेछन । वाँहाले बातावरणिय समस्याहरुमा उध्योग तथा सरकारलाई मुद्दा हालेर धेरै मुद्दा जितिसक्नु भएको रहेछ । अदालतले धेरै मुद्दालाई जिताइसकेको तर सरकारबाट कार्यनयन हुन नसकेका गुनाशाहरु मलाई पोख्नुभयो । आवश्यक स्रोत र साधन नै छैनन् कसरी अदालतको फैसलालाई कार्यनयन होस त ! बातावरण प्रबन्धनमा बैज्ञानिक ज्ञान, दक्ष्य शिप, र अत्याधुनिक प्रबिधिको आवश्यकता पर्छ । त्यो अवस्था अझै नेपालमा बिकास न भैसकेकोले फैसला कार्यनयन हुन गाहरो छ मैले भने । वाँहाले मनन गर्नुभयो ।

Image may contain: one or more people and outdoor
त्यसपछी पदम जिले बातावरण बिभागका महानिर्देशक झलकराम अधिकारी, शाखा प्रमुख बुद्दीराज घिमिरे, र अन्य दस बातावरण निरिक्षकहरुसँग मेरो भेटघाट कार्यक्रम जुराइदिनुभयो । नेपालको बातावरण कानुन, यसको कार्यनयन, र बातावरण ब्याबस्थापनका बिषयबस्तुमा हाम्रो छलफल भयो । बातावरण निरिक्षकहरुसँग एक छुट्टै अन्तरकृया गरें । बेलायतको मेरो बातावरण ब्याबस्थापनको अनुभव सुनाएँ । उनिहरुको पनि मज्जाले सुनें । चार बर्ष मात्रै भएको रहेछ बातावरण बिभाग स्थापना गरिएको । बिचरा कान्छै रहेछ। तर बातावरणलाई जोगाउन हर प्रयासमा लागेको पाएँ याँहा कर्मचारीहरु । जम्मा १६ जना रहेछन नेपाल अधिराज्य भरिका लागि बातावरण निरिक्षक । यि निरिक्षकहरु सरकारी कर्मचारी छनौट बिधी लोकसेवा उत्तिर्ण भएर यो बिभागमा आउनुहुँदो रहेछ। प्राय सबैको बातावरण बिज्ञानमा मास्टर डिग्री हुँदोरहेछ तर त्यससम्बन्धी कुनै तालिम हुँदो नरहेछ । कामकै सिलसिलामा आफै सिक्दै जानुपर्दो रहेछ । बातावरण बिभागले अनुसन्धान गरेर निकालेको निस्कर्श बातावरण मन्त्रालयमा बुझाईँदो रहेछ । तर तालमेलको कमजोरिले धेरै बिषयहरु कार्यनयन हुन नसकेको गुनासो मलाई अवगत भयो । यो समस्या पनि काठामान्डु धुलाम्य हुनाका कारण र जिम्मेवार निकाय सडक बिभागले खानेपानी र खानेपानीले सडक बिभागलाई लगाए जस्तै हुन सक्ने मलाई लाग्यो 

Image may contain: one or more people, people standing and outdoor
काठमाण्डुमा पानीको समस्या छ तर मेलम्ची आउँदै छ । लोडसेडिङको समस्या थियो, कुलमान घिसिङको कुसल ब्याबस्थापनले समस्या हरण भएको छ । अब काठमान्डुको फोहर ब्याबस्थापनकालागि एक अर्को कुलमान जन्मनु परेकोछ ।

बाटोघाटो र यातायातको समस्या छ, तर जहाज र रेल आउँदैछ । द्रुत मार्ग, सुरुङ, र पहाडी लोक मार्गहरु बन्दैछन । राजनैतिक हक र अधिकारका समस्या थिए, ल्याइयो सङ्घियता । जसले ल्याउँदैछ आर्थिक सम्ब्रिदी पनि । तर बातावरणिय अवस्था छय हुँदै गैरहेको पाएँ । तर मेरो बसाइमा पाउन सकिन यस्तो कुनै परीयोजना जसले बातावरणिय समस्यालाई सुल्झाओस । आर्थिक बिकास र बातावरण सम्रक्षणका कार्यलाई सँगसँगै लगिनपर्छ । अर्थात दिगो बिकास । नेपालमा त्यसो भएको देखिदैन । अर्थिक बिकासको नाममा सडक, भवन, बैंक तथा बित्तिय संस्थाहरु, हावाइजहाज ग्राउन्ड, टेलिकम्युनिकेसनका सम्रचनाहरु धमाधम बन्दैछन ।तर ल्यान्डफिल साइट, ढल र ढल प्रसोधन केन्द्र, फोहरमैला ब्यबस्थापनका सम्रचनाहरु बनेका छैनन । 

Image may contain: outdoor
केही हप्ता पस्चात पदम जि को अगुवाइमा नेपाल बार एसोसियसनको बातावरण कानुन समितीको आयोजनामा एक अन्तरकृया राखियो । कार्यक्रममा प्रदेश ३ का बातावरण मन्त्री, पूर्व बन तथा बातावरण मन्त्री, काठमान्डु महानगरपालिकाका बातावरण बिभाग प्रमुख, अन्य बातावरण कानुन बिद्द, र बातावरण बिग्य जस्ता ब्याक्तिहरुसँग मेरो भेटवार्ता भयो । बिग्रंदो बातावरणसँग सबैजना सचेत, सुधारनुपर्छ भन्ने कुरामा सबैको चाँसो देखें । तर यस सम्बन्धी खासै कुनै ठोंस निती तथा योजना निर्धारीत नभैसको बुझ्दा मन खिन्न भएर आयो । तर सबैको यो भन्दा अगाडिको जनयुद्द र अस्थिर सरकारप्रती दोष, र अैलेको एमाले मावोबादि गठबन्धनको स्थिर सरकारप्रती सबैको आषा भरोषा पलाएको पाउँदा खुशी लाग्यो ।

यसरी यि भेटघाट र अन्तरकृयाहरुमा अरुका बिचराहरु सुनें । मेरा भनाइहरु पनि राखें । मैले भनेको पुग्ला नपुग्ला हेर्दै जाउँला । बेलायतको लागि नेपाली दुतावास, म आँफै काम गर्ने सरकारी बिभाग एन्भाएरोमेन्ट एजेन्सी, बेलायतको अन्तरराष्ट्रिय बिकास बिभाग, एनआरएन बेलायत इत्यादी संघसंस्थाहरुसँग सहकार्य गर्दै बातावरण प्रबन्धनमा चाहिने टेक्नोलोजी नेपाल भित्र्याउन सकिन्छ । जसरी शिक्षा, स्वास्थ्य, साहित्य, र राजनैतिक क्षेत्रमा नेपाल र बेलायतबिच अनुभव साटासाट हुँदैआएको पाईन्छ त्यस्तै बातावरणको क्षेत्रमा पनि बिग्य तथा कर्मचारीहरुको आदानप्रदान र प्रशिक्षण तथा तालिमको ब्याबस्था मिलाउन सकिन्छ ।

हामीले बर्षको दुईतीन सय गोर्खाली सिपाही बेलायतलाई दिंदा दुईतीन जना बातावरण बिग्य देउ न हामीलाई पनि भनेर बेलायती सरकारलाई गुहार्न सकिन्न र ! नेपालकी महिला मन्त्री आएर बेलायतको पार्लियामेन्टमा महिला हकअधिकार र हिन्साको बारेमा बोल्दा बेलायतको बातावरण मन्त्री नेपालको सन्सदमा उब्ब्याएर बागमती प्रदुशण हुन नदिन ढल कसरी प्रसोधन गरिनपर्छ भन्ने बिषयमा प्रबचनको मेसो मिलाउन सकिन्न र ! अन्तरराष्ट्रिय बिकास बिभागले ताप्लेजुङ्कको खोलामा झोलुङे पुल हालिदिंदा काठमान्डुमा उत्पादन हुने महिलालाई डढाएर बिजुली निकाल्ने प्रब्रिधी जडान गरिदिन्छौ की भन्ने कुराको माग राख्न सकिन्छ । मानवअधिकारको सङ्ख फुक्दा बातावरण अधिकारका बिषयमा पनि नेपाली जनतालाई चेतना दिलाइदिन्छौ की भनेर सोधी हेर्नसकिन्छ । यि सबैकुरा सरकारी स्थरमा गरियो भने प्रभावकारी हुनसक्छ । यसैको लागि सर्बप्रथम नेपाली दुतावासलाई मेरा यि कुराहरु राख्न जाने योजना गरेकोछु ।        
मलाई यस्तै यस्तै बिषयले चिन्तित तुल्याउन्छ। तर अन्य धेरै कुराले नेपाल भ्रमण रमाईलो पनि लाग्छ । न्यानो मौसम, मिजासिला मान्छे, स्वादिलो  खाना, सुन्दर प्रक्रिती, स्वर्ग झैं लाग्ने हिमस्रिङ्गखला, स्वाक्ष्य गाउँले परीबेश, समथर मधेस, छङ्छङ् गर्दै बग्ने नदीनाला, मनै लोब्याउने राष्ट्रिय निकुन्ज र हिम्स्रक तर लोपान्मुख बन्यजन्तु मलाई औधी मन पर्ने बिषय हुन ।

अब आशा गर्छु केही दसकपछी नेपालको वातावरणिय समस्याहरुले मेरो मन यसरी कुँडिन्नहोला  । 

 

(लेखक बातावरण बिज्ञानमा स्नाकोत्तर गरेर बेलायतको बातावरण बिभागमा कार्यरत हुनुहुन्छ)

This email address is being protected from spambots. You need JavaScript enabled to view it.
JANAURY
2018

         

Last Updated on Thursday, 17 January 2019 13:57

Hits: 639

दार्जलिङमा मास्टर मित्रसेनको शालिक अनावरण गरिंदै

राज्यसत्ता सम्बादाता

 Image may contain: Master Mitrasen Memorial Foujndation, smiling, closeup and text

दार्जलिङ- बहुप्रतिभाका धनी मास्टर मित्रसेन थापामगरको सालीक उनैको स्मृ ति दिवस (९ अप्रिल १९४६) पारेर अप्रिल २०१९ मा दार्जलिङमा अनावरण गरिंदै छ । मगर संघ युके केन्ट साखाका निबर्तमान अध्यक्ष बिजय हितानमगरलाई मगर संघ भारतद्वारा स्वागत तथा सम्मानार्थ  राखिएको एक कार्यक्रममाझ मित्रसेन सालीक सम्योजन समितिका सचिव अजय थापाले उक्त जानकारी दिनुभएको थियो ।

वेष्ट बङगाल सरकारले दार्जलिङ चौरस्ता नजिकै जमिन उपलब्ध गराइसकेको र मास्टर मित्रसेनको पूर्णकदको सालीक पनि निर्माण भईसकेको छ । सालीक स्थापना स्थलमा जग बसाल्ने र अन्य प्रारम्भिक निर्माण कार्यहरु सम्पन्न भैसकेको तर सालीक स्थापना र ब्याबस्थापनार्थ कोश सङ्कलन गरिंदै गरेको सचिव थापाले जानकारी दिनुभयो । देश बिदेसमा रहनुभएका संगित तथा साहित्य प्रेमी सबै ब्यक्ती तथा संघसङ्गठनहरुलाई यस कार्यमा सक्दो आर्थिक सहयोग गरिदिनहुन पनि सचिव थापाले हार्दिक आव्हान गर्नुभयो । 

Image may contain: 4 people, including Bishnu Rana and Bryan Hitan, people sitting

बिजय हितानले सालीक स्थापनार्थ यसै कार्यक्रमबिच भारतीय रुपैंया २५,००० सहयोग प्रदान गर्नु भयो । हितानले यस अघी सन २०१३ मा 'मास्टर मित्र सेन र उनक सिर्जना' पुस्तक प्रकाशनार्थ एक लाख रुपैंया काठमान्डु अवस्थित मित्रसेन प्रतिश्ठानलाइ प्रदान गरिसक्नुभएको छ । मास्टर मित्रसेनको साङ्गितीक र साहित्यिक प्रतिभालाई संसारमा चिनाउने अभिएन्ताहरुमध्ये हितान पनि एक हुनुहुन्छ । यसै सिलसिलामा हितान २०१६ मा मास्टर मित्रसेनको जन्मस्थल इन्डियाको भागसु धर्मशाला पनि भ्रमण गरिसक्नुभएको छ । अब मास्टर मित्रसेनको जिवनिमा आधारित एक उपन्यास लेखन तिर आफु लाग्दै गरेको पनि साहित्यकार हितानले बताउनुभयो ।

 

Image may contain: one or more people and people sitting

यस सालीक निर्माण कार्यमा वेष्ट बङगाल; दार्जलिङ, कालिम्पोङ, सिक्किमबासी संगित तथा साहित्यप्रेमी समुदाय र संगठनहरुको आर्थिक सहयोग रहेकोछ भने मगर संघ भारतले यस परीयोजनाको नेत्रुत्व गरिरहेको छ । यसै संस्थाको सान्स्कृतिक टोलिको अगुवाइमा मास्टर मित्रसेनका गीतहरुलाई पु:न संगित तथा स्वर सम्योजन गरेर 'श्रदार्पण' नामको गिती एलबम पनि निर्माण गरिएको छ । यस एलबमलाई सालीक अनावरण कार्यक्रमका दिन भब्य लोकार्पण गरिने योजना रहेको छ । आगामी २९ दिसम्बर २०१८ मास्टर मित्रसेन जयन्तीको दिन मास्टर मित्रसेन प्रतिश्ठानका अध्यक्ष त्रिलोकसिंह थापामगरद्वारा लिखित पुस्तक "मित्रसेनको परिचय" दोस्रो  संस्करणको विमोचन गरिने अनि संकलित पैसालाई सालिग स्थापना कोषमा जम्मा गरिनेछ। उक्त पुस्तक प्रकाशनको निम्ति थापाबाट भारु २०,००० प्राप्त भैसकेको जानकारी भारत मगर संघका महासचिव अमिट थापामगरले जनाए।

उक्त अंतरकृया कार्यक्रममा भारतभित्र रहेका मगर संगठनहरुको छाता सङ्गठन- भारतीय राष्ट्रिय मगर समन्वय समितिका महासचिव बिष्णु रानामगर र सिक्किम मगर संघका महासचिव बिमल थापामगरलाई पनि स्वागत तथा सम्मान गरिएको थियो । संघको तर्फबाट सम्मान स्वरूप अतिथिद्वय बिजय हितानमगर अनि विष्णु रानामगरलाई भारत मगर संघका अध्यक्ष दिपक थापामगरको बाहुलिबाट एकएक स्मृति चिन्ह पनि प्रदान गरिएको थियो । कार्यक्रमलाई यसै संघका अध्यक्ष दिपक थापामगरले सभापतित्व गर्नुभएको थियो भने महासचिव अमित थापामगरले सन्चालन गर्नुभएको थियो ।     

 


 

Last Updated on Friday, 14 December 2018 04:06

Hits: 652

मास्टर मित्र सेनको १२२ औँ जन्म जयन्ती

त्रिलोक सिहं थापा मगर
परिचयः
Image may contain: Master Mitrasen Memorial Foujndation, smiling

सन् १८९५ डिसेम्वर २९ तारीखमा बुहयामिक व्यक्तित्व मास्टर मित्रसेन थापा मगर को जन्म भारतको हिमाचल प्रदेश जिल्ला कागडा, भाग्सू धर्मशाला छाउनीको धारा खोला गाउँमा भएको थियो । उनी सिजाँली मगर हुन् । उनको पुख्यौली घर पश्चिम नेपालको तत्कालीन वागलुङ्ग जिल्ला (हाल पर्वित जिल्ला) अन्र्तगत पर्ने राखु पुल्ला गाउँ पर्दछ । यिनको हजुर बुबा सुन्दर थापा मगर सेनापति वडाकाजी अमरसिंह थापाको गोर्खाली फौजमा भर्ना भएर भारतको हिमाचल प्रदेशमा पर्ने कागडा किल्ला पुगेका थिए । जनरल अमरसिं थापाको गोर्खाली सेनाले १६०० बर्ष पुरानो प्रसिद्ध कागडा किल्ला लाई सन् १८०३ साल देखि सन् १८०९ सम्म आफ्नो घेरामा राखेको थियो । त्यस पछि सन्धी अनुसार जनरल अमर सिंह थापा आफ्नो सेनाका साथ स्वदेश फर्किए । केही गोर्खाली सैनिक कागडा किल्लाको छेउ छाउमा बसोबास गर्न मन पराए । मित्रसेनको हजुरबुबा सुन्दर थापा मगर पनि त्यही बसोबास गरे । त्यही सुन्दर थापाको छोरा मनवीर सेन थापाको जन्म भयो । मनवीर सेन थापा र आमा राधा थापको छोरा मित्रसेन थापा हुन् ।


सैनिक जीवन :


Image may contain: 4 people, including Master Mitrasen Memorial Foujndation, people smiling, people standing and outdoor

मास्टर मित्रसेन थापा मगरले सन् १९१२ साल देखि १९२० सम्म आफ्नो पुर्खौली पेशा सैनिक जीवन व्यतीत गरे । आफ्नो बुबा र बाजेको पल्टन पहिलो गोर्खा राइफलको सिगनल शाखामा कार्यरत रहे । प्रथम विश्व युद्धको समय उनि यूरोप, मध्य पूर्व र अफ्रिका कयौ मुलुकमा युद्धका लागि गए । युद्धको हिंसा, रक्तपात र नरसम्हारले गर्दा मित्रसेन ज्यादै दुःखीत थिए ।प्रंथम  विश्व युद्ध समाप्त भए पछि सैनिक जीवन वाट स्वेच्छाले अवकास लिए । तत्पश्चात सङ्गीत र साहित्य साधना, गोर्खाली भाषाको प्रचार, गीत, कविता, नाटक, कथा लेखन र समाज सुधारका कार्यमा जीवनको २५ वर्ष सम्म व्यत्तीत गरे । भारत र नेपालका विभिन्न ठाउँहरुमा भ्रमण गरेर नेपाली लोक सङ्गीत, सुगम सङ्गीग, तथा संस्कृतिको प्रचार गरे । “गोरखा सत्सङ्ग प्रचारणी संघको गठन गरेर गोर्खालि समाजमा सामाजिक चेतनाको अभियान संचालन गरे । सन् १९४६ अफ्रिल ९ दिनांकमा भाग्सू आफ्नै गाउँ तोतारानीमा उनको देहावसन भयो ।

कृतिहरु :
 मास्टर मित्रसेन थापा मगर स्वंय आफै गीत,  कथा, नाटक, कविता र लेखहरुका रचियता थिए । उनका ११ वटा खण्डकाव्य, ९७ वटा गीतहरु मध्इे ३२ वटा डिस्क रेकर्ड भएका गीत १४ वटा हिन्दोस्तानी र उर्दु भाषामा नाटक ५ वटा नेपाली नाटकका डिस्क रेकर्ड हाल सम्म फेला परेको छ । ५ वटा कथा, ६ वटा निवन्ध, २ वटा कविता गोर्खा सेवक (सन् १९३६) र शारदा पत्रिकामा प्रकाशित भएको पाइन्छ । मास्टरमित्रसेनको दर्जनौँ कृतिहरु अझ पनि भारतको हिमाचल प्रदेश धर्मशाला माग्स्को सरकारी म्युजियममा पाण्डुलिपी अवस्थामा छ । उक्त पाण्डुलिपीहरुको सम्पादन र प्रकाशन अत्यन्त आवश्य छ । उक्त पाण्डुलिपी राष्ट्रिय सम्पदा हुन् ।

बहुमुखी व्यक्तित्व : 


Image may contain: 13 people, including Master Mitrasen Memorial Foujndation, people smiling, people standing and outdoor

मित्रसेनले नेपाली भाषाका साथै हिन्दुस्तानी र उर्दु भाषामा पनि कतिपय रचना गरे । अंग्रेजी, सस्कृत, मगर र नेवारी भाषाका पनि उनि जानकार थिए । कविता, गीत, भजन, गजल, कववाली, झ्याउरे, कथा, निवन्ध, डायरी, लेख, अनुवाद, रेडियो नाटक आदिको लेखन र मञ्चन समेत गरे । समाज सुधारक र समाज सेवाका अतिरिक्त उनि धर्म प्रचारक पनि थिए ।

 फलस्वरुप उनको साहित्यक एंव साङ्गितिक रचना माथि भारत र नेपालका विश्वविद्यालयले दुई जना शोध कर्तालाई विद्यावारिधी प्रदान गरेको छ । नेपाल र भारत सरकार हुलाक विभागले सस्मरणात्मक हुलाक टिकट प्रकाशन गरेको छ । दुई देशले हुलाक टिकट प्रकाशन गर्नु ठूलो कुरा हो ।
 नेपाली र हिन्दी भाषामा उनको साहित्यिक एंव साङ्गितिक योगदान वारे पुस्तक प्रकाशित भएको छ । नेपाल र भारतमा मित्रसेनको नाममा संस्थाहरु स्थापना भएको छ । सदावहार गीतका गायक एवं सर्जक मास्टर मित्र सेन थापाको लोक प्रियता आज पनि जन मानसमा यथावत छ ।

जन्म जयन्ती :


सन् २०१७ साल डिसेम्वर २९ तारिखमा नेपाल र भारतका विभिन्न ठाउँहरुमा नेपाली साहित्यका महान विभूति र गीत सङ्गगीतका अमर साधक लेखक तथा बिचारक मास्टर मित्रसेनको जन्म जयन्ती मनाइएको थियो । भारत भाग्सू धर्म शाला बाट प्रकाशित हुने अक्टोवर २०१८ को “भाग्सू वाणी” पत्रिका पृष्ठ ३३ मा प्रकाशित “मित्र सेनको १२२ औ जन्म जयन्तीको समाचारको विवरण यस प्रकार उल्लेख गरिएको छ ।

“इंग्लैण्डमा :

 २९ दिसेम्बर २०१७ शनिबारका दिन मगर संघ युके केन्ट शाखाले मास्टर मित्रसेन थापामगरको  १२२                                                                                                                                                                                                                                                                                                    औं जन्म दिवस मनायो। पर्यावरण विद साहित्यकार विजय हितान र अरु साहित्यकार, सङ्गीगतकाहरुको पहलमा जनवरी २१ तारिखमा जन्म दिवन इंग्लैण्डमा मनाइएको थियो ।
 जन्म दिवसमा विशेष गरेर बेलायतस्थित नेपाली संघ संस्थाका पदाधिकारीहरुलाई अतिथिको रुपमा बोलाइएको थियो। कार्यक्रममा मगर संघ युकेका अध्यक्ष नेम थापा, राई आयोख्या मेडस्टोन साखाकी सचिव रन्जना राई, मगर बौद्ध समाज युकेका अध्यक्ष कृष्ण दर्लामी, मगर महिला समिति प्लस्टिड की अध्यक्ष देवरुपी थापा र निवर्तमान अध्यक्ष देवीमाया पुन, खोटाङ समाज युकेका पूर्व अध्यक्ष रत्न राई साथै दर्जनौ सर्बसाधारणको उपस्थिति थियो।

 मास्टर मित्रसेन थापाको थिए, गोर्खाली समाज सुधारका कार्यमा उनको कस्तो भूमिका थियो, उनको साहित्यिक तथा साङ्गितिक देनहरू केके थिए भन्ने विषयमा बिजय हितानद्वारा प्रबचन दिइएको थियो। साथै उनका गीतहरुलाई पहलसिङ थापा नेतृत्वको एक सांगितिक दलद्वारा प्रत्यक्ष गाएर प्रस्तुत गरिएको थियो। मित्रसेनका लोकप्रिय गीत र झ्याउनेर गीतहरु“लाहुरेको रेलिमै”, “मलाई खुत्रुक्कै प¥यो जेठान”, “अब त जाउँ कान्छी घर”, “तान्सेनको सितल पाटी”आदी लाई क्याप्टेन वीरबहादुर थापाले गाउनुभएको थियो भने मादलमा तुल्सी राना, बाँसुरिमा दिनेस गुरूङ, र हार्मोनी मा पहलसिङ थापाले साथ दिनुभएको थियो। गायनको बिच बिचमा घन थापा, बिशन थापा र बिजय हितानले आफ्ना कबिता साथै मित्रसेनका गीत, भजनहरू बाचन गर्नुभएको थियो ।
 अध्यक्ष नेम थापा र सचिव रन्जना राईले आआफ्नो मन्तव्य राख्नुभएको थियो। नेमा थापाले मास्टर मित्रसेनको जन्मदिनलाई भविष्यमा मगर संघ युकेको नेतृत्वमा अझे भव्यरूपमा मनाउने बचन दिनु भयो। रन्जना राईले गीतहरू सुनेको तर यसमा गायक तथा रचयिता मास्टर मित्रसेन थिए भन्ने कुरा पहिला थाहा नभएको कुरा राख्नुभएको थियो।
 स्मरण रहोस, गोर्खा पल्टनमा अति नै चर्चित गीत ‘लाहुरे दाईको रेलिमाई फैसने राम्रो, रातो रुमाल रेलिमै खुकुरी भिरेको... ‘गीत का रचयिता, संगितकार र गाएक उनै मास्टर मित्रसेन थिए। यो गीतलाई ब्रिगेड आफ गोर्खाजको ब्यान्डले कर्ण्प्रिय धुनमा परिणत गरेर विशेष परेडहरुका बेला लामो समय अघिदेखी बजाऊदै आएको छ। उनका प्रायजसो गीत झाउरे भाकाका भएकाले उनलाई झाउरेका किङ उपनामले पनि चिनिन्छ ।
देहरादूनमा :
 हाम्रो गोर्खा गौरव महान गीतकार, संगीतकार एवं गायक मास्टर मित्रसेन थापा ज्यूको पुन्यतिथि र स्मरणमा गोर्खा मिलेट्री इंटर कालेज, गढ़ी केंटमा भारतीय मगर समाज समिति देहरादूनको तत्वाधानमा आज दिनांक  27.12.2017 बाट 29.12.2017  सम्मा मास्टर मित्रसेन थापा मेमोरियल फूटबाल टूर्नामेन्टको आयोजन प्रारम्भ भयो। यस टूर्नामेन्टको मुख्य उद्देश्य मास्टर मित्रसेनज्यूलाई श्रद्धान्जलीकोे संग संगै देहरादूनको गोर्खा खेल प्रतिभालाई प्रोत्साहन दिने भनाई थियो ।
 टूर्नामेन्ट को उद्घाटन अध्यक्ष कर्नल डी.बी. थापाज्यूको गौरवमयी उपस्थितिमा जी.एम.आई.सी. को प्रधानाचार्य श्री जे. पी. जागुडीज्यू र पूर्व प्रधानाचार्य श्री समरसिंह ज्यूले गर्नु भयो।
दिनांक 29.12.2017 मा भारतीय मगर समाज समिति देहरादूनको तत्वाधानमा महान गोर्खा गायक, गीतकार र संगीतकार मास्टर मित्रसेन थापाज्यूको १२२ औ  जन्मदिन धूमधाम संगले मनाउनो मौका पायो। यो शुभ अवसर मा समिति अध यक्ष कर्नल डी.बी. थापाज्यू, मुख्य संरक्षक मेजर बी.पी. थापा ज्यू, उपाध्यक्ष कैप्टन बी.पी. थापा ज्यू, महासचिव गोवर्धन राना, संगठन मंत्री सुरेश थापा ज्यू, ललित थापाज्यू, सल्लाहकार श्री अनुरूपे थापाज्यू, शाखा अध्यक्ष ज्यूहरू, सहित थुप्रै सहभागी हरू हुनुहुन्थियो ।
 
 मास्टर मित्रसेन थापा ज्यूको स्मरणमा गोर्खा मिलेट्री इंटर कालेज गढ़ी केंटमा फूटबाल टूर्नामेन्टको फाइनल मेचको पनी आयोजन भयो। जसमा क्लेमेंनटाऊन र मानव केन्द्रको बीच फाईनल मैच भयो जसमा क्लेमेंनटाऊनको टीम विजयी भयो।गोवर्धन राना (रवि राना), महासचिव, भारतीय मगर समाज समिति देहरादून वाट प्राप्त समाचार ।
 २९ दिसम्बर, २०१७ आज नेपाली साहित्य सम्मेलनको सुधपा भवनमा मगर संघ भारतको आयोजनमा मास्टर मित्रसेन थापाले १२२ औं जयन्ती स्मरण दिवसको रूपमा संचालन गरियो।
 मास्टर मित्रसेन थापा सालिग निर्माण समितिका मूलसचिव अजय थापाद्वारा संचालित यस स्मरण दिवस कार्यक्रम सालिग निर्माण समितिका अध्यक्ष हरेन आलेको अध्यक्षतामा, अग्रज प्रतिष्ठित संगीतकार, गायिका, शान्ति ठटालको प्रमुख आतिथ्य, मास्टर मित्रसेन थापा पुरस्कारद्वारा सम्मानित मानसिङ मोक्तान, संगीतकार बसन्त छेत्री, साहित्यकार नन्द हाङखिम, गायिका दावा ग्याल्मोको विशिष्ट आतिथ्यमा गरियो। मास्टर मित्रसेन थापा जयन्ती विश्वभरि मान्नुपर्छ र मास्टर मित्रसेन थापा सालिग निर्माण समितिले मास्टर मित्रसेन थापाको सालिग निर्माण गर्नु र मास्टर थापामाथि स्मरण दिवस आदि कार्यक्रमहरू आयोजना गर्नुको मूल उद्देश्य उजागर गर्दै आयोजक समितिको पक्षमा अमित थापाले स्वागत मनतव्यमा उल्लेख गरेका थिए ।

 मास्टर थापाको १२२ औं जयन्तीको अवसरमा उपस्थित अतिथिगणहरू लगायत दर्शकवर्ग सबैले मास्टर मित्रसेन थापाप्रति श्रद्धा अर्पण गर्दै उनको तस्वीरमा माल्यार्पण गरे।
 मास्टर मित्रसेन थापा जयन्ती एवं स्मरण दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै हिमाचल दर्पण ब्यूरो चीफ बिमल राईले मास्टर थापाका विभिन्न पक्षलाई प्रकाश पार्दै आफ्नो मन्तव्यमा प्रत्येक क्षेत्रका व्यक्तिविशेषले मास्टर थापाको विभिन्न क्षेत्रलाई केलाउँदै उनको सम्पूर्ण विषयमाथि प्रत्येकले शोध, खोज गर्नपर्ने बताए। मास्टर उपाधि मास्टर थापाले त्यसै पाएका होइनन्। यो उपाधि उनलाई भारत सरकारले दिएको होइन तर त्यस्ताक का नवाबहरूले दिएका हुन्। जसलाई पछिबाट गएर द्दण्ण्ज्ञ सालमा भारत सरकारले पनि नर्कान सकेन। उनीसित मास्टरको उपविध संलग्न हुनु छुट्टै महत्त्व र मूल्य रहेको छ। आज सम्म हामीले उनका कार्यहरू जति बिर्सियो तर अब हामी सम्झौं र प्रतिशत बड़ाउँ दार्जी्लिङको योगदान पनि धैरे नै छ । खोजी गर्ने व्यक्तित्वहरू हामीसित छन्। सिक्किम सरकार र हिमाचल प्रदेशमा गएर पनि खोजी भएको छ, भइरहेको छ र हामीले थप उनका अन्य तथ्यहरूलाई खोज्ने क्रम राख्नुपर्छ भन्ने बताउँदै सालिग निर्माणको जुन कदम मगर संघ भारतले चालेको छ, त्यो सराहनीय छ भन्ने बताउँदै मास्टर थापामाथि थप भनाईहरू प्रस्तुत गरे। वक्तव्यकै क्रममा सांगीतिक एवं इतिहासविद् डीएस मोक्तानले प्रमुख अतिथि संगीतकार शान्ति ठटालकै जीवनीलाई स्पर्श गर्दै उनकै समयकाल अवधिदेखि मास्टर मित्रसेनथापाको गीत(संगीतको विषय बूंदालाई राख्दै मास्टर मित्रसेन थापाको जातीय एवं सामाजिक योगदानमाथिको क्रियाकलापलाई आफ्नो वार्तामा सविस्तार प्रस्तुत गरे।
 समारोह प्रमुख अतिथि शान्ति ठटालले आफ्नो वक्तव्य राख्दै कालजयी गीत–संगीतलाई समेट्दै मास्टर मित्रसेनथापासितै अग्रज कलाकारहरूसितको घनिष्ठता र महत्वलाई । सम्बोधनमा राख्दै सारगर्भित सम्भाषण प्रस्तुत गरे।
मास्टरमित्रसेन थापाको यस कार्यक्रमलाई स्मरण दिवसको रूपमा मानिलिएवापत् मास्टर थापाका प्रसिद्ध गीतहरू लाहुरेको रेलीमै फेशनै राम्रो, खुत्रुकै पा-योलगायत अन्य गीतहरूलाई गायक राजेन आले अनि प्रबल थापाले वाद्यवादकहरू मनिष थापा, विनय सेवा, उपेन्द्र दर्नालका साथमा गाएर सबैलाई मनोरञ्जन दिलाए ।
 अन्त्यमा अध्यक्षीय सम्बोनधनमा अध्यक्ष हरेन आलेले उपस्थित मास्टर मित्रसेन थापामाथि वक्तव्य प्रस्तुत गर्ने वक्ताहरू लगायत सबैप्रति आभार प्रकट गर्दै मास्टर मित्रसेनमाथि गरिएका चर्चा परिचर्चामाथि गहिरिएर सोचविचार गर्ने निर्देश गर्दै कार्यक्रम समापनको घोषणा गरे।उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिविशेषहरू उपस्थित थिए।
धर्मशाला (भाग्सू)

 मास्टर मित्रसेन थापाको १२२ औँ जन्म जयन्ती उनको लोकप्रिय गीत, भजन, किर्तन गायनका साथै मनाइएको समाचार प्राप्त भएको छ । उनको तोतारानी गाउमा सतसंग, भजन, पर्वचन, किर्तन तथा मित्रसेन विद्यालयमा चित्रकला प्रतियोगिताका साथ जन्मदिवस मनाइएको थियो ।
काठमाण्डौ
 मास्टर मित्रसेन स्मृती प्रतिष्ठानको अध्यक्ष त्रिलोक सिंह थापाको अध्यक्षतामा मव्य रुपमा मित्रसेनको १२२ औँ जन्म जयन्ती मनाइयो । सो समारोहमा विभिन्न साहित्यकार एंव सङ्गीतकारहरुको सहभागीता थियो ।
मीडियामा :
 बहुआयामिक प्रतिभाका धनी संगीतकार, साहित्यकार, गीतकार, नाटककार र गोर्खा समाजका सुधारक मास्टर मित्रसेन थापा मगरको १२२ औँ जन्म जयन्तीको शुभ अवसर मा हिजो बी०बी०सी० रेडियो का कला संस्कृति संयोजक सुश्री सेवा भटराईले विशेष कार्यक्रम प्रस्तुत गरे का थियै र मित्रसेन प्रतिस्थान का अध्यक्ष त्रिलोक थापा शोध कर्ता, डाक्टर खगेन शर्मा, साहित्यकार प्रकाश श्यामी, र चेतन कार्की संगको अन्तर्वार्ता तथा मित्रसेनका मधुर गीतहरूका प्रस्तुति ले सो अति रोचक कार्यक्रम हुन गयो को थियो। गोर्खा रेडियो । (BFBS)  का संयोजक श्री विनोद खड्काले भारत भाग्सु धर्मसाला मा बसोबास गर्दै आयोको मित्रसेनको बुहारी देव कन्या गोर्खा एसोसिएशनका अध्यक्ष रविन्द्र राना संग अन्तर्वार्ता लिनु भयर मित्रसेनको योगदानका विषयमा धैरे जानकारी प्राप्त भयो । त्यस्तै सगरमाथा Radio F.M. का सुश्री मिरा Mira Rana Bhat  ले प्रतिस्था का Master Mitrasen Academy Kathmandu उपाध्यक्ष गौ बहादुर आलेको अन्तर्वार्ता र मित्रसेनका मिठो । गीतको रेकर्ड का प्रस्तुति करणले कार्यक्रम अति मनोरन्जक हुनु गयो। सेवा भटराई अनुसार बी.बी.सी. को वेबसेट मा मित्रसेनको परिचय र फोटो समावेस गर्ने भयोको छ। सिक्किम र दार्जी्लिंगका दैनिक समाचार पत्रमा मित्रसेनको विषयमा लेखहरु प्रकाशित भएको थियो ।

अन्तमा :
 साहित्यकार इन्द्र बहादुर राईको शब्दमा मित्रसेन औधी लोक प्रिय थिए । भाग्सू देखि इम्फाल सम्म, दार्जलिङ्ग देखि मुम्वइ सम्म त्यस बेला हामी उनलाई चिन्थ्यौँ, गायक र नाटककारको रुपमा । पछि थाहा पायौँ मित्रसेन त नेपाली वा गोर्खाली जातिका एक महान सेवक रहेछन् । लोकप्रिय गायक हिरण्य भोजपुरले मास्टर मित्रसेन लाई नेपाली संगीतका आदि गायक वा आदि संगीतकार भन्न खोजेका थिए भने साहित्यकार कृष्ण विलास पौड्यालले “मित्रसेन साहित्यका महान विभूति र कलाका अमर साधक एवम गीत र सङ्गीतका माहुर हुन” त्यस्तै डा. खगेन शर्माले “नेपाली संङ्गीतका भानुभक्त मास्टर मित्रसेन हुन भनेर” उल्लेख गरेका छन् ।

 

 

Last Updated on Wednesday, 05 December 2018 16:40

Hits: 613

मगर चलचित्रकर्मी पुर्बी नवलपरासीमा चेतन रजाली

प्रेमध्वज गाहा मगर
पुर्बी नवलपरासी,  मंसीर २३ - नेपाल मगर चलचित्रकर्मी सँघ पुर्बी नवलपरासीको प्रथम अधिबेशनबाट चेतन रजाली मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ  ।



शनिबार कावासोतीमा सम्पन्न अधिबेशनले नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा अमर घर्ती मगर चयन हुनुभएको छ । त्यस्तै सचिवमा उमा घर्ती , कोषाध्यक्षमा कोट बहादुर बाचे मगर , र सह सचिवमा कमला मिधुन मगर चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा भने , दिपेन्द्र थापा मगर , कृष्ण राना मगर , कमल सुर्यबँशी मगर , दुर्गा सुनारी मगर , ओमकुमारी लुँगेली , योगमाया कानुङ, लेख बहादुर बाचे , फुलमाया पुर्जा , बिष्णु थापा मगर र बबिन गाहा मगर चयन हुनुभएको छ । कार्य समिति चयन हुनुअघि सम्पन्न औपचारिक कार्यक्रममा नेपाल मगर चलचित्रकर्मी सँघ पुर्बी नवलपरासी तदर्थ समितिका अध्यक्ष चेतन रजाली मगरको अध्यक्षता रहेको थियो भने नेपाल मगर चलचित्रकर्मी सँघका केन्द्रिय अध्यक्ष युवराज मास्की रानाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा केन्द्रिय सदस्य सन्तोष पिठाकोटे मगर , नेपाल मगर सँघ पुर्बी नवलपरासीका अध्यक्ष इन्द्र फाल मगर , सँगठन  सचिव शत्रुघन थापा मगर लगायतको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले आगामी दिनमा अझ राम्रा र स्तरीय चलचित्र बनाउनुपर्ने आवश्यकता रहेको बताएका थिए ।

Last Updated on Sunday, 09 December 2018 15:27

Hits: 511

अविष्मरणीय हरित काव्यगोष्ठी (इको–पोइट्री)

-चेतनाथ कणेल 'हरित'
 काठमाण्डौ , मंसिर १९ - यस्तो काम कमैले गरेका छन् । यसरी निरन्तर कमै लागिपरेका छन् । उनी लण्डनबाट 'हरिया कविता'का पोका बोकेर आएका छन् यतिबेला काठमाडौंमा । उनले हामी बिच पोको खोलेका थिए मंसिर १४ का दिन काठमाडौंमा ।

Image may contain: 12 people, including Shyam Rana Magar, Bryan Hitan, Puran B. Thapa and Bhavesh Bhumari, people smiling, people standing

हरिया कविता अर्थात्, हरित कविता, अर्थात् इको पोइट्री । ‘स्वच्छन्द सुसेली’, अर्थात् १०४  हरियाली कविताको पुस्तक । विजय हितान । एक अथक अभियानकर्मी । साहित्यमा हरित अभियान । इकोलजिकल कुरा । इकोलजिकल दिनचर्या । ‘वातावरण जोगाऔं, पृथ्वी जोगाऔं’ भनेर गुहार गरिरहेछन् । गोष्ठी गर्छन् इकोपोइट्रीका, निबन्ध लेख्छन् इको–उत्सर्जनका । हरेक कुरा वातावरण, पर्यावरण, धर्ती, पृथ्वी, जल, वायु, आकाश, रुखबिरुवा, वन्यजन्तु .... यस्तै यस्तै । उनी आन्दोलनमा छन्, उनी इको–पोइट्रीको तिलिचो वा रारा वा फोक्सुन्डोमा चुर्लुम्म डुबेका छन् यतिबेला । उनी हरित कविताकै कोशी, गण्डकी र कर्णालीमा नाउ चलाउँदै कतै महासागर भेट्ने सुरमा यात्रारत छन् । सलाम भन्न मन लाग्छ उनको प्रयासलाई !

भन्नेहरू भन्छन्, यो गुल्मेली ठिटोलाई के भाउँतो चढेको ? यो लाहुरेलाई पर्यावरणको भूतले किन सताएको ?

Image may contain: text

एउटा सेवानिवृत्त बेलायती ‘गुर्खा’ लाहुरे । बेलायतमै बस्ने मान्छे । अझ त्यतै–त्यतै नाम चलेकै युनिभर्सिटीबाट वातावरण विज्ञानमा मास्टर्स पनि गरेको मान्छे । थपक्क पाउण्डका हरिया नोट खेलाउँदै र चपाउँदै लण्डनको हाइड पार्क व ग्रीनविच पार्कतिरै टहलिएर दिन काट्न पनि त सक्थ्यो । किन चाहिए हरिया कविता उसलाई ? किन चाहियो यत्रोविधि वातावरणीय सरोकार ? के नेपाल देशले उसलाई त्यो गर्न पठाएको हो ? के बेलायत देशले उसलाई त्यही गर् भनेर खटाएको हो ? निश्चय नै होइन । तर पनि ऊ सङ्घर्षरत छ । ऊ अभियानरत छ । हरिया रचना सृजन्छ । हरिया रचना बटुल्दै पुरस्कृत गर्छ । सम्पादन गर्छ, छाप्छ, बाँड्छ । कहिले लण्डन हुन्छ, कहिले लगनखेलपरिपरि हुन्छ । कहिले थेम्सको कुरा गर्छ, कहिले बडिगाड खोलाको कुरा गर्छ । ऊ जे कुरा गर्छ स्वच्छन्दताको कुरा गर्छ । हरिया गीत गाउँछ, हरिया कविता कोर्छ ।

‘स्वच्छन्द सुसेली’ कविता वाचन ! ‘स्वच्छन्द सुसेली’ इकोपोइट्री विमर्श । बेलायतदेखि बागबजारसम्म । रहर पनि उसलाई के के जाग्छ ! हुँदा हुँदा गोष्ठीस्थल पनि रोज्छ ‘माइपोखरीको किनार’ । अर्थात् बागबजारमा रहेको आराधना क्याफेको पूरै भित्तोमा फैलिएको माइपोखरीको विशाल फ्लेक्समय हरियाली फोटो । आराधनालाई पनि धन्यवाद भन्न मन लाग्छ । दृष्टि र भाउँतोमा कहाँ कहाँ ध्यान पुग्छ मान्छेको ! आफू पुग्न नपाए पनि इलामको माइपोखरीलाई एकपटक चुम्न मन लाग्यो । सुनेको छु, जहाँ चराहरू पनि इलामेलीले झैं मेहनत र ‘इलम’ गर्छन्, पोखरीका पात टिपेर पर पर फाल्छन्, पोखरीलाई सधैं सफा राख्छन् । अहा प्रकृति ! अहा इको–खेल ! निरन्तर चलिरहेछ एउटा सिस्टम,अर्थात् ‘इकोसिस्टम’ !

यही माइपोखरी किनारमा हराए१मंसिर २०७५ शनिवार दिउँसभरि उही इको–सर्जक विजय हितान, प्रा.डा. गोविन्दराज भट्टराई, चेतनाथ कणेल हरित, वरिष्ठ वातावरणीय वकिल पदमबहादुर श्रेष्ठ, प्रा.डा.(ई.) राजेन्द्रप्रसाद अधिकारी, डा. अञ्जना भट्टराई, अच्युत घिमिरे, धर्मेन्द्रविक्रम नेम्वाङ, विष्णु एस. राई, भावेश भुमरी, जानुका राई (लण्डन), बन्दना राई, प्रज्ज्वल अधिकारी, सयपत्री थुलुङ, गणेश राई, सञ्जोग लाफा मगर, डिल्लीराम आचार्य, प्रमोद प्याकुरेल, चन्द्र श्रीस, स्वप्निल स्मृति, सीता राई, सीता तुम्खेवा, होम आले मगर, बच्चु हिमांशु, नवीन, नरेश, किशोर, श्याम लगायतका करिब ३५ जना इकोभावकहरू । सुनाए सबैले केही न केही । भावकहरू भए आराधनाको ‘माइपोखरी किनार’मा इकोभावुक ! मंसिरे सङ्क्रान्ति इको–उत्सवका लागि समर्पण ! विजय हितान, ‘बुलबुल’ र स्वच्छन्द सुसेलीका लागि अर्पण !

तीन घण्टा बितेको पत्तै भएन ! प्रा.डा. गोविन्दको इकोसाहित्य अनुभवबाट अलिकति भए पनि अभिसिञ्चित र लघुदीक्षित भए सबैजना । एउटा नयाँ अवधारणा, एउटा नयाँ पहल । थाहा पाइयो धरानका कृष्णप्रसाद भण्डारीले इको–साहित्य लेखनको खोजी/विश्लेषणमा नै भर्खर त्रिविबाटै पिएचडी सकेका छन् । नौलैनौला कुरा । स्यावास, साधुवाद भन्न मन लाग्छ सबैलाई, प्रयासको असाध्यै प्रशंसा गर्न मन लाग्छ सबैको ।

हरितले पनि सुनायो ‘स्वच्छन्द’ सुसेलीमा प्रकाशित आफ्नो जलवायु परिवर्तनप्रति समर्पित एक गीतिकविता :‘काकाकुल काल’ ! सुनायो पाख्रीबासदेखि नै इको–कविता र विकास–कविता पनि लेख्दै गरेको कहानी । सुनायो भैरव रिसाल, राजेन्द्र दाहाल, भरत भुर्तेल, केदार शर्मा, कृष्णविनोद लम्सालहरूलाई वातावरणीय विशेष प्रशिक्षण २७ वर्षअघि पाख्रीबासमै दिएको कुरा । सुनायो कृष्णा ताम्राकारले रेडियो नेपालबाट आफ्ना हरित–कविता तिनैताका नियमित पाठ गरिदिएका कुरा । विजय हितानले जुटाएको त्यो अवसर आफ्ना लागि ‘नोस्टाल्जिक’जस्तै भएको कुरा पनि सुनाउन बाँकी राखेन । हरितले हरित आन्दोलन चलाउन सकेन, तर हरित आन्दोलनमा यतिबेला जो छन् तिनलार्ई लाखौं अभिवादन भन्न चाहन्छ ।

प्रकृतिसँग हार खाइरहेको यो समयमा विजयजस्ता सयौं अभियन्ता विजयहरूको अझ धेरै अभिनन्दन गर्न पाऊँ । साथ, सहयोग र सहकर्म गर्न पाऊँ । पचास हेमन्त कटाएपछि मात्र हरित-कवितामै समर्पित भएर दिन बिताउन पाएकोमा यो २०७५ मंसिरलाई सधैं शिरमा राख्न पाऊँ ! जय प्रकृति, जय हरित कविता (इका–पोइट्री), जय विजय–अभियान !

Last Updated on Wednesday, 05 December 2018 15:29

Hits: 441

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६