A+ A A-

सिक्किममा लाफा सम्मानित

राज्यसत्ता संबादाता

सिक्किम , कार्तिक २८ - मगमगर चलचित्रकर्मी संजोक लाफा मगर सिक्किमको गान्तोकमा सम्मानित हुनु भएको छ ।



अखिल मगर संघ सिक्किमको स्थापना भएको २५ औँ बर्ष, रजत जयन्तीको अवसरमा  सिक्किम सरकार सुचना तथा जनसम्पर्क सहायक निर्देशक विष्णु राना मगर र अखिल मगर संघ सिक्किम महासचिव बिमल थापा मगरको पहलमा मगर भाषा, संस्कृती संरक्षण समिति गान्तोक सिक्किमको आयोजनामा सिक्किमको गान्तोकमा पहिलो पटक सन्जोग लाफा मगर निर्देशित मगर चलचित्र “आसे” र वृत्तचित्र “जिवित तर मृत्यु” प्रदर्शन गरियो  ।



चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा लाफा मगरलाई सिक्किम मगर संघका उपाध्यक्ष, केबी घले मगरले सम्म्मान गर्नु भएको थियो । मुग्लान गएका प्रेमीको अन्तहीन प्रतिक्षा आसे चलचित्र र चार दशक बेपत्ता भएका मगर आदिकविको खोजि “जिवित तर मृत्यु” वृत्तचित्र हेरेपछि दर्शक भावबिहल बनेका थिए । 

सिक्किमको बिभिन्न स्थानमा चलचित्र प्रदर्शन गरिनेछ  कार्यक्रममा भारतिय राष्ट्रीय मगर संघका महासचिव, अखिल मगर संघ सिक्किमका कोषाध्यक्ष अबिमाया थापा मगर, पुर्व बिधायक मनिता मगर, विशिष्ट मगरहरुको उपस्थिति रहेको थियो ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर