A+ A A-

गायक खड्ग गर्बुजा एकल साँझबारे पोखरामा छलफल

 रुद्र श्रीसमगर पोखरा,७ माघ

नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिको आयोजनामा पोखरामा हुने वरिस्ठ लोकगायक खड्ग गर्बुजा एकल साँझबारे पोखरामा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल मगर सांस्कृतिक संघ कास्कीको व्यवस्थापनमा आइतबार भएको कार्यक्रममा नेपाल मगर संघ कास्कीसहित विभिन्न मगर भ्रातृसंस्थाका प्रतिनिधिबीच सो कार्यक्रमको तयारीबारे छलफल गरिएको हो । आगामी वैशाख महिनामा हुने एकल साँझलाई सफल बनाउन छलफल कार्यक्रमको आयोजना गरिएको मगर सांस्कृतिक संघका केन्द्रीय सदस्य पदम थापामगरले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगरकै कार्यक्रम भएकाले सफल बनाउनु सबैको दायित्व भएको उल्लेख गर्नुभयो । लोक कला र संस्कृतिको विकासमा कार्यक्रमले योगदान दिन सक्ने बताउँदै रानामगरले कार्यक्रमको उद्देश्य थप प्रष्ट गरेर अघि बढे सफल हुनेमा कुनै शंका नभएको बताउनुभयो ।

वरिस्ठ लोकगायक खड्ग गर्बुजामगरले एकल गायन कार्यक्रम सफल बनाउन सबैको सहयोगको अपेक्षा गरेको उल्लेख गर्नुभयो । नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रुद्रबहादुर श्रीसमगरले कार्यक्रम सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । नेपाल मगर सांस्कृतिक संघ कास्कीका सल्लाहकार गोविन्द पुनमगरले एकल गायन कार्यक्रम सफल बनाउनु कास्कीका लागि प्रतिष्ठाको विषय भएको बताउनुभयो ।

सो अवसरमा नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ, कास्कीका अध्यक्ष चन्द्रप्रकाश थापामगर, नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष रुद्रबहादुर हितानमगर, नेपाल मगर संघ कास्कीका जिल्ला सदस्य झमबहादुर गर्बुजामगरलगायतले विभिन्न सुझाव दिनुभएको थियो । यसैबीच, नेपाल मगर सांस्कृतिक संघ कास्कीले लोकगायक खड्ग गर्बुजालाई स्वागत एवं सम्मान समेत गरेको छ ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर