A+ A A-

कस्तो अबुझ चेपाङ (कबिता )

No description available.

                                                       पूर्ण बहादुर राना मगर 

कस्तो अबुझ चेपाङ तिमी
२१ औं शताब्दि कम्युनिस्टलाई
१९औं शताब्दी कम्युनिस्ट ठान्ने ?
कस्तो अबुझ चेपाङ
२१औं शताब्दीमा पनि
बाँदर कुर्ने गोठ जस्तो छाप्रोलाई
घर भन्ने तिमी ।
२१औं शताब्दीमा
चिठि लिएर हुलाक जाने होईन चेपाङ
ईमेल र मेसेन्जर चिठि पठाउने हो चेपाङ ।
फोन गर्न टेलिकम कार्यालयमा
लाईन लाग्ने होईन चेपाङ
भाईबर, ईमो, मेसेन्जर
ह्वाट्स एपमा बोल्ने हो चेपाङ ।
नुन लिन डोको बोकि
सोहोपुर ठोरि जाने होईन चेपाङ ।
घरमै गाडिले ल्याएको
नुन खाने हो चेपाङ ।
खाना जोहो गर्न
नाम्लो हाँसि बोकि
घनघोर जङ्गल र झाँक्री पाहारको भित्तामा
खरको जरा समाई समाई
घाँस काट्न जाने होईन चेपाङ ।
हामी त २१औं शताब्दीमा छौं
खाना जोहो गर्न
ठूलठूला हाईपर र सुपरमार्केटको भित्तामा
खुट्टाले हिंडेर होईन
लिफ्टमा चढेर कमाउन जाने हो चेपाङ ।
हिजो १ दिन हिंड्न लाग्ने बाटोमा
हिडेर जाने होइन चेपाङ
एक घण्टामा
बाईक गाडि चढेर जाने हो
महिनौं दिन हिंडेर पुग्ने बाटोमा
सररर जहाजमा
उडेर जाने हो चेपाङ ।
गिठा, भ्याकुर, कोदो रोटि
भुट्या मकै खाने होईन चेपाङ
पिजा, मःमः चाउमिन
खाने हो चेपाङ ।
कस्तो अबुझ चेपाङ तिमी
घोंगि पनि खाने होत मासुको धित मार्न
खाँदा खाँदा गैंडा, कालिज
मयुरको मासु खानु पर्थेन ।
हिजो कपास खेति गरि
घरबुनाको कपडा लगाउने
चलन थियो चेपाङ
अब
टेरिकटन, पुलिस्टर सुतिको
मेसिनले बुनेको कपडा
लगाउने हो चेपाङ ।
हिजो भर्ला र काठको चप्पल
लगाउने चलन थियो चेपाङ
अहिले हजारौं लाखौं पर्ने
जुत्ता र चप्पल
अझ भनौ
सुज र स्यान्डल
लाउने हो चेपाङ ।
हिजो झैं पसिना गन्हाएर
हिंड्ने होईन चेपाङ
हजारौं लाखौंको फफ्र्युम
छर्किने हो चेपाङ ।
बिहे गरेर गेट टुगेदर होईन
बिहे नगरि लिभिङ टुगेदर हो चेपाङ ।
असार श्रावणमा
बाँदर कुर्ने थारो जस्तो झुप्रोमा
एकान्त जङ्गलमा बस्ने होईन चेपाङ
आलिसान बिल्डिङ, भिला
मलमा बस्ने हो चेपाङ ।
तिमीले यी सब परिवर्तन नमानेर त
२१ औं शताब्दीको कम्युनिष्ट सरकारले
तिम्रो जङ्गल छेउको
बाँदर कुर्ने गोठ जस्तो
तिम्रो घर जलायो ।
अनि तिमी भन्छौ
सरकार लाग्यो ।
जङ्गल छेउ बिचमा
गरिब बस्ने होईन
धनिहरू टाईगटप्स रिसोर्ट कटेज बनाई
जोडि बिजोडि गई ह्विस्किको चुस्कि लिई
रमाईलो गर्न जाने हो चेपाङ ।
यत्रो परिवर्तन भएको थाहा नपाउने
कस्तो अबुझ चेपाङ तिमी ?
१८४८ मा कार्लमाक्र्सको कम्युनिष्ट
र अहिलेको
२०२० को कम्युनिष्ट आकास जमिन फरक छ ।
सायद १९औं शताब्दीको माक्र्सवादलाई
र २१ औं शताब्दीको माक्र्सवादी बनाउन
तिम्रो छाप्रो जलाएको होकि
बाँदर कुर्ने थारो जलाएको होकि ।
हिजो गरिब हलो लाई गोरू जोत्थ्यो
मालिकले मान्छे जोत्थ्यो
अहिले धनिले दिमाग जोत्छ
गरिब ट्रयाक्टर जोत्छ ।
यतिका कुरा फेरिंदा पनि
कतै तिमी १० तलाको बिल्डिङमा बसेन भनेर
तिम्रो झुप्रो घर जलाएको होकि
सरकारले चेपाङ ः
अब गल्ति नदोहोर्याउन चेपाङ
आफ्नो गल्ति आफै महशुस गर चेपाङ ।
यसमा २१औं शताब्दिको
कम्युनिष्ट सरकारको
दोष छैन भनेर चेपाङ ।

