A+ A A-

"रातो झोला" मा प्रदेशिको ब्यथा लिएर आए गायक भुवन सिं थापा ।

"रातो झोला हातैमा बोकेर"

"आसुँ ढिका आँखैमा रोकेर"
.....आएं परदेश छोडेर जन्म घर ।
आउँला आमा आघुमको दसैंमा बिरानो भो झिलिमिली यो शहर ।


गायक तथा संगीतकार भुवन सिं थापाले निकै मर्मस्पर्शी गिती भिडियो "रातो झोला" सार्वजनिक गरेको छ ।
लोक आधुनिक बिधाको यस गितमा स्वर, शब्द तथा संगीत स्वयम भुवन सिं थापाको रहेको छ साथै गीतको भिडियो डाइरेक्सन, क्यामरा तथा भिडियो सम्पादन समेत स्वयम गायक भुवन सिं थापाकै रहेको छ । बिशेष गरी चाडबाडको बेलामा पर्देशमा रहेका पर्देशिहरुको पिडालाई गीत मार्फत ब्यक्त गर्न खोजेको यस गीतमा कौडा बुढा मगरको एकल अभिनय हेर्न सकिन्छ ।

क्यामरा सहयोगिमा ए वाइबीको र संगीत संयोजन अर्का चर्चित संगीतकार सरोज लामाको रहेको यस गीतलाई म्युजिक नेपालको युट्युब च्यानलले सार्वजनिक गरेको छ ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर