A+ A A-

युवा गायक नेशन पुन मगर टप फाइवमा पुग्न सफल ।

दम्दार स्वोरका धनी नेशन पुन मगर ,नेपाल आईडल सिजन -थ्रीको टप पाचमा पुग्न सफल भएका छन ।

बिभिन्न चरण हरु पार गर्दै वोतिङ राउन्डमा प्रवेश गरे पस्चात उनको प्रस्तुतीहरु अत्यन्त रुचाइका छन । फल्स्वोरुप दर्श श्रोताहरुको मन जित्दै छन भने ट्प फाइवमा प्रवेश गराउन उनका फ्यानहरुले सर्वाधिक भोट् नै गरिदिए नेशनलाई ।

म्याग्दी खिबाङ पुर्खेयुली थात्थलो भएका नेशनको परिवार अवसरको खोजिमा पोखरामा बसोबास गर्दै अाईरहेका छन ।उनी सानै देखी गीत संगीत प्रती रुची राख्दथे ।उनी कुनै पनि वाजाका धुनहरु सुन्न साथ वजाउन कोशीष गर्दथे ,उनको पहीलो वाजा भने गीतार थियो । यही गीतारका कर्डहरुसँग खेल्दै उनले भोकल पनी निखारिदै गयो ।

हसिलो मुहार , आकर्षक व्यक्तित्वोका धनी नेशन गीत गाउँन मात्र होइन दर्शक श्रोतालाई बाध्ने गरी अभिनय गर्न पनि सिपालु छन । उनी गीतको भाव अनुसार अभिनय गर्ने क्षमता राख्दछन जुन हरेक कलाकारमा हुनै पर्ने गुण हो ।उनी पप , लोक आधुनिक गीत सबै गाउदछन भने उनको मुख्य पकड भने सफ्ट रक म्युजिकमा रहेको छ ।



उनका प्रतिस्पर्धीहरुमा प्रविन बेद्वाल जसले संगीत्मै बिशेष गरी भारतीय कलासिकल संगीतमा स्नाटक गरेर अध्यापन गर्छन् ।केविन तमाङ जसको हार्ड रकमा आधारित गीतहरुमा बिशेष दक्खल छ भने अन्य प्रतिस्प्रधीहरु पनि आ-आफ्नै ठाउमा उत्कृष्ट छन ।

नेशनलाई भोट् गर्न -

नेशनलाई भोट गर्नको लागि मोबाईलको म्यासेज बक्समा गएर NI08 टाईप गरि 37000 मा पठाउन सकिन्छ वा डाईल 16667708 ।


ईण्डियाको भोडा फोन प्रयोगकर्ताले 53010,

कतारमा ओरेडो प्रयोगकर्ताले 92300,

मेलिसियामा अल टेलिकोस प्रयोगकर्ताले 3310 मा एसएमएस पठाएर भोट गर्न सकिन्छ भने अनलाईन भोटिङ गर्न रेसपेक्ट एण्ड राईस एप अथवा ईसेवा एप डाउनलोड गर्न सकिन्छ । य

सै गरि विदेशबाट रेसपेक्ट एण्ड राईसको वालेट पार्टनर जेआरएफ जापान, टेयरमिट कोरिया, जिमनि ट्रान्सफर कोरिया र ईनसेन्टिभ रेमिट मलेसियाबाट पनि भोट गर्न सकिन्छ ।

 

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६