Last Updated on Friday, 31 July 2020 04:01

Hits: 304

बिजय हितान ः पर्यावरण विज्ञ र साहित्यकार


 ले. त्रिलोक सिंह थापा मगर

मानिस जन्मिने बेला केवल सानो अबोध बालक हुन्छ । जसमा
मानिस बन्ने क्षमता एवं योग्यता हुन्छ । जन्म पश्चात् मानिस अन्य
मानव जीवसंग सम्पर्क, सम्बन्ध तथा संसर्गमा आउ‘छ । उसको
व्यक्तित्व र व्यक्तित्वको विकासमा वरीपरीका
सामाजिक, सांस्कृतिक, भौगोलिक एवं प्राकृतिक वातावरण,
पर्यावरणको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पर्दछ । तद्अनुसार वा
फलस्व?प मानिसको व्यक्तित्वको विकास हु‘दै जान्छ । उसको भित्र
अन्तरनिहित प्रतिभा पनि विकसित हुंदै जान्छ ।
मानिसको व्यक्तित्व विकासमा उसको आप्mनो इच्छा शक्ति
९ध्ष्िि उयधभच० आचरण सत्प्रयास, मानसिक संघर्ष, कठोर मेहनत,
परिश्रम, निरन्तर अभ्यास, जीवनको उतार चढाव तथा आप्mनोलक्ष्य
प्राप्तिका लागि हठ प्रतिबद्धता, अपार निष्ठा, चिन्तन तथा अभि?चिले
महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । मानिसको आप्mनो व्यक्तित्व नै
उसको विचार, कल्पना, आचरण तथा कार्यशैली चरित्रको अभिन्न अंग
भएर जान्छ ।
उपरोक्त सैद्धान्तिक परिवेशमा पर्यावरण विज्ञ, र नेपाली
भाषामा साहित्यकार कवि, लेखक, रङ्गमञ्चीय लेखक तथा सामाजिक
अभियन्ता श्री बिजय हितानको व्यक्तित्व तथा उसको नेपाली भाषाका
साहित्यक क्षेत्रमा योगदान वारे अति संक्षिप्तमा चर्चा परिचर्चा गर्न
सकिन्छ ।
व्यवसायिक आधारमा बिजय हितान पर्यावरण बिषयमा
एउटा वैज्ञानिक हुन् । पृथ्वी भूमण्डलमा विद्यमान भौत्तिक, प्राणी
शास्त्रीय, प्राकृतिक तथा सामाजिक सांस्कृतिक पर्यावरणको गहिरो
अध्ययन मनन गर्दछन् । यी पर्यावरणीय तत्वह?ले मानिस र मानव
समुदाय माथि प्रत्यक्ष एवं परोक्ष ?पमा प्रभावित गर्दछन् । यसमा
सकारात्मक एवं नकारात्मक पक्षको विश्लेषण गर्दै समाज र
समुदायलाई चेतनशील एवं जागृत गर्ने गराउने अभिभारा एउटा
पर्यावरण विज्ञकोहुन्छ ।
साहित्यकार एवं पर्यावरण विज्ञ बिजय हितान आप्mनो उक्त
व्यावसायिक कार्य क्षेत्रको व्यस्तताबाट केही क्षण तथा केही समय
बचाएर नेपाली भाषामा साहित्यक गतिविधि र सिर्जनामा विगत एवं
दशक भन्दा पनि लामो अवधि देखि निरन्तर लागि पर्नु भएको छ ।
उहा‘को व्यक्तित्वको यो अनुपम विशिष्तता हो ।
प्रवासमा बसोबास गररे त्यहा‘को भौत्तिक सुख, सुविधाको
आनन्द लिनु भन्दा पनि कठोर परिश्रम गरेर कविता, लेख, नि....
रेडियो लघु नाटक निबन्ध र उपन्यास आदि कथा रचेर नेपाली
भाषाको साहित्यक विकास, संरक्षण तथा सम्बद्र्धनमा अतुलनीय
योगदान नियमित ?पले दिई राख्नु भएको छ । पु¥याई राख्नु भएको
छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा पहिलो पटक आप्mनो
जीवनको बलिदान गर्ने प्रथम शहिद कप्तान लखन थापा मगरको
जीवन यात्रामा आधारित लघु नाटक, लेख तथा न्यूज रिपोर्टरको
रचनाकार मात्र होइन समय समयमा तत्सम्बन्धी संस्थालाई आर्थिक
सहयोगमा अघि सर्नु हुन्छ ।
प्रख्यात सङ्गीतकार एवं ....... तथा बहुमुखी प्रतिभाका धनी
माष्टर मित्रसेन थापा मगरको जीवन वृतान्तमा चलन चलाउनु
हुन्छ । यसै सन्दर्भमा गहिरो खोज कार्य गर्दै माष्टर मित्रसेन थापाको
घरदैलो हिमाञ्चल प्रदेश यावत भाग्सु धर्मशाला तोतारानी गाउ‘सम्म

पुग्नु भयो । “माष्टर मित्रसेन स्मृति प्रतिष्ठान” काठमाण्डौबाट
प्रकाशन गरिएको पुस्तक “मित्रसेन र उनका सिर्जना” को प्रकाशन
उहा‘को आर्थिक सहयोगबाट भएको हो । सो पुस्तकले माष्टर मित्रसेन
थापा मगरलाई अझ बढी चर्चित बनाएको पाईन्छ ।
आदिवासी जनजातीका महान नेता स्वर्गीय गोले बहादुर
खपाङ्गीको राजनैतिक एवं सामाजिक योगदान सम्बन्धी बिषयमा
कतिपय लेख, रचना, न्यूज रिपोर्ट र लघु नाटक लेख्नुको साथै
सम्बन्धित संस्थाको संरक्षण एवं उत्थानका निमित्त हितानको आर्थिक
सहयोग र सहायता सामाजिक चर्चाको बिषय हुनु स्वाभाविकनै हो ।
सामाजिक अभियन्ता क्यअष्ब िmयतष्खबतयच को ?पमा “नेपाल मगर
संघ”, मगर महिला तथा मगर बिद्यार्थीको संघलाई केवल आर्थिक
सहयोग र सहायता मात्र होइन बौद्धिक ?पले निरन्तर सर सल्लाह,
परामर्श दिने कुरामा बिजय हितान सक्रिय रहेका छन्।
सम्भवत् सामाजिक अभियन्ता र समाज सेवाको उक्त गुण
एवं बिशेषता वंशानुगत हुन सक्छ । साहित्यकार हितानको पिताश्री
प्रख्यात समाजसेवी “नेपाल मगर संघ” का संस्थापक सचिव स्वर्गीय
जय बहादुर हितान पनि आप्mनो समयमा साहित्यकार तथा
सामाजिक अभियन्ता थिए । उनले रचना गरेका सारगर्भित
९एचयचबअबष्पिभ० लेख र कविता तत्कालिन निदाएको मगर समाजलाई
घच्घचाएको पाईन्छ ।
साहित्यकार बिजय हितान व्रिटिश गोर्खा रेजिमेन्टका अवकाश
प्राप्त पूर्व सैनिक हुन् । पर्यावरण बिषयमा उच्च अध्ययन गरेर
व्यावसायिक ?पमा पर्यावरण विज्ञ हुनु भयो । प्रवासमा बसेर पनि
निरन्तर लामो समय देखि नेपाली भाषामा साहित्य सिर्जना तथा
बिशेष गरि पर्यावरण एवं नियत्रा साहित्यको सेवामा निरन्तर र
नियमित ?पमा संलग्न तथा सक्रिय हुनुहुन्छ ।
माष्टर मित्रसेन थापा मगर तथा नेपाली भाषाका अन्य
साहित्यकारह?को जन्म जयन्ती समारोहका संयोजक एवं
समन्वयकर्ताको भूमिका पनि विगत वर्षह? देखि संचालन गर्दै
हुनुहुन्छ । बेलायतमा मगर संघका विभिन्न शाखा र उपशाखाका
नेतृत्वमा उहा‘ संलग्नताले पनि उहा‘को व्यक्तित्व एवं प्रतिभाको
झझल्को प्रतिबिम्ब गर्दछ ।
माष्टर मित्रसेन थापा मगरको जीवन एवं योगदानमा
आधारित हितानको उपन्यास प्रकाशित हु‘दैछ । हाललाई आदिवासी
जनजाति “मगर समुदाय”को उत्थान र विकासमा केन्द्रित रहेको
चित्रण एवं विचारधारालाई समेटेर रचना गरिएको प्रेरणादायक,
ज्ञानबर्धक, सूचना मूलक तथा हौस्याउने रचनाह?को संगालो
साहित्यकार बिजय हितानले पाठकह? समक्ष पस्कनु भाको छ । आशा
छ, यस संगालोले सम्बन्धित समाज र समुदायमा एउटा नया‘ तरंग,
चिन्तन एवं विचारधाराको श्रृजना गर्नेछ । अतः यस नया‘ चिन्तनको
सफलता र प्रभावकारिताको हार्दिक कामना व्यक्त गर्दछु ।
                    त्रिलोक सिंह थापा मगर
                         अध्यक्ष
            माष्टर मित्रसेन स्मृति प्रतिष्ठान

Last Updated on Wednesday, 01 July 2020 17:31

Hits: 152

युवा गायक नेशन पुन मगर टप फाइवमा पुग्न सफल ।

दम्दार स्वोरका धनी नेशन पुन मगर ,नेपाल आईडल सिजन -थ्रीको टप पाचमा पुग्न सफल भएका छन ।

बिभिन्न चरण हरु पार गर्दै वोतिङ राउन्डमा प्रवेश गरे पस्चात उनको प्रस्तुतीहरु अत्यन्त रुचाइका छन । फल्स्वोरुप दर्श श्रोताहरुको मन जित्दै छन भने ट्प फाइवमा प्रवेश गराउन उनका फ्यानहरुले सर्वाधिक भोट् नै गरिदिए नेशनलाई ।

म्याग्दी खिबाङ पुर्खेयुली थात्थलो भएका नेशनको परिवार अवसरको खोजिमा पोखरामा बसोबास गर्दै अाईरहेका छन ।उनी सानै देखी गीत संगीत प्रती रुची राख्दथे ।उनी कुनै पनि वाजाका धुनहरु सुन्न साथ वजाउन कोशीष गर्दथे ,उनको पहीलो वाजा भने गीतार थियो । यही गीतारका कर्डहरुसँग खेल्दै उनले भोकल पनी निखारिदै गयो ।

हसिलो मुहार , आकर्षक व्यक्तित्वोका धनी नेशन गीत गाउँन मात्र होइन दर्शक श्रोतालाई बाध्ने गरी अभिनय गर्न पनि सिपालु छन । उनी गीतको भाव अनुसार अभिनय गर्ने क्षमता राख्दछन जुन हरेक कलाकारमा हुनै पर्ने गुण हो ।उनी पप , लोक आधुनिक गीत सबै गाउदछन भने उनको मुख्य पकड भने सफ्ट रक म्युजिकमा रहेको छ ।



उनका प्रतिस्पर्धीहरुमा प्रविन बेद्वाल जसले संगीत्मै बिशेष गरी भारतीय कलासिकल संगीतमा स्नाटक गरेर अध्यापन गर्छन् ।केविन तमाङ जसको हार्ड रकमा आधारित गीतहरुमा बिशेष दक्खल छ भने अन्य प्रतिस्प्रधीहरु पनि आ-आफ्नै ठाउमा उत्कृष्ट छन ।

नेशनलाई भोट् गर्न -

नेशनलाई भोट गर्नको लागि मोबाईलको म्यासेज बक्समा गएर NI08 टाईप गरि 37000 मा पठाउन सकिन्छ वा डाईल 16667708 ।


ईण्डियाको भोडा फोन प्रयोगकर्ताले 53010,

कतारमा ओरेडो प्रयोगकर्ताले 92300,

मेलिसियामा अल टेलिकोस प्रयोगकर्ताले 3310 मा एसएमएस पठाएर भोट गर्न सकिन्छ भने अनलाईन भोटिङ गर्न रेसपेक्ट एण्ड राईस एप अथवा ईसेवा एप डाउनलोड गर्न सकिन्छ । य

सै गरि विदेशबाट रेसपेक्ट एण्ड राईसको वालेट पार्टनर जेआरएफ जापान, टेयरमिट कोरिया, जिमनि ट्रान्सफर कोरिया र ईनसेन्टिभ रेमिट मलेसियाबाट पनि भोट गर्न सकिन्छ ।

 

Last Updated on Friday, 13 March 2020 18:46

Hits: 357

आमा भाषा ( कबिता) )

पूर्ण बहादुर राना

आमा भाषा जोगाऔं

बाबा भाषा जोगाऔं
बाजे भाषा जोगाऔं
बजै भाषा जोगाऔं
आफ्नो देशको भाषा जोगाऔं
आफ्नो समुदायको भाषा जोगाऔं
घरको भाषा जोगाऔं
आफ्नो भाषा जोगाऔं
आफ्नो सन्तानको गहना भाषा जोगाऔं
आफ्नो नाती नातिनिको ऐतिहासिक गौरवको भाषा जोगाऔं
सबै भाषा बराबर छन्
भाषा सानो ठूलो छैन
अन्तर्राष्ट्रिय अँग्रेजी र राष्ट्रिय नेपाली खस भाषामा पढेर
देश विकास हुने भए
नेपाली र अँग्रेजी भाषा पढेको
२०० वर्ष भईसक्यो
अनि नेपालमा थोत्रो गाडीको टायर टाल्ने होईन
नयाँ गाडी, जहाज र मोबाईल बन्थ्यो होला ।
सुगर, एचआईभी र क्यान्सरको औषधि बन्थ्यो होला ।
खाद्य सामाग्री विदेशबाट आयात गर्न पर्ने थिएन होला ।

यसको मतलब नेपाली र अँग्रेजी भाषा नपढ भनेको होईन
अब नेपाली र अँग्रेजिमा पनि पढ
सके चाईनिज, जापानीज र फ्रेन्चमा पनि पढ
राई लिम्बू तामाङ र थारूमा पनि पढ
मगर गुरूङ मैथिली, शेर्पा नेवार अन्य भाषामा पनि पढ

मातृ भाषामा पढेर देश विकास नहुने होईन
पाठ्यक्रम र राज्यको नीति खराब भए
विकास नहुने हो ।
अब मातृ भाषामा नयाँ औषधि, जहाज, मोबाईल कसरी बनाउने?
बैज्ञानिक र व्यावसायिक खेति कसरी गर्ने ?
बिजुलि कसरी निकाल्ने?
ईन्फरमेसन टेक्नोलोजी कसरी विकास गर्ने ?
कपडा कसरी बनाउने ?
नयाँ आविष्कार र सिर्जना कसरी गर्ने ?
यी विषयलाई समेटेर पाठ्यक्रम बनाऔं ।
व्यवहारमा कार्यान्वयन गरौं
अनि देश विकास गरौं ।
देशमा समृद्ध ल्याऔं ।
नागरिकमा खुसि ल्याऔं ।
त्यसैले मातृ भाषा हुनेहरूले
आफ्नो भाषा जोगाऔं ।
लोप भएकाहरूले भाषा खोजौं
लोप हुन लागेकाहरूको भाषा जगाउ
जे भन
जसो गर
जता बस
जता जाउ
जहिले पनि जहाँ पनि
तिम्रो ठूलो काम
तिमिले आफ्नो भाषा जोगाउने हो ।
किनकि तिम्रो मातृ भाषामा
तिम्रो मातृ भाषामा ममत्व छ ।
तिम्रो अपनत्व छ ।
तिम्रो स्वामित्व छ ।
तिम्रो अधिकार छ ।
फेरि त्यसैले त भन्छु म तिमिलाई
सबैले आफ्नो आमाको भाषा जोगाऔं ।

(राना भाषाविद एवं नेपाल विद्यार्थी मोर्चाको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । )

Last Updated on Monday, 23 March 2020 11:27

Hits: 315

खबपुलाई गरियो भव्य सम्मान ।

अहिले "खबपु चन्चल "अर्थात खड्क बहादुर पुन मगरको नेपाल र देश बिदेश्मा चर्चा परिचर्चा छ कारण उनी अहिलेको चर्चित नेपाली रियालिटी शो "कमेडी च्यापियनको" उपाधी नजिक पुगेका छन ।

च्याम्पियन घोषणा हुन एक दिन मात्र बाँकी रहदा नै खबपुले जितेको हल्ला देश बिदेश्मा चली सकेको छ । उनी भोटिङ क्यापियनमा जादा उनका शुभचिन्तकहरुको व्यापक उपस्थिती र भस्मै स्वागत ,युट्युबमा उनको प्रशन्सक ,Viewers संख्या , फेसबुक लगायतका सोसियल मिडियाहरुमा उनलाई पछ्याउने जमात हेर्दा मात्र पनि अनुमान लगाउन त्यती गार्हो हुन्न यसपाली रोल्पालीले जित्ने पक्क्का भनेर ।

त्यती मात्रै होइन उनी नै अहिले सम्मको अधिक भोट् पाउने कमेडियन अन्तर्गत पर्दछन । यसो हुनुमा खास कारण छ उनको यहाँ सम्म्को यात्रामा अथक प्ररिश्रम ,पशिना र आशुको मुल्य छ । उनी एकाएक जादुको छडिले चम्केका होइनन ।न त उनी कुनै स्टार कलाकारको छोरा भतिजा हुन न त शहरीय धनाध्य जसले आँफै लागानी गरेर फिल्म सिरियल उद्पादन  गरुन र चम्कुन  । हुन त केवल सामान्य नेपाली परिवारमा हुर्केका र कलाकारिता क्षेत्रमा केही गर्छु ,बन्छु भन्ने उदस्य बोकेका एक प्रतिभावान कलाकार । निर्त्य , लोक दोहोरी गायक हुँदै आफुमा रहेको ह्युमरलाई पनि अगाडि बढाउदै संघर्शरत कलाकार खबपु कमेडी च्यम्पियनमा आउनु भने एक ठुलो टर्निङ पोइन्ट सावित भएको छ उनको प्रोफेसनमा यसले उनलाई पहिले भन्दा अझ चर्चित र धेरै दर्शक श्रोतामाझ पुरयाउन ठुलो भूमिका खेल्यो ।

उनीमा कलाकारिता  प्रती लगाव त छ नै अझ उनमा एक सफल व्यवसायिक कलाकारमा हुनु पर्ने सम्पूर्ण गुण देखिन्छ । नेपाली कला क्षेत्रमा उनको उपस्थितिले ठुलो टेवा पुग्ने देखिन्छ ।

Last Updated on Friday, 13 March 2020 17:40

Hits: 292

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६