A+ A A-

खबपुलाई गरियो भव्य सम्मान ।

अहिले "खबपु चन्चल "अर्थात खड्क बहादुर पुन मगरको नेपाल र देश बिदेश्मा चर्चा परिचर्चा छ कारण उनी अहिलेको चर्चित नेपाली रियालिटी शो "कमेडी च्यापियनको" उपाधी नजिक पुगेका छन ।

च्याम्पियन घोषणा हुन एक दिन मात्र बाँकी रहदा नै खबपुले जितेको हल्ला देश बिदेश्मा चली सकेको छ । उनी भोटिङ क्यापियनमा जादा उनका शुभचिन्तकहरुको व्यापक उपस्थिती र भस्मै स्वागत ,युट्युबमा उनको प्रशन्सक ,Viewers संख्या , फेसबुक लगायतका सोसियल मिडियाहरुमा उनलाई पछ्याउने जमात हेर्दा मात्र पनि अनुमान लगाउन त्यती गार्हो हुन्न यसपाली रोल्पालीले जित्ने पक्क्का भनेर ।

त्यती मात्रै होइन उनी नै अहिले सम्मको अधिक भोट् पाउने कमेडियन अन्तर्गत पर्दछन । यसो हुनुमा खास कारण छ उनको यहाँ सम्म्को यात्रामा अथक प्ररिश्रम ,पशिना र आशुको मुल्य छ । उनी एकाएक जादुको छडिले चम्केका होइनन ।न त उनी कुनै स्टार कलाकारको छोरा भतिजा हुन न त शहरीय धनाध्य जसले आँफै लागानी गरेर फिल्म सिरियल उद्पादन  गरुन र चम्कुन  । हुन त केवल सामान्य नेपाली परिवारमा हुर्केका र कलाकारिता क्षेत्रमा केही गर्छु ,बन्छु भन्ने उदस्य बोकेका एक प्रतिभावान कलाकार । निर्त्य , लोक दोहोरी गायक हुँदै आफुमा रहेको ह्युमरलाई पनि अगाडि बढाउदै संघर्शरत कलाकार खबपु कमेडी च्यम्पियनमा आउनु भने एक ठुलो टर्निङ पोइन्ट सावित भएको छ उनको प्रोफेसनमा यसले उनलाई पहिले भन्दा अझ चर्चित र धेरै दर्शक श्रोतामाझ पुरयाउन ठुलो भूमिका खेल्यो ।

उनीमा कलाकारिता  प्रती लगाव त छ नै अझ उनमा एक सफल व्यवसायिक कलाकारमा हुनु पर्ने सम्पूर्ण गुण देखिन्छ । नेपाली कला क्षेत्रमा उनको उपस्थितिले ठुलो टेवा पुग्ने देखिन्छ ।

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६