A+ A A-

भागसुका सैनिक साहित्यकारहरु जुनझै अटल छन !

तिलोक सिंह थापा मगर

पृष्ठभूमि:

गोरखा राज्यको विस्तार क्रममा सन १८०६ देखी १८०८ सम्म  बडाकाजी नेपाली सेनापति अमरसिंह थापाको  नेतृत्वमा गोरखाली सेनालेभारतको हिमाचल प्रदेश अन्तर्गत परने काँगड़ा क़िल्लाको घेराबंदी गरेको थियो । तयही बेला देखी केही गोरखाली सैनिक हरू प्रसिद्ध काँगड़ा क़िल्लाको ओरीपोरी धर्मशाला भागसु भने ठाउंमा बसोबास गरेका थिए ।



अन्दाज़ी २२५ वर्ष देखी गोरखाली बस्ती भएपनि आफनो मातृभाषा नेपाली,गोरखाली संस्कृति र सामाजिक परम्परा यथावत कायम नै राखेका छन ।

गोरखाली भाषा साहित्य र संस्कृतिको जगेरना गरन गराउन आज सम्म अनवरतरूपले लागि परेकाछन ।
भागसुका प्रथम साहितयकार:
भागसुका पहिलो गोरखाली साहित्यकार स्व। सुबेदार मेजर शेर सिंह राना मगरलाइ लिन सकिनछ । सन १९१३ मा उनले “मेरो लनदन को राज तिलक यात्रा “ चर्चित पुस्तक प्रकाशित गराएका थिए । १०० वर्ष अघिप्रकाशित भएको पुस्तकलाई जगदंबा प्रेस काठमांडूले वि। स। २०५९ मा दोसरो पटक प्रकाशित गरेको छ  ।
सन १९१३ ई।  भन्दा अघि  भागसुमा नेपाली वा गोरखाली भाषामा लिखित पुस्तकहरू भेटाउन सकिएन । कारण तयस बेला त्यहां मुद्रण र प्रकाशन सुविधाहरू उपलब्ध थिएन । शेर सिंह राना मगरको पुस्तक पनि बनारसमा प्रकाशित भएको थियो । तर, भागसुमा पहिले देखीनै नेपाली भाषा ,साहित्य संस्कृतिमा रूची राख्ने साहित्यकारहरू थिए भने चर्चा स्थानीय बुढापाखाहरूले गर्दछन ।

पहिलापुसताका साहितयकार(१९२६ - ४६)

प्रख्यात साहित्यकार , संगीतकार र नाटककार पुर्व सैनिक मास्टर मित्रसेन थापामगरको नेपाली भाषा,लोकसाहित्य संगीत ,कविता,भजन,कथा , निबंध लेख नाटक साहित्य आदिमा अतुलनीय योगदान रहेकोछ । उनी नेपाली भाषाका प्रथम रेडियो नाटक निर्माता हुन । रेडियो नाटक “बालभकत धुरव “सन १९३४ भन्दा अघि नै तयार गरेका थिए । मास्टर मित्रसेन थापा मगरले ११ वटा काबयातमक कृति ५ वटा नाटक,५ वटा कथा, ६ वटा निबंध,९७ वटा गीत  र हिन्दोस्तानी भाषा समेतमा सो भन्दा बढी साहित्यिक र सांगीतिक रचनाहरू गरेका थिए ।
मास्टर मित्र सेन थापाका कतिपय अमूल्य साहित्यिक कृति र रचनाहरू अझैपनि पाण्डुलिपि अवस्थामा भागसुको ज़िल्ला म्यूज़ियम हिमाचल सरकारको रोहवरमा छ ।
प्रख्यात साहित्यकार र संगीतकार मास्टर मित्र सेनको सम्मानमा “मेजर श्याम सिंह थापा “ ट्रस्टले “हिमाचल पंजाब गोरखा एशोशिएशन”दाढ़ीको प्रगंणमा उनको शालिक समेत स्थापना गरेको छ ।
मास्टर मित्र सेन थापा मगर पहिलो भारतीय नेपाली हुन जस्को नामबाट नेपाल र भारत सरकार दुवैले हुलाक टिकट प्रकाशन गरेकोछ । नेपालको  कपिलवस्तुको कपिलधाममा भबय मुर्ति स्थापित गरिएको छ ।
सोही समय सुबेदार मेज बहादुर सिंह बराल मगरले पनि सन १९३४ मा “बराल को आसु” कविता संग्रह पुस्तक प्रकाशित गरेका थिए  । सैनिक सेवा बाट अवकाश प्राप्त भागसुका कवि दिलीप सिहले पनि १९३८ मा “मनकोबिरह”गीत संग्रह पुस्तिका प्रकाशित गराएका थिए ।
 
पत्रपत्रिका प्रकाशन: 
भागसु बाट १९५२ मा “उजयालो”नामक साहित्यिक र सूचना मुलुक पत्रिका प्रकाशित हुनथाल्यो । यसलाई भागसुको नेपाली भाषामा प्रथम साहित्यिक पत्रिका हो भनेर भन्न सकिनछ । सो पत्रिकाका माध्यम बाट भागसुका गोरखाली साहित्यकारहरू चर्चामा आउन थाले  । तर , सो पत्रिकाको प्रकाशनले निरन्तरता दिन सकेन  । केही अकंको प्रकाशन पछि बन्द हुन गयो ।
“गोरखा युवा संगठन भागसु “बाट सन १९८७ मई महीना देखी “ आमा “ नामक तीन महिने पत्रिका प्रकाशित भयो । तर, केही अकं पछि यो पनि बन्द हुन पुगयो ।
भागसु वाणी(नोभेमबर १९९२)
भागसका साहितयकारहरूका रचनाहरू प्रकाशन गर्रन ,गोरखली समुदायका गतिविधि र व्यक्तित्वहरूको परिचय दिन र घटनाहरूको डाकुमेनटेशन गर्रन एउटा पत्रिकाको आवश्यकताको अनुभव गरियो ।
“भागसु प्रकाशन “:
फलस्वरूप सन १९९२ देखी “भागसु प्रकाशन “ संस्था स्थापना गरियो । सोही संस्थाले “भागसु वाणी “ पत्रिका प्रकाशन सन १९९२ नोभेमबर देखी सुरूर्गयो  संरक्षिका श्रीमती लीलाभण्डारी थिए । सो पत्रिकापनि केही समय पछि प्रकाशित हुन सकेन । “छ वर्ष सम्म सो पत्रिका बन्द रहयो ।
“मेजर श्याम सिंह थापा ट्रस्ट “:
अतस्”मेजर श्याम सिंह थापा ट्रस्ट” ले “भागसु वाणी “ पुनस्प्रकाशन गर्रनको लागी गुठी स्थापना गर्रयो । सो ट्रस्टको प्रयासबाट  ओकटोबर २०१३ सालबाट “भागसु वाणी “ ९अकं ३२, वर्ष चौदह ०पत्रिकाका प्रधान सम्पादक सुबेदार स्वस् प्रताप गुरूगको सम्पादनमा पुनस् सो पत्रिका प्रकाशित हुन थालयो । सो आज सम्म नियमित रूपमा प्रकाशित भै राखेकोछ । “मेजर श्याम सिंह थापा ट्रस्ट “द्वारा मित्र सेनको सालिक स्थापना र “भागसु वाणी “ प्रकाशनमा सहयोगले पनि भागसुका साहितयकारहरूको सम्मानको चलन शुरूवात भएको छ ।
“भागसु वाणी”:
“भागसु वाणी “ तिन महिने साहित्यिक र सूचना मुलुक पत्रिकाले भागसुका प्रख्यात लेखक, साहित्यकार, कवि, गीतकार आदिहरूको परिचय दिने र चर्चित गर्ने गरेको छ । यसका साथै “भागसुवाणी”ले स्थानीय गोरखाली समाजका सामाजिक ,सांस्कृतिक ,साहिीत्यक ,खेलकूद र सम्मान पाउनेहरू आदिका सूचनाहरू छोटकरीमा संचार गर्दछ ।
“नया पुस्ताका साहित्यकार “:
प्रख्यात साहित्यकार मगन पथिकको  “मित्र सेन साहित्य “(१९८८)मित्र सेन”(१९८९),”कविता गीतसंग्रह “,(१९९९), “श्रद्धाकोफुल “कविता (१९८५) “जीवन साधना” (१९८५)”ठाकुर चन्दन सिंह “ , (१९८७),”हामैरो संस्थाको पचतहरीवर्ष “ “(१९९१) “कविता संग्रह “मित्र सेनको डायरी”(१९८३)“ भागसुवाणी”आदि पुस्तक परकाशन सम्पादन गरे । मगन पथिकले सन १९८५ देखी सन १९९९ सम्मको अवधीमा रचना गरेका रप्रकाशित गरेका साहित्यिक रचनाहरू निकै चर्चित रहेकोपाइनछ ।
साहित्य अकादमी दिल्ली द्वारा भारतीय साहित्यको निर्माता अन्तर्गत “मित्र सेन “नेपाली भाषा पुस्तकको(१९८९)हिन्दी भाषामा(१९९२) अनुवाद समेत प्रकाशित भएको थियो ।
यसैसमय मेजर संसार सिंह नेपालीले ५० वटा भावनात्मक गीतहरूको नेपालको भाषा मार्चना गरेका थिए । तयस मध्ये १२ वटा गीतहरूको सीडी रेकड निकै लोकप्रिय रहेकोछ ।
सन १९४२ देखी २००२ सम्ममा प्रसिद्ध संगीतकार र गीतकार क्यापटेन रामसिंह ठाकुरले रचना गरेका हिन्दी गीतहरू ज़्यादै लोकप्रिय भयो । उनको “कदम क़दम बढाएजा ”हिन्दी गीत २००२ भागसु वाणीको अकं २६ मा समेत प्रकाशित भयो ।
सन २००० सालमा क्यापटेन प्यारा सिंह थापाको “मेरो भागसु” निबन्ध संग्रह पुस्तक र “हामैरो चाड” शिषक लेख चर्चित रहयो । कवि कमलेश थापाको कविता संग्रह पुस्तक “मेरो मुटुको तरफना “(२००४)मा समावेश भएका २५ वटा कवितामा कवियत्रीको जीवन दृष्टि कोण र मानवीय भावना कलात्मकरूपले पोखिएकोछ । कतिपय कविता सन्देश मुलुक छन । सोही समयमा पूर्ब सैनिक केएस राणाले पनि “विकास “ भने समाचार मुलुक पत्रिका प्रकाशित गरे सो पनि बन्द हुन गयो  । उहांको “अभिव्यक्तिको शक्ति” “अतीतलाइ विर्सनु “आदि  निबंधहरू मनोरंजक छन । डा।राजेन्दै गुरूगको “मित्रसेन एक नाटककोरूपमा” र अन्य विविध लेख, भागसु वाणी पत्रिकाका पूर्ब प्रधान सम्पादक सुबेदार स्व प्रतापसिह गुरुगको”आचार्य भानुभक्त “, “भागसु को इतिहास” र अरु साहित्यक रचनाहरू प्रकाशित भयो । अवकाश प्राप्त सैनिक “मोहब्बत सिंह बुडाथोकीको हास्य कविता “कलियुगे छोरा” ” अहंकार “ “धर्म ”आदि लेखहरू  निकै चर्चित छन । शहीद क्यापटेन दुर्गा मल्लको ”उडेछ सातो” ”शोककोआसु ”मार्मिक कविता हुन ।(सन १९९४ देखि ९७) सैनिक साहित्यकारहरू गोपाल सिंह कार्कीको धार्मिक रचना (१९४८) ओमकार सिंह कार्कीको “नीति “बारे (१९९६) जगदीश थापा र अक्षर सिह बुडाका लेखहरू प्रेरणादायी र ऊच स्तरका छन ।
वर्तमान साहितयकारहरु:
 
भागसुका वर्तमान लेंखक र साहित्यकारमा  “भागसु वाणीका सम्पादक अवकाश प्राप्त सैनिक लक्ष्मी नारायण प्रधान मधुपकका लेख “बाहिर भित्रका मान्छे”,अनुवाद साहित्यको रूपमा चर्चित छ । उहाँको प्रख्यात हिन्दीका कवि “गोपालसिंह नेपालीको “ बारेमा खोज मूलक लेखछ । साथै “यस्तै यस्तै “ “ ढोका” आदि निबन्धहरू अत्यन्त रोचक छन । इशवर सिंह थापाको “होरी””तीर्थ को पावना”आदि कतिपय लेख हरू विचार प्रधान छन ।
युवा साहितयकारहरु:
भागसुका युवा साहित्यकार जमुना गुरूगंका निबंधहरूका विषयमा प्रायस्शिक्षा र युवाहरूसंग जोड़ीएको पांइनछ । कवियत्री ललिता गरूगँका कविताहरू भावना प्रधानछन । लेखक मधु सुदन गुरूगंका अधिकांश निबंध हरू मास्टर मित्रसेनको साहिीत्यक र  सांगितिक योगदानसंग  गासिएको पाइनछ। अन्य युवा साहित्यकार र लेखकहरुको नाम उल्लेख गर्न सकिएन । भागसुका साहित्यकारहरूका अधिकाश रचनाहरू  साहित्यिक र सुचनामुलक पत्रिका “भागसु वाणी “का  विभिन्न अकंहरूमा प्रकाशित छन ।
“स्थानीय प्रभाव”
भागसुको नेपाली भाषाका साहित्यिक रचनाहरूमा  स्थानीय पहाड़ी भाषा र स्थानीय संस्कृतिको प्रभाव परेको देखिनछ । पहिले पुस्ताका साहित्यकारहरूका रचनामा उर्दू र वर्तमानमा हिन्दी शब्दहरूको प्रभाव देख्न सकिनछ । स्थानीय जनजीवनको प्रतिबिम्ब भागसुको नेपाली साहित्यकारको रचनामा छर्लगं झलिकनछ । तर , साहित्यिक रचनाहरूमा गोरखालिपन , मिठास र सरलतामा कुनै कमी पाईदैन ।
भाषा का समस्या:
१.पंजाब हिमाचल गोरखा एशोशिएसनका पूर्ब अध्यक्ष सर्वगीय मेजर श्याम सिंह थापाको प्रयासबाट सन १९४६ मा गोरखा भाषालाइ सरकारी हायरसेकेनडरी स्कूलहरूमा एडिशनल र अपशनल विषय पठन पाठनको सुविधा उपलब्ध गराइएको थियो । त्यस  बेला स्वार्गीय जवाहरल नेहरूको प्रधानमंत्री कार्यालयको निर्देशनबाट सम्भव भएकोथियो भनेर सुनिनछ । तर विध्र्याहरूको  आभावमा सरकारी विद्यालयहरूमा नेपाली भाषाको कक्षा संचालन हुन सकेन ।
२. वर्तमान समयमा भागसुका विद्यालय हरूमा गोरखा  विध्र्याहरूको संख्या धैरै बढेकोछ । केही गोरखाली विद्यार्थीले गोरखा भाषा अधयन गनै अभिरुचि राख्न सक्छन  तर , गोरखाली भाषा स्थानीय विद्यालयहरुमा हाल पठन पाठनको व्यवस्था छैन ।
भागसु धर्मशालामा प्राथमिक स्तरको शिक्षालयमा नेपाली भाषाको पठनपाठन अध्यापनको व्यवस्था छैन । सरकारी कार्यालयमा नेपाली भाषा प्रयोग छैन । तैपनि भागसुले मास्टर मित्रसेन , बहादुर सिंह बराल, रामसिंह ठकुरी , मगन पथिक जस्ता प्रख्यात साहित्यकारहरू जन्माएको छ ।
सुझावहरू:
१.भारत सरकारको सन २०२० को नयांशिक्षा नीतिले पौथमिक स्तरमा स्थानीय वा मातृभाषामा पठनपाठन गर्ने गराउने निर्णय गरेको छ । यस अवसरको भागसुवासी युवावर्गले सो निर्याणको फ़ाईदा उठाउनु सकनु पर्दछ ।
२.अतस्पंजाब र हिमाचल गोरखा एशियोशनको नेतृत्वमा सबै गोरखाली सामाजिक संस्थाहरूले मिलेर गोरखा भाषा स्कूलहरूमा पठनपाठनको लागि व्यवस्था गर्ने बारेमा पुनस्प्रयास  गर्नु पर्ने उपयुक्त हुने छ ।
३. भारतमागोरखा भाषाको महत्व पहिले भनदा अहिले बढदै गएको छ । गोरखा भाषा अध्ययन गरेका युवाहरूलाइ भविष्यमा नोकरी पाउने सम्भवना पनि देखीन्छ ।
४. गोरखा समुदायको पहिचानलाइ निरन्तरता दिन भाषा संरक्षण र भाषा ज्ञानको आवशयक छ ।
५.”मास्टर मित्रसेन सरकारी माध्यमिक स्कूल तोतरानीमा नेपाली भाषाको अध्यापन व्यवस्था मिलांउन प्रयास गर्नु पर्दछ ।
निष्कर्ष:
भागसुका साहित्यकारहरू अनवरत रूपले २२५ वर्ष देखी नेपाली भाषा ,साहित्य ,संगीत र संस्कृतिको सेवामा संलग्न छन । सो कसले बुझिदिने ?

(लेखक मास्टर  मित्रसेन थापा मगर प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ) ।





 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६